Tuesday, April 27, 2021

यो काम गर्ने बेला हो, भाषण गर्ने बेला होइन महाराज 

हालसम्म नेपालमा कोरोनाबाट सातहजार भन्दा बढी मान्छेहरुको ज्यान गैसकेको छ। सक्रिय संक्रमितहरुको संख्या पाँच लाख नाघीसकेको छ। यसरी विश्वमै जनसंख्याको आधारमा संक्रमण दर  उच्च रहेको देखीएको छ।  यसको प्रमुख कारण हाम्रो समाजमा रहेको अन्धविश्वास, यो भन्दा धेरै बर्ष अगाडी  विश्वमा फैलियको माहामारीको बारेमा जानकारी कम हुनु वा धेरैलाई थाहा नहुनु, राज्यले आफ्नो उत्तरदाइत्व बहन गर्न नसक्नु र आम जनमानसमा बेसार पानीले कोरोना निको हुन्छ भन्ने भ्रम पर्नु देखिन्छ। जसरि पहिलो चरणको महामारीमा राज्यले तदारुक्ताका साथ् कोरोना रोकथाम तथा न्युनिकरणमा आफ्नो कार्यकौसलता थोरै भएपनि देखाएको थियो त्यसले निरन्तरता पाउन सकेन।  राज्यले दोश्रो लहरको खतरा महशुस गर्न सकेन। फलस्वरूप जुन गतिमा पूर्व तयारीहरु हुनु पर्ने हो त्यो हुन सकेन।  

कार्ल माक्सले धर्मलाई  अफिमसंग तुलना गरेका छन् । सुन्दा कसैलाई नराम्रो लाग्न सक्ला किनभने कसैको लागि धर्म जिबन हो। बास्तबमा भन्ने हो भने  धर्म त केवल एक सुन्दर परिकल्पना मात्र हो। धर्म किन परिकल्पना हो ? किन बास्तबिक होइन भन्ने कुरामा धेरै तर्कहरु आउन सक्छन। ठुला ठुला रिसर्च होलान्।  आखिर तिनीहरु पनि केवल तर्कको लागि अन्य तर्कहरुको परिकल्पना गर्नु वा अर्थहीन तथ्यलाई पुन खोतलेर नयाँ सत्य कायम गर्नु मात्र हुनेछ। आज विश्वमा लगभग दशहजार भन्दा बढी फरक फरक धर्म स्थापित भएको तथ्यले देखाउछ।  करिब ८४ प्रतिशत विश्वको जनसंख्या हिन्दु,  क्रिश्चियन, इस्लाम, बुद्दधर्म र यिनीहरुको हाँगा बिङ्गामा विभाजित भएको मानिन्छ।  

चाँहे जुनसुकै धर्म किन  नहोस् जैन, बौद्ध, हिन्दु, मुस्लिम, क्रिश्चियन सबैले आआफ्नै तौर तरिकाले व्याख्या विश्लेषण गर्नुका साथै सुन्दर परिकल्पना गरेका छन्।  खयर जे होस् धर्म भनेको मान्छेलाई अनुसासनमा बाँधी राख्नको लागी बनाइएको एउटा सामाजिक कानुन जस्तै एक नैतिक कानुन हो। आदिम कालमा नराम्रो काम गर्नेहरुको लागि सजाय दिने कुनै पनि लिखित बिधान थिएन। मान्छेहरुले धर्मलाई आधार बनाएर काल्पनिक स्वर्ग र नर्कको परिकल्पना गरे।  नराम्रो काम गर्नेहरुका लागि नर्क अर्थात् हेल र राम्रो काम गर्नेहरुका लागि स्वर्ग अर्थात् हेभनको निर्माण गरे। न आजसम्म कसैले नर्कको  अनुभब गरेको छ न स्वर्गको  नै।  

मैले यो बिषयलाई किन यहाँ जोडेको हुँ भने हालै छिमेकी मुलुक भारतमा  हिन्दुहरुको अति प्रशिद्द  कुम्भ मेलामा करोडौको संख्यामा मान्छेहरु भेला भए।  हजारौ मान्छेहरु बिदेशबाट समेत आएर गंगा नदीमा स्नान गरे। धर्मको आडमा धेरैले तर्क गरे ,' गङ्गा नदीको बहाब संगै कोरोनाको परलय हुन्छ। भक्तहरुलाई  कोरोनाले छुदैन। कतिपयले के सम्म बिश्वास गरे भने यदि कसैको शरीरमा कोरोना भाईरसको प्रबेस भैसकेको छ भने पनि गङ्गा नदीमा स्नान गर्नाले शरीरमा  भएको कोरोना  भाइरस स्वतः हराउने छ। 

तर यसको परिणाम ठिक उल्टो भयो। भारतमा देखिएको कोरोनाको दोस्रो लहरमा संक्रमितहरु ८० प्रतिसत भन्दा बढी कुम्भ मेलासंग सम्बन्धित देखिए। त्यहाँ जम्मा भएका लाखौ करोडौ तिर्थयात्रीहरु कोरोना भाइरसको लागि हटस्पट बने। जसको कारणले गर्दा अहिले सम्म तिन लाख भन्दा बढी मान्छेहरुको ज्यान गैसकेको छ।   

भारतमा हुने हरेक धार्मिक गतिविधिहरुबाट नेपाल अछुतो रहन सक्दैन। नेपालका विभिन्न धार्मिक स्थलहरुमा सबैभन्दा धेरै मान्छेहरु भारतबाटै आएका हुन्छन। रुपन्देही, नेपालगन्ज, दाङ्ग लगाएतका ठाउहरुमा अधिकांस बिरामीहरु भारतको कुम्भमेलाबाट फर्केका वा कुनै कुनै रुपमा उनीहरुको सम्पर्कमा रहेका मानिएको छ।  सिमानाबाट प्रबेस गरेसंगै नेपालमा यात्रा गर्दा, होटेलमा बस्दा, मन्दिरहरुमा लाइन लाग्दा कतिजनासंग सम्पर्क भएको हुन्छ। त्यसको पिछा गर्ने कुनै भरपर्दो माध्यम हामीसंग  छैन। जसले गर्दा नेपालमा कोरोनाको माहामारी भुसको आगो झैँ सल्किदै गयो र अहिले बनको डढेलो झैँ देशैभरि फैलिएको छ।  अझैपनि मान्छेहरु मन्दिरमा भेला हुन छोडेका छैनन। 

जब जब ससारमा ठुला ठुला बिपधहरु आइपर्छ, महामारीले मान्छेहरुको ठुलो संख्यामा मृतु हुन्छ। त्यसपछि मान्छेहरुमा  एकखालको नैराश्यता देखा पर्दछ। यसैको फाइदा उठाएर धर्मभिरुहरुले भ्रमको खेति सुरु गर्छन। 

सन् १९१३ मा भयानक महामारी, जसलाई बुबोनिक प्लेग भनेर पढिन्छ, पश्च्यात चर्चका पादरीहरुले रोमन क्याथोलिक धर्मवलम्बीहरुलाई 'यो संसारिक जिबन झुट्टा हो।  यो क्षणिक छ। मृतु सत्य हो। मृतु पश्यात स्वर्गमा बास प्राप्तिको लागि आफुसंग भएको सम्पूर्ण सम्पति चर्चको जिम्मा लगानु पर्छ भनेर उर्दी जारि गरे। त्यो बेला चर्चहरुनै राज्यको सर्बेसर्बा थिए। जनताहरुले आफुसंग भएको सबै कर र चन्दाको रुपमा चर्चलाई सुम्पे। जब बिस्तारै मान्छेहरु शिक्षित हुदै गए। चर्चका पादरिहरुको कर्तुत थाहा भयो। उनीहरुले भ्रष्ट पादरीको बिरुद्ध आन्दोलन गरे। पछि क्रिस्चियन धर्म दुइ हाँगामा विभाजित हुन पुग्यो; प्रोटेस्टेन्ट र क्याथोलिक। 

धर्म बिश्वास हो। देउरालीको ढुङ्गालाई देउता मानेर फुल चढाए देउता भयो। ढुङ्गो नै ठानेर त्यसैमा सुसु  गरे ढुङ्गा नै भयो। यो एउटा मान्छेले बनाएको संरचना हो। हाम्रो समाज, परिबार, संस्कार सबै यसैमा आधारित छ। यसले सबैलाई एक सुत्रमा बाधेको छ। धर्ममा टेकेर नामकरण देखि मृतु संस्कार सम्म एउटै धागोमा उनिएको छ। यदि हामि धर्मको नाममा अन्ध विश्वासलाई प्रसय दियौ भने यसको जगमा अडिएको हाम्रो समाज, संस्कार सबै भत्किदै जान्छ। 

अहिलेको यो परिस्थितिमा सबैभन्दा ठुलो धर्म भनेकै मानब धर्म हो। यदि हाम्रो कारणले गर्दा कसैको ज्यान बच्न सक्छ, कोहि अकालमा मृतुबरण गर्न बाट जोगिन्छ भने त्यो भन्दा ठुलो मानब धर्म केहि हुदैन। यदि ति लाखौ करोडौको संख्यामा गङ्गा नदीको तटमा भेला भएकाहरुले आफ्नो आफ्नो घरमा बसेर संयमता अपनाइदिएको भए दैनिक हजारौको संख्यामा मान्छेहरुले ज्यान गुमाउन पर्दैनथ्यो। बगरका माछा छट्पटाय  झैँ अस्पतालका ढोकाहरुमा मान्छे छट्पटाउनु पर्दैनथ्यो। दिनभर मजदुरी गरेर ज्यान पाल्ने एउटा गरिब मजदुर आज बन्दको कारणले भोकभोकै ढल्नु पर्दैनथ्यो। मन्दिरमा चढाउने वा चर्चमा दान गर्ने पैसाले अक्सिजनको सिलिन्डर किन्ने हो भने सयौ मान्छेहरुको ज्यान बच्न सक्छ। पशुपतिमा चढाउने भेटिले कसैको गास जुट्न सक्छ। 

