Monday, March 30, 2020

आमालाई चिठि

पुज्यनीय आमाको चरण छोई शाष्टाङ्ग डन्डवत् प्रणाम। दाजुहरुमा शादर ढोग। भौजुहरुलाई नमस्ते। भाई, बैनी र बुहारीहरूलाई  माया तथा आशिर्बाद।छोरा छोरीहरुलाई असीम माया र आफ़न्तजनहरुमा दर्जा अनुसारको सम्मान दिन चाहन्छु।
यहाँ हामि  सपरिवार आरामै छौ र हजुरहरु सबै आरामै हुनुहोला भन्ने श्री पशुपतिनाथ भगवान संग प्रार्थना गर्दछु।
१०,५५७ किलोमिटर टाडा उत्तरी अमेरिकाको क्यानाडा राज्यबाट  आज यिनै अक्षरहरुको माध्यमबाट म हजुरहरुसंग जोडिदै छु।हुन त आजकल फोन, फेसबुक र अन्य माध्यमबाट जतिबेला भन्यो त्यतिबेला जोडिन सक्छ तर जुन शब्दहरु चिठीमा पोख्न सकिन्छ तिनै कथाहरु फोन र फेसबुकबाट सकिदो रैन छ।हुन त आजको विश्व एउटा गाँउ भन्दा फरक छैन। भूगोलका सिमा रेखाहरु प्रबिधिको बिकाशसैगै मेटिदै गैरहेका छन्। हिजो नेपालमा भएको मान्छे भोलि क्यानाडा पुग्न सक्छ। क्यानाडा भएको मान्छे केहि घन्टामा चाइना पुग्न सक्छ। मोटरले जसरि बाटाहरु जाम भैरहेका छन् त्यसरी हवाई जहाजले आकाश जाम भएको छ । समुन्द्रहरुमा सिंगो शहर  जत्रा पानिजहाजहरु तैरिरहेका छन्। विश्व रंगिन इन्द्रेणी जस्तै छ। कालाको देशमा गोरेहरु र गोरेका देशमा कालाहरू मिसिएका छन्। संसारको जुन देशमा पुगेपनि साना साना नेपालि बस्तीहरु नेपाल नै बिर्साउने गरेर बसेका छन्। मन्दिर छन्।  पुजारी छन्। नेपाली किराना पशल छन्।  नेपाली डाक्टर छन् , वकिल छन्, घर किनबेच गर्ने दलालहरु छन्।  नेपाली रेस्टुरेन्टहरु नेपालमा भन्दा बढी बिदेशमै होलान। विश्वका ठुला शहरहरुमा एउटा नेपालीले नेपालि बोलेरै काम गरि गुजारा चलाउन सक्छ। कतिपय देशका नगरपालिकाहरुमा  नेपालीहरु पनि मेयर बनिसके। सिन्की मस्यौरा देखि लिएर कोदोको ढिडो खानलाई नेपाल नै जानु पर्दैन। यी सबै कुराहरुले के बताउछ भने नेपाल संसारभर फैलिसक्यो। हामि पूर्वमा मेची र पश्चिममा महाकाली लाई सिमा रेखा मानेर बस्नु पर्ने आबस्यकता छैन।
आज कोरोना भाइरस बनको डडेलो झैँ बिश्वाभर फैलिएको छ। यो रोगले एकमहिना भित्र विश्वका लगभग १५२ देशहरुमा लाखौको संख्यामा संक्रमण गर्यो भने हजारौको संख्यामा मान्छेहरु मारिरहेको छ। यसले कुनै पनि किसिमले विभेद नगरी सबै ठाउमा प्राय सबै स्तरका मान्छेहरुलाई आक्रमण गरेको छ। बेलायतको प्रिन्स चार्ल्स, क्यानाडाको मन्त्री जस्टिन टुडो को श्रीमती, बेलायतको अर्थमन्त्री सबैलाई यो रोगले संक्रमण गरेको छ।  स्पेनमा  राजसी खानदानकी एक महिलाको मृतु समेत भएको छ। युरोपका शक्तिशाली राष्ट्रहरु देखि विश्वमा सबभन्दा शक्तिशाली देश अमेरिकालाई तोरीको फुला देखाइसक्यो। यसरि संक्रमण फैलिदै जादा विश्वभर फैलियका नेपालीहरु पनि यसको शिकार बन्दै गैरहेका छन्।
