यो काम गर्ने बेला हो, भाषण गर्ने बेला होइन महाराज
हालसम्म नेपालमा कोरोनाबाट सातहजार भन्दा बढी मान्छेहरुको ज्यान गैसकेको छ। सक्रिय संक्रमितहरुको संख्या पाँच लाख नाघीसकेको छ। यसरी विश्वमै जनसंख्याको आधारमा संक्रमण दर उच्च रहेको देखीएको छ। यसको प्रमुख कारण हाम्रो समाजमा रहेको अन्धविश्वास, यो भन्दा धेरै बर्ष अगाडी विश्वमा फैलियको माहामारीको बारेमा जानकारी कम हुनु वा धेरैलाई थाहा नहुनु, राज्यले आफ्नो उत्तरदाइत्व बहन गर्न नसक्नु र आम जनमानसमा बेसार पानीले कोरोना निको हुन्छ भन्ने भ्रम पर्नु देखिन्छ। जसरि पहिलो चरणको महामारीमा राज्यले तदारुक्ताका साथ् कोरोना रोकथाम तथा न्युनिकरणमा आफ्नो कार्यकौसलता थोरै भएपनि देखाएको थियो त्यसले निरन्तरता पाउन सकेन। राज्यले दोश्रो लहरको खतरा महशुस गर्न सकेन। फलस्वरूप जुन गतिमा पूर्व तयारीहरु हुनु पर्ने हो त्यो हुन सकेन।
कार्ल माक्सले धर्मलाई अफिमसंग तुलना गरेका छन् । सुन्दा कसैलाई नराम्रो लाग्न सक्ला किनभने कसैको लागि धर्म जिबन हो। बास्तबमा भन्ने हो भने धर्म त केवल एक सुन्दर परिकल्पना मात्र हो। धर्म किन परिकल्पना हो ? किन बास्तबिक होइन भन्ने कुरामा धेरै तर्कहरु आउन सक्छन। ठुला ठुला रिसर्च होलान्। आखिर तिनीहरु पनि केवल तर्कको लागि अन्य तर्कहरुको परिकल्पना गर्नु वा अर्थहीन तथ्यलाई पुन खोतलेर नयाँ सत्य कायम गर्नु मात्र हुनेछ। आज विश्वमा लगभग दशहजार भन्दा बढी फरक फरक धर्म स्थापित भएको तथ्यले देखाउछ। करिब ८४ प्रतिशत विश्वको जनसंख्या हिन्दु, क्रिश्चियन, इस्लाम, बुद्दधर्म र यिनीहरुको हाँगा बिङ्गामा विभाजित भएको मानिन्छ।
चाँहे जुनसुकै धर्म किन नहोस् जैन, बौद्ध, हिन्दु, मुस्लिम, क्रिश्चियन सबैले आआफ्नै तौर तरिकाले व्याख्या विश्लेषण गर्नुका साथै सुन्दर परिकल्पना गरेका छन्। खयर जे होस् धर्म भनेको मान्छेलाई अनुसासनमा बाँधी राख्नको लागी बनाइएको एउटा सामाजिक कानुन जस्तै एक नैतिक कानुन हो। आदिम कालमा नराम्रो काम गर्नेहरुको लागि सजाय दिने कुनै पनि लिखित बिधान थिएन। मान्छेहरुले धर्मलाई आधार बनाएर काल्पनिक स्वर्ग र नर्कको परिकल्पना गरे। नराम्रो काम गर्नेहरुका लागि नर्क अर्थात् हेल र राम्रो काम गर्नेहरुका लागि स्वर्ग अर्थात् हेभनको निर्माण गरे। न आजसम्म कसैले नर्कको अनुभब गरेको छ न स्वर्गको नै।
मैले यो बिषयलाई किन यहाँ जोडेको हुँ भने हालै छिमेकी मुलुक भारतमा हिन्दुहरुको अति प्रशिद्द कुम्भ मेलामा करोडौको संख्यामा मान्छेहरु भेला भए। हजारौ मान्छेहरु बिदेशबाट समेत आएर गंगा नदीमा स्नान गरे। धर्मको आडमा धेरैले तर्क गरे ,' गङ्गा नदीको बहाब संगै कोरोनाको परलय हुन्छ। भक्तहरुलाई कोरोनाले छुदैन। कतिपयले के सम्म बिश्वास गरे भने यदि कसैको शरीरमा कोरोना भाईरसको प्रबेस भैसकेको छ भने पनि गङ्गा नदीमा स्नान गर्नाले शरीरमा भएको कोरोना भाइरस स्वतः हराउने छ।
