Wednesday, December 30, 2020

Three Days in Via Rail By Divyash Poudyal ( 9 years old boy)

 It was 4 o'clock in the morning. Me and my friend were waiting for the via rail train. We had a lot of luggage with us. The arrival time of the train was 7 pm, but it was already nine-hour delayed. We were moving from Edmonton to Toronto for better weather and opportunities. Toot toot the train arrived behind us. The train staff called us in and showed us our seats. They were in the second cart. It was a very long train. The train started to move. Then it stopped. It started to move again. 

Then we went to sleep. The next day we arrived at Saskatchewan  It was a beautiful city with many green fields. As soon as we arrived at the station, I went to the washroom, brushed teeth and had breakfast later.

It was a sunny day. In three hours we were supposed to be in Saskatchewan. I went to the deck to see the view. It was on the basis of first come first serve. There were some elderly people and some children seating already. we waited for a few minutes to get a seat.

It was mostly prairies and fields of canola and wheat. And fields blooming with floors. Then I took my Jack and Annie's fact tracker book.

Afterwards, my friend Ryon came to the deck to play leggo. While we were playing, sometimes we used to make a sound. The people who were sitting there would look at us. 

When we look back from the deck the train looked like a snake slithering into the bush. Sometimes it looks like a ship sailing in the water while crossing the lake. 

Later we had lunch. it was chicken strips and chips. I headed to upstairs t play cards. Then an eagle flew straight at us. People started panicking and ran towards the stairs but the eagle flipped and flew towards the sky. We were delighted and clapped. Afterwards, we went to sleep. Meanwhile, Manitoba was on its way.

The next morning it was dark and gloomy. Clouds filled the sky. But the forecast said it was going to be sunny in the evening. I woke up and went to the cafe' cart to draw and play. I drew a lake. at 11 o'clock we crossed the border to Manitoba. We had lunch and went to the deck. The sun had come out and we saw a huge field of canola flowers. The canola field was stretching way far to the distance. 

Then we saw deer running very close to the training league. We were so excited to see them running along with the train. After a while, we arrived in Lake Winnipeg. The train stopped for a while so we could go outside. I saw that we were running at the edge of Lake Winnipeg.

After a while, all of us went inside and the train continued its journey. We had dinner and played video games. Then we slept. 

Next morning everything went on a normal day on a train. We eat breakfast, we went to the deck and played lego and read storybooks. We were five hours from Toronto because we had entered Ontario's border. 

At nine o'clock we went upstairs to eat dinner. We played scramble till 11 am. Then we watched video games again. Though it was dark I saw a bird with a blue feather. I read that it was called a blue jay. That was the sign that we were close to Toronto. 

I went to the bed eight minutes later. My mom woke me up at 4 am in the morning. I was excited to know what was going on in the middle of the night. my mom told me that we had arrived at the Toronto union station.

before we went out of the train I told my family a joke. What is blue and ends with the J. Blue Jay. I said. I was a long and fun trip to Toronto. 


Monday, December 28, 2020

हाकिमकि छोरी र बाख्रा गोठालो

'बिड तातेर के गर्नु ताप्के ताते पो हुन्छ। कति चोटी भनिसके बाहिरको लागि ट्राइ गर बुढा भनेर। जाबो नुनतेल खान नपुग्ने जागिर कुरेर के बस्या हो कुन्नि? सागको मुठा किन्न पनि सात चोटी सोच्नुपर्ने', एकाबिहानै राधा भुन्भुनाउदै तरकारी किन्न किर्तिपुरको चोकतिर निस्की। 

श्रीमतीको रातदिनको यस्तै किचकिचले गर्दा आलोकलाई पनि विदेश जाने कि भनेर सोच्न बाध्य पार्यो। दिनभरी इन्टरनेटमा आकर्षक बिज्ञापन हेर्दै बस्यो। तर कुन देश जाने खुट्याउन  भने गाह्रो पर्यो उसलाई। अर्कोदिन  काठमाण्डौको चोक चोकमा विदेश पठाउने पसल थापेर बसेका व्यापारीहरुलाई भेट्यो। कसैले अस्ट्रेलिया राम्रो छ भने कसैले अमेरिका, कसैले युरोप त कसैले जापान।

आलोक  छड्के झोलामा  डिग्रीको सर्टिफिकेट र घाँटीमा टाई बानेर हिड्थ्यो।कुरा गर्दा मौका मिलेसम्म अग्रेजी पनि मिसाइहाल्थ्यो बिचबिचमा। सायद त्यसैले पनि होला कसैले पनि कतार, दुवै, मलेसिया राम्रो छ भनेनन्। 

" हेर्नुस सर, जापान गएकाले जतिको पैसा कसैले पनि कमाउदैनन्।  यिनी फाइलमा जति मान्छेहरु छन् सबै ऋण काढेर गएका हुन्। गएको चार बर्षमा त कति कमाए कति ? सबैले काठमाण्डौमा घर घडेरी जोडीसके। अमेरिका समेरिका जानेहरु त घर फर्कने खर्च पनि छैन भन्छन,' पोक्चे गाला माथि पावरवाला चश्मा अडाएको व्यापारीले भन्यो। 

"तपाई हातमा डिग्री भएको मान्छे जाने भनेकै अस्ट्रेलिया हो। स्टुडेन्ट भिषामा छिर्नु मात्र पर्छ दुई बर्ष भित्रमा पि आर हुन्छ। अस्ट्रेलियाको डलर अमेरिकाको भन्दा ठुलो पनी छ। आजसम्म अस्ट्रेलिया गएकोले जति  पैसा यो दुनियामै कसैले कमाएको छैन। तपाई सोच्दै नसोच्नु। आएल्स  मात्रै  गर्नुस। तपाइको काम भयो। प्रोसेसिङ्ग फि, ट्युसन फि, भिजा फि सबै गरेर तपाइको जम्मा बिस पच्चिस लाख जति लाग्छ।'

आलोकले  पैसाको कुरा सुन्दै चिट् चिट् पसिना काड्यो। 'बिस पच्चिस लाख?' उसले मनमनै प्रश्न गर्यो। यो रकम उसले सोचेको भन्दा निकै धेरै थियो। उसले कुरो अघि बढाउन चाहेन। फरक्क फर्केर सरासर घरमा गयो।  श्रीमतिसंग भन्यो 'हेर, म यो  विदेश सिदेश  जान्न। तिमीले भन्छौ भने म स्कुल पनि पढाउन्न।'

'जागिर नखाएर के खान्छौ? तिमिसंगै पढेका साथीहरु अस्ट्रेलिया, अमेरिकामा पुगेर कति प्रगति गरिसके। उनका श्रीमतीहरु कम्मर भाँचेर  समुन्द्रको छेउमा उभिने भए। टिकटक र  फेसबुकमा उनैको रवाफ छ। तिमि चाहि विदेश जान्न भन्छौ। '

'जान्न भनेपछि जान्न। तिमीलाई तिघ्रा देखाउनु छ भने रानी पोखरीको छेउछाउ गएर देखाऊ। बागमतीको किनारमा उभिएर कम्मर भाँचेको फोटा खिच र फेसबुकमा हाल। चोबारमा गएर एक्लै उफ्रेर टिकटक बनाउ। आफुसंग जे छ त्यहि देखाउ। अरुले के गरे कसो गरे के को चाँसो ?

'यस्ता संग बिहे गरेर के को आशा गर्नु। बिहे गर्ने बेला भने 'दुइचार वर्ष हो यो धुलो धुवामा हिड्ने। त्यसपछि या त गाडी चडीन्छ, या प्लेन। अहिले सम्म त्यो खटारो मोटरसाइकल फेर्न  सम्म सकेको छैन', राधाले रुन्चे मुख लगाएर भनी। 

'तिम्रै कचकचले  गर्दा विदेश जान भनेर कस्सिएको पनि हो ।  जाबो अस्ट्रेलिया पठाएको पच्चीस पच्चिस लाख रे।  कहाँबाट ल्याउने हो त्यत्रो पैसा? '

'जाबो पच्चीस लाख खोज्न नसक्नेले त्यतिबेला चाहिँ  के को फुर्ति देखाएको होला नि। तिम्रा साथीहरु सित्तैमा गएका त हैनन् होला। मर्दले आँटे एकैछिन भन्छन्। यस्तालाई के भन्नु? '

'मुख समालेर बोल है। तेरो बाउको झैँ टेबुल मुनिबाट पैसा फल्दैन। दिनभरी घाँटी सुकाउन पर्छ। कहिले प्रिन्सिपलको, कहिले गार्जियनको किच किच सुन्न पर्छ। तेरो बाउको जति तलब त मैले पनि कमाएकै छु । तर खै मेरो तलबले त घरखर्च चल्न पनि मुस्किल छ। तेरो बाउ गाडी चढ्छन। छोरालाई अमेरिका पठाए। त्यस्तो मर्द चाँही म परिन। 

'मेरो ड्याडीसंग के को तुलना गर्छौ ? उहाँले धेरै मेहनेत गरिस्यथ्यो जागिर खानलाई। तिम्रोजस्तो जाबो बोर्डिंग स्कुलको  जागिर हो तलब पनि टाइममा नदिने। मैले त उहिले भनेकी थिए कि त सरकारी जागिर खाउ कि विदेश जाउ। 'अहिलेसम्म जाबो स्कुल पढाएर के बसेको होला। ऐले आएर मेरो बुवाले कमाएको रिस गरेर हुन्छ।'

'म संग मुखमुखै नलाग्।  यदि विदेश जान छ भने तै जा।  बाउको जस्तो सरकारी जागिर तैले खाएपनि हुन्छ दिनभरी टिभीमा नाटक हेरर बस्न भन्दा ' आलोकले हातमा समातेको रिमोट सोफामा फाल्दै भन्यो। 

राधा घोप्टो परेर सुक्क सुक्क गर्दै गलैचाको धागो तान्न थालि। धेरैबेर सम्म दुबैजना बोलेनन्। आलोक उठेर कोठामा गयो। 'हाँ  बेक्कारमा फसेछु बिहे गरेर। सरकारी जागिर नै चाहिने, विदेश जानै पर्ने भए यिनीहरुले बिहे गर्नु भन्दा पहिले नै सोच्नु पर्दैन यार।  खाली तनाब दिन्छे', उसले मनमनै रिस पोख्यो। 

उसको रिस अझै थामिएको थिएन। साथीले मुस्ताङ्गबाट गिफ्ट ल्याइदिएको मार्फा थियो दराजमा।  बिर्को खोलेर आधा गिलास खनायो।  त्यसमा अलिकति पानि थप्यो र चिरिप्प पार्यो। 

अर्को दिन ऊ  उठेर चिया बनायो। चियासंग पाउरोटी खायो र स्कुल गयो। उसलाई दिनभर ह्यांगओभर भैरह्यो। बिध्यार्थीहरुले पनि उसको अनुहार देखेर जोक भन्न लगाएनन्। सधै हल्ला गर्नेहरुले खै किन किन कक्षामा हल्ला पनि गरेनन्।

 उसंग संगै  पढाउन सुरु गरेका धेरै साथीहरुले जागिर छोडिसकेका थिए।  कोहि अमेरिका, अस्ट्रेलिया त कोहि क्यानाडा उडीसकेका थिए।  सबै नयाँ नयाँ अनुहार मात्र देखिन्थे। ब्रेकको बेला क्यान्टिनमा बसेर सधै झैँ राजनीतिका गफ चुट्ने जाँगर सम्म चलेन उसलाई। 

छुट्टी भैसकेपछि ऊ सरासर डिल्लीबजार गयो। पासाको म:म पशलबाट पुर्बतिरको गल्लिभित्र छिर्यो। करिब पचास मिटरजति भित्र ' डार्लिंङ्गको तुम्बा पशल' थियो।  त्यहि  छिर्यो। मुसुक्क हाँस्दै  एक प्लेट सुकुटी र तुम्बा लिएर उसको टेबुलमा राखी फेबाले। सारै राम्री थि ऊ।  उसको पातलो कम्मर र  गडेको  नाभी हेरेर टोलका केटाहरु दिनभर रस भरिएको फूलमा भमरा भुले झैँ त्यतै भुल्दथे।

कहिलेकाँही साथीहरुसंग आउथ्यो आलोकपनि। बेलाबेलामा आफ्ना बिद्यार्थीहरु  पनि त्यतै भेटिने  भएकोले आजकल  ऊ अलिक  कम जान्थ्यो। 

केहीबेरमा सुबास पनि त्यहि आयो।  सुबास आलोकको स्कुलदेखिकै साथि थियो।  उसले त्यहि नजिकैको एउटा प्राइभेट  क्याम्पस पढाउथ्यो। धेरैबेरसम्म दुबैजनाले जागिरको दुखेसो साटे। देशमा बिग्रदै गैरहेको राजनीतिको बारेमा पनि चिन्तन मनन गरे। सुबासपनि आफ्नो जागिरबाट खुशी थिएन। उनीहरुले आफ्ना साथीहरु सबै विदेशतिर गएको, र को को कहाँ कहाँ छन् भन्ने बारेमा धेरैबेर कुरा गरे। अन्त्यमा कोदोको पानि रित्याएपछी फेबाको गाला मुसार्दै निस्के दुबैजना। 

 त्यहाँबाट निस्केपछि आलोक सरासर घरमा गयो।  ढोका बन्द थियो।  आफुसंग भएको साँचोले ढोका खोल्यो।  राधा भित्र थिईन।  उसले जताततै खोज्यो।  देखेन कतैपनि। झमक्क साँझ परिसकेको थियो। राधाको  मोबाइलमा फोन गर्यो।  फोन उठेन। ओरिपरीको छिमेकीहरुलाई सोध्यो।  उनीहरुले पनि आफुले नदेखेको कुरा गरे। कोठामा गएर हेर्यो।  उसका सबै कपडाहरु त्यहि थिए। उसको मन आत्तियो।  नराम्रो सोच्यो मनले।  राधाको मिल्ने साथि थिई  गुम्बाको नजिकै।  उनको फोन नम्बर थिएन।  राति भैसकेकोले उसको कोठामा जान पनि उचित ठानेन।  फोन नम्बर पत्ता लगाएर फोन गर्यो।  त्यहाँपनि थिइन राधा। 