अझैपनि हाम्रा कतिपय संकारहरु सधैको लागि परिबर्तन गर्नु पर्ने देखिन्छ। जनसंख्याको बढ्दो क्रम संगै अब्यबस्थित शहरीकरणको कारणले गर्दा मान्छेहरुको झुण्ड अरिंगालको गोला झैँ एकै ठाँउ केन्द्रित भैरहेको छ। मनोरन्जनको लागि बनाइएका ठुला ठुला रंगशालाहरु, सिनेमाघर, क्लब, बार जस्ता मान्छेहरुको भिडभाड हुने ठाँउहरुले यस्ताखाले महामारिहरु सजिलै फैलिनको लागि मद्दत गरिरहेको हुन्छ। मान्छेहरु बिबाह ब्रतबन्ध जस्ता कार्यक्रमहरुमा आफन्तहरु भेला गर्ने चलन अझै जस्ताको तस्तै छ। बाग्लुङ्ग जिल्लाको जलजला गाँउको एउटा परिबारका तीनजना सदश्यहरुले भर्खरै कोरोनाकै कारणले ज्यान गुमाउनु पर्यो। उनीहरु बिबाहको समारोहमा एकैठाउमा भेला भएको भनिएको छ।  त्यस्तै देशको अन्यत्र ठाँउहरुबाट पनि यस्ता खाले समाचारहरु आइरहेका छन्। किन अझैपनि मान्छेहरु सचेत हुन सकिरहेका छैनन्।  यसको लागि जतिपनि मान्छेहरु आजको दिनसम्म  कोरोनासँग जुधेर बाघको मुखबाट उम्के जसरी बाचेर घर फर्किनुभएकोछ उहाँहरुले एउटा जबर्जस्त जनचेतना मुलक भर्चुअल  कार्यक्रमहरु गर्नु पर्ने देखिन्छ।

अझैपनि आम जनमानसमा महामारीको बारेमा राम्रो जानाकारी नभैसकेको अवस्था छ।  सन् १३४६ देखि १३५३ सम्म झन्डै सात बर्षसम्म युरोपमा फैलिएको ब्ल्याक डेथ नामक महामारीबाट झन्डै २००,०००,००० (सम्पूर्ण जनसंख्याको एक तिहाई ) जति मान्छेहरुको मृतु भएको थियो। त्यतिबेला विश्वमा आजको जस्तो आवत जावत हुदैनथ्यो।  सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुले विश्वमा झन्डै ५०,०००,०००  मान्छेहरुको मृतु भएको थियो।  यो उत्तर अमेरिकामा सबभन्दा पहिले देखिएता पनि यसको ठुलो असर दक्षिण एशियामा परेको थियो। लगभग कुल मृतकहरुको संख्यामा आधाजति दक्षिण एशियाबाट मरेको पाइन्छ।

 प्रथम विश्व युद्ध सकिय लगतै फैलिएको यो महामारी भारतमा पनि चौतर्फी फैलिएको थियो। युद्धबाट फर्केर आएका ब्रिटिश आर्मी (ति मध्य कतिपय गोर्खा आर्मी ) ले भारतको बम्बईमा सबभन्दा पहिले  सारेको पाइन्छ।   रेल्वे नेटवर्क मार्फत भारतको विभिन्न ठाउहरुमा फैलिएको थियो। माहात्मा गान्धी समेत त्यसको  संक्रमणमा परेको भनिन्छ। बिश देखि चालिस बर्ष समुहलाई बढी प्रभावित पारेको मानिन्छ। करिब पन्द्र हजार गोर्खा आर्मीले प्रथम विश्व युद्ध लढेका थिए भने कतिपय स्पेनिस फ्लुको कारणले मरेको पाइन्छ। तर यसको असर नेपालमा कति पर्यो भन्ने कुनै आधिकारिक तथ्य छैन।  यी बाहेक अन्य थुप्रि माहामारी बिश्वभरि फैलिदै आएको छ।  हिजोका दिनमा मान्छेहरु सहजै एक ठाँउबाट अर्को ठाँउमा जान सक्दैनथ्यो।  जसले गर्दा महामारीले विश्वको एउटा भागमा धेरै र अर्को भागमा थोरै अशर पारेको देखिन्छ।  

तर आजको अवस्था भिन्न छ। संसार एउटा सिङ्गो गाँउमा परिणत भैसकेको छ। सडकहरुमा झैँ आकाशमा ट्राफिक जाम हुने स्थिति छ। दिनदिनैजसो मान्छेहरु एक देशबाट अर्को देशमा आइजाई गर्ने गर्छन।  यसले गर्दा पनि कोभित -१९ को असर विश्वब्यापी बनेको छ।  यसलाई कुनै राज्यहरुले बेलामै लगाम लगाउन सफल भएका छन् भने कुनै देशहरु यसमा नराम्रोसंग चुकेका छन्। सुरुवाती दिनमा चीनको वुहान प्रान्तमा यसले ठुलो असर पारे पनि पछि चीनले प्रभावकारी नियन्त्रण लिन सफल भएको छ। अमेरिका, इटाली, ब्राजिल जस्ता मुलुकहरु कोरोनाको पहिलो चरणमा नराम्रोसंग हार भए। लाखौको संख्यामा मान्छेहरुले ज्यान गुमाउनु पर्यो।  दोश्रो लहर आएसंगै भारतले सबैलाई उछिन्यो। पहिलो चरणको महामारीलाई काबुमा राख्न सफल नेपाल दोश्रो लहरसंगै विश्वमै सक्रमण डर उच्च हुने मुलुकमा नाम दर्ता गर्यो।  आइसल्याण्ड, सेनेगल, साउदी अरब लगाएतका मुलुकहरु कोरोनालाई काबुमा राख्न सजिलै सफल भए। 

राज्यको प्रमुख दाईत्व जनताको जिउधनको सुरक्षा गर्नु हो। संसदीय राज्यप्रणालीमा दलहरुबीच खिचातानी हुनु कुनै नौलो कुरा होइन।  तर देशको बर्तमान स्थितिमा कुर्ची कै लागि साँडेको जुधाई गर्नु  अपराध  हो।  यसको जति नै आलोचना गरेपनि कम हुन्छ। दुईतिहाइको सरकारले चाहेको खण्डमा महामारी नियन्त्रणको प्रसस्त कामहरु गर्न सक्थ्यो।  चिनले झैँ रातारात अस्पताल बनाउन पर्ने थिएन।  प्रसस्त समय थियो। तर प्रधानमन्त्रि जस्तो जिम्मेबार ब्याक्तिले  कहिले 'बेसार पानिले कोरोना भाइरस भाग्छ' भन्नु त कहिले 'नेपालीहरुको रोग प्रतिरोधात्मक शक्ति बलियो छ भन्ठानेको थिए ' भनेर हल्का टिप्पणी गर्नु हाम्रो लागि दुर्भाग्य हो।  सरकारको लाहप्रबाही, गैरजिम्मेवारीपना, कुर्चीको लागि दिनदिनैको कोकोहोलोले गर्दा सामान्य अक्सिजन समयमा पाएको खण्डमा बाच्न्ने सयौ होनाहार नागरिकहरुको मृतु भैरहेको छ। आफ्नो देशप्रति गर्भ गर्ने बेलामा 'कस्तो देशमा जन्म लिन पुगेछु' भनेर लाखौ नागरिकहरुले सरापी रहेका छन्। 'हगिसक्यो, दैलो देख्यो' भनेझै सस्तो लोकप्रियताको लागी बजेटमा पैसा छुट्टाउदैमा केहि हुनेवाला छैन। यो काम गर्ने बेला हो, भाषण गर्ने बेला होइन। दलहरु मिलेर देश बचाउने बेला हो, सडकमा जनता मरेको देख्दा देख्दै बहुला कुकुर झैँ आपसमा भिड्ने बेला पक्कै हैन।  






 

Sunday, April 25, 2021

'उडायो सपना सारा हुरीले---

 किर्तिपुर केन्द्रिय लाइब्रेरीमा उनलाई पहिलोचोटी देखेको थिए। सलक्क परेको लामो अनुहार, ठुला ठुला आँखा र खुल्ला छाडेको कपालमा कालो चश्मा अडाएकी  उनी  जिन्स र टिशर्टमा अल्ट्रामोडर्न देखिन्थिन। म एम ए  थेसिसको लागि रिफ्रेन्स बटुल्न अंग्रेजीका थुप्रै किताबहरु  डेस्कमाथि थुपारेर स्टडी रुममा  बसेको थिए।

उनि नजिकैबाट हिड्दा मैले  जास्मिन फुलको सुगन्ध संगै सर्सर हावा चलेको महशुस गरे। मेरा आँखा किताबबाट त पहिले नै हटिसकेको थियो। अचानक उनको आँखामा निमेसभरको लागि अडिन पुग्यो। एक्क्कासी सयपत्री फुल फक्रिएझैँ उनको अनुहाँरमा मुस्कान छरियो। मेरो छातीको धड्कन एक्कासि बाजा बजे झैं बज्न थाल्यो। 

त्यसपछि उनी  सरासर अगाडी बढीन र अर्को पट्टिको बेन्चमा केहि किताबहरु जम्मा गरेर बासिन। एकैछिनमा उनीसंग एकजना अर्को साथि पनि जोडिन पुगिन। मेरो भने छातीको धड्कन अझै घटेको थिएन। पाँच बर्ष क्याम्पस र दुई बर्ष युनिभर्सिटी पढुन्जेल थुप्रै केटि साथीहरु संग सामान्य बोलचाल त  भएकै  थियो। तर यस्तो महाशुस पहिले कहिले गरेको थिईन। शान्त लाइब्रेरीमा संगीत गुन्जेजस्तो आभास  भैरहेको थियो। 

धेरैबेरसम्म रोक्दा रोक्दै पनि बेमान आँखाहरु जुधिरहन्थे। कतै हाम्रो भेट पहिले नै  भएको थियो कि भनेर सम्झने कोशिस गरे। अहँ कुनै क्लु पाउन सकिन। मेरो सम्पूर्ण ध्यान पुस्तकहरुमा नभएर तिनै जादुगरी आँखा, पुष्ट छाती र बाक्लो कम्मरमा पुगेको थियो। सायद खुल्ला केस, जिन्स र टिसर्टले गर्दा होला उनको उचाई औशत केटीहरुको भन्दा माथि थियो। मनमनै कल्पना गरे ,’ यत्तिको केटीसंग मायापिरिम गाँस्न पाए जिबन सार्थक हुन्थ्यो होला।'

मनमा यस्तो बिचारले हल्का तरङ्ग के ल्याउन मात्र थालेको थियो एकजना मैले चिनेको भाई उनि  बसेकै ठाँउतिर जादै गरेको देखे। उसले मलाई देखेन जस्तो लाग्यो। यदि देखेको भए पक्का बोल्ने थियो। हुनत केटाहरु राम्री केटि देखे भने आफ्नै आगाडी उभिएको हात्ती  त देख्दैनन रे,  म त झन् अलि कुना पट्टि बसेको सानो सानो मान्छे न  थिए के देख्थ्यो उसले।

 ऊ सरासर अगाडी  गएर तिनै केटिहरुसंग हात मिलायो। ऊ पनि अलि मोडर्न टाइपको केटा थियो। केटा र केटि हात मिलाउने चलन खासै चलेको थिएन। म त झन् गाँउको सोझो केटो के को हाँत मिलाउने आँट गर्नु। पहिले पहिले त कलेजको गेटमा केटीहरु उभिएको देखे भने एकछिन बाहिरै बसेर अरु केटाहरु आए भने उनीहरुको पछि लागेर भित्र जान्थे। बोल्ले, हात मिलाउने त परको कुरा। 

मनमा इर्श्या जाग्यो। 'हैन कतै त्यो केटि उसैको गर्लफ्रेण्ड त होइन?’  फेरी उत्तिखेरै सकारात्मक सोच आयो  'आफ्नै गाँउ ठाँउको चिनेजानेको पनि हुनसक्छ। उसकै दिदीबहिनी पनि हुन सक्छ।’ कहिले काँही आफैलाई अचम्म लाग्छ कति छिटै कति धेरै बिचारहरु उत्पादन हुन्छन  यो मस्तिक्समा? 

