Sunday, September 27, 2020

आमा

एकमाना घिऊ

एक पोका गुन्द्रुक

एक पोका मुलाको चाना

एउटा पुन्तुरोमा मसुरो

झोलामा अटि नअटी  

ठेली ठेली हालिदिएर 

निधारभरी रातो टिका 

गहभरि आशु लिएर 

दिएको तिम्रो आशिर्बाद 

बिश्वबिध्यालयका भित्ता भित्तामा 

ठोक्किदै 

सडक सडक भौतारिदै 

सयौ कोष टाढासम्म पच्छाइरहेछ

त्यसैले त मैले खाने हरेक भान्सामा 

अलिकति अमिलो 

अलिकति चिल्लो 

अलिकति पिरो मिसियको हुन्छ 

म हिड्दै गरेका बाटाहरु

तिम्रै आशिर्बादले मार्गनिर्देश गरेको हुन्छ 

दिनभरको थकान 

तिम्रो सम्झनाले लाब्जित हुन्छ 

मेरा हरेक सपनाहरुमा 

मेरा हरेक उपलब्धिहरुमा 

तिम्रो अंश लुकेको हुन्छ

त्यसैले त म शिर ठाडो गरेर हिड्न सकेको छु 

छाती ठोकेर बोल्न सकेको छु 

किनकि तिम्रो आशिर्बात मेरो शिरमा छ 

आमा 

तिम्रो रगत मेरो नसा नसामा छ। 




Saturday, September 26, 2020

रहरको प्रतियोगिता

जो संग जे छ त्यहि देखाए 

जहाँ सबैले हेर्छन त्यहि देखाए

जहाँ आफ्नो पहुच छ त्यही देखाए 

कसैले खोलेर देखाए 

कसैले ढाकेर देखाए

कसैले उफ्रेर देखाए 

जसरि देखाए  पनि के भो र ?

आफुसंग जे छ त्यहि देखाए। 


मोडेल हुने रहर भएकाहरुले 

फेसबुकमा फोटा टाँसेर देखाए 

गायक हुने रहर भएकाहरुले 

करोके र स्मुलेमा लेग्रो तानेर  देखाए 

गाउने, नाच्ने र एक्टिंग गर्ने रहर भएकाहरुले 

टिकटकमा खिचडी बनाएर देखाए 

आखिर रहरै त हो सबैको 

त्यहि रहर पुरा गरेरै  देखाए। 


नेताले सयकडौ जनताको अगाडी 

बकम्फुसे गफ दिन हुने 

पत्रकारले पत्रिका, टि भी र  यू ट्युबमा 

जे मन लाग्यो त्यहि लेख्न र बोल्न हुने 

नायक र नायिकाले

 लिपसिन र बेडसिन दिन हुने 

गायक र गायिकाहरुले दोहोरिमा 

छाडाको पनि महाँ छाडा टुक्का हाल्न हुने 

सर्बसाघारण जनताले आफ्नो रहर पुरा गर्न नहुने ?


त्यसैले त आजकल चलेको छ 

अनेकथरिका प्रतियोगिता

रातो साडी  र गहनाको प्रतियोगिता 

जोडी, बुडी र भुडिको  प्रतियोगिता 

बाटो देखि बाथरुम सम्मको लाइभ प्रतियोगिता 

फुलेका दाड़ी र खुइलियएका तालुको प्रतियोगिता 

राम्रा, बलिया र अब्बल प्रतियोगिता 

नाङ्गा, बाङ्गा र लफङ्गाहरुको प्रतियोगिता 

केवल आफ्ना आफ्ना रहरहरुको प्रतियोगिता। 





Saturday, September 19, 2020

योगमाया

 योगमाया 

इतिहासको गर्बमा लुकेको व्यक्तित्वमाथि अनुसन्धान गरेर एउटा पुस्तक लेख्नु चानचुने कुरा हुदै होइन। त्यसमाथि पनि फरक भूगोल र बस्तुस्थितिलाई हुबहु उतार्नु  अनि सयौ बर्ष पहिलेको समाजलाइ चित्रण गर्नु कुनैपनि लेखकको लागि चुनौती पनि हो। त्यसको लागि थुप्रै खोज अनुसन्धान गर्नु पर्ने हुन्छ। 