चिनेको जति सबैलाई सोध्यो।  अहँ कतै पनि थिइन राधा। धेरैपल्ट फोन लगायो उसले।  फोन पटक्कै उठेन।  माइतीमा पो गइ कि भनेर ससुरालिमा फोन लगायो। ससुरा बा'ले फोन उठाए। उसले सोधेको प्रश्नको जवाफ  'अँ' मात्र भनेर फोन काटे उनले। 

त्यसपछि भने आलोकको मन ढुक्क भयो।  अलि अलि रिस पनि उठ्यो उसलाई।  मनमनै सोच्यो, 'बसोस कति बस्ने रैछ माइतीमा गएर। घरमा गएर बस भन्दा ' नोकर्नी बनाउन बिहे गरेको होस्' भनेर ओठे जवाफ दिन्थी। बसोस्  माइतीमा रानी बनेर।' 

पुरानो घर मन्थली भएपनि नयाँ बानेश्वरमा बस्दै आएका थिए राधाको बुवाआमा। हुन त  हाकिम धेरै जसो भन्सारतिरै हुन्थे तर पनि महिनाको एकदुई पल्ट अकल झुकल घर आउथे। 

त्यो घटना पश्चात धेरै दिनसम्म फोन सम्पर्क समेत भएन राधसंग आलोकको। यस अन्तरालमा उसले धेरै कुरा सोच्यो। कहिले गाँउमा गएर बाख्रा पालन गर्ने त कहिले जागिर छोडेरै राजनीति गर्ने र भ्रष्टहरुको बिरोधमा खरो उत्रने। कहिले बल्खुको चोकमा म:म पशल खोल्ने, त कहिले किर्तिपुरको चोकमा तरकारी पशल। यस्तै यस्तै सोच्दै मार्कर र डस्टर समातेर कक्षाकोठामा छिर्थ्यो। यस्तै यस्तै सोच्दै निस्कन्थ्यो।

एकदिन नागार्जुनको जंगलमा हिड्दै गर्दा  उसको जम्काभेट एउटा कालो न कालो निकै ठुलो भालुसंग भयो । ऊ भाग्न नपाउदै भालुको पन्जा उसको गर्दनमा पर्यो। उसले भएभरको बल प्रयोग गरेर बल्ल बल्ल  भालुको पन्जा छुटायो  र त्यहाँबाट  भाग्न सफल भयो। भाग्दा ऊ खाटबाट भुइमा खस्यो।

 निन्द्राबाट बिउझेपछि धेरैबेरसम्म सपनाको अर्थ खोजि रह्यो। उसले पौलो कोहेलोले लेखेको किताब 'द अल्केमिस्ट'मा स्पेनको भेडा गोठालोले सपनामा देखेको खजना र खजना सम्म पुग्नको लागि उसले गरेको यात्राको बारेमा सम्झिने कोसिस गर्यो। अन्त्यमा त्यो केटोले खजना भेटे नभेटेको उसले ठ्याक्कै सम्झन सकेन। अल्बर्ट आइन्स्टाइन्सले " सापेक्षाताको सिध्दान्त" पत्ता लगाउनु अघि आफु भिरालो पहाडमा चिप्लेटी खेल्दै गर्दा, अचानक स्लेडको  स्पिड बढेर लाइटको स्पिड बराबर पुगेको सपना  देखेको,  दिमीट्री मेन्देलीव, अल्फ्रेड  रसेल जस्ता महान बैज्ञानिकहरुले  सपनाको माध्यमबाट आफ्ना आबिस्कार गरेको कुरा कतै पढेको याद भयो।  म्यारी सेलीले फ़्रन्केस्टेइन लेख्नु अघि सबै कुरा सपनामै देखेकी थिइन् भन्ने पनि थाहा थियो उसलाई। 'के मेरो सपनाको पनि यस्तै कुनै रहस्य छ कि ?" ऊ सोचमा घोत्लियो धेरै बेर।

 धेरैबेरको सोचाई पश्चात आफु कुनै बन्धनमा परेको र त्यसबाट मुक्ति खोजिरहेको अर्थ लगायो उसले। उसको अन्तरात्माले भन्यो 'हेर् केटा यसरि स्कुलको जागिर कुरेर नबस्। त भित्र अदम्य शक्ति छ। केहि त गर।  त्यसै अल्झेर नबस्।' 

बिहान उठेर भालुबाट फुत्केको जोसमा स्कुल प्रिन्सिपललाई राजिनामा पत्र लेख्यो र इमेल गर्यो। त्यसको भोलिपल्टबाटै स्कुल गएन। स्कुलको जागिर उसको लागि कैद जस्तै भैरहेको थियो। उ त्यहाँबाट निस्कन चाहन्थ्यो। सपनाले पनि त्यहि कुराको संकेत गरेझै ठान्यो उसले। 

फर्पिंङ्गमा साथी  थियो उसकोको, उज्वल। पहिले उनीहरु एउटै स्कुलमा पढाउथे। बेला बेलामा प्राइभेट स्कुलमा जागिरे हुनुभन्दा केहि ब्यबसाय गर्न पाएहुन्थ्यो भनेर चिन्तन मनन गरिरहन्थे। एकचोटी उज्ज्वलले तरकारी तथा फलफुल खेति गर्नकोलागि आलोकसंग सल्लाह पनि गरेको थियो। उनीहरु अन्य विकल्पहरु हेर्दै गरौ भनेर कुरो थाती राखेका थिए। त्यसैदिन ऊ उज्जलसंग भेट हुन गयो। 'विदेश जानलाई  बिष पच्चिस लाख खर्च गर्नु  भन्दा  त्यो पैसाले आफैले यहाँ केहि गर्यो भने दुइचार पैसा पनि कमाइन्छ र अरु दुइचारजनालाई  रोजगारी पनि दिन सकिन्छ', भन्दै उनीहरुले फ़र्पिङ्ग मै जग्गा लिजमा  लिएर बाख्रा पालन गर्ने सल्लाह गरे।  

भोलिपल्टै  उनीहरु पूर्व जानकारी नगराई ठमेल स्थित कृषि बिकास बैंकमा विनोदलाई भेट्न पुगे। बिनोद त्यो बैंकको हाकिम भएको थियो।  त्यो भन्दा पहिले ऊ आलोक र उज्वलको असल मित्र थियो।  आलोकले धेरै भूमिका नानिभाई भन्यो ,'यार हामि त तेरो सहयोग माग्न आएको। तैले जस्तो टाई कसेर एसीको चिसो  हावा खान सकिएन। चक डस्टरले उभो लागिएला झैँ लागेन। त्यसैले हामि बाख्रापालन गर्ने सोच बनाएका छौ। हामीलाई कर्जा चाहियो। " विनोदले पनि तत्कालै बिस लाख सम्मको कर्जा उपलब्ध गराउन सक्ने जानकारी गरायो। त्यो बाहेक अन्य सहुलियतका बारेमा पनि जानाकारी गरायो। 

त्यसपछि उनीहरुले बर्षको पचास हजार तिर्ने सर्तमा दश बर्षकोलागि एक रोपनी जग्गा लिजमा लिए। दुबैजनाले  आफ्नो पैतृक सम्पति  धितो राखे। विनोदले सरल कृषि कर्जा मिलाइदियो। दुबैजनाले पालै पालो बाख्रापालन  सन्बधि तालिमहरु पनि लिए। ठाँउ र मौसमको आधारमा पहिलो चरणमा उनीहरुले खरी जातका पचासवटा बाख्रा किने। रोगले कम सताउने, दुईबर्षमा तिनपल्टसम्म ब्याउने त्यो पनि जुम्ल्या र तिम्ल्या जन्माउने भएकोले यो जात रोजेका थिए उनीहरुले। 

सबैकुराहरु उनीहरुले सोचेजस्तै हुदै गयो। एक दुइबर्षमा राम्रै प्रगति गरे। 

यो सबै काम आलोकले  श्रीमतिसंग सल्लाह नै नगरी गरेको  थियो। दुइतिनपल्ट फोन गरेर घरमा  बोलाएको त  थियो। तर  बाख्रापालन शुरु गर्न लागेको कुरा जानाकारी पनि गराएको थिएन। उसले ठाडै 'तिम्रो तलबले म घर चलाउन सक्दिन। विदेशको  भिसा बोकेर मात्र लिन आउनु' भन्दै फोन काटेकी थिई। त्यसपछि उसले कहिले फोन गरेन। राधाले पनि फोन गरिन। दुवैजनाको इगोंले गर्दा सम्बन्ध चिसिदै गयो।

आलोक र उज्ज्वल मिलेर बाख्रा फारम चलाए। धेरै पछीमात्र राधाले  अरुसंगबाट थाहा पाई आलोकले बाख्रा फारम चलाउन थालेको। विदेश जाने सपना बोकेर लोग्नेलाई घुर्की लगाउन माइती बसेकी राधा लोग्नेले आफुसंग सल्लाहनै नगरी फारम चलाएको थाहा पाएपछि आफुसंग धोखा भएको ठानी। उसको इगोंमा तेल थपियो।

टिकौली भन्सारका हाकिम  थिए राधाका  बा'। भन्सार भन्दा बाहिर निस्कनै मान्दैनथे। जति पैसो लगानी गरेर भएपनि भन्सारको कोटा हात पारेरै छोड्थे। नेताको घरघरमा पनी बेलाबेलामा  भेटी पठाईदिन्थे।  ज्वाईले नसोधी बाख्रा फारम चलाएको उनलाई पनि चित्त बुझेको थिएन। छोरीलाई भने 'डिभोर्स दे त्यो बाख्रा गोठालोलाई। मैले भनेको बेला लोकसेवा पढेको भए आज आम्दानी हुने ठाँउमा सरुवा मिलाइदिन्थे। खुबै सिध्दान्तका कुरा गर्थ्यो। अर्को खोजम्ला।' 

 हाकिम्नी बजै पनि संगै उभिएकी थिईन्। 'मलाई बिहे गर्ने बेला उहाँ भर्खर खरदार होइसिन्थ्यो। सिनामंगलमा एउटा सानो कोठामा सुत्ने, पकाउने, खाने एकै ठाउँ थियो। हेर अहिले कति प्रगति गरिस्यो। पोखराको घर त दुई बर्षको कमाइ पनि होइन। बीरगंज भन्सारको हाँकिम होइसिदा बनाइसियको यो घर। रन्जनले  अमेरिका पढ्ने खर्च सबै उहाँले नै पुर्याइबक्सन्छ। ज्वाइले भनेको मानेनन्। जिद्दी स्वभावका छन्। मलाई त तिमीहरु मिलेर बस्लाउ जस्तो लागेकै थेंन। हाँ, अझै पनि सुध्रिन्छन कि। सानो भएर केहि हुदैन। विदेश जान्छन भने पैसा हाल्दिम्ला। एकचोटी भनि हेरत ' हाकिम्निले छोरीको आँखामा हेर्दै भनिन्। 

त्यसपछि एकपल्ट राधाले फोन गरि आलोकलाई। नरम भएर कुरा गरि। फेरी पनि विदेशकै कुरा झिकी र भनी 'पैसा बाबाले दिसिन्छ। तिमीले अप्लाई गर।' 

उसको कुराले आलोकको आत्मसम्मानमा च्वास्स घोच्यो। 'आउने भए बाख्रा फारममा काम गर्न आइज। होइन भने मलाई फोन पनि गर्न पर्दैन' भन्दै उसले फोन काट्यो। चिसिदै गएको संबन्ध अन्तत हिउँचुली नै बन्दै गयो र अलिअलि बचे खुचेको प्रेमको अंकुरण सदैको लागि पुरियो। उनीहरुको जिबनमा बसन्त फेरी कहिले फर्केन। 

त्यसपछि आलोक काठमान्डौको डेरा छोडेर फ़र्पिङ्गमै बस्न थाल्यो। उज्वलकै घरमा बस्थ्यो ऊ। त्यहाँदेखि  नजिकै थियो उनीहरुको बाख्रा फार्म। त्यहाँ  काम गर्नको लागि मकवानपुरकी सानुमाया थिङ्गलाई राखेका थिए उनीहरुले। फुपुको घरमा बस्थी ऊ। सलक्क परेको ज्यान, पोटिला स्याउ जस्ता गाला, चिल्ला र कसिला तिघ्रा कुदेरै बनाए जस्ती थिइ। सानुमायालाई ऊ कहिले इन्द्रावती नदीको छेउछाउ डुल्ने भुमा माझीकी छोरी लालगेडी झैँ देख्थ्यो भने कहिले प्रेंमकि प्रतिमूर्ति सुम्निमा। उनीहरु र सानुमाया बीच कुनै न कुनै बिम्ब जोडिए झैँ लाग्थ्यो उसलाई। 

सानुमायाको मेहनत, सोझोपन र अर्गानिक ब्युटिले आलोकको मनमा मायाको गुड पहिलेदेखि नै बसिसकेको थियो। कहिलेकाँहिं  ऊ उज्वलसंग सानुमायाको फुपुको भट्टीमा तुम्बा र हाँसको छोइला खान जान्थ्यो र मौका मिल्नासाथ ठट्टा गरेर सबैलाई हँसाउथ्यो। अलि पर कुनाबाट उसका कुरा सुनेर सानुमाया प्रफुल्ल मुद्रामा भाँडा माझ्दै गरेकी हुन्थी।

एकदिन साँझ बाख्राहरुलाई दाना दिदै गर्दा आलोकले सानुमायाँलाई सोध्यो, 'के तिमीलाई म मेरी सानु भनेर बोलाउन सक्छु ?'

