Saturday, October 31, 2020

जलान्धरे (II)

                                                                     ४.


सन्ते बारीबाट घाँस ल्याएर फर्किदा पुलिसहरु गैसकेका थिए। झुम्री पिडिमा बसेर डाँको छोडेर रुदै थिई। उसले घाँसको भारि बिसायो। गोठमा एउटा थारो भैसी, एउटा बकेर्नो र दुइवटा गोरु थिए। थारो भैसी चिल्लो चिल्लो थियो भने बकेर्नोको पुच्छरमाथि सिङ्ग झैँ हड्डी उठेको देखिन्थ्यो। अघिल्लो महिना दाहेका दुइटा बाच्छा भने पुट्ट पेट उठेका फुर्तिला देखिन्थे। सन्तेले कमिजको बाहुला कुहिनो माथि पुर्याएर गोबर सोर्यो। भर्खर काटेर ल्याएको घाँसमा बाँसि घाँस थपेर दुई  दुई  मुठी भकारोतिर फाल्दियो। बस्तुभाउले पुच्छर हल्लाउदै घाँस मर्काउन थाले। घाँसको भारीबाट नाम्लो र रसी थुत्यो र सरासर घर भित्र पस्यो। अगेनामा आगो बोलेको थिएन आज। सबै सामानहरु छरपस्ट भुइभरि छरिएको थियो। माटाको घैटो फुटेर दुइटुक्रा भएको थियो। भाउन्न छुट्यो उसलाई।सरासर बाहिर गयो र रुदै बसेकी स्वानीलाई लात्ताले ड्याम्म ढाडमा हान्यो,' तलाई अलक्षिनी, बौलाइस कि के हो ? किन भाँडाकुडा जताततै छरेर यहाँ बसेर नाटक गरेकी?'

झुम्री झन् बेसरी डाँको छोडेर रोही। ऊ रोएको सुनेर जुठेल्नाको थाक्रोबाट एकजोडी जुरेली उडेर बारीतिर गए। कालो ढाँडे पुच्छर माथि उठाउदै कुलौसोतिर पस्यो। गोठबाट रुपा भैसी ड़वाआ गरेर कराएको आवाज पखेराहरुमा गुञ्जियो। तर ,गाँउ सुनसान थियो। सधै खरबारीमा लोक भाकामा गित घन्काउनी रुनमाया आज घाँस काट्न आएकी थिईन। जुम्रिको आवाज बिस्तारै सुक्क सुक्कमा परिणत भयो। सन्ते के गर्ने, के नगर्ने अलमलमा पर्यो। सन्तेको पारा अलि सेलाएपछि झुम्रिको नजिकै गयो।

 'जे हुनु भयो, नरो अब। बरु भन यो सबै कसरि भयो। '

झुम्री बसेको ठाउबाट उठेर आगनको डिलमा गई र बारितिर भलाक्न थाली।एकछिन पछि सन्तेतिर फर्केर उसको मुखमा नहेरी भनि, 'तिमि बारीमा गएपछि पुलिस आथे घरमा। सबै सामान हुर्याएर गए। कुरै नबुझी मलाई कुट्छौ। बरु मार्देउ मलाई , हाइसन्चो हुन्तो । '

'भो भो जे हुनु भयो। हिन् भित्र। आगो फुकेर खाना बना। मैले सामानहरु मिलाउछु। '

झुम्रिले किटको कसौडीमा आटो बसाली। सिल्टिको दिउरिमा सिन्कीको झोल उमाली। सन्तेले छरपस्ट भएका सामानहरु एक एक गर्दै राख्यो। धेरैबेर सम्म बोलेनन दुबैजना। नबोली नबोली झुम्रिले आटो पस्केर दिई। सन्तेले स्वाद पायो कि पाएन, एक चैलो थपेरै खायो। 

सन्ते हाँत चुठ्नलाई जुठेल्नोमा उभिएको मात्र थियो तिन जना पातला पातला, निचोरेको कागती जस्तो अनुहार भएका, टाटेपाटे कपडा लगायका, काँधमा बन्दुक भिरेका केटाहरु आँगनभित्र पसे। एउटा कुलेसोतिर पस्यो। अर्को आगनमै उभिएर तलमाथि हेर्न थाल्यो। तेस्रो चाही सन्तेको अगाडी आएर उभियो।
 
'पुलिसहरु आएको थियो कि नाइँ आज ?'

'हजुर उनीहरु आएको थियो रे। म घरमा थिन। सबै सामानहरु फालेर , फुटालेर गएछन। '

'के के सोध्यो उनीहरुले ?'

'मलाई थाहा छैन हजुर, म स्वास्नीलाई बोलाइदिन्चु । ' त्यहिबेला झुम्री जुठा भाडाहरू बोकेर भित्रबाट निस्की। आगनमा मान्छेहरु देखेर उसको फेरी छाती फुट्ला जस्तो भएर आयो। रिंगटा लागे जस्तो भयो। भाडाहरू भुइमा राखेर थ्याच बसी। 

'डराउन पर्दैन, आमा । हामि माओबादि हौ। हामीहरु तपाइहरुजस्तै गरीबहरुको मुक्तिको लागि लड्छौ। आज बिहान यहाँ पुलिस आएको खबर हामीकहाँ पुगेको थियो। उनीहरुले के भनेर गए?  किन आएका रहेछन? भनेर बुझ्न आएका हौ', चिम्सा आँखा गरेको केटोले भन्यो। 

'तेरो छोरो खै ? जंगलतिर पठाइस भन्दै घरभित्र पसे। तलमाथि जताततै डुलेर सप्पै समान फालेर गए। '

'कुन छोरो खोजेका रहेछन तिनीहरुले ?' कुलेसातिर बाट निस्कदै गर्दा अर्कोले सोध्यो।  

'जेठो छोरो तपाईहरुको पाटिमा लागेको पान साल भयो। कहाँ छ, के छ  थाहा छैन। कान्छो छोरो पनि हिजो स्कुलबाटै कता गयो कता गयो ? कसैले माओबादीमा गयो भन्ने चुक्ली लएर आका होलान केरे । हाम्रो छोरो काँ होला हजुर ?'

"तपाइको जेठो छोरा काम्रेड  चट्टान अहिले पर्बतको मोर्चा समालिरहनु भएको छ। उहाँले घरको हालचाल बुज्नु  भनेर हामि पसेका हौ। तर हामि आएको कुरा कसैलाई नभन्नु। तपाइको छोरा जो हराएको छ, उ माओबादीमा गएको छैन। यो एरियाको इन्चार्ज उहाँ नै हो। बरु पुलिसहरुले उसलाई पक्डेर मारेको हुन सक्छ। उनीहरुले निर्दोस जनताहरुलाई बिनासितै गोलि ठोकेर दोहोरो भिडन्तमा मोर्यो भनेर समाचार बनाउछन।  हामि त्यो कुराको खोजबिन गर्छौ। तपाइहरु एकदुई दिन बाहिर ननिस्कनु होला", बन्दुक एक काँधबाट अर्कोमा सार्दै एउटाले भन्यो। 

त्यसपछि उनीहरु जंगलको बाटो हुदै उकालो लागे। 

सन्ते र झुम्री घरबाट बाहिर निस्केनन् हप्तौ सम्म। गाउँमा माओबादि पसेको कुरा पधेर्निहरु खासखुस गर्थे। मेलापात गर्नेहरु मुख छोपेर, सास रोकेर गाइगुइ गरेको सुनिन्थ्यो। बाटमुनी कान्छोले 'गराङ्गको धुरीमा सय भन्दा बढी माओबादीहरुले बन्दुक समातेर उफ्रेको आफ्नै आखाँले देखेको रे। गाउबाट दिन दिनै केटा केटीहरु हराइरहेका थिए। स्कुलमा केटाकेटीहरु आउन छोडे।मास्टरहरुले पनि एक बजे नै स्कुल बन्द गर्न थाले। दिनभर पुलिस र रातभर माओबादीको गस्ती बढ्न  थाल्यो गाँउमा। दुर्गे र कर्ने माओबादीमा गए भन्ने कुरा भुसको आगो झैँ गाँउभरि फैलियो। बाटोमा भेटेकाहरुलाई पुलिसले बिनासित्तै दुख दिन थाले। 

एक दिन मध्यरातमा पटका पड्केजस्तो सुनियो सात गाउँभरि। मान्छेहरु डरले बाहिर निस्केनन। 

अर्को दिन रेडियोले खबर फुक्यो "वामी टक्सार चौकीमा माओबादि आक्रमण। दुवै तर्फ गरि पचास भन्दा बढीको मृतु। सयौ माओबादी घाइतेहरुलाई माओबादीहरुले डोकोमा बोकेर लगेको प्रतक्ष्यदर्शीको भनाई।" गाऊभरि हल्ला चल्यो 'दुर्गे र कर्ने पनि त्यहि भिडन्तमा मोरे।' सन्ते र झुम्री गाँउलेहरु को खासखुस मात्र सुन्दथे, तर कसैले पनि मुखन्जेल केहि भन्दैनथे। उनीहरकोमा समाचार सुन्नलाई रेडियो थिएन। झुम्री छोरोको पिरले झन् झन् सुक्दै गई। सन्तेले होस् हुन्जेल रक्सि पिउन लाग्यो। होस् गुमेपछि कहिले बाटोमा लडेको हुन्थ्यो भने कहिले झाडीमा। 'काल नआउन्जेल मान्छे घोप्टे भीरबाट लडेपनी मोर्दो रैनछ' , गाउलेहरुले भन्थे। 

भोलिपल्ट गाउलेहरुले बटुवाहरुबाट खबर सुन्थे, "हेलिकप्टरबाट घाइते पुलिसहरुलाई काठमान्डू पठाइयो रे । टक्सारमा चौकी छैन। बैंक पनि माओबादीले लुट्यो रे। हेल्थपोस्ट पनि बन्द भयो रे। घर घर बाट पुलिसहरुले मान्छेहरु पक्डेर लग्यो रे। गाई, बाख्रा चराउदै गरेका गोठाल्नीहरुलाई बलात्कार गर्यो रे। तम्घासबाट थुप्रै सेनाहरु  माओबादीलाई खोज्न पठाएको छ रे।"
सबैले रे का कुरा गर्थे। कसैकसैले आफ्नै आँखाले देखेको सम्म भन्दथे। "फालानो ठाउँको हेडमास्टरलाई रुखमा बानेर हातखुट्टा काटिदिए रे माओबादिले। फलानो ठाँउमा पुलिसले पुरै गाँउमा आगो लगायो रे। अब घर घरबाट एक एकजना माओबादीमा पठाउनु पर्छ रे नत्र घरको मुली मान्छेलाई मार्दिन्छ रे। माओबादीलाई खान दिएको पुलिसले थाहा पायो भने पक्डेर लैजान्छ रे। जंगलमा लगेर गोलि ठोकेर मार्दिन्छ रे।" 

बिहान देखि बेलुकासम्म चोक चोकमा यिनै कुराहरु हुन्थे। जताततै डरको कालो बादलले गाउँ पुरै ढाकेको थियो। गाँउघरमा बिकाश निर्माणका कामहरु पुरै ठप्प थियो। गाबिस भवन माओबादिले बोम पढ़काएर धोस्त पारेका थिए। गाँउको सचिब सदरमुकाममा गएर बसेका थिए। एक एक गर्दै युबाहरु विदेशतिर लागे। कोहि कोहि माओबादीमा पसे। मान्छेहरु दिउसै ढोकाथुनेर बस्न थाले। 'साँझमा बत्ति बाल्न हुन्न रे' माओबादि भनेर पुलिसले गोलि हान्छ रे ' भनेर बत्ति पनि नबाली बस्थे मान्छेहरु।  केटाकेटीहरु न घरमा पढ्न पाउथे राम्रोसंग न स्कुलमा नै। सिंगो गाँउ नै मुर्दा घर जस्तो बन्यो। 

                                                            ….            __           …… 


एकदिन सयजनाजति माओबादि गाँउमा बास बस्न आइपुगे। उनीहरु दश दश जनाको समुहमा बाडिए र सबैको घर घर पुगे। "हामीहरुलाई आटो पिठो जे छ दिनुस।  हामि आफै पकाउछौ।  खान्छौ र यतै सुत्छौ। भोलि बिहानै भाँले  नबास्दै हामि यो गाउँ छोडिसक्छौ। पुलिसले थाँहा पाउदैन ", भन्थे उनीहरु। सन्तेको घरमा पनि दश जना बसे। सन्तेकोमा चामल थिएन। आँटो  पनि पिसेको थिएन। मकै भुटेर खाए। पालै पालो एकजना आगनमा उभिए भने अरुहरुले बन्दुक सिरानमा राखेर सुते। सन्तेका बुढाबुढी  भोलि के हुने हो भन्ने डरले रातभर आँखा झिमिक्क सम्म गरेनन्। भोलिबिहान उज्यालो नहुदै गाउभरि छरिएका माओबादिहरु स्कुलको गिराउनमा जम्मा भए। बन्दुक टाउकोमाथि राखेर परेड खेले। त्यसपछि कता गए कसैले पत्तो पाएनन्। भोलिपल्टदेखि गाँउघरमा पहिलेको जस्तो रौनक रहेन। गोठाला गोठाल्नीहरु बनपाखामा गित गाउन छोडे। पथेर्निहरु पानी भर्नासाथ हिड्थे। गाँउमा कुनै नयाँ मान्छे देखे  केटाकेटीहरु दौडदै घर घर पुग्थे । पाकाहरु अर्कै बाटो मोडीन्थे। रातमा बिबाह भोज हुन छोड्यो। साँस्कृतिक कार्यक्रमहरु रातमा हुन्थे पहिला पहिला। तर अहिले ति पनि हुन छोडे। जता गयो उतै मान्छेहरु मोरेको, अपहरणमा परेको, स्कुल स्कुलबाट बिद्यार्थीहरु लागेको , शिक्षकहरु अपहरणमा परेको खबर सुनाउथे। रने र सन्ते भने कुनै दिन छोराहरु फर्केर आउछन कि भनेर बाटो हेरी बस्थे। कुनै नयाँ मान्छे देख्नासाथ सन्ते भने  बाटोमै गएर कुरेर बस्थ्यो र आफ्नो 'छोरा कतै छ, देख्नुभयो कि 'भनेर सोध्थ्यो। आइमाइहरुले भन्थे 'सन्ते बहुलाइसक्यो। ' झुम्री आगनको डिलमा बसेर दिन काट्थि। थारो भैसी टोलका माछेहरु काटेर माशु खाए। गोरुहरु हल्दारबाले आसामी उठाए। बचेखुचेका भारमा खर हुन्जेल एक एक मुठी खर खाएर बाँचे। खर सकिएपछि तिनीहरु पनि बेच्यो सन्तेले र त्यहि पैसोले रक्सि खायो। 

एकदिन एकाबिहानै सन्तेको घरमा रने पुग्यो। झुम्री आगनमा कोदो सुकाउदै थिई। रने पिडीमा परालको गुन्द्रीमाथि पल्टेको थियो। मुखभरी झिंगा भुन्भुनाउदै थिए। रनेले, 'किन लडेको छ यतिबेलासम्म ' भनेपछि आँखा खोल्यो सन्तेले। खाटमुनीबाट गुन्द्री तानेर दियो रनेलाई। 

'केहि खबर मिल्यो त छोराको ?' रनेले  गुन्द्रीको धुलो टकटकाउदै भन्यो। 

सन्ते उठेर बस्यो र दुवै हत्केला अनुहारमा लगेर गालामाथि रगेड्यो। केहि बोल्न खोज्दै थियो उसको घाँटी चिल्चिलायो।  उठेर आगनको डीलमा गयो, घाँटीको लेघ्रो तान्यो र पहेलो कफ थुक्यो। झिंगाहरु भुर्र उडेर खकारमाथि बसे। 

'के खबर पाउँ हजुर मैले । अब त मलाई आशा पनि मोर्यो। ' दाइने हातले कपाल कन्याउदै भन्यो सन्तेले। 

'हेर कान्छा मैले अर्कै कुरो सुनेको छु। 'सास हुन्जेल आँश मार्न हुन्न' भन्थे बुढाबूढी, अहिले हरेश खानी कुरा नगर। 'अनि तेरो छोराले घरबाट केहि पैसा चोरी सोरी त गरेको छैन ?'