योगमाया एक एइतिहासिक पात्र हुन् जसले बाल बिबाह, बाल बिधुवा, सति प्रथा, छुवाछुत, कमारा कमारी जस्ता थुप्रै कुप्रथाको विरुद्ध जिन्दगिभर  संघर्ष गरिन। राणा शाशनको बिरुद्धको आन्दोलनकै क्रममा  कैयौ पल्ट जेल जिबन पनि बिताइन। र अन्त्यमा अरुण नदीमा जलसमाधि गरिन। उनीसंगै सत्तरी भन्दा बढी उनका अनुयायीहरुले पनि अरुण नदीमा हाम फालेर मृतुबरण गरेका थिए। उनको बाल्य अबस्थादेखी बृदा अवस्था सम्मको सम्पूर्ण नालीबेली उतारेकी छन् लेखक निलम  कार्की निहारिकाले योगमायामा। 

'सानुमाया', 'ठुलीमाया' को नामले चिनिन्छिन योगमाया यो किताबमा। नाबालक अवस्थामा न्यौपाने थरको केटासंग बिबाह बन्धनमा बाधिएकी सानुमायाले एक रात घरबाट भाग्छिन। जंगलको बाटो माइतिघरतिर हिड्दै गर्दा बाटो बिराएर तिन दिनका दिन जन्मघरमा पुग्छे। समाजको डरले गर्दा उसको बाबाले उसलाई उल्टै गालि गरेर अर्को दिन घरमा पुर्याइदिने कुरा गर्छ। बिहे गरेर गैसकेको छोरीले घरवालाको अनुमतिबिना माइत आउन पाइदैन। यसरि भागेको खण्डमा घरवालाले पुन घरमा पस्न नदिने कुरो चलन हुन्छ समाजमा।  त्यसैको डर हुन्छ सानुमायाको बाबालाई। नभन्दै घरवालाले सानुमायालाई पुन नभित्र्याउने भन्दै नानाथरी आरोप लगाउछन। त्यसपछि सानुमाया गाउकै एक जनासंग आसाम जान्छे। उसैसंग बिहे गरेर एउटा सन्तानको जन्म पनि दिन्छे। तर उनको लोग्नेको अकालमै मृतु हुन्छ। पछी उनले तेस्रो बिबाह गर्छिन।  तेस्रो लोग्नेको मृतु भएपछी उनको भाइसँग नेपाल फर्किन्छे।  

नेपाल फर्के पनि समाजमा कुरीति, कुसंस्कार  जिउ का तिउ हुन्छन।   धेरैले उनलाई नराम्रो दृष्टिकोणले हेर्छन। स्वर्गाद्वारीको तिर्थबाट फर्केपछि उनि पटक पटक निराहार महिनौ दिनसम्म पनि तपस्या गर्छिन। उनका अनुयाइहरु बढ्दै जान्छन। उनले समाजमा चल्दै आएको कुरितिहरुको बिरुद्ध आवाज उठाउछिन। बाल बिधुवाहरुले अर्को बिबाह  गर्न पाउनुपर्छ भनेर जनचेतना फैलाउने काम गर्छिन।  जातभातको नाममा चल्दै आएको छुवाछुत प्रथा, सति प्रथा, कमारा कमारी , महिलाको विरुद्ध हुने भेदभाबको बिरुद्धमा लगातार आन्दोलन गर्छिन। धर्म राज्यको माग गर्दै अग्नि दाह गर्न होम खाडीहरु तयार गर्दै गरेको अवस्थामा श्री ३ का सिपाइहरुले जेल हाल्छन। तरपनि सानुमाया कहिले पनि हार मान्दिनन र निरन्तर सरकारमा धर्म राज्यको माग गर्दै बिन्ति पत्र पठाऊछिन। तर सरकार भने झन् झन् निरङ्कुश हुदै जान्छ।  सुक्रराज सास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ लगाएतका मान्छेहरुको हत्या गर्छ।  

जब राणा सरकारले जनताको कुरा नसुनेर हत्या हिँसा बढाउदै जान्छ सानुमायाले सरकारलाई नैतिक दबाब दिनको लागि धर्मराज्यको माग गर्दै जलसमाधि गर्ने निधो गर्छिन। उनले अरुण नदीमा जलसमाधि गर्ने भएपछी उनका अनुयाईहरु लगाएत सत्तरी भन्दा बढी व्यक्तिहरुले अरुण नदीमाथि हाम फालेर सामुहिक देह त्याग गर्छन।  

