Friday, October 6, 2017

हेर, सोध र बुझ!

नौ नौ महिना कोखमा राख्दाको पिडालाई छोडिदेऊ
तिमिलाई यो धर्तिमा अस्तित्वदिलाऊदाको पिडा पनि भुलिदेऊ।
किनकि तिमिले थाहै पायनौ, बुझ्न पनि सक्दैनौ।
तिम्रो विध्याले तिमिलाई सिकायो। 
तिम्रो आत्माले कहिले बुझ्ने कोशिस नै गर्यो।
तिमिले आफै खान कति बर्ष लगायौ?
आफै हिड्न कति कति दिन, महिना बर्ष लगायौ?
कसले सिकायो होला ताते ताते कोख्याई, कोख्याई 
कसले हाल्यो तिमि ऊभियको जग?

छोडिदेउ यि वाइघात कुराहरू

तिमि ढुन्गा माटोको जग हाल्ने कुरो ठुलो ठान्दैछौ।
आफ्नो बर्तमान भबिश्यको जोड घटाउ गर्दै छौ।
चिसो ढुन्गामाथि टुसुक्क बसेर दुध चुसायको
पिठ्यूमा घास पेटमाथि तिमिलाई बोकेको
तिमिलाई सन्चो नहुदा झाक्रि, मसान डाक्टरलाई बूझायको
कतै तम्सुक हिसाब किताबको?
कि च्यातिदियौ ऊसैदिन 
जुनदिन देखि आफै खान हिड्न सिक्यौ।
आफ्नो अस्तित्व आफैभित्र खोज्न सिक्यौ।

कति बर्षको हुदा कति रूपिया कमायौ 
आफ्नो कमाईमा कति रमायौ।
कति दियौ आमालाई, कति दियौ बाबालाई
त्यो पनि ताजै होला सम्झना
किनकि त्यो तिम्रो कमाई हो।
त्यहि कमाईको हिसाब किताब गर्दा गर्दै
जिबनको हिसाब किताब टुन्गिने छ।
तर आफ्नो सन्तानमाथिको हिसाब किताब कहिले राख्ने छैनौ।
किनकि जिबन चर्खा हो।


पान्डबहरु बनबास जादा कुन्ति कबच बनि साथै लागिन
दरबारको सुख संग जंगलको दुख बिनिमय गरिन
अर्जुन होस या कर्ण भएन कुनै भेद।
सयौ छोराहरुकी आमा गान्धारि कहिले थाकिनन्।
सन्तानकोलागि आफ्नो टाउको छिन्ने आने बोलेन,
आोलम्पियस, आमा लु का कथा भन्दा कुनै कम छैन
तिम्रि मेरि आमाका कथाहरु।

अस्ताउदो सु्र्य किन मलिन हुन्छ सोथ्यौ कहिले
बचेरा हुर्काइसकेपछि जुरेलि नाच्छ किन बुझ्यौ कहिले
फल टिप्दै गर्दा आोइलियका पात हेरेउ कहिले
पानि पिउदै गर्दा मुल कहॉ हो सोध्यौ कहिले

सोध, बुझ हेर अनि पाउनेछौ आमाको परिभाषा
भेट्टाउनेछौ आमाको सरल कथाभित्रको बेथा
हेर
सोध
बुझ।
















Thursday, October 5, 2017

यादहरू!

अगेनाको ध्वासोले रंगियको सिरकभित्र
ठुल्दाईले छोडेको भट्मासको बारुदको गन्द अझै ठुस्सिरहेछ।
आमाले दशैमा एकडाडु माशुको झोल थपिदिदा
एउटा हड्डी बढि खस्यो भनि कुक्काइ कुक्काइ रोएको बाबुको अनुहार अझै
टल्किरहेछ।
घिउ बेचेको टिन बोकि घर आउदा
काप्राको रुखमुनिबाट माइलादाइ लोटेको झलझल याद आइरहेछ।
गोरे र गोपाल मिलेर जुठ्यानको काक्रा रित्याएको नान्गे झाल ताजै छ अझै।
साइलोदाई र म स्कुलबाट भागेर भिरको बाटो घर आउदा
सिस्नोको मुठोको स्वाद अझै ताजा छ।
सेनि दिदिका घॉसको मुठि र ठुल्दाईको मेलो
माइलि भाउजुसंगको गफको मज्जा
अनि त्यो निश्छल माया
कमला बैनिको घासको डोको
नखाजि माथिबाट लिपेले ढाकेको
हल्दारबाजेको टिमुर्लाइ केठा!
र बाटामुनि कान्छाका मोति जस्ता सेता दात!
साला सात समुन्द्र पारि झलझलि आइरहेछ।।।

यादहरु।

अगेनाको ध्वासोले रंगियको सिरकभित्र
ठुल्दाईले छोडेको भट्मासको बारुदको गन्द अझै ठुस्सिरहेछ।
आमाले दशैमा एकडाडु माशुको झोल थपिदिदा
एउटा हड्डी बढि खस्यो भनि कुक्काइ कुक्काइ रोएको बाबुको अनुहार अझै
टल्किरहेछ।
घिउ बेचेको टिन बोकि घर आउदा
काप्राको रुखमुनिबाट माइलादाइ लोटेको झलझल याद आइरहेछ।
गोरे र गोपाल मिलेर जुठ्यानको काक्रा रित्याएको नान्गे झाल ताजै छ अझै।
साइलोदाई र म स्कुलबाट भागेर भिरको बाटो घर आउदा
सिस्नोको मुठोको स्वाद अझै ताजा छ।
सेनि दिदिका घॉसको मुठि र ठुल्दाईको मेलो
माइलि भाउजुसंगको गफको मज्जा
अनि त्यो निश्छल माया
कमला बैनिको घासको डोको
नखाजि माथिबाट लिपेले ढाकेको
हल्दारबाजेको टिमुर्लाइ केठा!
र बाटामुनि कान्छाका मोति जस्ता सेता दात!
साला सात समुन्द्र पारि झलझलि आइरहेछ।।।

Memoir

Wander in the wonderland like a vagabond
Clicking the bits of the memory of the homeland
Your smile can not hide the tears of separation 
Your eyes can not forget the last harvest you had
Your memory can not cast the shadow on the ritual 
The ritual our forefathers passed over us
You used to sit in front, when priest ( haldar baaje) offered the cock.
You used to eat chicken cooked under the sirmu tree.
Those memories can not be collected  in your camera
The smile you had when you first ate the roasted corn   
The smile you had when you first see the waterfall after the whole night rain
We had no cameras to capture but the mighty brain
We still have the fresh memoirs of the homeland
If i can print the memory in the lab
There would be a thousands of albums
Full of my smiles
Full of my blissful days
Of my laughter
Of my cry 
Oh! Heaven thy always there 
Bring me my past with its purity