Friday, September 20, 2019

मेरो शहरमा

कंक्रिट लिंगहरुको थुप्रोभित्र
निशासियका अनेकन रंगहरु
सपनाका कुम्लाहरु बोकेर
हतार हतार भाग्दैछन
मानब सभ्यता सूचक सबवेका बंकरहरु भित्र
र चुपचाप छिर्छन
सबबहान जस्तै लाग्ने चिसा फलामका डिब्बाहरु भित्र

हाँसो हराएको यो शहरमा
खुशी खोज्नलाई
रंगी बिरंगी युवा युबतीहरु
कान कानमा ठेटी ठोकी
रेलका ढोकाहरुमा ठिङ्ग उभिन्छन
र लेउ लागेका दन्त मुस्कान फिस्स छोड्दै
पुन हराउछन आफ्नै कहाली लाग्दा सपनाहरु भित्र

सेतै फुलेका रौहरु गन्दै
कुप्रीयका चाउरियका
एन्टीक मनाबहरु
गुड्ने कुर्चिहरुमा बसेर
आधुनिक सभ्यताको श्रेष्ठ
र लिंगहरुको पनि सर्बश्रेस्ठ लिङ्गको टुप्पोतिर चियाउदै
गन्दैछन बर्ष, महिना र गते

छ महिना नपुग्दैको एक अबोध दुधे बालक
मुखमा बिर्को ठोकेर
बाल बन्दीगृहयहरुमा कैद हुन्छ
मिश्रित होहल्लाले नरम कानका जालिहरु छिद्र पार्दै
रंगहरुमा लत्पतिदै
र दिनभर भोक भोकै पिल्सिएर
'नो' र  'पप चो' सिकेर आउछ