अब रह्यो कुरो आफ्ना सन्तानहरुको चिन्ता।आफ्नो परिवारको चिन्ता। आमा हजुरले फोनमा भन्नुभएको थियो नि 'त्यति टाडा गयौ, बिदेशमा डरलाग्दो रोग आएको छ भन्छन। यहि बसेको भएपनि हुन्थ्यो। यहाँ बसेकाले पनि धेरै प्रगति गरेका छन्। " हो आमा हजुरले भनेको कुरा सतप्रतिशत ठिक हो। त्यहाँ भएको भए कमसेकम यस्तो बेला हजुरसंगै हुन्थे होला।  आफ्नै भकारीको मकै, गहु र चामलले दुइ चार महिना हैन बर्षौ पनि बिताउने थिए होला। राम्रै प्रगति पनि गर्थे होला। प्रगति भनेकै कसले कति पैसो कमायो र कति ठुलो घर बनायो भन्ने त रैछ।तर आमा यो सबै हजुरले भन्ने गरेको "पा" जस्तै हो।  यो गर्न "पा " हुन्थ्यो। त्यो गर्न 'पा' हुन्थ्यो। उतिबेला क्यानाडा जान पा' हुन्थ्यो भनियो। अहिले घर जान 'पा 'हुन्थ्यो कि भन्दा भन्दै जिबन सक्किने हो। भाग्यले जहाँ पुर्याउछ, जे गराउछ हामीले त त्यहि त्यहि गर्ने न हो। नेपालमा बसेको भए पनि हजुरको सेवा गर्ने मौका मिल्थ्यो कि मिल्थेन कुनै ग्यारेन्टी त थिएन। तर पनि दुख परेको बेला पक्कै पनि आमा भएको ठाउमा जान्थे होला जस्तो लाग्छ।
आमा "हुने हार दैब नटार" भनेर भन्नु हुन्थ्यो नि बेला बेला, हो त्यस्तै हो यो महामारी। यो बेलामा सन्तानहरुको मायाले मनलाई कमजोर पार्नु हुदैन। समस्या, रोग र मृतु नभएको न कुनै देश हुन्छ, न त कुनै घर। मृतु हामीसंगै आएको हुन्छ र जिबनको वास्तविक सत्य भनेको नै मृतु  हो।  बाकि सबै जिबन जिउने बहाना मात्र हुन्।
विदेशमा बस्नु र आफ्नै देशमा बस्नुमा धेरै कुराहरु फरक हुदो रैछ। आफु नमोरि स्वर्ग देखिदैन भनेको जस्तै हो विदेश पनि।  तर देख्नेले स्वर्ग देख्छ कि नर्ग आफ्नो आफ्नो कर्ममा भर पर्दछ। सुख केलाई मान्ने? प्रगति केलाई मान्ने ? यदि सम्पति धन दौलत नै सुखका श्रोत हुन् भने करोडपति जर्मनिको विश्वको धनि मान्छे अडोल्फ मार्केले ले आत्महत्या किन गर्थ्यो? त्यस्ता कैयौ उदाहरणहरु छन् धेरै धन कमाउनेहरु पारिबारिक संबन्ध बिगारेका, आफ्नै दाजु भाइहरु हत्या गरेका, आफ्नै श्रीमती वा लोग्नेको हत्या गरेका । त्यसैले मलाई धेरै पैसा नकमाएकोमा  पनि चिन्ता छैन। बुवाले सानै हुदा भन्नु हुन्थ्यो " धेरै छोरा एकैठाउँ गाड लाएर बस्नु हुदैन। कोइ जापान, कोहि जर्मन, कोहि अम्रिका पुग्न पर्छ। " सायद त्यसैले पनि होला ठुलो भएपछी एकपल्ट विदेश जाउ भन्ने लाग्यो। क्यानाडाको भिसा लाग्दा भाग्य मै लेखेको भनेर खुसि पनि भए । भाई खिमु पनि जापान गएको बर्षदिन पनि पुगेको थिएन होला। ठिक त्यति नै बेला हाम्रो परिवारको सबभन्दा ठुलो दुर्घटना घट्यो। बुवा अचानक मस्तिष्कघातबाट स्वर्गेबास हुनुभयो। बुवाको काजक्रिया गरेको लगतै हाम्रो क्यानाडाको फ्लाइट थियो। छातीमाथि ढुंगा राखेर जहाज चढे। त्यो दिन मन कति उदास थियो भन्ने कुरा यहि मनलाई मात्र थाहा छ।
क्यानाडा आइसकेपछि शुरु भयो जिबनको शंघर्ष। यो मेरो लागि कुनै ठुलो कुरो थिएन किनभने बुवा र आमाले हामीलाई सुख होइन दुख गर्न सिकाउनु भएको थियो। बिहान कहिले अबेरसम्म सुत्न दिनु भएन। कुनै न कुनै काम नगरी घरमा टिक्न सम्म दिनुहुन्थेन। त्यतिबेला बुवासँग रिस पनि उठ्यो। तर आज त्योबेलाको मेहनत गर्ने बानिले कुनै काम गर्नलाई गाह्रो भएको छैन। "जिबन नै कर्म हो र कर्म नै जिबन हो" भन्ने भगवान कृष्णको महाबाणीलाई चरितार्थ गरेको छु। कुनै पनि दिन कर्म नगरी बसेको छैन। कर्म जिबनको अपरिहार्य पाटो हो रैछ।  