Sunday, November 29, 2020

क्यानाडाको भिजिट भिसा र ह्विलचियर

 होचो, होचो कद। सेतो सर्ट पाईन्ट र कालो ईस्टकोट अनि त्यसमाथि पुर्बेली ढाका टोपी। यस्तै साठी बर्ष जतिको रसिलो र कसिलो छाला।चिल्लोसंग दाडि काटेर त्यसमाथि चिटिक्क मिलेको जुँगा।आफु हिड्ने बाटो भन्दा बढी दाँया र बाँया पट्टि लहरै उभिएका भबनहरुमा पल्याक पुलुक हेर्दै हिडिरहेको नेपालि देखेपछि म रोकिए। बाटोको छेउमा उभिएर  दुइहात जोडी नमस्कार गरे। बाटोमा एक्कासी एउटा  केटोले नमस्कार गरेको देखेर होला उहाँ एकैछिन अलमल पर्नु भयो। सातसमुन्द्र पारीको यो अपरिचित ठाँउमा यसरि खाट्टी नमस्कार पाइएला भनेर उहाँले सोच्नु भएको पनि थिएन होला।


"नमस्कार र..र... बाबुको घर कहाँ पर्यो होला ?" उहाँले अलि संकोच माने जस्तै गरेर सोध्नुभयो।

"नेपालमा बुटवल हो बुवा। हजुरले ढाका टोपी लगाएकोले पक्कै पनि नेपालि हुनुहुन्छ भनेर रोकिएको", मैले भने।

"हजुर त बिहान बिहान हिड्नुहुदो रैछ। अरु कोहिपनि हिडेको देखिन मैले।  सबै गाडी चड्दा रहेछन। बाबुको काम पनि नजिकै छ जस्तो लाग्यो नि हिडेरै पुगिने।"

'हैन बुवा काम त टाडै छ।  अहिले त यतिकै बाहिर निस्केको। यहि चार, छ  मैना हो यहाँ यसरि बाहिर हिड्न सकिने। अर्को महिनाबाट हिउ झर्न सुरु भैहाल्छ। अनि हजुरको शुभनाम ? "

"मेरो नाम रुमाकान्त सिग्देल हो। म छोरी ज्वाईले बोलाएर अघिल्लो महिना यहॉ आएको हुँम् । निराजनलाई चिन्नु हुन्छ त बाबुले? नेपालमा चाही पाल्पा हो। रामपुर नाम सुन्नुभएको छ ?"

"थाहा छ बुवा नगएपनि।  मैले क्याम्पस तान्सेन मै पढेको हो । रामभक्त पराजुली भन्ने मेरो मिल्ने साथि हुनुहुन्थ्यो रामपुरको। अहिले पनि एकदुई जना यतै पनि हुनुहुन्छ। तर निराजन लाई भने मैले चिनेको रैनछु।"

"उहाँलाई कसरि चिन्नुहुन्छ खै जतिबेला पनि काम भन्दै दौडेको दौडै  गर्नुहुन्छ। मैले पनि झल्याक झुलुक मात्रै देख्छु। छोरी पनि कहिले राति कहिले दिउसो काममा जान्छे। खै बाबु मैले त यहाँ केहिपनि राम्रो मानिन", उहाँले मुख धमिलो पार्दै भन्नु भयो।

"सबैको त्यस्तै हो बुवा यहाँ। सबै कुरा महँगो छ। काम नगरी कसरि बाच्ने हो र ?" मैले भने। "हिड्नुस बुवा मेरो घरमा पसेर चिया खाएर जानुहोला।  आज मेरो पनि बिदा छ। "

"हैन बाबु अहिले नपसौ क्यारे। नातिनी सानी छ। उसलाई हेर्ने जिम्मा मेरो छ। आमाले छोडेर काममा जान्छे। पछि भेटौला नि बरु कुनै दिन।  बाबुको पनि नजिकै रैछ।  हाम्रो तिर आउनुस न कुनै दिन। छोरी ज्वाईसंग पनि भेट होला।"

"हस त बुवा हिड्नुस।  म पनि हजुर संगै जान्छु।  घर देखेर फर्कुला।  पछि कुनै दिन बिदा पारेर आउला नि। "

त्यसछि म उहाँ  संगै हिडे। उहाँ अघि अघि , म पछी  पछी ।

हिड्दै गर्दा उहाँले धेरै कुराहरु सोध्नु भयो। बाबुले के गर्नुहुन्छ ? काम कतिको सजिलो छ ? छोरा छोरी कति छन्? नेपालमा बुवा आमा के गर्नुहुन्छ ? नेपाल फर्किने मन छ कि अब यतै बस्ने सोच्नु भएको छ ? उहाँका प्रश्नहरु त्यति जटिल त थिएनन् तर किन हो किन मलाई ति प्रश्नहरुको उत्तर दिन अत्यन्त गाह्रो भयो।

"छोरा एउटा र छोरी दुइटा छन्।" यहि हो मैले दिएको उत्तर सजिलो संग।  बुवाले खेति किसान गर्नु हुन्थ्यो।  अहिले खेतमा काम गर्न सक्ने अवस्थामा पनि हुनुहुन्न। दमको रोगि हुनुहुन्छ।  आमालाई पनि दम छ।  छोराछोरी हामि दुइजना मात्र हो।  म यहाँ छु।  दिदि अमेरिकामा हुनुहुन्छ। म कसरि भनौ बुवाआमा के गर्दै हुनुहुन्छ। पक्कै पनि आफ्नै भाग्यलाई धिक्कार्दै जीवनलाई जनतन घिसार्दै हुन्हुन्छ होला।

"बुवा आमा खेतिकिसानी गर्नुहुन्छ", मैले  भने।

काम पनि के गर्छु भनेर भनौ। कामको कुनै टुङ्गो छैन। काम राम्रो हुन्छ तर कतिबेला कम्पनीले लेअफ दिन्छ, पत्तै हुदैन। गाह्रो काम धेरै दिन टिक्न सकिदैन। आज एउटा काम गर्यो। फेरी भोलि अर्को काम खोज्नु पर्ने अवस्था आउछ।  न काम गर्ने समय एकनास हुन्छ। न काम को प्रकृति। नेपालमा गरेको कामको अनुभवले धेरैले काम पाउदैनन्, एकाध बाहेक।  पढेर केहि शिप नसिकुन्जेल जस्तो काम भेटिन्छ त्यहि गर्नुपर्छ।  महँगो घरभाडा तिर्नै पर्ने। नाना थरिका बिल तिर्नै पर्ने। शुरु शुरुमा त काम कहिले पाइने हो , कति दिनको लागि पाइने हो केहि पनि टुङ्गो हुदैन। कुनै काम सजिलो भएपनि सुपरभाइजर मन पर्दैन। अरु स्टाफहरु संग मन मिल्दैन। केहि न केहि कुराको स्ट्रेस भै नै रहन्छ। अब म के भनौ उहाँलाई।

 'काम ठिकै छ बुवा। जस्तो भएपनि देश छोडेर आइसकेपछि गर्नै पर्ने। जनतन चलिरहेको छ। सुरुसुरुमा सबैको यस्तै हो। पछि पछि सबै व्यवस्थित हुदै जाला। धेरैले राम्रो प्रगति पनि गरेका छन् बुवा। पढेर सरकारी जागिर गर्नेहरु पनि छन्। सानो तिनो रेस्टुरेन्ट चलायर बस्नेहरु पनि थुप्रै नेपालीहरु छन्। काम त सानो भएपनि ठुलो भएपनि गर्नै पर्छ। आफ्नो आफ्नो क्षमता अनुसारको काम पाउछ। मेहनत र भाग्य दुवै कुराले साथ् दिन पर्दो रहेछ", मैले भने।  

"धेरै मान्छेहरु रातिमा पनि काम गरेको देखे बाबु। रातिमा के काम गर्छन होला? मैले त कसैलाई सोधेको पनि छैन।  अर्को कुरा बुढाबुढी संगै बसेर खान खाने दिन पनि आउदो रहेनछ यहाँ। न छोराछोरी संग नै संगै बसेर खान खाएको देखे।  सधै दौडेको दौडै गरे जस्तो पो देख्छु त बाबु।  कतिबेला सम्म चल्छ यसरि खोइ", उहाँले मन अमिलो पार्दै भन्नु भयो। 

गफ गर्दा गर्दै हामि ब्रिम्ले र लरेन्सको जक्सनमा  पुग्यौ। एकै छिन रोकियपछि पैदल यात्रीलाई बाटो खुलेको संकेत आयो पारिपट्टिको ट्राफिक पोलमा। बाटो काटेर बेरिमोरको भित्रि बाटो हुदै उहाँको घर पुग्यौ।

"बुवा मैले घर देखे।  आज अलि फुर्सद छैन।  फेरी कुनै दिन सबैसंग चिनजान गर्ने गरेर आउछु है।  आज गए ल ", मैले हात हल्लाउदै भने। त्यति नै बेला एउटा महिला काँधमा पर्स भिरेर हतारिदै बाहिर निस्किन। मलाई देखिनन् होला सायद उनको आँखा फोनको स्क्रिनमै अढीएको थियो। सरासर बस स्टपतिर लागिन्। 

 रुमाकान्त सर आफ्नो छोरीले कर गरेर नाति हेर्नको लागि आएका रहेछन्  अघिल्लो महिना क्यानाडामा। टोरोन्टो डाउनटाउन  देखि अठार किलोमिटर पूर्व स्कार्बोरॊमा थियो छोरी ज्वाईको घर।  उनि कति खुसि थिए वा थिएनन त्यो उहाँको अनुहारको भावले प्रष्ट देखाउथ्यो। उहाँलाई खुशी हुनुपर्ने हाम्रो जस्तो बाध्यता थिएन। खुशी हुनु र दु:खि 
समयको कुरा पनि हो। त्यो भन्दा के कुरामा खुशी हुने वा दु:खि नितान्त व्यक्तिगत कुरा पनि हो। जसलाई हामीले भगवान राम भनेर पुजा गर्छौ उहाँ जिबनको कुनै पनि क्षण खुशी भएको पाइदैन। यो त नियतिको कुरा हो। भागवत गीतामा कृष्णले भनेझै निरन्तर कर्म गर्नु बाहेक कुनै पनि कुरा हाम्रो हातमा छैन।  सबै हाम्रो कर्मले निर्धारण गर्ने कुरा हो। मेरो मनमा एकछिन सम्म यस्तै कुराहरु खेलिरहे। 

 "नेपालमा के थिएन र उनीहरुलाई ? स्थाई जागिर थियो। बाउले जोडेको थोर धेर सम्पति थियो।  साथीभाई, इस्टमित्र , नाल्नाता सबै थिए।  जे भएपनि आफ्नो ठाउँ हो। यसरि कता हो कता , न जात मिल्ने , न भाषा मिल्ने ठाँउमा आएर गोरु जोतीय जसरि जोतिएर कति दिन पो चल्ला र बाबु? ", उहाँले  मेरो आँखामा गहिरोसंग हेरेर भन्नु भएको थियो । मैले  चुपचाप सुने मात्रै। केहि बोलिन।  बोल्नको लागि कुनै शब्द थिएनन् मसँग।  यी त उनले छोटो समयमा भोगेको अनुभबका कुरा थिए। त्यो भन्दा भयाबह स्थितिको बारेमा त उहाँ अबगत हुनुहुदैनथ्यो। कति मान्छेहरु डिप्रेसनको शिकार भएका छन्। कतिको यसैको कारणले गर्दा परिबार नै छिन्न भिन्न भएको छ। छोरा छोरीहरु बिचल्लीमा छन्। 

 नयाँ आउनेहरुको कथा एउटा हुथ्यो भने पुराना मान्छेहरुको कथा अर्कै थियो। आर्थिक रुपमा सम्पन्न धेरै भेटिए पनि सामाजिक र मानसिक रुपमा बलियो कोहि सायदै होलान् ,मैले चै भेटेको छैन। मनमा अनेक कुराहरुको हुन्डली खेलाउदै म कोठामा पुगे। कोठा सुनसान थियो। फ्रिजबाट चिकेन झिके र माइक्रोवेभमा एकछिन तताए। दुइ पिस ब्रेड झिके र त्यसैले छाक टारे। प्रायजसो भने म टिल्डा बास्मती चामलको भात र रहरको दाल नै पकाउछु म। एकछाक दाल, भात नखाई ज्यानले मान्दैन। 


सबैको आआफ्नै चिन्ता छ यहाँ। कसैलाई जागिरको पिर  त कसैलाई घरको अर्थात मोर्टगेजको। त्यो भन्दा बढी चाँसो हुन्छ आफ्नो देशको। कहाँ के भयो ? कुन नेताले के भन्यो ? कसले कहाँ  कति भ्रटाचार गर्यो ? यिनै बिषयमा हुन्छन चर्का चर्की गफ। लाग्छ यिनीहरु नै न्यायका पालक हुन्। न्यायधिस हुन् सर्बोच्च अदालतका। कसैले कसैको कुरा सुन्दैनन्। सबैले आआफ्नै कुराको कुतर्क गरिराहेका हुन्छन। कसैले कसैलाई उडाएर गफ गर्छन।कतिबेला त लाग्छ हाम्रो संस्कार नै अरुलाई उडाएर, तल्लो छेउ पारेर गफ गर्यो भने आफु ठुलो भइन्छ भन्ने हो।  इमान्दारीताको साथ सच्चा मित्रताको भूमिका निभाउने सयमा एक भेटिन मुस्किल छ यहाँ। 


