Thursday, February 8, 2024

The Alchemy of Love; A Young Widow's Transformation by Abigail Carter

 मेमोइर मलाइ मनपर्ने बिदा हो।  मैले "लुक एट अ टि कप ' पढेपछि मात्र मेमोइर बिदा हुदोरहेछ भने थाहा पाएको थिए। त्यसपछि मैले सकेसम्म मेमोइर पढ्न रुचाउछु।  कतिपयले यो बिदालाई बढी काल्पनिक बनाएर पस्केको पनि पाइन्छ। यो बिदामा लेखकको इमान्दारिता निकै महत्वपुर्ण हुन्छ।  आफुलाई कतिसम्म पस्किन सक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। 

एउटा बिधुवा महिला जो बयस्क छ उसले कसरि आफुलाई समालेर परिबर्तन गर्न सक्छे भन्ने कुरा देखाएको छ। उनि तिस बर्ष पुग्दा नपुग्दै लोग्ने न्यु योर्कको ट्विन टावरको घटनामा मृतु हुन्छ। त्यतिबेला छोरा छोरीहरु सानै हुन्छन। ट्विन टावरको नब्बे तलामा अफिस भएको उनको लोग्ने ब्राएन आतंककारिको प्लेन क्र्यासमा मारिन पुग्छन। उनले त्यो खबर घरको टिभीमा हेरेर थाहा पाउछे।  त्यो घटना हुदा केहि अघि लोग्ने संग छोटो कुराकानी हुन्छ।  त्यो अन्तिम हो भन्ने के थाहा उनलाई। 

वोलिभिया र कार्टर दुइ छोराछोरी हुन्छन। कार्टर अलिक अप्ठेरो हुन्छ। उनि आफु झन्डै डिप्रेसनमा गैसकेकी हुन्छे। 

उनले लोग्ने कतै बाँचेर आउछ कि भन्ने ठुलो आशा हुन्छ।  तर अर्को दिन सम्म कुनै अत्तो पत्तो नलागेपछि बिश्वास नगरी सुखै हुदैन। त्यो घटनामा मृतु हुनेहरुको DNA जम्मा गर्नको लागि केहि नभेटे पछि अन्तिम पल्ट सेक्स गरेको कन्डम समेत खोज्न पुग्छिन उनि। हरेक पल्ट उनले एरोनलाई सम्झन्छे। उनीहरुबीच फाट्ट फुट्ट हुने मनमुटाब, छोरा छोरी जन्मे पछि टाढिदै गएको आत्मियता सबैकुराहरु उनको दिमागमा फनफनी घुम्न थाल्छन। उसले अडिबल डट कम मा पुन कामको लागि अफर पाउछे जुन ठाँउमा उसलाई ले आफ गरेको हुन्छ। 

उनलाई विभिन्न संस्थाहरुले सहयोग गरेको, आफुलाई त्यो सहयोग लिनलाई लागेको अप्ठेरो, ९/११ को घटनामा बिधुवा भएका महिलाहरुको संघठन, छोराछोरीको ब्यबस्थापनमा अप्ठेरो कुराहरुलाई अत्यन्त इमान्दारिताकासाथ उनले लेखेकी छन्। त्यो भन्दा पनि जवानी अवस्थामा एक्लो हुनुपर्दा उनमा सेक्सको चाहना बढ्दै जान्छ। उनले म्याच डट कम बाट एकल पुरुषहरु संग सम्पर्क बढाउछिन।निक, ब्राउन र माइकल गरेर तीनजनासंग उनको डेटिंग हुन्छ। उनहरुसंगको रमाइलो अनुभवलाई जस्ताको त्यस्तै लेखेकी छन्।  उनीहरुसंगको केहि दिनको डेटिंग पश्चात कुनै पनि केटा आफुसंग म्याच नहुने देखेपछि, उनले आफुलाई परिवर्तन गर्छे। नयाँ ठाँउ सियाटलमा घर किनेर त्यहाँ मुभ गर्छे।  रचनात्मक लेखन कलाको तालिम लिएर आहिले पूर्ण कालिन लिखक रुपमा काम गर्छे। 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home