Saturday, August 5, 2023

केहीबेरमा उसले एउटा रंगिन कपमा कफी दिई। म हतारियर त्यहाँबाट बाहिर निस्के। त्यहाबाट निस्कदै गर्दा यस्तो महशुश भयो कि मा कुनै बन्दनबाट छुटकारा पो पाइरहेको छु। 

बाटोमा बाक्लो हिंउ जमिसकेको थियो। आकाशबाट अझैपनि फुस फुस हिंउ खसिरहेको थियो। कपको बिर्कोमा भएको सानो ढकनी उप्काए र सुरुप्प पारे। मुखमा के परेको थियो थुक्नु कि निल्नु भयो। कफी तितो कि टर्रो पो छ। त्यसपछि ढकनी खोलेर हेरे। कालो कफी पो रहेछ। कफी अर्डर गर्न नजानेकोमा भित्र भित्र लाज लाग्यो। 

अलि पर बाटोको छेउमा राखेको गार्बेज बिनभित्र कपलाई थन्काए र कामतिर लागे।  दिनभरी राम्रोसंग कफी अर्डर गर्न नजानेको कुरा दिमागमा नाँचीरह्यो। 

अर्को पल्ट अफिसमा एकजना स्टाफले कफी मेसिन देखाउदै भन्यो ," यहाँ कफी छ, त्यहाँ कफी मेसिन छ। मनलाग्यो भने बनाएर खानु। कहिले त्यो मेशिनमा कफी बनाएको छैन। उ गैसकेपछि त्यहाँ उभिएर धेरैबेरसम्म कफी मेसिनमा हेरिरहे। कफी कसरि बनाउने होला सोंचे ? उपाय नलाग्ने देखि तातोपानी कपमा हालॆ र अलिकति कफीको धुलो पनि राखे।  साथै चिनी सानासाना दुइवटा प्याकेज खोले र सबै एकैचोटी खोले। चिनी र क्रिम घुल्यो तर कफीको सानासाना दाना कपको माथितिर उत्रियो। 

एकजना स्टाफले मेरो सबै गतिबिधि सुटुक्क नियाली रहेको थियो।  मैले कफी पिउने बेला झन् झन् हेर्न थाल्यो। मैले मुखमा मात्र के राखेको थिए कफी सबै उत्रेर कपको माथिल्लो भागमा जम्मा भएको रहेछ। त्यहाँ पनि थुक्नु कि निल्नुमा परे। केहीबेरमा अर्को स्टाफ आयो। कसले कफी बनाएको छैन भन्दै कफी पेपरको कपजस्तो भाँडामा खनायो र मेशिनभित्र हाल्यो। केहीबेरमा कफी मेसिन स्वाँ गर्दै तुरुरु आवाज निकाल्यो। यसो हेरेको त प्लास्टिकको कन्टेनरमा कफी जम्मा भयो। उसले त्यो कफी कपमा खनायो, चिनी मिसायो र घोल्यो। बल्ल पो थाहा भयो कफी पटमा कसरि कफी बनाउने भनेर। 

त्यसपछि सुटुक्क गएर कप गार्बेजबिन मा खसाले। दिनभरी कफी बनाउन नजानेकोमा हिनताबोध भैरह्यो। सुरु सुरुमा अरु स्टाफसंग कुरा गर्ने बानि पनि थिएन। नयाँ देश, नयाँ परिवेश, नयाँ मान्छे सबै कुराले गर्दा पनि घुलमिल हुन असहज महशुस भैरहेको थियो। अर्को दिन अफिसमा कोहि नभएको मौका पारेर आफै बनाउने कोशिस गरे। 

कतिपल्ट धाराको पानि खोल्न नसकेको अनुभब छ। सेन्सर जडित धाराहरु अनेक प्रकारका हुन्छन। प्राय: सबै धाराहरुमा साइन राखेकै हुन्छ। तर मेरो बानि शुरुमा साइन हेर्ने, पढ्ने छदै छैन। जब काम हुदैन तब मात्र यताउति हेर्ने चलन छ। दश वर्ष भैसक्यो क्यानाडामा बसोबास गर्न थालेको। अझैसम्म पनि साइनहरु राम्रोसंग हेर्ने बानि बसेको छैन। 