यस्तै यस्तै सोच्दा सोच्दै उसले मलाई देखेछ। हास्दै हात उठायो। मैले पनि हल्लाए, हात। उसले मलाई राम्रै इज्जत दिन्थ्यो। हामिबीच दाजुभाई जस्तै संबन्ध थियो बुटवलमा बस्दा। म भन्दा एकदुई  बर्षमात्र  कान्छो थियो ऊ। एकैछिनमा ऊ म बसेको बेन्चमा आयो। 

‘हैन दाजु अझै थेसिस सक्नुभएको छैन? हजुर अलि दुब्लाउनु भएछ कि क्या हो ?’ उसले मलाई राम्रैसंग नियालेर भन्यो।

उसको ‘दुब्लाउनुभएछ कि क्याहो ?’ भन्ने शब्दले मन खिन्न पार्दियो। खै किन किन कसैले दुब्लाइचस भन्दा मनमा नजानिँदो किसिमले पिर पर्थ्यो। 

‘हाँ कहाँ दुब्लाउनु। उस्तै हो।  तिम्रो आँखा दुब्लाएको होला’, भन्दै हल्का बनावटी हाँसो हाँसे। 

एकैछिन दुवै जनाले टेबुलमाथि बसेका किताबहरुमा आँखा डुलायौ। 

‘उनीहरुलाई कसरि चिन्छौ तिमि ?’ मैले सोधिहाले। 

उसले केटिहरुतर्फ हेर्दै भन्यो,’ उनीहरु मेरो गाँउको दिदिहरु हो। म हिजो बुटवलबाट आएको। भर्ना छुटेछ। त्यो दिदीले स्ववियुको नेतालाई चिनेकी छन् रे। त्यहि भएर भेट्न आएको।’

‘चश्मावाली पनि तिम्रो गाँउकै हो?’ एक्कासी फुत्किहाल्यो मुखबाट। 

‘हो नि। हजुरलाई मन पर्यो कि क्याहो दाजु ? म कुरा अगाडी बढाईदिउ त ?’ उसले हाँस्दै सोध्यो। 

मनले त ‘बढाईदे भाई कुरा अगाडी, परेको म ब्योहोर्छु’ भन्न खोज्दै  थियो। तर, दाई जस्तो मान्छे भाइलाई कसरी भनि हाल्नु। 

‘कहाँ छ तिम्रो बसाई ? फुर्सद छ भने हिड कोठातिर।  आज हाम्रोमै बसौ’, मैले पनि कतै उसलाई दुइजनाको बीच पुल बनाउन सकिन्छ कि भनेर मनमनै योजना बुने। 

‘भैहाल्छ नि दाई। म एकैछिनमा आउछु है’ भन्दै ऊ केटीहरु भएतिर गयो।

 उ त्यहाँ पुग्नासाथ  चश्मावलीले मलाई पुलुक पुलुक हेर्दै उसँग कुरा गर्दै गरेको देखे। फेरी छातीमा बाजा बज्न सुरु भयो। ‘हैन किन अनायासै धड्कन बड्छ, कतै पन्चे बाजा बजाउने संकेत त हैन ?’ मनमनै सोंचे। ‘पाइन्ट लगाएकिलाई बुहारी बनाएर घर लैजादा बुवा आमाले के भन्नु हुन्छ होला ? हैन साडीमा त झन् राम्री पो देखिन्छे होलि। कति राम्री केटि बिहे गरेछ भनेर गाँउभरि हल्ला चल्ने छ। ‘

सोच्दै गर्दा मनमनै हाँसो पनि उठ्यो। 'अझैसम्म राम्रोसंग नजर त जुध्न पाएको छैन।  बोलेको पनि छैन। धत् के सोचेको होला ‘ भन्दै ध्यान एकैछिनको लागि अन्तै मोड्ने कोशिस गरे। पुन: सलक्क परेको लामो लामो, हल्का गोल्डेन कपाल आँखा अगाडी हावाले सरसर हल्लाए झैँ भयो। ‘अब त अति नै भयो।  यहाँबाट निस्कनु पर्यो भनेर  थेसिस झोलामा हाले।

निस्कनु भन्दा पहिले मैले सुबिनलाई हातको इशाराले बोलाएँ । उ पनि केटीहरुसंग बिदा भएर मतिर आयो। 

‘दाई त्यो दिदीले तपाईलाई को हो ? भनेर सोध्दै थिईन। मैले बुटवलको दाई हो। राम्रो हुनुहुन्छ भनेर भनेको छु। मन पर्यो भने भन्नुस है ‘, भन्दै मलाई जिस्काउन थाल्यो।

एकैछिन है भनेर मा  बाथरुममा छिरे। ऐनामा आफ्नो अनुहार नियालेर हेरे। अलि दुब्लाएको हो कि जस्तो देखे। पानि लगाएर जुल्पी मिलाए। मुसुक्क हाँस्दा आफैलाई ह्यान्डसम देखे। तर आफु अलि केटीजस्तो मोडर्न नभएको जस्तो लाग्यो। कपाल पनि पुरानै स्टायलमा काटेको थिए। मनमनमा सोंच्दै निस्के ‘आजै गएर अलि मोडर्न स्टायलमा रौ काट्न लगाउछु। 

सुबिन भाई शहरको केटा थियो। उसको लगाई, हेयर स्टायल पनि मेरो भन्दा फरक थियो। मैले प्राय कपडाको सर्ट र प्यान्ट धार निकालेर लगाउथे। शहरका केटाहरु जिन्स र टिशर्टमा सधै केटीहरुसंग गफिएका हुन्थे। मलाई पनि लाग्यो आखिर केटीहरु स्टायालिस केटाहरु मन पराउछन भने  यस्तो सर्ट पाइन्ट लगाएर प्रेम गर्न खोज्नु के पी बा को बयलगाडा चढेर अमेरिका गएझै भयो भन्ने लाग्यो। 

कोठामा जादा जादै बाटोमै शैलुनमा पसेर कपाल काट्न भने। सधै उसले सोध्दा 'ठिक्क मिलाएर काट' भन्थे।  तर आज सुबिन भाइको स्टाइल देखाउदै ‘त्यस्तै चट्ट मिलाएर काट है ‘ भने।  सुबिन मेरो पछाडी ऐनामा कपाल मुसार्दै मुसुमुसु हास्दै थियो। कपाल काटिसकेपछि ऐनामा फर्की फर्की हेरे। चिटिक्क सुहाएको जस्तो लाग्यो। दुई रुपिया टिप्स थपेर पैसा दिए। 

बेलुका सुबिनले भन्यो ‘दाई त्यो दिदिको परिवारको सबैजनालाई मैले राम्रोसंग चिन्छु।  म घरमा गएर बसेको पनि छु। दाईहरुको कलंकीमा बिजनेस छ। आँटे हुन्छ है।’

मैले केहि जवाफ फ़र्काइन। बेलुका उसले मलाई मुबाइल नम्बर दियो। नाम पनि उसैले भनेको थियो श्वेता शर्मा हो भनेर। मैले धेरै कुरो सोधिन। उसले आफै बेला बेला भानिरहन्थ्यो। लाग्यो उसले मेरो मनको कुरा बुझिसकेछ। 

मसंग भर्खरमात्र नोकियाको मुबाइल थियो दाइले दुवैबाट पठाइदिएको। नयाँ नम्बरमा मिसकल गर्ने चलन अलि बढी नै थियो। मैले उनलाई मिसकल गरे। उताबाट तुरुन्त मेसेज आयो ‘ हु इस दिस ?’

मनमा हलचल पैदा भयो। गरौ कि नगरौ भैराखेको थियो सुबिनले भन्यो’ के को मिसकल गरेको दाई फोन गर्नुस। ऊ फ़्रेङ्क  छ।’

अरु केटीहरुलाई फोन गर्दा त्यस्तो नर्भस त कहिले हुदैनथे। ब्लफ कल गर्न त पहिले देखि नै अलिअलि सिपालो थिएँ । तर किन किन उसको मेसेज आउना साथ् छातीमा भ्यागुतो उफ्रिन लाग्यो। जोडले स्वास भित्र खिचे र बाल्कोनिमा बसेर फोन गरे। तेस्रो घन्टी नसकिदै ‘हेलो ‘ भन्ने आवाज कानमा संगीतको तरङ्ग झैँ गुञ्जियो। 

'श्वेता  बोल्नु भएको ?’

‘हो अनि तपाई को होला ? मैले त चिनिन नि !’