'किन गर्दैन, आमाको गहना भएको सबै चोरेर हिडेछ। '

'त्यसो भए सुन मेरो कुरा-तिनीहरु माओबादी साओबादि कतै होइन हेर , कसैसंग लाउरतिर सुइकेजस्तो लाग्छ है मलाई। कोहि केटाहरु आएजस्तो त लाछैन यो गाँउमा । तलाई थाहा छ कि भनेर आएको हुम म त। '

'खै यो कामिडाँडामा कोइ पनि आथेन। च्यानडाँडाको जुठे अघिल्लो मैना जान्च होला। अरु को गयो त अहिले ?' सन्तेले निधार कनाउदै भन्छ। 

'माओबादिको डरले गर्दा वल्लो घरको मान्छे पल्लो घर जाने स्थिति छैन। वल्लो र पल्लो गाँउको त कुरै नगर।  कसरि थाहा हुन्छ। बिरालोले मुसो को गन्द थाहापाए जस्तै हाम्रा केटाहरुले कतै कसै संग भेटेर संगै पो गए कि ? मर्दो जिम्दो त थाहा लाग्न पर्ने हो। 

हेर भोलि म भेडिखा पुगेर बुझ्छु। त पनि बौलाएर नबस', गुन्द्रीबाट उठ्दै भन्छ रनले। 

रने सरासर घरतिर उकालो लाग्छ। उसको कुराले सन्तेको दिमागमा नयाँ आशाको जन्म दिन्छ।

 'अब भागेरै गएपनि देशा गएपछि हाम्लाई संझेर एउटा चिर्कटो  त पठाउला नि। धेरै पिर नअर भो तैलेनि ,'म आजै जान्चु  सुनार टोलतिर ' सन्ते जुरुक्क उठेर भन्छ। 

दलिनमा घुसारेका एकजोडा चप्पल झिक्छ, फुस्केको तना दुईहाँतको बुढी औलाले घुसार्छ र सुनार टोलतिर लाग्छ। गेरुखोलाको उकालो चड्दै गर्दा माथितिरबाट तल झर्दै गरेको फुस्रो टाटेपाटे कपडा लगाएका पन्द्र बिस जनाजति मान्छेहरु देख्छ। अगुल्ठाले हानेको कुकुर बिजुली चम्कदा भाग्छ भनेझैँ उनीहरुलाई देख्नासाथ् उ छिटो छिटो तलतिर झर्छ।  बर र पिपलको चौतारीमा नपुग्दै पछाडीबाट कसैले च्याप्प कठालो समाउछ।  सन्तेको सातोपुत्लो उठ्छ। त्यतिबेलै अर्कोले ड्याम्म बुटले चाकमा दिन्छ। उनीहरुले 'त माओबादी होस्?  भन अरु कहाँ लुकेका छन्" भन्दै मुक्का हान्छन। सन्ते पुक्लुक्क ढल्छ भुइमा। उसको मुखबाट रातो रगत चिउडोतिर बग्दै जान्छ। 'म माओबादी होइन ह.. . . 'भन्न नपाउदै " साला माओबादी झुट बोल्छस भन्दै अर्कोले छातीमा चुरोटको ठुटो मिचे जसरि कुल्चन्छ। सन्तेले  फुर्सा आँखा पल्टाउछ। 

ससस्त्र सेनाको टोलि उसलाई त्यतिकै छोडेर हिड्छन। सन्ते होशमा आउदा झमक्क साँझ  परेको हुन्छ।  रगतमा लत्पतिएको शरीर आफ्नो हो कि होइन जस्तो लाग्छ उसलाई।  ऊ जुरुक्क उठ्छ र सरासर दुर्गाको मन्दिरमा जान्छ। दाँत किटेर, मुट्ठी कसेर, आँखा चिम्म गरेर 'देवी मलाइ शक्ति देउ, आसिर्बात देउ। मलाई बिनासित्त दुख दिनेहरुलाई बदला नलिई म घर फर्कन्न।' 

त्यसै दिन देखि सन्ते हरायो गाँउबाट।  

                                                  ५


अरेबियन सागरको छेउमा मुम्बई शहर भारतीय युवापिडिको लागि रंगीचंगी रपनाहरुको पशल थापेर बसेको थियो। गगनचुम्बी घरहरु, फराकिला र चिल्ला सडकहरु जताततै लमतन्न फैलिएका। दुई पाङ्ग्रे , तिन पाङ्ग्रे , चार पाङ्ग्रे , आठ पाङ्ग्रे, एक तले, दुइ तले गाडीहरु रातदिन  एकनासले कुदिरहेका थिए। मेट्रो स्टेसनमा मान्छेहरुको ठेलमठेल हुन्छ चौबिसै घण्टा। लाग्छ ईन्द्र भगवानले भएजतिको खजना तेही सुन्दर शहरमा खासालिदियका छन् र त यी मान्छेहरुको भिड त्यो खजाना टिप्नलाई तछाड मछाड गर्दैछन। 

माथि हेर्दा टोपी नै खस्ने गगंचुम्मी घरहरु, रातदिन एकनासले बलिरहेका सडकका बत्तीहरु, तिब्र गतिमा कुदिरहेका रेलहरु, सुन्दर बगैचामा रंगी बिरंगी फूलहरु। सुन्दर जोडीहरु समुन्द्रको किनारमा निर्धक्कसंग प्रेमलिल संसारमा हराइरहेका।  के छैन यो शहरमा? बलिउडका हिरो हिरोइन जति जम्मै यहि शहरमा भेटिन्छन। अरेबियन प्रयटकहरुको क्रिडा स्थल मुम्बई शहरमा आधाजस्तो होटेलहरु यिनीहरुले भरिएका हुन्छन। दैनिक हजारौको संख्यामा नेपालि तथा भारतीय महिलाहरुले आफ्नो अस्मिता बेच्छन यिनै संग। ठुला ठुला सपनाको पछि पछि दौडदै गर्दा को कहाँ कुन भड्खालोमा जाकिने हो कसैलाई थाहा हुदैन। सानो रेस्टुरेन्टको भाँडा माझ्ने भैया करोडौको लगानीमा स्टार होटेलको मालिक बन्न सक्छ , अरबौको शेयरको कारोबार गर्ने मान्छे राता रात  रेल्वे स्टेशनमा भिख माग्दै गरेको हुन सक्छ। यसैलाई भन्छन मान्छेहरु किस्मतको खेल। 

खार, डांडा। अरेबियन महासागरको किनारमा पालिहिल देखि जुहू सम्म तमतन्न फैलिएको भूभागमा आधा भन्दा बढी झोपडपट्टि मात्रै छ। जुटका बोरा, टिनको पाता, प्लास्टिकले बेरेका झुप्राहरु भित्र भित्र सम्म फैलिएको यो बस्तीमा भित्र पसेपछि बाहिर निस्कन ठुलै युद्ध जिते जस्तै हुन्छ। सबै घरहरु उस्तै उस्तै। सबैको घरको छानामा छाता आकारको एन्टेना, सबैको घरमा टिभी कतै हिन्दि सिनेमा हरु चल्दै गरेको त कतै सिरियल। ठुलाठुला भुडी बाहिरै उछट्टीएका मोटि आइमाइहरु नाइटो देखाउदै  तिब्र गतिमा दौडिरहेको पंखा मुन्तिर सुतिरहेका।  कुनै कुनै त उदाङ्गै पल्टिरहेका हुन्छन। मान्छेहरु आफ्नो घर ठानेर अर्कैको घरमा पस्न बेर पनि लाग्दैन कुनै कुनै बेला। जानी जानी वा जुक्केर जे पनि हुन सक्छ। बाटाभरि लुते कुकुरहरु सुतिरहेका हुन्छन।  रातभरी यिनै कुकुरहरु भुकेर यो बस्तिलाइ संगीतमय बनाइदिन्छन। 

यहि सुकुम्बासी बस्तिको दक्षिणतिर समुन्द्र पर्दछ। बिहान समुन्द्रको पानि टाडा टाडा पुगेको हुन्छ भने शाँझपख समुन्द्रको पानिले दरिया पुरै ढाकेको हुन्छ। बिहान उज्यालो हुनासाथ जारमा पानि बोकेर यो बस्तीका महिला तथा पुरुस ढुङ्गाको दायाँ बायाँ लहरै बसेर  घोप्टो परेका हुन्छन। यिनीहरुको आफ्नो आफ्नो एरिया छ टट्टि बस्नलाई। बुढाबुढी  संगै निस्कन्छन् घरबाट भने त्यहाँ  पुगेपछि आफ्नो आफ्नो एरियामा गएर घोप्टो पर्दछन। टट्टि  खलास भएपछी बुढाले भन्छ ," कित्ना देर लागेगा। " पल्लोपट्टी बाट बुढी ले भन्छे, "थोडा देर रुकोन, अबि थोडी बाँकी हें।"  आफ्नो आफ्नो मान्छेको आवाज चिनेन भने चाँही फसादै पर्दो रहेछ। 

बेलुका भएपछी समुन्द्रको पानिले सबै संगै लिएर जान्छ दिनभरिको टट्टि। येतिबेलै फर्किन्छन मछलिवालाहरु जो दिनभरी समुन्द्रमा आआफ्नो डुंगामा माछा मार्न गएका हुन्छन।  त्यही दरियाको किनारमा मछली बजार छ।  तिनै माझीका श्रीमतीहरु घैटो जत्रो पेट देखाउदै थरि थरिका माछाहरु बेचिरहेका हुन्छन।  उनीहरुले ग्राहक तान्ने शैली भने पशुपतिका फुल ब्यापारीको भन्दा रत्तिभर कमि छैन। एकातिर भाजिवालीहरु तरकारी बेचिरहेका हुन्छन भने अर्कोतिर मछलिवालिहरु माछा।  बिचमा हुन्छन मसला बेच्नेहरु।  उनिहरुलाई जसले जे बेचेपनि फरक पर्दैन किनकि जसले जे किनेपनि मसला त पक्कै किन्छन। 

त्यहि बस्तीको एउटा झुपडीमा जलन्धरेले आफ्नो पकड जमाएको छ। दुर्गे र कर्ने पनि उ संगै त्यहि कोठामा बस्छन।टट्टि गर्नको लागि हरेक दिन बिहान उनीहरु करिब पाँचसय मिटर टाडाको सार्बजनिक शौचालय पुग्छन।  हातमा पानीको ग्यालिन बोकेर शौचालय पुगेका उनीहरुलाई झन्डै आधा घण्टा जति त लाइनमा बसेर कुर्नु पर्ने हुन्छ। प्रायजसो चर्पिहरु बुझिएर गु र पानीको लेदो भरिएर खुट्टा सम्म राख्ने ठाउँ हुन्थेन।  तरपनि जाँयमा गर्नु भन्दा खुट्टा जोगाइ जोगाइ भएपनि त्यहि गर्नु उचित हुन्थ्यो।उनीहरुको लागि। कहिलेकाँही  भने उनीहरु दरियातिर पनि जान्थे। 

एकदिन दुर्गे र कर्ने  महिलाको  एरियामा गएर हग्न  बसेछन।  अघि र पछि महिलाहरु  थपिदै जाँदा  पो बल्ल होस् पाएछन् कि उनीहरु त महिलाहरुको एरियामा बसेका रहेछन। त्यहाँ ठुलो ढुंङ्गाको पुर्बतिर पुरुषहरु र पश्चिमतिर महिलाहरुको अड्डा पो हुदो रहेछ। जो गएपनि यता उति तल माथि नहेरी टुसुक्क बसेर घोप्टो मुन्टो लाउदा रहेछन। नजिकै बाटो तथा बस्ति नभएर पनि होला यो ठाउँ निकै एकान्त थियो।  समुन्द्रको छाल हेर्दै भएभरको लादि खलास गरेर फर्कन्थे उनीहरु। ठिक बाह्र घण्टामा समुन्द्रको छाल आइपुग्थ्यो र सबै सफाचट बनाएर आफैसंग लिएर फर्किन्थ्यो। कहिले पनि त्यहाँ लादिको रास हुदैनथ्यो। दुर्गे र कर्ने पनि उतै जान थाले दिशा बस्न। सुकुम्बासी बस्तीको त्यो बुझिएको, डुंगडुंगी गनाउने  चर्पी भन्दा यो ठाउँ सारै मज्जाको थियो।  उनीहरुले बुट्यानतिर गएर हगेको सम्झे। स्कुलदेखि तलको रुखको टोड्को सम्झे। दुवै जना संगै जान्थे दरियातिर। टाढा टाढासम्म भलाक्थे। 

मछली बजारको चोकमा आउथे र ओडापाँउ किनेर खान्थे। लस्सी खाएको दिन साच्चिकै लाउरे भएकोमा सास भित्र तानेर भएपनि छाती फ़ुलाउथे।अलि अलि हिन्दि बोल्न पनि सिके उनीहरु। 'मिठा लस्सी दो न भैया ' अरे तुम दे न आजका पैसा, मै कल दुन्गा' कर्नेले भन्थ्यो। 'मादर्चोद तुमने नदिया न कल, कवि भी तेरे साथ् नही आउङ्गा ', दुर्गेले मन अमिलो पार्दै भन्दथ्यो।पारि पट्टि पान मसला बेच्ने आइमाई असाध्य राम्री थि।  उनीहरु पर पर बाट ओछेल परि परि हेर्दथे  उसलाई। जाङ्गेभित्र कन्सुत्लो झैँ तुरी चल्मलाउन थालेपछि  भने अप्ठारो मान्दै झर्थे दरियातिर। यता उति कोहि देखेनन् भने केहिबेरमा लामो साँस फेर्दै बाटो तिर निस्कन्थे। 'त भन्दा त म सुपर्फास्ट छु ' दुर्गेले  कर्नेतिर हेर्दै भन्थ्यो।'बाजी थाप्छस, ल भोलि हेरम्ला' कर्नेले जबाफ फ़र्काउथ्यो  तुरुन्तै।  भोलि फेरी जान्थे दुबैजना दरियातिर। 


                                                                         ६

'साला तिमीहरुको कामको लागि मेरो सेठ संग कुरा गरेको छु आज।  भोलि बोलाएको छ। अलि सफा सुघ्घर बन के चल्ना।  गन्दा आदमी उसको पसन्द नही हे', जलान्धरेले गुटकाको रस झ्यालबाट बाहिर थुक्दै भन्यो। ' काम कुछ भी करना परेगा लेकिन हिम्मत नही हारना। '

'के काम गर्न पर्च ? ' दुर्गेले सोध्यो तत्कालै। 

'जो भी करना परेगा। वर्तन धोना, झाडुपोछा लगाना, सापका  गाडी धोना, टोइलेट साफ  करना , कपडा धोना।'  सबकुछ करना परेंगे। '

दुवै जना चुपचाप संग जलन्धरेको मुख हेर्दै बसे।  आएको पनि पन्द्र दिन भैसकेछ। कहिले पाउरोटी त कहिले ओडा पाउ खादै त कहिले भोकै पनि दिन बित्थ्यो उनीहरुको। काम खोज्ने उपाय पनि थिएन उनीहरुलाई। जलन्धरे बिहानै काममा निस्कन्थ्यो र राति आउथ्यो।  उनीहरु भने दिनभर दरियातिर गएर बिताउथे।  राम्री सेठानीको तिघ्रा मालिस गरेको कल्पना गर्थे। 'सेठानी कस्ती छ भनेर सोध्न मन थियो दुर्गेलाई  तर सोधेन आज। कस्तो होला त्यो सेठ ? पक्कै पनि ठुलो ज्यान भएको, ठुलो ठुलो भुडी भएको, घाँटीमा ठुलो सुनको सिक्री लगाएको, सुनजस्तै टल्किने घडी लगाएको हुन पर्छ। कसरि बोल्ने होला? बोलेको बुझिन्छ कि बुझिन्न? गालि गर्छ कि माया गर्छ? सेठानी कस्ती होलि? गोरी, ठुला ठुला आँखा गरेकी, अग्ली, हिरोनी भन्दा राम्रा पो हुन्छन रे।  जलान्धरे त हो उनीहरुलाई पोहोर साल सुनाएको। रातभरी निन्द्रा लागेन उनीहरुलाई। कल्पना गर्दा गर्दै रात बितेको थाहा पाएनन् उनीहरुले।  

अर्को दिन उज्यालो हुनासाथ जलन्धरेले उनीहरुलाई तयार हुन लगायो। पाइन्ट भित्र सर्ट राख्न भन्यो। दुबैजनाले बजाजको तेल लगाएर  कपाल कोरे। दुर्गेले आधा जुल्पी दाँया तर्फ लर्कायो भने कर्नेले सिधा तल निधारतिर झार्यो।मैला मैला भएपनि पुछपाछ पारेर जुत्ता कसे। दुबैको छातीमा धड्कन बढ्दै थियो। कर्ने तिन पल्ट पिसाप फेर्न कुनामा बस्यो बिहानदेखि । भाडा माज्ने सिंकमा मुतेर पानि हाल्थे उनीहरु। टोइलेट थिएन घरमा।पब्लिक टोइलेट जान र आउन पुरै आधा घण्टा लाग्दथ्यो। 

