Sunday, January 17, 2021

 अविरल बग्छ इन्द्रावती 


यो पुस्तक निकै सरल भाषामा लेखिएको एउटा सिङ्गो गाउँको कथा हो।  इन्द्रावती नदि किनारमा रहेको माझि गाँउ र यहाँका आदिबासी माझिहरुमाथि सामन्ती काजिहरुको शोषण, दमन र अन्याएको कथा हो।  यो कथाको मुख्य पात्रमा देखिएका भुमा माझि, उनकी छोरी लालगेडी, लालगेडीलाई माया गर्ने एक टुहुरो माझी केटो सोभितेहरुको कथा हो। लालगेडी र सोभिते परिबर्तनका हिमायती हुन्।  त्यहि माझि गाउकै एउटा गरिब केटो बुदुने साना काजीको गोटी बनेको छ। 

भुमा माझि सदियौदेखि काजिहरुको थिचोमिचो सहदै आएका माझीहरुको प्रतिनिधित्व गर्दछ। उसलाई युबा केटाहरुमा आएको परिबर्तन देखि डर लाग्छ। काजिहरुको हातमा बन्दुक छ र भुमा माझीलाई के थाहा छ भने यी काजिहरुले बन्दुकको नालले कतिसम्म अन्याय गर्न सक्छन।  

सोभिते एकदम क्रान्तिकारी केटा हो।  उ गरिब छ। भागेर शहर पस्छ। भाडा माझ्दै, मजदुरी गर्दै दुइतिन बर्षजति उतै बिताएर घर फर्किन्छ। उसले लालगेडीलाइ माया गर्छ। एकदिन सानाकाजिले लालगेडीलाई बीच बाटोमा रोकेर हातपात गर्न खोज्छ।  तर लालगेडी उसको पन्जाबाट भाग्न सफल भई।  पछि यो कुरा सोभितेलाइ थाहा हुन्छ।  उसले सानाकाजीलाई यसको बदला ल्याउने कुरा लालगेडिलाइ सुनाउछ।  तर लालगेडीले सानाकाजिसंग बन्दुक भएकोले उसले जे सुकै पनि गर्न सक्ने भएकोले संयमित हुन सम्झाउछे। 

सानाकाजिको बढ्दो शोषण अब सबै माझीहरुलाई मन परिरहेको थिएन। उनले रात्रि कक्षा पनि बन्द गराएका थिए। त्यसैमाथि उसले काप्राको पाटामा हवेली बनाउने निर्णय गरेको थियो। यसै बिषयलाई लियर माझिगाँउमा विवाद सुरु भयो।  बुढापाकाहरु भन्थे काजिहरुले गरेको निर्णयको बिरोध गर्न हुदैन। उनीहरु त्यो गाँउका राजा हुन्।  तर सोभिते लगाएतका युबाहरु कुनै पनि हालतमा हबेली बनाउन सहायोग नगर्ने पक्षमा थिए। 

एकदिन सानाकाजीले शहरबाट सिकर्मी र डकर्मीहरु लिएर आयो।  बुदुनेलाई सबै माझीहरुलाई काममा आउनको लागि उर्दी जारि गर्न भन्यो। तर युवाहरुले यसको खुलेर बिरोध गरे। तर बुढापाकाहरु दोधारमा परे। त्यसैबेला सानाकाजीले बन्दुक नालले तर्साएर सोझा माझीहरुलाई काममा जान बाध्य पारे। एकजना आफैको घरमा बसेर पढेको बाहुनको छोरालाइ गोलि हानेर हत्या गर्छ।  

त्यसैको केहि दिनमा पुलिसहरु गाँउ छिरेर सभिते, लालगेडी लगाएतका युबाहरुलाई पक्राउ गरेर लैजान्छन। तर कहाँ लागे के गरे कसैलाई पनि थाहा हुदैन। 

लालगेडीको पुलिस हवल्दारबाट बलात्कार हुन्छ।  पछि उसलाई सानाकाजिको नेपाल शहरमा भएको हवेलिमा पुर्याइन्छ उसकै सहेली सानाकाजिको रखौटीको सहयतामा। 

उता भुमा माझीले ठुलाकाजिसंग छोरीको खोजि गर्नको लागी बिन्ति गर्छ।  ठुलाकाजिले बचन दिएपनि आफ्नो बचन पुरा गर्न नपाउदै उनले यो धर्ति छोडेर जान्छन। 

कथाको अन्त्यमा सोभिते घर फर्किन्छ।  तर गाँउको हालत देखेर उसको मनका ठुलो चोट पर्छ। 

रमेश विकलको लेखन सैली अत्यन्त सरल र बिस्तृत ब्याख्या कथालाई जिबन्त बनाएका छन्। 



Sunday, January 10, 2021

नयाँ बर्ष, जलपरी र बुढो मान्छे

 नयाँ बर्ष, जलपरी र बुढो मान्छे 




नयाँ वर्षको सुन्दर बिहानी। सुर्यका किरणहरुले लेक ओन्टारियोको विसाल छातीमा चिप्लेटी खेल्दै स्कार्बोरोलाई रंगिन पर्दाले छोपिसकेको थियो। क्रिसमसलाई स्वागत गर्न झरेको हिउँ सबै फर्किसकेको थिएन। बाटोको छेउछाउ तथा पार्कहरुमा अझै साना साना झुण्डमा विभाजित थियो। ब्लू जे र स्नो बन्टिङ्ग  म्यापल रुखका नाङ्गा हाँगाहरुमा फुर्र फुर्र तलमाथि गर्दै थिए। नयाँ बिहानीको मनोरम दृश्यलाई आत्मासात गर्ने हेतुले शरीरलाई भारि ज्याकेट र गरुङ्गा जुत्ता बोकाएर म घर बाहिर निस्के। 


बिहानको आँठ बजेर दश मिनेट अघि बढिसकेको थियो। ब्रिम्ले, लरेन्स र डान्फोर्थ भित्रको कम्युनिटीका प्रत्यक गल्लि गल्लि हुदै एक फन्को सर्लक्कै लगाए। बाहिरको तापक्रम प्लस पाँच भन्दा माथि नै थियो। एउटा कुराले मलाई अचम्मित तुल्याइरहेको थियो कि  'नयाँ बर्षको पहिलो घाँमको न्यानो स्पर्स लिन किन कोहिपनि आतुर छैन?" कम्तिमा पनि पचासौ घरहरुको आगनबाटै म हिडेको थिए। समसानघाट जस्तै थियो त्यहाँको बस्ति। 


अहँ एकजना पनि मान्छे मैले न बाटोमा भेटे, न घरको आगनमा। एक दुइवटा  गाडीहरु मात्रै बाटोमा गुडिरहेका थिए। मनमनै सोंचे 'आधुनिक बिकाससंगै मान्छेहरु एउटा बाकसभित्र सिमित बन्दै गैरहेको छ। एक, दुइ र  तिन कोठे घरभित्र सिमित छन् मान्छेहरु।'


त्यसपछि म  ब्रिम्लेको बाटो हुदै ब्लफर पार्कतिर  जादै थिए । ब्रिम्ले र एग्लिंटनको जंक्सनमा केहि रोगी अनुहारहरु बाटो काट्नको लागि उभिरहेका थिए। गाडीहरु  एकोहोरो गतिमा हुत्तिरहेका थिए।  म बाटोको छेवैछेऊ ब्लफर पार्क सम्म पुगे। शरीर तातेर पसिना चिट्चिटाईरहेको थियो। ज्याकेट खोलेर हातमा लिए। समर दिनहरुमा भोरिभराउ हुने ब्लाफ़र पार्क सुन्यप्राय थियो। केहि पानिहाँसहरु  लेकको छेउछाउ चारा टिप्दै थिए भने कतिपय न्यानो घाममा छाती पल्टाएर सुतिरहेका थिए। तर एक जना मानब आकृति त्यहाँ उपस्थित थिएन। 


मोबाइलमा समय हेरे। भर्खर नौ बजेर तिस मिनेट उकालो चढ्दै थियो। मनमनै प्रश्न गरे। किन मान्छेहरु बाहिर निस्कन छोडे ? मौसम यतिविधि चिसो पनि त छैन। के मान्छेहरुलाई यसरि हिड्ने फुर्सद नै छैन? के उनिहरुलाई प्रकृति प्रिय लाग्न छोड्यो? मनमा अनेकौ कुराहरु खेल्दै थियो। आखिर किन ? किन प्रकृति संग रिसाइरहेको छ मान्छे ?


हिड्दा हिड्दै कतै बिजुली चम्क्यो। आकासमा ठुलो कालो बादल जम्मा हुदै गयो र केहीबेरमै निस्पट अध्यारो भयो। म म्यापलको रुख समातेर जहाँको त्यहि उभिए। एकपल्ट पृथ्वी  पुरै फनक्क घुमेजस्तो लाग्यो। 


तलाउको छेउछाउ बाताबरण सुनसान थियो। ‘सबै मान्छेहरु घरमै बसेर आराम गरिरहेको बेला त चाँही किन एक्लै यतातिर ?’ आफैले आफुलाई प्रश्न गरे र हतार हतार घर फर्के। 


त्यसपछि पुरै दिन केहि किताबहरु ओल्टाईपल्टाई गरेर बित्यो। 













***





लेक ओन्टारियोको  पानिले सुस्तरी सुस्तरी छेउमा लमतन्न पसारिएका ढुङ्गाहरुलाई  स्पर्स गर्दै थियो। सानो सेतो खरायो कान ठाडा ठाडा पार्दै  म तर्फ  हेरिरहेको थियो। त्यो सुन्दर प्राणीलाई मेरो हेराइले मनमा भय पैदा गर्ने डरले म किनारै किनार उत्तर दक्षिण पट्टिको एउटा छेउमा उभिएको लाइटहाउस तर्फ अघि बढे।


वरिपरिबाट ठुलाठुला ढुङ्गाहरुले पहरा दिएजस्तो देखिने लाइट हाउसको अलि माथिपट्टी नाङ्गा रुखहरुले बसन्त ऋतु  कुरिरहेका थिए। हरियो पातभित्र लुकामारी खेल्ने चराचुरुङ्गिहरुले छोडेर गएकोमा निन्याउरो मुख लगाएर लेकबाट आइरहेको पानीको छाललाई एकोहोरो हेरेजस्तो लाग्थ्यो। 


चुच्चो परेको ढुङ्गामाथि उभिएर मैले एकैछिन यताउति भलाके। पश्चिमदिशाबाट बहदै आएको हावाको लहरसंगै तलाउको पानीले लाइटहाउसको फेदीलाइ छप्ल्याङ्ग छप्ल्याङ्ग हान्दै थियो। त्यहि फेदीमा थियो एउटा मानब आकृति। ढुङ्गामा बसेर दुवै खुट्टा पानीमा चोबेको थियो। लामा, मैलो र घुम्रेको कपाल काँधदेखि तलसम्म झरेको थियो। शरीरमा मैलो न मैलो खरानी रंगको कपडा लागाएको थियो भने खुट्टा नाङ्गै थिए। 


त्यो देखेर मनमा एकखालको भय जागृत भयो। त्यो अचल मानब आकृति जिउदो हो कि मुर्दा मैले खुट्याउनै सकिन। धेरै बेरसम्म हेरिरहे। ढुङ्गाबाट ओर्लेर बिस्तारै त्यो मान्छेको दायाँपट्टीबाट उसको अनुहार हेर्ने कोशिस गरे। ऊ मुर्ति हो कि मान्छे भन्ने भ्रम जाग्यो मनमा। भुइबाट सानो ढुङ्गा टिपेर ट्याप्प हाने। अहँ ! चलेन।


म त्यहाँबाट  कुलेलम ठोके। अलि पर पुगेपछि सम्झे कतै त्यो लाइटहाउस किपर त हैन। तर किन मुर्ति जस्तो चुप छ? के त्यो जोन पल रेडमुलरको आत्मा त हैन? 