यसको फल हामीले सोचेजस्तो हुन पनि सक्छ, नहुन पनि सक्छ।  यदि फलको मात्र आशा गर्यो भने आत्मामा शान्ति मिल्दैन। दिनहरु यसै गरि बितिरहेका छन्। सोचेजस्तो हुन्न रैछ जिबन। ऐले विश्वमा मान्छेहरुलाई भयानक विपद आइपरेको छ। कसै कसैले भन्ने गर्छन यो कलियुगमा मान्छे आफैले गरेको पापको परिणाम हो।  यदि हो भने तिनै पापीहरुलाई मात्र कोरोना लाग्नुपर्ने हो।  तर यसले कुनै भेदभाब गरेको देखिदैन। बुढा बुढी, बयस्क, दिर्घ रोगि , निरोगी सबैलाई यसले संक्रमण गरेको छ। जिबनभर दुख गरेर रिटायर्ड जिबनमा पानीजहाजमा संसार सयल गर्न हिडेका हजारौ मान्छेहरु समुन्द्रमा अलपत्र परेका छन्। आफु बसेको जहाजमा दिनमा चार पाच जनाको मृतुको खबर सुन्दा उनीहरुको मन कति आत्तियको होला। उनीहरुको परिवारलाई कति पिर चिन्ता परेहोला।
आजको यो दुनिया बिचित्रको छ। मान्छेहरु एक देशबाट अर्को देशमा दैनिक जसो प्लेन चढेर काम अथवा बिजनेसको लागि जान्छन। अहिले हवाई मार्ग, स्थलमार्ग, जलमार्ग सबै बन्द भएका छन्। सबैजसो देशहरुले आफ्ना नागरिकहरुको सुरक्षाको लागी सिमानाहरु बन्द गरेका छन्। कामधन्दा बन्द छन्। ज्यान बाँचे अरुकुरा गर्दै गरम्ला भनी सबै मान्छेहरु घर घरमै बसेका छन्। तर आमा घरमा बस्न त्यति सजिलो छैन यहाँ। फ्रिजमा राखेको तरकारीले कतिदिन पुग्छ। तरकारी किन्न जान घन्टौ लाइन बस्नु पर्छ। त्यो पनि डर डरमा। किराना पशालेलाई कोरोना लाग्यो। कतिपयलाई लागिपनि सक्यो रे।  सुन्दा मन सिरिङ्ग हुन्छ। घरबाट बाहिर निस्कन मन लाग्दैन। तर के गर्ने छोरा छोरीलाई दुध लिन बाहिर जानै पर्यो।  तरकारी किन्न जानै पर्यो। मुखमा मास्क र हातमा ग्लाब्स लाएर निस्कन्छु। जे छुदा पनि भाइरस छोएजस्तो लाग्छ। सयौ पल्ट हात धुदा पनि मनले मान्दैन। एकदुई दिन त काममा पनि गए।  तर को कहाँबाट आएको हुन्छ थाहा हुदैन। भाइरस सर्यो भने परदेशमा परिवारको बिजोग हुन्छ भन्ठानेर कामै छोडेर बसेको छु। काम पाउदा युद्ध जितेजस्तो हुन्थ्यो। अहिले ज्यान बाँचे सबथोक हुन्छ भन्ने लागेर घरमै बस्ने निर्णय गरेको छु। अहिले सबै जना घरमै बस्छौ। घरमा बस्दा सुरक्षित हुन्छौ भन्ठानेका छौ। बाँकी भगवानको कृपा र हजुरहरुको आशिर्बाद छ साथमा।
आमा हजुर भाग्यमानी हुनुहुदो रहेछ। धेरै भाई छोराहरु हुनाले एक न एक भाई छोरा हजुरको साथमा हुनुहुन्छ। हजुरको मनले त भन्छ होला सबै भाई एकैठाँउ बसे हुन्थ्यो भन्ने। हो नि। चाडबाडहरुमा सबैजना अगेनाको वोरिपरी बसेर खाना खादा, हजुरले सबैलाई  डाडुले बराबरी दुध बाड्दा, दाईलाई धेरै मलाइ थोरै भन्दै झगडा गरेका दिनहरु झल्झली याद आउछन। बितेका क्षणहरु केवल सपनामा मात्र देखिदो रहेछ। यो प्रकृतिको नियम हो। सबै कुराहरु परिबर्तित छन् यो संसारमा। यहि परिबर्तनलाई स्विकार्न सक्नु नै मनमा शान्ति ल्याउने एक मात्र उपाय हो।