‘म दिपक हो। सुबिन भाइसंग नम्बर मागेर फोन गरेको। हिजो लाइब्रेरीमा देखेको थिए हजुरलाई।'

 भन्दै कस्तो अड फिल भयो। 'तपाई, 'हजुर'  के भनेको हुँला भन्दै मनमनै सोचे। 

उनले केहि नभनी फोन काटिन। लग्यो केटि घमण्डी रैछ। उतिबेलै सुबिनको मुबाइलमा घन्टी बज्यो। उसैको फोन थियो। म बालकोनिमा बसेर उनीहरुको कुरा सुने। ‘पहाड घर बाग्लुङ्ग  हो। थेसिस लेख्दै हुनुहुन्छ। ह्यान्डसम --- यस्तै के के भन्दै थियो। म कोठामा छिरे। उसले कुरा छोट्यायो। 

‘एकैछिनमा मेरो मुबाइलमा फोन आयो। मैले मेरो परिचय दिए। उनले भोलि दिउसो भेटौ न भनेर प्र्श्ताप राखिन। हेर्दा मात्र मोर्डन हैन, मान्छे पनि मोर्डन नै रहेछ भन्ने लाग्यो। त्यो रातभर राम्रो संग निन्द्रा पनि लागेन। उसको सलक्क परेको लामो अनुहार र टाउकोमा अड्याएको कालो चश्माको झझल्को आइरह्यो। मनमनै सोचे ‘के यहि माया हो ?’

अर्को दिन बिहानै उठेर सेभिङ्ग गरे। नुहाएर कोठामा छिर्दा सुबिन अझै मस्त निन्द्रामै थियो। उसलाई उठाएर चियाँ खायौ। दिउसो स्वेतासंग भेट्ने कुरो उसलाई पहिले नै थाहा थियो। बास्तबमा भन्ने हो भने यो कुरो उसैले मिलाएको थियो। 

‘डेटिंङ्ग जाँदा त जिन्स लाउनुस है।’ भलाद्मी बनेर हैन जाने’, उसले चिया पिउदै गर्दा भन्यो।

 मसंग एउटा पुरानो बेलिबटम स्टाइलको पाइन्ट थियो। उसले 'यस्तो सुहाउदैन।  नयाँ किन्नुस’ , भनेपछि मैले पनि भाडा बुझाउन राखेको पैसो सिरानीमुनिबाट निकाले र दुबैजना पाङ्गा चोकतिर निस्कियौ। नयाँ भर्खर फेसनमा चलेको प्यारालाल पाइन्ट किनेर फर्क्यौ। 

दिउसो बाह्र बजे हामि संगै लाइब्रेरीतिर लाग्यौ। लाइब्रेरिमै भेट्ने कुरो भएको थियो। लाइब्रेरी पुगेपछि सुबिन बाहिर क्यान्टिनमा बस्यो।  म भित्र छिरे। भित्र छिर्दै गर्दा अलि अलि नर्भस भएको फिल भयो। सरासर हिजो बसेकै ठाँउमा पुगे। उनि किताब पढ्दै थिइन। तिनै ठुला ठुला आँखा, सलक्क परेको लाम्चो अनुहार, चिटिक्क परेको नाक, अनि कमलको फुल जस्तो मुस्कान। 

‘हेल्लो! म दिपक ‘भन्दै मैले हात अघि सारे।  उनले पनि ‘हाई म स्वेता’ भन्दै हात अघि सारिन। सारै कोमल हात। पहिलो पल्ट यसरि केटीसंग हात मिलाईरहेको थिए। मज्जा आयो। एकछिनसम्म  दुबैजना चुप भयौ। 

‘तपाई पनि थेसिस लेख्दै हो ?’ मैले आइस ब्रेक गरे। 

‘हो, तपाइ पनि हो र ?' उनले सोधिन। केहीबेर सम्म यिनै पढाइको बारेमा कुरा भयो। कुरा गर्दै जाँदा उनीभन्दा म नै लजाएको जस्तो फिल भयो। 

'बाहिर गएर गफ गरौ न। यहाँ अरुलाई डिस्टर्ब होला ‘ भन्दै हामी त्यहाँबाट निस्कियौ। क्यान्टिनमा बसेर एक एक प्लेट चुकौनि र चिया खायौ। 

‘फर्कनेबेला उनले आफु बेलुका बानेस्वर जाने कुरा गरिन। मैले पनि ‘संगै जाँउ न।  म पनि घट्टेकुलोसम्म पुग्न छ' भने। जाने काम त थिएन तर उनीसंग अलि समय बिताउन मन थियो। त्यसपछि  उनले मलाई होस्टलमा भेटेर संगै निस्कने प्रताब राखिन। 

ठिक चार बजे म किर्तिपुरको लेडिज होस्टेलको गेटमा पुगे। हामीलाई भित्र जान दिदैनथ्यो। एकैछिनमा उनी  आइन। जिन्स माथि कलेजी रंगको टिसर्ट र खैरो रंगको  ओभरकोट लगाएर हल्का गोल्डेन कपाल खुल्ला छोडेकि  उनी कुनै बलिउड सिनेमाको हिरोइन भन्दा कम देखिएकी  थिईनन्। 

‘त्यहाँबाट निस्कदै गर्दा उनले भनिन्  ‘धेरैजसो त म ट्याक्सीमा यात्रा गर्छु। बसमा धेरै भिड हुन्छ।’

म भित्रको पुरुष आत्माले भन्यो ‘अब तिर भाई ट्याक्सीको भाडा। यो खेतिको निको चाल होला जस्तो लागेन। तल गेटमा  पुगुन्जेल ट्याक्सी खोज्यौ। एउटा पनि ट्याक्सी पाइएन।

‘अहिले खालि खाली जस्तो पनि छ लाउडा मै जाऊ गफ गर्दै ‘, मैले भने।

 नभन्दै त्यति नै बेला लाउडा आयो। एक्काइस नम्बरको बसलाई लाउडा भन्ने चलन थियो।  हामि चढ्यौ र पछाडिको सिटमा गएर बस्यौ। संगै बस्दा उनको अनुहार नजिकबाट हेरे। मेकअपले छालाको प्राकृतिक रंग ढाकेको जस्तो लाग्यो। परेला पनि मिलाएर काटे झैँ देखिन्थे। आँखी भौ मार्करले  लाइन कोरे झैँ थियो। उनले लगाईको परफ्युमले हल्का टाउको सम्म दुख्न थालेको थियो। त्यसैमाथि कलंकी पुग्दा बसभित्र टेक्ने ठाँउ सम्म थिएन। 

उनलाई पहिलो पल्ट देखेको त्यो सयपत्री फुल जस्तो मुस्कान ओइलाएको  झैँ लाग्न थाल्यो। उनले आफु पहाडमा नगएको, तर घुम्न मन पर्ने, घाँस काट्न हैन, घाँसको भारीसंग फोटो खिचाउन मन पर्ने कुरा  सुनाइन।  आफुलाई खाना बनाउन नआउने तर बनाउन चाँही मनपर्ने कुरा गरिन। 

‘मलाई आइहाल्छ नि खाना बनाउन इन्डियन, चाइनिज, कन्टिनेन्टल ‘, मैले ठट्टा गर्दै भने। 

'हाउ स्विट!’ उनले मेरो हातमाथि आफ्नो हातले हल्का स्पर्स गर्दै भनिन। सायद म पनि त्यहि मौकाको पर्खाइमै थिएँ  क्यारे मैले आफ्नो हातले उनका औलाहरु खेलाउन थाले। उनले कुनै प्रतिक्रिया देखाइनन्। त्यतिन्जेलसम्म लाउडा रत्नपार्क टेकिसकेको थियो। मनमनै सोंचे बस सिधै जाउलाखेल पुगेर फर्के हुन्थ्यो। सोच्दा सोच्दै बस खालि भैसकेको रहेछ। बसपार्कमा नझरी सुखै भएन। 

बसपार्कमा झरिसकेपछि उनि बानेस्वर जाने बस खोज्न थालिन। म भने पुन: त्यहि बसमा फर्कने सुरमा थिए। घट्टेकुलो जाने त केबल बाहाना मात्र थियो। अबेर भएकोले उनि अलि हतारमा थिईन। साथीकोमा जाने भनेर पहिलेनै भनेकोले मैले को साथि? के साथि? कस्तो साथि? भनेर धेरै सोध्न चाहिन। उनलाई बानेस्वरको बस चढाएर मात्र म मेरो बाटो गर्छु भन्ठानेर  म पनि उनीसंगै बानेश्वरको बस लाग्ने ठाउमा उभिए। कतिछिटै हामि बेस्सरी लब परे झैँ हातै समातेर उभिने भैसकेका रहेछौ। 

एकैछिनमा बानेस्वर जाने बस रोकियो। बसको अगिल्लो ढोकाबाट मेरो साथि अजय ओर्लदै गरेको देखे। ऊ बानेस्वरमा डेरा गरेर बस्थ्यो। उसले हामीलाई संगै उभिएको देखेर हो कि कुन्नि,  देखेर पनि नदेखे झैँ गरि छेउको पशलको पेटीमा उक्लियो। स्वेता बसमा चढीन। मैले हात हल्लाएर 'बाई' गरे। अजय त्यहि उभिएको रैछ, म उ भएको ठाउमा गए। 

‘के हो छुपा रुस्तम? को हो त्यो ?’ उसले कुटिल हाँसो हाँस्दै भन्यो। 

‘छोड यार। भर्खर भर्खर लब पर्दै छ। भिलेन बन्न नआइज। ‘

'लअब ! राम्रै मुर्गा भेटिछ त यो पाली’ उसले अनुहारमा गम्भीर भाब निकाल्दै भन्यो। 

‘किन ? तैले चिन्छस् ?

‘मैले हैन ब्वाज होस्टेलमा बस्ने सबैले चिन्छन्। ‘

'कसरि ?’