धेरै बेरसम्म कम्प्युटरमै थिए म। केहि न केहि काम भैराखेको हुन्छ। ठ्याक्कै यो काम भन्ने चै केहि हुदैन। धेरैबेर पछि कम्प्युटर बन्द गरेर एकछिन बाटोतिर निस्के।  किन किन रुमाकान्त सर संग भेटेर नेपालतिरको गफ गर्न मन लाग्यो। अरु घरमा नभएपनि उहाँ त पक्कै घरमा हुनुहुन्छ भन्ठानेर उहाँको घरतिर हिडे।चिसो चिसो हावा चलेको थियो। हिड्दै गए। उहाँ घरको बाहिर सानो बगैचामा हुनुहुन्थ्यो।मलाई देखिहाल्नु भयो। 

' नमस्ते बुवा! म त हजुरसंग एकछिन भएपनि बस्छु भनेर निस्केको। के गर्दै हुनुहुन्छ बाहिर?  अलि अलि सिरेठो पनि चलेको छ आज । "

"के गर्नु नि बाबु,  भित्र बस्दा किन किन निसास्सिय जस्तो लग्छ। नातिनी के के खेल्दै छे।  मैले चाहि यसो झार गोडेजस्तो गरेको बाबु। हिड्नुस भित्र जाम", उहाँले दाहिने हत्केलो देब्रे हत्केलो माथि प्याट्ट प्याट्ट पारेर धुलो झार्दै  भन्नुभयो।

" म यतिकै फुर्सदमा थिए। हजुरसंग यसो गफ गरौ भनेर निस्केको", मैले पनि भुइबाट म्यापल को पात टिप्दै भने।

"चिसो चिसो पनि छ। भित्रै जाउ न।  म चिया पनि बसाल्छु।  ज्वाई त अलि राति आउनुहुन्छ। छोरी आउने बेला हुन लाग्यो", रुमाकान्त  सरले ढोका खोल्दै भन्नु भयो। 

उहाँ बाथरुमतिर छिर्नु भयो।  म बैठक कोठामा सजाएर राखिएको सोफामा गएर बसे।  भुइभरि सानी नानीको खेलौनाहरु यत्रतत्र छरियका थिए। सोफ़ाअगाडी भित्तोमा ठुलो टिभी झुन्डिएको थियो। प्राय सबै नेपाली घरहरुमा सोफा र टिभी उस्तै उस्तै हुन्छ।  ति सोफा र टिभी बस्न र हेर्नको लागि भन्दा पनि सजाउनको लागि राखेजस्तो लाग्छ। बिहान उठेपछि काममा जाने हत्तारो। बेलुका घर फर्के पछि भोलिको लागि लन्च प्याक गर्न र सुत्नको हतारो। कतिबेला हो सोफामा बसेर गफ गर्ने र टिभी हेर्ने। मनमनै यिनै कुराहरु खेले।

टिभीको माथिपट्टी नेपालको नक्सा भएको ठुलो फोटो फ्रेम झुन्डिएको थियो। त्यसैको ठिक विपरित भित्तोमा परिवारको फोटो टांगिएको थियो। कर्नरको टेबलमा एउटा गमला थियो। त्यो गमलामा हरियो बाँसको पात जस्तै देखिने बिरुवा राखिएको थियो।एकैछिनमा रुमकान्त सर मेरो छेउ आउनुभयो र "बाबु बस्दै गर्नुस। म चिया बनाइहाल्छु ", भन्दै उहाँ किचन तिर लाग्नु भयो।म एकछिन सुनसान बाताबरणमा यसै रुमलीए। केहीबेरमा सरले चिया लियर बैठक कोठामा आउनुभयो। चिया टेबलमा राख्दै गर्दा उहाँले सोध्नुभयो," बाबु केहि बिस्कुटहरु पनि ल्याउकि ? भोक पनि लाग्ने बेला त भैगो। "

"पर्दैन पर्दैन बुवा। यो पनि दुख नगर्नुभाको भए पनि हुन्थ्यो।  म त बुवा संग यसै गफ गरौ भनेर पो निस्केको।  अनि बुवा हजुरलाई कस्तो लागिराछ नि क्यानाडाको बसाई ?"

"कस्तो लागेको छ भन्नु बाबु सबै ठिकै चलिराको छ।  बिरामी भयो भने गाह्रो  छ भन्छन। भाषा बुझिदैन यताउति जाऊ भने। दिनभरी यहि झ्यालखानामा बस्यो। नातिनी हेर्यो। यस्तै हो बाबु। हामीलाई त उतै ठिक छ। खुल्ला ठाँउमा कमसेकम सास फेर्न त पाइन्छ। आफ्नो इस्टमित्र भनेपनि साथिभाई भनेपनि सबै उतै छन्। यहाँ त छोरी ज्वाई संग बोल्ने त फुर्सद हुदैन अरु को के कुरा गर्नु। "

"हो नि बुवा।  आफ्नो देश, भाषा, संकृति भनेको धेरै ठुलो कुरो रहेछ।  त्यसको महत्व यहाँ आएपछि बल्ल थाहा भयो । हामि पनि हुदाखादाको  जागिर छोडेर के के न होला भनेर हाम फालियो। खै राम्रो गरियो नराम्रो गरियो छुट्याउनै सकेको छैन मैले त। कैले हाँ फर्किउ कि क्या हो भन्छ यो मनले।  फेरी के के सोचिन्छ र मन बुझाइन्छ। यहाँ बसेपनि दिनदिनै उतैको न्युज हेर्न मन लाग्छ। टाठो, पिरो चटपटे मनपर्छ। कहिलेकाही यसो बाहिर गएर खाना खाउ भनेपनि तिनै इन्डियन रेस्टुरेन्टमा गइन्छ। कहिलेकाही सोच्दा लाग्छ यो सबै त उतै पनि त थियो।  किन यहाँ आउनुपरेको होला? 

फेरी अर्को मनले भन्छ के नै पो गुमेको छ र  यहाँ आएर ? नेपालमा पनि काम नगरी त्यसै चल्ने हैन। त्यसमा पनि पढाउने कर्मलाई त जागिरै हैन पो जस्तो गर्छन् मान्छेहरु। " पाँच सात बर्ष कलेज पढाएर घरमा जादा," जागिर गर्न सुरु गरिस कि अझै स्कुल पढाउदै छस् भनेर सोध्नुहुन्थ्यो आँमा' मेरो कुरा सुनेर उहाँको ओठ र जुँगा एकैचोटी चलेका थिए। 

'आफ्नै देश हो अब फर्किदा पनि त के बित्छ र बाबु? गर्ने ले उता पनि दुइ चार बर्षमा बिल्डिंग खडा गरिसकेका छन्। धेरैले प्रगति गरे बाबु । पहिला पहिला पैसो कमाउन विदेश जानु पर्छ भन्थे सबैले।  अहिले त ठिक उल्टो पो छ।घरजग्गाको दलाली गर्नेहरुले त मनग्गै जोडे बाबु। जताततै बाटो हालेका छन्।  अलिअलि धाँन रोप्ने खेत पनि टुक्रा टुक्रा पारेर कतै बाँकी छैन। मेरो छोरो पनि अस्ट्रेलियामा छ। एउटा बस्ने बास त जोड नेपालमा विदेशको कमाइले भन्छु । पैसो बच्दै बच्दैन भन्छ ऊ। जाबो एउटा घडेरी पनि किन्न सकिन्न भने यत्रो बर्ष बिदेशमा बसेर के को लागि रात दिन मेसिनले झैँ काम गर्ने हो", उहाँले दुबै हातले टोपी मिलाउदै भन्नु भयो।

"हो नि बुवा।  तर के गर्नु सोचेजस्तो हुदैन सबैलाई।  कसै कसैले  राम्रै पनि गरिराका छन्।'लिखितम ललाटे' भनेको त्यहि होला," मैले  चियाको सुर्को तान्दै भने।

" गेंजाको घनश्याम पनि मिसिसागा भन्ने ठाउमा रैछन। अस्ति खाना खान बोलाएका थिए।  सबैजना गाथिम। घर किनेका रैछन। बैकमा ऋण छ रे।  ऋण तिर्नै पच्चिस बर्ष लाग्छ बुवा भन्थे। घरमा बस्ने  फूर्सद मिल्दैन रे ।  खाली काम को काम। म त कुरा सुन्दै छक्क पर्छु बाबु ", उहाँले अर्को पट्टिको भित्तोमा हेर्दै भन्नुभयो। 

"हो नि बुवा।  घर भनेको बैंकले अलि सस्तो  ब्याजदरमा ऋण उपलब्द गराएर महिनै पिच्छे किस्ताबन्दीमा तिर्ने सर्तमा लिने हो। यदि बेलामा बैंकको किस्ता तिर्न सकेन भने घर बैंकले लिलामी गर्दिन्छ। आफ्नो लगानी सबै डुब्छ।  जसरि तसरी काम गरेर बिसौ वर्षसम्म  किस्ता तिर्न सक्यो भने घर आफ्नो हुन्छ। नेपाल सरकारको जस्तो कहिले नफुस्कने जागिर हुदैनन्।अर्कोतिर  एउटाको  जागिरले घरको किस्ता तिर्न पनि मुस्किल हुन्छ।  त्यसैले धेरैजसोले डबल शिफ्ट काम गर्छन। त्यो मिलेन भने पनि शनिबार र आइतबार पनि काम गर्छन।"

"हैन बाबु मैले नबुझेको कुरा चाही नि ; न आफुलाई सुख छ, न परिवारलाई समय दिईयको छ। न टाइममा खाना खानु छ।  न टाइममा सुत्नु छ। खालि कुदेको कुदै गरेर कहिले सम्म चल्छ?  यो सब आखिर के को लागि ?"

"यो घनचक्कर हो बुवा। यो जालो भित्र फसे पछि परिस्थितिले मान्छेलाई घुमाएको घुमाई गर्छ। घर,  गाडी, फोन को बिल जता ततै पैसो तिर्न पर्यो। पैसो तिर्न काम गर्नै पर्यो। नेपालमा त काम नगरेपनि दुइचार महिना  चल्छ जस्तो लाग्छ । तर यहाँ त  एक महिना पनि चल्दैन बुवा।" 

"मैले त बाबु कुनै अर्थमा पनि ठिक मानिन है यहाँ।  खाना पनि कहिले न महिलेको फ्रिजमा राखेको खान्छन। शनिबार, आइतबार  खाना बनाएर पोका पोका बनाएर फ्रिजमा राखे।  अनि त्यहि खाना हप्तै भरि जिक्दै खादै।  के को स्वाद होला त्यसमा। प्लास्टिकको डब्बामा भात हालेर हालेर जान्छन ।  उतै माइक्रोवेभ हो कि के जातिमा तताउछ्न्  रे। त्यो "क्यान्सर भन्ने रोग यता धेरै हुन्छ भन्छन,  त्यहि भएर हो, बाबु।"

म निशब्द भए। 

रुमाकान्त सर धेरै बेरसम्म  केहि नबोली चियाका कपहरु उठाएर किचनतिर लाग्नु भयो।  म पनि अर्को दिन भेट्ने बचन दिदै निस्के घरबाट।

भोलिपल्ट एउटा कम्पनिले इन्टरभिउको लागि बोलायो। घर फर्कदा रात परिसकेको थियो। त्यो दिन म रुमाकान्त सर संग भने बमोजिम भेट हुन पाइन। तेस्रो दिन दिउसो म उहाँको घरतिर निस्के।  शनिबार भएकोले गर्दा निराजन पनि घरमै थिए। उहाँसंग मेरो भेट अनौपचारिक रुपमा पहिले नै भएको थियो दशैँको कार्यक्रममा। तर पनि हाम्रो सम्पर्क थिएन।  निराजन मझौला कदको  गहुगोरो बर्णका थिए।  उनि अत्यन्तै मिजासिला स्वभावका थिए। चार पाँच बर्ष जति कहिले के कहिले के काम गर्दै बिताए। कुन्नि के बिषयमा डिप्लोमा पनि गरेका हुन् भन्नुहुन्थ्यो उनको ससुराले। तर अहिले भने घर किनबेच गराउने काम गर्दा रहेछन। सुरुसुरुमा अलि गाह्रो भएपनि अहिले चाही अत्यन्त ब्यस्त छु भन्थे।

"आलोक जी अब घर किन्न पर्यो है। प्रोपर्टीमा लगानी गर्यो भने अलिकति भएपनि सेभिङ्ग हुन्छ," उनले मेरो आखाँमा  हेदै भने।

"घर त किन्ने तर डाउन पेमेन्ट गर्नै गार्हो छ। घरहरुपनि अचाक्ली महङ्गा छन्। खै के गर्ने। अहिले त किन्ने अवस्था छैन। बेला आयो भने सम्झुला नि ", मैले उनको आसय अनुसारको जवाफ दिए। उनि फोनमा कसैसंग च्याट गर्दै थिए। एकैछिनमा उनि सोफाबाट उठेर फोन उठाउदै  बाहिरतिर निस्के।एकछिन पछि मात्र भित्र आए।

"सोरी आलोक जी, म एकैछिन बाहिर निस्कनु पर्यो।  एकजनालाइ घर देखाउने टाइम दिएको थिए भसक्कै बिर्सेको पो रैछु।  के गर्नु यस्तै छ काम। हजुरहरु बस्दै गर्नुस म पुगेर आइहाल्छु नि।"

उनि हतार हतार घरबाट निस्के। रुमकान्त सर अलि मनिलो अनुहारमा देखिनु हुन्थ्यो। "बुवालाई अलिक सन्चो छैन कि कसो? त्यति फ्रेस देखिनुहुन्न", मैले बुवातिर फर्किदै भने।

"ठिकै छ बाबु। छाती अलि भारि भारि जस्तो भाको छ हिजोदेखि। डाक्टरसँग चेक गराउन जानेकी भन्दै थि छोरी। हामीलाई त हेरेको पनि धेरै पैसो लाग्छ रे। तातो पानि खाईराको छु।निको होला नि एकदुई दिनमै।"

"हेल्थ इन्सुरेन्स गर्नुभएको होला नि।  खर्च धेरै आयो भने इन्सुरेन्सले कभर गरिहाल्छ। एकपल्ट देखाउनु भए हुन्छ।  स्वास्थ्य जस्तो कुरामा हेल्चेक्राई गर्नु हुदैन है। धेरै जसो बुवाआमाहरु यहाँ आएर बिरामी भएका घटनाहरु छन्। नेपाल र यहाँको हावापानी, खानपिन फरक पर्ने हुदा छिटो बिरामि पर्ने सम्भावना हुन्छ", मैले भने। 

उहाँ केहिपनि बोल्नुभएन। धेरैबेरसम्म  बाताबरण सुन्य भयो। सानी नानि दौडिदै हजुरबाको काखमा आएर बासिन। हातभरी खेलौना बोकेकी नातिनी हजुरबालाई के के भन्दै थिइन्। "ऊ अंकललाई नमस्ते गर," हजुरबाले आदेश दिनुभयो। नानि पुलुक्क मेरो मुखमा हेरिन र घोप्टो परिन।

"हजुरबालाई नसता है। सन्चो छैन," कोठाभित्रैबाट नलिना भाउजुले भन्नु भयो। म गएदेखि नै कोठाभित्रै हुनुहुन्थ्यो।
"अनि बुवा अझै कति जति बस्नुहुन्छ त यहाँ ?"