तर यसको परिणाम ठिक उल्टो भयो। भारतमा देखिएको कोरोनाको दोस्रो लहरमा संक्रमितहरु ८० प्रतिसत भन्दा बढी कुम्भ मेलासंग सम्बन्धित देखिए। त्यहाँ जम्मा भएका लाखौ करोडौ तिर्थयात्रीहरु कोरोना भाइरसको लागि हटस्पट बने। जसको कारणले गर्दा अहिले सम्म तिन लाख भन्दा बढी मान्छेहरुको ज्यान गैसकेको छ।
भारतमा हुने हरेक धार्मिक गतिविधिहरुबाट नेपाल अछुतो रहन सक्दैन। नेपालका विभिन्न धार्मिक स्थलहरुमा सबैभन्दा धेरै मान्छेहरु भारतबाटै आएका हुन्छन। रुपन्देही, नेपालगन्ज, दाङ्ग लगाएतका ठाउहरुमा अधिकांस बिरामीहरु भारतको कुम्भमेलाबाट फर्केका वा कुनै कुनै रुपमा उनीहरुको सम्पर्कमा रहेका मानिएको छ। सिमानाबाट प्रबेस गरेसंगै नेपालमा यात्रा गर्दा, होटेलमा बस्दा, मन्दिरहरुमा लाइन लाग्दा कतिजनासंग सम्पर्क भएको हुन्छ। त्यसको पिछा गर्ने कुनै भरपर्दो माध्यम हामीसंग छैन। जसले गर्दा नेपालमा कोरोनाको माहामारी भुसको आगो झैँ सल्किदै गयो र अहिले बनको डढेलो झैँ देशैभरि फैलिएको छ। अझैपनि मान्छेहरु मन्दिरमा भेला हुन छोडेका छैनन।
जब जब ससारमा ठुला ठुला बिपधहरु आइपर्छ, महामारीले मान्छेहरुको ठुलो संख्यामा मृतु हुन्छ। त्यसपछि मान्छेहरुमा एकखालको नैराश्यता देखा पर्दछ। यसैको फाइदा उठाएर धर्मभिरुहरुले भ्रमको खेति सुरु गर्छन।
सन् १९१३ मा भयानक महामारी, जसलाई बुबोनिक प्लेग भनेर पढिन्छ, पश्च्यात चर्चका पादरीहरुले रोमन क्याथोलिक धर्मवलम्बीहरुलाई 'यो संसारिक जिबन झुट्टा हो। यो क्षणिक छ। मृतु सत्य हो। मृतु पश्यात स्वर्गमा बास प्राप्तिको लागि आफुसंग भएको सम्पूर्ण सम्पति चर्चको जिम्मा लगानु पर्छ भनेर उर्दी जारि गरे। त्यो बेला चर्चहरुनै राज्यको सर्बेसर्बा थिए। जनताहरुले आफुसंग भएको सबै कर र चन्दाको रुपमा चर्चलाई सुम्पे। जब बिस्तारै मान्छेहरु शिक्षित हुदै गए। चर्चका पादरिहरुको कर्तुत थाहा भयो। उनीहरुले भ्रष्ट पादरीको बिरुद्ध आन्दोलन गरे। पछि क्रिस्चियन धर्म दुइ हाँगामा विभाजित हुन पुग्यो; प्रोटेस्टेन्ट र क्याथोलिक।
धर्म बिश्वास हो। देउरालीको ढुङ्गालाई देउता मानेर फुल चढाए देउता भयो। ढुङ्गो नै ठानेर त्यसैमा सुसु गरे ढुङ्गा नै भयो। यो एउटा मान्छेले बनाएको संरचना हो। हाम्रो समाज, परिबार, संस्कार सबै यसैमा आधारित छ। यसले सबैलाई एक सुत्रमा बाधेको छ। धर्ममा टेकेर नामकरण देखि मृतु संस्कार सम्म एउटै धागोमा उनिएको छ। यदि हामि धर्मको नाममा अन्ध विश्वासलाई प्रसय दियौ भने यसको जगमा अडिएको हाम्रो समाज, संस्कार सबै भत्किदै जान्छ।
