Monday, July 24, 2023

टोरोन्टोमा नेपालि मेला


हिमालय मेलाले नेपालि कला संस्कृतिलाई बिदेशी भूमिमा चिनाउने 


"क्यान आइ ह्याब अ कफी?,"  एडमन्टन डाउनटाउनको एउटा टिमहर्टन  काउन्टरमा उभिएर मैले भने। 

अर्डर लिने गोरी केटीले  अल्मलिय झैँ गरेर मलाई हेरी। म पनि केहि नबोली उसलाई हेरिरहे। 

"ह्विच कफी डु यु वान्ट ?", उसले अलिक असहज पाराले सोझी। 

" रेडिमेट कफी ", मैले तत्कालै भने। उसको अनुहारमा पुन: अल्मलिएको भाब देखियो।  

"वि ह्याब रेगुलर, डबल डबल, ट्रिपल ट्रिपल, डार्क रोस्ट' क्यापचिनो ...। ह्विच वन यु वान्ट? उसले मेरो अनुहारमा कम र कम्प्युटरको स्क्रिनमा अलि ज्यादा हेर्दै सोधी। उसले भनेको नाम समेत भन्न आउदैनथ्यो मलाई। किन पसेछु लाइनमा भन्ने भयो। मेरो पछाडी लाइनमा  थुप्रै पसीसकेका थिए।  ति सबैले मलाई नै हेरे जस्तो लाग्यो। 

"रेडिमेट कफी ", मैले पुन त्यहि भने। कालो चिया, कागती हालेको चिया, दुध हालेको चिया, रेडिमेट चिया, मसला चिया भनेर अर्डर गर्ने बानि लागिको, त्यो भन्दा फरक  नाम होला भन्ने मैले सोचेकै थिइन। 

'मिडियम, लार्ज, स्माल, ह्विच साइज ?', फेरी सोधी।  मैले केहि मेसो पाएको भाँ मरिजाम। यो त जागिरको लागि इन्टरभिउ दिनु भन्दा कडा पर्यो। 

मैले त्यतिकै भने, " मिडियम।  बिल तिरेपछि उसले अर्को पट्टि गएर उभिन भनी।  म पनि त्यसैतिर लागे। त्यहाँ एकजना युरोपियन मुलको गोरे दाई पहिलेदेखि नै उभिए आफ्नो अर्डर कुर्दै रहेछ। सायद उसले मैले कफी अर्डर गर्दाको गतिबिधि राम्रैसंग हेरेको थियो होला, मलाई देख्नासाथ खिसिक्क हाँस्यो र मुन्टो दुइपल्ट तलमाथि गरायो। मेरो अनुहारमा भने जाँबो एउटा कफी पनि अर्डर गर्न नजानेको ग्लानिको भाब प्रष्ट नै थियो। उसले हेर्दा झन् लाज लग्यो। 

"ह्वेअर आर यु फ्रम", उसले आखाँमा साहनुभुतिको भाब देखाउदै सोध्यो। 

"नेपाल" मैले उसको अनुहारमा नहेरी भने। 

"ओं, कन्ट्री अफ हिमालयज, ब्युटिफुल कन्ट्री " भन्दै उसले मुन्टो हल्लायो। त्यतिकैमा मेरो कफी आयो। म कफी लिएर बाहिर निस्के। सडक पेटीमा उभिएर एकछिनसम्म कहाँबाट पिउने होला भने कपको बिर्कोको वरिपरि हेंरे। अझै मेसो पाइन। बिर्को खोलेर खानेहोला भनेर खोल्ने तरखर गर्दै थिए नजिकै उभिएको अर्को मान्छेले बिर्को संगै पिइरहेको देंखे। अलिपर कुनातिर गएर राम्रो संग नियालेपछिमात्र बिर्कोको छेउमा अलिकति काटेको देंखे। नङ गाडेर त्यहिँ भागलाई उप्काएर प्वाल पारे र एक सुरुप ताने। तातो कफी त्यो पनि टर्रो न टर्रो थुक्नु न निल्नु भयो। रेडीमेट भनेको त उसले सुद्द कफीको झोल पो दिईछ। अलिपर बाटोको छेउमा राखेको गार्बेज बिनभित्र थन्काएर कामतिर लागे। यस्ता खाले 'कल्चरल सक्' थुप्रै चोटी लागेको छ मलाई। 