समय र परिस्थितिले सबैलाई परिबर्तन गराउदो रैछ। सबैका सोच परिबर्तन भए। सबैका विचार फरक फरक छन्। सबैका आ-आफ्ना सोच छन्। मेरो कुनै कुराले हजुरको मन दुख्न सक्छ। छोराछोरीहरुको कुनै शब्दले हजुरको आखाँमा आशु झार्न सक्छ। तर मनमा शान्ति र अनुहारमा खुशी ल्याउने पनि धेरै बहानाहरु छन। आज सबै छोराछोरीहरु आ-आफ्नो खुट्टामा उभिने भैसकेका छन्। कसैको चरित्रमा अरुले औला उठाउन सक्दैन। नाति नातिना, पलातिना सम्म देख्न पाउनुभयो। यो दुर्लब अबसर धेरै कमले मात्र पाउछन। यो सबै हजुरको असल कर्मको फल हो।  हजुरले भन्नुहुन्थ्यो नि "दिन दुखिहरुलाई सेवा गर्यो भने भगवानले देख्नुहुन्छ।" कतिको सेवा गर्नुभयो। कति दुखि गरिबहरुलाई खाना खुवानुभयो। आफ्नो भन्दा अरुको पिर चिन्ता गर्नु भयो। त्यो नै हो हजुरले आर्जन गरेको सम्पति। त्यो नै हो हजुरले आफुसंग लिएर जाने।
आजको दुनिया धेरै स्वर्थी छ आमा। यी बिकशित भन्ने देशहरुमा सतप्रतिशत बुढाबुढीहरु एक्लै बस्छन। अहिले सबभन्दा ठुलो पिडा तिनै बुढाबुढीहरुलाई छ। बाहिर निस्के कोरोनाले संक्रमण गर्ने डर, ननिस्के कसले खाने कुरा किनेर ल्यादिने। रोग लागेपनि छोराछोरी जादैनन् भेट्नलाई।कहाली लाग्दो छ जिबन। संसारमा एकदिनमा २५००० मान्छेहरु खान नपाएर मोर्छन रे ! ३२८७ मान्छेहरु प्रतेक दिन सडक दुर्घटनामा मोर्ने गर्छन। हिजोआज दैनिक दुइ तिन हजार मान्छेहरु कोरोनाले मोरिरहेका छन्। यो विपद जसको घरमा परेपनि हामीजस्तै मान्छेको परिबारमा हो। हामि आफुसंग जे छ त्यसैमा खुशी हुन सिक्नुपर्ने रैछ। तर उल्टो आफुसंग जे छैन त्यहि चाहेर दुख पाइरहेका छौ। 'परेवाले सजिलो संग सुत्नलाई रातभर यताको पराल उता, उताको काठ  यता गर्दै बिताउछ रे।  अब सुत्छु भन्दा भन्दै उज्यालो हुन्छ रे सुत्न नपाउदै।" ठिक त्यस्तै रहेछ हाम्रो जिबन।
जिबन जिउने सबैभन्दा राम्रो कला भनेको "ध्यान " गर्नु हो रैछ ।  मनलाई स्थिर राख्न सक्नु रहेछ। हजुरको अनुहारमा जो चमक छ त्यो पनि ध्यान कै कमाल हो। अहिले पश्चिमा देशहरु मानशिक रोगका शिकार भएका छन्। सयौ थरिका औषधिको प्रयोग पछि अहिले आएर ध्यान नै यसको सहि उपचार हो भन्ने निष्कर्षमा पुगेका छन्। मैले पनि ध्यान गर्न शुरु गरेको छु। हजुर जस्तै घन्टौ मन स्थिर गरेर बस्न त सकिरहेको छैन तर कोशिष गर्दैछु। मनमा धेरै शान्ति ल्याउदो रैछ। हजुरले ध्यान गर्न नछोड्नुहोला। गुरु महाराज तथा धार्मिक प्रबचनहरु सुन्न नछोड्नु होला। हजुरमा जति ज्ञानको भण्डार छ, त्यसको एक बुद जति पनि हामीमा छैन जस्तो लाग्छ। अहिलेको विषम परिस्थिमा आत्तिनु भन्दा यिनै ज्ञानगुनका कुराहरु सुनेर, ध्यान, योग गरेर दिनहरु काट्दा सबैको कल्याण हुने देख्छु। र म पनि त्यहि गरिरहेको छु।