चिया र पाउरोटी खाएर तीनैजना निस्के घरबाट। पालिहिलमा रहेछ उनीहरुको सेठ को घर। ओरिपरि झ्वाम्म रुखहरुले ढाकेको बंगालो थियो त्यो घर जो उनीहरुले कल्पना गरे भन्दा फरक। उनीहरुले त सोचेका थिए सेठको घर त गगनचुम्बि होला। तर  यो उनीहरुको कल्पना भन्दा धेरै फरक थियो। बाहिर आगनको छेउछाउ फुलै फुल मात्रै थियो। 

जलन्धरेले गेट बाहिरबाट बेल बजायो। भित्रबाट कालो कालो, अग्लो मान्छेले आएर गेट खोल्यो। जलन्धरेले शिर निउराएर प्रणाम गर्यो।  कर्ने र दुर्गेले पनि निउरेर उसको सिको गरे। तर उनीहरुलाई त्यो मान्छे को होला? सेठ त पक्कै हैन जस्तो लागिरहेको थियो। 'यो मान्छेलाई किन नमस्ते गरेको होला। यो त सेठ पक्कै पनि होइन', मनमनै सोच्यो दुर्गेले।  घरभित्र छिरेपछि सोफामा बसे। "बहादुर नेपालसे कब् आयाँ '? त्यो कालो कालो मान्छेले सोध्यो। मे नेपाल से दुर्गा बहादुर आया", दुर्गेले नाकका टोटा फ़ुर्याउदै भन्यो। जलन्धरेको मुख अध्यारो भयो। "पन्द्र दिन हुवा सेठ जी !"उसले मुख खोलिहाल्यो।  दुर्गेले गल्ति गरेछु भन्ने थाहा पाएछ क्यारे अनुहार खिस्रिक्क पार्यो।  "तुम लोगको बात भी समझ नही आता कैसे काम करोगे ?, उसले केटाहरुलाई हेर्दै भन्यो।  

"बात तो सिकेंगे ये लोग , सेठ जी।  गांउका लोग हें। बहुत इमान्दार हें। "

दुर्गे र कर्नेले थाहा पाएकी त्यो कालो, दुब्ले बिहारी जस्तो मान्छे पो सेठ रहेछ। उनीहरुको कल्पनाको सेठ भन्दा धेरै फरक। सोचे यस्तो खोरंडे कालेको श्रीमती पनि यस्तै काली त होलि। मन मनै काम गर्न मन भएन उनीहरुलाई त्यो ठाउमा। 

"चलो मै चान्स देता हु ये लोगको एकबार।  लेकिन काम ढंगसे करनही पाये तों बिना वार्निंग कामसे निकाल्दुंगा।" 
उसको कुराले दुवैजनाको मन चस्स छोयो। हिन्दि धेरै नबुझ्ने यिनीहरुले उसले भनेको कुरा भने प्रस्ट बुझे। 

जलन्धरेले उनीहरुलाई त्यहि छोडेर फर्कियो। सेठले उनीहरुलाई बाहिर कुनामा भएको सानो कुकुरको खोरजस्तो कोठामा लग्यो र भन्यो," य तुमलोगका रुम है। जो भी हें मिलजुल रहेना बाद मे क्या करना हें मै बताउंगा। "

कोठा निकै साँगुरो थियो। एकापट्टी कुनामा सानो पलंग थियो भने एउटा पुरानो बलान्केट र म्याट्रेस थियो। एउटा सानो टेबल बाहेक केहि थिएन कोठामा। त्यहि खाटमुनी फाले झोलाहरु। उनीहरु केहि बोलेनन् एकआपसमा धेरै बेरसम्म।  उनीहरुको कोठासंगै एउटा सानो सानो घरजस्तो जोडिएको थियो। पछि बल्ल पो थाहा पाए त्यो त सेठको  गाडी बस्ने घर रहेछ। त्यो गाडी बस्ने घर उनीहरु बस्ने कोठा भन्दा निकै ठुलो र  सफा थियो। एकछिनमा सेठ गाडी चढेर बाहिर गयो।  उसैबेला अर्को रातो गाडी भित्र छिर्यो। उनीहरुले झ्यालबाट हेरे बाहिर। अग्ली अग्ली, गोरी,  छोटो र रातो कपाल  काँध सम्म मात्र झरेको, कालो चश्मा लगाएकी, आधा साप्रा छर्लंगै देखिले स्कर्ट लगाएकी महिला गाडी बाट झरी। अग्लो अग्लो हिलमा उ टक्क टक्क गर्दै उनीहरुको कोठातिर बढ्दै गर्दा झन्डै बेहोस भएनन् उनीहरु। झ्यालबाट भित्र पुलुक्क हेरी र सरासर घरभित्र छिरी ऊ।
 
"सेठानी त च्वाक रैछ यार' दुर्गेले हास्दै भन्यो। ' तलाइ कसरी थाहा भयो कि त्यो नै सेठानी हो ? अरु पो हो कि। त्यस्तो कालो मान्छेको स्वास्नी कसरि हुन्छे यो ?' कर्नेले कुरा थप्यो।  केहीबेरमा त्यो महिला उनीहरुको कोठामा छिरी।  उनीहरुको नाम सोधी। मायालु रहेको उसको स्वभाब घरभित्र लगेर खान दिई।  

"एक आदमी इदर रहेंगे मेरे साथ और दुसरा मेरे अम्माके पास। घरका काम करना परेगा सबकुछ," उसले भनि।  खाना खाइसकेपछि उनीहरुले भाडा धोए। त्यो दिन बेलुका उसले गाडीमा राखेर कर्नेलाइ आफ्नी अम्मा को मा लगेर छोडी दादर।  अब दुर्गे र कर्ने अलग अलग भए। 

भोलि पल्टदेखि काम सुरु भयो दुबैजनाको। 

                                                                      ७


दुर्गेलाई रातभरि घरको यादले सतायो। हिजोसम्म त कर्ने संगै थियो। गफ गर् ,ठट्टा गर्थ्यौ र मन भुलाउथ्यौ।  आज बिहानै उठाई सेठानीले। सबभन्दा पहिले घर भित्र बाहिर पोचा लगाउन भनि। उसलाई केहिपनि थाहा थिएन। उसैले बाल्टीमा पानि हाली, पलास्टिकको बोतलबाट हरियो हरियो जोल मिसाई र  गम्छा बाल्टिमा मा चोप्दै भुइँ पुछ्न लगाई । उसले जसो जसो भनि उसै उसै गर्यो ।  पोछा लगाइसकेपछि गाडी धुन लगाई। कहिले नदेखेको गाडी कसरि धुने ऊ  अलमलमा पर्यो।  उसैले आएर बताई कसरि गाडी धुने। बेला बेला भन्थी, म घरि घरि सिकाउन भ्यौदिन, भोलि देखि आफै गर्न पर्छ। गाडीमा के के हुन्छ भन्थी उसले आधा मात्रै बुज्दथ्यो।

 सेठ हिजो घरबाट निस्केको अझै घर फर्केको थिएन।  उ एक्लै थिई घरमा। 'एक्लै मान्छेलाई किन नोकर चहिएको होला'उ मनमनै सोच्थ्यो।  गाडी धोइसकेपछि उसलाई किचनमा लगी। किचनमा सबै चिज नौला थिए उसको लागि। ग्यास चुलो, फ्रिज, मिक्चर सबै पहिलो पटक देक्यो उसले। पकाउने भाँडाहरु पनि सबै नयाँ थिए उसको लागि।एक एक गरेर बताई उसलाई कुन कुन भाडा कसरि प्रयोग गर्ने, कसरि धुने, कहाँ कहाँ राख्ने।  फ्रिज खोलेर कुन कुन खाने कुरा कसरि मिलाएर राख्ने सिकाई। सफा कसरि गर्ने त्यो पनि भनि, तर उसले केहि मेसो पाएन। "बहादुर, अगर तुमको कुछ तकलिफ हो तों मुजसे पुछ्ना," उसले मायालु स्वरमा भनि।

सुरु सुरुमा उसलाई भाडा माझ्न , कपडा धुन, झाडु पोछा गर्न , गाडी धुन लगाई सेठानीले।  प्रायजसो बाहिरबाट खानेकुरा ल्याएर आउथि।  कहिले उसलाई मात्र केहि रोटिहरु र दाल ल्याएर आउथि। धेरै पल्ट त उसले बोलेको बुज्दैनथ्यो न ऊ बोलेको सेठनीले बुज्थी। तर पनि उसले कहिले गालि गरिन। उसले पनि काम गरिरह्यो।

दिनहरु बित्दै गयो।  उसलाई घरको सम्झनाले थिच्दै गयो।  उही स्कुल, उही कटुसको रुख , आफ्नै घर आगनले चिमोट्दै जान थाल्यो। चन्द्रिका, माने, लुते, पुर्ने, सुके, चाकफाटे, पुतली उसको ओरिपरि नाच्न थाले।  आमाले खान दिएको तातो तातो आटो र गुन्द्रुकको यादले जिब्रो रसायो। बुवाको कोटको खल्तीबाट चोरेको पैसाले छाती पोल्यो। भर्खरै गएर 'बाबा त्यो पैसा मैले चोरेको हुँ।  गल्ति गरे।  अब कहिल्यै त्यसो गर्दिन " भन्न मन लाग्यो।  तर उसंग सम्झना र कल्पनामा हराउनु सिबाए अरु कुनै उपाए थिएन।देउरालीको पोखरी ओरिपरि खेलेको, बुवाको फाटेको मोजामा कागत र टाला टुली कोचारेर बनाएको बल खेलेको सम्झना आयो। स्कुलबाट घरमा आउदा आमाले खान दिएको कोदोको रोटि र छमाने ठेकीको अमिलो मोहीको याद आयो। साहुनीले जति माया गरेपनि रातदिन आमाको मायाले सतायो। उसलाई अहिल्यै गएर "आँमा मलाई माफ गर्दिनुस। अब देखी मा कहिल्यै भाग्दिन भन्न मन लाग्यो। तर यी सबै उ एक्लै बस्दा झम्टी झम्टी आउने बिगत मात्र थियो।यथार्थमा उ नितान्त एक्लो थियो।

सुरुको दिन भन्दा पछाडी उसको मालिक उसंग एकदिन पनि राम्रो संग बोलेको थिएन। उ प्रायजसो बाहिरनै हुन्थ्यो। साहुनी एक्लै थिई घरमा। ऊ चाही दुर्गेलाई माया गर्थी। काम गर्न सिकाउथि।बाहिरबाट आउदा उसलाई खानेकुराहरु ल्याईदिन्थी। उसले काम बिगार्दा पनि  कहिल्यै गालि गर्दिनथी। पार्क जादा संगै लेर जान्थी। सोपिंग गर्दा, पार्टी जादा पनि संगै लान्थी, तर जहाँ गएपनि ऊ एक्लो महशुस गर्दथ्यो। उसलाई कसैले बादुर भनेको मनै पर्दैनथ्यो। साहुनीले जति मायाँ गर्दापनि किन किन उसले आमाको माँयासंग एक छेउ पनि तुलना गर्न सकेन। जता गएपनि आँमालाई सम्झीरह्यो।
दिनहरु बित्दै जाँदा दुर्गेको शरीरले पनि काचुली फेर्न लाग्यो। गालाहरु पुट्ट उठे। मिठो मिठो खानेकुराले गर्दा छालाभित्र बोसो भरिना लाग्यो। सुकेको छाला तन्केर टलक्क टल्कन लाग्यो। बाथरुमको बसाई लम्बिन थाल्यो।
साहुनीले नयाँ कपडाहरु किनिदिई। आज आज भोलि भोलि गर्दै दुर्गे हेर्न लाएक हुदै गयो।  साहुनीले पनि उसलाई आफ्नो नजिक नजिक राक्न थालि। लोग्ने धेरै जसो बाहिर काम पर्ने भएकोले महिनाको एकदुई पल्ट मात्र भेटघाट हुन्थ्यो। ऊ धेरैजसो कामको शिलशिलामा दिल्ली, कानपुर , बेंगलोर गैरहन्थ्यो। साहुनीको बांद्रामा अफिस थियो। दिनभर उ अफिसमा हुन्थी भने बिहान, बेलुका घरमा। दिनभर घर भएको बेला दुर्गेलाई संगै राखेर टिभीमा फिलिम हेरेर बस्थि।  शुरु शुरुमा त दुर्गेले केहि पनि बुझ्दैनथ्यो।  तर दिन दिनै हेर्दै जादा धेरै कुराहरु बुझ्ने भएको थियो।  
साहुनी घरमा बस्दा प्रायजसो पातलो म्याक्सी जस्तो एकसरो कपडा लगाउथि। उसका पुस्ट छातीका डल्ला र कम्मर मुनिका थुम्काहरु बाहिरै निस्कंछन कि जस्तो गर्थे। दुर्गेका आखाँ तिनै थुम्का थुम्कीमा  चियाँको कपमा झिंगा टासिएझैँ गरि टासिन्थे। उसले खासै चाँसो दिदैनथी। बर्रु दुइ साप्राबिच म्याक्सी सोहोरेर छिराउथि र दुवै खुट्टा उचालेर सोफामा राख्थी।  दुर्गेको छातीको धड्कनको रफ्तार झन् झन् बढ्दै जान्थ्यो। "बाहादुर शर्माते हो क्यु।  गर्ल फ्रेन्ड हें कि नाइँ ", उसले मुसुक्क हास्दै सोध्थी।  दुर्गे भने लाजले रातो हुन्थ्यो। मुसुक्क हास्थ्यो मात्र केहि बोल्दैनथ्यो।  बोल्न त मन लाग्थ्यो तर राम्रो संग बोल्न जान्दैनथ्यो।  त्यसैले गर्दा चुप बस्दथ्यो। साहुनी संग संगै बसेर फिल्म हेरेको दिन उसको बाथरुमको बसाइ लम्बिन्थ्यो। उसलाई कर्नेसंग भेटेर खुब कुरा गर्नी मन थियो।  तर उनीहरु दिल्लीबाट फर्केका थिएनन्। जलन्धरेसंग खासै धेरै कुरा गर्दैनथ्यो। भेट पनि कमै हुन्थ्यो।

एकदिन साहुनीले दुर्गेलाई लिएर साँझ पार्टी गई। ताजमहल होटेलमा पार्टी थियो। पार्टीमा धेरै जसो फिलिमका हिरो हिरोनीहरु उपस्थित थिए।  उसले खासै चिन्दैनथ्यो कसैलाईपनि।  पार्टी हल रंगी चंगी बत्ति हरुले झकिझकाउ थियो। स्पिकरमा गीतहरु घन्कीरहेको थियो। सबैले हातहातमा रक्सिका गिलास समाएका थिए। नाङ्गै जस्ता देखिने केटीहरु कम्मरमा हात राखेर संगीतमा झुमेका थिए सबैजना। साहुनी पनि कसैसंग गाला जोडी जोडी नाच्दै थिई। बेयराहरुले हात हातमा खानेकुराहरु बाडिरहेका थिए। एकजना नेपाली बेयरा दुर्गे बसेको टेबलमा आयो र हास्दै भन्यो ," भाइले चिनेका छौ यहाँ त हिरो हिरोनी हरु छन् धेरै जसो। तिमि को संग आएको हो नि ?" उ मेम्साब संग ", दुर्गेले आफ्नो साहुनीलाइ देखाउदै भन्यो। उसले हाँस्दै भन्यो ''उसको लोग्ने आछैन ?'