जतिबेला हामि अन्य समुदायका मान्छेहरुसंग हुन्छौ, त्यतिबेला रमाइलो गर्ने भन्दा पनि कतै गल्ति हुन्छ कि भनेर हरपल सचेत अवस्थामा हुन्छौ। कामगर्ने स्टाफहरुको गेटटुगेदर पनि रमाइलो हुदैन। सानो ठुलो कल्चरल सक लाग्छ लाग्छ। खुलेर हाँस्ने, रमाइलो गर्ने भनेको आफ्नै समुदायका साथीभाईहरु संग हो। 

क्यानडाको टोरोन्टोमा मात्रै  दुई दर्जन भन्दा बढी त नेपालि संघ सँस्थाहरु छन्। धेरै जसोको काम भनेको बर्षको एकपल्ट पार्कमा भेला भएर कुखुराका टंग्डी पोलेर खानी हो। कहिलेकाँही त लाग्छ टंग्डी पोल्नकै लागि त किन सँस्था खोल्नु पर्यो बाबै। तर जे होस् रमाइलो त गरेका छन्। साथीभाई भेट भएर खुलेर हाँसेका छन्। मज्जाले गफ छुटेका छन्। जानीनजानी हो मा मिलाएर नाँचेकै छन्। कहिलेकाँही त लाग्छ  बास्तबिक रमाइलो आफ्नो मन हो। यदि मन रमाएको छैन भने बाहिर  जतिसुकै हरियाली भएपनि भित्रि मनमा धुम्म बादलले ढाकेको हुन्छ। न कसैलाई भेट्न मन लाग्छ, न कसैसंग बोल्न। तर कहिले काँही त्यहि मनको बादल फटाउनको लागि भएपनि साथीभाईहरुसँग जबर्जस्ति बसेर पिउनु पर्दो रहेछ। देखावटी भएपनि हाँस्न पर्दो रहेछ। 

यसरि समरमा  सबैभन्दा धेरै नेपालीहरु भेला भएर टिम्हर्टनको कफी पिउने  र गफ चुट्ने जक्सन हो स्कार्बोरो स्थित डेन्टोनियाँ पार्क। गत शनिबार स्वही कार्यक्रममा कुनैबेलाका चर्चित लोक गायक बुद्दिसागर बस्यालले अगष्ट १३ मा हुन गैरहेको  हिमालयन मेलामा  सबै नेपालिहरुलाई आउनको लागि अनुरोध गर्दै थिए। त्यहिबेला मेरो सात बर्षकी छोरी नजिकै आएर सोधिन् "बाबा ह्वाट इज हिमालयन मेला?"

"इट इज अ फेस्टिभल", मैले भने। 

"ओं नेपाली फेस्टिभल लाइक दशैँ ", उनले स्वाभाविक पाराले सोधिन। "एस" भनौ कि "नो " म अली अलमलमा परे। 

हिमालयन मेलामा सबैलाई निमन्त्रणा गर्दै गर्दा हिमालयन मेला के हो  भनेर ति कुथुन कुथुन गर्दै बल हान्दै गरेका कलिला केटाकेटीहरुले बुझ्ने गरेर भनेको भए हुने। त्यति मिठो स्वरका धनि बुद्दिसागरले एउटा गित गाएर यस्तै यस्तै गीतहरु गाउने, नेपालि मम, समोसा खाने भनेको भए उनीहरु पनि अगस्ट १३ कहिले आउछ भनेर कुर्थे कि झैँ लाग्यो। हुनत बाबुआमाले लगे जाने त हुन् उनीहरु। तरपनि हिमालयन मेलाको महत्व थाहा पाउथेकि कि भन्ने हो।  मैले हिमालय मेला एड्मन्टनको हेरिटेज फेस्टिभल जस्तै हो भनेर सम्झाएँ। उनीहरुले जसरि बुझ्छन त्यसरी नै सम्झाउन पर्यो। हेरिटेज भन्दासाथ् उनीहरुले सम्झे आइसक्रिम, मम, म्याङ्गो लस्सी, समोसा, कटन क्यान्डी। 