म सरासर आगाडी बढ्दै गए।  तलाउको एकापट्टीको भागमा सयौ डुङ्गाहरु पानीमाथि रोकेर राखेका थिए।  सबैजसो डुङ्गाहरुमाथि सेतो कभर लगाइएको थियो।  हेर्दा हेर्दै भूकम्पले घरहरु हल्लायजस्तै ति डुङ्गाहरु हल्लिन थाले। म त्यहि रोकियर कतै आफु उभिएको जमिन पनि हल्लिएको छ कि भनेर अनुभब गरे।  हल्लेको थिएन।

 

म झन् दौडिन थाले।  मेरो अगाडी केहि सुन्दर स्त्रीहरु देखिए। सुन्दर तर अनौठा। कम्मर देखि माथि परि जस्तै सुन्दर स्त्रीको सरिर तर कम्मर देखि तल माछाको पुच्छर जोडिएको। 


लाइटहाउस, किपर र ति स्त्रीहरु। एक पछि अर्को गर्दै ति स्त्रीहरुले मेरो बाटो छेके।  म डरले थुरथुर काम्दै जहाँको त्यहि टक्क अडिए। मेरो दायाँ पट्टि बिशाल लेक थियो भने बाँया पट्टि लेकको पानि जमेर बनेको मिनिलेक  थियो। त्यहाँ दर्जनौ  डुङ्गाहरु अनौठो किसिमले हल्लिरहेका थिए।  


‘के चाहन्छौ तिमीहरु? को हौ तिमीहरु? "


‘हामीहरु यो पानीमा बस्ने तिमिहरुजस्तै मानब हौ।  हामिलाई समुन्द्र धर्तिभन्दा धेरै सुन्दर  लागेर धर्तीलाई छोडेर पानिमा बस्न थाल्यौ। यहाँ बस्दा बस्दै हाम्रो आधा शरीर माछाको जस्तै बन्यो।   समुन्द्रिक राक्षसहरुले हामीहरुलाई धेरै दु:ख दिए। हामि अहिले यता न उताको भएर बसिरहेका छौ। ‘


 " त्यसोभए तिमीहरु के चाहन्छौ ? किन मेरो बाटो रोकेर बसेका छौ ?


' शरीर  र ठाउँ परिबर्तन गर्दैमा इच्छा चाहना मोर्दो रहेनछ।  त्यसैले तिमीजस्तो सुन्दर युवकलाई एक्लै हिडेको देख्दा मनले मानेन। त्यसैले तिमीसंग सुटुक्क प्रेम गर्न आएका हौ। '


'अचम्म! अचम्म ! घोर अचम्म।  तिमीहरु के  चाहन्छौ म बाट? म तिमिहरुसंग प्रेम गर्न सक्दिन। 


' गलत ! तिम्रो बुझाई नै गलत छ युबक।  यहि गलत बुझाईले नै तिमि खुशी छैनौ। तिमि दुखि छौ। प्रेम सबैसंग गर्न सकिन्छ। जिबनमा प्रेम नै खुशीको मुहान हो। प्रेम नै मोक्षको द्वार हो। 


उनिहरुको पछि पछी अलि बृद महिला आइन।  सारै बृद, रोगि, जिर्ण अबस्थाकी ति आमाको कपाल सेतै फुलेको थियो। शरीरबाट माछाको गन्ध तिब्र गतिमा फैलिरहेको थियो। 


पछि कुरा गर्दै जादा पो थाहा भयो तिनीहरु तिनै बुढीका नातिनीहरु रहेछन।   


मेरो शरिमा काँडा निस्के। ' हैन बज्यै तिमि त गङ्गा नदीमा बस्थ्यौ।  कहिले देखि यता सर्यौ?'


' कहिले भनौ बुढाले सम्पूर्ण ब्रह्माण्डको भ्रमण गराउछु भनेर हिडाले। धेरै ठाउमा संगै थियौ।  अब के जाति रोग आएको छ मानब जातिमा।  हामि पनि सचेत हुन पर्छ भन्दै एक्ला एक्लै हिड्दै थियौ।  कहाँ छुटे छुटे। '


मलाइ झल्यास्स अघि लाइटहाउसमा देखेको बुढाको याद आयो।  तिनै  बाजे हुन् कि क्या हो? हैन के अचम्म हुदै छ।  


' सुन बज्यै , यदि तिमीले मलाइ यी उरेन्ठेउला केटीहरुसंगबाट छुट्कारा दियौ भने मैले तिम्रो बुढा कहाँ छन् बताउने छु। '


उनले एकटकसंग मेरो अनुहारमा हेरिरहिन। तलाउमा हल्लिरहेका डुङ्गाहरु एकाएक गर्दै पानीभित्रै अलप भए। एक हुल सेता चराहरु उडेर लाइटहाउस तर्फ गए। 


ति सुन्दर स्त्रीहरु त्यहि उभिईरहेका थिए। बुढिआमा अन्तत उनीहरु तर्फ फर्केर केहि इसारा गरिन। दुबैजना सुन्दरीहरु पुच्छर हल्लाउदै पानीभित्र छिरे।  


त्यसपछि  बजै  मेरो पछि लागिन। मैले अघि देखेको लाइटहाउसको मान्छेसंग पुर्याइदिए। तिनि रहेछन परासर ऋषि।


‘हैन बजै तिम्रो बुढा सान्तनु कि परासर ?’


 धत् पातकी बुढा, डुङ्गामै सुहागरात मनाएका थियौ द्वापर युगमा। कलियुगमा संसार घुमाउन हिडेछौ।  तिम्रा साखा सन्तान जति कुरुक्षेत्रमा लढेर मोरे। कोहि स्वर्गको भर्याङ्ग चढे। कोहि भर्याङ्ग चढ्दा चढ्दै खसे र नर्कतीर पसे । कोहि यहि धर्तीमै बसे। हैन तिमीहरुले चाँही के पाप गरेका थियौ र यसरि भौताउनु परेको?  


 उनीहरुले मेरो कुरा सुनेनन्। एक्कासि एक अर्काको शरीरमा टाँसिन पुगे। 



म त्यहाँबाट लुसुक्क निस्के र बगरै बगर पुर्बतिर लागे। 





***



तलाउको छेउछाउमा  गिज र मलार्ड जातका ठुला ठुला चराहरु भुइँ खोतल्दै थिए।


बाटोको देब्रेपट्टि अर्को मिनी लेक थियो। त्यसकै बीचमा एउटा पुरानो ढुङ्गा थियो। त्यो ढुङ्गामाथि एकजना बृद मान्छे बसेर ह्यामरले भत्कियका पुराना  फलेकहरु  ठोक्दै थियो। पातलो च्यातिएको एकसरो टिसर्ट लगाएको, सेतो भुवासितको टोपी लगाएको त्यो मान्छेको देब्रे खुट्टा थिएन। मलाई नजिक आउदै गरेको देखेर उसले सेतो नक्कली खुट्टा जोड्यो। मैले हाँत हल्लाएँ। उसले त्यो काठको डुङ्गाबाट सानो प्लास्टिकको डुङ्गा निकाल्यो र एकदम तिब्र रफ्तारमा  किनारामा आयो। 


"गुड मर्निङ्ग जेन्टलम्यान', मैले हात  अगाडी बढाउदै भने। 


ऊ  केही नबोली मलाई तलदेखि  माथि सम्म एकोहोरो हेरिरह्यो। 


'ह्वाट इज योर नेम ?' मैले पुन सोधे। 


'अहब, पिपुल कल मी क्याप्टेन अहब', उसले खिया लागेको दाँत देखाउदै भन्यो। 


उसले यसो  भन्दै गर्दा मेरो आँखा उसकॊ आँखासंग जुधे। अचम्म ! उसको आँखाको नानी भित्र ह्वेल माछा नाचिरहेको थियो। 


'आई नो नाउ, यु आर अ  डिक किलर। '


'नो डिक  इज द किलर। '


'डीड द डिक किल्ड योर डिक। '


'यु आर फन्नी बोय। ' ह्वाई डीड यु कल मि ?'


'तिमीले तिम्रो खुट्टा खाने मोबी डिकलाई पक्कै मारेकै हौ त? कि गफ जोत्यौ ?' 


'मार्न चै मैले नै हो मारेको। तर गफ चै त्यो हर्मन मेलविल्लेले देको हो।'


‘गफ जोसुकैले जोतेपनि भयो। मैले पनि त गफै जोत्या त हो।’


'अनि त्यो तिम्रो खुट्टा चै के को हो ?'


'यो पनि ह्वेलको हड्डीको हो। ' 


'तिम्रा दाँत पनि ह्वेल, आँखा पनि ह्वेल।  तिमि मान्छे कि माछा? '


ऊ केहि बोलेन। 


‘हैन तिमीलाई त ह्वेल माछाले चिउरा चपाए झैँ चपाएको थियो। तर कसरि यहाँ ?’ 