" अह छैन। "

" ल मोज गर।  काम पाइन्छ भने म पनि आउछु ", उसले हास्दै भन्यो र टेबलको प्लेटहरु उठाएर गयो। 

दुर्गेले केहि भनेन।  मौन बसेर सबैतिर आँखा डुलाईरह्यो। साहुनीले उसलाई बेला बेला आएर खाए नखाएको सोध्थी।  तरपनि उ एक्लो भएको थियो।  उनीहरु ओठमा ओठ जोडेर किस गर्दथे। के के जोक भनेर जोड जोडले हास्दथे। उ भने केहि बुझ्दैनथ्यो।  लाटो भएर बस्थ्यो। उसलाई घरमै बसेको भए  हुदो रहेछ जस्तो लाग्यो। रातिको बाह्र बजे बल्ल पार्टी सकियो। साहुनीलाई रक्सिको नसा लागेको थियो तरपनि आफैले गाडी चलाएर घरमा लगि। घर पुगेर दुर्गेलाई कागती पानि बनाउन भनि।  दुर्गेले पानि बनायो र उसको कोठामा लगेर गयो। साहुनी शरीरको कपडा सबै फुकालेर नाङ्गै पो लडेकी थिई बेडमा। उसले नदेखे झैँ गर्दै जुसको गिलास टेबलमा राखेर फर्कन लागेको थियो मेम्साबले बोलाई ," बहादुर काँ जारहेहो ?" उसको होस् उड्यो। ढोकामै उभियो। केहि पनि बोलेन।

'इदर आओ , मेरा ब्याक पेन होंराहे। थोडा दबाओन। '

उ फर्कियो र ऊ लडेको खाटमा गयो। नसाले मस्त भएकी साहुनिको ढाड होइन अर्कै चिलाएको रैछ क्यार उसलाई च्याप्प हातमा समातेर आफूतिर तानी र अँगालोमा बाधी। मनमा त लड्डु नै फलेको थियो होला केटोको तरपनि मेमसाबसंग डराउदथ्यो। साहुनीले उसको हात छातीमा लगेर दल्न थालि। दुर्गेको होश् हवास उड्यो। बिस्तारै उसको पनि कपडा उतारी र कट्टुभित्र हात छिराई। दुर्गेको शरीर उसको बसमा थिएन। जवानीले फक्रदै गएको उसको शरीरलाइ फुलले भमरालाई रस चुस्न छोडे जसरि छोडिदियो। चुस्न त उसले पनि छातीका मुन्टा आपको खोया चुसे जसरि चुसेको थियो तर आफ्नै आँटले होइन मेमसाबले बच्चालाई दुध चुसाए जस्तै गरि चुसाएकि थिई। उसको माललाई मेमसाबले आफ्नै हातले च्याप्प समातेर ढोकाभित्र पसालिदेकी थिई। अरु काम सबै प्रकृतिकै देन हो जो हुनु थियो भयो। स्खलनको अन्तिम चरणमा एक्कासी जर्फ़राउदै उठ्यो ऊ। लगाएको कट्टु पुरै भिजेको थियो। तन्नामा ठुलै धब्बा बसेको थियो। ऊ मेमसाबसंग होइन एक्लै लडेको थियो आफ्नै कोठामा। आफैलाई लाज लाग्यो सपना सम्झेर। तन्नामा दाग लागेको कसरि धुने हो। मेमसाबले के भन्नि भन्ने डरले रातभरी निधाएन ऊ। कट्टु खोलेर प्लास्टिकमा पोको पारेर खाटमुनी लुकायो। नयाँ कट्टु खोजेर लगायो। अर्कोदिन मेमसाब अफिस गएपछि मात्र तन्ना र कट्टु धोयो। आफ्नै कोठामा लगेर सुकायो।

त्योदिन बेलुका जलान्धरे पनि टुप्लुक्क आइपुग्यो। उसले दुर्गेलाई आफुले बाटाखर्च बापतको पैसो लिएको बतायो। तर कति खर्च भयो, कति लियो केहि भनेन। दुर्गेलाई कति तलब आउछ भन्ने पनि थाह थिएन। त्योदिन साहुनीले भनेकी थिई उसको तलब खाई, लाई, बसाई गरेर महिनाको भारु ५००। उसले काम गरेको पुरै चार महिना भैसकेको थियो। के सबै पैसो जलन्धरेले लग्यो त ? उसलाई भित्रै देखि भाउन्न भएर आयो। तर केहि बोलेन सहुनिको अगाडी। तर साहुनीले 'पैसो मा बापको भेज्दिया कि नाही ' भनेर सोध्दा भने उ अलमलमा पर्यो। उसले जलन्धरेको मुखमा हेर्यो।तर केहि बोलेन। खोइ के के कुरा गर्यो साहुनीसंग र केहि नभनी हिड्यो जलान्धरे।

त्यो दिन बेलुका सेठ घर आयो। उ धेरै दिनपछि घरमा आएको थियो। त्यो दिन उनीहरुमात्रै बाहिर निस्के खाना खानलाई। "बादुर गाडी धोलेना, जरा ध्यानसे", आउदा आउदै काम लागाएको हियो सेठले।  दुर्गेले गाडी धोयो। कपडा धोयो। घरको सरसफाई गर्यो। साहुनिको बेड बनायो। बेड बनाउदा हिजोको सपना सम्झेर मुसुक्क हास्यो आफैसंग। 'छ्या कसरि सुत्छे होलि मेमसाब त्यो काले बिरालो जस्तो मान्छे संग ", मनमनै सोच्यो। त्यो रात उनीहरु अबेर सम्म आएनन।दुर्गेले सुक्खा पाउरोटीले छाक टार्यो त्यो साँझ। अबेरसम्म उनीहरु आउछन कि भनेर बाटो हेर्दै थियो तर एघार बजेसम्म पनि उनीहरु नआउदा बल्ल सुत्न गएको थियो ऊ ।

मध्यरातमा एक्लै आई साहुनी बाहिरबाट र सरासर दुर्गेको कोठामा गई। ऊ रक्सीको नसामा थिइ। उसको छोटा कपडाले सप्रेका लौका जस्ता साप्रा काछसम्म मात्र छोप्न भ्याएको थियो। कपाल छरपस्ट थियो अनुहारभरि। सेठ संगै छ कि भनेर पछाडी हेर्यो , तर सेठ त्यहाँ थिएन। उसले लगाएको कलेजी रंगको टिशर्टको छातीको चेन खुल्ला थियो। भित्रबाट अठ्याएर राख्ने केहि थिएन क्यारे,  भोगटेजस्ता दुइओटै फल एकैठाउँ ठोक्किएर बसेका थिए। उसको जिब्रो रसायो। "बादुर मै आज इदरै सोउङ्गि। मेरा पति आजसे पति नहिरहा। साला कमिना हे ऊ।  उसने बार दुस्री रखौटी राखा है" उसले रुदै भनि। ऊ अलमलमा पर्यो। कतै सेठले आएर मार्ने पो हो कि भन्ने डर लाग्यो उसलाई। उसले दुर्गेलाई च्याप्प अँगालोमा बेरी। एकैछिनमा शरीरमा भएका दुइ टुक्रा कपडा पनि झिकिदियी। जाँयभित्र हात छिराएर केटोको माल पिरिल पिरिल खेलाउन लागि। दुर्गेको कपडा सबै उतारिदिई आफैले र बुदुनो माछो च्याप्प समातेर कुरभित्र  छिराईदिई । माछो छटपटाई रह्यो धेरैबेर। त्यसैबेला कालो ढाडे बिरालो जस्तो साहु छिर्यो कोठाभित्र। हेर्दा हेर्दै काठको कुर्ची सम्मत्यो र ड्याम्म मेमसाबको टाउकोमा हान्यो। ऊ जर्फ़राउदै उठ्यो। कोठा सुनसान थियो। उसको सरिर लगलग कापिरहेको थियो। हैट! कस्तो डरलाग्दो सपना देखेछु फेरी। ऊ रातभर निदाएन। मनमा अनेकन कुरा खेलि रह्यो उसको। सोच्यो कतै भर्खर देखेको सपना बिपना हुने त होइन।  यदि साहुनी मात्र एक्लै कोठामा आइ भने के गर्ने।  हैट ! ऊ फेरी कोल्टे पर्यो। कम्मरदेखी तल अलि अप्ठेरो महशुस गर्यो। जायभित्र हात छिरायो र तुरी खेलाउन लाग्यो। उठेर बाथरुमतिर छिर्यो। मन शान्त पारेर फर्क्यो केहीबेरमा र पुन ओक्षानमा आएर पल्ट्यो। आँखा चिम्म गर्यो धेरै बेरसम्म। 

                                                          ८

कर्नेलाई भने दुर्गेलाई जस्तो सजिलो काम परेन। उसले घरको काम सबै एक्लै गर्न पर्थ्यो। भाडा धुने, गाडी धुने , गार्डेनको गोडमेल गर्ने र पानि हाल्ने। बेलुका बुडी आमाको खुट्टामा तेल लगाएर दबाउने।  कपडा धुने सबै जनाको। उसंग मायालु स्वोरमा बोल्ने मान्छे सम्म थिएनन् घरमा।  उसले सबै काम त सिक्दै थियो।  भाषा सिक्दै थियो।  तरपनि बेला बेला गालि मात्र हैन बुडीको छोरोले मुक्का सम्म हानेको थियो। तलब पनि दिएको थिएन सायद जलान्धरेले बुझीसकेको थियो कि पैसो,  त्यो पनि थाहा थिएन उसलाई।
एकदिन बेलुका सबैजना उसलाई एक्लै छोडेर पार्टीमा गए। त्यहिबेलामा उस्ले बुडीको गहनाको बाकस खोलेर गहनाको पोको बोकेर घर बाहिर निस्कियो।  केहि थाहा थिएन उसलाई त्यसपछि के गर्ने भन्ने।  कुनै योजना थिएन। हिडेर अलिपर पुगेर एकजनालाई रेलको स्टेसन कता होला भनेर सोध्यो। उस्लेपनि रेलको स्टेसन जाने बाटो देखाइदियो। उ टिकट नलिई एउटा डिब्बा भित्र छिर्यो। टिकट लिनलाई उ संग पैसो पनि थिएन।  कहाँ जाने भन्ने पनि थाहा थिएन। यतिकै छिर्यो। हातमा चोरेको गहनाको पोको थियो। त्यो पोको संग के गर्ने केहि थाहा थिएन उसलाई। तरपनि उसलाई डर कत्तिपनि थिएन। केहीबेरमा ट्रेन ठुलो स्वरको हर्न बजाएर चिप्लिन थाल्यो। केहीबेरमा मान्छेहरु खचाखच् भए ऊ छिरेको डिब्बाभित्र। एक एक गर्दै सिट छोड्यो उसले। आखिर उसलाई सिट पुगेन। एकैछिनमा एकहुल पुलिस देखापरे ट्रेनभित्र। कर्नेको छातीबाट मुटु फुत्त बाहिरै निस्कन लागेजस्तो भयो। चिट चिट पशिना आयो।  मुख सुकेर आयो। त्यसैबेला एउटा छ फिट अग्लो, कालो पुलिसले उसको अगाडी उभिएर टिकट माग्यो। कर्ने कालो निलो भयो। उ संग टिकट थिएन र टिकटको लागि पैसा पनि थिएन।

"मादर्चोद, ब्याग देखा ", पुलिसले आदेश दियो। 

कर्नेले जोडले ब्याग समात्यो र भुइतिर हेरिबस्यो। तेहीबेला अरु दुइवटा पुलिसहरु पनि नजिकै आएर उभिएका थिए। "साले, ब्याग खोल", अर्कोले आदेश दियो।  तेस्रोले ढाडमा डन्डी बर्सायो। कर्नेले हातबाट कुन चाहिले ब्याग खोस्यो उसले पत्तो पनि पाएन।  एकै छिनमा उसको हातमा हत्कडी झुण्डियो। उसले केहिकुरा बोल्न पनि पाएन। कति लात्ती र लाठि खायो त्यो पनि याद भएन उसलाई। ऊ होसमा आउदा एउटा अध्यारो कोठामा लढेको थियो ऊ। हात, खुट्टा र शरीरमा रगतका टाटा थिए। मुख सुकेर पट्ट फुट्ला जस्तो भएको थियो। पानि छ कि कतै भनेर यता उति हेर्यो। अध्यारो कोठामा एउटा थोत्रो कपडाको टालो बाहेक अरु केहि थिएन। हातले यताउति छामछुम पार्यो। अहँ केहिपनि भेटेन उसले। कोठा बाहिर बुटको आवाज सुनिन्थ्यो बेला बेला। कतै मान्छेहरु चिच्याएको त कतै अस्लिल गालि गरेको। कर्नेले टाउको दाहिने घुँडामा आडेस लगायो र घुक्क घुक्क रुन थाल्यो। रुदा रुदा कतिबेला बेहोस भएर लड्यो आफैले थाहा पाएन। होसमा आउदा उ अर्कै ठाँउमा थियो, हातमा हात्कड़ी र खुट्टामा साङ्गो बाधेको अवस्थामा।

" साला नेपालि क्वु चोरी किया?  मादर्चोद, बोल", खैटो जत्रो भुडी भएको छ्याके पुलिसले सोध्यो।

"ये हरामजादे यैसे नासूनेगा", अर्कोले तिघ्रोमा जोडले लाठि बज्राउदै भन्यो। ऊ बोल्ने अवस्थामा थिएन।  अब त उसको शरीरले चोट खाएकोमा गुनासो गर्न पनि छोडी सकेको थियो। 

त्यो दिनदेखि ऊ कालो कोठरी भित्र तोरियो। उसको न बोल्दिने कोहि थियो। न त उसको लागि वकालत गर्ने वकिल नै।  कैयो रात रोयो। रुदा रुदा कतिबेला उसले रुन पनि बिर्सियो पत्तै पाएन। बेला बेलामा पुलिसहरु आउथे र बुढी औलाको छाँप लगाएर जान्थे। ऊ केहि पनि भन्दैनथ्यो।  उनिहरुले जे जे भन्यो त्यहि त्यहि खुरु खुरु गर्दथ्यो।
कैदीहरुको लागि एउटा मात्र चर्पी थियो जुन प्रायजसो गुहुका लेडाले बुझिएको हुन्थ्यो। दुर्गंन्धले सबै कोठा कोठा चाहरेको थियो।  दिनरात बिरालोका बच्चा जत्रा मुसा कोठा कोठा दौडन्थे। उडुस र उपियाँको साम्राज्य नै थियो त्यो कोठा।  तर पनि कैदीहरुलाई आफ्नो कुकर्मको चुपचाप सजाय भोग्नु सिबाए अरु कुनै उपाए थिएन। दिनहरु कस्ता थिए उज्याला थिए कि अध्यारो केहि मेसो पाएन उस्ले।  कसैलाई पनि सम्झन चाहेन। घरबाट भागेकोमा उसलाई पश्याताप बाहेक केहि मिलेन।

करिब दुइ महिना पछि उसलाई दिनमा बाहिर सानो खुल्ला चउरसम्म निस्कने अनुमति मिल्यो। बाहिर निस्कदा उज्यालोमा देखेका बस्तुहरु भ्रम हुन कि जस्तो लाग्यो उसलाई। उसलाई बाहिर भन्दा भित्रै बस्न मन लाग्यो।
 बहिर बस्दा उसको संगत भयो बंगाली कैदी आदित्य  संग। भिमकाय शरीर गरेको त्यो न कालो न गोरो नेपालीहरुको रङ्ग संग मिल्दो जुल्दो व्यक्ति देख्दै डरलाग्दो थियो।  लागुपदार्थ हिरोइनको अबैध कारोबार थियो उसको। जेलबाटै धन्दा चलाउथ्यो। उसले कर्नेलाई आफ्नो ग्यांगमा सामेल गरायो। उसलाई थाहा थियो कर्ने जेलबाट छिटै छुट्नेछ , र उसको सोझोपनको आफुले भरपुर फाइदा लिन सक्नेछ। जुनदिन कर्ने र आदित्यको कुराकानी भयो त्यो दिन देखि उनीहरु संगै समय काट्न थाले। संगै जिम गर्ने, संगै खाना खाने, र अन्य कैदीहरूमा आफ्नो रवाफ देखाउन थाले।  आदित्यको संगतले डरपोक कर्ने पनि साहसी बन्दै थियो। उसले पनि आदित्यको हाउभाउ नक्कल गर्न थाल्यो।  

उनीहरुको रातिको गार्ड थियो बिहारि मुलको सिखौटे पुलिस। सेन्ट्रीमा बसेर धेरैजसो  बाटोमा हिड्ने केटीहरुमा आँखा गाड़दथ्यो। आदित्य उसँग घन्टौ सम्म पनि केटिहेरुका कुराहरु गरेर बस्दथ्यो।  एक दिन आदित्यले कर्नेसंग एउटा प्रस्ताप ल्याएर आयो। "देख करन, अगर तुम यहांसे बाहर नीकलेगा तों मेरे आदमी के पास जाना। तुम मेरे आदमिके साथ काम करोगे तो मालामाल बनजावोगे। मै भी जल्दी निकल्नेको प्लान बनारहाहू। "कर्नेले उसको अनुहारमा हेरिमात्र रह्यो। केहि जवाफ दिएन। उसलाई धन्दा के हो, कस्तो हो , के गर्नु पर्ने हो केहिपनि थाहा थिएन। मात्र केहि थाहा थियो भने जे आदित्यले संगै हुदा सुनाएको थियो त्यति मात्र थाहा थियो। मनमा कता कता लाग्यो, ठिकै पनि हो आदित्यको कुरा किनकि उसंग बाहिर गएर बस्ने  ठाँउ पनि थिएन। जाने आफन्त पनि थिएन। दुर्गेलाई बेला बेलामा सम्झन्थ्यो, उ संग सम्पर्क हुने कुनै माध्यम थिएन। उ एकोहोरो आदित्यको कुरालाई मनमा खेलाउन थाल्यो। सपनाहरु बुन्न थाल्यो। एकदिन बिहानै उसले आदित्यलाई आफु बाहिर निस्के पछि उसका मान्छेहरु संग मिलेर काम गर्न राजि भएको कुरा बतायो।
                                                                         ९