एड्म्न्टनको हर्लेक पार्कमा बर्सेनि हुने हेरिटेज फेस्टिभलमा नेपालको मात्रै नभएर संसारभरिबाट त्यहाँ आएर बसोबास गरेका मान्छेहरुरुले आफ्नो देशको झण्डा सहित आफ्नो आफ्नो स्टल राख्छन। खानाको  विभिन्न परिकारहरु, नृत्य संगीतका साथै आफ्नो संस्कृति झल्किने विभिन्न झाँकीहरु समेत प्रस्तुत गर्छन। त्यो कार्यक्रम के बूढाबुढी, के केटाकेटि सबैले निकै रमाइलोका साथ् अबलोकन गर्दछन। क्यानाडा आएदेखि प्रत्यक वर्ष  हामि त्यो मेलामा जाने गरेका थियौ। अहिले त्यो सबैभन्दा ठुलो मल्टिकल्चरल फेस्टिभल एडमन्टन एक्स्पो सेन्टरमा चलिरहेको छ। 

एडमन्टनबाट टोरोन्टो मुभ भएको बर्ष म हिमालय मेलामा  गएको  थिए। तानसेनमा आई ए  संगै पढेका तर त्यसपछि बिस तिस बर्ष नभेटेका  केही साथीहरु त्यहि मेलामा भेटेको थिएँ। यसरि बर्षौ पुराना साथीहरुसंग भेट गराएको थियो हिमालय  मेलाले। कयौ परिचित अनुहारहरु देखेको थिएँ त्यहाँ।  त्यसछि कोरोनाले गर्दा साथीहरु भेटघाट गर्ने तथा त्यस्ता खाले मेलाहरु पुरै बन्द भयो। लामो समय घर भित्रै बित्यो। त्यसपछि पनि धेरैजसो समय काममा नै बितेको छ। फाट्टफुट्ट कुनै कार्यक्रम भएपनि सबैतिर जान भ्याइदैन। 

काम गर्नेबेला हामीहरु प्रायजसो बिदेशीहरुसंगै हुन्छौ। त्यहाँ हामिहरु 'फिट इन् ' हुने कोशिस गर्छौ तर बिलोंङ्ग गर्दैनौ। आफ्नो वास्तविक सेल्फ भन्दा पनि बनावटी सेल्फमा अल्मलिएका हुन्छौ। जब हामि नेपालीहरुको कुनै जमघटमा जान्छौ तब मात्र हामीलाई त्यहाँ फिट् इन् को जरुरत पर्दैन। हामि त्यहाँ बिलोङ्ग गर्छौ। खुलेर हाँस्न पाउछौ। टाँठो टाँठो बोल्न पाउछौ। कुनैपनि कुरा बनावटी गर्नै पर्दैन।  अझ भेगिए जमघटका बेला त गाँउघरमै भएको अनुभब हुन्छ। बाग्लुङ्ग सेवा समाजले बर्षेनी आयोजना गर्ने बनभोज कार्यक्रमले त  उतै गल्कोटतिरको  कुनै गाँउ ठाँउमा भएको भान गराउछ। पन्चेबाजा तथा भजनले पुराना स्मृतिहरु झल्झली आँखै अगाडी ल्याइदिन्छन। दिनभरी खेतमा काम गरेर राति बिहे तथा छैटीमा राम हेर्न गएका ति पुराना दिनहरुको याद आउछ। 

आउदो अगस्ट १३ का दिन टोरोन्टोमा  हुन गैरहेको  हिमालयन मेला नयाँ आएका बिद्यार्थीहरुको लागि पनि फाइदाजनक नै हुनेछ। त्यो किनभने, एक त धेरै जसो बिद्यार्थीहरु नेपालि संघ संस्थाहरुले गर्ने कुनैपनि कार्यक्रममा (एक दुइजना बाहेक ) गएको भेटिदैन।  एक त उनहरुले थाहा नै पाउदैनन। अर्कोकुरा यस्ता कार्यक्रमहरु भन्दा उनीहरुको लागि काम तथा पढाइनै ठुलो हुन्छ। बरु ठुलो बाकस जस्तो झोला बोकेर लाग्छन उबर गर्न। हिडेरै उबर गरेपनि पचास देखि सय डलरसम्म कमाउछन दिनभरमा। कहिले काँही यस्ता कार्यक्रमहरुमा नयाँ साथीहरु बनाउने मौका मिल्छ। नेटवोर्क बढ्छ। साथीहरुकै नेटवर्कले काम पाउन सजिलो समेत हुन्छ।  मेरो अनुभबमा थुप्रै नेपालि बिद्यार्थीहरु यहाँ आफ्नै साथीहरुको नेटवर्कबाट काम पाएका छन्।  अर्को कुरा केहि समयको लागि भएपनि नेपालि गित संगीतले तनाबबाट मुक्ति दिलाउने छ। मैले शुरुमा भने झैँ कल्चरल सक् लागेकाहरुलाई यो कार्यक्रमले बिर्साइदिने छ। 