बुवाले पनि हाम्रो लागि धेरै कुराहरु सिकाएर जानु भएको छ। बुवाको आत्मविश्वास, हटी स्वभाब, काम प्रतिको लगाब, समाज प्रतिको नेतृत्वदाइ भूमिका सबै हाम्रो लागि प्रेरणादायक कुरा हुन्। बुवाको छातीभित्र मायाको सागर थियो तर त्यो सागरलाई उहाले फितलो तरिकाले कहिले देखाउनु भएन। उहाँ नरिवल जस्तै बाहिर कडा तर भित्र नरम हुनुहुन्थ्यो।  रसिक र ठट्यौलो हुनुहुन्थ्यो। बाहिरबाट घर आउदा नाम्लो कता राक्ने, कोदालो कता राख्ने, कुन भैसीको दाम्लो चुडिन लागेको छ। कुन भैसीले पेटभरी खान पाएन। यी सबै कुराको निरीक्षण एकैछिनमा गर्नुहुन्थ्यो। हामीलाई हरहमेशा संकार सिकाउनु भयो। हरेक कुरालाई जिम्मेबारीपुर्बक हेर्न सिकाउनु भयो। उहाँ अहिलेका मल्टिनेसनल कम्पनीहरुको म्यानेजर भन्दा कुनै कुरामा कम हुनुहुन्थेन।कामचोरहरु बुवासँग थुरुरुर काम्थे। यहाँ हामीहरुले काम गर्दा आधा घण्टा ब्रेकमा गयो भने त्यो आधा घन्टाको पैसो मिल्दैन।  काम गरेको मात्र पैसो आउछ। बुवाले त्यो नियम त उतिबेलै बनाएजस्तो लाग्छ। ठिक टाइममा मेलामा जाने। धेरैबेर ब्रेक बस्न नदिने र कामचोरहरुलाई आफु छेउमै गएर भएपनि पुरा काम लिने। जस्तो सुकै परिस्थितिमा पनि छोराछोरीलाई आफु कमजोर बनेको महशुश गराउनु भएन। लेक देखि बेसी सम्म एक्लो मान्छेले व्यवस्था मिलाएर आठ आठ जना छोराछोरीलाई स्कुल पठाउनु चानेचुने कुरो हैन। त्यो मात्र हैन बुवा सिंगो गाँउको पनि अभिभाबक हुनुहुन्थ्यो। धाब, भेडीखाल्ट, कामिटोला सम्मका मान्छेहरु न्याय माग्न एकाबिहानै आगनमा टुप्लुक्क आइपुग्थे। लोग्ने स्वास्नीको झगडा परे, दुइजनै पालै पालो उजुरी गर्न आउथे। कसैले छोरालाई लाउर पठाउन बाटाखर्च चाइय हजुर भन्दै आउथे। बुवाको आस्कोट आहिलेको सहकारी भन्दा एकरत्ति पनि कमि थिएन। बुवाको पैसो सापटी लगेर कति मान्छेहरु अहिलेको अबस्थामा करोडपति बनिसके।
अहिले हामीलाई दुइजना छोराछोरीको ब्याबस्थापन गर्न महाभारत जस्तै लाग्दै छ। जाबो ग्रोसरी गएर तरकारी लिनलाई बुडाबुडी मानामान र ताकाताक हुन्छ। यसो सोचौ त लेकदेखि बेशी सम्मको खेतीपाती समयमा लाउन र समयमा भित्राउन कति मेहनत र पलानिंग चाहिन्थ्यो होला।
हो, बुवा आमासंग झनक्क रिसानुहुन्थ्यो।  मैले पनि सोच्थे बुवाले आमालाई कति हेप्नुहुन्छ। तर हैन रैछ।  त्यो त माया पो रैछ।  के हामि बेला बेला आफ्नो बुढीसंग झगडा गर्दैनौ र? त्यो भन्दा बेसी  गर्छौ होला, कम गर्दैनौ। कतिदिन बोल्दा पनि बोल्दैनौ। तर कारण हेर्यो भने केहि पनि हुदैन सिबाय आआफ्नो इगो अर्थात् घमण्ड। हेरौ त आमा हजुरले छोरा छोरी र घरमा काम गर्न बसेका सहयोगीहरुलाई पनि एकसमान ब्यबहार ब्याबहार गर्नु हुन्थ्यो। सबैको चित्त बुझाउनु हुन्थ्यो। मलाइ याद भएसम्म हजुर रिसाएको मलाइ एउटा पनि समय याद छैन। कसरि समाल्नु हुन्थ्यो घर। दुइ जनालाई खाना बनाउन हामि बुढाबुढीमा कहिले कसो मानामान र ताकाताक गर्छौ। कसरि सक्नुहुन्थ्यो सासु, ससुरा, छोरा,छोरी, आफन्त, छरछिमेक सबैलाई रिजाएर राख्न।अहिले यिनी कुराहरु दन्ते कथा जस्तै भैसके। हामि आफ्नो आफ्नो परिवारको झुण्ड समाल्दा ब्यस्त छौ। एक्ली, सेतै फुलेकी आमालाई एक कल फोन सम्म गर्न भुल्दछौ। यो हामीहरुले गर्ने सबभन्दा ठुलो भुल हो। जो जो भाइहरुले आमाको सेवा गर्न पाउनुभएको छ उहाँहरु पक्कै पनि भाग्यमानी हुनुहुन्छ।  उहाँहरुलाई मेरो नमन छ। सम्मान छ।
(बाँकी अर्को चिठीमा लेख्नेछु )…

