एकैछिनमा त्यहाँ अर्को अग्लो न अग्लो मान्छे आएर ठिङ्ग उभियो। शरीर भरि ट्याटु खोपेको मान्छे ट्याटुकै कपडा लगाएको जस्तो देखिन्थ्यो। टाउकोभरि पनी  ट्याटु खोपेको। हेर्दै खर्लप्पै निल्ला जस्तो। 


‘हामि सबैलाई  आफ्नै घमण्डले मारेको हो। प्रतिसोधको आगोले भष्म पारेको हो। आफ्नै इगोले निलेको हो। मोविडिकले हैन। तैले पनि जिबनमा कहिल्यै प्रतिसोध, घमण्ड र इगो लिएर नहिडेस्’ , उसले राता राता आँखाले मतिर हेर्दै भन्यो। 


डरले मन धुरुरु भयो।  बुरुक्क उफ्रेर पछि फर्के। अनि टाँप कसे। 


फेरी अर्को आपत आइलाग्यो।  अलि पर बगरमा एउटो बुढो बुढो मान्छे लढी रहेको थियो। तर उसको आँखामा निभ्न लागेको अन्तिम पल्ट चम्के झैँ ज्योति प्रज्योलित भैरहेको  थियो। चाउरिएका अनुहारमापनि खुसीका धर्सा प्रष्ट देखिन्थे। नजिकै ठुलो डुङ्गा थियो भने डुङ्गामाथि माछाको हड्डीमात्रै। निकै ठुलो माछा हुनुपर्छ भन्ने आँकलन गरे मैले। 


'हैन यस्तो बिधि खुशी किन छ यो मोर्न नसक्या बुडो ? उता एउटाले डिक माछा मैले मारे भन्थ्यो। हैन मार्न चै यी बुढाले मारेकी क्या हो ?' मनमा खुल्दुली जाग्यो। 


'यो के को हड्डी हो बाजे  डुङ्गाभरी ?'


'मर्लिन।  हाँ हाँ हाँ आई किल्ड हिम्।'


‘डीड यु किल हिम अर् द सार्क ?’


‘अफ् कोर्स आइ डीड। ‘


'आर यु सान्टियागो?' 


‘एस आइ एम।’


'हैन बुढा ! तिमि चौरासी दिन समुन्द्रमा भोकै कसरि बाच्यौ ?'


'लक्ष अनि तिब्र इक्षा शक्ति। '


'हैन साचिकै यो  तिमीले मारेकै हौ कि गफ जोतेयौ ?'


'मार्न चै मैले मारेको हो गफ चै हेमिङ्गवेले देको।'


'हेमिङ्गवेले त क्युबातिरको गफ जोतेका थिए।  तिमि त लेक ओन्टारियो को किनारामा  पो लढ़ीराछौ। 


बुढाले फिस्स हाँस्दै मेरो गोडातिर हेर्यो। 


मेरो गोडामा चिसो चिसो फिल भयो। छामी हेरे। चिप्लो चिप्लो बस्तु मेरो काखैमा आएर टाँसीसकेको थियो। 


‘जलपरी ‘ म जोडले चिच्याए। 


कोठा सुनसान थियो।   बिहानको तिन बजिसकेको रहेछ। त्यो डरलाग्दो सपनाले मन अझै थर्थरी 

काम्दै थियो। 


सपनामा भेटेकाहरु एकपल्ट स्मरण गरे। मनमनै सोचे  नयाँ बर्षको सुरुवाद राम्रै मान्छेहरुसंगको भेटबाट भयो। 




Tuesday, January 5, 2021

सपनाहरुको आत्महत्या

'हाम्रो जोडी खुब राम्रो सुहाउछ रे । हाम्रो क्लासका  साथीहरु सबैले भन्छन। तिमीले साच्चै माया गर्छौ नि? कि अरुणले सिर्जनालाई  घुमाए झैँ  दुई  चार दिन घुमाएर छोड्ने विचार छ ?' उषाले सुमनको  हात सुम्सुमाउदै भनि। 

'भोलि कल्ले पो देख्या छ र यार् ?  आज माया गर्छु, भोलिको ग्यारेन्टी लिन्न। सविनाले प्रणयलाइ धोका दिए जस्तो तिमीले पनि हात हल्लाउन के बेर? ' 

'यस्तो भर नभएको मान्छे संग हिड्न भन्दा आफ्नै साथीहरुसंग हिड्न ठिक',  भन्दै उषा उठेर हिड्न लागेकी थिइ । उसले  हात समातेर तान्यो र आफ्नो काखमा बसाल्यो।  

'केटीहरुको यहि बानीले गर्दा त धोका खान्छन। तिमि चन्द्रमुखी, तिम्रा ओठ गुलाबको फुल भन्दा कोमल, तिम्रो कपाल आहाँ कति सिल्की अनि मुलायम , तिमीलाई मैले यो जुनी मात्रै हैन सातौ जुनीसम्म पिरिम गर्छु भन्यो भने मक्ख परेर हाम्फाल्छन्। अनि उखु चुसे झैँ चुसेर बाटोमुनि फाल्दा बल्ल चेत पाउछन।'

'छि : मैले त्यसो भन्न खोजेको कहाँ हो र ? मैले त  तिमीले साच्ची माया गर्छौ कि दुइचारदिन साथीहरुलाई देखाउनको लागि हो पो भनेकी। जैले अरुले देख्ने ठाममा बस्नु पर्छ तिमीलाई। अरु क्लासका केटीहरुले समेत जिस्काउन थालिसके। केटीसंग बस्यो भने के के न गरे जस्तो सबैलाई देखाउने र भन्ने जात हो तिमी केटाहरु।  '

' प्यार कर्नेवाला किसिसे डर्ता नही।  ओंल्ड स्कुलको हो र म यार लुकी लुकी प्रेम गर्न ?  कस्तो कुरा गरेको हौ तिमीले।'  

केहीपर आँपको रुखको ओछेल पारेर  केटीहरुले उनीहरुको गतिबिधि हेर्दै थिए। पानी ट्यांकीमा उभिएका केटाहरुको आँखा पनि उनीहरुतिरै सोझिएका थिए। 

'लाजै नभएको मान्छे तिमि।  हेर माथिबाट सबैले हेर्दैछन्।  बरु अन्त कतै  जाँउ।'

त्यसपछि दुबैजना उठेर गोलपार्क हुदै तिनहु खोलातिर झरे। दिनभर ढुङ्गाको ओछेल परेर रंगिन सपनाहरु बुनिरहे।  

त्यसपछिका दिनहरु कहिले सिद्धबाबाको मन्दिर छेउछाउ त कहिले फुलबारीको जंगलतिर बित्न  थाले। दुवैजना किताब र कापी बोकेर जान्थे। घाममा बसेर सुन्तला र माम्फुली खान्थे, र साँझ धुला मैला कपडा बनाएर डेरामा  फर्किन्थे। 

यो प्रक्रिया धेरै दिनसम्म चलिरह्यो। उनीहरु  दुबैजना बि ए दोश्रो बर्षमा पढ्दै थिए । पढाएको नोट पनि उतै बसेर सार्थे। उनीहरुलाई  दुनियाँदेखि बालमतलब थिएन। आफ्नै अलग संसार थियो। दुबैजनाको साहित्यमा बिशेष रुचि भएकोले अलि बढी चर्चामा आएका उपन्यास पनि उतै लैजान्थे। त्यहाँ भएको प्रेम प्रसंगहरुको बारेमा एकअर्कालाई सुनाउथे। 

एकदिन तल्लो सिद्धबाबाको मन्दिर मास्थिरको जंगलमा  माकुर माकुर गरिरहेको बेला आर्मीको गस्ती टोलीले उनीहरुलाई खै कताबाट देखेछ। त्यतिबेला जंगलमा घाँस दाउरा गर्नेलाई त माओंबादी भनेर बन्दुक सोझ्याउने आर्मीले उनीहरुलाई  के पो छोड्थ्यो; झन्डै ट्रिगर दबाएन। दुइचारपल्ट  बुटले पिछाडमा  छाँप हानेर  त्यहाँबाट लखेट्यो । त्यो दिनदेखि उनीहरु खोला किनार तथा जंगलतिर जान छोडे। 

त्यतिबेला सुमनको डेरा   गोलपार्कमा थियो।  गाँउकै साथि आलोकसंग बस्दथ्यो। त्यो घटना घटेको एक महिना भित्रै  ऊ   खाती मेडिकल नजिकै डेरा सरेर एक्लै बस्न थाल्यो। घरपेटी पनि रमाइला मान्छे परेछन्। पल्टन र तरुनिका गफ गरेर कहिले नथाक्ने। उनीहरुको कुरा खुब मिल्थ्यो। 

 सिद्दबाबाको जङ्गलमा आर्मीको बुट बज्रेपछी न त उनीहरु फेरी फर्केर त्यता गए, न तिनहु खोला किनारतिर।  उनीहरु कलेजमा दोश्रो घन्टीसम्म बस्थे।त्यसपछि दुबैजना सुमनको कोठामा गएर  चेकोभका कथाहरु, वर्ड्सवर्थ, सेली र  बाइरनका कविताहरु पढ़थे र  त्यस्तै सुन्दर 'मेक बिलिभ वर्ल्ड' को कल्पना गर्थे।  

प्रेम गर्दा समय बितेको पत्तै हुदैन रैछ।  छुट्टिने मन नहुदा नहुदै पनि पन्द्र  दिने हिउदे बिदामा उनीहरु आफ्नो आफ्नो घर गए बिदा मनाउन।  उनीहरुकोबिच फोनमा भने निरन्तर कुराहरु भैरहन्थ्यो। उठेदेखि आखाँ नचिम्लिउजेल मेसेज या कल कुनै न कुनै भैरहन्थ्यो। 

बिदा सकिएपछि उनीहरु  बुटवल फर्किए।  बिदा पछिको पहिलो भेट कलेजमै भयो। उषा पहिले भन्दा अलि काली भएकी थिई। तर  सुमनलाई भेट्ने बितिकै भनि  'छि कस्तो काले भएको तिमि त।'  

'ए होर ! तिमि त कस्ती गोरी भैछौ ' भन्दै ऊ  अलिकति कुटिल हाँसो हाँस्यो।  उसले 'होला खुब !' भन्दै मुख बंगाइ। त्यो दिन उनीहरु धेरैबेर कलेजको चौरमा बसेर छुट्टीए। अर्कोदिन उषा केहिदिनको लागी काठमान्डौ गई। 

दुई दिन पछि  उषा काठमाण्डौबाट फर्किइ ।  केही समयदेखी लगातार पानी परिरहेको थियो। ठाउँठाउँमा बाढीपहिरो झरिरहेको थियो। काठमान्डौबाट फर्के लगतै उ सुमनको कोठामा गई । सर्पराइज दिनकै लागी भनेर उसले फोनसम्म  पनी गरेकी थिइन। 

उषाले सुमनको कोठाअगाडी एकजोडा गुलाबी रङ्गका स्यान्डिल  देखी।  ति स्यान्डिल  आफ्नै साथि सुनिताले लगाएको देखेकी थिई। सुमनले सुनितासंग कलेज क्यान्टिनमा हाँस्दै गफ गरेको पनि देखेकी थिई। त्यतिबेला नै उसको मनमा संका पसेको थियो। 