दुर्गा माताको आसिर्बात लिएर हिडेको सन्ते कैयौ दिनसम्म जंगलमा भौतारियो। भोक भोकै गरांग का धुरीहरू चढ्यो। उसलाई लागेको थियो जंगलमा गए माओबादि भेटिहाल्छन र माओबादीको सेनामा भर्ति भएर जनयुद्धमा जाने सोचेको थियो।  तर कैयौ दिन जंगल जंगल हिड्दा समेत उसले एकजना पनि माओबादी भेटेन। खोलाको पानि र जंगलको तरुल भ्याकुर खादै कैयौ दिन हिड्यो।  एकदिन हिड्दै गर्दा जंगलमा मान्छेको आवाज सुन्यो। आवाज आएको ठाउँतिर लम्क्यो। त्यहाँ खोल्सोमा मान्छेका लाशहरु यत्र तत्र छारियको अवस्थामा थिए। तिनै बिचमा एकजना केटि चलमलाएजस्तो देख्यो। रगतका आला टाटा देखिन्थे शरीरभरि। नजिकैको खोल्सो बाट पानि ल्याएर मुखमा रख्दियो। हेर्दा हेर्दै उसका आखाहरू ट्वाल्ल परे। उसलाई त्यो कुन ठाउँ हो भन्ने सम्म पनि थाहा थिएन। उसको मनबाट डर पहिलेनै भागीसकेको थियो। कतै आफ्नो छोरो त्यो लाशहरुको भिडमा छ कि भनेर चारैतिर आँखा डुलायो। लाशहरु सबै क्षत विक्षत अवस्थामा थिए। छातीमा भक्कानो फुटेर आयो। तल र माथिका बंगारा मरक्क मर्कायो, र आशुलाई बाटामै रोक्यो। भुइमा रगतले लत्पतिएको माटो निधारमा लगायो र उकालो लाग्यो।
ओरिपरी घना जंगल थियो। कताकति चौपाया हिड्ने गरेको डोरेटो बाहेक केहिपनि थिएन जंगलमा। कति ठाँउ काँडाले चिथोर्यो, लगाएको सर्ट च्यातियो, चप्पलको तुना चुडियो तर पनि ऊ निरन्तर हिडीरह्यो। हिड्दा हिड्दा झमक्क साँझ पर्न लागेको थियो पहाडको सिरानमा पुग्दा। त्यहाँबाट तलतिर भलाक्यो।  कालिगण्डकी नदि एकतमासले बगिरहेको थियो। त्यहि नदीको  किनारमा लहरै ढुंगा र कर्कटपाताले छाएका घरहरु थिए। बजारको बिचमा भत्केका भवनहरुको भग्नाबषेस देख्यो। अगाडी देखेको लाशहरुको थुप्रो र बजारमा देखिने खण्डहरले उसलाई माओबादिहरु त्यहि कतै छन् भन्ने कुरा बुझ्न बेर लागेन। अगिल्लो राति म्याग्दी जिल्लाको सदरमुकाम आक्रमण गरेको थियो माओबादिले। दर्जनौ पुलिसहरु मारिएका थिए भने उतिकै संख्यामा माओबादिहरु पनि हताहत भएका थिए। दर्जनौ कर्मचारीहरु माओबादिको कब्जामा थिए। पोखरा र बाग्लुङ्ग बाट थप सेनाहरु परिचालन भैसकेका थिए भने घाइते सुरक्षाकर्मीहरुलाई हेलिकप्टरमा काठमान्डौ र पोखरा लागिएको थियो। तर यो सबै कुरा  कहाँ थाहा थियो र संतेलाई।  उसलाई कुन ठाँउमा छु भन्ने पनि थाहा थिएन। तरपनि त्यहाँको दृश्य देखिसकेपछि माओबादीले आक्रमण गरेको बुझ्नलाई गारो भएन। त्यहाँबाट माओबादी त्यतै कतै हुनसक्ने आशा बोकेर कालिगण्डकी नदितिर ओरालो लाग्यो।

बाटोको दुबैतिर घना जंगल थियो।  बीच बिचमा बाटो सकिन्थ्यो। फेरी जंगलको बीचबाट आफै बाटो बनाउदै हिड्थ्यो। खोलाको नजिकै पुग्दैगर्दा तलबाट पन्द्र बिशजना जति मान्छेहरु टाटेपाटे ड्रेसमा आउदै गरेको देख्यो। देख्ने बितिकै तिनीहरु माओबादी नै हुन् जस्तो लाग्यो उसलाई। उनीहरु आउदै गरेको बाटो तिर गयो ऊ। मनमनै सोच्यो 'कतै उसको जेठो छोरो पनि उनीहरु संग छ कि भनेर चनाखो हुदै हेर्यो। तर सबै उस्तै उस्तै देख्यो। उनीहरुसंग जम्का भेट हुना साथ सबभन्दा अगाडी भएकोले 'टक्क उभिएर दाइने हात अगाडी बढाउदै  भन्यो , "लालसलाम काम्रेड।यता कतै पुलिशहरु देख्नु भयो त ?" ऊ आफुलाई काम्रेड बोलाएर हात मिलाएकोमा दङ्ग भयो।

"पुलिशहरु त देखिन तर हाम्रा साथीहरुको लाश खोल्सा वारिपारि फालिएको छ। म तपाइहरुको पाटीमा लाग्नलाई घरबाट हिडेको हप्ता दिन भन्दा बढी भयो। तपाइहरुलाई भेटेर खुशी लाग्यो। म अब. …. "
ऊ बोल्दै गर्दा ड्याम्म उसको छातीमा बुट बजार्यो कालो कालो होचो होचो गरेको सिपाहीले। उनीहरु माओबादि नभएर माओबादिको भेषमा हिडेका सिपाहीहरु थिए। ऊ पुक्लुक्क भुईमा उत्तानो पर्यो। अर्कोले बन्दुकको नाल उसको टाउकोमा टसायो। अर्कोले भोकले ओडार परेको पेट्माथि जोडसंग कुच्यो।

"साले माओबादि, भन कता छन् स्यालहरु। आज एक एक गर्दै सालेहरुको टाउको उडाउने हो। " त्यसपछि के भयो केहि थाहा पाएन उसले। सिपाहिहरु घिसार्दै घिसार्दै खोलाको किनारसम्म पुर्याए। उसलाई आर्मीको हेलिकप्टरमा राखेर पोखराको आर्मी हेडक्वाटरमा पुर्याइयो।

"माओबादिको प्लाटुन कमान्डर 'कमरेड 'टाइगर'  प्रहरीको कब्जामा। दोहोरो भिडन्तमा दर्जनौ लडाकुहरुको हताहती। " सबैजसो पत्रिकाको हेडलाइन थियो यो अर्को दिन। उता सन्ते अझै सम्म बेहोश थियो। "आर्मीका सिनियर अफिसरहरुको मिटिंगले उसको उपचार गरेर माओबादिको बारेमा धेरै कुराहरु थाहा पाउन सकिने कुरो निर्णय गर्यो र उसलाई थप उपचार गर्न काठमान्डू लगियो।

तिनदिनपछि बल्ल होश आयो उसको। होश खुल्ना साथ् उसको आँखामा कालो पट्टि बाधेर अर्कै ठाउमा लगियो। त्यहाँ दुइजना पुलिश तैनाथ थिए।
- तेरो असली नाम के हो ?
-सन्ते
-सन्ते के ?
-सन्ते कामि
-कहिलेदेखि माओबादिमा लागिस ?
-आजदेखि
-'साला टेड़ो टेड़ो कुरा गर्छस। हात तल राख।
- कहाँ तल ?
अर्को पुलिसले मुखमा फोहोरो पानि झ्याप्प छ्याप्दियो। लट्ठीले हातमा स्वाट्ट स्वाट्ट हिर्कायो। 
-'सिधा सिधा उत्तर दे नत्र तेरो लाश यहि गायब पारिदिन्छौ' अगाडी बसेको पुलिश रुखो स्वरमा बोल्






संस्मरण (I)


 पाइन्टको अगाडिको गोजीमा मोबाइल राखेको थिए। फोन भाइब्रेसनमा थियो। भर्रर्रर्र भर्रर्ररर गर्दै फोन थर्थरायो।  कक्षाकोठामा फोन उठाउन मनाई थियो। बिध्यार्थिहरुलाई फोन राख्नसम्म  दीदैनथ्यो। यस्तो अबस्थामा आफुले फोन उठाउनु मेरो नैतिकताले पनि दिएन। म कोठाबाट बाहिर निस्के। घरबाट साइलो दाजूको फोन आएको रहेछ। तिन वटा मिसकल थियो। यतिबेला म क्लासमा हुन्छु भन्ने थाहा थियो उहाँलाई। कहिले पनि बिहानमा फोन आउदैनथ्यो। तिन तिन वटा कल केहि मिनेटको अन्तरमा मिस भयको रहेछ।मनमा खै किन किन डर डर थियो। रातको सपनाले अझैसम्म टाउको भारि बनाइरहेको थियो।

 तेश्रो पिरियडमा अंग्रेजी बिषयको पढाई हुन्थ्यो।म त्यसको शिक्षक थिए। उनीहरुलाई किताब झोलाबाट निकाल्नै  दश पन्द्र मिनेट लाग्थ्यो। बोर्डमा  केहि लेखिदियो भने पनि लेख लेख भन्नु पर्ने।  कहिले तर्साउनु पर्ने। कहिले जोक सुनाएर फकाउनु पर्ने। भर्खर सोह्र सत्र बर्षमा टेकेका केटाकेटीहरुलाई एकाग्र बनाएर आफ्नो एकोहोरो लेक्चर सुनाउनु साच्चिकै सजायँ नै दिएजस्तो लाग्थ्यो। तर उनीहरुलाई गालि गरेर, तर्साएर भएपनि कोर्ष अगाडी बढाउन पर्ने। जबर्जस्ति भएपनि केहि लेखाउनु पर्ने, केहि घोकाउन पर्ने। तर हप्ताको एकदिन भने मैले प्रोजेक्टरबाट अंग्रेजी फिल्म वा  'ग्याग' जस्ट फर लाफ' देखाउथे। बिध्यार्थिहरु खुशी हुन्थे।त्यो दिन उनीहरुलाई अंग्रेजी फिल्म "कराँते किड्स" देखाइरहेको थिए। केटाकेटीहरु ध्यान दिएर फिल्म हेर्दै थिए।

डरले मन ढक्क फुल्यो। यसो कुनापट्टी गएर फोन गरे। पहिलो रिङ्गमै फोन उठ्यो तर उताबाट "बा' भन्दा बितिकै फोनको आवाज थर्थरायो। प्रष्ट सुनिएन। ब्याकग्रउण्डमा कोहि रोए जस्तो, चिच्याए जस्तो सुने। फोन समाएको हात थर्ररर काप्यो। छातीको धड्कन बढ्यो। सास रोकिएला झैँ भयो। म सरासर बाहिर निस्के र आँपको बोट मुन्तिर गएर पुन; फोन लगाए। फोनको पुरा घन्टी गयो तर फोन उठेन। फेरी फोन लगाए। दोश्रो पल्ट फोन गर्दा बल्ल फोन उठ्यो। फोन उठाएर कसैसंग कुरा गर्दै हुनुहुदो रैछ। "टक्सारमा एम्बुलेन्स छ... फोन गर्न पर्यो ....यस्तै यस्तै कुरा हुदै थियो कसैसंग। धेरै बेर हेलो हेलो भनेपछि बल्ल दाई बोल्नुभयो। उहॉको आवाज काँपेको प्रस्ट सुनिन्थ्यो। "बा बेहोस हुनु भएको छ। धेरै बेर भयो होश आएको छैन। हामिले बुटवल लैजाने ब्यबस्था गर्दै छौ।त तुरून्त बुटवल आइज।” मैले के भयो? कसरि भयो? “ केहि पनि सोघ्न सकिन। थाहै नपाई मेरो पुरा शरिर थररर कॉपेको थियो। क्याम्पस प्रमुख  पुरन बहादुर जोशी अलि पर केटाकेटीहरुलाई खै के भन्दै थिए। म सरासर उनि भएको ठाँउमा गएँ।  बुवा बिरामी भएको र स्थिति अलि गम्भीर भएकोले आफु तुरुन्त जानु पर्ने कुरा बताएँ । उनले भने  "हुन्छ तपाई गैहाल्नुस। पुगेपछि फोन गर्नुहोला।" उनि कडा मिजास भएका मान्छे थिए। परिस्थिति अनुसार छिटो निर्णय गर्न सक्थे। 'के मा जानुहुन्छ? मोटरसाइकलमा नजानुहोला," उनले भने। 

म कक्षामा नफर्की सिधै अफिसमा गए।  झोला र ह्यालमेट बोके। मोटर साइकल  लिएर सिधै बसपार्क पुगे। हेटौडादेखि बुटवलको लागि कुनै पनि बस सिधै लाग्दैनथ्यो। एघार बजे एउटा बस जनकपुरदेखी आँउथ्यो भैरहवाको लागि। त्यो बसमा  सिट बुक भैसकेको रहेछ। म संग दुइवटा उपाय मात्र थिए। लोकल बसमा चितवन सम्म जाने र चितवनदखि बुटवलको बसमा चढ्ने या मोटरसाइकल मै हुइकिने। लोकल बसमा जाँदा एक दिन पुरै लाग्थ्यो। बाटोमा रोकेर हैरान पार्थ्यो। त्यसैले प्रयाजसो बुटवल जाँदा म बाइकमै जान्थे। लगभग चार पाँच घन्टामा बुटवल पुग्थे। यस्तो बेलामा मोटरसाईकल त्यति सुरक्षति लागिरहेको थिएन मनलाई। अन्तत कुनै उपाए नभएपछि म बाइकमै जाने निधो गरे। जानु भन्दा पहिले एकपल्ट डेरामा गए। चिसो चिसो भएकोले ज्याकेट लगाए।  हिड्नु भन्दा अघि एकपल्ट घरमा दाइलाई फोन गरे। उहाँहरुले बुवालाई एम्बुलेन्समा राखेर घरदेखि हिडाली सकेका रहेछन। बुवाको अझै होस् खुलेको थिएन। भाई निलम आमासंगै घरमा बस्ने भएछ। माइलो दाई बुटवलमा हुनुहुन्थ्यो। खेम भाई भर्खरै जापान गएको थियो। कान्छो भाई पनि  बुटवलमै थियो। ठुलो दाजु भने दुबैमा हुनुहुन्थ्यो। 

बुवालाई छ सात महिना अगाडी मेडिकल चेकअप पनि गराएका थियौ। प्रेसर, सुगर थिएन। उहाँलाई अलि अलि दमको रोग थियो। औषधी पनि लिइराख्नु भएको थियो। बिरामी हुनुहुन्थेन। दशैमा घरमा गएको बेला उहाँलाई थोरै चिन्तित देखेको थिए। कारण केहि थिएन। काम गर्न नसक्ने र काम गराउने मान्छे पनि नपाउने  भएपछि  हामीहरु मूल घरबारी सबै छोडेर  बेशीमा बस्न थालेका थियौ। उहाँलाई त्यो पहिले देखि नै मन परेको थिएन। जिमिमा भएको खेतबारी पनि बाँजिएको थियो। लेकदेखि बेसी सम्म सबै जग्गा बाँजिदै जानु, राक्सेमा भएको बिस पच्चिस मुरी धान फल्ने खेतमा समेत काम गर्ने मान्छे नहुनु, भकारोमा भएको एउटा दुहुनो भैसी पनि घाँस काट्ने मान्छे नभएर बेच्नु परेकोले गर्दा उहाँको मन खिन्न भएको थियो।  कुनैबेला भकारो भरि लैना बकेर्ना भैसी, दुइतिन हल गोरु,  खोरमा चालिस पचासवटा बाख्रा पालेर बसेको मान्छे, अहिले आएर निर्धो जस्तो हुनु परेकोले उहाँको आत्मबल घटेको महशुश गरेको थिए मैले। तर छोरा छोरीको अगाडी  उहाँले आफुलाई कमजोर कहिले पनि देखाउनु भएन। "छोरो  भएर हिम्मत गर्नु पर्छ।आँट हुनपर्छ।  जाँठो पानि मरुवाले केहि गर्न सक्दैन", भन्नु हुन्थ्यो बारम्बार। त्यति आँटिलो  बाबा कसरि यति छिटै ढल्नुहुन्छ ?  मैले बिश्वास गर्न सकेको थिइन। 