डेन्टोनिया  पार्कमा  भेला भएको बेला हिमालयन मेला आयोजक मध्येका एकजना मित्रले कसैलाई भन्दै थिए, "अहिले  नेपालबाट थुप्रै बुवा आमाहरु आउनुभएको छ। हिमालयन मेलामा बज्ने पन्चे बाजा, नेपाली लोक भजन तथा विभिन्न जातजाति समुदायले प्रश्तुत गर्ने सांगीतिक तथा साँस्कृतिक कार्यक्रमले उहाँहरुलाई नेपाल सम्झाउने छ। बुवा आमाहरुले आफ्नै देशमा जस्तै कार्यक्रममा सहभागी भएर नेपाल फर्कदा एक सुखद अनुभब  लिएर फर्कनु हुने छ। तपाइहरुले पनि बुवाआमाहरुलाई जसरि भएपनि ल्याएर आउनुहोला है।" 

उनले कुरासके पछि मैले सोधे, " नेपालबाट को को कलाकार आउदै छन्? ' किनकि यस्ता कार्यक्रमहरुमा प्रमुख आकर्षक भनेकै नेपालबाट ल्याइने कलाकार हुन्। मेरो प्रश्नको उत्तरमा उनले थुप्रैजनाको नाम लिए। यो लेख्दै गर्दा भने मलाइ  शिब परिवारको नाम मात्र याद भयो। हुन त जतिजना आएपनि मुख्य कलाकारले अन्य कलाकारलाई छाँयामा पारिहाल्छन।  हामीले एकछिन मनोरंजन लिने न हो। जुन कलाकार आएपनि हामिलाई के पो फरक पर्छ र ?

"खाना खानको लागि अहिले थुप्रै भेन्डोरहरु छन्। भोकै आउनुहोला,' आयोजक मध्यकै अर्को एकजनाले मजाक गर्ने शैलीमा भने। "खाना फ्री मा हो त?", मैले पनि जिस्किदै सोधे। उनले हाँस्दै भने "खानालाई टिकट लिनुस, कार्यक्रम फ्री।" उनले दश भन्दा बढी फुड भेन्डोरले आफ्नो स्पोट बुक गरिसकेको जानकारी पनि गरे। एउटा फुच्चे समुदायले शहरको मध्यभागमा त्यो पनि दश दश फुड भेन्डोर सहित यो कार्यक्रम गर्नु टोरोन्टोबासि नेपालिहरुको लागि पक्कै पनि खुशीको कुरा हो। यस्ता खाले कार्यक्रमहरुमा भेला भएर नाँच्दा, रमाउदा बेला बेला लाग्ने 'कल्चरल सक्' तथा मानशिक तनाबबाट हामि सबैलाई थोरै भएपनि राहत पक्कै पनि मिल्ने छ। 

खयर जे होस् हिमालय मेलाले नेपालि कला संस्कृतिलाई बिदेशी भूमिमा चिनाउन सहयोग गरोस। यहाँ हुर्किदै गरेको नयाँ पुस्ताहरुमा नेपालि हुनुको गर्ब महशुश गराओस्। काम छोडेर होस् या काम बाट सिधै नेथान फिलिप्स स्क्वेर पुगेका नेपालि दाजुभाई तथा दिदिबैनिहरुको अनुहारमा खुशी ल्याओस। भर्खर भर्खर नेपालबाट यहाँ आएका बिद्यार्थीहरुले पनि यो मेलाको भरपुर फाइदा उठाउन। कार्यक्रम सफलताको कामना।    