"कति बस्नु बाबु।  यस्तै भयो भने जानुपर्ला । अलि प्रेशर पनि बढेको छ रे।  हिजो ज्वाईले नाप्नु भाथियो। बुढेशकालमा यहाँ बसेर काम छैन बाबु। मर्नु परे पनि आफ्नै ठाउमा मरौला। यहाँ त मोरेपछी पनि गाह्रो छ रे। "

"कहाँ मोर्ने कुरा गर्नुभएको। यहाँ झन् राम्रो राम्रो हस्पिटलहरु छन्। केहि भयो भने तुरुन्त उपचार हुन्छ।"

"खै के को उपचार हुनु बाबु। अघिल्लो महिना चितवनको एकजना महिला क्यान्सर लागेर हस्पिटल भर्ना भएकी समयमा उपचार नपाएर बितिछन।सुरु सुरुमा केहि देखाएन रे।  एक्कासी अति भएपछी हस्पिटल भर्ना गरेको निको नभएर मृतु भएछ। भिजिट भिसामा आएकी रैछ।  हस्पिटलले बिल पनि थुप्रै पो पठाएको छ रे।  परिबारलाई धेरै गाह्रो भएर खै के जाति संस्थाहरुले पैसो पो उठाउदै छन् रे। यहाँ त केहि भैहाल्यो भनेपनि डाक्टरलाई भेट्न पनि महिनौ कुर्नु पो पर्छ रे। सानो तिनो रोगलाई मात्र हेर्छ रे यिनी क्लिनिकहरुमा। नेपालमा पैसो भयो भने कमसेकम टाइममै उपचार त पाइन्छ।विदेशको सुविधाहरु  भनेको पनि हाम्रो लागि त सपना जस्तै हो।"

कुरा गर्दा गर्दै समय बितेको पत्तै पाइन मैले। नलिना भाउजु पनि अहिले सम्म आफ्नै कोठामा खोइ के के गर्दै हुनुहुन्थियो। सायद नेपालमा कसैसंग कुरा गर्दै हुनुहुन्थियो। म यतिकै बुवा संग बिदा भएर निस्के।



                                                            ----------------------------


त्यो दिनपछि धेरै दिन सम्म रुमकान्त सर संग भेट भएन। मैले पनि काम सुरु गरे। कामको ब्यस्तताले गर्दा चाहेर पनि लामो समयसम्म भेट हुन पाइन। निराजन संग भने बेला बेला कुराकानी हुन्थ्यो। 

धेरै दिनपछि, एक बिहान म काममा निस्कदै थिए। निराजनको फोन आयो। " बुवालाई अचानक हस्पिटलमा भर्ना गरेको छ। एक हप्ता जति भयो। हिजो हजुरलाई सोध्नु भएको थियो त्यसैले फोन गरेको।"

मन झसङ्ग भयो। एकछिन के भन्ने सोच्न पनि सकिन। छोटै समयमा पनि उहाँसंग निकै आत्मियता बढेको थियो। उहाँको हँसिलो अनुहार आफ्नै अनुहार ऎनामा देखेजस्तै आखाँमा नाच्न थाल्यो।अघिल्लो महिना उहाँसंग कुरा गर्दा बिदेशमा बिरामी पर्दा गाह्रो पर्ने कुरा  आफैले गर्नुभएको थियो। यहाँ भिजिट या सुपर भिसामा बस्नेहरु बिरामि पर्दा आइपर्ने झंजटको बारेमा उहाँ आफैले मलाई सुनाउनु भएको थियो। आज आफु  बिरामी हुदा कस्तो मन आत्तियको होला। मन मनै कुराहरुको हुन्नरि मच्चिन थाल्यो।

 'के भयो उहाँलाई ? कुन हस्पिटलमा हुनुहुन्छ?", मैले हतारमा सोधिहाले।

 स्कार्बोरो  जनरल हस्पिटलमा उहाँको भर्ना गरेको रहेछ। एकहप्ता अघि अचानक छाती दुखेर सोफाबाट लड्नु भएको थियो रे ।   त्यो दिन भाग्यबस निराजन घर भएकोले एम्बुलेन्स बोलाएर इमार्जेंन्सीमा भर्ना गरेकोले उहाँको ज्यान बाचेछ। तर मुटुको भल्व फेर्न पर्ने भएकोले तुरन्त अर्को मेजर अपरेसन गर्नु परेछ। मैले धेरै कुराहरु फोनमा सोध्न चाहिन। तुरुन्त अफिसमा फोन गरेर बिरामी भएकोले काममा आउन नसक्ने भनि त्यो दिनको बिदा स्वीकृत गराएर सरासर हस्पिटलतिर लागे।  सुर्य, बिनोद र आलोक पहिलेनै त्यहाँ पुगेका रहेछन। उनीहरु बाहिर क्यान्टिनमा  बसेका थिए। मैले सबभन्दा पहिले 'निराजन कता हुनुहुन्छ?' भनेर सोधे। निराजन अफिसको कामले गर्दा बाहिर गएको र छिटै आउने कुराको जानकारी विनोदले दिए। "नलिना भाउजु खोइ त ?", मैले यताउति भलाक्दै सोधे। "एकहप्ता जति काममा जानुभएको थिएन।  आज स्टाफ नपुगेर बोलायो रे।  छोरी पनि साथीको घरमा छोड्नुभएको छ रे ", सुर्यले भने।

उनीहरुले रुमाकान्त सरलाई बयालीस नम्बरको कोठामा राखिएको कुरा गरे।  म रिसेप्सनमा गएर सोधे। उसले कोठाको स्वाइप कार्ड अर्थात् बिध्युतिय साँचो हातमा दिई।  म सरासर उहाँलाई राखेको कोठामा पुगे।  एउटा महिला भित्रबाट निस्कदै थिई । उसले मलाइ हेरेर मुस्कुराई  र 'हाई भनि '  म  पनि खिस्स दाँत देखाउदै भित्र पसे। उहाँलाइ  भिरालो खाले बेडमा सुताइएको थियो। बेडको बायाँ पट्टि अक्सिजनको सिलिन्डर झुण्डाइएको थियो। सिलिन्डरबाट दुइवटा पाइप लगेर उहाँको नाक र मुखमा  जोडिएको थियो।  मैले उहाँलाई 'नमस्ते ' भने।  उहाँले आखाँमा अलिकति उज्यालो निकालेर पुलुक्क हेर्नु भयो। कतिछिटै उहाँको कसिलो अनुहार झोलिएर हाडछाला मात्र भएको थियो। 'मलाई चिन्नुभयो त बुवा', मैले उहाँको आँखामा हेर्दै सोधे। उहाँले तलमाथि मुन्टो हल्लाउनु भयो। म बेडको पुछारमा राखिएको एउटा कुर्सीमा बसे। उहालाई बोल्न गाह्रो भएकोले धेरै कुरा सोध्न चाहिन। केहीबेरमै एउटा डाक्टरहरुको टोलि आयो।  म कोठाबाट बाहिरिए।

क्यान्टिनमा आउदा निराजन पनि आइपुगेका थिए।  सधै सुटमा चिटिक्क परेर हिड्ने निराजन खरानी रंगको ज्याकेटमा  निन्याउरो देखिएका थिए। छुस्स दाडी त्यो पनि सेतै फुलेको उनको अनुहार उदेक लाग्दो थियो।  मैले नमस्कार गरे। सायद उहाँ अरु कुनै सोचमा हुनुहुन्थ्यो होला कुनै प्रतिक्रिया  देखाउनु भएन। एकछिन पछि मात्र हात मिलाउनुभयो। सबैजना बसेर गफ गर्यौ। डाक्टरले अझै दुइवटा अपरेसन गर्न पर्ने बताएको रहेछ। हस्पिटलको खर्च धेरै हुदो रहेछ।  अझै दुइ वटा अप्रेसन गर्दा खर्च निकै हुने देखिन्थ्यो। छातीमा इन्फेक्सन अलि बढी भइसकेकोले स्थिति जटिल हुदै गएको कुरा पनि निराजनले गर्नुभयो। सबैजनाले के कसरि हुन्छ उपचारलाई रोक्न भएन भन्ने कुरा गर्यौ। आफ्नो ठाउबाट जेजस्तो सहायोग गर्न सकिन्छ र नपुग भएको खण्डमा के कसरि सहयोग जुटाउने बारेमा पनि केहीबेर सल्लाह गर्यौ। त्यसपछि म  त्यहाँबाट  निस्के।

त्यो दिनभर मनमा खरल खरल मात्र भयो। मान्छेको जिबनमा कुन बेला कस्तो आपत्ति आइलाग्छ केहि पनि भन्न सकिदो रैनछ। आखिर जिबन जहाँ गएपनि भोग्ने आफैले हो। सुख भन्ने कुरा सपना जस्तै क्षणिक हुदो रैछ। बास्तबिक जिबन भनेको दुख, संघर्ष, रोग, मानशिक तनाब, झैझगडा, लोभ, मोह आदि मै बित्दो रहेछ। सकुन्जेल हो मान्छे यो गर्छु र त्यो गर्छु भन्दै भागा भाग गर्ने। न समयमा खाना खाने फुर्सद हुन्छ, न परिवारसंग बसेर गफ गर्ने। सधै पैसा थोरै हुन्छ।को भन्दा को कम भन्दै हामि निरन्तर दौडिरहेका हुन्छौ सिसिपस जस्तै। जब अकल्पनीय विपद आइपर्छ जिबनमा, तब सम्झन्छौ आफ्नै बिगतलाई। 

निराजनलाई हिजोसम्म घरमा ससुराबा संग संगै बसेर खाना  खाने फुर्सद थिएन। तिन बर्षकी छोरिसंग बसेर खेल्ने फुर्सद थिएन।आज एकाएक अकल्पनीय बिपत्ति आइलाग्यो।जसरि भएपनि फुर्सद निकाल्नै पर्ने भयो। रुमकान्त सर हिजो सम्म जे कुरामा चिन्तित हुनुहुन्थ्यो आज आफैलाई त्यो घटना घट्ला भनेर कसले कल्पना गर्ने। आज उहाँ जिबन मरणको दोसाँधमा हुनुहुन्छ। न बोल्न सक्नुहुन्छ, न मनको कुरा भन्न सक्नुहुन्छ। न भोक लागेको बेला खाना खान सक्नुहुन्छ। न कसैसंग दुख नै साट्न सक्नुहुन्छ। कहाँ न कहाँ पुगेर यसरि हस्पिटलमा बस्नु पर्दा उहाँको मनभित्र के बितेको छ कसलाई के थाहा?