'साच्चै तेरो लबै परेको हो त ?’ उसले मेरो आखाँमा आँखा जुधाएर उसले सोध्यो। 

‘हैन यार।  आज मात्रै भेटेको’, मैले भने। 

‘प्ले गर्ल हो, प्ले गर्ल। दर्जन भन्दा धेरै केटाहरु फेरी सकी। संजयलाई चिन्छ्स, स्ववियुको नेता? अहिले बानेस्वरमा सरेको छ। त्यसैकोमा जान्छे यो। त्यहि आगाडीको घरमा बस्छु म। माकसम तेरो टाउकोमा हात राखेर भन्छु यो तेरो टाइपको केटि हैन।’

ऊ मेरो एउटा मिल्ने साथि थियो। बानेस्वरमा स्कुल पढाउथ्यो। उतै डेरा गरेर बस्थ्यो। मैले उसले भनेको कुरामा संका गर्ने ठाँउ देखिन। 

‘ल यार म जान्छु। एउटा ट्युसन क्लास छ बागबजारमा अलिक ढिलो भैसक्यो। फेरी भेटौला नि ‘, भन्दै ऊ बागबजारतिर अगाडी बढ्यो।

एकछिनसम्म म  त्यहि उभीरहें। ढलको पानि ठुस्स गनायो। एकैछिनमा  लाउडा पनि आइपुग्यो। बसको पछिल्लो सिटमा गएर बसे।  सधै बुरुक बुरुक उफ्रिने भ्यागुतो पनि छातीबाट निस्केछ  क्यारे मन उदास थियो। संयोग भनौ या के  बसको स्पिकर मेरो सिटको ठिक माथी थियो जहाँबाट नारायण गोपालको गित बज्दै थियो  'उडायो सपना सारा हुरीले--- 

 


 





Friday, April 23, 2021

Finally got the covid-19 vaccine

 It was early morning of April 23, 2021 in Toronto Canada when I joined the serpentine line about 700 meter long to get the appointment for Vaccine against cover-19.  It was a pop up clinic set in John Macrey public school located in Macwan road. 

After standing an hour and half on the queue, I finally arrived to the location where the volunteers were giving appointment card. Luckily, I got the appointment for 3:00 PM. Then I went back to home for waiting. When I went to the location as per the appointment, but 15 minutes early, I was prescreened by a nurse who informed that I was getting fizar vaccine. 

As I was aware of the fizar vaccine, I felt fortunate. It had good reviews from those who had had it already. She collected all the information with the residental address. Then she asked me to go to the another room where the doctors and nurses were giving vaccines. 

A senior lady with smile face welcomed me at the entrance of the hall where mass vaccination was going on. I waited on the line again for a few minutes, then a male doctor was available for me. I took off the overcoat and put on my lap while sitting on the chair.

The doctor asked me if I had any cover symptoms or any medical issues. My answer was negative. I had a fear of the middle though. As he asked me which hand would be better for vaccine, I let his hit on the left hand. He cleaned my shoulder with the cotton. When he was gently rubbing the cotton, I cleansed my hand. Noticing me being little nervous, he told me that I wouldn’t know even how I felt injecting. 

Then boom! It was done. I felt like an bite. After I got the vaccine, they asked me to sit on the chair for about 15 minutes. There was not any symptoms of vaccine reaction. After 15 minutes, a nurse came and asked a few post screening questions. Everything was normal. She also gave some suggestions in case some side effects developes later on. She also informed another dose of vaccine will be provided in August and confirmation will e sent via email and text message.


Monday, April 19, 2021

 'कमेडी च्यापियन हेर्छस् ?’ अमेरिकामा बस्ने कलेज पढ्दादेखिको साथी नबिनले  सोध्यो। धेरैदिन भएको थियो कुराकानी नभएको। मैले नै मेसेन्जरबाट भिडियो कल गरेको थिए। ऊ स्टोरमा सामान मिलाउदै रहेछ। 

‘हाँ उहिले जमानाको किन नहेर्नुं नि। त्यो रोल्पाली केटाले लास्टै हसाउछ यार’, मैले भने। 

‘तिमि कुन जमानामा छौ यार? नयाँ शो आइसक्यो। टप एलेभेनमा पुगिसक्यो। अहिलेका केटाहरु झन् कडा पो छन्। काँको रोल्पालीको कुरा गर्छौ ?’

‘हो र ? हैन कतिबेला फुर्सद हुन्छ हौ तिमीलाई।  नेपालको रियालिटी शो सबै हेर्न भ्याउछौ। नेपालको राजनीति पनि सप्पै भन्छौ। अस्ती कल्ले टिकटकमै स्वास्नी कुट्यो भन्थ्यौ। तिम्रो ज्यान यता मन चै उतै छ कि क्या हो ?’

‘गफ नदे मुजी। तैले हेर्दैनस भनेर मैले पताउछु। खशी परेर विदेश छिरेका सबै नेपालिहरुले युटुबमा हेर्ने भनेकै नेपालि शो हो। कसैले लोक गित, कसैले रियालिटी शो, कसैले लोग्नेस्वास्नीको झागडा, कसैले नेताको भाषण यस्तै यस्तै त हो हेर्ने। कल्ले हेर्छ यहाँको शो? ‘

‘धेरैले हेर्छन होला , तर सबैले हेर्छन भन्न चै मिल्दैन है। यता दिनको अठार घण्टासम्म काम गर्नेहरु छन्। बिचरा तिनीहरुले कहिले हेर्छन के ?’

‘कस्तो लामो जस्तो कुरा गरेको तैले यार।  नेपालीको बानि थाहा छैन यार। ब्रेकमा ट्वाइलेटमा गएको बेला भएपनि हेर्न चै भ्याउछ। सबैको घरका बुढाबुढी हातमा मुबाइल समातेर एउटाले 'भ्वाइस अफ नेपाल’ अर्कोले ओलीको चुट्किला सुनीराहुन्छन।’

किन फोनमा? घरभन्दा ठुला टिभी राखेका हुन्छन है सबैले त्यसैमा हेर्छन होला नि। 

'टीभी त राखेकै हुन्छन नि। त्यो त दशैँ तिहारमा लोक गीतमा नाच्न र छोराछोरीले कार्टुन सार्टुन हेर्नलाई हो। आफुले बसेर ढुक्कसंग हेर्न त फुर्सद हुन पर्यो नि।अलि अलि फुर्सद भयो भने आजकल सबै टिकटक तिरै हुन्छन। बुढाबुढी बसेर बच्पनाका कुरा, गाइबस्तु चराउदा कुरा, स्कुल, कलेज पढ्दा मन परेका तर आफ्नो भाग्यमा नलेखेका साथीहरुको कुरा गर्ने सायद हुदै हुदैनन् भन्दा पनि हुन्छ।’


'ठिकै भनिस यार। अरुको कुरा के गर्नु, आफ्नो पनि हालत त्यहि हो। बसेर आनन्दसंग कार्यक्रमहरु हेर्ने त फुर्सद पनि निस्कनु पर्यो नि। खालि काम काम भन्यो। हप्तामा एक दिन छुट्टी भयो भने पनि कतै पार्ट टाइम भएपनि गर्न मन लाग्छ। खर्च चलाउनै पर्यो। ‘

'तैले भनेको कुरा त सहि हो। तर सातै दिन मोरेर काम गर्नु पर्छ भन्ने मलाई लाग्दैन। हप्तामा चारै दिन काम गरेपनि खान बस्न र गाडी चढ्न पुगिहाल्छ। आखिर चल्ने हो। जति घण्टा हाने पनि आखिर लुतो उही रैछ। ट्याक्स फाइल गर्दा लैहाल्छ। खै त्यताको कस्तो छ?’

‘त्यहाँ र यहाँ उस्तै त होला नि।  तर भन्नलाइ मात्र हो। मनले कहाँ मान्छ यार। एकदुई पैसा भएपनि अलि बढी कमाउन पाए हुन्थ्यो भन्ने हुन्छ। लोभले त कैले कसलाई पो छोडेको छ र।  त्यहि पैसाकै लोभले त यहाँ ल्याएको। यो स्टोर किनेपछि त झन् एकछिन फुर्सद छैन यार। कैले के सामान सकिन्छ कहिले के? पशलमा पनि कुर्ने पर्यो। मान्छे राख्यो पनि तलब दिने पैसा हुन्न। आफै खट्यो भने एक दुइ पैसो भएपनि बचाउन सकिन्छ कि भन्ने हुन्छ। कोरोनाले गर्दा मान्छेहरु पनि स्टोर छिर्न डराउछन्। आफुलाई पनि डर हुने।’

'पसलमा त अनेकथरि मान्छे आउछन।  अलि होसियार भएर काम गर है। यता पनि स्टोरहरुमा  काम गर्नेहरु धेरैलाई कोरोना लागिसकेको छ। कतिपय त भेन्टीलेटर मै छन् भन्छन। आफु त आजकल घरमै बसिएको छ। ज्यान बाच्यो भने कुनै उपाए निस्केला’, मैले कफी सुर्काउदै भने। 

सायद त्यतिनै बेला स्टोरमा कोहि ग्राहक आयो क्यारे, उसले 'फेरी कुरा गरौला है’ भनेर फोन काट्यो। 

धेरैदिन पछि ऊ संग यति धेरै भएको थियो। आजभोलि कसैसंग पनि लामो कुराकानी नै हुदैन। सोध्नु पर्ने पनि केहि हुदैन। सुनाउनु पर्ने पनि केहि हुदैन। केहि नयाँ राम्रो कुरा भयो भने सबैभन्दा पहिले फेसबुकबाटै थाहा हुन्छ। नराम्रो कुरा छ भने साथीहरुबाट थाहा भैहाल्छ। 'फलानोले त घर नयाँ घर किन्यो रे। डिस्कानोले स्टक मार्केटमा यति कमायो रे। यस्तै यस्तै कुरा मात्र सुन्न किन फोन गर्नुपर्यो झैँ लाग्छ। धेरैजसो साथीहरु कुनै उपलब्धि हात लाग्यो भने फोन गर्छन र कुरो घुमाएर भएपनि प्रगति सुनाइहाल्छन।

त्यसपछि ऊ कहिले पनि सम्पर्कमा आएन। उसले फेसबुक पनि डिएक्टिभेट गरेको छ। अन्य सामाजिक मिडिया उसले कहिले प्रयोग गरेन। फेसबुकमा पनि उसका साथीहरु धेरै कम थिए। कहिले कुनै फोटोहरु अपलोड गरेको पनि थिएन। कहिलेकाही स्टाटस अपडेट गर्थ्यो त्यो पनि कुनै चाडबाडमा शुभकामना दिनको लागि। 

उसलाई चिन्ने अरु साथीहरु कोहि थिएनन अमेरिकामा। मेरा अन्य साथीहरु त थिए तर उनीहरुले उसलाई चिन्दैनथे। मैले उसले कुनै फरक आइडीबाट फेसबुक चलाउछकि भनेर समेत खोजे कतै भेटाईन। दिनहरु आफ्नै रफ्तारमा चल्दै गए। समयले उसको याद बिस्तारै सुकाउदै गयो। 