लक्ष्मी प्रशाद देवकोटा बिशेष कबिता

भिखारीलाई बुझ्नको लागि आफु स्वयम् भिखारी  बनेर हेर 

गाइनेको गितमा आफ्नै गाउँघरको संगीत भोरेर हेर 

पागलको उपाधि दिनेछ तिमीलाई यो समाजले बोल्ने हिम्मत त गरेर हेर 

सुतिरहेको कुल्लीले चिनाउने छ यो देशलाई उसलाई उठाउने हिम्मत त गरेर हेरे 


मुनामदन कल्ले लेख्यो दुनियालाई थाहा छ 

रावण जटायु युद्ध रचेर त हेर 

कुन्जिनी 

लुनी 

चम्पा 

धुम्रकेतु 

सुतिरहेको कुल्ली 

राजकुमार प्रभाकर 

सिताहरण 

दुश्यन्त शकुन्तला भेट 

सुनको बिहान 

पुतली 

बलजस्तो 

सकुन्तला 

सुलोचना 

बन कुशुम 

महाराना प्रताप 

पृथ्बी चवान 

प्रोमिथस 






Sunday, July 23, 2023

 उसलाई जसरि पनि मार्नु पर्छ भन्ने सोंच आयो एक्कासी। यसरि आबेगमा आएर कसैको हत्या गर्नु एक त महापाप हो भन्छ धर्मशास्त्र। अर्कोतर्फ कानुनि रुपले पनि अपराध ठहरिन्छ। मार्नको लागि उचित हतियार पनि हुनुपर्यो आफुसंग। सोच्नुभएको कसैलाई मार्नको कारण पनि त होला। 

तपाइको सबैभन्दा प्रिय बस्तुमाथि कसैले बिना अनुमानि आफ्नो अधिकार जमायो भने रिस उठ्छ कि उठ्दैन ? आफ्नो घरको झ्यालबाट कसैले चिम्सा आँखा लगाएर चियो चर्चो गरेको मन पर्छ त ?  तपाइको मनपर्ने जतनसाथ पुस्तक कसैले लुकी लुकी पढेको मनपर्छ। मलाई त मनपर्छ भन्नुहोला तर च्यातेको त मनपर्दैन होला नि ? कत्रो मेहनेतले फलाएको फल अरुले लुकी लुकी जुठो पारेको मन पर्छ कि पर्दैन? मलाई भने मन पर्दैन। 

उ कहिले देखि मेरो ब्याकयार्डमा बस्न थाल्यो। त्यसको एकिन डाटा भने मसंग छैन।जुनदिन सम्पूर्णरुपमा हिऊ पग्लियो, त्यो दिन म ब्याक्यार्डमा झरें। चारपाँच महिनादेखि पर्दै आएको हिंउले भिजेर माटो रसिलो, पोसिलो देखियो। हातले खोस्रे, मगमग बास्ना आयो। मकै गोड्दा, कोदो, धान रोप्दा सुँघेको माटोको सुगन्ध नाकले पनि कहाँ बिर्सेको रहेछ। सर्लक्क लगेर बिगतसंग जोडिदियो। बाल्यकालदेखि बयस्क आबस्थासम्म माटो हरेक पलको साथि थियो । बिहान उठेदेखि बेलुका सुत्नेबेलासम्म अधिकाँस समय माटोसंग बित्थ्यो। सुत्नेबेला समेत माटोको केहि अंस ओक्षानमै हुन्थ्यो। 

Wednesday, July 19, 2023


जर्मन फिलोसोफर फेडरिक नेश्चेले भनेका छन् " लाइफ विथआउट म्युजिक इज अ मिस्टेक", अर्थात् संगीतबिनाको जिबन एक गल्ति हो। गित संगीतले नै हामीहरुलाई तनाबबाट मुक्ति दिलाउछ।खुशी हुँदा नि तिमि दुखि हुँदा नि तिमि भनेझै  जस्तोसुकै अवस्थामा साथ दिने भनेको संगीत नै हो। चाहे त्यो बन पाखाहरुमा गाइबाख्रा चराउदै गर्दा होस् या शहरमा गाडीमा सवार गर्दै गर्दा हामि आफ्नै लोक भाकामा गुनगुनाई रहेका हुन्छौ। 