Sunday, March 22, 2020

संसारभरी कालो बादल छायो कोरोनाको
मनभरि डर त्रास छायो कोरोनाको
जे छुदानी मनमा डर भाइरस छ कि भन्ने
सयौ पल्ट हात धुदा नि यो मनले नमान्ने
पहिला सोच्थे महामारी गरिब देशमा लाग्छ
भाइरस भन्ने जन्तु सुकिलादेखि भाग्छ
चिल्ला सडक, चिल्ला अफिस खाली भाछन ऐले
यस्तो त्रास, मनमा डर भाथियन पैले
बिफर, हैजा,कोलेरा र प्लेग नसुनेको हैन
महामारी यस्तो होला भन्ने सोचेकोनि थेन
विश्व युद्ध कोरनाको कस्तो तागत कति
मै हुँ भन्ने देशको पनि रोकियो चल्ने गति
शक्तिशाली छौ भन्ने घमण्ड राख थाती
जर्मन, फ्रान्स, अमेरिकाको पनि निस्की सक्यो आची
डाक्टर छैनन, भेन्टिलेटर छैनन,  छैनन् मास्क पनि
चेकजाँच नभै नभै मोर्दैछन मान्छे दिन गनी
बुढा खाडा, दिर्घ रोगि धेरै छन् खतरामा
केटाकेटी बयस्क पनि बस्नु है सतर्कमा
जताततै सन्त्रास छ के गर्ने र कसो
डरै डरमा बितेका छन् दिनहरु जसो
अचम्मको छ रे रोग भुसको आगो जस्तो
भित्र भित्र सल्किदै छ डरै लाग्ने कस्तो
नबनेको छ ओखती न सुई नै पाइने
आशा गरौ पशुपतिनाथ हौन हाम्रा दाइने
सोच  राम्रो गर्यो भने जुध्ने शक्ति मिल्ला
हरेश खान थाल्यो भने कोरोनाले निल्ला
टाडा टाडा बसौ सबै एक अर्को संग
माया प्रेम गरौला है पछि थपि नयाँ रंग
जिबन बाँचे सबैथोक हुन्छ मोरे सक्किगयो
धन दौलत सबै कुरा निमुखो हुदो रैछ
दैब लागे कसको तागत सबै फगत हैच
साथि संग भेट हुदा हात मिलाउन डर भो
माया गर्ने प्रेम गर्ने खै कसरि पो हो
ठुला नेता धनाड्य पनि भए निमुखा नै
जति धन भए पनि देखीय बिमुखा नै
तेरो मेरो धनि गरिब छोडौ भन्नलाई
सबै मिलि जुध्नु पर्छ कोरोना भगाउनलाई















Summer by Shreya Poudyal

In summer the sun shine is bright
we get to go to the beach
the apples will stars growing in the trees
we get to go to the park
and my friends home with my family
I like ice creams
I like bubbles
I enjoy playing the games with my friends
I ride bike
I fly kite
And I play with my brother
who is my dearest
I like birds to watch
I like hearing the sound of the stream
I am little bit naughty
but I always do the right things
my brother sometimes teases me
and boasts thinking he is the best
but we are all the best
we play, we love , we care
we are all dear as a family

Spring by Divyash Poudyal

One spring day, the sun shines bright
snowfall is  nowhere in sight
the flowers start blooming as
clouds start glooming
animals wake up in a good mood
they are hungry to look for food
puddles appear while snow disappears
humans start jumping while animals hunting
summer's almost here
people have fun in the parks
birds have fun in the trees
rich and poor, children and adults
all enjoy the sun under the open sky
waiting for the hotter days to arrive
beaches are open everyone is ready to drive
                           


Monday, March 16, 2020

कोरोनाको कहर


सम्पन्न, सुखी र भब्य शहरहरुका भकारी
एकबर्ष, छ महिना होइन
एकै दिनमा रित्तिए
रकेटले चन्द्रमा र मिसाइले बिश्व चुम्ने देशहरु
हावा खुस्केको बलुन झैँ
एकै छिनमा खुम्चिए
तेस्रो मुलुकमा यात्रा गर्दा
सुई लगाएर जाऊ
टयाब्लेट र भिटामिनका गोलि बोकेर जाउ
भन्ने देशहरु
आफैले  सुई र गोलि नपाएर
एकै दिनमा अत्तालिए।

तिनै भब्य शहरहरु
क्षणभरमै शमशानघाट जस्तै
सुन्यमा बिलिन भएका छन्
छिचोल्न नसकिने किराना र होलसेल दुकानहरु
एकै दिनमा रित्तिएका छन्
चाक पुछ्ने कागजको लागि
मुक्का हानाहान छ
मुखमा लाउने पेन्टिको लागि
टाउको ठोका ठोक छ।

यिनै सम्पन्न, शुखि र भब्य शहरहरुको
रंगिन सपना बोकेर उछिट्टिएको म
बर्षभरी नरित्तिने
कोदो र धाँनका भकारिहरु
बाहैमाश पाईने
हरियो तरकारी र फलफूलहरु सम्झदै
रित्ता रित्ता पशलहरुमा
सिला खोजिरहेछु
र ,
तिनै लेक बेशीका उकाली ओरालीहरू
खेतबारीका काल्नाहरु
भीरपाखा र कन्दराहरु
खोलानाला र बगरहरुमा
सुनौलो भबिष्य देख्दैछु।



















