Saturday, November 20, 2021

कोरोनाले तर्साएको दशै

 घटस्थापनाको भोलिपल्ट बाबुले घाँटी दुख्यो भन्यो। प्रत्यक वर्ष जाडो नजिकिदै गर्दा उसलाई टन्सिल बढ्ने समस्या भएको हुँदा हामीले स्कुल नजानको लागि मनायौ। त्यो दिन ऊ घरमै बस्यो। दिउसो खासै समस्या नभएकोले डाक्टरसंग पनि लैजाने योजना बनेन। म पनि कामतिर गएँ। बेलुका घर फर्किदा अनिताले भनिन्, ‘यसको घाँटीको चेकअप गराउनु पर्यो। पछि सधै झैँ एन्टीबायोटिक्स चलाउन पर्ला।’


साँझ परिसकेको हुदा इमर्जेन्सी बाहेक फेमिली डाक्टरलाइ भेट्न गाह्रो हुन्थ्यो। त्यसमाथि चेकअप गर्नु अगाडी कोभित टेस्ट गर्नुपर्ने भएकोले हाँमि अलमलमा पर्यौ। अनिताले इनकेस चेक गराउनु पर्यो भने भन्ठानेर कोभित टेस्टको लागि अपोईन्मेंट लिईसकेकी रहिछन। हामीले फेमिली डाक्टर संग कुरा गर्ने कोशिस गर्यौ तर सम्पर्क हुन सकेन। खोज्दै गर्दा स्कार्बोरो जनरल हस्पिटलमा पाँच बजेदेखि आँठ तिस सम्म पेडियाट्रीक वाक इन हुने थाहा पायौ।  त्यसपछि हतार हतार कोभित टेस्टकोलागि एल्स्मेयर हस्पिटलमा गयौ र फर्किदा लरेन्स्को जनरल हस्पिटलमा पस्यौ। बाबुलाई घाँटीमा हल्का दुखाई बाहेक अरु कुनै समस्या थिएन। हस्पिटलमा बच्चाहरुको वार्डमा छिर्नुभन्दा अगाडी बाबुको स्क्रिनिङ्ग गर्यो। उसंग कोभित संबन्धि लक्षणहरु केहिपनि थिएन। त्यसपछि उसलाई पेडीयाट्रीसियनले जाँच गर्यो।  घाँटिबाट दुइपल्ट स्याम्पल स्वाब निकाल्यो। त्यो स्वाब उसले स्ट्रेबको लागि ल्याब टेस्ट गर्न भनेको थियो। उसले प्रिस्क्रिप्सन लेखेर हाँमिलाई दियो। तर रिजल्ट पोजेटिभ भयो भने मात्र औषधि खाने नेगेटिभ आयो भने नखाने भनेर। रिजल्टको लागि दुइ घण्टा कुर्नु पर्थ्यो। हामि घर फर्कियौ। घर पुगेको डेडघण्टामै हस्पिटलबाट फोन आयो। बाबुको स्ट्रेपगलाको रिजल्ट नेगेटिभ आयो। नर्सले औषधि खानु पर्दैन। एक दुइदिनमा आफै निको हुने भनेर सल्लाह दिई। 