हामि जहाँ जहाँ जान्छौ त्यहाँ त्यहाँ हाम्रो भाषा, संस्कृति संगसंगै गएको हुन्छ। परदेशमा हाम्रो आसल साथि भनेकै हाम्रो भाषा संकृति हो।  हामि जति राम्रो अग्रेजी बोलेता पनि नेपालि नबोलि मनको बह कहन सकिदैन। अग्रेजी बोलेर मज्जा नै आउदैन। हामि कनिकुथनी भएपनि छोरा छोरीहरुलाई आफ्नो भाषा सिकाएका हुन्छौ। कलिला उमेरका नानिबाबुले बाटोमा भेट्दा समेत  नमस्ते गर्छन। अनुहारु हेरेर यो नेपालि हो भन्ने चिन्छन, र मुसुक्क हाँस्छन्। यिनै साना साना कुराहरुमा फुलको रस झैँ खुशी लुकेको हुन्छ आप्राबाशी नेपालीहरुको। 

टोरोन्टो घना बस्ति भएको क्यानेडियन शहरहरु मध्यकै सबैभन्दा  ठुलो शहर हो।  केहिबर्ष यता नेपालिहरुको संख्या ह्वात्तै बढेको छ। त्यमाथि नेपाली  बिद्यार्थीहरु आउने क्रम तिब्र छ। यताउति हिड्दा मुस्किलले देखिने  नेपाली अनुहार अहिले यहाँको सार्बजनिक यातायात तथा कलेज रेस्टुरेन्टमा बाक्लै देख्न सकिन्छ।" हेर यस्तो हुन्छ यहाँको बस, यहाँको ट्रेन, मेरो कलेज", भन्दै लाइभ बोलिरहेका हुन्छन। दर्जनौ बिद्यार्थीहरु सबवे कुर्दै गर्दा नेपालि गित गाएर नाच्दै गरेको फाट्ट फुट्ट सामाजिक संजालहरुमा देख्न सकिन्छ।  यसरि दिनहु नेपालीहरुको  संख्या बढेको देख्दा खुशी पनि लाग्छ। यहाँ सबै तह त तप्कामा नेपालीहरु पुग्दै छन्।  यो हामि सबैको लागि गर्बको कुरा पनि हो। 

नेपालबाट क्यानाडा आई स्थाई बसोबास गरिरहेका अधिकाँस नेपालिहरु यहाँ नेपालीहरुको हितको लागि खोलिएका कुनै न कुनै संथाहरुमा आबद्द छन्। नेपालिहरुको संख्या बढ्दै जाँदा भेगीय आधारमा संगठित हुदै सामाजिक तथा परोपकारी कार्यमा लाग्ने संस्थाहरु पनि थुप्रै छन्। कतिपय संस्थाहरुले स्पोन्सर गरेर बेलाबेलामा नेपालबाट कलाकारहरु बोलाइरहेका हुन्छन। यिनी कार्यक्रमहरु प्रायजसो दुइचार सय अट्ने  क्षमता भएका पार्टी प्यालेसहरुमा हुन्छन। नेपालको अहिलेका निकै चर्चित गायक प्रकाश शपुत यतै छन्।  जना गायक जिबन शर्माले टोरोन्टो र अल्बर्टाको केहि शहरहरुमा आफ्नो प्रश्तुति दिएर नेपाल फर्किसकेका छन्। कुनै बेला राजनीतिक पृष्ठभुमिका गायक जिबन शर्मालाई सबैतिर भब्य स्वागत गरियो।  पशुपति शर्मा, सुगम पोख्रेल आदिले पनि यहाँ आएर प्रतुती दिइसकेका छन्।

यसरि साना साना पार्टी हल हुदै  अहिले नेपालि समाज यहाँको निकै  चर्चित तथा ऐतिहाँसीक म्यासी हलमा प्रवेश गर्दै छ। आउदो अक्टोबर आठ तारिक  नेपालकै  चर्चित ब्याण्ड नेपथ्याले कार्यक्रम गर्ने पकापक्की भैसकेको छ भने अर्ली बर्ड भनेर खुलाइएको प्रथम चरणको टिकट खुलाएको केहि घन्टामै बिक्रि भैसकेको आयोजकले जानकारी गराएको छ। यो हामि सबैको लागि गर्बको कुरा हो। नेपालीहरुको महान चाड बडादशैँको अवसर पारेर गर्न लागिएको यो कार्यक्रमले नेपालिहरुलाई मात्र नभई नेपालि भाषी आप्राबासीहरुलाई भरपुर मनोरंजन दिने कुरामा त दुबिधा रहेन नै, यसले नेपालीहरुलाई क्यानेडियनहरुमाझ चिनाउने छ। यहाँका युनिभर्सिटीहरुमा संगीतबिदामा अध्यन गर्दै गरेका बिद्यार्थीहरुलाई हौसला समेत प्रदान गर्ने छ। 