यिनै कुराहरु मनमा खेलाउदै कतिबेला केनडि स्टेसन पुगेछु पत्तै पाइन। मान्छेहरु सबै ट्रेनबाट ओर्लीसक्दा पो झसङ्ग भएर उठे। भोक पनि लागेन।  तिर्खा पनि लागेन। नजिकैको टिमहर्टनमा पसेर एक कप कफी लिए, र घरमा गए।

भोलिपल्ट कामबाट फर्के पछि  निराजनलाई फोन गरे। बुवाको स्वास्थ्य अवस्थाको बारेमा बुझे। 'बुवाको अवस्था झन् झन् नाजुक हुदै गएकोले गर्दा डाक्टरहरु अर्को सर्जरी गरिहाल्नु पर्ने  अवस्थामा पुगेको जानकारी उनले दिए। मैले 'पैसो के कति लाग्छ ? केहि सहयोग गर्नु परे भन्नुस है' भनेको थिए तर उहाँले 'पैसोको कुरा पछि गरौला। अहिलेलाई उहाँको स्वाथ्यलाभको कामना मात्र गरौ' भन्नुभयो। मैले नलिना भाउजुलाई पनि फोन गरेर कुराकानी गरे। यो भन्दा अघि मैले कहिले पनि फोन गरेको थिइन। उहाँ धेरैबेरसम्म रुनुभयो। 'मैले परिवारमा को को कहाँ कहाँ हुनुहुन्छ?' भनेर सोधेको थिए। रुमाकान्त सरका दुई छोराहरु र छोरी एउटी मात्रै रहेछन। एउटा छोरा अस्ट्रेलिया र अर्को छोरा जापानमा रहेछन। नेपालमा नालिनाकी आमा एक्लै हुनुहुदो रहेछ। 'अझैसम्म बुवा बिरामी भएको खबर दिएका छैनौ। यतिका दिन भयो, नराम्रो खबर हावाले पनि पुर्याउछ भन्छन। आमाको हालत के होला यो खबर सुनेर? ' भन्दा भन्दै हिक्क हिक्क गर्दै रुनुभयो नलिन भाउजु । 'छोराहरुलाई नि ? ' मैले सोधे।  'दाईहरुलाई त उसैदिन खबर गरेको हो।  के गर्ने उहाँहरुले नै आमालाई खबर नगरौ भन्नु भएको थियो। 'बुवा आमालाई संगै बोलाएको थियौ।  तर उहाँ दमको रोगि भएकोले आउन मान्नु भएन। अहिले यस्तो बित्यास पर्यो। '

अर्को दिन सार्बजनिक बिदा थियो। म खाना खाएर हस्पिटलमा पुगे। निराजन र नलिना भाउजु संगै हुनुहुन्थ्यो। बिदाको दिन भएपनि खासै मान्छेहरु आएका थिएनन्। निराजनको अनुहारमा अत्यास लाग्दो रंग पोतिएको थियो। मैले सामान्य 'हाई हेलो' भन्दा अरु कुरा तुरुन्त सोध्न सकिन।  'डाक्टरहरुले मुटुको प्रत्यारोपण नै गर्नु पर्ने कुरा गरेका छन्। मुटु प्रत्यारोपण गरेको एक मिलियन भन्दा पनि बढी लाग्छ रे। हामीहरु त अल्लमल्ल परेको छौ। ढिलो भयो भने गाह्रो हुन्छ भनेका छन् ', निराजनले भन्नु भयो। ' मैले जसरि भएपनि उपचार गरौ। छोराहरु संग पनि सरसल्लाह गरौ। खर्च इन्सुरेन्सले नपुग भयो र हामीले पनि  सक्ने अवस्था भएन भने सहायोग उठाउला। 'रात बिते अगरात पलाउछ',भन्ने सल्लाह दिए। सल्लाह दिन जति सजिलो हुन्छ, काम गर्ने मान्छेलाई त्यति नै गाह्रो हुन्छ। तर के गर्ने। सल्लाह दिनु भन्दा म संग दिने कुरा नै पो के थियो र।

त्यो दिन मैले रुमाकान्त सरलाई  भेट्न सम्म  पाइन। निराजनले 'यदि तपाइको फुर्सद छ भने एकैछिन भाउजुसंग बस्नुस। म बैंक सम्म पुगेर आउछु', भन्दै बाहिर निस्किनु भयो। उहाँ निस्केको केहीबेरमै  सुर्य र रमेश आइपुगे। हामि गफ गर्दै थियौ ठिक त्यतिबेला नलिना भाउजुलाई  नेपलबाट फोन आयो। फोनमा कुरा गर्दा गर्दै उहाँ रुन थाल्नु भयो। एकैछिनमा भुईमा गर्लम्म ढल्नुभयो। निधारमा चिट् चिट् पसिना थियो भने आँखा को मुभमेन्ट रोकिएको थियो। हामि सबै अत्यासमा पर्यौ। हस्पिटल कै स्टाफले उहाँलाई तुरुन्त विलचियरमा राखेर आकष्मिक सेवा कक्षमा लागि भर्ना गरे। मैले निराजनलाई फोन गरेर 'आउन कतिबेर लाग्छ' भनि सोधे तर अरु केहि बताइन।  अर्को दुर्घटना हुने डर लागेको थियो मलाई।'दशा लाग्यो भने दश थोक हुन्छ भनेको यहि हो। ' पछि थाहा लाग्यो नेपालबाट नलिनाको अङ्कलले फोन गरेर आमा बिरामी परेर काठमान्डौ टिचिंग हस्पिटलमा भर्ना गरेको कुरा सुनाएका रहेछन। फोनमा कुरा गर्दा गदै ढलेकी थिईन उनि।  केहि घण्टा भित्रै सामान्य अबस्थामा आएकी नलिनाको अनुहार फ्युज गएको बल्ब जस्तै भएको थियो। यस्तो विपतको बेला सम्पूर्ण परिवार नै  छिन्न भिन्न थियो।पाँच जनाको परिवार पाँच देशमा जस्तै भएको थियो। यता रुमाकान्त सर छोरी ज्वाईको सरणमा जिबनमरणको दोसाँधमा थिए भने उता नेपालमा तिन छोराछोरीको आमा एक्लै अस्पतालमा रोगसंग  जुध्दै हुनुहुथ्यो। भनेको बेला तातो पानि र जाउलो खुवाउने मान्छे थिएन। आफन्तहरुले त कति दिन पो सेवा गर्न सक्छन र।  यस्तो बेलामा सबैले आफ्नै भाग्यलाई धिक्कार्नु सिवाय अरु केहि बाँकी हुदैन। सायद उहाँले पनि त्यहि गर्दै हुनुहुन्थ्यो होला। 

आधुनिक जिबनसैलिको खोजीमा होस् या बढी पैसाको लोभमा बिदेशियका लाखौ मान्छेहरुको बास्तबिक जीवनसंग साक्षात्कार हुदै थिए म। निरन्तर मेशिनको गतिमा कुदिरहने विदेशको जिबन बास्तमै यान्त्रिक हुदै जादो रहेछ। भावनाहरु जरजर बन्दै जाँदो रहेछ। नचाहदा नचाहदै पनि स्वार्थी बन्दो रहेछ जिबन। स्वतन्त्ररुपले जिबन बिताउने सपना बोकेकाहरु,  मछालिवालाले जालमा पारेको माछा जस्तै हुदो रहेछ।  हुन त आधुनिक बिज्ञान र प्रविधिले गर्दा नेपालमा पनि मान्छेहरु कुनै निर्जीव बस्तु भन्दा फरक छैनन्।  मनबता रित्तियको छ। लोभी, पापीहरुले दुखजिलो गरेर खानेहरुलाई उठिबाँस लगाइसके। भ्रष्टचारिहरुले देश भित्र भित्रै धमिरोले झैँ खोक्रो पारिसके।  तर पनि बाल्यकालमा आफु हुर्केको गाँउ, आफुले कखरा पढेको स्कुल, लुकामारी खेलेका कुर्सेलाहरु, नाङ्गै पौडी खेलेका पोखरी तथा खोलानालाले हरेक रात झस्काउने रहेछ। एक्लै पिडिमा बसेर क्षितिज तर्फ हेर्दै गरेका बृदा आमाबाउको यादले सताउने रहेछ। 

 भोलिपल्ट रुमकान्त सरको मुटुको प्रत्यारोपण गरियो। भाग्यबश उहाँले जिबनदान पाउनुभयो।उहाँको जिबनदानले सबैको आँखामा अलोकती भएपनि घाँम लाग्यो। तर नलिना भाउजु भने आमाको पिरले गर्दा अझै दुखि थिईन । निराजनको खुशी हस्पिटलको बिलले  खोसेको थियो। हामीहरुले सक्दो चन्दा उठाएर सहयोग गर्ने भन्दै अलिकति भएपनि आड भरोसा दियौ। आर्थिक रुपमा केहि सहयोग गर्न सकेपनि अन्य थुप्रै कुराहरु थिए जो हामीले गरेर हुदैनथ्यो। परिस्थितिको नंग्राले निराजनलाई झन् पछि झन् चिथोर्दै  लग्यो। आर्थिक तथा मानशिकरुपमा नै  नराम्रो असर पर्यो निराजनको परिवारलाई। 



                                            ---------------------------------------

नेपालबाट फर्केको  अर्को दिन रुमाकान्त सरलाई  भेट्न  म निराजनको घर पुगेको थिए। उहाँ अत्यन्त कमजोर भएको देखे। सधै चिटिचट्ट  परेर बस्ने रुमाकान्त सरको दाड़ी झुस्स परेको थियो। माशु सुकेर आखाँमुनितिर छाला लत्रक्क झुन्डिएको थियो। निधारमा भाबिका रेखाहरु एकैठाउ गुचुमुच्च परेको  देखे। 

"बुवा सारै दुब्लाउनु भएछ। त्यस्तो कसिलो छाला झोल्लिएको पो देखे मैले त। अझै निको भैसक्नु भाछैन हो ?", मैले उहाँको दुब्लो शरीर नियाल्दै भने। 

"खै कसरि निको भए भन्नु बाबु। अझै पनि छाती दुख्न छाडेको छैन। झन् पिर थपिएको छ", उहाँले मनै अमिलो बनाएर भन्नुभयो। त्यसै बेला नलिना भाउजु पनि आइपुग्नुभयो। उहाँ अलि दुब्लाएको देखे। अनुहारमा पहिलेको जस्तो चमक थिएन। सन्चो बिसन्चो सोधेर उहाँ चिया बनाउछु भन्दै किचनतिर जानु भयो। 

"खै बाबु मलाई कहिले घर जाउ भन्ने लागिराछ। आजकल किन किन एकैछिन पनि बस्ने मन छैन। यहि नातिनीको पिरले मात्रै हो अडिएको। ज्वाई पनि राम्रो संग बोल्नुहुन्न्न आजकाल। पहिले पहिले साँझ टाइममै घरमा आउनुहुन्थ्यो। आजकल राति अबेर आउनुहुन्छ। झन् म आएर छोरी ज्वाईलाई सजिलो होला भनेको उल्टै दु:ख दिन आएजस्तो भयो", उहाँले भुइमा मुन्टो निहुराएर भन्नु भयो। 

"त्यस्तो सोच्नु हुदैन बुवा। हजुरले जानेर बिरामी भएको हैन। भैपरी आउने कुराहरुलाई कसैले रोक्न सकिदैन। निराजनको काम व्यस्तताले होला घरमा अबेर आउने। सबै ठिक हुन्छ । आतिनु भएन। "

"म त्यसै आत्तियको हैन बाबु।  मैले गर्दा यिनी बुढा बुढीको ठाक्क ठुक्क परेजस्तो लागेको छ। कसैलाई नभन्नुहोला। मेरी छोरी हो। उसले जति कुरा लुकायपनी मैले थाहापाइहाल्छु। जति व्यस्त भएपनि सधै उज्यालो हुन्थ्यो त्यसको अनुहार। आजभोलि बुढाबुढी राम्रो सँग बोलेको पनि सुन्दिन। पहिले पहिले बाहिर निस्कदा 'बुवा राम्रोसंग बस्नुहोला म छिटै फर्किन्छु 'भन्दै निस्कने मान्छे आजकल गमक्क परेर हिड्नुहुन्छ", उहाँले भन्दै गर्दा आखाँको कोछबाट आँशु रसाएको मैले देखे। उहाले नजानिँदो तरिकाले हातले पुछ्नु भयो। मेरो गलामा अबरोध महशुस भयो। बोल्न सकिन। त्यतिकैमा भाउजुले चिया लिएर आउनुभयो। 

चिया पिउदै गर्दा मैले नेपालको बारेमा सोधे। आमालाई अलि निको भएर घर फर्केको कुरा सुनाउनुभयो भाउजुले। अस्ट्रेलियाबाट 
भाई नेपाल जानुभएको रहेछ। बुवालाई पनि नेपाल डाकेका छन् रे। 'मलाई पनि यहाँ फिटिक्कै बस्ने मन छैन' भन्दै हुनुहुन्थ्यो।' मैले के पो भन्न सक्थे र। उहाँहरुको आफ्नो कुरा हो। मैले पनि नेपालतिरको अवस्थाको बारेमा अबगत गराए। गाउघरका कुराहरु गरे। 

हामीहरु कुरा गर्दा गर्दै निराजन घर आइपुगे। उनले मलाई नदेखे झैँ गरेर सरासर माथिल्लो तलातिर जानु भयो। मैले हाई हेल्लो सम्म गर्न पाइन।  भाउजु पनि उठेर किचनतिर लाग्नु भयो। बुवा र म केहि नबोली धेरैबेर त्यहि बसिरह्यौ। पन्द्र बिश मिनेटजति कुर्दा सम्म निराजन तल नझरेकोले मलाई त्यहाँ बसिरहन उचित लागेन। पछि भेट्ने भन्दै म त्यहाँबाट निस्के। 

घरमा पुगेर एकपल्ट निराजनसँग कुरा गर्न मन लागेर फोन लगाए। उसले फोन उठाएन या फोन मिस गर्यो भगवानले जानुन, तर त्यसदिन पछि मलाई उसको घर जान मन पटक्कै मन लागेन। बेला बेलामा  दिउसो बुवालाई फोन गरेर सन्चो बिसन्चो सोधे। निराजन नभएको बेला भाउजुसंग पनि कुरा भयो।

 "बाबु जसरि भएपनि बुवालाई घर पठाउनु पर्यो। यहाँ जे जसो गरेर भए पनि हामि गर्छौ। बुवा झन् पछि झन् कमजोर हुनु भएको छ। घरमा आमा पनि एक्लै हुनुहुन्छ", नलिना भाउजुले मसंग भन्नु भयो 

"हजुरहरु सल्लाह गर्नुस। मैले के गर्नु पर्छ भन्नुहोला मैले गर्ने सहयोग गरिहाल्छु नि" भने।  उहाँले कोहि नेपाल जाने मान्छे पाए संगै टिकट काटेर पठाउनु पाए हुन्थ्यो भन्नु भएको थियो। मैले चिने जानेको पनि कोहि थिएन। साथीहरुलाई फोन लगाएर बुझ्ने कोशिस सम्म गरे। सधै कोहि न कोहि भेटिन्थ्यो। तर आफुले खोजेको बेला कोहि पनि भेटीएन। 