हामीलाई कोभितको बारेमा त कुनै संकै थिएन। अर्को दिन उसको घाँटीको दुखाई पनि अलि कम भयो। ज्योरो, रुघाखोकी केहिपनि थिएन। तरपनि टेस्ट गराइसकेपछि रिजल्ट आउनेबेलासम्म स्कुल नजाऊ भनेको ‘मेरो म्याथको टेस्ट छुट्यो। म किन घर बस्नी। इ डन्ट ह्याब फिबर’ भन्दै झगडा गरेपछि हामिले स्कुल पठायौ। बेलुका कोभित टेस्ट गरेको चौबिस घण्टा नपुग्दै उसको कोभित रिजल्ट पोजिटिभ आयो।  त्यसपछि हामि के गर्ने के नगर्ने निकै असमन्जस्यमा पर्यौ। मलाई सबभन्दा ठुलो रेग्रेट स्कुल पठाएको भयो। उसले स्कुलबाट फर्किदा सोधेको थियो,” मेरो कोभित टेस्टको रिजल्ट नेगेटिभ आयो ?” मैले भने रिजल्ट आएको छैन। आउदा नेगेटिभ नै आउछ डन्ट वरी भनेर सम्झाएको थिएँ। जब रिजल्ट पोजेटिभ भनेर आयो मसँग उसलाई भन्ने आँट नै आएन। बुढीले भनिन् हामीले अहिलेनै सत्य कुरा भन्नु पर्छ। यतिकै आइसोलेसनमा बस भनेर कहिले सम्म भन्ने।” उनको कुरो जाहेज थियो। उनले रिजल्ट देख्ना साथ सबैलाई मास्क लगाउन अर्डर गरिसकेकी थिइन। छोरीले सोध्धै थिई ‘घरमा किन मास्क लाउन पर्छ ?” अनिताले उसलाई अलग्गै कोठामा राखेर कोभितको रिजल्ट पोजेटिभ आएको कुरा सुनाइन। सुन्नासाथ बरर आँशु खसालेर ऊ रुन थाल्यो। ऊ रोएको देखेर मेरा आँखाका कोछहरु पनि भरिला भैसकेका थिए। 


भर्खर घर किनेर सरेको दुइ महिना चल्दै थियो। नानीबाबुको स्कुल नजिकै थियो। साथीभाई छरछिमेक भने झैँ थियो। दशैको घटस्थापना गरेर सबैजना दशैँ कसरि मनाउने सल्लाह गर्दै थियौ। नजिकै आइरहेको नानीको जन्मदिन कसरि मनाउने, उसका साथीहरुलाई घरमा बोलाउने कि नबोलाउने भनेर बुढाबुढी सल्लाह गर्दै थियौ। बाबुलाई चौध दिन क्वारेन्टाइनमा बस्नुपर्ने भयो। जसले गर्दा न नानिको जन्मदिन मनाउन मिल्यो न दशैमा कतै जान वा कसैलाई बोलाउन। यिनी कुराहरु भन्दा ठुलो पिर थियो कुन बेला बाबुको सिम्टमहरु देखिने हो भन्ने। 


मैले हेल्थलाइनमा फोन गरेर हामीहरुले कोभित टेस्ट गर्नु पर्ने या नपर्ने भनेर सोधे। उनीहरुले नानीको टेस्ट गराउनु पर्ने तर हामि दुई जना दुबै डोज भ्याक्सिन लगाएकोले गर्दा टेस्ट गराउनु नपर्ने कुरा गर्यो। उसले थप के भन्यो भने ‘हामीहरु मास्क लगाएर काममा तथा ग्रोसरी गर्न जान मिल्ने समेत बतायो। अनिताले काममा फोन गरेर स्थितिको बारेमा जानकारी गराइन। उनको डाक्टरले एकपल्ट टेस्ट गरि हेर्न भन्यो।  यदि रिजल्ट नेगेटिभ आयो भने काममा जान हुने कुराको समेत जानकारी गरायो।  


त्यसपछि हामि तिनै जनाले टेस्ट गर्ने निधो गर्यौ। अर्कोदिन हामि तिनै जना टेस्ट गराउन गयौ।  घर फर्के पछि सबैजना आइसोलेसनमा बस्ने निर्णय भयो।  तिनवटा बेडरुम थिए।दुईवटा कोठामा श्रेया र दिब्यसलाई राख्ने भयौ। हामीहरु भने अझै अलमलमा थियौ। पछि बुढीलाई बाँकी एउटा कोठा छोडिदिएर म लिभिङ्गमै बस्ने निधो गरे। 