गरिब र गाँउले परिबेशमा हुर्केकी सानुमाया आलोकको कुराले छक्क परि। त्यसै त राता गाला लाजले गर्दा रगत चोला जस्तै भयो। लाब्जावती झार झैँ भुतुक्कै भैं ऊ। संगै काम गरेपनि ऊ मालिक थियो भने सानुमाया आफुलाई एक तुच्छ नोकर्नी झैँ सम्झंन्थी। ऊ केहि बोलिन।  उसको बाबु  माओंबादीमा भएकोबेला फापरबारीमा सेनासंग भएको दोहोरो भिडन्तमा मारिएका थिए भने आमा हेटौडामा मजदुरी गरेर बस्थिन। 

'मौनं सम्मति लक्षणम्' भनेझै सानुमायाको हाउभाउले उसको कुरामा सहमति जनाईसकेको कुरा आलोकले बुझीहाल्यो। 'तिमीले मलाई आलोक मात्र भने हुन्छ सर सर  भन्नु भर्दैन है' उसले सानुमायाको झुकेको अधरमा हेर्दै भन्यो। बैशले उन्मत्त यौबना नारि उसको मनसाय किन पो बुझ्दैनथि र , तरपनि उसले मुख खोलेर बोलिन।  लजाएर शिर झुकाइरही।  

'भोलि म संग काठमान्डौ जान्छौ त ? फुपुलाई पनि सोधी हेर । म तिमीलाई शहर घुमाएर ल्याउला', आलोकले  उसको आँखामा हेर्दै सोध्यो। 

एक्कासी काठमान्डौ घुम्न जाने कुराले उसलाई  रोमान्चित गर्यो। लालगेडी झैँ आँटी नभएपनी आगाडी लत्रेका रौ दुवै हातले पछाडी फर्काउदै उसले भनि 'आफै सोध्नुस न। '

'के खोज्छस् काना आँखो' भने झैँ उसकी फुपू पनि टुप्लुक्क त्यहि आईपुगीन उतिबेलै। आलोकले एकैछिन सोधपुछ गरेपछि सानुमायालाई हेर्दै भन्यो, ' भोलि म यिनिलाई काठमाण्डौ लगेर जान्छु। अलिअलि सामानहरु किन्नु पनि छ।  एकदुई ठाँउ घुमाएर पनि ल्याउछु। अहिलेसम्म काठमान्डौ गाकी रैनछिन' आलोकले निर्धक्कसंग सोध्यो। 

'फूपुले पनि जवान केटाकेटी संगै घुम्न गए राम्रै होला भन्ने सोची। 'हजुरसँग काम गर्छे। काममा जानको लागि के को मलाई सोधिराख्न पर्यो बाबु। ऊ पनि जवान छे।  कुरा आफै पनि बुज्छे' भन्दै माथिपट्टिको ओठ अलिअलि चलाइन।

 फुपुको कुरा सुन्न कान ठाडो पारेर बसेकी सानुमाया उनको कुरो सकिन नपाउदै घरको कुलेसातिर गई र दिल खोलेर मुस्कुराई। 'त्यतिन्जेल बिचरीलाई के थाहा आलोक एकल  पुरुष हो। एकपल्ट बिबाह भैसकेको बिटुलो लोग्नेमान्छे हो भन्ने। आलोकले पनि कहिले भन्ने मौका पाएको थिएन। 

अर्कोदिन आलोकले सानुमायालाई लिएर काठमान्डौ गयो। मोटरसाइकलमै राखेर स्वयम्भु, बालाजु र बुढानिलकन्ठतिर घुमायो। सिटि मलमा शोपिङ्ग गरायो। बेलुका दुबैजना त्यहि गौशालाको एउटा होटेलमा बसे। यो बिचमा आलोकले सबैकुरा सानुमायाँलाई सुनायो। उसको कुराले पहिले त ऊ निकै झस्केकी थिई तर उनीहरुको डिभोर्स भैसकेको र कुनै सन्तान पनि नभएकोले गर्दा कता कता भित्र कुनामा प्रेमको टुसा अङ्कुरायो। आलोकले त्यसलाई राम्रैसंग मलजल गर्यो। र भोलिपल्टमात्र  उनीहरु  घर फर्के।

त्यसको केहिदिनमै आलोकले फुपुसंग सानुमायाको हात माग्यो। उनीहरुको बीच प्रेम झाँगिदै गैरहेको थियो। 'सोझो बाङ्गिन बेर लाग्दैन' भन्ठानेर उसले दक्षिणकाली मातालाई साक्षी राखेर सानुमायासंग नयाँ दाम्पत्य  जिबनको  सिलान्यास गर्यो ।  

एकदिन दिनभरको काम सकेर साँझ  घरमा आराम गर्दै गर्दा टेलिभिजनमा समाचार आइरहेको थियो, 'घुसको लेनदेन चल्दै गर्दा टिकौली भन्सारका हाकिम पक्राउ।' कसैको सुराकीको आधारमा प्रहरीले  रंङ्गे हात पक्राउ गरेका थियो। बानेस्वर स्थित घरमा छापा मारेर असि लाख नगद र एक करोड बराबरको जिन्सी तथा  अबैध सम्पति पनि जफत गरेको थियो।

क्यामेरामा  राधाका आमा छोरी रोइरहेका थिए। हाकिमको छोरा पनि त्यहि थियो। उसलाई ड्रग्सको अबैध कारोबार गरेको आरोपमा यु एस  पुलिसले पक्राउ गरेर नेपाल डिपोर्ट गरिदिएको थियो केहिदिन अघि । टेलिभिजनमा उनीहरुको अनुहार हेर्न लायकको थियो। केहि बर्ष अघि फोनमा  'पैसा बाबाले दिसिन्छ। तिमीले विदेश अप्लाई गर' भनेको कुरा आलोकको कानमा गुन्जिरह्यो।

 उसले बिस्तारै सानुमायालाइ अंगालोमा बेर्दै भन्यो 'मेहनति र इमान्दार मान्छेलाई न अमेरिका जानुपर्छ न सरकारी जागिर नै खानुपर्छ। अर्गानिक माया पनि यतै पाइन्छ।'  





Sunday, December 27, 2020

आधुनिक कवि म

म कविता लेख्न खोज्छु 

कबिताले कविको तिखो कलम खोज्छ 

तिखो कलमले तिखारिएका शब्दहरु  खोज्छ 

शब्दहरुले  ओजिला भावहरु खोज्छन् 

म शब्दकोशभित्र परेवाले पराल ठुँगे झैँ शब्दहरु ठुँग्छु  

र ,

म भेट्छु अक्षरहरुको गुजुल्टो 

सुगन्धरहित फूलहरु झैँ 

त्यसै झोक्राइरहेका 

बगरका ढुङ्गाहरु  झैँ

सदियौदेखि लम्पसार सुतिरहेका 

म तिनै बास्नाहिन फूलहरुमा सुगन्ध भोर्न चाहन्छु 

तिनै ढुङ्गाहरुमाथि छिनो चलाउन खोज्छु 

तर म भेट्दिन,

फुल र सुगन्धबिचको मेल

 त्यसैले,

मेरा कबिताहरु 

तिनै सुगन्धहिन फुलहरु  जस्तै तिरस्कृत छन् 

बगरका ढुंगाहरु झैँ निस्प्राण छन् 

तरपनि म, 

तिनै सुगन्धहिन  फूलहरु जोडेर 

माला बनाउने कत्रो दुश्साहस गर्दैछु 

र ,

मेरा प्रिय पाठकहरुलाइ जबर्जस्ति भिराइदिन तल्लिन छु 

आकृतिबिनाका कठोर ति  ढुङ्गाहरुले

उनीहरुको कोमल हृदयलाई ठोक्न उद्दत छु  

किनकि,

म बिबश छु

आफ्नै रहरले गर्दा 

त्यसैले त भावभङ्गुर मेरा शब्दहरुले 

आफैलाई गिज्याए जस्तै लाग्छ 

नाकमा नमिठो गन्ध ठोकिए जस्तै लाछ 

दाँतमा ढुङ्गा घोटिएजस्तै लाग्छ 

तरपनि म,

कनिकुथी गर्दै 

शब्दहरुको ताँती लगाउछु  

बाङ्गाटिङ्गा  लाइनहरु कोरेर 

मेरो संकुचित परिभाषाभित्र कविताको आकृति दिन्छु 

र,

आफैले आफैलाई कबि सम्बोधन गर्दै 

घिरौलाजत्रो नाक बनाउछु 

नेताजीलाइ बोलाएर  कविताको बिमोचन गराउछु 

पत्रकारलाई बोलाएर प्रचार गर्न लागाउछु 

उस्तै परे अर्को बर्ष 

प्रज्ञा पुरुस्कार हात पारेरै छोड्छु । 








Sunday, December 20, 2020

रुविना



मध्यरात।  -३२   डिग्री सेल्सिअसको जाडो। सडकहरु हिउँले  सेताम्मे मात्र हैन सिसाको सिंङ्गो  चिप्लेटी बनेका  छन्। सुनसान रातमा एक दुइवटा गाडीहरु बाहेक मान्छेको त कुरै छोडौ चरो मुसो पनि देखिदैन। घर घरका चिम्निहरुबाट धुवा जसरि बाफ उडिरहेको छ निरन्तर क्षितिज तिर। 

एउटा हातमा खानाको सानो झोला र अर्को हातमा पर्स  समातेर घरभित्र छिर्छे रुविना । यो उसको जागिर खाने घर  हो।  त्यो घरमा दुइजना अधबैसे केटाहरु बस्छन नोडिन र गेरोनिमो ।  उमेरले मात्र अधबैसे हुन् उनीहरु। बुद्धि र विवेकका हिसाबले केटाकेटी नै छन्। शरीरको ओजन  क्विन्टल भन्दा बेसी छ । खाना जति खाए पनि नपुग्ने। उठेदेखि नसुतुन्जेल भोक लाग्यो, भोक लाग्यो भनिरहने। फ्रिजबाट  काँचो  मासु  समेत  झिकेर खाने भएकोले फ्रिजमा साँचो लगाएको छ। बेलाबेलामा  होस  पाउदैनन्  केटाहरु। उस्तै परे  चक्कु झिकेर हान्न आउने भएकोले किचन क्याबिनेटमा पनि ताल्चा  लगाएको छ। 

घरको एउटा कुनामा एउटा सानो कोठा छ। यो उसको अफिस हो । अघिल्लो सिफ्टमा काम गर्ने स्टाफसंग दिनभरिको गतिबिधिको बारेमा जानकारी लिन्छे। औषधिहरुको रुजु गर्छे। पैसा ,चुरोट गिन्छे र कागतमा हस्ताक्षर गर्छे। त्यसपछि कम्प्युटरमा  हाँजिरी दर्ता गर्छे।

डकुमेन्टको काम सकेपछि ऊ सरासर किचनमा जान्छे र जुठा  भाँडाहरु माझ्छे । झाडु लगाउछे। केटाहरुलाई औषधी खुवाउने बेला भएकोले कम्प्युटरबाट उनीहरुको औषधि रुजु गरेर पालै पालो खान दिन्छे। उनीहरुले औषधि निले ननिलेको कन्फर्म गर्नको लागि उनीहरुलाई आँ गर्न लगाउछे। जिब्रोको तल तर्कुलोसम्म हेर्छे। निलेको पक्का भएपछी कम्प्युटरमा पुन रुजु गर्छे।  त्यसपछि केटाहरु आआफ्नो कोठातिर  सुत्न जान्छन। 

सबै काम सकेर रुविना सोफामा गएर आराम गर्छे। फोनमा फेसबुक खोल्छे र हेर्दै साथीहरुका फोटाहरु लाइक, कमेन्ट  गर्दै जान्छे। कसैले पार्कमा  गएर खिचेका फोटाहरु अपलोड गरेका थिए भने कसैले रेस्टुरेन्टमा खान खादै गरेका फोटाहरु टाँसेका थिए।  उसको भुतपुर्ब लोग्नेले फोटो उपलोड गरेको थियो नयाँ गर्लफेरेन्डसंग।  उतिखेरै हटाइ साथीको लिस्टबाट। मनभरि कुरा खेले उसका । बितेका दिनहरु आँखा अगाडी नाच्न थाले। रातिको सिफ्ट भएपनि, ऊ सुत्न पाउदिनथि ।रातभर जागाराम बस्नु पर्थ्यो। तर कहिलेकाँही भने सोफामै निदाइदिन्थि उ। 

त्यो दिन सोफामा यसो के पल्टेकी मात्र के थिइ उ, नोडिन  उठेर बाहिर निस्क्यो।  उसले नोडिनलाई  बाहिर जानबाट रोक्न खोज्दै भनी, 'नोडिन , तिमिलाई रातिमा बाहिर जान मनाइ छ। त्यसमा पनि तिमि एक्लै कतै निस्कन पाउदैनौ। '

नोडिन  सुनेको नसुने झैँ गरेर जाकेट र स्नो बुट लगाउन थाल्यो।

" नोडिन , तिमीले सुनेनौ कि मैले भनेको ? तिमि जुत्ता खोल र कोठामा गैहाल। बाहिर तिमीलाई खतरा हुन्छ।  चिसो र चिप्लो छ। पसलहरु बन्द छन् यतिबेला।"

" यु क्यान्ट टेक माइ लिबर्टी अफ । आइ एम अ फ्री म्यान ," केलेचीको मुखमै  नहेरी भन्यो उसले र सरासर बाहिर लाग्यो ।

सडक  सुनसान  थियो। दुइ दिन देखि हिउँ  परेकोले गर्दा सडकभरि हिउँ थुप्रिएको थियो। रुविनाले  ऊ पर पुग्दासम्म झ्यालबाट हेरी। प्रोटोकल अनुसार उसले आफ्नो म्यानेजरलाई फोन गरेर रिपोर्ट गरि। कम्प्युटरमा पनि घटना विवरण टाइप गरि र पुन: सोफामा पल्टेर फोनमा गीतहरु सुन्न थाली।

करिब आधा घण्टा पछि नोडिन फर्कियो र सरासर कोठाभित्र  गयो।  म्यानेजरलाइ  पुन: रिपोर्ट गरि उसले। नोडिन कोठाभित्र पसेपछि बाहिरको ढोका लगाइ  र अफिसमा गइ।  केस नोट बनाइ  र इमेल गरी।

रात बित्दै जाँदा  उसले आफ्ना छोराछोरीहरुलाई  सम्झन्छे। दश  बर्षकी छोरी आँठ बर्षको छोरा एक्लै छन् घरमा। साथीको छोरी आउछे उनीहरुसंग सुत्न। एक महिनाको लागि भनेर अनुरोध गरेकी थिई बिनासङ्ग रुविनाले । 

लोग्ने संग छुट्टिएको करिब दुइ  बर्ष पुग्यो। यसरि छुट्टिनाको मुख्य कारण नयाँ बर्षको त्यो रात थियो जुन रात रुविनालाई उत्तमले साथि  जफारीसंग आफ्नै कोठामा भेटेको थियो। बास्तबमा त्यो कर्ण र भानुमतीको जस्तै संयोग थियो। तर उत्तम  दुर्योधन नभई राम बन्न पुग्यो। त्यो दिनदेखि उनीहरुको बीच एकले अर्कोलाई आरोप लगाउने र  झगडा गर्ने क्रम चलिरह्यो। अन्तत: रुविनाले नै एक्लै बस्ने निर्णय गर्न बाध्य भई। उसलाई ओंन्टारियोमा बस्न सम्म मन लागेन र अन्तत ऊ एड्मन्टन मुभ गरी। 