सन् १८९४ मा क्यानेडियन बिजनेसम्यान हार्ट म्यासिले संचालन गरेको म्यासीहल सन् १९८१ मा क्यानाडाको नेस्नल हिस्टोरिक साइट अर्थात् राष्ट्रिय ऐतिहाँसिक स्थलमा दर्ता गरिएको थियो। बिसौ सताप्दिमा धेरैजसो ठुला ठुला कन्सर्टहरु गरिएको यो हललाई टोरोन्टोबासीहरु हार्ट म्यासिले उनीहरुलाई दिएको अमुल्य गिफ्टको रुपमा लिने गर्दछन। यति ठुलो इतिहास बोकेको यो हलमा "तालको पानि माछीले खानि, पिरिम सित जानी कि नजानी" भन्दै नाँच्दा मोर्गेज र महँगीको तनाब केहि कम पक्कै हुनेछ। काम र कलेजको फिसले आत्तिएका बिद्यार्थीहरुले केहीक्षण भएपनि आनन्द लिने छन्।  क्यानाडाका विभिन्न प्रोभिन्सहरुबाट नेपालीहरु यो कन्सर्ट हेर्नको लागि सयौ डलर खर्च गरेर आउने छन् अनि "जोगले भेट, मायाले हुन्छ सम्झना" भन्दै एकआपसमा अँगालो मार्ने छन्।रेशम, भेडाको ऊन जस्तो, स कर्णाली, तालको पानि, लाम्पाते सुरति जस्ता गीतहरुले सबैलाई नचाउने छ, हँसाउने छन्। त्यसै भनेका हैनन् राजनिश ओशोले "संगीत खुशीको मुहाँन हो" भनेर ।

अझै रमाइलो कुरा त  सधैजसो  गोरे अनुहार देखेको म्यासी हल कल्छौदा कल्छौदा, गहु गोरा, छोटा मोटा मान्छेहरु एकैसाथ देख्दा एकपल्ट पक्कै पनि मुसुक्क हाँस्ने छ। यहाँका मिडियाहरुले यो कन्सर्टको बारेमा पक्कै पनि केहि लेख्ने छन्, बोल्ने छन्, र  सधैभरि अस्तित्वको लढाई लड्नुपर्ने आप्रबासी नेपालीहरुलाई चिनाउन यो कार्यक्रमले पक्कै पनि सहयोग गर्ने छ।  

नेपथ्या ब्याण्डले 'शान्तिको लागि शिक्षा', 'शान्ति संगीत यात्रा', 'सबैको लागि नेपथ्या', र 'मानवताको लागि संगीत' भनेर विभिन्न समयमा देशब्यापी सांगीतिक अभियान गरिसकेको छ।"जब हामीले ठाँउ ठाँउमा कन्सर्टहरु गर्छौ गाँउ गाँउबाट मान्छेहरु आएर संगीतको आनन्द लिने मौका पाउछन। माओबादी तथा राज्यको तर्फदेखि आतंकित पारिएका जनताहरुमा हाम्रो सांगीतिक कार्यक्रमले शान्ति र आशाको दियो जलाएको छ", बिबिसीको एकजना पत्रकारसंग कुरा गर्दै अमृत गुरुंङ्गले  शान्तिको लागि संगीत यात्रा २००३ को देशै भरि गरिएको अन्तिम कन्सर्टको बेला भनेका थिए। लामो समयसम्मको मावोबादी र राज्यको आतंकले अत्तालिएका नेपालि जनताहरु निकै उत्साहका साथ्  उनको कन्सर्ट हेर्न पुगेका थिए।  त्यहाँ  के केटाकेटी, के बुढाबुढी, के बयस्क सबै संगीतको लयमा झुमेका हुन्थे। अहिले जस्तो टिकटकको जमाना हुन्थ्यो भने सायद त्योबेला "छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले " भन्दै कति टिकटक बन्थ्यो  होला गाँउ गाँउबाट, डाँडा र पाखाहरुबाट। लामो समयसम्म चलेको द्वन्दले गर्दा मानिसहरु बनपाखा घाँस दाउरा गर्दा होस् या बस्तुभाउ हेर्दै गर्दा गित गुनगुनाउन छोडिसकेको अवस्था थियो। माओबादी शान्ति प्रक्रियामा आइसकेपछि पनि मान्छेहरुले पहिले झैँ खुलेर गाउन सकेनन्। 