त्यसपछि ऊ सरासर बाहिर निस्की र छाता नखोलिकनै पानीमा भिज्दै दगुरी। अलि पर पुगेपछि बीच बाटोमै जोडसंग चिच्याउदै रोई। नजिकका मान्छेहरुले  झ्यालको पर्दा तानेर हेरे। घरको पेटीमा सुतिराखेको कुकुर खुट्टामुनि पुच्छर लुकाउदै गल्लिभित्र भाग्यो। 

कोठामा पुगीसकेपछि पनि धेरै बेरसम्म रोई ऊ। कैयौ पल्ट सुमनलाई म्यासेज लेख्दै डिलिट गर्दै गरि। 

दिउसो दुइबजे सुमनको फोन आयो। उसले एकै रिङ्गमा फोन काटी। पुन: एकैछिनमा फोनको घन्टी बज्यो। उसैले फोन गरेको थियो। फेरिपनी  दुइ घन्टी बज्न नपाउदै फोन काटी उसले। 

'ह्वेर आर यु स्वीट हार्ट ?' टिंग टिंग गर्दै मेसेज आयो। उसले रिप्लाई फर्काइन। सिरानीमा अनुहार लुकाएर दिनभरी रोइरही। 

घरि घरि फोन गर्दा फोन नउठेको र म्यासेजको रिप्लाई पनि नआएकोले बेलुका पाँच बजे सुमन उषाको कोठामै पुग्यो। ढोका बन्द गरेर भित्रबाट चुकुल लगाएको थियो।  उसले धेरै पल्ट ढकढकाउदा समेत ढोका नखुलेकोले ऊ डरायो।  झ्यालबाट बोलायो।  अहँ! भित्रबाट आवाज आएन। झ्यालमा बाक्लो पर्दा लगाएकोले गर्दा भित्र केहि देखिदैनथ्यो। 

सुमनले तुरुन्त घरपेटीलाई बोलायो। घरपेटी उषाको आफन्त पर्थे। उनले बोलाएपछि उसले ढोका खोली।  उसका आँखा सुन्निएर पाकेको गोलभेडा झैँ  राता भएका थिए। उसले सुमनको मुखमा हेर्दा पनि हेरिन। भित्र पनि बोलाइन। उसको यस्तो अवस्था देखेर सुमन असमन्जस्यतामा पर्यो। पहिले त उसलाई उषाको घरमा कुनै अप्रिय घटना घटेछ कि भन्ने पर्यो।  तर उषा आफुसंग नबोलेको हुदा मनमा चिसो लाग्यो। घरपेटीको अनुरोधमा ऊ आफ्नो डेरामा फर्क्यो। 

रातभर उसले उषालाई फोन गर्ने कोशिष गर्यो। थुप्रै पल्ट टेक्स्ट पनि गर्यो।  न फोन उठ्यो।  न टेक्स्टको रिप्लाई नै आयो।  नानाथरि कुराहरु सोचेर छर्लंगै उज्यालो बनायो।  भोलिपल्ट बिहानै ऊ पुन: उषाको कोठामा गयो।  

कोठाको ढोका बन्द थियो। ढोका ढक्ढकायो।  धेरै पल्ट कोशिष गर्दा सम्म नखुलेपछि फेरी घरपेटीलाई बोलायो। उनले बोलाउदा पनि ढोका नखुले पछि उनीहरु दुबैजनाले  जोडसंग हानेर ढोका खोले। उषा खाँटमा बेहोस अबस्थामा लढीरहेकी थिई। उनीहरुले तुरुन्त अस्पताल पुर्याए।

डाक्टरहरुले उसको शरीरमा पोइजनले असर गरिसकेकोले तुरुन्त आइ सी यु मा राख्नु पर्ने जानकारी दिए। त्यतिबेलै एम्बुलेन्समा राखेर उसलाई भरतपुर अस्पतालमा पुर्याइयो। 

तिनदिनसम्मको लगातार उपचार पश्चात उषाको अवस्था खतरा मुक्त भयो। त्यहाँ पुर्याएर उपचार गर्ने सबै बन्दोबस्त सुमनले नै मिलाएको  थियो। साथीहरुले अलिअलि भएपनि सक्दो सहयोग गरे। गाउँमा भएका उषाको परिवारलाई समेत खबर गरेनन् उनिहरुले। 

उपचार पश्चात उनीहरु बुटवल फर्के। सुमनले उषालाई आफ्नै कोठामा लगेर राख्यो। बिस्तारै उषाको स्वास्थ्य अवस्था पहिलेको अबस्थामा फर्कियो। उषाको मनमा गढेको भ्रमको पर्दा पनि केहिदिनमै च्यतियो। कारण  सुमनको दिदि तिनै गुलाबी रङ्गका स्यान्डल लगाएर भाईको कोठामा आइन। उनी  नयागाँउ  बस्थिन र प्रायजसो  बजार लाग्ने दिन बुटवल आएको बेला भाइकोमा पस्ने गर्थिन। सुमनले दिदिसंग उषाको बारेमा सबै कुरा गरिसकेको थियो। तर उषालाई दिदीको बारेमा कुनै जानकारी थिएन।

यस बिचमा कैयौ पल्ट सोद्धा समेत उषाले बिष् सेबन गरेको कारण भनेकी थिईन। दिदीलाई भेटेपछि आफुले गरेको गल्तिले ग्लानि महसुस भयो। कुरा लुकाएर कति दिन पो लुक्छ। एकदिन सबैकुरा सुमनलाई भनि र आँशुले मनको मैलो सबै पखाली। सुमनले पनि दिदिसंग पहिले नै परिचय नगराएकोमा माफी माग्यो। 

त्यसको एक महिनामै उनीहरुले  बिहे गर्ने  निधो गरे। घरमा कुनै सल्लाह नै नगरी दुबैजनाले  यो कुरो पक्का  गरेका थिए। कारण उषा तथाकथिक  तल्लो जातकी केटी थिई भने सुमन गाँउकै नामुद  पण्डित बाजेको छोरो। दुवैजनाको परिबारले यो बिबाह नस्वीकार्ने पक्कापक्की थियो। सुमनले  दिदिलाई मनायो र केहि साथीहरु बोलाएर  सिद्धबाबा मन्दिरमा उषाको सिउदोमा सिन्दुरको धर्को तान्यो । 

उनिहरुको बिबाहको हल्ला केहिदिनमै घरसम्म पुग्यो। छोराले तल्लो जातकी केटीसंग बिहे गरेको थाहा पाउन साथ  सोमनाथ पण्डितले  श्रीमतिसंग भने 'तेरो छोरो माओबादिमा लागेको रहेछ।आर्मीले बेपत्ता पारेको छ रे, बिर्सी दे त्यसलाई। पण्डितनी आमाले सोझै बुझिन।  दुइ दिनका दिन बल्ल होश खुल्यो उनको। 

उषाको बाउले आरनमा बिष्टको हँसिया, कोदालो मर्मत गर्ने  काम गर्थे। उनलाई कतै आफ्नो छोरीलाई मार्छन कि भन्ने डर जाग्यो। उनले पनि बुढीसंग भनेछन् 'जातिय मुक्ति भन्दै हिद्थी रे ठुलै जातको केटासंग हिडिछ। कुन दिन जीवनबाटै मुक्ति पाउछे थाछैन। ' सोझी साइली केहि नबुझी त्यसै ' चुक् चुक् ' गरी। 

दुवैजनाले  बुटवल बहुमुखी क्याम्पसबाट मानविकी संकायमा ब्याचलर सकाए। घरबाट खर्च आउन छोडेपछि सुमनले  नयाँगाँउमा स्कुल पढाउन थाल्यो। उषाले पनि ब्युटी पार्लरको काम सिकेर मिलनचोकको "मोनालिसा ब्युटी पार्लर"मा  काम गर्न थालि। जनतन  गर्जो टार्दै गए।  यत्तिमै भएपनि खुसीका साथ दिनहरु बिताउन थाले। उनीहरुको प्रेम र संघर्ष देखेर धेरैले प्रसंसा पनि गरे। 

एकदिन अचानक स्कुलबाट फर्किदै गर्दा सुमनको मोटरसाइकल पूर्वपश्चिम  राजमार्गमा  भैरे पेट्रोल पम्पनिर  ट्रकसंग ठोकिन पुग्यो।  ट्रकको टायरले उसको देब्रे खुट्टा नराम्रोसंग पिल्सियो।  एम्बुलेन्समा उसलाई तुरुन्त बुटवल हस्पिटल पुर्याइयो। उसलाई बचाउनको लागि डाक्टरहले उसको खुट्टा काट्नु पर्यो। त्यसपछिको जिबनमा ह्वीलचियर उसको जिबनसाथी बनेर आयो। उनीहरुको खुशीमा ठुलो बज्रपात भयो। उषाले सुमनलाई ह्वीलचियरमा राखेर कोठामा लागि।  त्यसपछिका दिनहरु झन् झन् कष्टकर  बन्दै गए। 

सुमनको जागिर गयो। उसको जागिरसंगै हातमुख जोर्ने उपाए भएन।  उषाले सुमनको स्याहार सुसार थाली। भर्खर फुल्दै गरेको उनीहरुको जिबनमा नराम्रोसंग बज्रपात आयो। तरपनि उनीहरुले हार मानेनन्। उषाले बिहान बेलुका सुमनको सेवा गरेर दिउसो कामलाई निरन्तरता दिई। जनतन उनीहरुले खान र बस्नको लागि गुजारा गरे। 

उषाका साथीहरु भन्थे 'किन कुरेर बस्छेस है उसलाई ? तिमीहरुको सन्तान पनि त छैनन। न उसको परिवारले उसलाई हेर्छ न उसले नै केहि गर्न सक्छ। बेलैमा आफ्नो बाटो हेर। अहिले बिचरो भनेर आफ्नो जिन्दगि बर्बाद पार्न पनि त भएन। पछी पछुताउलीस्।  '

उसले धेरै सुनी।  परिबारका सदस्यहरुले समेत धेरै सम्झाउने कोशिष गरे। तर जब उसले बेडमा सुमन निरिह भएको सुतेको देख्थी, उसप्रतिको माया झन् बढेर आउथ्यो।उसलाई गर्लम्म अँगालोमा बेर्थी र प्रेमले सिंचित गर्थी उसको उजाड मनलाई। उसलाई कपडा फेर्दिने, नुहाइदिने र बाथरुमसम्म लैजाने जस्ता व्यक्तिगत कामहरुमा कहिल्यै झर्को नमानी गरि उसले।  

एकदिन साँझ उषाले सुमनलाई ह्विलचियरमा राखेर डुलाउन निस्की हाटबजारतिर। फर्केर आउदा गोलपार्क चोकैनिर सुमनलाई बाहिर राखेर केहि सामान किन्न भित्र पसी। सुमनले अन्त कतै हेरेको बेला कसैले पाँचको नोट ह्विलचियरमा खसालेर गएछ। सुमनको मन आत्मग्लानिले छिया छिया भयो। त्यो थाहा पाएर उषा अवाक् भई।  

त्यो साँझ उषा धेरैबेर सम्म रोहिरई। समाजले  अपाङ्गहरुलाई हेर्ने दृष्टिकोणप्रति उसलाई हदै सम्मको घृणा जागेर आयो। के अपाङ्गहरु सबै भिख मगुवा हुन्? के अपाङ्गहरुको इज्जत हुदैन? के उनीहरुलाई आत्मसम्मानका साथ बाच्ने अधिकार हुदैन ? के सडक अपाङ्गहरुको होइन? 