सोच्दा सोच्दै कुर्चीमा निदाउन लागेकी हुन्छे ऊ, बाहिर टिभीको ठुलो आवाज आउछ। ऊ बाहिर निस्कन्छे हतार हतार। गेरोनिमो उठेर टिभी खोलेको रहेछ।  ऊ चरनाम नाग्गै  थियो। 

गेरोनिमो चालीस बर्षको छ। मानसिक बिकास राम्रोसंग  नभएको बिरामी हो। उसलाई बोल्न प्रस्टसंग आउदैन। हात एकोहोरो चलाइरहन्छ अर्थात् दाइने हातले देब्रे हातको औलाहरु  भाँचिरहन्छ। राम्रो संग हिड्न आउदैन। दिमागको विकास राम्रोसंग नभएकोले गर्दा दिशा पिसाब जहाँ लाग्यो  त्यहिँ  छोद्दिन्छ। त्यसैले  गर्दा पनि रुविनाले उसको डाइपर बारम्बार फेर्दिनु पर्छ। कहिलेकाँही त उसले एक्कासी टाउको टेबल, भुइँ तथा भित्तोमा ठोक्छ।  यस्तो बेला उसले नजिक भएको मान्छेलाइ पनि एकदुई मुक्का ठोक्न पनि भ्याउदछ। रुविना यस्तो अबस्थामा  कतिपल्ट त  पछाडिको ढोकाबाट बाहिर भागेर ज्यान बचाएकी छ। बेला बेलामा शरीरमा भएको सबै कपडा फुकालेर कम्मरमुनिको मांसपिण्ड खेलाउदै हिड्छ।

 'हाइ बिहेभियर' अर्थात् आक्रामक भएको बेला रुविनाले औषधि दिन्छे उसलाई।  तरपनि आजकल औषधिले त्यति असर गर्दैन।

रुविनाले  गेरोनिमोलाई कोठामा जान भन्छे। तर उसले टेर्दैन।  उसको देब्रे आँखो काँनो छ भने दाईने खुट्टो छोटो छ। एउटा खुट्टो भुइमा लतार्दै बैठक कोठामा यता र उता डुलिरहन्छ। रुविना उसलाई पुन कोठामा जान अग्रह गर्दै टिभी बन्द गर्दिन्छे।

त्यसपछि ऊ खानाखाने टेबलमा गएर बस्छ। उसलाई बोल्न नआउने भएकोले उसको हाउभाउ बुझेर ब्यबाहार गर्नुपर्ने हुन्छ। रुविनाले फ्रिजबाट पुडिंङ्ग  निकालेर दिन्छे।  खादैन उसले।  एकोहोरो भित्तोतिर हेरेर बस्छ। एकैछिन पछि एकोहोरो चिच्याएको आवाज निकाल्छ। रूविना  अलि सतर्क भएर बाहिर निस्कने र ढोकानिर गएर उभिन्छे। गेरोंनिमोले एकैछिनमा डंग डंग टाउको ठोक्छ टेबलमा। हेर्दा हेर्दै उसको निधारबाट रगत बग्छ थाल्छ। रुविना डरले बाहिर भाग्छे। बाहिरबाटै म्यानेजरलाई फोन गर्छे र तुरुन्त इमर्जेन्सीमा पनि कल गर्छे।

केहीबेरमा एम्बुलेन्स पनि आइपुग्छ। त्यतिबेलासम्म गेरोनिमोको अनुहार रगतले लत्पतिएको थियो। बडो होसियारिकासाथ स्वाथ्यकर्मीहरुले उसलाई उठाएर एम्बुलेन्समा राक्छन। प्राथमिक उपचार पश्चात् उसलाई हस्पिटल लैजान्छन।केलेचीले सबै रिपोर्ट तयार गर्छे। यति गर्दा गर्दै उज्यालो हुन्छ। 

नोडिन  उठिसकेको हुन्छ त्यतिन्जेलसम्म। उसलाई ब्रेकफास्ट बनाएर खान दिन्छे। औषधि पनि दिन्छे।  सात बजे  बिहानको स्टाफ, वोसागी बिहानको सिफ्टकोलागि आउछ। सबै कुरहरुको डिब्रिफिंङ्ग   गरेर उ घर फर्कंछे। छोरा छोरीलाइ लन्च तयार गरेर डिब्बामा हाल्छे। ब्रेकफास्ट खुवाएर स्कुल पठाउछे।


सबै काम सकेर दश बजेतिर सुत्छे तर रातको घटनाले गर्दा उसलाई निन्द्रा पर्दैन। दिनभर के के सोची के के। उठेर बेलुकाको खान तयार गरि र छोरा छोरीलाइ ल्याउन स्कुल गइ। स्कुल नपुग्दै उसलाई  काम गर्ने हेडअफिसबाट फोन आउछ। केलेचीले चिट चिट पसिना काड्छे। उसलाई म्यानेजरले  त्यो रात काममा नजान र भोलि अफिस आउनको लागि फोन गरेको  थियो। त्यतिबेला  रुबिनाले  आफ्नो जागिर चट भैसकेको महशुस गरिसकेकी थिई।

भोलि बिहान उ केटाकेटी लाइ स्कुल पुर्याएर अफिस जान्छे। केहीबेरको कुराइ पश्यात उसलाई एउटा सानो कोठाभित्र  बोलाइन्छ र  म्यानेजरले सोध्छ," ह्वाट ह्यापेन्ड लास्ट नाइट?  टेल मि एभ्रिथिंग इन डिटेल। " 

उसको छातीमा धक धक बढ्न थाल्छ। चिट चिट पसिना छोड्दै भन्छे, " आइ ह्याव मेन्सन अलरेडी इन द रिपोर्ट। "

"डीड यु फलो द पर्सिजर?"

"एस, आइ डीड। "

" नो, यु डीड  नट। "

रुविना चुप्प लाग्छे।  एकमनले सोच्छे मुखभरिको जवाफ दिन्छु।  यसै जागिर गयो, उसै गयो। फेरी अर्को मनले भन्छ, 'कुल डाउन'। 'अर्कोको देशमा भोलि पनि जागिर खोज्नु पर्छ।' 

म्यानेजरले फाइलबाट एउटा कागत निकाल्छ र साइन गर्न भन्छ, "दिस इज योर फस्ट रिटन अप।  इफ यु डोन्ट लर्न फ्रोम दिस, आइ हाभ टु टर्मिनेट योर इम्प्ल्योइमेन्ट। ' 

उसलाई रिंगटा लाग्छ। अध्यारो मुख बनाएर  कागजमा साइन गर्छे। 

" आइ  ह्याभ यु स्केजुअल्ड टु  द नेक्ट् हाउस फ्रम टूमोरो। यु क्यान रेफुज इफ यु डोन्ट लाइक", चिसा आँखाले रुविनालाई  हेर्दै भन्छ। 

रुविनालाई एकैछिन पनि त्यहाँ  बस्न मन लागेन। बाइ पनि नभनी निस्की। 

रुविना  भोलिपल्ट काममा गइन।  बरु बायोडाटा बोकेर लागि अर्कै काम खोज्न। वाल्मर्ट , होम डिपो , सबवे , म्याक्डोनाल्ड कता कता मात्र पुगिन ऊ।  "जागिरमा कसैले  बोलाएनन्।  काम खोज्दा खोज्दै महिनौ बित्यो। सिफ्टको  काम मात्र भेटिन्थ्यो , तर उसको समय मिल्दैनथ्यो । छोरीहरुलाई एक्लै घरमा छोडेर रातिमा काम नगर्ने निर्णय गरेकी थिई उसले। बिहान आफै स्कुल पुर्याउन पर्थ्यो अनि बेलुका लिनजानु पर्थ्यो। 

एकल महिला भत्ता मिल्थ्यो सरकारबाट। त्यसैमा छोराछोरीकोलागि सरकारले दिने भत्तासमेत गरेर  पनि जोडेर खान र  बस्न   मुस्किल पर्थ्यो उसलाई। 

काम छोडेको करिब एकमहिना पछि 'हेनरी केयर सेन्टर' बाट इन्टरभिउको लागि फोन आयो। बाक्लो हिउ परेको र बाटो चिप्लो थियो। आधा बाटो नपुग्दै गाडी चिप्लियो र सडक छेउको पोलमा ठोक्कियो। तर उसलाई भने केहि भएन। पुलिसलाई कल गरि। केहीबेरमा  पुलिस आइपुग्यो । पुलिसले उल्टै पोलमा क्षति पुगेको भन्दै दुइसय पचास डलरको टिकट  हातमा थमाएर पठायो।  इन्टरभिउ पनि छुट्यो। दशा लागे दश थोक हुन्छ भने झैँ भयो उसलाई । 

उसलाई रातमा निन्द्रा पर्न छोड्यो।  भोक लाग्न छोड्यो।  छोरीहरुको भबिश्यको चिन्ताले दिन दिनै गल्दै गई । डाक्टरले डिप्रेसनको औषधि खाने सुझाब दियो।  एन्टीडीप्रेसान्ट खान थाली।  उसका साथीहरुले 'काम गर्यो भने सबै ठिक ह्न्छ, हामि काम खोज्दिन्छौ भन्थे।  तर उसले काम नपाएकी कहाँ हो र।  तर आफ्नो समयमा काम काम खोजेकी थिई। 

एकजना चिनेको नेपालिको रेस्टुरेन्ट थियो चर्चिलरोडमा। उनले रेस्टुरेन्टमा राति बाह्र बजेसम्मको सिफ्टमा काम गर्न बोलाए। काम सबै  गर्न पर्थ्यो। भाँडा  धुने , भुइँ पुछ्ने, कुकलाई काटकुट गर्न  सहयोग गर्ने, खान सर्विस गर्ने सबै काम गर्न पर्दथ्यो। तर पनि ऊ खुसि नै थि। ट्याक्स कटाएर दुइहजार डलर हात पर्दथ्यो। त्यो पैसाले भाडा, ग्रोसरी र अन्य खर्च चलाउथि। 

काम गर्दा गर्दै त्यहिँ  काम गर्ने सेफ अशोकसंग माया पिरिम बस्यो। अशोकको पनि आफ्नै कथा ब्याथा थियो। चार महिना अघिमात्र  इन्डियाबाट क्यानाडा आएको थियो ऊ।  नेपालमा एउटी छोरी थिइ। ऊ इन्डियामा हुदै उसकी श्रीमतीले छोडेर जिपको ड्राइभरसँग हिडेकी थिई। सबै कुरा न रुविनाले उसलाई सुनाइ न उसले रुविनालाई। 

 छोरा छोरी हुदैमा र उमेर ढल्कदैमा मायापिरिम गर्न नहुने त कहाँ पो थियो र। फेरी प्रेम भन्ने जातै अनौठो न उमेरले छेक्ने, न जातले।   रुविनाले  पनि डेटिङ्ग सुरु गरि अशोकसंग। बिस्तारै  डिप्रेसनको गोलीहरुसंग डिभोर्स भयो उसको।  छोरा छोरीहरु पनि हुर्कदै गए। काम गर्दा गर्दै पुराना दिनहरु बिर्सदै गई उसले। 

रेस्टुरेन्ट प्रत्यक सोमबार बन्द हुन्थ्यो। रेस्टुरेन्ट बन्द भएको दिन उनीहरु कहिले सस्काचेवन नदीको किनारमा गएर कन्चन पानीसंग आफ्नो प्रेम मिसाउथे भने कहिले शहरका विभिन्न मलहरु घुम्न निस्कन्थे। तर छोराछोरीहरुको  स्कुल छुट्ने बेला घर फर्की सक्थे उनीहरु। अशोक  पनि उसका छोरीहरुलाई  आफ्नै जस्तै गरेर माया गर्दथ्यो। त्यो माया स्वतस्फुर्त थियो। कुनै दिन पनि रुविनाले  उसँग सर्त राखेर प्रेम गरेकी थिइन। छोरीहरुलाई स्विकार्छौ कि स्वीकार्दैनौ भनेर पनि सोधिन।  सायद उसलाई राम्रोसंग थाहा थियो सच्चा प्रेममा कुनै सर्त हुदैन भनेर। छोरीहरुलाई लिएर ट्री हाउस घुम्न निस्कन्थे। उनिहरुसंगै  आइसक्रिमको मज्जा पनि लिन्थे। ट्री हाउसमा लुकामारी गर्दै गर्दा लुकेर सुटुक्क चुप्पा चाप्पी गर्न पनि भ्याउथे। 

एकदिन रुविनाले  अशोकसंग आफ्नै रेस्टुरेन्ट खोल्ने प्रस्ताब राखी। उसको प्रस्ताबले अशोकलाई सोच्न बाध्य बनायो। काम गर्ने रेस्टुरेन्टको साहु पनि उसको आफन्त नै   थियो। काम  छोडिहाल्ना सजिलो थिएन।  तर रुविनाले उसलाई " बिजनेसमा कोहि  पनि आफन्त हुदैन। सधैभरि आफन्त भन्दै अर्कोको काम गरेर मात्र पनि हुदैन।  यो दुनिया सबै स्वार्थी छ।  हामि दुवै जना काम गर्न सक्षम छौ। आफ्नै रेस्टुरेन्ट खोलौ" भनेर सल्लाह दिई । अशोकलाई पनि रुविनाको कुरा सहि लाग्यो। सोच्यो 'आफ्नै अङ्कल भनेर के गर्ने काम गरेको तलब भन्दा कहिले नाफाको एक पैसो दिने हैन। " नो रिक्स, नो गेइन। " अलिकति पैसो लाइन अफ क्रेडिटबाट र अलि अलि दुबैजनाको सेभिङ्गबाट लगानी गर्ने सल्लाह गरे उनीहरुले। 