बाटोमा गाडीहरु एकोहोरो कुदिरहेका थिए । एउटाले अर्कोलाई उछिनेरै अगाडी जाने होडमा देखिन्थे सबै साधनहरु। काठमाण्डौ देखी काकड़बित्ता, इलाम, जापा जाने लामो दुरीका बसहरु महाभारतको कुरुक्षेत्रमा जस्तै धुलो उडाउदै र बिकुल बजाउदै कुदेका थिए। लोकल बसहरुले कालो धुवाको मुस्लो छोड्दै भिरमौरीको चाका झैँ मान्छेहरु ढोकामा झुण्डाएर भागिरहेका थिए मानौ कि त्यहाँ कुनै महाप्रलय हुन गैरहेको छ। ट्रकहरुले साना गाडी अगाडी देख्यो कि पाँचसय मिटर टाडाबाट एकोहोरो हर्न बजाउदथे। मोटरसाइकल हावाको झोक्का संगै उड्न खोज्थ्यो। नारायणी नदि देखि मनोहरा खोलाको पुल सम्म दुइवटा दुर्घटना भैसकेको थियो। न आफ्नो लेनमा कुदेका थिए गाडी, न बाटो काट्दै गरेको मान्छेलाई रोकिदिन्थे।बाटोमा कुखुरा च्यापिएर मोर्यो भने टोलका भुस्तिग्रेहरु मुडा लिएर बाटो थुन्थे। दुइचारवटा गाडीका सिसा फोड्दथे। तर एम्बुलेन्स जाममा परेर बिरामीले  बीच बाटामै ज्यान गुमाउदा बोल्ने कोहि हुदैनथ्यो। यस्तै थियो त्यहाँको चलन। म एकतमासले मोटरसाइकल हाँकिरहेको थिए। न भोक लागेको याद छ मलाई न तिर्खा। 

"धेरै भाई छौ। सबै एकै ठाँउमा बस्नु पर्छ भन्ने छैन। कोहि भाई कता, कोहि भाई कता गरेर बसे हुन्छ। कोहि नेपाल बस्ने, कोहि जापान, जर्मनतिर गए हुन्छ। मान्छेका छोराहरु काँ काँ पुगिसके। अब तिमीहरुले कर्मकाण्ड सिकेनौ। मेरो लाइन समाउला भन्न परेन। अब मैले जति सक्छु त्यति गर्छु। सकिन भने यजमानले पनि दोष लाउदैनन। सात भाईमा एउटाले भएपनि मेरो पिडो थामेको भए मलाई पनि अलि सजिलो हुन्थ्यो। अब त्यो आशा पनि मोर्यो। मैले यजमान गरेरै तिमीहरुलाई हुर्काए, बढाए। तिमीहरुको कापी किताप त्यसैबाट चलेको हो।अलिअलि आसमिहरु पनि छन्।  पुस्तौ देखि चल्दै आएको कर्मकाण्ड कहिले पनि रोकिदैन। सबै कुरा छोडे पनि मान्छेले जन्म र मृतु संस्कार छोद्दैन। अझै पनि सिके हुन्छ। केहि नभए न्वारन र तिथि स्रद्ध गराउन सिक्यो भने आफ्नो धर्म नासिन्न", परारको साल दशैमा घर गएको बेला भन्नु भएको थियो बुवाले।

 यदि बुवा बच्नु भएन भने गावै सुन्य हुनेछ। हैन यस्तो पाप सोच्न हुदैन। बुवालाई होश पो आइसक्यो कि ?" भण्डाराको पुल काटेपछि बाटोको छेउमा बाइक रोके। दाईलाई फोन लगाए। फोन उठेन। बाटोमा नेटवर्कले काम गरेन होला। त्यपछि बुटवल माइलो दाईलाई फोन गरे, फोन उठ्यो तर आवाज सुनिएन। ज्वाईलाई लगाए। फोन उठ्यो र कुरा पनि भयो। "बुवाको एकातिरको भाग चल्दैन रे। होश पनि खुलेको छैन रे। मजुवाखोला तिर आउदै हुनुहुन्छ ", ज्वाइले भन्नु भयो। छातीमा ठुलै ढुङ्गोले थिचे जस्तो भयो। तल्लो ओठ टोकेर बल्ल बल्ल आँशु थामे। उहाँले पनि 'बाटोमा नआत्तिकन आउनुहोला। हामि छौ यहाँ। के कसो गर्ने  सल्लाह हुदै छ' भनेर फोन राख्नुभयो। उहाँ पनि हतासिएको मैले बुझे। 'हस' भनेर मैले फोन काँटे। 

"उठ। जाने बेला भयो। डाँडा माथि घाँम आइसके। भीरको खर सुकेको छ। खेतरा बोलाएको छु। तल तलको सबै बान्नु। चाडै सकियो भने अलिकति बोकेर पल्लो गोठाँ राखे हुन्छ।" ज्यादै दुब्लो देखिनुभएको थियो बुवा। कपाल मुडुलो थियो। सेतो कछाड भिर्नु भएको र कम्मरमा पेटी खुकुलो देखिएको थियो। त्यति भनेर उहाँ पछाडी फर्कदा लामो सर्प जस्तो बस्तु मेरो बेडतिर आए जस्तो देखे। म तर्सेर उठेछु। घडीमा बिहानको तिन बज्न लागेको थियो। मुटुको धड्कन शिरक भित्र प्रस्टै सुनिएको थियो। धरै बेरसम्म निन्द्रा लागेन। उठेर पानी  पिए। शिरानिमथिको रयाकमा डायरी थियो। सपनाको न्यारेटिभ लेखे। मैले अनौठा प्रकृतिका सपनाहरु उतिबेलै डायरीमा नोट गर्ने गर्दथे। अस्ति दशैमा घरमा जाँदा बुवालाई पहिलेको भन्दा दुब्लाएको देखेको थिए। "तेरो बाउ सक्किनु भएको छ ऐले। मनमा नचाइदो राँडो  बोकेर हिनुन्च। भैसीले दुध पनि सुकायो।लैनो भैसी किन्नलाई घाँस काट्ने मान्छे पनि छैन। हे बाय! पाखुरीमा बल नभएपछि टुलुटुलु हेर्नु सिबाए केहि हुदोरैन्च। एक दुई माना बेसायर ख्वाउन पाए अलि फर्किनुन्तो कि !मरिजाम कसैले बेच्देनन अहिले। कतै पाइयो भने पनि दाल्दा हो कि के जाति मिसाउचन रे", आमाले भन्नुभएको थियो। "तिघ्रा सिग्रा सकिएर मुठीभरका भएका छन्। चिल्लो घस्दा थाहा पाइनस् हिजो ? त्यस्ता हुन् र तिनी तिघ्रा? कस्ता डमक्क परेका तिघ्रा, सर्लक्क  परेको ज्यान थ्यो तेरो बाउको। कतैबाट घरमा आउदा चौपारीमै आउदा थाहा पाउथे मैले डम डम गर्दै हिडेको।गोडा माड्दा एकैछिनमा हात गल्थ्यो मेरो। अहिले त हाड छाला मात्रै छ। दमले गर्दा पनि हो कि", आमाले आँगनमा बसेर बत्ति कात्दै गर्दा मलाई भन्नु भएको थियो। 

सोच्दा सोच्दै नारायणगड बजारमै पुगीसकेछु। बाटोमा कतिवटा बजार बस्ति काट्दै आँए होश भएन। हाकिम चोकमा रिक्सा, साइकल, टेम्फु मिश्रित जंगलमा रोकिदा मात्र होश खुल्यो। फेरी मन डरायो। कतै बेसुरमा बाइक चलाएको बेला दुर्घटना भयो भने अर्को विपद आइलाग्न के बेर। धेरै मान्छेको जिबनमा एउटा विपद आइलागेको बेला अर्को थपिएको देख्दै र सुन्दै आएको थिए। बिरेन्द्र क्याम्पसको अगाडी बर पिपल हो कि के को रुख मुनि बाइक रोके। मदेशीमुलका दुईजना दाजुभाइले उखुको रस बेच्दै थिए। उखुको खोस्टामा झिंगाको साम्राज्य नै थियो। जे सुकै भएपनि एक गिलाँस जुस पिए। एकछिन चौतारीमा बसेर घरमा फोन गरे। आँमासंग कुरा गरे। खै बाय, लैजान त लए। तेरो बाऊ  बाच्नोला जस्तो लाएको छैन", भन्दै रुनुभयो। "केहि हुदैन। म पनि जादैछु। बुटवलमा भएन भने काठमान्डौ लैजान्छौ। सन्चो हुन्छ। नरुनुस," मैले भने। तर आमा मैले सोचेभन्दा बलियो भएको महशुष गरे मैले।" गुरु महाराज अर्थात् प्रेम पल सिंह राउतको प्रबचनहरु सुन्न थाले देखि आमामा धेरै परिबर्तनहरु देखेको थिए। उहाँले मृतुलाई त्रसादिको रुपमा हेर्न छोडिसक्नु भएको हो। बेलाबेलामा भन्नु हुन्थ्यो," महाराजजी को ज्ञान लेऊ, उहाँको प्रबचन सुन। कस्ता कस्ता राम्रा कुराहरु गर्नुहुन्छ।" 

"बुवा के गर्दै हुनुहुन्थ्यो ? कसरि भयो एक्कासी यस्तो ? मैले सोधे। 

"तुन्डाँडा बाट भैसी किन्नलाई बाका साथीहरु आएका थिए। सेनाले पठाएको रैच। छिनोफानो गरे। मैले खाना बनाउदै थे भित्र। उहाँहरु आँगनमा कुर्चिमा बस्नुभएको थियो। बा पनि मैराको छेउमा कुर्चीमा बस्नोको रैच। मैले खान बोलाएपछि "लौ जाम भित्र खाना खान" भनेर कुर्चीबाट उठ्दा उठ्दै बर्लङ्गै ढल्नु भएच। एक्कासी मान्छे चिच्याएपछि म बाहिर जाँदा त फुर्सा आँखा पल्टाईसक्नु भएको थियो। मैरोतिर मन्टो परेको थियो", भन्दा भन्दै आमा सुक्क सुक्क गर्न थाल्नु भयो। " नरुनुस, सुकौराबाट निलम पनि आउदै होला बाटोमा।उसलाई घरमै बस्न भन्नुहोला। यता हामि हुन्छौ। दाईहरु मजुवा काटीसक्नु भएको छ रे। म पनि बाटैमा छु ", भनेर फोन काटे मैले। 

रिक्साहरुको  एकोहोरो किरिङ्ग किरिङ्ग आवाज, गाडीहरुको ट्या ट्या र टु टु र  सडके ब्यापारीहरुको बिज्ञापनले नारायणगड बजार कम्पित बनेको थियो। सडकको धुलो र धुवाले आकाश छोपेको थियो। एक हुल भुस्याँ कुकुरहरु कवाडी जम्मा गर्दै हिडेको सडक बालकको पछि पछि लुरु लुरु हिड्दै थिए। पन्डोराको बाकसभित्र झैँ अनेकन रहस्यात्मक कथाहरु असरल्ल थिए सडकभरि। कथाको एउटा रहस्य बोकेर हिडिरहेको थिए म। नारायणी पुल काट्दै गर्दा देबघाट को सम्झना बल्झ्यो टाँउको भित्र। "बरा यिनीहरुका पनि छोराछोरी त थे होलान नि। घर थियो होला। आज एक्लै कुटीमा काल कुरेर बसेका छन् यी बुढाबुढीहरु ", दुई बर्ष पहिले घुमाउन ल्याएकोबेला आमाले भन्नु भएको थियो। "बुढेसकालमा हाम्लाई पनि यहि ल्याएर छोड्ने त होलान् यिहरुले", बुवाले हाँस्दै मलाई हेर्नु भएको थियो। चितवन निवासी मेरो साथि रघुनाथ ढकाल हामीसंगै गएका थिए। "ठाँउ देखाउन ल्याको पो हो कि के थाहा भयो र बुवा ?" भन्दै ठट्टा गरेका थिए। बुवाको गफ गर्दा गज्जबको सेन्स अफ ह्युमर थियो। बालक देखि बृदा सम्मलाई  ठट्टा गरेर हसाउनुहुन्थ्यो। खेत रोप्ने बेला खेतारिहरु होस् या खर काट्ने बेला खेतलाहरु बुवा मेलामा भएको बेला हाँसी हाँसी काम सक्थे। तर डर पनि उतिकै मान्थे। बुवा नजिक भएको बेला कसैले काम ठग्ने आँट गर्दैनथ्यो। पुजा पाठ गर्न गएको बेला होस् या बैठक बसेको बेला, यदि घरमा खेतराहरु छन् भने बुवा एक पल्ट त्यहाँ जसरि भएपनि पुग्नुहुन्थ्यो। त्यसैले कामठगहरु चनाखो भएर घरि घरि बाटोतिर हेर्थे। तर छोराहरुसंग भने अलि कडा स्वभाब देखाउनुहुन्थ्यो। आमासंग मिठो स्वरले बोलेको मलाई थाहा छैन। जैले रुखो स्वर हुन्थ्यो। हामी अलि ठुलो भैसकेपछि भने बुवालाई सम्झाउथेउ। "मायाँ गर्ने भनेर के  लप्लपी चाट्ने हो उसलाई", भन्नुहुन्थ्यो । तर मनमा चाँहि असाध्य माया थियो। कुनै दिन आँमा घाँस काट्न भीरतिर जानुभयो भने उहाँ घर नआउन्जेल बुवाका आँखा उतै हुन्थे। अलि ढिलो भयो भने," म एकछिन बारितिर निस्कन्छु", भनेर आँमालाई खोज्न पुग्नुहुन्थ्यो। केहि सल्लाह गर्नु पर्यो भने' बिहानपख ओंक्षानमा गुनगुन गरेको सुनिन्थ्यो। चौपाया किनबेच गर्दा होस् या घर बनाउदा, भैसीका पाडा पाडी पाल्न कसैलाई दिदा होस् या रोपाइको दिन तोक्दा हाम्रो अगाडी आमासँग सल्लाह गरेको थाहा छैन मलाई। कुनै पनि स्थितिमा एकदम छिटो निर्णय गर्नुहुन्थ्यो। गाउँघरमा कतै झैझगडा भयो भने बुवासंगा उजुरी हाल्न आउथे। कुनै बेला दुवै पक्षका मान्छे एकै चोटी पर्न जान्थे। बुवाले आगनमा बसेर मिलापत्र गर्दिनुहुन्थ्यो। राम्रो संग भनेर नमाने थर्काएर पनि मिलापत्र गराउनुहुन्थ्यो। स्कुल, मन्दिर, पाटीपौवा, सांकृतिक कार्यक्रम जहाँतही बुवाको उपस्थिति र सहयोग हुन्थ्यो। म सानो हुदा बुवा गाँउको राजा हो जस्तो लाग्थ्यो। सबैले नमस्कार गर्ने। धेरैले खुट्टामा ढोगीदिने। सल्लाह सुझाब माग्ने। आपतबिपद पर्दा पैसा, अन्न लैजाने। कार्यक्रमहरुमा अगाडी बोलाएर कुर्चीमा राख्ने। 

कावासोती बजार नपुग्दै अलि वरै मान्छेहरुको भिडभाड रहेछ।हाट लाग्दै थियो क्यारे। स्पिड अलि कम गरे। कावासोती बजारको गेट नजिकै एउटा कुकुरले बाटो काट्दै गरेको देखे। मैले उसलाई बाटो छोडीदिएर अर्कोतिरबाट अगाडी बढ्दै थिए।  पश्चिमतिरबाट आउदै गरेको बसले जोडसँग हर्न बजायो। कुकुर फरक्क फर्कियो र मेरो अगाडिको टायरमा आएर ड्याम्म ठोकियो। मैले कसो कसो गरेर बाइक ढल्नबाट जोगाए। कुकुर काईकाई र कुईकुई गर्दै बाटोको छेउमा खुट्टा खोच्याउदै गयो। मेरो च्यापु कसरि लुकिङ्ग ग्लासमा ठोकिन पुगेछ सिसा नै बांङ्ग्गिएछ। एक धर्सो रौ बराबरको दुरीबाट बस हुत्तिदै गयो। ओरिपरिबाट मान्छेहरु सडकमा आउदै थिए। मैले एक्सिलेटर जोडसंग बटारे। धेरै पर पुगेपछि बाइक रोके र सिसा मिलाए। च्यापु जोडसंग दुखेको थियो। नयाँ जिबन प्राप्त भएजस्तो लाग्यो।अलि बढी स्पिडमा भएको भए भन्न सकिने थिएन। जिबन नै नयाँ हो कि झैँ  गरेर चंगा भयो।हामि कैयौ पल्ट आफ्नै बेहोशिका कारण दुख पाउछौ र त्यहि दुखबाट  छुट्कारा पाउना साथ् आफैलाई भाग्यमानी ठान्छौ। धेरै दुख हामीले आफै सृजना गरेका छौ जस्तो लाग्छ मलाई। जीवनभर हामीले आफ्नो असफलतामा, आफ्नो हारमा, आफ्नो दुखमा अरुलाई दोष दिन्छौ। आफुले आफ्नो गल्ति स्वीकार गर्दैनौ। सत्यलाई आत्मसाथ गर्न सक्दैनौ। यसै कारण हामि खुसि हुन पनि सक्दैनौ। 