अर्को दिन दिउसो एकबजे टोरोन्टो पब्लिक हेल्थ बोर्डबाट फोन आयो। सर्बप्रथम उसले केहि व्यक्तिगत प्रश्नहरु सोधेर कुरो अगाडी बढायो। उसले बाबुलाई कुनै लक्षणहरु देखिएको छ छैन भनेर सोध्यो। उसलाई हल्का खोकी लागेता पनि अरु लक्षणहरु केहि पनि थिएन। जोरो थिएन। खानाको स्वाद पाएकै थियो। खाना पनि सधै खाने बराबर नै खाएको थियो। मैले सबै कुराहरु बाबुलाई सोधेरै बताएँ। त्यसपछि उसले चौध दिन अगाडी देखि कहाँ कहाँ गएको, को को संग अलिकति नजिक भएको जस्ता कुराहरु सोध्यो। मैले सबै कुराहरु भनिदिएँ। स्कुलमा ऊ संग खेल्ने साथीहरुको नाम समेत उसले नोट गर्यो। अन्त्यमा दश दिनसम्म आइसोलेसनमा बस्न तथा लक्षणहरु देखिएको खण्डमा जुनसुकै अस्पतालमा जाँदा हुने कुरा गर्यो। पुन: एकदुई दिनमा फलोअप गर्ने भन्दै हाम्रो फोनबार्ता सकियो।

 

हामीहरुले टेस्ट गरेको चौबिस घण्टा नपुग्दै  रिजल्ट आयो। शुरुमा त मलाई वेबसाइट लग इन गर्न पनि डर लाग्यो। पछि अनिताले हेरेर मलाई टेक्स्ट गरिन ‘हजुरको नेगेटिभ आयो। हाम्रो पोजेटिभ देखायो।’ म खुसि हुने कि दुखि ? घरमा तिनै जनाको पोजेटिभ देखाएर मेरो मात्रै नेगेटिभ आउदा त्यति बिश्वास पनि लागेन। बाबुलाई टेस्ट गर्दाको अगिल्लो रात ऊ म संगै सुतेको थियो। भ्याक्सिन लगाएकोले हो भनौ भने अनिताले पनि दुवै डोज फ़ाइजर लगाएकी थिइन। उनलाई पोजेटिभ कसरि देखायो? मनमा कता कता ‘कन्स्पिरेसी थिउरि’ पो सहि हो कि झैँ लाग्यो। कुनै लक्षण छैन। सामान्य ज्वोरो समेत छैन। कसरि बिश्वास गर्ने कि कोभित लाग्यो। यो खतरनाक रोग हो भनेर। आइसोलेसनमा बसेकी छोरी भन्छे ‘ कोभित १९ इज सो फन।’ तरपनि टोरोन्टो पब्लिक हेल्थको पोर्टोकल बमोजिम नै तिनै जना इसोलेसनमा बसे।मेरो फुलटाइम ड्युटी शुरु भयो घरमै। 


भोलिपल्ट हाम्रोलागी पनि फोन आयो।  लगभग आधा आधा घण्टा सबैलाई विभिन्न प्रश्नहरु सोधेर पब्लिक हेल्थको पोर्टोकल फलो गर्न भन्यो। खासगरेर उसले सोध्ने प्रश्नहरु कन्टयाक ट्रेसिङ्ग को लागि थिए। उसले यदि ग्रोसरी गर्न समस्या भएको खण्डमा फोन गर्ने भनेर समेत भनेको थियो। तर मलाई आइसोलेसन बस्न नपर्ने भएकोले आफै ग्रोसरी गर्ने कुरा भने। मलाई माक्स लगाएर काममा तथा बाहिर निस्कन छुट थियो। तर दश दिनसम लक्षणहरु मोनिटर गर्ने र कुनै लक्षण देखिना साथ् सेल्फ आइसोलेसनमा जानुपर्ने भन्यो। 