करिब दुई महिनाको निरन्तर खटाइ र खोजाई पछि  रुविना र अशोक  मिलेर "द हिमालय इटरी ' नामक रेस्टुरेन्ट खोले । रात दिन खटेर काम गरे।  दुइ जना स्टाफ पनि राखे। रेस्टुरेन्ट  रिभरसाइडमा भएकोले गर्दा स्प्रिंग देखि अटम सम्म बेसरी चल्थ्यो। रुबिनाले पनि  सक्दो मेहनत गरि पाउनाहरु  रिझाउन। रेस्टुरेन्टको इन्टेरियर डेकोरेसन पनि नबिन र मौलिक बनाए।

अशोकले  किचनको सबै कुरा म्यानेज गर्दथ्यो भने रुविनाले  बाहिरको सबै समाल्थी। तिस जनाको डाइनिंग, आइल्याण्ड बारको साथै उबर र स्किप द डीसेस राखेका थिए। एक दुइ महिनाको पापड बेलाई पछि रेस्टुरेन्टले राम्रो पिक अप लियो। टेक आउट पनि धेरै नै बिजी हुन थाल्यो। ब्यापार राम्रो भएकोले गर्दा उनीहरुले बैंकको ऋण पनि समयमै तिर्न सके। दुवैजना मिलेर रिभर भ्यालीमा एउटा घर पनि किने । 

सबै कुरो सोचेजस्तै हुदै गएपछि एकदिन आफ्नै रेस्टुरेन्टको पार्टीहलमा दुबैजनाले भब्यसंग बिबाह गरे। चिनेजानेकाहरू सबैलाई निम्तो पनि गरे।  रुविनाका  दुइ छोरा छोरीहरु पनि संगै थिए ।  एकातर्फ  आफ्ना छोराछोरीहरु र अर्कोतर्फ अशोकलाई राखेर कशम खाई । उनीहरु चार पाँच  महिनादेखि संगै बस्न थालेका थिए भने अशोकले पनि उनीहरुलाई आफ्नै छोराछोरी जस्तै मायाँ गर्थ्यो। 

 बिहे गरेको  पाँच महिनामै  रुविनाले घोर्ले छोरो पनि  जन्माई।

 सुत्केरी भए संगै उ घरमा बस्न थाली। अशोक एक्लै घर र रेस्टुरेन्ट खट्न थाल्यो।  उ बिहान चार बजे उठ्थ्यो। श्रीमतीको लागि खाना तयार पार्थ्यो र काममा निस्कन्थ्यो।  बिहान पाँच बजेदेखि राति बाह्र बजेसम्म लगातार खट्दथ्यो। रुविनाले ले धेरै कुरा थामेकी थिई किचनमा, तर उसको अनुस्पथिमा किचनमा काम गर्ने दुइजना मान्छेहरु पनि अलमल मात्र पर्दथे। उबर र  स्किप द डिसेस बाट उसको धरै अर्डर आउथ्यो। बाहिर नयाँ स्टाफ राखेको थियो तरपनि बिजी भएको बेला रेस्टुरेन्ट कच्ची सडकको गाडी झैँ लर्खराउथ्यो। 

घरमा पनि रुविनाले  एक्लै सबै गर्न परेको थियो भने रेस्टुरेन्टमा भने जस्तो ब्यापार भएको थिएन। भएको ब्यापारबाट घरको मोर्ट्गेज तिर्न पनि धौ धौ पर्न थाल्यो।  एक महिना नहुदै केलेचि रेस्टुरेन्टमा काम गर्न थाली। केलेची काममा फर्के लगतै ब्यापारले पिकअप लिन थाल्यो। घर र बिजनेस दुबैतिर मिलेर संघर्स गरे दुवै जनाले। यो उनीहरुलाई सजिलो पक्कै पनि थिएन, तर उनीहरुको दृढ इक्षासक्ति र अनुशासनले यो सबै सम्भब भएको थियो। 

एकदिन अशोक साथीको निम्तोमा क्यालगरी गएको थियो। कार्यक्रम सकेर फर्कने क्रममा ठुलो हिमपात भयो। बाटो हिउले गर्दा चिप्लो र धुमिल थियो। बीचबाटो नपुग्दै भित्रि बाटो जोडिने ठाँउमा एक्कासी गाडी ट्रकसंग ठोक्किन पुग्यो बाटोदेखि केहितल खस्यो। र एकैछिनमा  गाडीमा आगो लाग्यो। 

केहीबेरमा एम्बुलेन्स र दमकल आइपुग्यो।  तेतिन्जेल अशोकको शरीर धेरैजसो जलेको थियो।  मेडिकल टोलीले उसलाई अस्पताल लग्यो। गाडी पूर्णतया जलेर ध्वस्त भैसकेकोले गर्दा  पुलिसले उसको परिचय पनि पत्ता लगाउन सकेन। 

उता रुबिनाले भने  अशोकलाई  दिनभर कुरिरही। फोन गर्ने कोसिस गरि तर फोन उठेन। उसले अशोकको साथीहरुलाइ समेत फोन गरि। अशोक क्यालगरीदेखि हिडिसकेको पत्ता लागता पनि उ कता गयो , कहाँ छ केहि पत्तो लागेन। सधै केहीबेर ढिलो हुदा बितिकै फोन गरेर जानकारी गराउथ्यो रुविनालाई। आज गरेन। 

राति अबेर सम्म पनि अशोक नफर्केकोले उ पुलिसचौकीमा रिपोर्ट गर्न गइ। प्रहरीहरुले अनुसन्धान गरेर मात्र खबर गर्ने भनी  घर पठाए।  रातभर निन्द्रा लागेन उसलाई। उसका साथिभाइहरुलाइ फोन गरेर सोधी।  अहँ कतैबाट पनि केहि पत्तो भएन।  भोलि पल्ट पुन पुलिस चौकी पुगी रुविना ।

केहीबेरको पर्खाइपछि महिला पुलिस आएर उसलाई भित्र लगी।  पुलिसको  कुरा  नसकिदै  बसेको कुर्चीबाट भुइमा लडी रुविना। धेरैबेर सम्म पनि होस आएन उसलाई।  तुरुन्त एम्बुल्लेंन्स बोलाएर  अस्पताल पठायो पुलिसले । केहिदिन ट्रमा सेन्टरमा उसको उपचार  भयो। तिनदिन पछि मात्र ऊ घर फर्की। रित्तो थियो घर।  छोराछोरीहरु सबै  साथीको घरमा थिए।  

घरबाट निस्केर सस्काचेवन नदीतर्फ पाइला बढाई रुवीनाले । पुलको छेउमा धेरैबेर उभिई ऊ। कालो चिकाडी र सानो भागेरा हिउँमा चारा खोज्दै थिए। सेतो खरायो उसको खुट्टा छुदै खोलातिर झर्यो। उसले छोरा छोरीहरु सम्झी। नदीमा पानी सिसा झैँ जमेको थियो। पानीमा आफ्नो बिम्ब देखी। छोराछोरीले आँमा भनेको आवाज कानमा ठोक्कियो।

उसले पछि फर्केर हेरी।  छोराछोरी आफैतिर आउदै थिए।  उनीहरुको पछि पछि  थियो उत्तम। सानो छोरो बोकेर उसकै साथि  बिना  पनि संगै आइरहेकी थिई। 

उसलाई सपना हो कि बिपना छुट्याउन मुस्किल पर्यो। कतै सपनामै छु कि भन्ठानेर दाइने हाँतले बिस्तारै देब्रे गाला चिमोटी। त्यो सपना नभएर बिपना नै थियो। उसको एक्स लोग्ने उत्तम श्रेष्ठ । आफ्ना बाउआमाले रोजेर हात थमाइदियेको उत्तम पुरुष। बिगत सिनेमाको रिल जस्तै फनफनी घुम्दै उसको आँखा अगाडी नाचिरह्यो।  उ किंकर्तव्यविमुढ बनेर उभिरही। 





Sunday, December 13, 2020

रोकिएको डिभोर्स

 " माँया गर्छु भनेर मात्र माया हुन्छ ? माया गर्न पनि जान्न परो नि। न कहिले के छ? कस्तो छ? भनेर सोधेको छ, न कहिले  घरको काममा सघाएको छ। खालि उही चाहिने बेला मात्र मुसार्ने, अरु बेला मतलब छैन। यस्तालाई के भन्छन थाहा छ ? महास्वार्थी। आफु बिरामी परेको बेला बुढा तातो पानि देउ न प्लिज भनेरमाग्नु पर्छ। न छोरा छोरी बिरामी हुदा वास्ता छ। यस्ता मान्छे त एक्लै बस्नु पर्छ", बन्दनाले  बुढाको हात आफ्नो छातीबाट हटाउदै अर्को तर्फ फर्की।

"हैन किन त्यतिकै रिसाएकी हँ। मैले मायाँ गर्न नजाने तिमिले सिकाउ न त। के भो फेरी आज ?", भन्दै आफ्नो दाइने हाँत बुढीको कोखिलोमुनि घुसाउन खोज्छ आदित्यले। 

तर बन्दनाले उसको हाँत काखिमुनिबाट निकालेर फाल्दिन्छे र दुवै हात खुम्चाएर  आफ्नो छाती लुकाउछे। उसले  धेरै बेर सम्म कोशिष जारि राख्छ। तल, माथि कतैबाट पनि माया गर्न नसके पछि अन्त्यमा हार मानेर ब्ल्याकेट तानेर अर्कोतिर फर्किन्छ।

धेरैबेर सम्म भित्तामा झुन्डिएको भित्ते घडीको एकोहोरो 'छक् छक् छक्' मात्र सुनिन्छ कोठामा। अर्को कोठामा सात   बर्षको छोरा प्रनित सुतेको छ। 

"आफुले भनेको बेला पाएन भने कति छिटो उठ्छ रिस। अरुको पनि इच्क्षा, चाहना हुन्छ होला नि। आफुलाई मनलागेको बेला लुकुक्क पर्दै चाट्न आउने, मन लागेको छैन भने घन्टौ ल्यापटप र मुबाईलमा झुन्डेर बस्ने। हिजो को को संग च्याट गर्दा चाई बोलाएको पनि सुन्ने होइन।एकोहोरो फोनमा गत न पतसित अरुका कुरा काटेर बस्यो। अझ आइमाईलाई दोष लाउछन् अर्काको कुरा काट्ने जात भनेर। केटाहरु झन् केटिहरुले भन्दा तीनगुना बेसी अरुको कुरा काट्छन्", बन्दना भुन्भुनाउदै थिई।

आदित्यले कुनै रेस्पोन्स गरेन। एकछिनसम्म बन्दना एक्लै गन्गनाई। 

निन्द्रा  त कहाँ लागेको थियो आदित्यलाई, तर बुढीलाई घुर्की देखाईरहेको थियो। कहिलेकाँही एकछिन घुर्की देखाएपछि बुढी लुसुक्क पर्दै फर्किन्थी  र उसको छातीमा गएर टासिन्थी। आज पनि सायद त्यस्तै सोचेको थियो होला उसले तर सोचे जस्तो भएन।

धेरैबेरसम्म एक्लै गुनासो पोख्दै थिई बन्दना। बुढाको कुनै प्रतिक्रिया नआएकोले ऊ ओक्षानबाट जुकुक्क उठी र सरासर अर्को कोठामा गई। आदित्यले साँचेर राखेको झिनो आँस पनि मार्यो। ऊ  धेरैबेर सम्म ओल्ट्याई पल्टयाई गरिरह्यो। धेरैबेरसम्म  निन्द्रा नलागेपछि नजिकैको शिरानीमुनिबाट मुबाइल झिक्यो र किशोर कुमारको 'आनेवाला पल, जानेवाला है' गित बजायो। 

अर्को दिन बिदा थियो। उनीहरु अबेर सम्म सुते। छोरो उठेर  खेलौनाहरुसँग खेल्न थाल्यो। आदित्यले छोरालाई आफुसंग  बोलायो। ऊ पनि हातभरी खेलौनाहरू बोकेर  गयो र सिरकभित्र घुस्यो।  आदित्यले कथा सुनाउन थाल्यो "पुन्टे र बयर।" छोराले कति बुझ्यो कति बुझेन त्यो चाहि थाहाभएन तर कथा सकिउञ्जेल चुप्प लागेर सुनिरह्यो। उसले  बेला बेला इङ्ग्लिसमा उल्था पनि गर्दिन्थ्यो ।

 धेरैबेरसम्म बाउछोरा चल्दै बसिरहे। बन्दना उठेर बाथरुम छिरी। फर्केपछि छोरालाई ब्रेकफास्ट तयार गरि। बुढालाई चिया बनाई र उनीहरुलाई बोलाई। धेरैबेरसम्म  कोठाबाट निस्केन आदित्य।  सधैजसो बिहानै उठ्ने, योगा गर्ने र एकछिन भएपनि बाहिर निस्केर जम्पिङ्ग ज्याक गर्ने बुढो अबेर सम्म कोठामै बसेको देखेर बन्दनालाई कारण बुझ्न गाह्रो भएन।  चियाँ लगेर कोठामै राखिदिई। नबोलीकनै फर्केर सरसफाई गर्न लागि।


                                                                            ******


चार वर्ष अघि ठुला ठुला लगेजहरु घिसार्दै  एरपोर्टको बिजुली भर्याङ्ग चड्दा  धुलो र धुवाको  जिन्दगि, अभाबै अभावको जिन्दगि सिस्डोलमै  छोडेर आएजस्तो लागेको थियो उनीहरुलाई। उसले सोचेकी थिई, "अबको बसाई भनेको झन्झटरहित हुन्छ। थुलो, धुवा  र फोहोरोको डुंगुरले भरिएको काठमान्डौको गल्लीमा मास्क लगाएर हिड्नु पर्दैन। आबस्यकता भन्दा बढी नै अरुको बारेमा चासो राख्नेहरु संग भेट हुदैन।

नर्स थिई बन्दना  बिर अस्पतालको। साथिहरुसंग भन्थी," अस्पतालभित्र छिर्दा पनि नाकै समातेर छिर्नु पर्ने छि छि छि कति फोहोरो। म त कहिले भिसा लाग्ला र त्यो नर्कबाट निस्कुला भनिकी थिए।"दुइ चार बर्ष पहिले छिरेका उसका साथीहरु केहि नबोली उसका कुरा सुनिदिन्थे। उनीहरुले आफ्नो कथा भन्न चाहेनन् सायद उसको ओठको लालित्यलाई पुछ्न चाहेनन्। "काम त पाइन्छ नि यहाँ ?" उसले सबैलाई प्रश्न गर्थी। "सबैले काम गरेकै छन्। काम त पाइहाल्छ नि ढिलो चाँडो", उनीहरु कुरा नलम्बाईकनै भन्थे।