हाम्रो घरदेखि माथिको डाँडालाई देउराली डाँडा भनिन्थ्यो। त्यो  डाँडा धेरैजसो कुहिरोले ढाक्थ्यो।  नेपथ्या ब्याण्डले "छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले" भन्ने  गित निकाल्दा, मलाई लाग्थ्यो सायद यहि डाँडालाई हेरेर गित लेखेको हुन्। गाई बस्तु हेर्न जाँदा तरुनीहरु देख्यो भने 'छेक्यो छेक्यो देउराली डाँडा ...'भन्दै छड्के आँखा लाइन्थ्यो। कहिले मुखभरिको गालि पाइन्थ्यो त कहिले मुटुभरिको मायाँ। अहिले ति दिनहरु सम्झिने पानि छम्किने' भने जस्तो भएका छन्। यहाँ पनि हामिहरु  गाडीमा यात्रा गर्दा प्राय: यिनै गीतहरु सुन्ने गर्छौ। अलि लामो यात्रा गर्दा होस् या साथिभाइहरु जम्मा हुँदा नेपालि गित नघङ्काइ मनले मान्दै मान्दैन। त्यसमा पनि आफ्नै देउराली भन्ज्यांङ्ग लेक बेशिका गीतहरुले हामीलाई तिनै बनपाखामा पुर्याउदछन। नयाँ नयाँ गितहरु बजारमा आएका छन्। यो गित भाइरल त्यो गित भाइरल भन्छन। तर आफुलाई  भने तिनै अमृत गुरुङ, यम बराल, रामकृष्ण ढकाल, पुरुसोत्तम नेउपानेकै गित सधै भाइरल भए जस्तो लाग्छ। 

 सन् २०११ मा किंग्सटन ओंटरियोमा जन्मेका क्यानेडियन रक् स्टार ब्रायन अदाम्सले काठमान्डौमा लाइभ कन्सर्ट गरेका थिए। दशौ हजार मान्छेहरु त्यो भब्य कार्यक्रममा उनीसंगै गित गुन्गुनादै नाँचेका थिए। संगीतमा झुमेका थिए। जसले गर्दा अहिले पनि धेरैजसो नेपालीहरुले उनलाई चिन्छन,  र उतिकै सम्मान पनि गर्छन। अबको पालो पोखरामा जन्मेका नेपाली पप् स्टार अमृत गुरुङ्गको हो।  ब्रायन अदाम्सको देशमा आएर उनले पनि ऐतिहाँसिक कार्यक्रम गर्ने छन्। हजारौ मान्छेहरुलाई नचाउने छन्। क्यानाडामा बस्ने नेपालीहरु मात्र हैन क्यानेडियनहरुले पनि नेपथ्या ब्यान्डको भरपुर मज्जा लिनेछन। अमृत गुरुङलाई चिन्ने छन्, र सम्मान गर्ने छन्।  त्यो सम्मान नै हामि सम्पूर्ण नेपालीहरुको सम्मान हुने छ।  





Sunday, July 9, 2023

 नेपाली संस्थाहरुको केहि काम छैन। यिनीहरु नेपालको गुहे राजनीति गर्न यहाँ सस्था खोलेर बसेका छन्। न यिनिहरुसंग कुनै ल्याकत छ।  न नयाँ पुस्तालाई जोड्ने कुनै योजन छ। यस्तै यस्तै कुराहरु थुप्रै सुन्न पाइन्छ। कहिलेकाँही आफुपनि त्यसैमा हाँ मा हाँ मिलाइन्छ।  तर के विदेशमा खोलिएका सबै संघ संस्थाहरु गर्मीका दिनमा पार्कमा भेला भएर कुखुराको खुट्टा सक्ने मात्रै हो त ? हामीले कहाँ कसरि यी कुराहरु परिबर्तन गर्न सकिन्छ