एकदिन अचानक मिचिगन स्टेटमा बस्ने साथि सुधीरले नाबिनको फोटो फेसबुकमा अपलोड गरेर समावेदना राखेको देखे। अरु पो कोहि हो कि भनेर अझै नियालेर फोटो हेरे। उही हसिलो अनुहार गरेको साथि नबिन नै रहेछ। छाती ढक्क फुल्यो। रिंगटा लाग्ला लाग्ला जस्तो बनायो। धेरैले कमेन्ट गरेका थिए। सबैले रिप मात्रै लेखेका थिए। कसरि मोर्यो होला भनेर निकै खुल्दुली लाग्यो।तुरुन्त सुधिरलाई मेसेन्जरमा कल गरे। 

‘कसरी बताउ यार ऊ मोर्यो भन्ने कुरामा आफैलाई बिश्वास गर्न गाह्रो छ। स्टोरमा काम गर्दा गर्दै कोरोना लागेछ। अलिक दिनसम्म घरमै आइसोलेसनमा बस्यो। हामीले हस्पिटल गएर भर्ना होऊ भन्दा पनि मानेन। निको भैहाल्छु भन्थ्यो। पछि धेरै गाह्रो भैसकेपछि एम्बुलेन्स बोलाएर हस्पिटल भर्ना त गरेका थियौ। फोक्सोमा धेरै असर गरिसकेको रहेछ। त्यसै राति बितेछ। हामीलाई अर्को दिन मात्र खबर गर्यो’, यति भन्दै गर्दा ऊ रोकियो। 

फोन काटेको थिएन। एकछिनमा भारि स्वरमा भन्यो,’ परिवारको बिचल्ली छ। उनीहरुपनि आइसोलेसनमा छन्। नेपालमा खबर गर्न पनि धेरै गाह्रो भयो। हिजो मात्र उता सुनायौ।’

मैले त्यो भन्दा धेरै सुन्न सकिन। 'पछि कुरा गरौला है ‘ भनेर कल ड्रप गरें। 

रातभर निन्द्रा लागेन। कोरोनाको महामारी फैलिएको पनि झन्डै एक बर्ष भैसक्यो। कतै दोश्रो लहर चल्दै छ भने कतै तेश्रो लहर चल्दै छ। दिनहु जसो जसरि पानीमा करेन्ट लगाएर माछा मारिन्छ, त्यसरी मान्छेहरु मोरिरहेका छन्। दोश्रो लहरसंगै भारत र नेपालमा पनि कोरोनाले भयङ्कर रुप लिदैछ। घरमा बुढी आमा हुनुहुन्छ। फोन गर्दा भन्नुहुन्छ,’ कोरोना हो कि जातिले भवसागर मान्छे मारेको छ रे बाबु। बुढाबुढीलाई त च्याप्पै पार्छ रे। अझै दमका रोगीहरुलाई खतरा हुन्छ भन्छन। के हुने हो कुन्नि। ‘

आमाको कुरा सुन्दा मनै जिरिङ्ग हुन्छ। तर पनि सान्त्वना दिदै भन्छु,’ अरुले भनेको कुरा सुन्न हुदैन आमा। समाचारहरु धेरै जसो नकारात्मक हुन्छन। घरबाट बाहिर नानिस्कनुहोला। बिस्तारै सबै कुरो ठिक हुदैजान्छ।’

हुनत आमाले आँ गर्दा अलंकार बुझ्नु हुन्छ। हामीले सान्त्वना दिनुपर्ने कुनै आबस्यकता पर्दैन। तरपनि किन किन भन्न मन लाइहाल्ने। 

दिउसो सुजनको घरमा बाहिर भएपनि एकैछिन भेट हुन भनेर निस्के। उसको घरमा केहि मान्छेहरु ब्याकयार्डमा भेला भएका थिए। सबै आफन्त तथा साथीहरु थिए। किन किन मान्छेहरुको जमघट देख्दा आजकल मनै जिरिङ्ग हुन्छ। फोन गरेर सुजनलाई रोडसम्म बोलाएँ। उसले एकजना आफन्त पर्ने मान्छे कोरोनाको कारणले मिसीसागा बितेको खबर आएकोले के गर्ने कसो गर्ने भनेर सल्लाह गर्नको जम्मा भएको कुरो सुनायो। 

मन एकदम कमजोर भएको महसुस गरे। फर्केर कोठामा गएँ। तनमन जति नेपालमै थियो। खोक्रो शरीर फगत यहाँ सोफामा लढेको थियो। जतिबेला पनि उतैको समाचारहरु हेर्ने आदत नै भएको थियो। संसारको जुनकुनामा बसेपनि आँखा चिम्लिदा बितिकै आउने विचार होस् या तस्बिर त्यो तिनै घर खेत, खोला, खोल्साहरुको हुन्थ्यो। अचम्म लाग्छ कहिलेकाँही जब सपनामा पनि उतै कतै डुलिरहेको हुन्छु। 

अर्कोदिन बिहानै मुबाइल थर्थरायो। एकछिन पछि रोकियो। फेरी दोश्रो पल्ट थर्थरायो। चन्द्र दाईले फोन गर्नुभएको रैछ, उठाएँ। ‘ कतै घुम्न निस्कने हैन घुम्नलाई ? घर बस्दा बस्दा दिक्क भैसक्यो। कोरोनाले भन्दा पनि यसको डरले थला पारिसक्यो।’

‘लक डाउन झन् कडा पारेको छ। पुलिसले गाडी रोकेर कहाँ जाने, के गर्ने भनेर हैरान पार्छ रे। केटाकेटीहरु बोकेर कता जानु हो?’, मैले भने। 

‘के गर्नु यार मलाई त यहाँ एकैछिन पनि बस्ने मन छैन। नेपाल गएर दुइचार मैना बसेर भएपनि फर्किनु पर्ला। अनलाइन क्लास उतैबाट पढ्दा भैहाल्छ’, उहाँले भन्नुभयो। 

मैले हँ मा हँ मिलाए। बर्षौ सम्म कसैसंग नभेटी एक्लै एक्लै बसिरहदा दिक्क लाग्दो रहेछ। सायद त्यसैले होला ‘मानिस सामाजिक प्राणि हो' भनेर भनेको। जस्तोसुकै दुख सुख आइपरेपनि बेला बेलामा साथीभाई बसेर रमाइलो गर्दा दिक्दारीबाट छुटकारा मिल्दो रहेछ। काम गर्ने जाँगर चल्दो रहेछ। जिबनको सार्थकता मिल्दो रहेछ।  यसरि एक्लै एक्लै बस्दा साना साना छोराछोरीहरु पनि भोलि कतै भिडमा जाँदा डराउलान भन्नु पर्ने।  

उहाँसंग धेरैबेर सम्म यस्तै यस्तै भलाकुसारी भयो। हामि कतै जाने कुराको निर्णय नै गर्न सकेनौ। यतिकैमा हाम्रो कुराकानी रोकियो। 

दिनप्रतिदिन कोरोन संक्रमितहरुको संख्या बढ्दो थियो छर छिमेकमा। थुप्रै चिनेका नेपालीहरु पनि कोहि घरमै आइसोलेसनमा थिए भने कोहि भेन्टिलेटरमा पुगिसकेका थिए। तिनीहरुको परिवारको हालत कस्तो होला ? कति स्ट्रेस  होला। सोच्दै दिमाग रन्थनियो। समाचारहरुमा भारतमा कोरोनाको महामारी विश्वमै तिब्र गतिले बढेको खबरहरु आइरहेको थियो। फेसबुक युट्युब जताततै अस्पतालहरुमा अक्सिजनको अभाबले मान्छेहरु करेन्टले खोलाका माछाहरु पल्टिए झैँ पल्टिएका थिए। जताततै लाश जलाएको भिडियोहरु मात्र थियो। नेपालमा पनि महामारी अत्यासलाग्दो किसिमले बढिरहेको थियो। नेपालगंजमा डाक्टरहरु आफु संक्रमित हुदाहुदै पनि बिरामिहरुको उपचारमा खटिनु परेको कुरा समाचारमा आइरहेको थियो। बुटवलको स्थिति पनि भयाबह नै थियो। 


फेसबुकमा जताततै आफन्तहरु मोरेको खबर तस्बिर सहित टाँसिएको थियो। कतिबेला लाग्थ्यो कस्तो युगमा जन्मेछौ हामि।  स्कुलले जिबनदेखि अस्थिरतासंग जुध्दा जुध्दै बिदेशमा समेत अस्थिर अबस्थामै परियो। 





Sunday, April 18, 2021

कामरेड श्यामबहादुर जिन्दाबाद !



                                            चुनाबी सभाबाट कामरेडको बिदाई 


श्यामे चानचुने कम्न्युष्ट थिएन। सबैले उसलाई चे गोभारा भन्थे। राम्रो संग उच्चाहरण गर्न नजान्नेले  छि! कस्तो नाम हो 'गोबर' भन्दै हाँस्थे। खयर जे होस् उसले चे गोभाराको तस्बिर छातीमै टाँसे झैँ देखिने टिशर्ट लगाएर हिड्थ्यो। कुरैपिच्छे मार्क्स, लेलिन र माओको कुनै न कुनै रिफ्रेन्स दिएर तर्क गर्थ्यो। हाते तानमा बुनेको रातो झोलामा साना साना कम्युनिष्टका किताबहरु बोकेर गाँउ डुल्थ्यो। 

श्यामे नेपाल कम्न्युष्ट  पार्टीको  गाँउ स्तरको नेता थियो क्यारे। एक बर्ष पुरानो हाँक पत्रिका सधै उसको झोलामा हुन्थ्यो। गाँउका दुइचारजना केटाहरु जम्मा गरेर मोहन बिक्रम सिङ्गको बारेमा दन्त्य कथा जस्तै कथा सुनाउथ्यो। "हेर नेपालमा कम्न्युष्ट पार्टी भनेको हाम्रो मसाल पाटी मात्र हो। अरु सबै दक्षिणपन्थी दलाल, गद्दार हुन्। यहाँ हेर, मोहन बिक्रम सिङ्गले लेख लेख्नुभएको छ' भन्दै  हाँक पत्रिका  खोल्थ्यो। सबैले झुम्मेर पत्रिका हेर्थे। उसले झोलाबाट बुकलेटहरु झिक्थ्यो र बढो गर्बका साथ् आफुले सबै पढेको भनेर सुनाउथ्यो। 

'मैले मोहन बिक्रमलाई आफ्नै आखाँले देखेको छु। ओहो! उहाँ त ठ्याक्कै माओ जस्तै हुनुहुन्छ’, भनेर आफैले माओंलाई भेटेर आए जसरि गफ चुट्थ्यो। 