नर्थफेसको ज्याकेट, निलो जिन्सको पाइन्ट र काने टोपी लगाएर क्यानडाको चिसो संग जुध्न एअरपोर्टबाट निस्कदै गर्दा आदित्यका आँखा तनक्क तन्केका थिए। फनक्क घुमेर चारैतिर हेरेको थियो।  चिल्लो भुइँ , छुदै मयल लाग्ला जस्ता  भित्ता, अग्ला र सलक्क ज्यान परेका मान्छेहरु देख्दा आफुलाई ठिङ्ग बुख्याचा उभिए झैँ ठानेको थियो उसले।

पाँच पाँचवटा लगेज साथैमा राखेर फोयरको बीचोबिचमा उभिएका थिए उनीहरु। उनीहरुको पनि के दोष, अजयले नै बाहिर निस्कने गेटको भित्रपट्टि उभिनु भनेको थियो। ऊ लिनलाई त्यहि आउदै थियो। मान्छेहरु यताउति गर्ने बाटोमै उभियकोले गर्दा होला  सबैले उनीहरुको उनुहारमा हेर्थे र मुसुक्क हाँस्दै आफ्नो बाटो लाग्थे।  

धेरैबेरको कुराई पछि अजय आइपुग्यो।  उसलाई देखेपछि ढुक्क भएको थियो आदित्य।  गाडीमा बसाल्यो तीनैजनालाई र ब्रिटानिय रोड हुदै टोरोन्टो डाउनटाउनतर्फ हान्नियो ऊ। 

एक दुइ दिन अजयले नै बिहान साँझ गरेर उनीहरुको ग्रोसरी लगाएतका सामानहरु किनमेल गर्न सहयोग गरेको थियो। बस्ने अपार्टमेन्टको व्यवस्था पनि उसैले गरिदिएको थियो। स्कुलदेखिकै कुस्ती खेल्ने साथि थियो ऊ। 

अजय धेरै  ब्यस्त थियो। अरु साथीहरु पनि थिएनन् अजय बाहेक।आदित्यले आफुले चिनेका जति सबैलाई सोधीखोजी गरेर सम्पर्क गर्यो। धेरैसंगको सम्पर्क पहिलो र अन्तिम भएको थियो एकैपल्ट। 

चिनेकाहरुले  छुट्टीकोबेला बोलाएर भात खुवाएर पठाए। तर कसैले पनि उसलाई "जागिर खोज्नलाई यसो गर, उसो गर " भनेर उपाए बताएनन्। बरु सबैले भन्थे "आतिनु हुदैन जागिर पाइहालिन्छ नि ढिलो चाडो।"

 बैंकमा खाता खोल्न, सोसल इन्सुरेन्स नम्बरको लागि आबेदन भर्नकोलागि भने अजयले नै सहयोग गरेको थियो। 


पछि आदित्यले जर्ज ब्राउन कलेजबाट 'अप्लिकेसन डेभलपर'को दुइबर्षे कोर्स गर्यो र एउटा प्रतिष्ठित बैंकमा जागिर सुरु गर्यो।  बन्दनाले पनि नर्सको लाइसेन्स निकालेर सेन्ट जोसेफ हस्पिटलमा काम सुरु गरेकी थिई। 

एक बर्ष भएको थियो उनिहरूले नर्थयोर्कमा घर किनेर सरेको। 


                                                                        *******


सरसफाईको काम सबै सकाउदा समेत आदित्य कोठामै थियो। त्यो दिनभर दुबैजना बोलेनन्।

सरोज, उदय, बिनोद र जिबनको एउटा म्यारिज ग्रुप थियो। छुट्टीको दिन सितन पानिको व्यवस्था गरेर पालै पालो सबैको घरमा बस्थे उनीहरु। आज आदित्यको घरमा बस्ने प्लान थियो। घरको माहौल पहिलेनै तातेकोले अझै दाउरा थप्न चाहेन। जिबनलाई फोन गरेर उसको घरमै बस्ने योजना बनायो। नबोलीकनै खाना खायो र निस्क्यो घरबाट। 

फ्रिजमा सबै कुरा रित्तिएको थियो। ग्रोसरी गर्न जाने योजना थियो बन्दनाको। केटाकेटी लिएर एक्लै ग्रोसरी गर्न जान गाह्रो थियो उसलाई। खाने तेल, दाल, चामल सबै रित्तिएको थियो। केटाकेटीलाई खाजा खुवाउनको लागि केहि थिएन।   'केटाहरुको जात घरमा के छ के छैन केहि मतलब छैन। आठ घण्टा काम गरे भने आफ्नो जिम्मेबारी पुरा भएको ठान्छन। उनैलाई केहि भन्न हुदैन एकैचोटी पटका झैँ पट्कीन्छन' भाँडा धुदै गर्दा तिनैसंग गुनासो पोखी उसले। 

बेलुका सात बजेतिर बल्ल घर फर्कियो आदित्य। सिधै गएर सोफामा बस्यो।  नेटफिलिक्समा अमेरिकन क्राइम सिरिज नार्कोस लगायो। बन्दना खाना बनाउदै थिई। उसलाई हेर्दा पनि हेरेन। छोरा प्रनित बाबाको नजिकै गएर बस्यो। क्राइम सिरिज ड्रग्सको अबैध कारोबार गर्नेहरुको बारेमा थियो। हिंसात्मक शो थियो त्यो।  बन्दनाले छोरालाई उठाएर बेडरुममा लगी। 

'छोरालाई पनि त्यस्तै देखाउनु, आफुपनि त्यहि काम गर्न जानु नि अब।  केहि कुराको मतलब छैन', उसले  बेडरुमबाटै सुनाई। आदित्य  सुनेको नसुने झैँ गरेर बसिराख्यो। केहीबेरमा निस्केर बन्दनाले खाना पस्केर टेबलमा राखीदी र छोरालाई खुवाउन थालि। छोराले खाइसक्दा समेत उ सोफाबाट उठेन। पस्केको भात चिसो भैसकेको थियो। 

'खाना नखाने भए अघि नै भन्नु नि। मैले खानै बनाउने थिन। सधै फाल्नु पर्छ खाना' भन्दै उसले आफुलाई थोरै भात थालमा राखी र खान बसी। आदित्यले एकोहोरो टिभीमा मात्र हेरिरह्यो। बुढिको कुरामा कुनै मतलब राखेन। 

खाना टेबुलमै छोडेर बन्दनाले जुठोभाँडो गरि र आफ्नो कोठातिर लागि।  धेरैबेरमा उठेर दराजबाट ग्रेगुज झिकेर आधा गिलास जति खनायो। अलिकति पानि मिसायो। फ्रिजमा बाँसी पोलेको कुखुराको खुट्टा थियो। निकालेर ततायो र सितन बनायो। 

त्यो रात पनि उनीहरु अलग अलग नै सुते। बोल्दा पनि बोलेनन्।

बन्दनालाई रातभर निन्द्रा लागेन। एकमनले सोच्थी 'यी केटाहरुको को जात सधै आफु ठुलो हुन पर्ने। हाँ त्यसैको लागि त हो रिसाएको। रिसाएर आफ्नै टाउको दुखाउनु भन्दा मै गैदिन्छु।' एकछिन पछि सोच्थी,' यी केटाहरु संग कति ठुलो इगो हुन्छ। ऊ आएपनि त हुन्छ। के सधै मै जानु पर्छ र?  म पनि हेर्छु नि कति दिन सम्म नचाहिने रैछ।'  निन्द्रा पटक्कै लागेन। 

'बिहे गरेको एकदुई बर्षसम्म कति धेरै ख्याल राख्थ्यो। कपडा लगाउदा पनि नोट गर्थ्यो। गुलाबी रंगको कुर्ता उसलाई असाध्यै मन पर्ने।  नाक चिमोट्दै 'लुकिङ्ग गोर्जियस' भन्थ्यो। खानेकुरामा पनि कहिले दोष लगायन। तर प्रनित जन्मेपछि कति धेरै परिबर्तन। यहाँ आएपछि जस्तो कपडा लगाउदा पनि देखेको नदेखे झैँ गर्छ। म प्रति कुनै इन्ट्रेस्ट नै छैन। के सबै लोग्ने मान्छेहरु यस्तै हुन्छन ?' 

राति घद्रयाक्क गर्दै  मास्टर बेडरुमको ढोका खुल्यो। सोची  फकाउन आउदै छ। मनमनै खुसि पनि भै 'बल्ल आज आफै आउने भयो' भन्दै। सिरकले मुख घप्लक्क ढाकी र भित्तातिर फर्की। धेरैबेरमा आदित्य बाथरुमबाट निस्कियो र सरासर आफ्नै कोठामा गयो। बन्दना निरास भै। धेरैबेरसम्म सुक्क सुक्क मात्र गरिरही। 

 

सिरानीमुनिबाट मुबाइल झिकेर समय हेरी। बिहानको तिन बजिसकेछ। आँखा काचै थिए। झिमिक्क पनि गरेकी थिइन ऊ । 

"यदि उसले मलाई साच्चैकै  माया गर्छ भने, उसलाई थाहा हुदैन कि म के चाहन्छु ? अहँ! उसले मलाई हैन मेरो  शरीरलाई हो माया को नाटक गरेको। यो छालाको माया छाला प्राप्तिको लागि हो। जुनदिन मेरो कसिलो छाला खुम्चिन थाल्छ, छाती झोलिन थाल्छ त्यसै दिन देखि उसको प्रेमको बहाना पनि झोलिना थाल्छ। 

'मलाई के मन पर्छ ? म के चाहन्छु ? अँह कुनै मतलब छैन उसलाई। समय मिल्यो कि साथीहरु चाहियो। जब सुत्ने बेला हुन्छ तब उसलाई मेरो आबश्यकता पर्छ। मेरो कुनै कुराको प्रशंसा गर्नु पर्यो भने घाँटीमा गाँड झुन्डिन्छ। मैले के लगाएकी छु कस्ती देखिएकी छु अँह कुनै मतलब छैन। काम कस्तो छ ? दिन कस्तो बित्यो कुनै दिन सोधेको छैन। अरुका बुढीहरुको  कुरा गर्दा चेपा जस्तो हुन्छ थुतुनो।'सोच्दा सोच्दै उसलाई रिंगटा लागेजस्तो हुन्छ। उठेर किचनमा जान्छे र पानि पिउछे। 

फर्केर अलिकति झ्याल खोल्छे कोठाको । हिऊले पुरेर घर पछाडिका रुखहरु हिमसृन्खला जस्तै देखिन्छन्। बत्तिको प्रकाशमा पैयुको फुल झैँ नाच्दै झरेको देखिन्छ हिऊ। 'कति मुलायम देखिन्छ हिऊ। कति कोमल छ  बिल्कुल फुल जस्तै। तर यथार्थमा कति कठोर र निर्दयी छ। किन होला सबै बस्तुहरु जस्तो देखिन्छन बास्तबमै त्यस्तो हुदैनन्', उसले मनमनै सोची।

'आदित्य देख्नमा कति सुन्दर छ।  आँखा कति निर्दोष देखिन्छन्। अरुसंग बोल्दा सधै हाँसेकै हुन्छ। त्यसैले त होला बिहेको अर्को दिन बैनिहरुले मलाई जिस्काउदै भनेका थिए 'कति भाग्यमानि होस् के त त्यस्तो राम्रो बुढो पाइस्।' अहिले थाहा पाउदैछु म कति भाग्यमानि रैछु भन्ने।'

'कैयौ पल्ट ऊ रिसाउदा पनि म नै पहिले बोलिदिन्छु। हाँ टाउको दुखाएर बस्नु भन्दा सानै भएको ठिक भन्दै। भरे केहि नराम्रो भयो भने पनि समाजले सबभन्दा पहिले मलाई नै दोषी देखाउछ। आफ्नै बुवा आमाले त 'तिम्रो बानीले होला भन्दै प्रश्न तेर्साउनुहुन्छ भने पराइको के कुरा गरौ। त्यसैले स्विकारिदिन्छु नगरेको गल्ति। सायद त्यसैले पनि होला उसको आँट बढेको।'

जति जति सोच्दै जान्छे उति उति पुराना घटनाहरु उसको आँखा वरिपरि नाच्छन। 'सधै कमारी जस्तै गरेर बस्नु भन्दा एक्लै बस्छु। मार्था, जेनी, रिकी  सबै बसेकै छन् एक्लै। जो होगा देखाजाएगा। '

'हैन मार्था, जेनी र रिकी जस्तो पारिबारिक संरचना हाम्रो हैन। रिकी आफ्नो स्टेप फादर संग बस्छे। मार्थाको आमाकोको तेस्रो बिबाह हो रे। उनीहरुको केटासाथीहरु छन्। जेनी बिबाह नगरेको केटासंग कोठा सेयर गरेर बस्छे। 

 तर हाम्रो पारिबारिक संरचना फरक छ। दश पन्द्र वर्षमा बिहे गरेको बुवाआमा अहिले सम्म संगै हुनुहुन्छ। मेरो अलग्गिने निर्णयले मलाई भन्दा गहिरो घाऊ बुवा आमालाई पर्ने छ। मैले त केहि दिनमा बिर्सिदिउला यो घटना।  तर बुवा आमाले कसरि सक्नुहोला बिर्सन। हैन यस्तो कुरा सोच्नु हुदैन।' पुन कोल्टे फेर्छे ऊ।

बिहे भएको अर्को साल बुढाले हिराको औठी गिफ्ट दिनेबेला उसको मुलायम रौ मुसार्दै निधार आखाँ र ओठमा कसरि चुम्बन गरेको थियो। नाक समातेर 'कति राम्री हौ के तिमि ' भनेको थियो। मलाई प्रेमको स्वर्गीय अनुभब दिएको थियो उसले। तर अर्को दिन म ढिलो घरमा पुग्दा उसको स्वरुप दुशासनको भन्दा कम थिएन। किन आउछ यति ठुलो परिबर्तन यत्ति छिटै। कतै बाइपोलर त छैन ऊ ?' मनमनले सोच्छे उसले। 