एकदिन साँझ कान्तिपुर टिभीमा कमेडी च्याम्पियन हेर्दै गर्दा नलिना भाउजुको फोन आयो। "बुवा नेपाल पर्सि नेपाल जादै हुनुहुन्छ। सारै भेट्न खोज्नुभएको छ। जसरि भएपनि आउनुहोला" भन्नु भयो। बुवाकै कारणले गर्दा हामीहरु बीच चिनजान भएको थियो। एकपल्ट बुवालाई भेट्न त जसरि पनि जानुपर्छ भन्ने लाग्यो। हड्सन बे मा गएर एउटा न्यानोखालको सुइटर किने। बेलुका पाँच बजे निराजनको घर निस्के। निराजन घरमा थिएनन्। बुवा संग धेरै बेर बसे। हातमा 'मेरो यो सानो सम्झना मात्र हो। लाइदिनुहोला" भन्दै सुइटर हाँतमा थमाइदिए। सायद घर फर्किन पाएकोले होला पहिले भन्दा अलि उज्यालो थियो उहाँको अनुहार। नलिना भाउजुको अनुहार झन् गएको जस्तो लाग्यो। 

भोलि एयरपोर्टमा भेटौला भन्दै करिब छ बजे म निस्के। निस्कदै गर्दा निराजनको गाडी ग्यारेजभित्र छिर्यो। उसले मलाई देखेर देब्रे हात अलि माथि उठाएको थियो। म नचाहदा नचाहदै भएपनि रोकिए। उसले औपचारिक रुपमै हालचाल सोध्यो। मैले पनि त्यसै गरे। अर्को दिन एअरपोर्टमा भेटौला भन्दै म त्यहाँबाट हिडे। 

रुमाकान्त सर नेपाल फर्कने दिनभर आँकासमा डम्म कालो बादल बसेको थियो। बेलुका चार नबज्दै हिऊ पर्न सुरु भयो। मैले निराजनसँग फोन गरेर एअरपोर्ट सम्म जानको लागि आग्रह गरे। रुमाकान्त सर नेपाल फर्किदै हुनुहुन्छ भन्ने थाहा रहेनछ उसलाई। एयरपोर्ट जान तुरुन्त जान राजि भयो ऊ । 

दुबैजना सबातिन बजेतिर घरबाट निस्कियौ। एअरपोर्ट पुग्दा निराजनहरु पुगिसकेका रहेछन्। यात्रुहरुले हतार हतार गर्दै चेक इन गरिरहेका थिए। आँकासबाट सिमलको भुवा झैँ हिऊ झरिरहेको थियो। यात्रुहरु भित्र बाहिर गर्दा ढोकाको ठेलमठेल गर्दै चिसो भित्र छिर्थ्यो र नाङ्गो भागहरुमा स्पर्स गर्दथ्यो। हामि टर्मिनल सातको पन्द्र नम्बर गेटमा उभिएर एकोहोरो बाहिर हेरिरहेका थियौ। धेरैबेर पछि निराजन, नलिना भाउजु र रुमाकान्त सर भित्र छिरिसकेको थाहा भयो। हतार हतार सेक्युरिटी चेक गर्ने ठाँउसम्म पुग्यौ। निराजन बाहिरै थिए। सेक्युरिटी चेकजाँच गर्ने ठाउँ भन्दा अलिपर नलिना भाउजु उभिएको देख्यौ। हामीलाई भित्र पस्न दिदैनथ्यो। रुमाकान्त सर ह्वैलचियरमा बस्नुभएको रहेछ गोरी महिलाले छेकेकी थिई। नलिना भाउजुका हाँत घरि घरि आँखामा गहिरहेका थिए। हामीलाई देखिहाल्नु भयो। त्यसपछि  ह्वैलचियर हामितिर घुमाएर हातले देखाउनु भयो। हामीले हाँत हल्लायौ। उहाँले देख्नु भयो कि भएन। हामीले भने उहाँको आँखामा बगेको आँशुको भेल प्रष्ट देख्यौ। युद्ध हारेको घाइते सिपाईको जस्तो शिर झुकेको देख्यौ। हेर्दा हेर्दै त्यो महिलाले ठेलेर उहाँलाई हाम्रो दृश्यबाट टाढा लगी।नलिना भाउजु त्यहि बसेर धेरैबेरसम्म घोप्टो परिरहनु भयो। हामि  किकृत्यविमुढ बनेर धेरैबेर सम्म त्यहि ऊभिराख्यौ। 



क्यानाडाको भिजिट भिसा र ह्विलचियरको सारथी 





























Sunday, November 22, 2020

सानुमायाँ

 "दैबको  लिला हो भाई। कसैले टारेर टर्दैन। यस्तो होला भन्ने कल्ले जानो र ! जानी यहि बसे पनि गएकै छन्। सबैले आ-आफ्नो पिठो खानी हैच। धेरै सुर्ता नलिनुस", धनेले लालबहादुरको हात समाउदै भन्यो। दुबैजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाहिर उभिएर यात्रुहरु निस्कने ढोकातर्फ हेर्दै थिए। उनीहरु भन्दा करिब सय मिटर जतिको दुरीमा आठ दश जना जति  मान्छेहरु झुम्म एकैठाउमा उभिएका थिए। महिला जोरजोरसंग रोएको सुनिन्थ्यो। प्रस्थान र आगमन कक्षामा मान्छेहरु आफन्तहरुलाई खादा ओडाई रहेका थिए। कोहि आफ्नो प्रिय मान्छेलाई स्वागत गर्न  हाँतमा फूलका गुच्छाहरु बोकेर ब्यग्र प्रतिक्षा गर्दै थिए। ट्याक्सीवालाहरु ठुला ठुला झोला र सुटकेसहरु हातमा बोकेर आफ्नो भ्यानतिर लम्कदै थिए।


केहि बेरमै आगमन कक्षाबाट तिन चार जना मान्छेहरुले रातो बाकस ट्रलीमा हालेर बाहिर निकाले। यो देख्नसाथ् लालबहादुरको साँस रोकियला झैँ भयो। आफु उभिएको धर्ति फाँटे झैँ भयो। ऊ अर्कोतिर फर्केर थचक्क भुईमा बस्यो । धनेले बाकस बोकेर ल्याउने मान्छेहरुलाई नियालेर हेर्यो। अहँ कसैलाई पनि  चिनेन।  उसले हेर्दा हेर्दै उनीहरुले त्यो बाकस लगेर अलि परपट्टि झुम्प मान्छेहरु  उभिएको ठाँउमा गए र नजिकै पार्क गरेको सेतो भ्यानको छतमा हाले। लालबहादुर अझैपनि भुइबाट उठेन।  धेरैबेर पछि अर्को रातो बाकस आयो। धनेले त्यो बाकस बोकेर आउनेहरुको अनुहार नियालेर हेर्यो। धम्मने र रातेलाई चिनिहाल्यो उसले ।  बाकस  देख्दा धनेको मन पनि थामिएन।  कमिजको बाहुलाले आँशु पुछ्यो। धम्मनेले धनेलाई चिनीहाल्यो। उनीहरु आँखाले कुरा गरे। मुख खोल्न सकेनन्। सबै मिलेर लालबहादुर लाई उठाए।बाकस उचालेर जिपको छतमा हाले। 


जिप पशुपतिको आर्यघाटमा गएर रोकियो। गाँउ लैजान सहज नभएकोले उनीहरुले त्यहि सतगत गर्ने निधो गरेका थिए पहिले नै । चारजना उनीहरु थिए। केहि त्यतै थपिए। सबैले 'रामनाम सत्य हो' भने। बागमतीको पानीमा चुम्बकले टिलो तान्नेहरुलाई अबसर मिल्यो। दाउरा बेच्नेहरुको छाक टर्ने भयो। फुल बेच्नेहरुले छोराछोरीको फिस तिर्ने भए। पुरेतले पुराणका केहि श्लोक पढे। पहेलो टालोमा केहि पैसा र चामल पोको पारे। पुलमाथि उभिएर केहि मान्छेहरुले कठै भने। एक हुल बादरहरु खोला वारी पारि गरिरहे। पशुपतिको घन्टी छिनछिनमा बजी रह्यो। बागमती नदीको किनारबाट धेरै बेरसम्म धुवा क्षितिजमा गएर बिलिन भयो। त्यहि नै थियो जिबनको बास्तबिक सत्य।


त्यो दिन राति एउटा पाटीमा बाँस बसे चारै जना। भोलिपल्ट बिहानै हिडेरै बसपार्क पुगे। आँकासे पुलको दायाँ र बायाँ लहरै बसेका सडके ब्यापारीहरुले गुद्पाक, उसिनेर सुकाएका आलुका चाना, खासाका कपडा, घडी, चश्मा र मोजा किन्न सक्दो अनुरोध गरे। बसका सहयोगीहरु बाटै सम्म झोला तान्न पुगे। सबैलाई उनिहरूको आगमन एक अबसर जस्तै लागेको थियो त्यहाँका ब्यापारीहरुलाई ।सबैले बोनी गर्दिनुस हजुर , मिलायर दिन्छु भन्थे। तर लालबहादुरको अुहारमा हेरेर उसको पिडा कसैले बुझेनन् । बुझुन पनि कसरि दु:ख जति मुटुभित्र सुल बनेर बसेको हुन्छ। बाहिरी आवरण सबैको उस्तै उस्तै। बसपार्क पुगिसकेपछि एकजना खलासीको पछि लागे सबैजना र धनगडी जाने बसको पछाडीको सिटमा गएर बसे। एकैछिनमा बस यात्रुहरुले खचाखच भरियो। धेरैबेर पछि लामो र एकोहोरो ध्वनि प्रदुषित गर्दै बस स्टेसनबाट बाहिर निस्कियो।


                                                        ---------------------------------                                    


"हो हो! त्यो सपना हो।  सपना मात्र भैदियोस।  त्यो हुन सम्भव छैन  ति मान्छेहरु सबै नाटक गर्दैछन्  ऊ … मेरो मान्छे मलाई  एक्लै छोडेर जानै सक्दैन।  ऊ... त्यसैले हो मेरो… मान्छे…  ", कपालको रौ खुल्लै छोडेकी, हरियो लुङ्गि एकसरो पटुकाले कम्मरमा खुकुलो गरि कसेकी, आखाँ गोलभेडा झैँ राता र सुन्निएका, न होची न अग्ली, उमेरले बिस बाइस बर्ष पुगेकि  सानुमाया एक्लै बोल्दै थिई।उसका कुराहरु कसैले पनि  बुझ्न सकेका थिएनन्।पल्लो गाँउबाट  रुनमाया दिदि पनि आएर हिजोदेखि संगै बसेकी थिई।  घरका सबैजना अलमलमा परेका थिए।

सानुमायाको लोग्ने कतार गएको वर्षदिन पुगेको थियो बल्ल।जानुभन्दा दुइ महिना अघिमात्र बिहे गरेर घर भित्राएको थियो सानुमायालाई। प्रेम बिबाह थियो उनीहरुको। ऊ विदेश जानु भन्दा एक हप्ता अघिदेखि बुढाबुढी एकैछिन पनि छुट्टीएका थिएनन् रे । हिजोदेखि  गाँउभरि गाइगुई हल्ला चलेको थियो। सबैले अरे अरेका कुरा गर्थे। सानुमायालाई सबैले अनौठो मुखाकृति गरेर मात्र हेर्दथे, तर कोहिपनि केहि बोल्दैनथे।"सानुमायाले हिजो बिहानै माझडाँडा गएर तुरुन्त बुढालाई फोन गरि रे । फोन उठेन रे । त्यसपछि उसले काम गर्ने कम्पनीमा फोन गरि रे । उताको कुरा पुरा नसुन्दै भुइमा लढेकि थिई रे ।माझडाँडाका मान्छेले घरसम्म ल्याएर छोद्देका हुन् रे। उनैले माथि तुलसाको दुकानम यस्तो भनेर फर्के रे " यस्तै कुरा गरे सबैले। 

"हिजै  देखि यसलाई खै के भएको छ नानि हाम्लाई पनि केहि भन्दिन। हिजो दिनभर हराएकी सॉझ आएकी थिई। सिधै खोपीमा गई। म संग पनि बोलिन ।रातिमा पनि एक्लै बोल्छी। हिजो राति छोरासंग होला कुरा गरेको भनेकी थिए।  कहिले पनि अरुको  चियो चर्चो नगर्नि म, यसैको पिरले हिजो ढोकामा गएर चियो गरे नानि।  यो त यस्तै यस्त्यै के के बर्बराउदी  रैछ। रातभरी निन्द्रा लागेन।  मनमा कुरा खेलिरहे। छोरा संग पनि धेरै भयो फोन नभएको।  उसैले फोन गर्थ्यो बेला बेलामा ", सानुमायाको सासु  लालमातिले  टाउकोबाट मुजेत्रो  झिकेर आँसु पुछ्दै   भनिन् ।


"रनेले फोन नगरेको कति भयो आमा ?" रुन्मायाले सोधी।


"दशैँको दिन फोन गरेको थियो। गाँउभरिका सबैलाई सोध्यो। 'काम कस्तो छ? दुख छ कि छैन?' भनेर सोधे।

"आमा, कामको कुरा नसोध्नुस।  काम गर्न गाह्रो  त भैहाल्छ जहाँ  गएपनि।  गाँउघरमा घासदाउरा, भिरपखेरा गर्दा पनि त दुखै थियो। हजुरहरुलाई पनि त दु:खै छ आजसम्म।  मेरो पिर नगर्नुहोला।  स्वास्थ्यको ख्याल गर्नुहोला भन्थ्यो। " लालमतीले सुख्क  सुख्क  गर्दै भनिन् ।