बाइक स्टार्ट गर्दै थिए फोनको घन्टी बज्यो। स्ट्यान्ड लगाँए र फोन उठाँए। साइलो दाइले गर्नु भएको थियो। उहाँहरु रिडी बजार  आइपुगेको  र बुवाको स्लाइन फेर्न मेडिकलमा रोकिएको बताउनु भयो। "बुवाले दाइने हात र दाइने खुट्टा मात्र चलाउनु हुन्छ। स्वासप्रस्वास नियमित छ। मान्छे चिन्ने, बोल्ने केहिपनि गर्नु हुन्न। हामि सिधै बुटवल आउछौ", उहाँले भन्नु भयो। मैले साथमा को हुनुहुन्छ भनेर सोध्दा  छिमेकीहरु टोपनारायण अर्याल र अर्जुन अर्याल साथमा भएको बताउनु भयो। पाको मान्छे त्यो भन्दा पनि आफ्नै नजिकको मान्छे साथमा हुनुहुदो रैछ। अलि भरोसा भयो। अशल छिमेकी वा आफन्त  यस्तै बेला त रैछ चाहिने।सधैभरि छोरा छोरीनै साथमा हुन्छन भन्ने हुदैन। सात भाई छोराहरु मध्य एक भाई पनि घरमा थिएनौ बुवा ढल्ने बेला। नजिक भएको साइलो दाई खर्बांङ्ग पशलमा हुनुहुदो रैछ करिब दश मिनेटको दुरीमा। घरबाट फोन आउनासाथ् तुरुन्त राक्से गएर बुवालाई जिपमा राखेर खर्बाङ्ग मेडिकल लग्नुभएछ। गाउकै एकमात्र डाक्टर थिए नारायण धिताल। उनि हाम्रो लागि फेमली फिजिसियन भन्दा पनि हुन्छ। कुनै बेला काठमान्डौमा बिशेषज्ञ डाक्टरलाई देखाउदा पनि उसले दिएको औषधि नारायण धितालजी लाई नदेखाई खानुहुन्थेन बुवा आमा।नारायण धितालले बुवाको प्रेसर चेक गरेछन। दुइ सय बिष थियो रे। स्लाइन चडाएर तुरुन्त पाल्पा या बुटवल लैजान भनेछन। टक्सारमा भएको एउटा एम्बुलेन्स बिरामी बोकेर तम्घास गएको रहेछ। पिकअप भ्यान रिजर्भ गरेर तुरुन्त त्यहाँबाट हिडाउनु भएछ। दाइले यी सबै कुराहरु भन्दै गर्दा लाग्यो कस्तो ठाँऊमा बसेका रहेछौ हामि। न बिशेषज्ञ डाक्टर छन् न एम्बुलेन्स छ। सबैभन्दा नजिकको अस्पताल पुग्न पनि लगभग एक दिन लाग्छ। बाटोमा खाल्डाखुल्डी मात्रै छन्। धन्न कसरि स्लाइन पानि संगै रिडीसम्म आइपुग्नु भएछ। मोटर बाटो पुगेको ठाउँको अवस्था त यति दर्दनाक छ भने जहाँ दोहोरो मान्छे हिड्ने गोरेटो बाटो सम्म छैन, तिन चार दिन लगातार हिडेर सदरमुकाम पुग्छन मान्छेहरु उनीहरुको अवस्था कस्तो होला। मनमा थकथकी लाग्यो। 

अघिको घटनाले मलाई सचेत बनाएको थियो। बाइक चालिसको स्पिड भन्दा माथि लगिन। दाउन्नेको घुमाउरो बाटो काटेर दाउन्ने देवी मन्दिरतिर उक्लने बाटैनिर बाइक रोके। बाटैबाट मन्दिरतर्फ फर्केर मनमनै देबीको प्राथना गरे। बुवाको स्वास्थ्यलाभको कामना गरे। खै किन हो कुन्नि जब जब जिबनमा संकट आइलाग्छ त्यतिबेला भगवान प्रति बिश्वाश बढ्दोरहेछ। कैयौपल्ट हिडेको त्यो बाटोमा मन्दिर छ भन्ने सम्म थाहा थिएन। पछि मात्र थाहा पाए नवलपरासीको दुम्कीबासमा रहेको त्यो मन्दिर श्री ३ जंग बहादुर राणाले स्थापना गरेका  रहेछन। पौराणिक कालमा दाउन्ने पहाडलाई 'त्रिकुट पर्बत' को नामले चिनिदो रहेछ। यो ठाउँमा बाल्मिकी ऋषी र शाक्यमुनि बुद्धकि माता मायादेवीले समेत तपस्या गरेको किम्बदन्ती सुन्नमा आउछ।  हरेक वर्ष बिशेष गरेर श्रावण महिनामा यहाँ भक्तजनहरुको भिड लाग्ने गर्छ । राक्सेमा पनि हालै शिबालयको मान्दिर बनेको थियो। त्यहाँ बुवाले हरेक दिन बिहान पुजा गर्नु हुन्थ्यो। दगाको दुर्गा भगवतीको मन्दिरमा पनि बुवा नवरात्रभर पुजारी बनेर मन्दिरमै बस्नुहुन्थ्यो। मुर्तिहरु र धजै धजाले भरिएको  त्यो मन्दिर मैले कखरा पढेको स्कुलको आगनमै पर्दथ्यो। मलाई ढोका भित्र हेर्न सम्म डर लाग्थ्यो। अहिले सम्म थाहा छैन कसरि मेरो मनमा त्यो डर पस्यो भन्ने। एकजना मगर र एकजना बाहुन पुजारी बस्ने त्यो मन्दिर त्यो क्षेत्रकै सांकृतिक धरोहर मानिन्छ। बडादशैको दिन गाँउभरिका मान्छेहरु टिका लगाउन त्यहाँ भेला हुन्थे। सबैले बुवाको हातको टिका थाप्थे। दुई तिन वर्षजति भयो बुवा पुजारी नबसेको।  हामि थाँनबाट राक्से बसाई सरेदेखि नै बुवाले पुजारी बस्न छोड्नुभएको थियो। त्यो अन्तिम वर्ष बडा दशैको दिनको घटना अझैपनि मेरो मानसपटलमा जिउका तिउ छ। 

टिकाको साइत एघार बजेर पन्द्र मिनेटमा थियो। हामि सबै टिकाको थाली बोकेर मन्दिर गएका थियौ। पुजापाठ सकेर, शुभ साइतमा बाजा गाजा सहित मन्दिरको ढोकामा टिका लगाइन्थ्यो।सबैले पुजारी संग टिका ग्रहण गर्थे। त्यसपछि आफूभन्दा ठुलाबडाहरुसंग बाट टिका साटासाट गर्ने चलन थियो। टिका लगाइसकेपछि एकैछिन सराँय नाँच पनि हुन्थ्यो। त्यो दिन माहोल अलि फरक भयो। मावोबादी आन्दोलनले दलित भनेर बोलाइने दाजुभाईहरुको चेतना जगाएको थियो। दलितहरुले मन्दिरमा पुजारीको हातबाट पहिले कहिलेपनि टिका लगाउदैनथे। एक दुइ जना नेपालि र बिश्वकर्मा थर भएका भाइहरुले पुजारीले आफुहरुलाई पनि टिका लगाइदिनु पर्ने भनेपछि बिबाद शुरु भयो। एकैछिनमा विवाद चर्केर हात हालाहालको स्थितिमा पुग्न लागेको थियो। बुवा मन्दिरको माथिपट्टी सिडीमा उभिएर टाँठो स्वरमा भन्नुभयो," म यो मन्दिरको पुजारी हुम। सबैकुराको परिबर्तन एकैचोटी गर्न खोजेर हुन्न । मैले कसैलाई पनि टिका लगाईदिन्न। सबैलाई हात हातमा टिका दिन्छु आफै लगाउ", भनेपछि माहोल अलि शान्त  भयो। 

हामि दलित बस्तीमै थियौ। धेरैजसोले बुवाले भनेको कुरा काट्न सक्दैनथे। जातपातमा बुवा कट्टर भएपनि छिमेकिहरुमा पारिबारिक संबन्ध जस्तै थियो। उनिहरु घरमा आउदा टाडै बस्थे। चिया, पानि, खाना खाएको भाडा आफै माझ्थे। हामि भित्र भएको बेला बाहीर बसेर झ्यालबाट भित्र हेर्थे। झ्यालबाटै गफ गर्थे। बुवा घरमा भएको बेला पिडिमा भएको पुरानो खाटमाथि गुन्द्री राखेर बस्नुहुन्थ्यो। दलित छिमेकीहरु दलानमा बस्थे। उनीहरुलाई बस्न दिने चकटी मकैको पोस्करबाट बनेको गोलो आकारको हुन्थ्यो। परालको चकटीमा सम्म बस्न पाउदैनथे।तर पछि पछि जातभातको बारेमा जनचेतना बढ्दै जान थाले पछि उनीहरुलाई गुन्द्री सम्म दिन थालियो। आमा भने यो मामिलामा अलि लिबरल नै हुनुहुन्थ्यो। उनीहरुलाई पानि दिने लोटा सधै बाहिर हुन्थ्यो। तर पछि पछि आमाले भित्रबाटै अम्खोरमा पानि दिने गर्न थाल्नु भयो। उनीहरुले गिलासमा पानि खान थाले।अमर बि क हाम्रो घरमा बाख्रा घाँस गर्नलाई सहयोगीको रुपमा बस्थे। हामी धेरै साना थियौ। रातिमा बुवा उनिसँग राम हेर्न नौटुवा, ओबाङ्ग, राँय, सक्न्यार, ग्वालीचौर, खार बजारसम्म पुग्नुहुन्थ्यो रे। "तिम्रा बा त बैशमा सारै झिल्के हुनुन्तो। तरुनीहरुसँग सल्ला गरेर हाम्लाई साथि लेर जनुन्तो। सारै बाठो मुन्छे।एउटीलाई त घरमै ल्यार आउनुथ्यो पछि बर्जुले लाखट्नो", अमरे बिक ले बेला बेला सुनाउथे।  बुवा रसिक स्वभावको हुनुहुन्थ्यो भन्ने कुरा त गाँउका बुवाका दौतरीहरु धेरैले भन्थे। बुवा संग एउटा जिप लाइट र एक जोडी नयाँ  एभरेस्ट ब्याट्री हमेसा साथमा हुन्थ्यो। कतै गाँउमा बैठक, कचहरी, पुजापाठ गर्न जादा आफ्नो झोलामा टर्च लाइट कहिले पनि छुट्दैनथ्यो। बुवा छाताको पनि निकै सौखिन हुनुहुथ्यो। घरबाट बाहिर निस्कदा हमेशा छाता पछाडी झुन्ड्याउनु हुन्थ्यो। उकालोमा हिड्दा प्रायजसो गर्दनमा छाँता तेस्रो पारेर त्यसको ओल्लो पल्लो छेउहरुमा आफ्ना दुवै हाँत अडाएर हिड्नुहुन्थ्यो। 

सधै जस्तो आस्कोट लगाउनुहुन्थ्यो। गोरो छाला, टलक्क टल्कने निधार, घुम्रिएको छोटो कपाल र त्यसमाथि पाल्पाली ढाका टोपी असाध्य सुहाँउथ्यो बुवालाई। प्रायजसो सेतो सर्ट, त्यमाथि कालो आस्कोट र तलपट्टी सेतो धोति लगाउनुहुन्थ्यो। पछि पछि भने पाइन्ट लगाउन थाल्नु भएको थियो। आस्कोटको बाहिरि पकेटमा प्लास्टिकको  डिब्बा भित्र देउराली चुरोटको बट्टा हुन्थ्यो सधैजसो।उहाँ चुरोटको अम्मली हुनुभयो धेरै बर्ष सम्म। तिन बिस कटेपछी बुवालाई दमले फेला पार्यो। आँमा र दाईहरुले उहाँलाई बारम्बार चुरोट छोड्न अनुरोध गरेपनि धेरै दिनसम्म उहाँले कोशिस सम्म गर्नु भएन। उहाँ आफ्नो कुरामा आडिक रहने स्वभावको हुनुहुन्थ्यो। आँमालाई उल्टै, "तेरो सम्पति खाईदेको छु र जान्नी हुन्छेस", भनेर हप्काउनुहुन्थ्यो। ठुल्दाई धेरै जसो बिदेसतिर बस्नुहुन्थ्यो। माइलो दाजुले भन्दा अलिकति सुने जस्तो गर्नुहुन्थ्यो खासै फलो गर्नुहुन्थ्यो। हामि युनिभर्सिटी पढ्ने हुदासम्म पनि बुवाले न कुनै कुराको सल्लाह माग्नुहुन्थ्यो न भनेकै सुन्नुहुन्थ्यो। उहाँ आँफ्नो निर्णयमा पूर्ण जिम्मेबारी ल्याउनुहुथो। झिना मसिना कुराहरुमा अरुलाई दोष लगाउनु स्वाभाविक नै हुन्थ्यो। 

आस्कोटको भित्रि गोजीमा वालेट हमेसा हुन्थ्यो। त्यसमा दुइचार हजार पैसा कहिले पनि टुट्दैनथ्यो। आस्कोट हमेशा सिरानीमा हुन्थ्यो। घरको मुलढोका बाहिरपट्टि दलानको भित्तामा  काठको किल्ला  ठोकेर बुवाको कपडा र छाता झुन्ड्याउने बनाएको थियो। कहिलेकाँही बाहिरबाट आउदा आस्कोट पनि त्यहि झुन्ड्याउनुहुन्थ्यो। मैले कैयौ पल्ट आस्कोटको गोजीमा पैसा चेक गरेको छु। चोरेको चाँही याद छैन। चकलेट, मिठाई भने झिक्थे, तर बुवा थाहापाइहल्नुहुन्थ्यो। " त्यसको अर्को पट्टिको काँठको किल्लामा नाम्ला र दाम्ला झुन्ड्याउने गरिन्थ्यो। बुवा घरमा एकैछिन पनि खालि बस्नुहुदैनथ्यो केहि न केहि गर्नुपर्ने। कहिले जुटको पटुवाबाट नाम्ला, दाम्ला बाट्नुहुन्थ्यो भने कहिले निगालोको चोया काटेर डोका बुन्नुहुन्थ्यो। कहिले गाईको भकारो मिलाउने त कहिले भैसीको। कुन भैसीको दाम्लो चुडिन लागेको छ, कुन भैसीको भकारो हल्लेको छ बुवालाई सबै थाहा हुन्थ्यो। "जाँठा पानि मरुवाहरु, यात्रा भाई घरमा भएर पनि भैसीले दाम्लो चुडालेको होस् छैन। मान्छेका छोराले कस्ता राम्रा दाम्ला बाट्छन्, नाम्ला बुन्छन्। यी जाँठाहरुलाई केईकुराको स्वाद छैन ", भन्दै दाम्लो निकालेर गोठतिर निस्कनुहुन्थ्यो। भैसीको दाम्ला फेर्ने, शरीरबाट किर्नो झिकिदिने, भकारो मिलाउने, ढुङ्गा बोकेर आगनको डिल मिलाउने काम बुवाले नै गर्नुहुन्थ्यो। भैसी र गोरुलाई नुन खुवाउने काम जोसुकैले गर्न सक्दैनथ्यो। बुवा आँटिलो हुनुहुन्थ्यो। हाम्रोमा फुर्के र लाले नाम गरेका एक हाल गोरु धेरै वर्ष रहे। बुवाले च्याप्प सिङ्गमा समातेर देब्रे कोखिलोमा टाउको अड्याई दाइने हातले मुख खोलेर नुनका डल्ला खुवाउनुहुन्थ्यो। 




Friday, October 30, 2020


शहिदको नाममा 

इतिहाँसको गर्भमा थुप्रेका आला लाशहरु 

सुनाखरी, बुकी र पहेली फूलमा 

मेटामोर्फोसिस हुदैगर्दा 

महाराजको सवारीले हानेको कुकुर झैँ 

डुंगडुंगी गनाइरहेछ 

मेरो सरकार 

देशै भरिका गल्लीहरुमा। 


थाहा छ ?

