Wednesday, December 28, 2016

पल

पल
आयो यो पल हरपल हरपल
उस्तै उस्तै
खै केले थिचे जस्तो
खै केले चिले जस्तो
दिन, महिना र बर्ष फेरिए
नियति उस्तै उस्तै
अनुहार जर्जरो हुदै आयो
कपाल झर्न र फुल्न थाल्यो
भाई, दाई हुदै अंकल भैयो
यो पल हरपल उस्तै उस्तै
भुगोल फेरीयो, भाषा फेरीयो
नियति उस्तै उस्तै।
पानि फेरियो पन फेरिएन
रहन सहन फेरियो मन फेरिएन
फेरिए बाहिरी आबरणहरू
फेरिए काम गर्ने भुमिहरू
तर शासकहरू उस्तै उस्तै
यो पल हरपल उस्तै उस्तै
नियति उस्तै उस्तै।