ऊ सुमनको छातीमा टाँसिएर धेरैबेर सम्म रोहि। 'कस्तो समाजमा बाँचिरहेका छौ हामी। जातको नाममा हामि आफ्नै परिबारबाट अलग भयौ। समाजको नजरमा हामि कलङ्क भयौ।आज यही समाजले हामीले भिख मगुवा देख्छ। आखिर कहिले सम्म ? कहिले सम्म सुमन। … ? ' ऊ डाँको छोडेर रोई। 

सुमनको मन बेचैनिले पहिले नै छट्पटाई रहेको थियो। उषाको आँखाबाट झरेको आँशुले उसको छाती भिजिसकेको थियो।  उसले रोक्न खोज्दा खोज्दै पनि कोछ कोछबाट आँखा रसाए। 

सधै उषा रुदा नरोऊ 'सबै ठिक हुन्छ' भन्दै सम्झाउथ्यो उसले। तर आज रोकेन। धेरैबेर सम्म उसको कपाल मुसारीरह्यो। 

 त्यो दिनको घटनालाई उसले आफ्नो मात्र अपमान ठानेन। आफुलाई मात्र भिखारीको ताज भिराइएको देखेन। सम्पूर्ण अपाङ्ग व्यक्तिहरुको सामुहिक अपमान भएको ठान्यो। 'दुर्घटनाले दिनदिनै हजारौ लाखौ मान्छे अपाङ्ग बनेको छ। तर उनीहरु भिख माग्ने  भएका त हैनन् । के कुनै व्यक्ति ह्विलचियरमा हिड्न बाध्य हुन्छ , घिस्रेर हिड्नु पर्ने हुन्छ, बैसाकीको साहारामा हिड्ने बाध्यता हुन्छ अनि ऊ यो समाजको नजरमा स्वतः भिकारी भैदिन्छ ? अहँ कतापी हुदैन। बरु कैयौ हदसम्म भिकारि बनाउछ यो समाजले। माग्न बाध्य बनाउछ' सुमनको अन्तरात्माले भन्यो। 

त्यसैदिन उसले मनमा दृढ संकल्प लियो कि जुनसुकै हालतमा पनि समाजको चश्मा परिबर्तन गर्ने । अपांङ्गहरुले पनि साधारण व्यक्ति सरह जिउन पाउने, हिडडुल गर्न पाउने, आफ्नो शारीरिक र मानशिक क्षमताअनुरुप काम गर्न पाउने अधिकारको सुनिस्चित गर्नु पर्छ भन्ने कुरामा। 'आफु नमोरी स्वर्ग देखिदैन मात्रै हैन नर्क पनि नदेखिदो रहेछ' भन्ने लाग्यो उसलाई। 'न सार्बजनिक बसहरुमा यात्रा गर्न सजिलो छ, न सहरका बाटाहरुमा व्हील चियर गुडाएर हिड्न। कलेजहरुमा पनि  अपाङ्गहरुको लागि कुनै संरचनाहरु छैनन्। चर्पी अपाङ्ग मैत्री छैनन्।  रेस्टुरेन्ट अपाङ्ग मैत्री छैनन्। अस्पताल अपाङ्ग मैत्री छैन। 

उ आफै तिरिमिरीमा  पर्यो। यो सबै कुरा त उ सपाङ्ग हुन्जेल कहिलेपनि सोचेको थिएन।

'कति होलान् यति ठुलो शहरमा अपाङ्गहरु? कसरि बाचेका छन् उनीहरु?  खै  कुनै राजनीतिक दलका नेताहरुले उनीहरुको बारेमा बोलेको? खै उनीहरुको लागि आन्दोलन गरेको? बस् खाली सत्तालिप्साको लागी रोइलो मच्चाईरहेका छन्।'  उसको मनमा तुफान मडारिन थाल्यो। उसले उषालाई भन्यो 'हामि अब यो अन्याय सहेर बस्नु हुदैन। जसरि हुन्छ हामीहरुले अपाङ्ग मानिसहरुलाई भएको अन्यायको बिरुद्द आवाज उठाउनु पर्छ। मैले नै यसको सुरुवाद गर्छु।  तिमीले मेरो साथ् देउ। '

त्यसपछि उनीहरुले 'अपाङ्ग आवाज' नामक फेसबुक ग्रुप पेज खोले। ट्विटर, इन्स्टग्राम हुदै सयौ मान्छेहरु संग जोडिन पुगे। कैयौ अपाङ्गहरुको उनीहरुले खोजीनिती गरेर संगठित गरे। ग्रुपमा धेरै सदस्यहरु बढ्दै गैसकेपछि बेला बेला उनीहरुले भिडियो कन्फेरेन्स सम्म गरे। अन्तरास्ट्रिय मानाबधिकारबादी संगठनहरुले पनि उनीहरुको कार्यक्रमलाई सहयोग गर्ने भए। 

त्यसपछिका दिनहरुमा उनिहरुले कैयौ पल्ट जिल्ला प्रसासन कार्यालय अगाडी बसेर धर्ना दिए।  बैसाकी टेकेर भएपनि भेला भएर सबैको अगाडी आफ्ना मागहरु राखे। तर कसैले सुनेन। एकजना टोले नेताले माइक बोकेर चोकमा उभिदा मिनेटभरमा सैकडौ मान्छेहरु भेला हुन्थे।  तर त्यहि ठाँउमा अपाङ्गहरुले आयोजना गरेको त्यो भेलामा उनीहरुलाई साथ दिने  कोहि भएनन्। 

स्थानीय प्रसासनले टेरपुच्छर नलगाएपछि उनीहरुले आफ्ना मागहरु आफै काठमान्डौ गएर  प्रधानमन्त्रिलाई बुझाउने निधो गरे। जानको लागी यातायातको व्यवस्था गरेर बालुवाटारसम्म  पुगे। 

सिंहदरबार अगाडी बैसाकी टेकेर  र ह्विल चियरमा बसेर सयौ अपाङ्ग व्यक्तिहरुले धर्ना दिए।  उनीहरुले प्रधानमन्त्रीलाइ भेट्नको लागि गेटमा बसेका पहरेदारहरुसंग बिन्ति गरे। बरु बेलाबेलामा मन्त्रिहरुका सवारी भित्र बाहिर गर्दा उनीहरुलाई धुलोले ढाक्थ्यो। कसैले बेतोडले हर्न बजाउथे। तर कसैले झ्यालको सिसा सम्म खोलेर उनीहरुलाई हेरेन। 

सुमन दुवै हातले जोड जोडसंग दुवै पांग्रा घिसार्दै गेटमा उभिएको पुलिससंग गयो र उनीहरुलाई नरोक्न तथा भित्र जानको लागि आग्रह गर्यो।  तर बुख्याचा जसरि गेटमा ठिङ्ग उभिएको  पुलिसले उनीहरुको कुरा सुनेन। उल्टै हप्काउन थाल्यो।त्यहाँ जम्मा भएका सयौ अपाङ्गहरुको मन कुडियो।  उनीहरुले आबेगलाई रोक्न सकेनन र सबैले धकेला धकेल गर्दै गेटमा पुगे। अचानक आन्दोलनकारी मध्यकै एकजनाले पुलिसको बन्दुक तान्यो।  त्यतिबेलै त्यहाँ अर्को पुलिसले गोलि चलायो। सुमनको खुट्टामा देब्रे खुट्टामा गोलि लाग्यो। उसको दाहिने खुट्टा पहिलेनै काटिसकेको थियो।  ऊ गर्लम्मै त्यहि ढल्यो। तुरुन्तै अन्य पुलिसहरु आएर जथाभाबी लाठि बर्साउन थाले।  कैयौ व्यक्तिहरु गुहेकिरा झैँ सडकमा पल्टिए। यो बिभत्स घटनाको तस्बिर खिचेर गए पत्रकारहरु। सुमन लगायतदर्जनौ मान्छेहरुलाई पुलिसले भ्यानमा हालेर कता लग्यो कसैलाई पत्तो भएन। 

त्यो दिनको घटनालाई लिएर कैयौ राट्रिय तथा अन्तराट्रिय पत्र पत्रिकाहरुमा खबर छापियो। युट्युब भिडियोहरु भाइरल भए। मानबधिकारबादीहरूले निकै चाँसोका साथ् उनीहरुको रिहाइको माग गर्नुका साथै उनीहरुलाई राखिएको ठाउहरुमा स्थलगत निरीक्षण गरे। 

उषाले सुमनको नेतृत्वलाई अगाडी बढाई। देशैभरि भैरहेको उनीहरुको आन्दोलनलाई समर्थन गर्दै कैयौ अन्तरास्ट्रिय संघ संगठनका मान्छेहरु नेपालमै आएर उनीहरुको आन्दोलनलाई साथ दिए। उनीहरुको कुनै किसिमको राजनैतिक माग नभएर अन्य नागरिक सरह हिडडुल गर्न पाउनु पर्ने, सपाङ्गसरह काममा जना पाउने बाताबरणको सिर्जना गर्नुपर्ने, अपाङ्गहरुलाई विभेदकारी ब्यबहार गर्ने जो कहिँलाई पनि कारबाहीको दायराभित्र ल्याउनुपर्ने। काम गर्न नसक्नेहरुको लागि जिबिको पार्जन गर्नको लागि सरकारले निम्नतम भत्ताको व्यवस्था गर्नुपर्ने। अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी सरकारले लिनु पर्ने। उनीहरुलाई पनि सामान्य नागरिक सरह व्यवहार गरिनु पर्ने। राज्यका भौतिक संरचनाहरुलाई अपाङ्ग मैत्री बनाउने। यस्तै यस्तै ... निकै सरल थिए उनीहरुका माग। न उनीहरुले राज्यको भागबन्डा मागेका थिए न आफुलाई कुनै मन्त्रीको पद। उनीहरु आफ्नो बर्तमान  भन्दा भबिष्यमा  अपाङ्ग व्यक्तिहरु प्रति गरिने दुर्ब्यबहार र उनीहरुले भोग्नु पर्ने सास्तीलाई सधैको निम्ति हटाउन चाहन्थे।  उनीहरुलाई जस्तै भाबी सन्ततिहरुलाई समाजले भिख मागुवा नदेखोस भन्ने उनीहरुको माग थियो। चाहाना थियो। एउटा बिन्ति राज्यप्रति गरियको थियो। 