कोभित पोजेटिभ देखिएपछी बाबु नानी र बुढी तीन जना नै आइसोलेसनमा बस्नु पर्ने भयो ।अहिले सम्म त कुनै पनि कोभित समान्धी लक्षणहरु देखिएको थिएन । तर कती बेला गाह्रो पार्ने हो भन्ने डरले भित्र भित्र सताइरहेको थियो । एक दिन बिहान हामीहरु लक्षणहरुको कुरा गर्दा बुढिले आफुले खाने कुराको स्वाद नपाएको कुरा  गरिन । बाबु नानिहरुलाई पनि खानेकुराको स्वाद आएको छ कि छैन भनेर सोध्यौ ।तर उनिहरुले आफुले सबै स्वाद पाएको सुनाए ।मैले खानेकुरा बनाएर कारीब दुइ मिटर टाढा राखिदिन्थे ।उनिहरु माथिल्लो तलामा बसेर खाने, उतै खेल्ने गर्दथे ।

कोभित पीडितहरुले धेरै कुराहरु सुनाउदथे पहिले ।कतिपय कुराहरु मनोगण्न्ते लाग्थ्यो ।फलानाले फोन गर्दा पनि सर्छ कि झै गरेर फोन काट्यो । फलनो सबैलाई सुनाउदै हिद्यो । सधै घर अगाडीबाट हिंड्नेहरुले बाटो परिवर्तन गरे ।यस्तै यस्तै अरु रुएरै कुराहरु सुनाउदथे ।तर आफु नै भुक्त भोगी हुँदा मात्र थाहा भयो कता कता त्यस्तो महशुस हुदो रहेछ । सबै भन्दा नरमाइलो लाग्यो दशैको बेला ।हामिहरुले प्रत्यक बर्ष समय निकालेर नानी बाबुहरुलाई साइत मै टिका लगाइदिने गर्दै आएका थियौ । परदेशको दशै भएतापनी घरदेश कै जसरि मनाउदै आएकोले पनि हाम्रो लागी यो दशै निकै पिडादाई भैदियो । 


टिकाको दिन बिहान मैले उनिहरुलाई साइत मै टिका लगाउने निधो गरे । उनिहरु आफ्नो आफ्नो कोठामा बसे ।मैले ढोकमा टिका लगाइसकेपछी उनिहरुलाई टिका लगाउन उनिहरुको कोठाको ढोकामा उभिएर अलि टाढाबाट भएपनी टिका र जामरा लगाइदिए । 


त्यो दिनभरी उनिहरु माथी कोठा मै बसेर रमाइलो गरे ।आमा पनि संगै भएकोले गर्दा पनि होला उनिहरुलाई भने रमाइलो नै भयो । दशैको पुर्णिमाको दिन उनिहरुको एकान्तबास सकियो । त्यो दिन उनिहरु अति खुशी हुँदै तल आए । धेरै दिनसम्म अंगालोमा कस्न नपाएकोले पनि होला उनिहरुमसंग आएर लुट्पुटिए  धेरैबेर सम्म । 


हरेक मान्छेको आफ्नै खालको स्वभाब हुन्छ।  आफ्नै किसिमको आनीबानी हुन्छन। कसैलाई सानो सानो दुखले पनि निकै सताएको हुन्छ। कसैलाई पहाडै खसे पनि खासै फरक पर्दैन। कसैले मनमा आँधीबेहरी आएपनि मनमै लुकाएर राख्न सक्छन। अनुहारमा देखिदैन। तर कोहि मान्छेहरुको अनुहार मनको ऐना जस्तै हुन्छ सानो पिर पनि छर्लंगै देखिने। म यहि वर्गको मान्छे भित्र पर्दछु। मनमा थोरै पिर परेपनि लुकाएर राख्न नसक्ने। आँखामा वा अनुहारमा छर्लंगै देखिने। साथीहरुले टिमहर्टनमा चिया खान बोलाए। सकेसम्म हाँसेर बोल्छु म सबैसंग।  तर मनमा पिर पर्दाको हाँसो र नपर्दाको हाँसो निकै फरक हुदो रहेछ। यस्तो बेलामा कसैले अन्जानमै किन नहोस केहि नराम्रो भने पनि पिर पर्ने रहेछ। मन दुख्दो रहेछ। 