एकदिन उसले गाँउका अधबैसेहरुलाई बेलुका स्कुलमा भेला हुन भन्यो। दिनभर खेतबारीमा काम गरेर देउराली कान्छो, बाटामुनी जुठे, सन्ते, जन्तरे लगाएतका आठ /दश जना मान्छेहरु बेलुका स्कुलमा भेला भए। उसले झोलाबाट केहि प्रति हाँक पत्रिका र केहि मोहनविक्रमले लेकेका किताबहरु निकाल्यो। त्यहाँ भेला भएका धेरैलाई पढ्न समेत आउदैनथ्यो। अलि अलि पढ्न जान्नेहरुलाई किताब बाड्यो र पार्टीको रसिद कटायो।  

लुते, जन्तरे र मनेले हाँक पल्टाई पल्टाई हेरे। रनेले गोजीबाट बिजुली सुगन्धित खैनीको डिब्बा झिक्यो र चोर औलाले प्याट्ट प्याट्ट पार्दै  बिर्को खोल्यो। खैनीको हर्रर बास्ना चल्यो चारैतिर।

जन्तरेले 'तेरो त कडा रैछ अलिकति यता हाल्' भन्दै दाइने हात पसार्यो। सबैले एक एक चिम्टी झिके, तल्लो ओठ बाहिरतिर लेप्राए र खैनी च्यापे। त्यसपछि सबैले पिच्च पिच्च गर्दै आफ्नै ओरिपरि थुक्न सुरु गरे। 

'मोहनविक्रमले कम्निष्टको कखरा सिकाएकाहरु अहिले आफुलाई बढो महान क्रान्तिकारी भन्दै हिड्छन। प्रचण्ड, बाबुराम, झलनाथ सबै उनैका चेला हुन्', दाइने हातले अगाडीको कपाल माथितिर सार्दै उसले भन्यो। सबैले आँखा तन्काएर उसलाई हेरे।

केहीबेरमा दुइजना पातला पातला, न होचा न अग्ला मान्छेहरु त्यहाँ आइपुगे। श्यामले उनीहरुको परिचय गरायो। उनीहरु जिल्लाबाट  प्रशिक्षण दिन आएको भनेर सबैलाई सुनायो। सबैको नाम कापीमा टिपेर सहि गर्न लगायो। उनीहरुले पालै पालो कम्न्युष्टको विश्व इतिहाँस सुनाए।आफुहरुमात्र सच्चा कम्युनिस्ट भएको ठोकुवा गरे। 

चिनको सांकृतिक आन्दोलनको बारेमा माओको गुनगान गाए र मोहनविक्रमलाई नेपालको माओ भनेर तुलना गरे। बिचरा सोझा गाँउले किसान दुखका दिन जाने भए भनेर कल्पना गर्न थाले। श्यामेले गाँउ कमिटि गठन गर्यो र उनीहरुको नाम पढेर सुनायो। सबैजनाले तालि पिटे र घर घर लागे। 

त्यसपछि श्यामे धेरै दिनसम्म गाँउमा देखा परेन। धेरैले  श्यामे ठुलै नेता बनेर काठमाण्डौमा गएको भन्ठाने। तर कसै कसैले श्यामेलाई माओबादीले अपहरण गरेर लुकाएको छ भने, कसैले माओबादीका किताब र चन्दाको रसिद बोकेर हिड्दै गर्दा आर्मिले पक्रेर लग्यो रे भने।  कसैले रानीबनमा आर्मीले माओबादि भनेर गोलि ठोकेर मार्यो सम्म भने।  तर बास्तबिकता कसैलाई पनि थाहा थिएन। 

दिन, हप्ता, महिना हुदै वर्षदिन बित्यो श्यामे घर फर्केन। श्यामेका बुवा आमा छोराको शोकले ब्याकुल बने। एउटो छोरो एकाएक लापत्ता भएकोमा उनीहरुलाई पर्नु पिर परेको थियो। उनीहरु खोज्न जाने ठाँउ कतै पनि थिएन। पुलिस चौकीमा रिपोर्ट गरे, तर लापत्तो भएन। 

श्यामे लापत्ता भएको ठिक चौध महिनामा गाँउमा रहेको पुलिस चौकीमा एक्कासि माओबादि आक्रमण भयो। पन्द्र  जना पुलिस मारिए। सात जनाले भागेर ज्यान बचाए। माओबादि तर्फ पनि थुप्रै मारिएको हल्ला चल्यो। तर न कसैले लाश देखे, न घाइते नै। अर्कोदिन हेलिकप्टरबाट भागेर बाच्न सफल भएकाहरुलाई जिल्ला लगियो। गाउलेहरु हेलिकप्टर हेर्नलाई टाढा टाढा बाट समेत कुदेर त्यहाँ पुगे। 

'माओबदिहरुले थुप्रै लाश आफैले बोकेर लगे रे ', चौकी नजिकै पशल गर्ने एक व्यापारीले सुनाए। 

'घाइतेहरुलाई बोक्न गाह्रो भएर गोलि ठोकेर मारीहुरी त्यतै जंगलमा गाडी छाडेका पो छन् रे ', अर्का एकजना चिया पशलको  दिदीले भनिन्। 

'कहाँबाट आएका होलान त्यति धेरै माओबादी ? खोलाभरि छरिएका थिए रे ', ज्याद्रो जात रैच', अर्को एकजनाले थपे। 

एकैछिनमा पुलिसहरु आएर उनीहरुलाई त्यहाँबाट लखेट्यो। मखनलालले पशलमा गएर रेडियो खोले। समाचारको बेला भएकोले सबैजनाले रेडियोमा कान चनाखो पारे। 

'हिजो राति भएको दोहोरो भिडन्तमा परि माओबादि कमान्डर चट्टान भनेर चिनिने श्याम बहादुर  सहित करिब असि जना आतंककारीहरुको मृतु। प्रहरीतर्फ सामान्य हातहति भएको जानकारी। पूर्ण विवरण आउन बाँकी।'

 समाचार सुनेर सबैले एकअर्कालाई ट्वा परेर हेरे। चौकीको आगन पसारिएका लाशहरु आफ्नै आँखाले देखेकाहररुले आँखा झिम्झिम पारे। 

भोलिपल्ट गाँउमा सबैले श्यामे माओबादिमा गएको, लडाकुहरुको कमान्डर बनेको र प्रहरीद्वारा मारिएको कुरा सुने सुनाए। उसका बाउआमको खाटो बसिसकेको घाउ पुन बल्झियो। 

'हामीलाई माओबादि कमुनिस्ट नै हैनन् भन्ने आफै त्यतै लागेको रैच।  बल्ल खायो साला गद्दारले', जन्तरेले मनेसंग भन्यो। 

माओबादिको चौकी आक्रमण दिन दिनै बढ्दै गयो। गाबिस भवनहरु खरानी बन्दै गए। गाबिस अध्यक्ष र  सचिवहरुको  जिल्लामा बास भयो। किसानहरु खेतबारीमा कम जान थाले। रातिमा बत्ति बोल्न छोड्यो। साइलि माइलिहरुले सुरिलो भाकामा रनबन गुञ्जाउन छोडे। तरुनी तन्नेरीहरू एकाएक हराए।

दिनमा आर्मी र रातमा माओबादिको डरले गाँउ पुरै थर्किमान बन्यो। न कसैको बिहेमा बाजा बज्थे, न चौरासी पुजामा भजन किर्तन। दिउसो आर्मीले कन्चटमा बन्दुकको नाल सोझ्याउथ्यो भने रातिमा बन्दुक सिरानीमा राखेर आफ्नै ओक्षानमा माओबादि सुत्थे।  

माओबादिले घेराबन्दीमा पार्दै लगेपछि सेना र पुलिसहरु जिल्ला सदरमुकाममा केन्द्रित हुन थाले। गाँउमा माओबादी लडाकुहरु परेड खेल्न थाले। माओबादिहरुले आफ्नो सरकार बनाउने हल्ला चल्यो। गाँउमा अन्य राजनीतिक दलहरु सबै दुलाभित्र पसे। 

माओबादिको स्थानीय सरकार घोषणा गर्ने दिन गाँउ गाँउबाट हँसिया हतौडा अंकित झण्डा बोकेर मान्छेहरु फाँटमा भएको स्कुलतिर ओरालो लागे। पूर्व एमाले, मसाल, काग्रेस सबैजना जुलुसमा मिसिए। लुते, जन्तरे, मने सबैले माओबादि जिन्दाबादको नारा लगाए। 

स्थानीय सरकार घोषणा गर्ने क्रममा उद्घोषकले फर्माइस गरे,'स्थानीय सरकारको अध्यक्षमा तथा प्रमुख अथिति कमरेड चट्टान। सबैजनाले जोडले ताली पिटे। अबिरले पुरिएको अनुहार धेरैले प्रष्टसंग देख्न सकेनन्। तर कमरेड चट्टानको बास्तबिक नाम के हो भनेर धेरै जना जान्न उत्सुक भए।

 त्यतिकैमा अर्का बक्ताले भाषण ठोके,' हाम्रा अत्यन्त जुझारु, कामरेड श्यामबहादुरलाई पार्टीले  स्थानीय सरकारको जिम्मेबारी दिएकोमा हामि अत्यन्त हर्षित छौ। '

गाँउलेहरुले एकपल्ट फेरी ट्वा परेर फूलमाला र अबिरले पुरेको कमरेड चट्टानको अनुहार हेर्न खोजे। एकार्कामा मुखामुख गरे। दुइचारजना खासखुस गरे। पार्टीले बाँडेको चिउरा बुकाउदै लुरुलुरु घर फर्के। 

अर्कोदिन गाँउभरि हल्ला चल्यो, 'श्यामे त जिउदै रैछ।  माओबादीको ठुलो नेता पो भएको रैछ। 

'जे भएपनि गाँउकै मान्छे नेता बनेको छ। माओबादिको सरकार आयो भने यो गाँउकोलागि केहि त अबस्य गर्ने छ', गाँउलेहरुले सकारात्मक नै सोचे।  