चौतर्फी दबाब बढेपछि राज्यले उनीहरुको माग पुरा गर्ने घोषणा गर्यो। उनीहरुको बिन्तिपत्रमा हस्ताक्षर गर्यो।आन्दोलनको क्रममा जेलमा थुनेका धेरै मान्छेहरुलाई पनि जेलमुक्त गर्यो। सबैलाई अबको केहि दिनमा यसको कुनै कुनै किसिमको परिणाम आउछ भन्नेमा सबै ढुक्क भए।  सुमन र उषा पनि ठुलो आशा गरेर बुटवल फर्के। 

समय आफ्नै गतिमा अघि बढ्यो। दिनप्रतिदिन बढ्दै गैरहेको दुर्घटनाको कारण अपान्गताहरुको संख्या बढ्दै थियो। नेताहरुले संविधानको धारा देखाउदै अपाङ्गहरुको अधिकारको सुरक्षा गरेको, भौतिक संरचनाहरु निर्माण गर्न बजेट थपेको आदि कुराहरु आफ्ना चर्का भाषणहरुमा गर्दै गरे। एक वर्ष नहुदै सरकार ढल्यो। फेरी अर्को सरकार गठन भयो।  न सडकहरु अपाङ्ग मैत्री बने, न स्कुल, अस्पताल र सरकारी भवनहरु।

बैशाखको चर्को घाममा सुमनले पुरानै मागहरु राखेर आमरण अनसन शुरु गर्यो। रुपन्देहीको क्षेत्रीय प्रशासन कार्यालयको अगाडी आफ्ना मागहरुको ब्यानर टाँगेर ह्विलचियर मै बसेर आन्दोलानको घोषणा गर्यो। आमरण अनसनमा बसेको कुराको त्यति ठुलो मेडिया कभरेज भएन। होस्टेमा हैसे गर्न मान्छेहरु थपिएनन्। उ लगातार पन्द्र दिनसम्म पानीसम्म नपिई अनसनमा बस्यो।  उसको साथमा थिई उषा र केहि अभियन्तहरु। लामो समयसम्मको अनसनले गर्दा सुमनको खुट्टाको घाउमा असर गर्यो।  उसको स्वास्थ्यमा नराम्रो प्रभाब पर्यो। राज्यको तर्फबाट पुरानै खालको आश्वासन बाहेक केहि पहल भएन। 

एकदिन राति अपहरणकारिको शैलीमा पुलिसहरुले उसलाई उठाएर अस्पतालमा पुर्याए।  अस्पताल पुग्दा सुमन बेहोस भैसकेको थियो। प्रहरीहरुले उषालाई समेत भित्र प्रवेश गर्न रोक लगायो। अस्पताल भर्ना गरेको  चौबिश घण्टापछि मात्र उसको होश खुलेको थियो। अस्पताल बाहिर केहि संघसँस्थाका मान्छेहरु बाहेक अरु कोहि थिएनन्। अरु दुइदिन अस्पतालमै राखेर केहि सामाजिक अभियान्तहरुको रोहबरमा पुलिसले सुमनलाई छोड्यो। त्यो रात अबेरसम्म उनीहरु निधाएनन्। 

सुर्यका सुनौला किरणहरुले सुन्दर बुटवल नगरी झलमल्ल देखियो। सडकको दुवैछेउहरुमा झुम्म परेका असोका रुखहरु  लहरै उभिए। सफा अनि फराकिला सडक पेटिहरु। चिल्ला गाडीहरु आफ्नै गतिमा कुदिरहे। न बाटोमा धुलो उडेको छ, न जोड जोडसंग गाडीको हर्नहरु बजेका छन्। ह्विलचियरमा मान्छेहरु निर्धक्कसंग हिडिरहेका छन्। ठुला फराकिला सार्बजनिक बसहरु गुडिरहेका छन्। बसहरु अपाङ्गमैत्री छन्। बस स्टपहरुमा ठिक समयमा बस आउने र जाने क्रम चलिरहेको छ।  

सुमन ह्वीलचियर गुडाउदै आफुले पढेको कलेज बुटवल बहुमुखी क्याम्पस भित्र छिर्यो। ह्विलचियरको लागि रयाम्पहरु बनेका थिए। शौचालयहरु अपाङ्ग मैत्री थियो।  आफुले सुरुवाद गरेको आन्दोलन सफल भएको र भौतिक संरचनाहरुको बिकाश अपाङ्ग मैत्री भनेकोमा ऊ दङ्ग थियो। तिनहु खोलाको किनारामा तलादेखी माथिसम्म सुन्दर पार्क निर्माण गरिएको थियो। नदीको किनारमा राखिएका बेन्चहरुमा जोडी ढुकुर झैँ केटा केटीहरु बसेका थिए। पार्कको तलदेखि माथिसम्म ऊ ह्वीलचियरमै जान सक्थ्यो। अस्पतालहरुको शौचालय देखि, अपरेशन थियटर सबै अपाङ्ग मैत्री भैसकेका थिए। 

मान्छेहरु पनि कति सभ्य र भद्र भएछन। सबैले एक अर्कोलाई सम्मानपुर्बक अभिबादन गर्ने। अपाङ्ग र सपाङ्गमा कुनै भेदभाब थिएन। ऊ खुशीले पुलकित हुदै अटोमेटिक ह्विलचियरमा ट्राफिक चोकतिर हान्नियो। 

अचानक त्यहाँ एउटा भिड जम्मा भयो। उसले हेर्दा हेर्दै त्यो भिड आफूतिर आउदै गरेको देख्यो। त्यो भिडले भनिरहेको थियो 'यो अपराधी हो। आफ्नो स्वार्थको लागि आन्दोलन गर्ने। नचाहिदो काममा राज्यको ढुकुटी सर्बनास पार्ने। पुराना संरचनाहरु ध्वस्त पार्न खोज्ने।' 

'हो म अपराधि हो। अपाङ्गहरु सबै राज्यका अपराधी हुन्। हिटलरले झैँ हामीलाई ग्यास चेम्बरभित्र डडालेर खरानी पारिदेउ। इदी अमिनले झैँ मुटु कलेजो पोलेर खाऊ' ऊ जोडसंग चिच्यायो। 

'के भयो तिमीलाई ? किन एक्लै चिच्याएको ? भन्दै उषा ओक्षानबाट उठी।  सुमनको शरीरबाट पसीना चिट्चिटाएको थियो। उषाले एक गिलास पानी लिएर दिई। पुन: एकपल्ट कोठामा सुन्यता छायो। सुमनकाआँखा सिलिङ्गमा झुन्डिएको पंखामा एकोहोरो ट्वाल्ल परेर रोकिए। सायद उसका सपनाहरुले त्यहि पंखामा झुन्डिएर आत्महत्या गरिसकेका थिए। 









 








 









Monday, January 4, 2021

नयाँ वर्षको सुंदर बिहानी। सुर्यका किरणहरुले लेक ओन्टारियोको विसाल छातीमा चिप्लेटी खेल्दै स्कार्बोरोलाई रंगिन पर्दाले छोपिसकेको थियो। क्रिसमसलाई स्वागत गर्न झरेको हिउँ सबै फर्किसकेको थिएन। बाटोको छेउछाउ तथा पार्कहरुमा अझै साना साना झुण्डमा विभाजित थियो। ब्लू जे र स्नो बन्टिंग म्यापल रुखका नाङ्गा हाँगाहरुमा फुर्र फुर्र तलमाथि गर्दै थिए। नयाँ बिहानीको मनोरम दृश्यलाई आत्मासात गर्ने हेतुले शरीरलाई भारि ज्याकेट र गरुङ्गा जुत्ता बोकाएर म घर बाहिर निस्के। 

बिहानको आँठ बजेर दश मिनेट अघि बढिसकेको थियो। ब्रिम्ले, लरेन्स र डान्फोर्थ भित्रको कम्युनिटीका प्रत्यक गल्लि गल्लि हुदै एक फन्को सर्लक्कै लगाए। बाहिरको तापक्रम प्लस पाँच भन्दा माथि नै थियो। एउटा कुराले मलाई अचम्मित तुल्याइरहेको थियो कि  'नयाँ बर्षको पहिलो घाँमको न्यानो स्पर्स लिन किन कोहिपनि आतुर छैन?" कम्तिमा पनि पचासौ घरहरुको आगनबाटै म हिडेको थिए। समसानघाट जस्तै थियो त्यहाँको बस्ति। 

 अहँ एक जना मान्छे मैले न बाटोमा भेटे न घरको आगनमा। एक दुइ गाडीहरु मात्रै बाटोमा गुडिरहेका थिए। मनमनै सोंचे 'आधुनिक बिकाससंगै मान्छेहरु एउटा बाकसभित्र सिमित बन्दै गैरहेको छ। तिन कोठे घरभित्र सिमित छन् मान्छेहरु।'

त्यसपछि म  ब्रिम्लेको बाटो हुदै ब्लफर पार्कसम्म जादै थिए । ब्रिम्ले र एग्लिंटनको जंक्सनमा केहि ग्रम्पी अनुहारहरु बाटो काट्नको लागि उभिरहेका थिए। गाडीहरु एकोहोरो गतिमा हुत्तिरहेका थिए।  म बाटोको छेवैछेऊ ब्लफर पार्क सम्म पुगे। शरीर तातेर पसिना चिट्चिटाईरहेको थियो। ज्याकेट खोलेर हातमा लिए। समर दिनहरुमा भोरिभराउ हुने ब्लाफ़र पार्क सुन्यप्राय थियो। केहि पानिहाँसहरु  लेकको छेउछाउ चारा टिप्दै थिए भने कतिपय न्यानो घाममा छाती पल्टाएर सुतिरहेका थिए। तर एक जना मानब आकृति त्यहाँ उपस्थित थिएन। 

मोबाइलमा समय हेरे। भर्खर नौ बजेर तिस मिनेट उकालो चढ्दै थियो। मनमनै प्रश्न गरे। किन मान्छेहरु बाहिर निस्कन छोडे ? के आजको मौसम यतिविधि चिसो छ कि मान्छेहरु ओक्षान छोड्नै मानिरहेका छैनन? के मान्छेहरुलाई यसरि हिड्ने फुर्सद नै छैन? के मान्छेहरुलाई प्रकृति प्रिय लाग्न छोड्यो? मनमा अनेकौ कुराहरु खेल्दै थियो। आखिर किन ? किन प्रकृति संग रिसाइरहेको छ मान्छे ?