अर्को दिन ऊ काममा गई। 

जेनी उसंगै काम गर्थी। 'यु लुक स्याड ब्यान्ड्यना। इज एभ्रीथिङ्ग ओके ?' उसले सोधी। 

कहिले पनि बुढाको बारेमा कुरा नगर्ने बन्दनाले जेनीसंग सबै कुरो खोलि।

'माई एक्स वाज अ बिग आस्होल' नाउ आई रेग्रेट फर दोज टु इयर्स।अल मेन आर पर्भर्ट।' उसले उसका अरु साथीहरुको बारेमा पनि सुनाई। 

रिकीले पनि भर्खरै पन्द्र बर्षको विबहालाई अदालतमा लगेर बुझाएकी थिई। उनीहरुको कुरा सुन्दै बन्दनाको मन डराउथ्यो। कति कुराहरुमा ऊ अझै बुढासंगै डिपेन्ड थिई। काम र किचन बाहेक अरु धेरै कुराहरु थाहा थिएन उसलाई। बैंकको काम देखि अन्य अफिसियल कामहरु सबै आदित्यले गर्थ्यो।

 'ब्रेक द रिलेसन बिफोर इट इज टू लेट' अल मेन आर फ़किङ्ग बुल' जेनीले  स्ट्रेस दिदै भनि। 


                                                                        ******


आदित्यको मनमा पनि कुराहरुको महामारी नै चलेको थियो। बन्दनासंग बिबाहपछिका  दिनहरु फिल्मको रिल घुमे झैँ फनफनी घुमिरहेको थियो। 

दिउसो जीवनले भनेको सम्झ्यो 'मुजी मैले ठोकेर भन्छु स्वास्नीको माया पैसो हुन्जेल हो। तिम्रो चेकिङ्ग एकाउन्टमा महिनामा कति आउछ मायाको मात्रा  पनि त्यहि हो। पैसा घट्यो कि माया पनि घट्यो। पैसा बढ्यो अनि थाहा हुन्छ माया भन्ने चिज।

 'एउटीले त लोटरी परेको एक सातामै दश बर्षे सम्बन्ध तोड्न डिभोर्स फाइल गरि अरे यु एसमा ,' विनोदले भन्यो।  

'माकसम आइमाइहरु आफुलाई चै  नचाहिने झैँ गर्छन। जतिबेला पनि केहि न केहि बाहाना निस्की हाल्छ। जहिले थाकेको छु।  हामीले पनि काम गरेकै हुन्छौ नि यार', उदयले थप्यो। 

'छोड यार सबै कुरा। बिजनेस गर्न पर्छ मिलेर। जागिरले पैसो कमाइन्न। पैसो नकमाऊदा सम्म न हामि खुशी न हाम्रा भोगिनिहरु खुशी। खातामा टन्न पैसो नहुन्जेल सधै किचकिच हो साथीहरु ' बिनोदले भन्यो। 

'इफ यु वाना नो हाउ मच योर वाइफ लभ्ज यु, चेक योर क्रेडिट स्कोर' भन्थ्यो एउटा खैरेले । 'जुन दिन क्रेडिट जिरो हुन्छ उसैदिन डिभोर्स दिन्छे बुढीले' भन्दा कुरै बुझेको थिईन मैले। साला पैसो संग जोडेको रैछ। आजभोलि क्रेडिट चेक गर्दा उसैलाई सम्झन्छु यार', सरोजले भन्यो। 

'मिस्टर ज्याकल एण्ड मिस्टर हाइड' नामक किताब उसको सिरानी मै थियो। हिजो मात्र पढेको थियो। तिनै कुरा सम्झ्यो ' साल सबै पाखण्डी छ जिन्दगि। मन नपरी नपरी पनि बाहुनको जनै झैँ सधै भिर्नु पर्ने सम्बन्ध। अरुको लागि हाँस्नु पर्ने। अरुकै लागि बाँच्नु पर्ने।अरुको भन्दा ठुलो घर चाहिने।अरुको भन्दा राम्री श्रीमती चाहिने। अरुको भन्दा राम्रो गाडी चाहिने। त्यसैको भारीले थिचेर घाइते भएको देखाउन नहुने। खोक्रो आडम्बर देखाउन हुने। थुक्क साला जिन्दगि। सयमा एकजना समाजको आँखामा सफल ठहरिन्छ। अनि सबैले त्यसैको बारेमा लेख्छन, त्यसैलाई पुजा गर्छन। त्यसैको चाकडी गर्छन। हप्तौ घरमा नबोलेका बुढाबुढी पनि अरुको अगाडी मुना मदन बनेर उभिन्छन। आखिर कहिले सम्म मन्चन गर्ने हो यो नाटक। सेक्सपियरले त्यसै भनेको हैन 'जिन्दगि एक नाटक हो' भनेर।  

'आखिर किन हाम्रो बिचमा सधै मनमुटाब हुन्छ?  के सबै बिबाहित जोडीहरुको यहि दशा हो ?'

'अँह यो हुनै सक्दैन। कैयौ साथीहरुको देखेको छु। कति प्रेम गर्छन आफ्ना श्रीमानहरुलाई। कति इज्जत त आदरभाव प्रकट गरेर बोल्छन। जहिले च्याठियर बोलेकी छे। हैन कति हेप्न सकेकी यसले। जहिले चाट्न जानु पर्ने।' 

रातभर यस्तै  कुरा खेलाएर जाग्राम बस्यो आदित्य । 

बिहानै  उठेर बाहिर निस्क्यो।गाडी स्टार्ट गरेर भिक्टोरिया स्ट्रीट हुदै उडवाइन बीच पुग्यो र गाडी रोक्यो । पश्चिम दिशाबाट बहदै गरेको चिसो हावाले लेक ओन्टारियोको सतहको पानीमा तरङ्ग ल्याइरहेको थियो।आफ्नो मनभित्र उठेका तरंगहरु र पानीमाथि उठेका तरंगहरुको बीच कुनै मेल देखेन उसले। किनारै किनारा करिब एक किलोमिटर जति हिड्यो। धेरैबेर सम्म बाटो छेउको ढुंगामा बसेर लेकको छेउछाउ चर्दै गरेका हाँसहरुलाई हेर्यो। 

आफूभन्दा धेरै खुशी देख्यो पानि हाँसका जोडीहरु। 


बन्दनाले पनि छोरालाई स्कुल छोडेर काममा गई। संबन्ध सुध्रेला भन्दा झन् बिग्रेर गैरहेको थियो। बिहान घरबाट निस्के देखि उसले फोन पनि गरेको थिएन। 'कता हो ?'  भनेर टेक्स्ट गरेकी थि बन्दनाले तर कुनै रेस्पोन्स गरेन उसले। 

 "इज एभ्रीथिङ्ग ओके ?' जेनीले बन्दनालाई देख्ना साथ् सोधी। 

मार्था पनि संगै थिई । राति नसुतेको र खाना पनि नखाएकोले गर्दा बन्दनको अनुहारको रंग उडेको थियो। उनीहरुको अनुहारमा दयाको संकेत प्रष्टै देखिन्थ्यो। 

'इफ यु डिभोर्स हिम,  द गभर्मेन्ट विल गिभ यु अ गुड मोनी', मार्थाले सुनाई।

 किन किन उनीहरुको दयाभाब उसलाई पटक्कै मन परेको थिएन। उसले रोक्न खोज्दा खोज्दै पनि आँखा भोरियो। घोप्टो परेरै बाथरुम गई। धेरै बेरसम्म रोई। ऐनामा अनुहार हेर्दा आफैलाई उदेक लागेर आयो। दुइदिनदेखि मेक अप गर्न पनि छोडेकी थिए। त्यसमाथि अनिन्द्रा र स्ट्रेसले गर्दा आँखाको तलपट्टि कालो देखिएको थियो। आँखा राता र सुनिएका थिए। छुट्टी मागेर छिट्टै घर फर्की। 

बेलुका छोरो सुतिसके पछि ऊ आदित्यको सामुन्ने गएर उभिई। ह्विस्की पिउदै थियो उसले। 

नबोल्दै उसका आँखाबाट आँशु खसे। 'म बस्दिन यो घरमा सधै नोकर्नी झैँ भएछ। सक्दिन म हजुरजस्तो निष्ठुरी बनेर बस्न। जहिले रुवाएको छ', भन्दै सुक्क सुक्क गरि। 

'नबसे गए भयो। कसले छेकेको छ बाटो। जहिले ठुस्स परेकी छ। बिनासित्ती रिसाएकी छ। घरमा आएर तेरो बिग्रेको थुतुनो हेर्न भन्दा  घरै नआउ जस्तो हुन्छ। अरु घरमा आउदा त तेरो ओठ च्यातिएर कानसम्म पुग्छ नि। मलाई देख्दा किन खुम्चिन्छ कुन्नि तेरो निधार ? 


बन्दनाले यो भन्दा धेरै सुन्न सकिन। रुदै बाथरुम भित्र छिरी। पानीको धारो खोलेर धेरैबेर सम्म मनको पिर पखाली।

 

केहीबेरमै अचानक ठुलो आवाज आयो। केहि भत्के जस्तो। ऊ  हतारिदै लिभिङ्ग रुममा आई। आदित्य कुर्चीबाट भुइमा ढलिसकेको थियो। उसका  खुट्टा तनक्क तन्कियका  थिए। टाउको भित्तातिर फर्केको थियो भने आँखाले एकोहोरो ट्वाल्ल परेर हेरेजस्तो देखिन्थ्यो। तलामाथिको दाँत बानेको थियो। मुखमा फिज निस्केको जस्तो देखि उसले। 

छाती जोडजोडले उफ्रिन लाग्यो। 'बुडो' भन्दै उठाउन खोजि। तर आदित्यको शरीर सम्पूर्ण रुपमा चेतानासुन्य भैसकेको थियो। एकछिनसम्म के गर्ने के नगर्ने सोच्नै सकिन। उसलाई भननन रिंगटा लाग्यो। टेबुलको खुट्टा समातेर बल्ल बल्ल उठी र फोन समातेर इमर्जेन्सी नम्बरमा कल गरि। 

करिब पाँच मिनेटभित्रै  एम्बुलेन्स आयो।

मेडिकल टिम आएर आदित्यको प्राथमिक चेकजाँच गर्यो।  त्यसपछि तुरुन्त मेट्रो सिटि अस्पतालमा लगे उनीहरुले। 

छोरा प्रनित सुतेको थियो। उसलाई घरमा एक्लै छोडेर जाने अवस्था रहेन बन्दनाको। रातको समय भएकोले फोन गरेर बोलाउने कोहि थिएन। छिमेकी नाम मात्रको थियो। उनिहरुसंग परिचय त थिएन अरु कुरा के गर्नु। रात भर बन्दना रुदै बासिन छोरा संग।  अर्को दिन बिहानै छोरालाई साथीको घरमा छोडेर ऊ अस्पताल पुगी। 

आदित्यको अवस्था सामान्य भैसकेको थियो।अधिक  स्ट्रेसको कारणले गर्दा ब्रेनमा अषर पर्न गएको कुरा डाक्टरहरुले बताए। आदित्यको अनुहार असमन्जस्याताले झुकेको थियो।  हिजो र आजको स्वरुपमा आँकास जमिनको फरक पाई उसले।

काखको दुधे बालकलाई झैँ गरेर उसको टाउको मुसारी। हेर्दा हेर्दै आदित्यको आँखा रसाए। यो भन्दा पहिले यस्तो निहत्था कहिले देखेकी थिइन उसलाई। नबोलेरै प्रेमले निथ्रुक्क भिजाइदिई उसलाई। 

अस्पतालको कागजी प्रक्रिया सकेर उनीहरु घर फर्के। डाक्टरहरुले आदित्यलाई अल्कोहलको मात्रा कम गर्न भनेका थिए।  स्ट्रेस नलिन सुझाएका थिए । सकेसम्म छुट्टीमा केहि समयको लागि बाहिर घुम्न जाने सल्लाह पनि दिएका थिए। 

भोलिपल्टै आदित्यले  कम्पनिको म्यानेजरलाई इमेल गरेर एक महिनाको लागि छुट्टी मिलायो। 

साँझ बन्दनालाई आफु सुतेको कोठामा बोलायो। उसलाई आफ्नो छेउमा बस्न लगायो। छोरा प्रनित पनि संगै थियो।  उतिखेरै बाबासंगै सिरक भित्र  घुस्रियो। बन्दनाका आखाँ अझै ओझिला थिए। आदित्यले दाइने हातको बुढी औलाले आशु पुछिदियो। मुलायम औलाहरु मुसार्दै भन्यो,

 'होंठो से छु लॊ तुम

 मेरा गित अमर कर्दो 

बनजाओं मित मेरे 

मेरी प्रित अमर कर दों  '

'छि छोरो त्यहि छ के भनेकोहोला' भन्दै उसको हातबाट आफ्नो हात छुटाई बन्दनाले ।

 'तिमि पनि खालि डर मात्रै मान्छेउ। बुझ्नु सुझ्नु छैन।  त्यो मलाई मन पर्ने गजल  बजाउ पो भनेको  स्पिकरमा ' उसले हाँस्दै भन्यो। 

'नबुझ्नेलाई पहिले बुझाउनु पर्यो नि ' उसले आँखा तर्दै भनि। 

' पहिले तिमीले माया गर्न सिकाउ। त्यसपछि मैले अर्थ बुझाउला। '



Monday, December 7, 2020

नेपालमा स्कुल पढाएको पैसाले चढेको मुरानो

बाहिरको तापक्रम फिल्स लाइक माइनस चालिस डिग्री सेल्सियस थियो। ठमेलको पसलमा किनेको नर्थफेसको डाउन ज्याकेट र ऊन को काने टोपी लगाएर बिहान छ बजे काममा  निस्के। बस स्टप सम्म पुग्नको लागि दश मिनेट जति हिड्नु पर्थ्यो। चार दिन अघि झरेको हिउ बाटोमा जस्ताको तस्तै थियो। कतै कतै हिऊ सोहोरेको फुटपाथ खोलाभित्र लेउ लागेको ढुङ्गो भन्दा चिप्लो थियो।

गंगटो झैँ ढलफल ढलफल गर्दै बाटो नाप्दै थिए। केहीबेरमै आँखी भौ र परेला भारी भएजस्तो लाग्यो। हाँत लगेर छाम्दा पो थाहापाए परेलामा त आइस जमिसकेको रैछ।  त्यस पछि घरि घरि परेला र आँखिभौ पुछ्दै बस स्टप सम्म पुगे।