कोभितको कारणले पन्द्र पन्द्र दिनसम्म हामीहरु घरमा थुनियौ। यसको असर हामीहरुलाई बाहेक अरु कसैलाई थाहा हुने कुरो पनि भएन। घरको मोर्गेज,  बिजुली पानीको बिल, क्रेडिट कार्डको बिल, गाडीको इन्सोरेन्स आदिले हाम्रो मन भतभती पोलिरहेको थियो। अनिताले जागिर सुरु गरेको पहिलो दिन मै घरमा बस्नु पर्दा जागिर रहने हो कि हैन भन्ने चिन्ता। त्यसैमाथि अर्को लफडा आइलाग्यो। 


कोराना लाग्नु अगाडी एकजना मान्छेलाई किचन बनाउनको लागी भनेर ठेक्का दिएका थियौ। उसले अलकति काम गरेर किचनको क्याबिनेटहरु अर्डर गर्नको लागि भनेर दुई हजार पैसो लागेको थियो। त्यो भन्दा पहिले काम शुरु गर्नु भन्दा पहिले नै एक हजार लागेको थियो। बिचमा कोरोना लाग्यो। पन्द्र दिनजति आइसोलेसन बस्न पर्यो भन्यो। हामीले पनि होला भन्यौ किनकि हाम्रो नानीहरुलाई पनि उसैसंगबाट सरेको हो कि भन्ने हामीहरुलाई संका थियो। पन्द्र दिन काटेपछि पनि उ देखा परेन। मैले कैयौ पल्ट फोन गरे , तर उसले फोन उठाएन। तर उसले टेक्सको रिप्लाई भने तुरुन्त दिन्थ्यो र कुनै न कुनै बहाना बनाइहल्थ्यो। भोलि आउछु।  पर्सि आउछु गर्दै महिनौ बितायो। मलाई पनि अति रिस उठ्यो।मैले पुलिसलाई रिपोर्ट गर्छु, मुद्दा हाल्छु त भने तर आधार केहि थिएन। उसलाई मैले बैकबाट नगद पैसो झिकेर दिएको थिए। नगद दिएको पैसाको कुनै भर्पाइ थिएन। उसले एउटा पेपरमा सहि त गरेको थियो। तर त्यसमा उसको नाम नै लेखेको रहेनछु।  न म संग उसको परिचय पत्र नै थियो। अन्यमा आएर त भन्छ,' तेरो तिन हजार पैसा पलम्बर र सामग्री मा सकियो। म टाउन भन्दा बाहिर छु

' भन्छ। अब के गर्नु। त्यो कुराले स्ट्रेस लिएर बस्नु भन्दा आफ्नै गल्ति भयो भनेर आफुले आफैलाई माफी माग्ने। सोच्यो भने झन् तनाब हुन्छ।  एक त काम दुइ महिला ढिलो भयो। दोश्रो कुरा अरु कसैलाई बोलाएर बनाउन दिदा डबल पैसा खर्च हुने।  साच्ची भन्ने हो भने त्यसले मलाई झन्डै पाँच हजार क्यानेडियन डलर बराबरको नोक्सान भयो। यदि त्यो पैसा नेपाल पठाउन पाएको भए भाइले ऋण त तिर्थ्यो घर बनाएको। आमालाई अलिकति पकेट खर्च हुन्थ्यो। सम्झदा अझै पनि मन सारै निरास भैदिन्छ। 


सोच्दा सोच्दा टाउको दुख्यो। त्यसपछि मैले त्यसको बारेमा सोच्न छोडे। त्यसपछि अर्को एकजनालाई बोलाएको थिए रोकेको काम अघि बढाउनको लागि। एकजना मुसल्टेले हेरेर मात्र गयो।  न गर्छु यति पैसा लाग्छ