तलाउको पानिले सुस्तरी सुस्तरी छेउमा लमतन्न पसारिएका ढुङ्गाहरुलै स्पर्स गर्दै थियो। सानो सानो सेतो खरायो कान ठाडा ठाडा पार्दै  मलाई हेरिरहेको थियो। त्यो सुन्दर प्राणीलाई मेरो हेराइले मनमा भय पैदा गर्ने डरले म किनारै किनार उत्तर दक्षिण पट्टिको एउटा छेउमा उभिएको लाइटहाउस तर्फ अघि बढे।

वरिपरिबाट ठुला ठुला ढुङ्गाहरुले पहरा दिएजस्तो देखिने  लाइट हाउसको अलि माथिपट्टी नाङ्गा रुखहरुले लाइटहाउसले  बर्षौ देखि हराइरहेका जहाजहरु कुरेजस्तै जवानी कुरे जस्तै  लाग्थ्यो। 

चुच्चो परेको ढुङ्गामाथि उभिएर यताउति भलाके। पश्चिमदिशाबाट बहदै आएको हावाको लहरसंगै तलाउको पानीले लाइटहाउसको फेदीलाइ छप्ल्याङ्ग छप्ल्याङ्ग हान्दै थियो। त्यहि फेदीमा थियो एउटा मान्छे। ढुङ्गामा बसेर दुवै खुट्टा पानीमा चोबेको थियो उसले।  लामा, मैलो र गुम्रेकोको कपाल काँधदेखि तलसम्म झरेको थियो। शरीरमा मैलो न मैलो खरानी रंगको कपडा लागाएको थियो भने खुट्टा नाङ्गै थिए। लाइहाउस घुम्रेको कपालमा टुप्पीजस्तो केहि रौहरु पिलर संगै जोडिएका थिए। 

डर लाग्यो। त्यो अचल मानब आकृति जिउदो हो कि मुर्दा मैले छुट्याउनै सकिन। धेरै बेरसम्म हेरिरहे। ढुङ्गाबाट ओर्लेर बिस्तारै त्यो मान्छेको दायापट्टीबाट उसको अनुहार हेर्ने कोशिस गरे। ऊ मुर्ति हो कि मान्छे भन्ने भ्रम जाग्यो मनमा। भुइबाट सानो ढुङ्गा तिपेर ट्याप्प हाने। अहँ ! चलेन। हेर्दा हेर्दौ उसका रौहरु सर्पमा परिणत भए।  समुन्द्रको भगवान पोइज्डनसंग सेक्स गरेको हुनाले मेडुसाका रौहरु सर्पमा परिणत भएका थिए। तिनै मेडुसा यहाँ बसेकी रहेछ जस्तो लाग्यो। 

म त्यहाँदेखि कुलेलम ठोके। अलि पर पुगेपछि सम्झे कतै त्यो लाइटहाउस किपर त हैन।  तर किन मुर्ति जस्तो चुप छ?  किन उसका रौहरु सर्प बनिसकेका छन्? मलाइ गिब्रल्टर लाइट हाउसको कथा याद भयो। सन् १८०९ मा बनेको यो लाइट हाउसलाई बेलाबेलामा  जोन पल रेडमुलरको आत्माले भेट्ने किम्बदन्ती छ।  कतै यो पनि भुत त हैन।  आजभोलि यस्ताखाले लाइटहाउसहरु प्रयोग हुदैन।

म सरासर आगाडी बढ्दै गए।  तलाउको एकापट्टीको भागमा सयौ डुङ्गाहरु पानीमाथि रोकेर राखेका थिए।  सबै जसो डुङ्गाहरुको माथि सेतो कभर लगाइएको थियो।  हेर्दा हेर्दै भूकम्पले घरहरु हल्लायजस्तै ति डुङ्गाहरु हल्लिन थाले। म त्यहि रोकियर कतै आफु उभिएको जमिन पनि हल्लिएको छ कि भनेर अनुभब गरे।  हल्लेको थिएन। 
 म झन् दौडिन थाले।  मेरो अगाडी केहि सुन्दर स्त्रीहरु देखिए। सुन्दर तर अनौठा। कम्मर देखि माथि परि जस्तै सुन्दर स्त्रीको सरिर तर कम्मर देखि तल माछाको पुच्छर जोडिएको। 

लाइटहाउस, किपर र ति स्त्रीहरु। एक पछि अर्को गर्दै ति स्त्रीहरुले मेरो बाटो छेके।  म डरले थुरथुर काम्दै जहाँको त्यहि टक्क अडिए। मेरो दायाँ पट्टि बिशाल लेक थियो भने बाँया पट्टि लेकको पानि जमेर बनेको पोखरी थियो।  पोखरीमा सयौ डुङ्गाहरु अनौठो किसिमले हल्लिरहेका थिए।  

"हे निर्लज्ज स्त्रीहरु! के चाहन्छौ तिमीहरु म बाट? को हौ तिमीहरु? "

"हामीहरु यो पानीमा बस्ने तिमिहरुजस्तै मानब हौ।  हामि धेरै सुन्दर भएकै कारणले गर्दा हाम्रो कम्मर देखिको भागमा बारम्बार आक्रमण भएकोले गर्दा हामि धर्तीलाई छोडेर पानिमा बस्न थाल्यौ।  तिमीहरु जस्तै समुन्द्रक राक्षसहरुले पनि नाछोडेकोले गर्दा समुन्द्रकी देबी पोइज्डनसँग बिन्ति गरेर आक्रमण हुने किल्ला बन्द गर्न लगायौ र हाम्रो आधा शरीर माछाको हुन गयो।"

" त्यसोभए तिमीहरु के चाहन्छौ ? किन मेरो बाटो रोकेर बसेका छौ ?

'तर शरीर परिबर्तन गर्दैमा र ठाउँ परिबर्तन गर्दैमा इच्छा चाहना मोर्दो रहेनछ।  त्यसैले तिमीजस्तो सुन्दर युवकलाई एक्लै हिडेको देख्दा मनले मानेन। त्यसैले मनको प्यास मेटाउनको लागि हामि आएका हौ। '

'अचम्म! अचम्म ! घोर अचम्म।  तिमीहरु के सेक्स चाहन्छौ  म बाट? '

'सेक्स।'

अघि भर्खरै तिमीहरु आफैले भनेको हैन सेक्स पाप हो।  त्यसैले तिमीहरुले कम्मर देखि तलको भाग नै परिबर्तन गरेको भनेर।'

' गलत ! तिम्रो बुझाई नै गलत छ युबक।  यहि गलत बुझाईले नै कैयौ स्त्रीहरु तिमीहरुको सिकार बनेका छन्। ' सेक्स बिना पनि हामि प्रेम साट्न सक्छौ। '

मलाई झट्ट सोमदत्त बाहुनको याद आयो।  ति बाजेले सेक्स भनेको बिधिबत ढंगले शरीरलाई तृप्ति नगराई मात्र सन्तान जन्माउने प्रक्रिया भनेका थिए।  कतै तिनै बाहुनको प्रेम तड्पिएका सुम्निमाहरु त होइनन् ? 

मैले उनीहरुलाई बाटो छोड्नको लागि अनुरोध गरे। तर उनीहरुले मेरो अनुरोधलाई टेर पुच्छर लगाएनन। उनिहरुको पछि पछी अलि बृद उमेरकी आधा स्त्री आधा मत्य भएकी महिला आइन।  सारै बृद, रोगि, जिर्ण अबस्थाकी ति आमाको कपाल सेतै फुलेको थियो। 

उमेरको हिसाबले पाकी आमाले पक्कै पनि ति उरेठ्ठेउला केटीहरुलाई सम्झाउलिन भन्ने सोचेको थिए मैले। तर उनीहरुले आमालाई टेर पुच्छर लाएनन। 

पछि कुरा गर्दै जादा पो थाहा भयो तिनीहरु तिनै बुढीका नातिनीहरु रहेछन।  बजैको नाम परेछ मत्ष्यगन्ध।  

मेरो शरिमा काँडा निस्के। ' हैन बज्यै तिमि त गङ्गा नदीमा बस्थ्यौ।  कहिले देखि यता सर्यौ?'

' कहिले भनौ बुढाले सम्पूर्ण ब्रह्माण्डको बभ्रमण गराउछु भनेर हिडाले। धेरै ठाउमा संगै थियौ।  अब के जाति रोग आएको छ मानब जातिमा।  हामि पनि सचेत हुन पर्छ भन्दै एक्ला एक्लै हिड्दै थियौ।  कहाँ छुटे छुटे। '

मलाइ झल्यास्स अघि लाइटहाउसमा देखेको बुढाको याद आयो।  तिनै सान्तनु बाजे हुन् कि क्या हो? हैन के अचम्म हुदै छ।  

मत्श्यगन्धाको शरीर तल देखि माथि सम्म स्त्रीको थियो। तर यी बजै त कुहेको डुंगडुंगी गनाउने माछाको पुच्छर बोकेर पो हिडेकी छन्।  

अनि सान्ता बाजे पत्निसंगको बिछोडले त्यसरी त्यो ढुंगामाथि कहिले देखि बस्दै आएका होलान। म अचम्मित भए। 

' सुन बज्यै , यदि तिमीले मलाइ यी उरेन्ठेउला केटीहरुसंगबाट छुट्कारा दियौ भने मैले तिम्रो बुढा कहाँ छन् बताउने छु। '

उनले एक टकसंग मेरो अनुहारमा हेरिरहिन। तलाउमा हल्लिरहेका डुङ्गाहरु एका एक गर्दै पानी भित्रै अलप भए। एक हुल सेता चराहरु उडेर लाइटहाउस तर्फ गए। 

ति सुन्दर स्त्रीहरु त्यहि उभिईरहेका थिए। बुढिआमा अन्तत उनीहरु तर्फ फर्केर केहि इसारा गरिन। दुबैजना सुन्दरीहरु माछाको पुच्छर हल्लाउदै पानीभित्र छिरे।  

त्यसपछि मत्ष्यगन्ध मेरो पछि लागिन। मैले अघि देखेको मान्छे संग पुर्याइदिए। तिनै रहेछन सान्तनु बाजे। बाजेले इच्छा मृतुको बर पाएकोले गर्दा आफ्नी अर्धांगिनी संग नभेटी नमोर्ने बाचा कसेर बसेका। 