बिहान चार बजे नै निन्द्राले छोडेको थियो।बस स्टपमा धेरै अघि नै पुगेछु। बस छुट्ला भन्ने डर थियो मनमा। बस छुट्दा भर्खर पाएको जागिर फुत्केला भन्ने थियो अर्को ठुलो डर। त्यहाँ पुग्दा अनुहारको मांशपेसीले  छोएको नथापाउने भैसकेको थियो।

बस तोकियको समय भन्दा ढिलो आयो। जोडसंग सिरेटो चल्यो। अनुहारमा एकैचोटी हजारौ बारुलाले चिले जस्तो भयो।  मुटु थुरुरु काँप्यो।  तलमाथिका दाँत एकापसमा ठोकिएर बज्न थाले। स्टप नजिकैको घरको मुलढोका बाहिर कुनामा भित्तोतिर फर्केर धेरैबेर उभिए। पाँच मिनेट कुरेपछि बल्ल बस आयो। बस खालि थियो।  

नेपालबाट एडमन्टन, क्यानाडा झरेको पन्द्र दिन जति भएको थियो। एउटा पेट्रोल पम्पमा काम पाएको थिए। डाउनटाउनमा थियो डेरा।  लगभग  बत्तीस किलोमिटर दक्षिणमा पर्दथ्यो काम गर्ने थलो। बिहान सात बजे नै काममा पुगिसक्नु पर्दथ्यो।

 नयाँ ठाँउ।  नयाँ काम। नयाँ अनुभब।  मन पुलकित नै थियो। तर त्यो दिनको चिसोको पहिलो अनुभवले दिमागको नक्सा नै बदलिदियो। 

कामबाट फर्के पछी म भन्दा एक दुइ बर्ष अघि पुगेका साथीहरुलाई फोन गरे र जाडोको अनुभब सुनाए। उनीहरु हाँस्नु हाँसे।

 'दाँया बाँया हैन, खुरुक्क लाइसेन्स निकालेर गाडी किन', एक मिनेटको हाँसो रोकिय पछि कमलले भने। आँफुले गाडी किनिसकेका थिए। मेरो लागि  कोठा खोज्ने र  ग्रोसरी गर्ने  लगायतका कामहरुमा सहायोग पनि गरेका थिए। 

त्यसै दिन उनले  गाडी सिकाउने एउटा इन्डियनको फोन नम्बर दिए। मैले पनि  रजिस्ट्रीबाट अनलाइन जाँच दिएर लिखित पास गरे। नेपालको लाईसेन्स बुझायपछि रोड टेस्टमा जान दिन्थ्यो। मैले पनि नेपालको नागरिकको सुविधालाई प्रयोग गरेर मोटरसाइकलको लाइसेन्समा कारको एउटा टिकमार्क थप गराएको थिए। 

फोन गरेको तिस मिनेट नहुदै ऊ घरबाहिर आएर फोन गर्यो। दुइसय जतिको चेक समातेपछि मलाई स्टेरिंगमा हात राख्न  दियो। त्यो दिन उसले  अति नरम स्वरमा बोल्दै सिकायो। एउटै खुट्टाले ब्रेक र एक्सिलेटर हान्न सिकायो। दाँया बाँया हेर्न, मिरर चेक गर्न सिकायो।  यो सबै भित्रि बाटोमा गराएको थियो। बाटो खालि थियो। करिब चालिस मिनेट पछि एउटा नोटबुकमा मेरो नामको इनिसियल गर्न लगायो र आफ्नो खातामा एक घण्टा जोड्यो।  

अर्को दिनदेखि उसले  सिकाउने भन्दा कैयौ गुणा बढी हेपाहा प्रबिधि देखायो। एकपल्ट उसले राइट टर्न भन्दा  मैले लेफ्ट झुक्कियर लेफ्ट टर्न गरेछु। ऊ आफैले ब्रेक थिचेर 'अरे भाई तु सुन्ता किउ नही, लेफ्ट राइट भी समझ नही आँता।तुझ्से कुछ नही होनेवाला नही हें ' भन्दै राता आँखाले हेर्यो।

त्यो दिन रिसले मेरो बोलि नै कम्पित भएको थियो। मैले भने " गिभ माई मोनी ब्याक। आई एम डन विथ यु।"  मेरो पैसा फिर्ता गरिनस भने पुलिसलाई रिपोर्ट गर्छु सम्म भने।

"अरे भाई आप इत्ना घुस्सा किउ कर्तेहो, सब ठिक होजायगा। चलाओ चलाओ' भन्न थाल्यो। 'बर्षौ सम्म 'सर सर' सुन्ने बानि लागेका मेरा कानहरुलाई त्यो शब्द  मेरो आत्मसम्मानमा बलात्कार घटित भयो। एक घण्टासम्म केहि नबोलि सिधा सिधा बाटो मात्रै गाडी चलाए। 

अर्को दिनदेखि उसले गाडी सिकाउने भन्दा आफ्नो काममा मलाई ड्राइभर बनाएर डुलायो। कहिले बैंकमा पैसो डिपोजिट गर्न त कहिले कसलाई भेट्न। 

कमललाई फोन गरे। ' तिमीले भनेको मान्छे ठिक रैनछ। कस्तो मान्छेसंग सम्पर्क गरायौ भनेर गुनासो पोखे। उनले आँफुसंग पनि झगडा परेको तर रोड टेस्ट लिने मान्छेसंग उसको लिंक हुने हुदा सानोतिनो गल्ति हुदा पनि पास गराउन सक्छ भने। पहिलो पल्ट थाहा भयो कि दलालको सेटिंग संसारको जुनसुकै कुनामा पुगे पनि हुदो रैछ।

पहिलो पल्ट रोड टेस्ट लिने इन्डियन नै थियो। राम्रै चलाएको थिए। "अरे यार इत्ना सुन्दर लड्की भी नही देखा " भन्दै जेब्रा क्रसिङ्गको पारीपट्टी पोलको छेउमा उभियकी केटीलाई देखायो। मलाई त्यतिबेलै थाहा भयो कि खसोखास फेल भए किनभने पैदलयात्रीलाई नरोकेको खण्डमा सिधै फेल हुन्थ्यो। नभन्दै त्यहि कारणले म फेल भए। 

उसैदिन अर्को दिनको लागि रोड टेस्ट बुक गर्न लगाए। एकातिर समयको बर्बाद अर्कोतिर पैसो। अर्को दिन दुइदिन पछि रोड टेस्ट लिने रुटमै एकघन्टा जति चलाएर बल्ल रोड टेस्टमा गए। पहिलेको भन्दा आत्मविश्वास झन् घटेको थियो। डराई डराई चलाउदा झन् धेरै सिल्ली मिस्टेकहरु हुन गए। तर यो पल्ट भने पास भैयो या गरायो त्यो अहिलेसम्म पनि आँकलन गर्न सकेको छैन। 

त्यसपछि भयो गाडी खोज्ने कर्म। न गाडीको ब्रान्डको बारेमा थाहा छ न साइज र मोडेल। पहिला गएका साथीहरु धेरैले  सेकेण्ड हेन्ड होन्डा, टोयोटा र हुन्डाईका गाडीहरु चढेका थिए। उनीहरुले नै किजिजी नामक वेबसाइटमा मलाई गाडी खोज्न सिकाए। डिलरहरुमा पुराना गाडीहरु पनि महँगा थिए। झन् नयाँको त कुरै छोडौ। क्रेडिट हिस्ट्री नबनिसकेको हुदा कारको लागि ऋणपनि नपाउने।

झन्डै झन्डै महिनादिन खोजेपछि दुई हजार छ सालको निसान कम्पनीको मुरानो घर अगाडी खडा गरे। जम्मा जम्मी त्यसको मूल्य साढे पाँच हजार क्यानेडियन डलर पर्यो। त्यो बेला त्यति नगद पैसो मेरो लागि ठुलै रकम थियो। नेपालमै कलेज पढाएर कमाएको पैसोले काम गर्यो । 

दुई चार दिन गाडी घरै छोडेर बसमा चढेर काममा गए। नजिक ग्रोसरी गर्न जाँदा अनुभबी साथीहरुलाई साथमा राखेर हिडाले केहिदिन। त्यसपछि अलि कन्फीडेन्स बढ्यो र काममा लैजान थाले। नेपालमा हान्ने गोरुले झैँ एकोहोरो सिधा अगाडी मात्र हेरेर चलाउने बानि बसेको काँधमाथि टाउको घुम्दै घुम्दैन। सुरु सुरुमा लेन चेञ्ज गर्दा थुप्रै पल्ट माझि औला देखेको छु। शुरु शुरुमा त के भनेको होला भन्ने सम्म थाहा थिएँन। पछि पछि थाहा हुदै गयो गाडी चलाउने बेला माझी औलाको कति महत्व हुन्छ। 

काममा पहिलो चोटी गाडी लगेर फर्केको दिन पार्किङ्ग गर्दा मेरो गाडीले छिमेकोको गाडीलाई हिपमा किस गर्यो। त्यो दिन डरले गाडी बाटोको छेउमा लगेर पार्क गरे। तिन दिनपछि गाडीको मालिकले थाहा पाएछ। मेरो गाडीको अगाडी पनि थोरै स्क्र्याच भएको थियो। देखिहाल्यो। सरासर आएर ढोका हान्यो।

 भियतनामी मुलको मान्छे रहेछ।  'तुरुन्त गाडीको मर्मत गर्ने पैसा दे' भन्न थाल्यो। मैले 'मेरो गाडीले हैन, मलाई थाहा छैन', भने। उसले रिसाउदै पुलिस रिपोर्ट गर्छु भन्न थाल्यो। पुलिसको कुरा सुन्दै डर लाग्यो। नियम कानुन केहि थाहा थिएन। मैले कति पैसा लाग्छ भनेर सोधे। उसले 'बोडिसपमा गएर सोधेर आउछु' भन्दै बाहिर गयो। 

मेरो  कोठा भन्दा ठिक तल एउटा  इन्डियन केटा बस्दथ्यो। हेर्दै स्मार्ट थियो। फेरी फेरी नयाँ गाडी चलाउथ्यो। पहिले कहिले नबोलेको भएपनि उसलाई भेटेर सबै कुरा सुनाए। ऊ बाहिर निस्केर मेरो गाडी हेर्यो।'अगर उस्ने हन्ड्रेड से ज्यादा मांगा न बोल्ना कि 'जावो पुलिश को रिपोर्ट करो। तुमे कुछ नही होगा,' उसले भन्यो। 

थोरै नदेखिने दाग लागेको थियो उसको गाडीमा। आधा घन्टामा स्टिमेट गरेको कागज लियर आयो र मलाई दियो। त्यसमा आठसय डलर  लाग्ने देखाएको थियो। 'आई डन्ट पे दिस मच मोनी, गो टु  रिपोर्ट द पोलिस' मैले भने। उसले मलाई निकै घुरेर हेर्यो र मेरो हातबाट कागज तानेर आफ्नो कोठातिर गयो।

 त्यो दिन डरै डरमा बित्यो। रातभरी निन्द्रा लागेन। अर्को दिनभर पुलिस नआएपछि बल्ल ढुक्क भयो। तर त्यसलाई भेट्दा भने पछिसम्म मन झसङ्ग हुन्थ्यो। 

त्यो घटना भएको पन्द्र दिनमा अर्को तनाब आइलाग्यो। १०९ स्ट्रीट हुदै साउथबाट घर जादै थिए।  झमक्क रात पर्ने बेला भएपनि स्ट्रीट लाइटले गर्दा बाटो उज्यालो नै थियो। १०७ एभेन्युबाट राइट मोडेर १०८ स्ट्रीटमा लेफ्ट जानु पर्ने थियो। बाटो खालि देखेर राइट मोद्दा बित्तिकै दोस्रो लेनमा जादै थिए एक्कासी  वेस्टतर्फबाट  गाडी  ठोक्किएला झैँ गरेर एकदम नजिकै आयो। मैले स्टेरिंङ्ग  व्हिल अलि ज्यादै मोडेछु क्यारे  गाडी बाटो छोडेर सडक छेउको रुखमा गएर ठोक्कियो। रुख धेरै  ठुलो नभएकोले सडक पेटीमा ढल्यो। त्यसपछि गाडी झन्डै अगाडीको बिजुलीको पोलमा गएर ठोक्कियन। कसो कसो गरेर गाडी बाटोमा झारेर अगाडी एउटा प्लाजाको पार्किङ्ग लगेर रोके। 

अगाडिको बम्पर र साइडलाइट सबै झाराम्झुरुम भएको थियो। 'के गर्ने, कसो गर्ने एकछिन अलमलमा परे। अत्यधिक चिसोले गर्दा ओरिपरि चरा मुसो सम्म थिएन। इमर्जेन्सी नम्बर ९११ मा पुलिसलाई कल गरे। घाइते  तथा अर्को गाडीसंग ठोकिएको दुर्घटना नभएको ले  गर्दा लोकल पुलिश चौकीमा गएर रिपोर्ट गर्न भन्यो।

बुढीलाई फोन गरेर सबै विवरण सुनाए। त्यसपछि १०६ स्ट्रिटमा भएको पुलिश चौकी गएर घटनाको बारेमा रिपोर्ट गरे।  त्यो बेला म कति नर्भस भएको थिए त्यो अझैपनि मेरो मानसपटलमा झल्झली छ। सायद मेरो मनोदशा देखेर हो कि पुलिसले पनि  एक हजार भन्दा तलको ड्यामेज रहेछ। रिपोर्ट गर्न पर्दैन भन्यो। त्यसपछि गाडी घरमा लागिन।  अलि टाडै भित्रि बाटोको छेउमा  पार्क गरे। घरको पार्किङ्गमा लगेर अरुलाई दशा देखाउन लाज लाग्यो। 


गाडीको तेस्रो पार्टी इन्सुरेन्स गरेको हुँदा मर्मतखर्च आफैले ब्योहोर्न पर्ने भयो ।  तिन हजार डलर खर्च लाग्ने भयो। हिङ्ग बानेको टालो खोलेर गाडी मर्मत गरेको बिल तिरे। 

 

दिलिप पौड्याल 

टोरोन्टो, क्यानाडा