"आँमा,  खै मैले त ठुल्बालाई देख्दिन त, कता जानु भाको छ र ?" रुन्मायाले यताउति हेर्दै सोधी।


"खै नानि, ठुल्बाको आनीबानी तलाई थाहै छ।  स्कुलको कचरी छ।  मुख्याले "बेलुका आउनोला सल्ला गर्न छ" भनेका थे  रे। खै के को सल्ला हो बिनासित्तैको ?  तिनदिनदेखि उतै छन्। फोन पनि उठ्दैन।बिशेष कामले बुटवल जानुभयो रे भनेर हिजो पुछार साइलाले खबर लेर आको थियो।"

"तिमीहरु सब्बै मेरो राम हेर्न आएका हौ। हेर ! यी हेर। मलाई खाऊ। सबै मिलेर चोक्टा चोक्टा पारेर खाऊ",  सानुमाया एकोहोरो आक्रोस पोख्दै बोल्छे। 

 

के बोलेकी हौ तिमि ? होसमा त छौ ? के भयो तिम्लाई ?” रुन्मयाले उसको हात समाउदै सोधी ।



सानुमायाँ केहि बोल्दिन। उ एकोहोरो माथितिर हेर्छे।


लालमती गोठतिर लाग्छे । आज बिहानै देखि गाईबस्तुले केहि खान पाएका छैनन।  ठिक समयमा गाइबस्तुलाई घासपानी गर्ने  यै थी। लालमायाले एकमुठो  सुकेको खर भारबाट निकालेर भैसीको भकारो मा राखिदिन्छे।


पल्लो घरकी कालिका दिदि र उनको छोरा पनि घरमा आउछन् । कालिकाले नै हो बतुरी दिदिसंग "रातो बाकसमा कतारबाट लाश आयो रे। काठमान्डौमै सतिगति गरेछन बाऊ गएर। घरमा भन्न सकेका छैनन् रे।" त्यहि बेला सानुमाया आगो लिन टुप्लुक्क पुगेकी थिई उसको घरमा। कालिकाले हैन 'हाम्रो माइतितिरको कुरा हो ' भनेर टारीकी रहेछ।  

 

"बरै नि के भयो सानेलाई", कालिकाले सनुमायालाई साने भनेर बोलाउने गर्छे ।


" खै के भयो भनौ।  कुरा सोरका गर्दिन।  खाना पनि खाकी छैन हिजोदेखि।  सबै जना अलमल परेका छौ ' रुनमायाले भनी। 


सानुमयाले एकतमासले कालिकाको अनुहारमा हेर्छे। उ केहि बोल्दिन।


" कतै देबी देवता पो लाग्यो कि ? अलि जान्ने मान्छेलाई देखाउन पाए पनि हुन्थ्यो गाँठे । देउरालीका राईला काकाले ट्याक्कै पार्चन  भन्ने सुनेकी छु।  एकचोटी देखाउदैमा केहि बिग्रने होइन केरे  ",  कालिकाले रुन्मायाको  आँखामा  हेर्दै भनी।


त्यतिकैमा सानुमाया ओछ्यानबाट जर्फराउदै उठी र आगनको डिलमा पुगि।  सबैजना अलमलमा परे।  आगनको तलपट्टी उखुबारी थियो।  हेर्दा हेर्दै ऊखुबारीमा फाल हाली  सानुमाया ।


" ए लौन अब यो मर्छे।  कसैलाई गुहार माग" भन्दै रुनमाया पछि पछि दौडिन्छे।  उखुबारीको पुछारमा भोगटेको  रुख थियो। त्यहि रुखको फेदमा रुनमायाले सानुमायाको हात समाउछे।


उसका हातखुट्टा थरथरी काँप्छन् ।  कालिका पनि पछि पछि साथ दिन पुग्छे।  दुबैजनाले उसलाई तानेर घरको पिडि सम्म  ल्याएर  आउछन।


गाँउमा केटाकेटी र महिला  बाहेक कोहि  छैनन्। लालमती रुदै बाटो तिर भलाक्छिन् ।  लालबहादुर अहिलेसम्म घर आएका छैनन्। “गाँऊमा गुहार माग्नेजस्तो मान्छे छैन। कोहि बिरामी पर्दा डोकोमा बोकेर हिडाल्ने भुस्तिघ्रे सबै विदेशतिर गएका छन्। यतै भएकाहरु पनि बारीमा बनमारा उमारेर तराइतिरै लामखुट्टे मार्दैछन्। कसलाई गुहार माग्न जानी ? उनि अलमलमा पर्छिन।  


त्यहि बेला वरिपरिबाट दुइतिनजना  महिलाहरु जम्मा हुन्छन। सबैजना एक अर्काको कान कानमा सासै सासले कुरा गर्छन। सबैले एउटै प्रश्न सोध्छन," के भयो तलाई ?"


सानुमायाँ केहि बोल्दिन। रूदारूदा उसका आखा राता भएका छन्। सुन्नियका छन् । त्यतिकैमा उसले  हात जोडसंग झड्कार्छे र उम्किन खोज्छे। कालिका र रुन्माया दुबै जनाले उसलाई जोडसंग अठ्याउछन्।


“यदि यस्तै गरिस भने साने तलाइ हाम्ले नाम्लाले थामॉ बानेर राख्चम ।” कालिकाले जोडसंग पाखुरा अठ्याउदै भन्छे।


रात ढल्किदै जादा सबैको मनमा एकखालको अत्यास बढ्दै जान्छ। के गर्ने , कसो गर्ने कसैले केहि मेसो पाउदैनन। सानुमाया झन् झन् उखर्माउलो गर्दैछे।

त्यसैबेला पुछारका हर्कबहादुर टुप्लुक्क आइपुग्छन।


" हैन के को भिड हो यहाँ ? कसलाई के भयो ? " उनि हतारिदै सोध्छन।

रुन्मायाले आफुले देखेको सबैकुरा बताउछे। कतारमा घटेको दुर्घटनाको बारेमा उसलाई पनि थाहा थिएन।


हर्कबहादुर पनि अक्क न  बक्क परे एकैछिन। "चाइने भनम देउरालीका राईला बालाई बोलाई हेर्नेकी। कतै देबी देवता लागेको भए उनले झारफुक गरेर पनि निको पार्छन रे भन्नि सुनेको छु। " उनले उभिएरै भने।


लालमतिले हर्कबहादुरलाई आफ्नो बुढा हिजो बिहानै गाँउ निस्केको र अहिलेसम्म केहि खबर नभएको सुनाइन। बुहारीको बारेमा सबै बेलिबिस्तार लाइन्। उनिहरू के गर्ने के नगर्ने अलमलमा परे।


बाहिर हल्ला बद्छ।  सबैजना हतारिदै बाहिर निस्कन्छन।  सानुमाया फेरी बारितिर भागिछे।  रुनमाया र कालिका पछि पछि दौडदै थिए ।


"लौ न नि , यो त भीरतिर पो जादैछ।  लौ न कसो गर्नी होला ", रुन्मायाले भनि।


हर्कबहादुर पनि पछि पछि जान्छन।  करिब दुइसय मिटर जति तल खर्सुको रुखमा पुगेर कालिका र रुनमायाले सनुमयालाई समाउछन र बल्ल बल्ल लतारेर घरसम्म पुर्याउछन ।


स्थिति जटिल हुदै गर्दा सबैजनाले सल्लाह गरि  सानुमायालाइ डोरीले बाँधेर कोठामा राख्छन।  कालिका र रुनमायाले उसलाई त्यहि कुरेर बस्छन । हर्कबह्दुर लामालाई बोलाउन देउराली तिर लाग्छन।


केहीबेरमै देउराली राईलालाई लियर आउछन हर्कबहादुर ।  गाँउमा सबैले उनलाई राईला बाजे भनेर बोलाउछन्।

राइलबाजे धुपधजा र अक्षता जम्मा गरेर आफ्नो बिधि गर्न तर्फ लाग्छन।  अलिबेर अछेता मन्साइसकेपछि टाउको हल्लाउदै भन्छन " छिछि छि म तारेभिरको कालोमसान हुहुहू।.… म तलाइ छोड्दै छोडदिन। हुहुहुह … हह्हः "


" के चहियो भन् हामि दिन तयार छम् ,अन्जानमा गल्ति भएको भए माफ गर", हर्कबहदुरले हो मा हो मिलाउछन्। 


" हहह्ह …. मलाई कालो बोकाको रगत चाहिन्छ …. हह्हा …. हुहूहुहुह्ह …  " यस्तै यस्तै के के भन्दै  जान्छन लामा बाजे।  धेरै बेरमा रोकिन्छन।


" हेर भाइ, थाह पाइहाल्यौ तारेभिरको मसान लाएको रैच।  यो त अफ्ठेरो पो छ।  बेलैमा पुजा गर्न पर्यो।  कालो पाठो कता पाइन्छ बरु भोलि नै खोज्न परो।  अहिले म खरानी फुक्दिन्छु।  एक जोडा धजा फाल्दिन परो अहिल्यै।" लामा बाजेले भने।


लालमतिले आँटीमा गएर धुपधजा लिएर आइन। हर्कबहादुरले धजा बाहिर लगेर कुट्मेरोको हाँगामा बानिदिए । लामा बाजेले खरानी फुकेर दिए।  लालमतिले खरानी लगेर लगाइदिइन बुहारीलाई ।


केहिबेर स्थिति  सुनसान भयो ।  अब सानुमायालाई निको हुन्छ कि भन्ने लाग्यो सबैलाई। लामाबाजे पनि खानपिन पछि लागे घरतिर । सानुमायाले पनि  एक चोइलो आटो खाई।  रात अलि ढल्की सकेकाले लागे सबैजना सुत्ने तरखरमा। रुनमाया घरतिर लागि भने कालिका त्यहि सुत्ने भई।  



भोलि पल्ट स्थिति सामान्य बनेपछि कालिका पनि आफ्नो घर गई।  सानुमाया  उठेर सधैजस्तो गाइभैसीलाइ पानि तताउन गोठतिर लागि। सबैले राईला बाजेलाइ धन्यबाद दिए। लालमतिको अनुहार अलिकति भएपनी उज्यालो भयो। 


भोलिपल्ट घाँस काट्न खरबारी गएकी सानुमाया अबेर सम्म पनि आइन घर।   सबैजनाले खोजे उसलाई।  कहाँ कहाँ खोजेनन, तर कहिपनि भेटेनन्। डाँडाघरे  मने र देउरालीको सन्ते लागे सानुमायाको माइतितिर खोज्नलाई। सानुमाया  माइत पनि गएकी थिइन। 

खोज्न गएकाहरुले  सबैकुरो सानुमायाको बुवालाई भन्न  सकेनन् ।  यत्ति भनेकी "सानुमाया घरमा छैन।  "


त्यसपछि उनीहरुले सानुमायालाई खोज्न काफल्टोला, भिरमारा, जैथुम्का जताततै पुगे।  केहि खबर पाएनन्।  कसैले भने भीरबाट खसी ।  कसैले भने बौलाएर  हिडी।  गाँउभरी हल्ला फैलियो।


                                                     ----------------------------------


चार  दिनको साँझपल्ट  लालबहादुर घर पुगे। त्यतिन्जेलसम्म लालमति एकातिर लोग्ने हराएको पिर अर्कोतिर बुहारीको त्यो अबस्थाले गर्दा पुक्लुक्क ढल्न मात्र बाँकी थियो। त्यसैमाथि लालबहादुरको अनुहार देख्दै उनको सातो उड्यो। धने आगनमै टुक्रुक्क बसे। लालबहादुरले सयौ कोशिष गर्दा समेत कुरो खोल्न सकेन श्रीमतीसंग। धनेले लालबहादुरको आँखामा एकोहोरो हेरी मात्र रहे। 

ढिलो चाडो लालबहादुरले श्रीमतीलाई नभनी सुखै थिएन। आफुले भन्न नसकेपछि धनेलाई भन्न लगाए। एकैछिनमा जे सोचेको थियो लालबहादुरले त्यहि भयो। लालमती बेहोश भै ढलिन भुइमा।  धेरैबेरसम्म होस् नआएपछि सबै आत्तिए। रुन्माया र कालिका पनि आए।  कसैले अनुहारमा पानि छिम्के, कसैले पैताला मालिस गरे।  धेरैबेरमा आँखा खुले। तर स्वरका कुरा गरिनन् उनले।बुढा  लगाएत छरछिमेकले दिन दिनै जस्तो सम्झाउथे लालमतिलाई। महिनौ सम्म ऊ बेला बेलामा मुर्छित हुदै बौरिदै गरि। समयले पहिरो गएको ठाउँमा रुखबिरुवा उमारेझै उनीहरुको  खाऊमा खाटो बस्दै गयो। तर आमाको ह्रदयमा परेको चोट झन पछि झन् बढ्दै थियो। लालबहादुर श्रीमतीकोलागि भएपनि आफु बलियो  बन्ने कोशिस गरे र बिस्तारै सामान्य अवस्थामा फर्किय। छोराको आँश गर्ने ठाँउ नभएपनि छोरीजस्तै  बुहारीको यादले समेत पिरल्यो उनीहरुलाई। कतै जिउदै छ कि भनेर खोज तलास पनि जारि नै थियो। 