मत्ष्यगन्धले बिस्तारै ति बाजेको टाउकोमा बिस्तारै आफ्नी हात राखिन।  उनको स्पर्सले गर्दा बाजेका आँखा खुले। मैले देखेका सर्पका रौहरु थिएनन्  त्यहाँ। बाजेको शरिर सुकेको थियो। 

तिनै रहेछन्  पातकी बुढा आफ्नी अर्धांगिनी अघि देखेपछि एक्कासी झम्टिन पुगे। 

'हैन तिम्रा साखा सन्तान जति कुरुक्षेत्रमा लढेर मोरे।  अनि तिमीहरु चाहि कसरि यहाँ ? उनीहरुले मेरो कुरा सुनेनन्। एक्कासि एक अर्काको शरीरमा टाँसिन पुगे। 

म  फर्के।  हिड्दा हिड्दै कतै बिजुली चम्के जस्तो भयो। आकासमा ठुलो कालो बादल जम्मा हुदै गयो र केहीबेरमै निस्पट अध्यारो भयो। म म्यापलको रुख समातेर जहाँको त्यहि उभिए। एकपल्ट पृथ्वी  पुरै फनक्क घुमेजस्तो लाग्यो। माछाको पुच्छर भएको स्त्रीहरु  देख्यो भने अलक्षिन हुन्छ भन्ने सुनेको थिए।  हो कि झैँ भयो। भुइमा थचक्क बसे। 

मेरो गोडामा चिसो चिसो फिल भयो। छामी हेरे। चिप्लो चिप्लो बस्तु मेरो काखैमा थियो।

 म  तर्सेर उठे।  कोठा सुनसान थियो।   बिहानको तिन बजिसकेको रहेछ। त्यो डरलाग्दो सपनाले मन अझै थर्थरी काम्दै थियो। 








२. 



बिहान उठेपछि मलाइ सपनामा देखेको त्यो ठाँउ हेर्न मन जाग्यो। म सरासर ब्रिम्लेको बाटो हुदै ब्लफर पार्क पुगे। त्यहाँ कुनै मान्छेहरु थिएनन्। तलाउमा पार्क गरेका मोटर बोटहरु माथि सेतो कभर लगाइएको थियो। तलाउको छेउछाउमा  गिज र मलार्ड जातका ठुला ठुला चराहरु भुइँ खोतल्दै थिए।

म लेकको किनारै किनार लाइट घरतर्फ लागे। सुनसान थियो। एकोहोरो पानीको छप्ल्याङ्ग छप्ल्याङ्ग आवाज मात्र आइरहेको थियो। 
धेरैबेर सम्म त्यहि बसिरहे।  त्यो निर्जीव बस्तु लेकको किनारमा ठिङ्ग उभिएको थियो बुख्याचा झैँ। सयौ पानीजहाजहरुलाई बाटो देखाई दिने यो लाइट घर निरिह बृद मानिस जस्तै मृतुलाई कुरेर बसेको थियो। 

मैले देखेको सपनाको अर्थ खोज्दै थिए म। के अर्थ छ सपनाको ? 

तलाउको बीचमा एउटा पुरानो ढुङ्गा थियो। त्यो ढुङ्गामाथि एकजना बृद मान्छे बसेर ह्यामर ठोक्दै थियो। पुरानो डुङ्गाका  फलेकहरु  ठोक्दै थियो उसले। पातलो च्यातिएको एकसरो टिसर्ट लगाएको, सेतो भुवासितको टोपी लगाएको त्यो मान्छेको देब्रे खुट्टा थिएन। मलाई नजिक आउदै गरेको देखेर उसले सेतो नक्कली खुट्टा जोड्यो। मैले हाँत हल्लाएर सहयोग मागेको इसारा गरे। उसले त्यो काठको डुङ्गा बाट सानो प्लास्टिकको डुङ्गा निकाल्यो र एकदम छिटो किनारामा आयो। 

"गुड मर्निङ्ग जेन्टलम्यान', मैले हात  अगाडी बढाउदै भने। 

ऊ  केही नबोली मलाई तलदेखि  माथि सम्म एकोहोरो हेरिरह्यो। 

'ह्वाट इज योर नेम ?' मैले पुन सोधे। 

'अहब, पिपुल कल मी क्याप्टेन अहब', उसले खिया लागेको दाँत देखाउदै भन्यो। 

उसले यसो  भन्दै गर्दा मेरो आँखा उसकॊ आँखासंग जुधे। अचम्म ! उसको आँखाको नानी भित्र ह्वेल माछा नाचिरहेको थियो। 

'आई नो नाउ, यु आर डिक किलर। '

'नो डिक  इज द किलर। '

'डीड द डिक किल्ड योर डिक। '

'यु आर फन्नी बोय। ' ह्वाई डीड यु कल मि ?'

'तिमीले तिम्रो खुट्टा खाने मोबी डिकलाई पक्कै मारेकै हौ त? कि गफ जोत्यौ ?' 

'मार्न चै मैले नै हो मारेको। तर गफ चै त्यो हर्मन मेलविल्लेले देको हो।'

'अनि त्यो तिम्रो खुट्टा चै के को हो ?'

'यो पनि ह्वेलको हड्डीको हो। ' 

'तिम्रा दाँत पनि ह्वेल, आँखा पनि ह्वेल।  तिमि मान्छे कि माछा? '

एकैछिनमा त्यहाँ अर्को अग्लो न अग्लो मान्छे आएर ठिङ्ग उभियो। शरीर भरि ट्याटु खोपेको मान्छे ट्याटुकै कपडा लगाएको। टाउको भरि ट्याटु खोपेको। हेर्दै खर्लप्पै निल्ला जस्तो। म बुरुक्क उफ्रेर पछि फर्के अनि टाप कसे। 

अलि पर बगरमा एउटो बुढो बुढो मान्छे लढी रहेको थियो। तर उसको आँखामा ज्योति प्रज्योलित बहिरहेको थियो। चाउरिएका अनुहारमा पनि खुसीका धर्सा प्रष्ट देखिन्थे। नजिकै ठुलो डुङ्गा थियो भने डुङ्गामाथि माछाको हड्डीमात्रै। निकै ठुलो माछा हुनुपर्छ भन्ने आँकलन गरे मैले। 

'हैन यस्तो बिधि खुशी किन छ यो मोर्न नसक्या बुडो ? उता एउटाले डिक माछा मैले मारे भन्थ्यो। हैन मार्न चै यी बुढाले मारेकी क्या हो ?'

'यो के को हड्डी हो बाजे  डुङ्गाभरी ?'

'सार्क हाँ हाँ हाँ आई किल्ड हिम्।'

'आर यु सान्टियागो?'

'हैन बुढा ! तिमि चौरासी दिन समुन्द्रमा भोकै कसरि बाच्यौ ?'

'लक्ष अनि तिब्र इक्षा शक्ति। '

'हैन साचिकै यो सार्क तिमीले मारेकै हौ कि गफ जोतेयौ ?'

'मार्न चै मैले मारेको हो गफ चै हेमिङ्गवेले देको।'

'हेमिङ्गवेले त क्युबातिरको गफ जोतेका थिए।  तिमि त यतातिर पो लढ़ीराछौ। 



























Saturday, January 2, 2021

Year End Diary of 2021

 The year 2020 ended with more fear and little hope. Novel coronavirus ( covid-19) shook the world and created havoc in the healthcare system. Covid -19 first started in December 2019. But it was declared as a pandemic in March 2020. Since then life was lived under constant fear and uncertainty. 

As we've just moved to a new place, we had to do a lot of things to shape our career. I had started a new job, Sharda was under employment insurance. Kids were in school and everything was just new for us. It was just a beginning

When pandemic hit the world so brutally, it shocked us like it already did to millions of people all around the world. I also stayed home quitting the job due to pandemics. I can say due to the fear of pandemic. 

As I moved from Alberta to Toronto, I had a plan to start a new business in the restaurant field with a partner. First of all, I and Raghu Nath Dhakal met Sitaram dai and discussed how to start a new restaurant. He encouraged us with the motivational approach. He was also ready to work as a partner. 

Then we started to look after the business to buy. But it wasn't that easy to find the location and the good business to take over. On the other hand, Sitaram dai wasn't much interested in looking for the business. It was a mixed experience for all of us. 

In January, I met with another friend Ishhor, who was had been working as  a chef in one of the Indian restaurants. After a short meeting at Tim-Hortons, we agreed to search a restaurant. We found one in Danforth road. The location was great, but it has to be improved for the better business. The renovation cost would be higher. We talked with Hari KC who was also interested in opening his own business. He was my college friend. 

Then we all three partners were ready to work on the mission. We talked to a Nepali lawyer whose office was in Scarborough. We registered a company named 'Fishtail Investors Inc.' 

We also put offer for the restaurant. As we estimated the total cost of renovation and running the business, it would jump over 150k. Then we changed our mind and withdrew the offer. After that we were looking for other restaurants. Before we materialize our plan, the pandemic hit the world. Covid- 19 pushed the restaurants into lockdown. The restaurants only started delivery and take outs. We stopped venturing further. But later Ishor bought a restaurant with another partner is running.

It was a complete chaos when hopelessness and fear triggered.

I took off from the job for three months. During those three months, I continued writing articles in the blog. I was still suffering from insomnia. I practiced yoga and some other breathing exercises. More then anything else my obsession with writing relieved little bit. After three months I returned to the job. Worked for another two months. Anita started school and also my kids started the online class. When the work was slow, the owner decided to cut the business. I asked for laid off. 

Then I only worked in the weekend. I applied for regular EI as well. 

I read books, but most of them I finished half. 'The Tibetan Book of Living and Dying' , 'The Emotional Freedom', 'The Magnificent Mind' were the most powerful book I've read. The Magnificent  Mind' actually helped me to understand my mind and the problem I was facing. After reading this book, I really improved my sleeping habit and thinking pattern. 

I've also read Nepali books 'Yogmaya' and  'Dropadi'. Both of them were written on the theme of female characters. This year,  I listened many Nepalis novel including BP Koirala's 'Sumnimaa'. I watched 'Dharmakshatra series in Netflix which broadened my knowledge on the Mahabharata. 

In 2020 I focused on my writing and publishing the articles in different digital medias. I published a dozens of stories in Setopati.com , Nepaltouch.com, Samundrapari.com , Gaausahar.com and Saahityasangrahalaya.com. It was a wonderful experience with writing which really healed my stress and anxiety. 

With the discovery of vaccine to combat with corona virus, 2021 started with new hope and excitement. However a recent development of new string of virus and it's fast spreading  nature, Ontario and other parts of the country is still facing the dilemma of life and death. 

Hope is the only support to walk further. And we are doing our best to keep hope with us.