एडमन्टन साउथको एउटा वाटर पार्क गइयो साथीहरुसंग। त्यो पार्कको नाम थियो जेकी पार्क। सानासाना नानिबाबुहरुलाइ पानिमा खेलाउने रहरले आधा घण्टा ड्राइभ गरेर त्यो ठाँउमा गएका थियो।  सबैले केहि खानेकुराहरु पनि साथै लिएर गएका थियौ। 


क्यानाडाको सबैभन्दा ठुलो शहर टोरोन्टोमा अहिले बस, रेल, सोपिङ्ग मल जता जानुस, एउटा न एउटा नेपाली भेटिन्छ। आज भन्दा दुइ चार वर्ष पहिले यो अवस्था थिएन। नेपालि अनुहार भेट्न या त कसैले खाना खान बोलाउनु पर्थ्यो या आफुले अरुलाई। त्यसपछि कहाँ बिलाउथे उनीहरु पत्तै हुदैनथ्यो।अहिले भने यहाँको फास्ट फुड रेस्टुरेन्टहरु जस्तै म्याकडोनाल्ड, टिमहर्टनमा पनि नेपालिहरु बाक्लै भेटिन्छन चाहे चिया कफी बेच्ने काम होस् या किन्ने काम होस्।  यो सबैको मुख्य कारण भनेको पछिल्ला दिनहरुमा नेपालि बिद्यार्थीहरु आगमनले गर्दा नै हो भन्दा फरक नपर्ला। बिगत दुइ तिन बर्ष यता थुप्रै नेपालि बिध्यार्थिहरु टोरोन्टो आसपासका कलेजहरुमा आएका छन्। देशको निराशाजनक भबिष्य र विदेश मोहले गर्दा भर्खर अठार उन्निस वर्ष टेक्दै गरेका कलिला युबा युबतीहरु आफ्नो घरदेखि करिब साढे छ हजार माइल भन्दा टाढा आएर आफ्नो भबिष्य खोजिरहेका छन्। 

केहिदिन अगाडी नेपालीहरुको एक संस्थाले आयोजना गरेको हिमालय मेलाले यहाँ लामो समयदेखि बस्दै आएका नेपालीहरुलाई चक्मा दिएको छ। नेपाली कला र संस्कृतिलाई प्रमोदन गर्ने उद्देश्यले गर्ने गरिएको कार्यक्रममा आधा भन्दा धेरै नेपालबाट भर्खर प्लस टु सकेर कलेज पढ्नको लागि यहाँ आएका बिद्यार्थीहरु थिए। म पहिलो पटक २०१९ मा हिमालय मेलामा सहभागी भएको थिए। त्यतिबेला त्यहाँ भेला भएका अधिकाँस मान्छेहरु नेपालमा स्कुल, कलेज पढाएर फेडरल स्किल्ड वोर्कर बाट क्यानाडा छिरेका मास्टरहरु तथा रेस्टुरेन्टमा वोर्क परमिटमा आएका उमेरले दुइचारवटा रौ पाकेका, आँखाका कोछ कोछमा मुज्जा परेका, गम्भीर पाराले ठिङ्ग उभिएर कार्यक्रम हेर्नेहरुको बर्चस्व थियो। त्यसपछि कोरानाले गर्दा यो कार्यक्रम पनि रोकियो। केहिदिन अगाडी २०२३ को हिमालय मेलामा सहभागी हुँदा मलाई नेपालको कुनै कलेजको प्रोग्राममा भएजस्तै भान भयो। मन्चको अगाडी हाते साङ्लो बनाएर ति बिस् बाइसे युबा युबतीहरु केहि कुराको प्रबाह नगरी बुरुक बुरुक उफ्रिरहेका थिए। 

टोरोन्टो डाउनटाउनको बिचोबिचमा भएको यो कार्यक्रममा यसरि बिद्यार्थीहरु सहभागी होलान भनेर मैले सोचेको थिइन।