अहिलेको यो परिस्थितिमा सबैभन्दा ठुलो धर्म भनेकै मानब धर्म हो। यदि हाम्रो कारणले गर्दा कसैको ज्यान बच्न सक्छ, कोहि अकालमा मृतुबरण गर्न बाट जोगिन्छ भने त्यो भन्दा ठुलो मानब धर्म केहि हुदैन। यदि ति लाखौ करोडौको संख्यामा गङ्गा नदीको तटमा भेला भएकाहरुले आफ्नो आफ्नो घरमा बसेर संयमता अपनाइदिएको भए दैनिक हजारौको संख्यामा मान्छेहरुले ज्यान गुमाउन पर्दैनथ्यो। बगरका माछा छट्पटाय झैँ अस्पतालका ढोकाहरुमा मान्छे छट्पटाउनु पर्दैनथ्यो। दिनभर मजदुरी गरेर ज्यान पाल्ने एउटा गरिब मजदुर आज बन्दको कारणले भोकभोकै ढल्नु पर्दैनथ्यो। मन्दिरमा चढाउने वा चर्चमा दान गर्ने पैसाले अक्सिजनको सिलिन्डर किन्ने हो भने सयौ मान्छेहरुको ज्यान बच्न सक्छ। पशुपतिमा चढाउने भेटिले कसैको गास जुट्न सक्छ।
अझैपनि हाम्रा कतिपय संकारहरु सधैको लागि परिबर्तन गर्नु पर्ने देखिन्छ। जनसंख्याको बढ्दो क्रम संगै अब्यबस्थित शहरीकरणको कारणले गर्दा मान्छेहरुको झुण्ड अरिंगालको गोला झैँ एकै ठाँउ केन्द्रित भैरहेको छ। मनोरन्जनको लागि बनाइएका ठुला ठुला रंगशालाहरु, सिनेमाघर, क्लब, बार जस्ता मान्छेहरुको भिडभाड हुने ठाँउहरुले यस्ताखाले महामारिहरु सजिलै फैलिनको लागि मद्दत गरिरहेको हुन्छ। मान्छेहरु बिबाह ब्रतबन्ध जस्ता कार्यक्रमहरुमा आफन्तहरु भेला गर्ने चलन अझै जस्ताको तस्तै छ। बाग्लुङ्ग जिल्लाको जलजला गाँउको एउटा परिबारका तीनजना सदश्यहरुले भर्खरै कोरोनाकै कारणले ज्यान गुमाउनु पर्यो। उनीहरु बिबाहको समारोहमा एकैठाउमा भेला भएको भनिएको छ। त्यस्तै देशको अन्यत्र ठाँउहरुबाट पनि यस्ता खाले समाचारहरु आइरहेका छन्। किन अझैपनि मान्छेहरु सचेत हुन सकिरहेका छैनन्। यसको लागि जतिपनि मान्छेहरु आजको दिनसम्म कोरोनासँग जुधेर बाघको मुखबाट उम्के जसरी बाचेर घर फर्किनुभएकोछ उहाँहरुले एउटा जबर्जस्त जनचेतना मुलक भर्चुअल कार्यक्रमहरु गर्नु पर्ने देखिन्छ।
अझैपनि आम जनमानसमा महामारीको बारेमा राम्रो जानाकारी नभैसकेको अवस्था छ। सन् १३४६ देखि १३५३ सम्म झन्डै सात बर्षसम्म युरोपमा फैलिएको ब्ल्याक डेथ नामक महामारीबाट झन्डै २००,०००,००० (सम्पूर्ण जनसंख्याको एक तिहाई ) जति मान्छेहरुको मृतु भएको थियो। त्यतिबेला विश्वमा आजको जस्तो आवत जावत हुदैनथ्यो। सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुले विश्वमा झन्डै ५०,०००,००० मान्छेहरुको मृतु भएको थियो। यो उत्तर अमेरिकामा सबभन्दा पहिले देखिएता पनि यसको ठुलो असर दक्षिण एशियामा परेको थियो। लगभग कुल मृतकहरुको संख्यामा आधाजति दक्षिण एशियाबाट मरेको पाइन्छ।
प्रथम विश्व युद्ध सकिय लगतै फैलिएको यो महामारी भारतमा पनि चौतर्फी फैलिएको थियो। युद्धबाट फर्केर आएका ब्रिटिश आर्मी (ति मध्य कतिपय गोर्खा आर्मी ) ले भारतको बम्बईमा सबभन्दा पहिले सारेको पाइन्छ। रेल्वे नेटवर्क मार्फत भारतको विभिन्न ठाउहरुमा फैलिएको थियो। माहात्मा गान्धी समेत त्यसको संक्रमणमा परेको भनिन्छ। बिश देखि चालिस बर्ष समुहलाई बढी प्रभावित पारेको मानिन्छ। करिब