एकदिन अचानक  गाँउमा कसैले खबर ल्यायो "सानुमाया त नारायणघाट बजारमा नाङ्गै थि अरे।" एक कान दुई कान मैदान भने झै हल्लाको डडेलोले गाऊ खर्लप्प पार्यो। माइतीले पनि कता कता सम्म खोजेनन्। आखिरमा सबैले माया मारेरै बसेका थिए यतिबेला।

"कठै बरा ! आजसम्म के हालत भएको होला उसको। खोज्न जानुस्। यदि सत्य रैछ भने जसरि भएपनि ल्याउनुहोला। छोरो भगवानको प्यारो भएपनि बुहारीलाई हेरेर चित्त बुझाम्ला। उता बाउआमा पनि रातदिन रोएर बसेका छन्", लालमतिले बुढालाई भनिन्।


लालबहादुर र भिरमुनीको  ज्ञाने कामी भएर एकबिहानै लागे बाटुलीचौर बसपार्कतिर। नारायणघाटको बस छुट्नै लागेको थियो। चढे  हुटको सिटमा  टिकट काटेर। केहिबेरमै बस छुट्यो कुइरिमन्दल धुलो उडाउदै। 

बेलुका सात तिसमा बस नारायणी नदीको पुलको मुखैमा रोकियो। 


“ ल ल नारायण, नारायणघाट, झर्नुस, झर्नुस!” खलासी चिच्यायो जोडसंग। लालबहादुर र ज्ञाने झरे बसबाट बत्ताउदै। 


“बाजे कति खानोको र?” जोक गर्ने पाराले बोल्यो खलासी। लालबहादुरलाई झनक्क रिस उठ्यो तर केहि बोलेनन्। बसबाट झरेपछि कता जाने, के गर्ने अलमलमा परे दुबैजना। ब्यस्त शहरमा चिने जानेको कोहि थिएन । राति भैसकेकोले मान्छेहरू तछाड मछाड गर्दै थिए। कसैसंगपनि फुर्सद थियन सोधेको जवाफ दिन। मैला कपडा, निन्याउरो अनुहार देखेर होला होटलका दलालहरू पनि आएनन् नजिक ‘हजुर’ भन्नलाई।


पोखरा बसपार्कतिरबाट एउटा रिक्सा आयो बत्ताउदै उनिहरू भएको ठाउतिर। छोला जस्तो गरी रिक्सा रोक्यो। “ बस्नुस हजुर, कहॉ जानुपर्ने हो?”, भन्यो रिक्सावालाले। रक्सिको गन्ध ठुस्स गनायो लालबहादुरलाई। मतवाली भएपनि उनले रक्सि कहिले पिएका थिएनन्।  


“ होटलमा जानी हो। अली सस्तो खालको”, ज्ञानेले भन्यो।


“ बस्नुस हजुर, चिन्ता गर्नै पर्दैन। मैले चिनेको होटल छ । राम्रो, सस्तो”, खिस्स दात देखाउदै बोल्यो रिक्सावाल। दुबैजना बसे रिक्सामा। रिक्सा बत्याउदै लाग्यो नारायणीको तिरैतिर दक्षिणतिर । भित्री गल्ली सागुरो हुनुको साथै रिक्सा, साईकल र मोटरसाईकलले ठेलमठेल थियो। कतै सानुमायालाई देखिन्छेकि  भनेर टाढा टाढा सम्म हेरे लालबहादुरले तर देखेनन् नाङ्गो शरिर। देखे जिस्कदै गरेका युवायुवति असरल्ल बाटो वारिपारी। देखे भुस्याह कुकुरहरू सडकका पेटीहरूमा सुतिरहेको। 


रिक्सा एकोहोरो घन्टी बजाउदै र भिड छिचोल्दै बत्ताइरह्यो करिब पन्द्र मिनेटजति र रोकियो एउटा भत्किनै लाएको  घर अगाडी। भित्ताहरूमा जिन्दाबात र मुर्दाबातका नाराहरू कोरिएका, कतै रंग खुइलियको। सटर तान्ने पेटिनिरै दुईवटा लुते कुकुर सुतेका।


 " होटेल चम्पा " साइनबोर्ड झुन्डिएको थियो धुलो र माकुरो जालोले छोपेको। 


होटेलको  काउन्टरमा चम्पा पान चपाउदै थिई। बाहिरको टेबलमा दुइ चारजना चुल्ठेहरु रक्सि र सेकुवा खादै थिए। लालबहादुर र ज्ञाने पनि बसे नजिकैको टेबलमा।  रिक्सावालाले पचास रुपैया माग्यो उनीहरुसंग।  साउनीले एक गिलास रक्सि दिएर गाला मुसारि रिक्सावालाको।  


रिक्सावालाले एकै सासमा सिनित्त  पार्यो। 


" ल तपैहरु ढुक्कसंग बस्नुस।  मेरो आफ्नै दिदि हो।  दिदीले मिलाएर दिनुन्छ", खिस्स दाँत देखाउदै हेर्यो  चम्पातिर। 


चम्पाले छड्के आँखाले हेरी र खिस्स हास्दै भनि ," अझै दुइटा कोठा खाली छन् है।  फेरी अन्तै बतुराउलास् ।" 

चम्पाले लालबहादुर र ज्ञानेलाइ लगी कोठातिर। उ  कोठामै बसी उनिहरुसंगै। लालबहादुर र ज्ञानेले  चासो दिएनन्।खिस्रिक परेर फर्की।  


एकाबिहानै लालबहादुर र ज्ञाने  निस्के होटलबाट बिनामेसै। दिनभरी ड़ूले नारायनगढ   बजार।  सानुमायालाई  देखिन्छ कि भनेर सडकका पेटी पेटी चाहारे।  थुप्रै पागलहरू देखे बजारको गल्लि गल्लीमा।  तर देखेनन् सानुमाया लाई।  


खोज्दै खोज्दै बसपार्क पुगे।  बसपार्क को पछाडी एउटी महिला निर्बस्त्र हिड्दै गरेको देखे।  उसको पछि पछि एकदर्जन जति झुत्रे केटाहरु उसलाई जिस्काउदै लखेटी रहेका थिए।  लालबहादुर झसङ्ग भए।  परैबाट नियालेर हेरे उसलाई।  अनुहारमा चोटै, चोट, खोटै, खोट भएकोले चिन्ने नसक्ने अवस्थामा थिई त्यो महिला। अलि पर पुगेपछि ढुंगा टिपेर हान्न लागि केटाहरुलाई।  केटाहरु भागे।  उ एउटा सागुरो गल्लि भित्र पसी।  लालबहादुरले ज्ञानेलाई नजिकै गएर हेर्न र उ सानुमाया  हो कि होइन चिन्न भने। 


ज्ञाने त्यो  महिलाको बाटो पछ्यौदै गयो।


त्यो महिला  एउटा फोहोरको थुप्रोबाट एउटा कपडा निकालेर सरिरमा बेर्दै थिई । ज्ञाने नजिकै गएर नियाल्यो।  त्यसपछि  उसलाई पक्का विश्वास भयो कि त्यो महिला सानुमाया होइन।  


मनमनै सोच्यो 'कति धेरै पो रहेछन्  यो शहरमा पागलहरू ।'


लालबहादुरको नजिकै गएर भन्यो, ' त्यो आइमाई सानुमाया होइन।  मैले नजिकै गएर हेरे।  त्यो आइमाई बाउनि हो। उसको नाक चुच्चो छ। सानुमाया तेती अग्ली पनि छैन।"


हिड्दै हिड्दै हाकिम चोक पुगे उनीहरु।  बर र पिपलको चौतारीमा सितल खादै थिए एकजना बुढो मान्छे आएर उनीहरुको नजिकै बस्यो। उनीहरुलाइ चिन्तित देखर होला सायद उसले सोधपुछ गर्यो। उनीहरुले पहाड घर र मदेस दुवैको बारेमा कुरा गरे। 


त्यो बडो भलाद्मी जस्तै लाग्ने मान्छेले उनीहरको कुरा सुनिसकेपछि पुलिस चौकीमा खबर गर्न सल्लाह दियो।  उसले नजिकै भएको पुलिस कार्यालय पनि देखाइदियो। 


लालबहादुर र ज्ञाने पुलिस चौकी गए उतिबेलै। उनीहरुलाई के भन्ने, कसो गर्ने मेसो भएन। 


अलमल परेको देखेर बाहिर गार्ड बसेको पुलिसले सोध्यो , ' हजुरहरु के कामले आउनुभएको होला ?"


"हाम्रो बुहारी घरबाट हराएकी थिई एकमहिना पहिले। यता छे रे भन्ने सुनेर खोज्न आएको। " लालबहादुरले दबेको स्वरमा भने। 


गार्डले उनिहरुलाइ महिला पुलिस भएको ठाउमा पुर्यायो र सबै विवरण भरेर बुझाउन लगायो। 


अधबैसे महिला पुलिस उनीहरुलाई आफ्नो अफिसमा बोलाई र प्रश्नहरु सोधी। 


नाम : सानुमाया 


उमेर : २२  वर्ष 


उचाई : हजुर जतिकै होला हजुर 


मानसिक अवस्था : के भनौ हजुर! हराउनु भन्दा अघिल्लो दिन मसान लाको थियो।  कालो बोको पनि भोग गरेकै हो।  सोर नभएको कुरा गर्थी। 


हराएको मिति : २०२० /१० /०५ 


खत : दाइने गालामा चन्द्रमा आकारको खत 


लगाएको कपडा : हराउने बेला हरियो बुट्टा भएको लुङ्गि  र रातो बुलुच  लगाई  थी । अहिले नाङ्गै छे रे भन्ने सुनेको हजुर। 


महिला पुलिसले फाइल फर्काइ फर्काइ हेरी। " हामीहरुले  हिजो एउटा महिला अचेत अवस्थामा फेला पारेर उद्धार गरेका छौ।  उसलाई बलात्कार भएको हुनसक्ने संका छ पुलिसको। उसको सरिरमा कुनै कपडाहरु थिएन। अहिले उसको  भरतपुर अस्पतालमा उपचार हुदैछ।  होसमा आइकी छ रे अहिले।  उ केहि बोल्न सकेकी छैन।हामि अनुसन्धान गर्दै छौ।  तपाइहरु भोलि आउनुस।  अहिले जान सक्नुहुन्छ", उसले भनि।


लालबहादुरको होसहवास उड्यो।  उनीहरु केहि बोल्न सकेनन।  हिडे लुरु लुरु बाहिरतिर। 


उनीहरु फेरी पनि त्यहि चौतारीमा बसेर यता उति भलाक्न लागे।  हेर्दा हेर्दै अध्यारो हुदै गयो।  कता जानी , कहाँ बस्नी केहि मेसो पाएनन्।  हिजो मात्र उनीहरुले आँठ सय  होटेलमा बुझाएका थिए।  भात खाने र घर फर्कने पैसो पनि बचाउन पर्ने थियो उनीहरुलाई।  हिड्दै जादा एउटा खाली पाटीमा पुगे।  त्यही पाटिमै रात बिताउने विचार गरे उनीहरुले।


एकैछिनमा दुइजना अधबैसे केटा र केटि आइपुगे उनीहरु बसेकै ठाँउमा। उनीहरुले आँखै अगाडी छट्पट गर्दै  के के सुघे।  केटाले नाडीमा सुइ घोप्यो। केहीबेरपछि केटा र केटि नाङ्गै भएर नजिकैको झाडीभित्र घुसे।रुखको आड लाएर केटो उभियो। केटि उसँग मुख जोडेर उभिई।  यस्तो हर्कत त उनीहरुले  गाँउमा कसैले गरेको पनि देखेका थिएनन। आधा रातमै हिडे त्यहाँबाट ।


हिड्दा हिड्दै नारायणी नदिको पुलमाथि पुगे।बाटोको दुबैतिर एकदुई कुकुर बाहेक  सुन्य थियो। बाटोमा  रात्रिबस एकतमासले हुइकीरहेका थिए पुलै हल्लिनेगरी।


नारायणी नदीको पुल काटिसकेपछी  एउटा सानो छाप्रो भेटे उनीहरुले।  यहि छाप्रोमा बाँकि रात कटाउने विचार गरे। छाप्रोभित्र जुनको उज्यालोमा मनाबकृति देखे जुटको बोरा ले बेरिएको अवस्थामा। नजिकबाट नियालेर हेर्दा सास फेरेको थाहा पाए।  धुलो र मैलो ले गुन्द्रुक जस्तो परेको कपाल, कालो मोसोले पोतेजस्तो अनुहार , जुट र पलास्टिकको बोराहरूले बेरेको शरीर, घुडा देखि तल नाङ्गै। डोला डोला तिघ्रा र अनुहारको आकृतिले महिला हो भन्ने लाग्यो उनीहरुलाई। देवीहरुका पोस्टर, कोक् र रक्सिका खाली बोतल, प्लास्टिकका झोला, धजा जस्ता देखिने बस्तुहरु उसको कोखैमा थिए। कठै! यो अवस्था देखेर मनमा तुफान चल्यो लालबहादुरको। नराम्रो संग चिसो पस्यो। 


'कतै सानुमाया त हैन यो ? ' फेरी मनमनै भन्यो 'हैन' सानुमाया त अस्पतालमा छे।  भोलि उसलाई भेट्नुछ  पुलिस चौकीमा।'


लालबहादुर र ज्ञाने त्यहि नजिकैको पाटिमा गएर बसे।  एकैछिनमा एउटा रिक्सा तेही छाप्रोनिर रोकियो।  हेर्दा 