माओबादिहरुले गाँउ, शहर र सदरमुकाम कब्जा गर्दै गैसकेपछि देशैभरि ठुलो आन्दोलन चल्यो। एमाले, कांग्रेस पनि माओबादिसंग मिलेर राजाबिरुद्द आन्दोलन गरे। अन्त्यमा राजाले हारे। नयाँ सत्ता आयो। चुनाब आयो। माओबादि बिजयको सुनामी नै ल्यायो। श्यामले गृह्यमन्त्रि पड्कायो। गाँउलेहरुले दिप प्रज्वलन गरेर खुशी साटे। 

गाँउलेहरु कहिले श्यामे गाँउ आउला र दुखेसो सटौला भनेर कुर्दा कुर्दा बर्षौ बित्यो। कतिबेला माओबादिको सरकार पनि चिप्लेछ कसैले पत्तो पाएनन्। दुलाभित्र पसेका एमालेहरु, कांग्रेसहरु पुन निस्कन थाले। अर्को चुनाब आयो। माओबादिले स्वात्तै हारेछ। एमालेसंग मिलेर नयाँ खरानी धसेछ। 

शिवरात्रिको दिन स्थानीय मन्दिरमा जातियताको बिषयमा बिबाद सुरु भयो। दुवै पक्षको ठोकाठोकमा कसैको टाउको फुट्यो, कसैको दाँत झर्यो।  चारजना दलित युवाहरुलाई भीरबाट ठेलेर हत्या गरियो। यो घटनाले देशैभरि सनसनी फैलायो। संसारभरिका नेपालीहरुले राज्यको आलोचना गरे। 

घटनाको बस्तुस्थिति बुझ्न र घटनास्थलको अबलोकन गर्नको लागि गृहय मन्त्रीको टोलि हेलिकप्टरमा गाँउ झर्यो। एमालेका स्थानीय नेताहरुले खादा ओडाए मन्त्रीलाई।  उनले घटनास्थलको अबलोकन पनि हेलिकप्टर बाटै गरे।  उनले को कसलाई भेटे, के के निर्देशन गरे गाँउलेहरुले  केहि थाहा पाएनन्। 

 ' हाम्रो देशमा अन्य देशहरुको तुलनामा अपराधहरु धेरै कम भैरहेको छ। अमेरिकामा यहाँभन्दा कैयौ गुणा बढी अपराध हुन्छ। हाम्रै छिमेकमा हेर्नुस दिनदिनै हत्या हिँसा भैराहेको हुन्छ। त्यसको तुलनामा यिनी घटनाहरु केहि पनि हैनन्। हामीहरुले अझै धेरै बिकास गर्नु पर्ने छ उनीहरुको बराबरी हुनलाई। '

'हत्याको दोषीहरुको न खोजि नै भयो कारबाही। दिनदिनै जसो पत्रकारहरुले पिडित परिवारलाई झन् पिडित पार्दै गए। न पिडित परिवारले न्याय पायो र सरकारबाट कुनै राहत। गाँउलेहरु बीच एकापसमा कटुता बढ्दै गयो। हिजोसम्म मिलेर बसेको गाँउ कतिबेला कसले कसको घरमा आगो झोस्ने हो, कसले कसको बंगारा खसाल्ने हो जल्तारास बढ्दै गयो। 

उता  आयु नपुग्दै सरकार ढल्यो। चुनाबको घोषणा भयो। बर्षोदेखि गुमनाम नेताहरु गाँउ पस्ने क्रम सुरु भयो। गाँउमा एमालेका सन्तानहरुले चुनाबी सभाको आयोजना गरे। गाँउगाँउबाट मान्छेहरु भेला भए। एमालेको उमेदबार कमरेड श्यामबहादुर मुट्ठी उठाउदै मन्चमा चढे। झोलेहरुले तालि ठोके। 

'यो गाँउमा बाटो बनाउनको लागि मैले ठुलो पहल गरे। यो गाँउलाई मात्रै यो भेगको समुन्नत बिकासको लागि तपाइहरुले मलाई भोट दिनुहुनेछ भन्ने आशा गरेको छु। यो पालि मैले चुनाब जितेर यिनी डाँडाकाँडामा गाडिहरु मात्रै हैन तल रेल र माथि केबुल कार चल्नेछ। अब किसान दाजुभाईहरुले हलो जोत्न पर्दैन। तपाइहरुका खेतहरूमा रोबोटहरुले बालि छर्नेछ। खेतमा मोल पुग्यो पुगेन , बालि उम्र्यो उम्रेन भनेर चिन्ता गर्नै पर्देन। सबैको मुबाइलमा यस्तो एप हुनेछ जसले गर्दा घरबाटै सबै कुराको निगरानी गर्न सक्नुहुनेछ।' फेरी पनि झोलेहरुले परर तालि ठोके। 

भाषण सकेर कमरेड श्यामबहादुर मन्चबाट तल झर्दै थियो, एक्कासी चारपाँच जनाको समुहले उसको कठालोमा च्याप्प समातेर स्कुलको पछाडी लगे। त्यहाँ विभिन्न पार्टीका कार्यकर्ताहरुबीच  हात हालाहालको स्थिति आयो। प्रहरिहरुको संख्या सानो भएकोले उनीहरु आफ्नो ज्यान जोगाउनको लागि त्यहाँबाट भागे। उनीहरुले श्यामबहादुरको आँखामा कालो पट्टि बाँधे र घिसार्सै घोप्टे भीरतिर झारे जुन भीरबाट केहि महिना अगाडी चार जना दलितहरुलाई घचेटेर मारिएको थियो। त्यसको निरीक्षण गर्न गृहयमन्त्रि को हैसियतमा श्यामबहादुर त्यहाँ आएको थियो। तर त्योबेला  उसले दोषीहरुलाई कारबाही गर्नुको साटो उल्टै बचाउ गरेर बक्तब्य जारि गरेको थियो। 

भीरको थाप्लोमा पुगेपछि उनीहरुले श्यामबहादुरको आँखाको पट्टि खोलिदिए र भने हाम्रो देशमा हिँसा अन्य देशको तुलनामा धेरै कम छ काम्रेड । त्यसैले बराबरी गर्नको लागि हामीले तपाईलाई  यहाँ ल्याइपुर्याएका छौ। यति भनेर उनिहरुले श्यामबहादुरलाई बिदा गरे। आकाशमा चराहरु एकैचोटी भुर्र उडे। एक जोडी गिद्धरु भीरको पल्लो पाखामा पखेटा हल्याप हल्याप पार्दै तलमाथि गर्दैरहे। 









Sunday, April 11, 2021

फेरिपनि एकपल्ट आयो नयाँ बर्ष।

सगरमाथाको चुच्चोमा झुल्किने पहिलो किरणसंगै 

सुनौला सपनाहरु बोकेर सधै झैँ 

सबैको आगनमा

फेरिपनि एकपल्ट 

आयो नयाँ बर्ष। 


कहिल्यै  नगल्ने दधिचीका हड्डीहरु 

कहिल्यै  नगल्ने भिमका जङ्घाहरु 

अर्जुन र कर्णका पाखुरीहरु  

कोरोनाले फतक्कै गलेको बेला 

आशाको किरण बोकेर 

फेरिपनि एकपल्ट 

आयो नयाँ वर्ष। 


राजनीतिको कन्टेनरमा 

जन्मेका भाइरसहरु 

कोभित भन्दा कैयौ गुणा खतरनाक भैरहेको बेला 

सडकको छेउमा पसल खोलेर 

ख्याउटे छोराछोरीहरुको लागि 

सपना बुन्दै गरेका कैयौ आमाहरुलाई 

एकचिम्टी भरोसा बोकेर 

फेरिपनि एकपल्ट 

आयो नयाँ बर्ष। 


मृतुको भयले छाती धर्मरायको बेला 

बाच्ने रहर हराएको बेला 

अचुक बुटी झैँ 

पुरानै जिनिस 

नयाँ ब्रान्डेड बोतलहरुमा राखेर  

फेरिपनि एकपल्ट 

आयो नयाँ वर्ष। 


सिंहदरबारको डबलीमा 

सकुनिहरुले पासा हान्दै गर्दा 

देशैभर किचकहरुले 

अबोध बालिकाहरुको बलात्कार गरिरहदा  

न्याय दिन नसक्ने 

कालाकोटेहरुलाई  

सद्बुद्दि दिनकोलागि 

फेरिपनि एकपल्ट 

आयो नायाँ बर्ष। 


हाँस्न चाहनेहरुको लागि हाँसो 

नाच्न चाहनेहरुको लागि संगीत 

मात्न चाहनेहरुको लागि नशा 

खुल्न चाहनेहरुको लागि मन 

जिउन जान्नेहरुको लागि उमङ्ग 

डराउनेहरुको लागि काल 

कमाउन चाहनेहरुको लागि माल 

यस्तै यस्तै धेरै कुराहरु बोकेर 

फेरिपनि एकपल्ट 

आयो नयाँ वर्ष। 


कसैलाई देखाउनु  पर्ने 

कसैलाई लुकाउनु पर्ने 

कोहि कुदेको कुदै गर्ने 

कोहि डेक चल्नु नपर्ने 

कोहि राता र निला लेबलहरु खोज्दै 

कोहि सस्तो सस्तो चामल रोज्दै

यस्तै यस्तै ....

 थुप्रै बिजोडीहरुको माझ 

साझा चौतारी बनेर 

फेरीपनि एकपल्ट

आयो नयाँ बर्ष। 


आर्यघाटमा अस्ताएको

 एउटा मुढो  

नर्सिङ्गहोममा पलाएको

 अर्को टुसो  

गरिबलाई चुसेर ढाडिएको

एउटो मान्छे 

सडकपेटीमा भोक भोकै

पल्टिएको अर्को मान्छे  

अस्पतालको शैयाहरुमा छट्पटाईरहेका  

तारे होटेलका रंगमन्चहरुमा लडीबुडी गर्दैगरेका 

खै कसलाई के उपहार दिएर जान्छ कुन्नि ?

तरपनि,

सबैको साझा बनेर 

फेरिपनि एकपल्ट 

आयो नयाँ वर्ष। 


भूगोलको सीमारेखाहरू मेटिदै गैरहेको बेला 

भाइरसले साम्यवाद ल्याएको बेला 

संकृतिको मिश्रण हुदै गैरहेको बेला 

भाषाहरु भ्रमित भैरहेको बेला 

सुटुक्क झ्यालबाट चिहाउदै 

नेपालि पात्रोमा एउटा नम्बर परिबर्तन गरेर 

फेरिपनि एकपल्ट 

आयो नयाँ बर्ष।