पन्द्र हजार गोर्खा आर्मीले प्रथम विश्व युद्ध लढेका थिए भने कतिपय स्पेनिस फ्लुको कारणले मरेको पाइन्छ। तर यसको असर नेपालमा कति पर्यो भन्ने कुनै आधिकारिक तथ्य छैन। यी बाहेक अन्य थुप्रि माहामारी बिश्वभरि फैलिदै आएको छ। हिजोका दिनमा मान्छेहरु सहजै एक ठाँउबाट अर्को ठाँउमा जान सक्दैनथ्यो। जसले गर्दा महामारीले विश्वको एउटा भागमा धेरै र अर्को भागमा थोरै अशर पारेको देखिन्छ।
तर आजको अवस्था भिन्न छ। संसार एउटा सिङ्गो गाँउमा परिणत भैसकेको छ। सडकहरुमा झैँ आकाशमा ट्राफिक जाम हुने स्थिति छ। दिनदिनैजसो मान्छेहरु एक देशबाट अर्को देशमा आइजाई गर्ने गर्छन। यसले गर्दा पनि कोभित -१९ को असर विश्वब्यापी बनेको छ। यसलाई कुनै राज्यहरुले बेलामै लगाम लगाउन सफल भएका छन् भने कुनै देशहरु यसमा नराम्रोसंग चुकेका छन्। सुरुवाती दिनमा चीनको वुहान प्रान्तमा यसले ठुलो असर पारे पनि पछि चीनले प्रभावकारी नियन्त्रण लिन सफल भएको छ। अमेरिका, इटाली, ब्राजिल जस्ता मुलुकहरु कोरोनाको पहिलो चरणमा नराम्रोसंग हार भए। लाखौको संख्यामा मान्छेहरुले ज्यान गुमाउनु पर्यो। दोश्रो लहर आएसंगै भारतले सबैलाई उछिन्यो। पहिलो चरणको महामारीलाई काबुमा राख्न सफल नेपाल दोश्रो लहरसंगै विश्वमै सक्रमण डर उच्च हुने मुलुकमा नाम दर्ता गर्यो। आइसल्याण्ड, सेनेगल, साउदी अरब लगाएतका मुलुकहरु कोरोनालाई काबुमा राख्न सजिलै सफल भए।
राज्यको प्रमुख दाईत्व जनताको जिउधनको सुरक्षा गर्नु हो। संसदीय राज्यप्रणालीमा दलहरुबीच खिचातानी हुनु कुनै नौलो कुरा होइन। तर देशको बर्तमान स्थितिमा कुर्ची कै लागि साँडेको जुधाई गर्नु अपराध हो। यसको जति नै आलोचना गरेपनि कम हुन्छ। दुईतिहाइको सरकारले चाहेको खण्डमा महामारी नियन्त्रणको प्रसस्त कामहरु गर्न सक्थ्यो। चिनले झैँ रातारात अस्पताल बनाउन पर्ने थिएन। प्रसस्त समय थियो। तर प्रधानमन्त्रि जस्तो जिम्मेबार ब्याक्तिले कहिले 'बेसार पानिले कोरोना भाइरस भाग्छ' भन्नु त कहिले 'नेपालीहरुको रोग प्रतिरोधात्मक शक्ति बलियो छ भन्ठानेको थिए ' भनेर हल्का टिप्पणी गर्नु हाम्रो लागि दुर्भाग्य हो। सरकारको लाहप्रबाही, गैरजिम्मेवारीपना, कुर्चीको लागि दिनदिनैको कोकोहोलोले गर्दा सामान्य अक्सिजन समयमा पाएको खण्डमा बाच्न्ने सयौ होनाहार नागरिकहरुको मृतु भैरहेको छ। आफ्नो देशप्रति गर्भ गर्ने बेलामा 'कस्तो देशमा जन्म लिन पुगेछु' भनेर लाखौ नागरिकहरुले सरापी रहेका छन्। 'हगिसक्यो, दैलो देख्यो' भनेझै सस्तो लोकप्रियताको लागी बजेटमा पैसा छुट्टाउदैमा केहि हुनेवाला छैन। यो काम गर्ने बेला हो, भाषण गर्ने बेला होइन। दलहरु मिलेर देश बचाउने बेला हो, सडकमा जनता मरेको देख्दा देख्दै बहुला कुकुर झैँ आपसमा भिड्ने बेला पक्कै हैन।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home