Sunday, March 8, 2020

Age of Corona Virus

Scary news hovering over the planet every second
mixing facts with fiction on the real time
diamond has no price when the rolls are scarce
hoarding became a culture with frantic motion
nobody knows the demon lurking in the mind
nobody has seen how it looks like
people say people died of high fever and people believed
newspapers, social media releases the promotion every second
the world is watching the demonic letters
they are reading the gothic stories of China and Italy
People are quarantined in the remote lodge
people are being trapped in the dilapidated buildings
once floating cities turned into a  cursed islands
nobody knows how did they have the demon in them
they carried for days without noticing them
advanced microscope failed to discern
egg headed doctors confused with the nature of the disease
it has shaken the world with fear
a silent war is continuing all over the world
people hate people with the color and the origin
travelers has great fear inside and outside of their country
borders are uncertain
countries are divided like the allies in the world war
leaders fight for the reputation of their politics
demon named corona virus is everywhere
lurking in the communities like a looming shadow
seniors and children are the prime victim
schools are going to be closed
boarders will soon be closed
Department stores will be empty
people will be hoarding in their home for months
travelers will be quarantined in the remote village
The world will be doomed with a whimper
And another civilization will rise years after
like a phoenix from the ashes







Wednesday, March 4, 2020

साथि



साथि त्यो हो जो मेरो प्रगति देखेर दुखि हुन्छ
एक गिलास बढी पिए खुशि हुन्छ
रेस्टुरेन्टमा टन्न खाको बिल पनि उसैले तिरोस भन्छ
साथीकै गर्ल फ्रेन्डसंग ठुला ठुला गफ जोत्छ
मन परेको बेला ज्यान दिन्छु भन्छ
रिस उठेको बेला ज्यान लिन्छु भन्छ
चिल्लो गाडी किनेको दिन अनुहार मलिन पार्छ
कसैले सोध्यो भने भेटेकै छैन रे
'तिमीहरु त मिल्ने साथि हौ' भन्दा हैन रे
एक्लै हुदा फोन गरिहाल्ने
पिर परेको दिन दुखेसो सुनाउने
तर पनि खै किन किन
म खुसि हुदा ऊ रिसाउने
म दुखि हुदा उ खुसाउने
तर पनि यो सबै कुरा भन्न नहुने
साथिको प्रगति हुदा 'कंग्राचुलेसन' त भन्ने पर्ने
दुख पर्दा सान्तोना पनि दिने पर्ने
खै किन किन साथि जाति नहुने
जतिसुकै मिलनसार भएपनि आफु भन्दा माथि नहुने।





Tuesday, March 3, 2020

When I was a child like you
I never fight upright
I played a game
under the tree, up the hill
with the stone and the mud
I made a cannal from the river
down the land
I made the farm of paddy
so I can plant the rice
It was so fun
my hands were filthy with dirt
clothes were full of mud
I ran like a horse
with no control of man
having so much fun in the wild
sometime I would climb the tree
hanging on the branch to branch like a monkey
my dad would call me the donkey
mom would say' I will not wash your clothes'
I ran down the town with muddy clothes
It was so much fun
So I did run and run
A teacher found me on the way
what a surprise I said
He looked me like I was a dirty bug
And did not talk to me
I said 'thank you'
And went down the river to swim
I had no swim suits
I put off the muddy clothes
and jumped into the river
I swam and swam for the whole day
until the moon peeped from the sky
I was little shy
I scared of the the boys at the bay
they giggled
I said 'no way'
They stole my clothes and ran away
I came off the river with no clothes on
I cried like a hell
I am sure I scared the birds in the bush
When the dark vail the road
I walked up the hill
I saw the girls giggling on the side
A kind farmer met me on the road
Checking if I was a mad
He gave me his pants
I was like a scarecrow in the field
I saw children running aways calling me the ghost
When I was home at night
my mum screamed 'ghost'
my dad 'appeared like a statue
looked and looked
and gave me a slap on the cheek
who are you?
I said 'who is who?'



नयॉ बर्ष आयो
बियर र रक्सिको बोतल बोकेर
आफ्नै उमेरको मलामि बोकेर
नयॉ सपना र संभाबनाको बोझ बोकेर
केहि थान पटकाहरु पड्किने छन
केहि थान बोतलहरू बढि बिक्नेछन
राजस्व अलि बढि उठ्नेछ
आम मजदुरहरु सदा झै पसिना पुछ्नेछन

मेरो तिन कक्षामा पढ्ने सानो छोरोले सोध्यो
“बाबा ह्वाट वि गोना डु इन न्यू ईएर ईभ?”
मैले भने, “ आई ह्याभ वर्क”
“हु ईन्भेन्ट द जब?”
“रिच एन्ड स्मार्ट पिपुल”
“आर दे रियली स्मार्ट बाबा?”
“ आई थिन्क सो”
“नो दे आर नट”!
“हाऊ कम?”
“ईफ दे आर स्मार्ट, दे लेट यु सेलिब्रेट विद अस,