 कालो, पातलो  त्यो रिक्सावाल सरासर त्यो छाप्रोभित्र  पस्यो र  जुटको बोरामा बेरियकी महिलालाई  चलाउन लाग्यो।  एकैछिनमा बोरो तान्यो र चरनाम नाङ्गो  बनाइदियो उसको शरिर। ऊ घरि घरि आफ्नो लाज ढाक्न खोज्थी दुइ हाँतले तर त्यो मान्छेले घरि घरि छातीमा र दुई खुट्टाको बीच भागमा हात घुसार्थ्यो। उसले भुइबाट बोतल निकालेर उसको टाउकोमा प्रहार गर्न मात्र के लाएकी थिई, त्यो व्यक्तिले उसको हात च्याप्प सम्मत्यो र भुइमा लडायो। त्यसपछिको दृश्य लालबहादुरले  हेर्न सकेनन्।  कहिले नखसेका आँशुका ढील्का तप्प खसे भुइमा।  "ओहो के नर्क जस्तो रैछ यो शहर", मनमनै भने  उनले। 


धेरैबेरमा रिक्सावाल पुन: रिक्सामा चढ्यो  र लाग्यो पुरानो कारखाना भएको भवनतिर। भर्खरकै केटि जस्तै देखिले त्यो महिलाले  पुन बेरी जुटको बोरा र रुन थाली एकोहोरो।  त्यो सुनसान रातमा उसको चोटलाइ सुन्ने कोहि थिएन त्यहाँ। नारायणी नदीको एकोहोरो सुस्याहटसंगै  बिलायो उसको आवाज क्षितिजतिर। एउटा लुते कुकुर उसको छेउमै गएर सुत्यो। त्यो महिलालाई कुकुरको बढी भरोसा लाग्यो र पुन पल्टी त्यो कुकुरसँगै। 


केहिबेरपछी पूर्व दिशामा सुनौलो क्षितिज देखिदै गयो।  त्यो महिला पनि आफ्नो समानहरु प्लास्टिकको बोरामा हालेर हिड्न थाली।  बिहानको उज्यालोमा अनुहार प्रस्ट देखियो।  उसका पुष्ट छाती ढाक्ने बस्तु केहि थिएन।  कम्मर देखि तल जुटको बोरालाई प्लास्टिकको रसिले कसेर जनतन लाज ढाकेकि थिई ।


" तिनिहरु सबै उडे उ हेर हेर ! मेरा भगवान आउ मलाई लिन।  हेर हेर उ. . . "  उ एकोहोरो चिच्याउन थाली।


लालबहादुरले बेसरी नियालेर उसको उनुहारमा हेरे र भने " ज्ञाने त्यो त सानुमाया जस्तै छ त।  हेर त अलि राम्रोसंग।"


ज्ञाने उसको अलि नजिक गयो।  जब त्यो महिलाको अनुहारमा खत देख्यो त्यसपछि उसलाई त्यो सानुमाया हो भन्ने पक्का भयो।  उसको हंसले ठाउँ छोड्यो।  उसका खुट्टा लुला भए।  अब कसरि यो कुरा लालबहादुर लाइ भन्ने।  उसलाई रिंगटा लाग्यो।  रातिको त्यो दृश्य उसको आँखामा कसिंगर झैँ बिझायो।


एकैछिन पछि त्यो महिला मुलबाटोको बिचमा उभिएर पूर्वदेखि आउदै गरेका  गाडीहरुलाई  हात देखाउदै रोक्न खोजि तर गाडीहरु एकतमासले हर्न बजाउदै भागिरहे उसलाई छेल्दै।


ज्ञाने लालबहादुर भएको ठाउमा गयो र त्यो मानशिक सन्तुलन गुमाएकी  महिला सानुमाया नै भएको बतायो।  लालबहादुरलाई एकैचोटी सयौ बरुलाले चिले जस्तै भयो।  " हरे शिव के देख्नु पर्यो यस्तो सपनामा पनि नचिताएको", उनले भने।


उनले ज्ञानेलाई सानुमयासंग  गएर कुरागर्न भने। ज्ञाने सानुमायाको नजिकै गयो र उभियो।  तेतिन्जेलसम्म  सानुमाया नारायणीको पुलको पूर्वतिर बस रोक्ने ठाँऊमा  पुगिसकेकी थिइ।


पहिले त उसले कतै आफै चिनेर बोल्छे कि भनेर उसको अघिल्तिर गएर उभियो ज्ञाने। सानुमायाले उसलाई देखेको नदेखे गरी। बोल्ने हिम्मत आएन उसलाई।  धेरैबेर नारायणी पुलको रेलिंग समातेर उभिरह्यो ऊ। केहीबेरमा हिम्मत बटुलेर उसले बोलायो , " भाउजु। "


उसले कुनै रिस्पोन्स गरिन।  उसले आफुसंग भएका कवाडी सामानहरु एक एक गर्दै नारायणी नदितिर झर्ने बाटोमा फालिरही धेरैबेर सम्म।   बिहानको बेला भएकोले साईकलवालाहरुको भिड बढिसकेको थियो। पैदल यात्रीहरु पनि बाक्लै यताउति गरिरहेका थिए। कसै कसैले "बिचरा! को होलि, यस्ति भर्खरकी केटि छ" भन्दै जान्थे भने कसैले उसको नग्न शरीरको छाती र खुट्टातिर हेर्दै र हास्दै जान्थे।


 ज्ञानेले पटक पटक बोलायो तर कुनै प्रतिक्रिया देखाइन उसले। भुईमा भएको  काठ टिपी  र हावामा दायाँ र बायाँ नचाउदै  नारायणगढ  बजारतिर दौडी। मान्छेहरु "बौलाई आई " भन्दै चिच्याउदै भाग्न थाले। 


ज्ञाने लालबहादुर भएको ठाउमा फर्कियो। उसले सानुमाया कसैलाई पनि नचिन्ने अवस्थामा भएको सुनायो।  उसले भर्खरै सानुमायाले गरेका क्रियाकलापहरुको  बारेमा पनि बतायो।  दुवै जना केहीबेर चुप बसे।  उनीहरुलाई के गर्ने के नगर्ने केहि उपाय आएन।


सानुमायासंग आफुले नै अगाडी उभिएर कुरा गर्ने बिचारले लालबहादुर ज्ञानेको पछि पछि लुरु लुरु सानुमाया गएको दिसातिर हिडे। उनीहरुले दिनभरी देवघाट , गणेश मन्दिर , हस्पिटल लाइन , कम्पास चोक, हाकिम चोक , पुरानो , नया बसपार्क कता कता मात्रै खोजेनन उसलाई। तर हावामा प्वाँख उडेसरि हिडेकी सानुमाया कहाँ पुगी उनीहरुले भेट्न सकेनन।  दिनभरिको खोजिले  केहि पत्तो नलागे पछि उनीहरु पुन पुलिस चौकीमा शरण  लिन पुगे।  आफुहरुले सानुमायाँलाइ देखेको र ऊ संग छुटेको सबै वृतान्त सुनाए।  उनीहरुले राति सानुमायाँसंग रिक्शावालाले गरेको बलात्कारको घटना पनि सुनाए।


पुलिसको लागि यो कुनै नौलो थिएन।  दिनदिनै जस्तो गाँउ  गाँउबाट  मानशिक अवस्था बिग्रेकाहरुलाई  ल्याएर बजारका गल्लि गल्लिमा छोड्ने चलन सामान्य बनिसकेको थियो।पुलिसको जानकारीमा  भए अनुसार भरतपुरमा मात्रै सयौ भन्दा  बढीको संख्यामा पागलहरू छन्।  कतिपय त भारतीय मुलका पनि थिए।  पुलिसले सानुमायाँलाइ खोज्ने सामान्य आस्वासन दिएपछि उनीहरु पुन: सडकमा निस्के।

 तीन दिनसम्म सडकमै सुतेर सानुमायालाइ खोज्दा समेत भेट्न सकेनन्। भेटिहाले पनि के गर्ने ? के उसले चिन्ली ससुरालाई ? कहाँ हुन्छ उपचार; नेपालमै कि राँची ? पैसा कहाँबाट जुटाउने। कसले सुनाएहोला छोराको दुर्घटनाको खबर ? कि लालमतिले भनेझै मसान लागेको हो उसलाई ? अनेकन प्रश्नहरु आउथे उसको मनमा।




                                                        ---------------------------------


 

देबघाट नजिकै एउटा सानो कुटीमा अषी बर्षको एक सन्यासी बस्थे। एकदिन ति सन्यासीले एउटी केटीलाई घाटमा कोइला टिप्दै गरेको देखेछन् । नाङ्गो शरीर  मध्यरातमा यताउति गरेको देखेपछि उनलाई सुरुमा त भुत प्रेत हो जस्तो लागेछ। धेरैबेरसम्म हेरेपछि बल्ल मान्छे नै हो भन्ने ठम्माएछ्न् । अर्को दिन शरीरभरि चोटै चोट भएकी कम्मरमा पछौरा जस्तै कपडा बेरेकी महिला नारायणी पुल वारी पारी गरेको देखे पछि नजिकैको कुटीमा बसेका ति दयालु संन्यासिले देवघाटमा रहेको एउटा मानब कल्याण संथालाई खबर गरे। त्यो  संस्थाले ति महिलालाई देवघाटको पुलनजिकै प्लास्टिक बटुल्दै गरेको अवस्थामा फेला पार्यो। उतिबेलै पुलिसलाई खबर गरि उनीहरुले उद्दार गरेर संस्थाकै आश्रममा राखे। शरीरभरी चोटै चोट भएकी ति महिला लाखौ कोशीस गर्दा समेत् एक शब्द बोल्न सकिन। प्रहरीमा परेको रिपोर्टको खतको आधारमा पुलिशले ति महिला सानुमाया भएको रिपोर्ट तयार पार्यो। लालबहादुरसंग सम्पर्क हुन नसकेपछि उनीहरुकै रोहबरमा नवजीवन नामक त्यो संस्थाले महिलाको जिम्मा लियो र उपचारको समेत व्यवस्था मिलायो।  भरतपुरअस्पतालमा सानुमायाँको उपचार हुने भयो।

भारतको राँचीमा पन्द्र वर्ष सेवा गरेर भरतपुर अस्पतालमा आएका डाक्टर अखिलेसले सानुमयाको उपचारको जिम्मा लिए। डाक्टर अखिलेसले इलेक्ट्रोकन्वुल्सिव अर्थात् दिमागमा करेन्ट  लगायर उपचार गर्ने कुरा नवजीवन फाउन्डेसनकी अध्यक्ष शुस्मिता परियारसंग गरे। उपचार गर्ने क्रममा मृतु भएको खण्डमा आफु दोषी नठहरिने गरि कागजमा दस्तखत गर्न लगाए। सानुमायाको टाउकोको रौ सबै खौरियो। शरीरका घाउहरुमा औषधि लगाइयो। उसको शरीर अत्यन्त कम्जोर भएकोले दिमागको उपचार अलि ढिलो गर्ने गरे डाक्टरहरुको टोलीले।

दश दिनसम्म ट्रमा सेन्टरमा राखिसकेपछि डाक्टरहरुले सानुमायालाई टाउकोमा करेन्ट लगाउनको लागि बिशेष कक्षामा लगे। उपचारको सबै बिधि पुरा गरेर टाउकोमा करेन्ट लगाउने काम भयो। तेस्रो पल्टको झड्कासंगै उसको हाँतखुट्टा चल्न छोडे। धेरैबेर सम्म शरीरका अंगहरु चल्न छोडेपछि डाक्टरहरुले उसलाई भेन्टिलेटरमा राक्ने निर्णय गरे। तर अस्पतालको प्रमुखले खर्चको जिम्मा लिने मान्छे नहुदा भेन्टिलेटरमा राख्न नसक्ने भनि डाक्टरहरुको निर्णय बदर गरे। अस्पतालले शुस्मिता संग सम्पर्क गर्ने प्रयास गर्यो। धेरैपल्ट कोशिष गर्दा समेत सम्पर्क हुन सकेन। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरे। प्रहरीले आफुले रेकर्ड फाईल हेरेरमात्र कुरा गर्ने भनि फोन काटे। अस्पतालमा एउटा मात्र भेन्टिलेटर उपलब्ध थियो। आपतकालीन कक्षामा अर्को बिरामी थपिएकोले उसको लागि पनि भेन्टिलेटर आबस्यक थियो। डा अखिलेस कुमारले सानुमायालाई केहि समय भेन्टिलेटरमा राख्नको लागि अनुरोध गरेपनि बिना धरौटी भेन्टिलेटर उपलब्ध भएन।नयाँ बिरामीले पायो भेन्टिलेटर धरौटीमा।

तिन चार घन्टासम्म शरीरका कुनै अंगहरुले काम नगरे पनि उसको छातीको धड्कन चल्दै थियो। बारम्बारको सम्पर्कपछि मात्र नाबजिबन फ़ाउन्डेसनको फोन उठ्यो। तुरुन्त अस्पतालमा आउनको लागि भनियो,तर पहिले बैठक बसेर सल्लाह गर्ने कुरा गरे उनीहरुले। प्रहरीले पनि कुनै रिस्पोन्स गरेन। करिब सात आठ घण्टा पछि मात्र नाबजिबन फाउन्डेसनका केहि व्यक्तिहरु अस्पताल पुगे। त्यतिन्जेल सानुमायाको छातीको धड्कन रोकिसकेको थियो। शरीर चिसिदै गैरहेको थियो। न कसैले साहनुभूति साटे न कोहि ढुँगामुढा गर्न नै आए। त्यसै दिन राति देबघाटको कुटिमा बस्ने तिनै दयालु सन्यासीले नारायणी नदि किनारमा धुवा सतहदेखि थोरै माथि उडेर तल तल बग्दै गरेको देखे। झ्यालको पर्दा तल झारे र बिस्तारमा पल्टेर सुस्तरी भने "रामनाम सत्य हो। "