योगमाया राणाकालीन समाजको दर्पण हो, आवाजबिहिनहरुको आवाज हो, इतिहासको उत्खनन हो।  भाषाशिल्प, लेखनशैलीका हिसाबले पनि किताब पठनीय छ।  


Sunday, September 13, 2020

BUDDHA IN A BUSINESS SUIT BY JOHANNNES LINSTEAD

 This is an amazing book to create a positive energy in everybody. It basically talks about how can we change out mindset to change the negative into positive. We can create the positive environment wherever we are in home or, office. This is all our mindset that makes us happy all the time or, make us grumpy. Negative thoughts produce the chemicals which is harmful not only our relationship with family, friends and clients, but also makes us ill. If we start a day right, we can go along the fulfilling moments. 

The author of the book also talks about the 'Good Karma' means good deeds and its results. If our karma is negative obsessed with greed and ego, it will slap us back in the future causing more harm. If we yell at anyone, he/she  surely yells at us back one hundred percent. It could be louder than yours or, silent. To create a positive environment, the author also mentions how and what type of objects we can place in our office or, home such as stones, crystal and plants. He says the moonstone is good to keep our emotion balanced while working with customers based on the communication.  Clear Quartz near the computer table is always good to offset the electromagnetic field. 

This book also gives some tips how to keep the good posture for positive energy flow in our body and mind. Self control is very very important to harness the joy in our life. As a human nature, we all want more than what we have or, what we've achieved. Even if we are number one, we are not contained. We want more which ultimately leads to the path of STRESS AND UNHAPPINESS. 

'Honesty' is one of the most important traits to harness happiness and balance in our daily lives. Treachery makes us unhappy masking the true nature of human soul. If we have no honesty on the work we do, with the family we live and the plan we set for the future, it deposits as a bad karma. It ruins our happiness and harvest the insecurity for the future. 

'Giving' can make us happy than keeping or hoarding the money we have. Give what you have no matter either  it is love, compassion or, an advice. If have enough money, you can donate to the humanitarian organizations that they actually work for the real people. Know where is is money going. There are more then 75% of people who strip you down with the logo. Don't let them fool you. Open your heart with radiant of love in your face. This act can change the life of so many people. 

'Respect to others' is another mantra to be happy. We all want to be respected no matter how worthy we are for it in the eyes of others. Society has created certain guidelines of respect on the basis of wealth, popularity and rank. However, as a human we all deserve respect no matter we work as dishwasher, cleaner or groomer. If we want respect from the employee, we have to show respect to them. Likewise, if we love, care and be responsive to our children, we will be paid back a huge respect from them over lifetime. 

We should not pay attention at others fault or the mistakes. We can be always mindful what we have done good for the people around us. Picking others fault does not make us a great person. Do you self analysis. look into the consciousnesses behind your actions and decide if your actions are wise, kind healthy and lead TO POSITIVE OUTCOMES. 

'Work Ethics' is another tool to be contained and successful. There are so many people who are cunning. They rip the pockets of their clients to make money. They choose the short cuts for the success. There is no short cuts in business. Treachery and deceit will always ruins the reputation of the company and in a long run can damage the business and personal life. Be transparent like a mirror with your clients, family and other social circle. Be trustworthy. 

Success versus failure. Many people define success as having more money in their bank accounts. However success is always subjective. For me success is to be happy and healthy. But it is controversial in reality. Without money we can not meet our needs, we can not offer for the goods we need, or luxury we always want. But having all the stuff we want dose not necessarily mean the happiness we harvest. We have to be contained what we have like how we see the half glass of water as half empty or half full. There are always silver lines in the cloud. 

And finally he has given some tips how to meditate and manifest success. He prefers Vivasena meditation technique to achieve success in our personal as well as business life.  


Saturday, September 5, 2020

A Stranger

 When you walk down the road every night

Casting a shadow on my front yard

I raised from my couch with a high sense

To see the magic in the air 

I smell Jasmin all over my place

I have no name for you

I have no reason to call you 

But I behold  until you disappear in the vicinity

You come back in my dream late at night

A friendly, loving and cute stranger

I have no words to say

I have no will to let you be away