मेरो सानो छोराको निर्दोस तर्कमा दम थियो
उसलाई पनि बाबा संग नयाबर्ष मनाउने मन थियो
सायद बाबाले कुनै मन पर्ने लेगो किन्दिनुहुन्छ भन्ने आशा थियो
घर भन्दा टाडा घुम्ने रहर थियो
आफ्ना तमाम रहरहरुलाई निमोठ्ने संग गुनासो थियो
नयाँ बर्षमा पनि एकदिन छुट्टी दिन नसक्ने बोस संग रोष थियो

छोराको मनको कुरा मेरो मुटुमै चसक्क लाग्यो
झोला बोकेर काममा जाने आँट गर्न सकिन
चोरजस्तो बोश संग सोधेर बिदा माग्न मनले मानेन
मन आटिलो बनाएर काममा नजाने निर्णय लिए मनमनै
तर महंगो घरभाडा, ग्रोसरी, गाडीको इन्सुरेन्स
सबै सबै आखाँ अगाडी नाच्न थाले
काम खोज्दा पाएको पिडाले छाती चस्कायो
लुते कुकुर झैँ निन्याउरो मुख लगाउदै निस्के घरबाट

दिनभर उभिएर, तन्ग्रिएर, घोप्टिएर नयाँ वर्ष मनाए
छोरा छोरी संगै शिर झुकाएर अबेर घर फर्किए
हेप्पी निउ ईयर बाबा भन्दै थिए छोरा छोरी
मेरो मन भरि भयो खै के पो भनु कसरि भनु
समबोडी क्रिएटेड द जब "दे आर फूल्स"
तिमीहरुकै भबिष्यको लागि हो यो 'फुल्स' हरुको काम मा जानु परेको
मन रुदा पनि ओठ लेप्राउदै हिडेको।





What a way of pan handling

I was traveling from downtown Toronto to Kennedy station via subway, when I saw a couple 'just wow!'. East Indian pair, nice looking with boiling energy in their skin attracting the sight of every travelers. Everybody's eyes twisting as they see the couple with a mild mysterious smile on their faces. They were the centre of the attraction. When the girl came closer to me, it felt like a drama to me as if I was watching on the theatre. What was special about them? Can anybody guess now? They could be anybody, students, actors, performers.
They were panhandlers. Ragged clothes, worn out body, physically disabled, dirty, smelly images were in my mind as a pan handler. I always saw people asking for a penny or a dollar at the bus station and train station with the misery looks not with the fancy style. Some people play guitar, drums during the time of events at the entrance of subway station. People drop a few coins while passing through. Even if they play and sing, their faces show some kind of story of pain.
Those couple whom I met in the subway were like the people perfect for customer service in the fancy events or the receptionist in the renowned company. The smile of the girl was just sweet with no signs of misery or pain. The guy was playing a guitar standing by the door as if he was promoting his new song. The girl, she should be his girlfriend or the wife, was a perfect candidate for customer service in a reputed organization.
The boy played the music for one minute. Then the girl walked down the alley smiling and greeting, and at the same time stretching her arms towards the passengers. Some of them gave her a dollar or two. Many of them looked at her with the smile of surprise in their faces. I thought what the idea of surviving in the expensive town like Toronto. Their appearance showed that they were from east India might have came to Canada as a student. They had an idea which was very common in their back home hundreds of panhandlers walk in the train with bowl singing and dancing. I remembered a moment of travel by bus in Derhadun  India. I was traveling by the bus going to the railway station. A girl came in the bus who was so beautiful like a model. Many people gave her money without hesitation because of her flirting smile. I also gave her five rupees. It was a good value at that time. When she was exiting from the rear door she covered her face with Burka. It shocked me at that time. How people were misusing Burka. I had heard while working in a hotel in Mumbai that some of the Hindu girls go to the hotel room to their clients putting burka so that nobody recognize them. So many girls were doing so to disguise themselves and run the prostitution.
Those couple I saw this morning were very confident and professional. They might have tried first day how their plan of making money works without working hard in the factories and at the same time paying hefty tax to the government. If they were the students, it was a good idea to make little cash after school to pay the rent. This was the situation created by the skyrocketing rent hike in Toronto where one bed room apartment rent reached $1800.00. Those students who came to Canada with the dream of making good future ends up living in a tiny basement apartment being hoarded like the castle. And they adopt any means of survival after a few months when the bank balance drained.
When they got off the train, my head was buzzing for long period of time. I recalled the faces of the students I met last weekend at a very old town home. The house was completely molded and damp. The roof was leaking and renovation was going on. There were two rooms where more them ten people living. Matresses were piled up at the hallway. Two boys with the turban sitting on the mattress and eating some food. There was a pile of noodle on the table. The room was messy like the slums of Danda Mumbai.
International students were the cash cow for the colleges in Ontario. Many private colleges have only the international students. They pay hefty education fee. Their expenditures do not stop right there. They have to go through different stages of hardships. Everything is expensive. Jobs are very hard to find like searching a needle in the haystack. As a result, such professional looking panhandlers appearing in the subway line. It was the byproduct of the society. India was long been criticized as a country of the bigger. If the Canada creating a huge gap between rich and poor, one day this beautiful country of snow and shine can end up worse than today's India.