सरकार अन्धो भएको 

खुट्टा लंगडो भएको 

हाँत लुला भएको 

धोखा फट्याई र छलकपटले 

दिमाग कुहिएर डंगडंगी गनाइरहेको 

तर, 

सिंहदरबार देखि धेरै टाडा टाडा सम्म 

देख्न सक्ने 

हिड्न सक्ने 

फिल गर्न सक्ने 

सोच्न र बोल्न सक्ने म  र हामि 

त्यो दुर्गन्धको दोष 

बागमती र विष्णुमतिलाई दीराखेका छौ

चियाँ र व्हिस्कीको चुस्की संगै 

देश बिदेशका भट्टीहरुबाट। 


बिरशमशेरले  बनाइदिएको 

दिवारभित्र 

अक्सिजनको अभाबमा 

असि नाघेकी बुढीआमा 

छट्पटाउदै  गर्दा 

टुडिखेलको बिजय सभामा 

तिनै आँमाको  हातबाट फूलमाला लगाएका 

मेरा देशका नेताहरु 

निरो बनेर 

सिंहदरबारको आलिसान कुर्सीमा

 निदाइरहेछ्न। 


बलभद्र कुवर र भक्ति थापाको इतिहाँस 

माछेकीराले धुल्याऊदै गर्दा 

नालापानी, लिपुलेक र सुस्ताबाट  

नेपाल आमाको चिरहरण हुदैछ 

अनि ,

मेरो देशका भिष्म पितामहहरु 

अर्जुन, भिम र कर्णहरु 

थुप्रै म र हामीहरु 

निर्लज्ज हेरेर बसिरहेका छौ 

कलियुगमा  कृष्णअबतारको प्रतिक्षा गरेर।  

















Saturday, October 24, 2020

दशैँ, अतुअट र कानो मान्छे

 "हैन बुढा जौ सौ खोज्नु पर्दैन। आज घटस्थापना हैछ। भरे त जमरा राख्ने होला नि ", रमेशकि दुलही रिताले फोनको स्क्रिनबाट आँखा नहटाई भनिन्।निन्द्राबाट जागे पनि ओक्षानबाट भागेका चाँही थिएनन् उनीहरु।  दुबै जनाको हातमा आइफोन थियो। सानो  छोरा  अझै सुतेकै थियो भने छोरी अर्को कोठामा थिई। पोहोर साल यतिबेला दुवैजनालाई  काममा जान  हतार हुन्थ्यो। रमेश बिहानै छ बजे काममा पुगिसक्थ्यो। रिताले एका बिहानै खाना पकाउने, टिफिन बनाउने, छोरालाई कर गरि गरि खुवाउने, छोरीलाई  स्कुल पुर्याउने र छोरालाई डे केयर छोड्ने काम केहि घण्टाभित्रै सकाउथि। हतार हतार आफुलाई दिउसको खाना डिब्बामा हालेर आठ बजे काममा पुग्थि। अहिले दुवै फुर्सदमा छन्। कोरोनाले गर्दा जागिर चैट् भयो दुवैजनाको। बेरोजगार भत्ताले घर चलेको छ केहि महिना देखि यता । करिब दुई  बर्ष पहिले क्यानाडा छिरेका थिए उनीहरु। 

"कहाँ पाइन्छ जौ र खोज्न जानु। श्रीलंकेकोमा पोहोर साल खोजेकै हो। पाइएन। गहु मात्र छ। नोफ्रिलमा छैन। चाइनिजकोमा पनि छैन। बम्बई स्टोरमा पनि खोजेको हो, पाइएन", रमेशले पनि स्क्रिनबाट आँखा नहटाई जवाफ फर्कायो। 

"घर बसेर पाइन्छ र हजुर ? श्रीलंकेले राखेको छ रे।  बिनाले हिजो त्यहीबाट लगेकी हुन् रे।  पुजाको अरु सामान पनि ल्याउनु छ।  एक पोका दुध पनि ल्याउनुहोला", रिताले सिरकबाट खुट्टा निकाल्दै भनि। रमेशको फोनमा घरि घरि गित बजेको थियो। ऊ बुढीको कुरा सुने पनि नसुने झैँ गरेर बसेको थियो ओक्षानमा। 

"बुढो भएर पनि कति टिक टक हेरेको। छोरो उठ्छ र।  हिजो ढिलो निदायो, अलि बेरसम्म सुत्न दिनु नि उसलाई।" 

उसले सिरक अलि माथि तानेर छोरालाई ओडाईदिई र सरासर बाथरुम तिर लागि। रमेशले फोनको आवाज घटायो तर टिकटकबाट आँखा हटाएन। "हाँ फेसबुक र टिकटक नचलाउने पो के नै गर्याछन र?  जसले चलाउदिन भन्छ उसैले झन् धेरै चलाएको हुन्छ।" रमेश मनमनै भन्यो। "नेता, कलाकार, हिरो, हिरोइन, मोडेल, बच्चादेखि पिण्ड खाने बेला भएका हजुरबाहरु सबै छन् टिकटकमा। फेसबुक भन्दा यता धेरै पो देखिन्छन आजकल मान्छेहरु। " 

रिताले नुहाएर निस्कदा सम्म अझै बिस्तारामै थियो रमेश। " ढिलो भैसक्यो पुजा गर्नलाई हजुर। छिटो गरेर नुहाई धुहाइ गर्नुस। अनि सुन्नुन्स न कति फोन नछोडेको भने. . . श्रीलंकेकोबाट जौ ल्याउदा एउटा भूत्लासितको नरिवल र आँपको पात ल्याउन नाबिर्नु नि। तरकारिको छेउको  फ्रिजरमा हुन्छ आँपको पात। भेट्नु भएन भने सोध्नु नि। "

" अरु केहि छ कि ? "  भन्दै रमेश गम्छा बोकेर बाथरूमभित्र छिर्यो। नुहाई धुहाई सकेर ऊ श्रीलंकेको पशलतिर निस्कियो। एकाबिहानै भएकोले पनि होला धेरै ग्राहकहरु थिएनन् पशलमा। कामदारहरुले सामानहरु मिलाउदै थिए। यताउति जौ खोज्यो। कतै पनि भेटेन। त्यहि एकजनालाई सोध्यो "यु गाइज ह्याब बार्ले सीड्स ?" ऊ अलमल परेजस्तो देखियो। त्यहाँ कामगर्ने सबैजसो श्रीलंके थिए। सिन्हाला र तामिल भाषा बोल्दथे। एकदुई जना बाहेक धेरैलाई अंग्रजी भाषा बोल्न पनि आउदैनथ्यो। एउटी महिलाले नबरात्रमा  नबदानि लैजान्छन सबैले। जौ हुन्छ यसैमा भनेर दिई त्यहि उठायो उसले पनि। आँपको पात हाल्यो। नरिवल उठायो र घर गयो । 

"यो के ल्याउनु भाको ? यो नबदानी ग्रह पुजाको लागि हो। जमरा राख्छन र  यसको पनि? कस्तो मान्छे हो के हजुर", रिताले रिसाउदै भनि।

 "यहाँ पनि होला नि जौ। "

"दुई दानाले हुन्छ त ?"

"दुइ दाना भएपनि भैहाल्यो नि। मकै, गहु, धान सबै मिसाएर राखे भैगो नि। नभएको चिजमा तिमी  हामी  झगडा गरेर हुन्छ त ? "

पुजाको सामान राख्ने डिब्बामा पुरानो जौ रहेछ।  रिताले अलिकति गौ, मकै, धान र जौ बनाएर भिजाई। बुढालाई जमरा राख्ने बिधि सिकाई। उसले  पनि जमरा राख्ने बिधि जान्दै नजानेको त कहाँ हो र, तर दुलहीलाई चित्त बुझ्दैनथ्यो। "बत्ति पूर्व फर्काएर राक्नुस, एउटा थालिमा चामल र भेटि राखेर गणेश थापना गर्नुस, अर्को थालीमा देबी भगवतीको मुर्ति राख्नुस अनि ऊ त्यो कलशमा जल राखेर माथि नरिवल र आँपको पात राख्नुस ", रिताले आफुले जानेको बिधि भन्दै गई रमेशले पनि उसै उसै गर्यो। 

पुजाको थालीमा अलिकति चोखो अबिर राख्यो, एउटा सानो कलसमा जौ, तिल मिसायो। मुर्तिहरुमा माथिबाट बस्त्र भन्दै धागो लगाइदियो। उसलाई एकदुई लाइन बाहेक मन्त्र आउदैनथ्यो। मुबाइलमा यु ट्युब खोल्यो र आरति लगायो। रातो अक्षता चडायो। के के गुन्गुनायो यु ट्युबको आवज संगै। शंख पनि यू ट्युब बटै बजायो र ताल मिलाउदै घण्टि बजायो। होम डिपो बाट घरमा लगाउने फूलहरुमा राख्ने माटो ल्याएको थियो। एउटा भाडोमा माटो खनायो र भिजाइ राखेको जमरा छर्यो।

खै किन हो किन उसलाई दशैँ आएजस्तो लागेकै छैन। गाँउमा हुदा दशैको सुगन्ध मगमग चल्थ्यो। माटोको सुगन्ध, नयाँ बाटोको रौनक, लाउरेहरुको अत्तरको सुगन्ध हुन्थ्यो जताततै। टोलटोलका हल्गौड़ी पनि पुरियका हुन्थे।  सिस्नोघारी फाडिएको हुन्थ्यो। गाँउका तरुनीहरुले पधेरोमा ढुङ्गाले पटपटी फुटेका कुर्कुच्चा घोटेर सेता बनाउथे। लोग्ने लाउरबाट आएका श्रीमतीहरु बसाउने साबुन, कपडा धुने धुलो साबुन बोकेर पधेरोमा पुग्थे। एकपल्ट बसाउने साबुनले नुहाउन पायो भने पनि कम्ता खुशी लग्थेन। कसै कसैले अलिकति मसला, चियापत्ती, बसाउने साबुन, अलिकति चकलेट ल्याइदिन्थे घरमा। आमाको बाकसमा बर्षौ सम्म बस्थ्यो बसाउने साबुन। कपडा धुने नाङ्गो साबुनले कपडा धुने र नुहाउने दुवै गरिन्थ्यो। साबुन नहुदा रिठ्ठोले काम चलाइन्थ्यो। सिरकका छ्याउलाहरु  खरानी पानीमा भकभकी उमालेर पधेरोमा लगेर पाटीले ड्याम ड्याम पिट्दै बर्ष भरिको मयल निकालिन्थ्यो। कपडा पखाल्दा खोलै धमिलो हुन्थ्यो। धोएका कपडा दिनभर खरबारीमा  सुक्थे। सिरकमा सेता खोल हालेर ओंड्दा, अनि खरानीको सुगन्ध हरहर चल्दा बल्ल दशैँ आएजस्तो हुन्थ्यो। 

आज दशैको पहिलो दिन पनि उसलाई एक चिम्टी पनि दशैँ  आएजस्तो लागेको छैन। न कसैले घर पोतेका छन्  न घर अगाडी घोर्ले खशी डोरीले बाधेका छन्। न कतै नगरा बजेका छन्। न कसैको घरमा दशैको मंगल धुन बजेको सुनिन्छ। खाली टिंग टिंग गर्दै बनावटी शुभकामनाका संदेश आएका छन् फोनमा। उसलाई  ति संदेशहरु न पढ्न जाँगर छ न त धन्यबाद फर्काउन नै। 

दुलहीले खाना पकाई।  छोरीको अनलाइन पढाई चलेको थियो। सानो छोरा आफ्नै धुनमा खेल्दै थियो। दिउसोको एघार बजे नेपालमा बेलुकाको नौ बजेको हुन्थ्यो। यतिबेला सबैजनासंग कुरा हुने भएकाले प्राय यसै बेला फेसबुक म्यासेंन्जरमा सम्पर्क गर्दथ्यो। घरपरिबारका सबै सदस्यहरुको एउटा मेसेन्जर ग्रुप थियो।  सबै यसैमा जोडीन्थे। बुवा आमा र एउटा भाई घरमै थिए।  एउटा दाजु अस्ट्रेलिया थियो। दिदि अमेरिका थिई। प्रयाजसो सबैले समय निकाल्थे यतिबेला र बिगतका सम्झनाहरु साटा साट गर्थे। सानोमा एउटा काँचो अम्बाको लागि झगडा गरेको, दशैमा घाँस चोर्न गएको, संगै तास खेलेको, तास खेल्दा पत्ति लुकाएर गेम जितेको जस्ता कुराकानी हुन्थे। यस्तो बेला रमेशका बुढा बुढी आआफ्नै परिबार संग कुराकानीमा रमाएका हुन्थे। सायद बच्पनको याद जतिको ताजा याद, रमाइलो क्षण कुनै पनि हुदैन होला। सासु बुहारी तथा ससुरा ज्वाईको कुराकानीमा औपचारिकता मात्र झल्किन्थ्यो। आत्मीयता अलि कम देखिन्थ्यो। 

कुराकानी गरिसकेपछि रिताले खाना पस्कि सबैलाई। सदै झैँ दाल,भात, तरकारी थियो खानामा। काउलीको तरकारी पकाएकी थिइ उसले आज सधै भन्दा अलिक फरक स्वादको।  तरपनि खाली मसलाको स्वाद मात्र हुन्थ्यो। उसले फेरी घरकै तरकारी सम्झ्यो। काउलीको तरकारी अलिकति भुटुन र नुनमा पकाएको स्वाद कति मिठो हुन्थ्यो।  मसला पनि सधै भरि हुदैनथ्यो।  प्याज, लसुन फुराउने भनेको शिकार पकाउदा मात्र हो। जिरा र धानियको दाना  सिलौटोमा अलिकति खुर्सानी, अदुवा हालेर थोरै पानिसंग  लसक लसक पिसेको मसलाले माशुको झोल कति स्वादिष्ट हुन्थ्यो। तर यहाको कुनै पनि चिजमा खाट्टी स्वाद भेटेको छैन उसले। चाइनिजको पशलमा पाइने रायोको सागको स्वाद भने उसलाई घरकै साग खाएजस्तो लाग्छ। खाना पनि डराई डराई खानु पर्छ उसलाई। डाक्टरले कोलेस्ट्रोल बढेको छ खानपिनमा र जिबन शैलीमा परिबर्तन गर भनेको छ। त्यसैले गर्दा भात पनि एकछाक मात्र खान्छ ऊ।  बेलुका सलाद र केहि हल्का खानेकुरा मात्र खान्छ।  

कोठाको एउटा कुनामा माटो राखेको देखेर छोरा छोरीले घरि घरि सोध्थे किन राखेको भनेर। उसलेभन्थ्यो "  दशैको लागि जमरा राखेको हो। दशैमा टिका लगाउदा जमरा पनि लगाउनु पर्छ।"

"किन लगाउन पर्छ? टिका लगाएर स्कुल जादा साथिहरुले 'हाउ कम यु हाव ब्लड इन योर फोरहेड भन्छन", छोरिले भनि।  

"दशैँ हाम्रो ठुलो फेस्टिवल हो क्रिसमस जस्तै। हामि हिन्दुले दशैँ मनाउछौ। क्रिश्चियनहरुले क्रिसमस मनाउछन। अनि मुस्लिमहरुले इद मनाउछन्। हिन्दु, क्रिश्चियन र मुस्लिम भनेको मान्छेको स्पेसल पहिचान हो। तिम्रो साथि छ नि इशिदा उसले टाउकोमा निलो कपडा  लाउछे। किन थाहा छ तिमीलाई? त्यो कपडालाई हिज्जाब भन्छन। त्यो भनेको उनीहरुको भगवानलाई रेस्पेक्ट गरेको हो। त्यो उनीहरुको स्पेसल हो। सबैको आफ्नो आफ्नो स्पेसल कल्चर हुन्छ। हाम्रो पनि आफ्नै कल्चर छ। "

"कल्चर भनेको के हो ?, सानो छोराले सोध्यो। 

" कल्चर भनेको आफ्नो कुरा हो जस्तै तिमीले कस्तो लुगा लाउछौ , के खाना खान्छौ , घरमा कुन भाषा बोल्छौ, भगवानलाई कसरि पुजा गर्छौ। मैले कहिलेकाँही टोपी लाउछु नि , त्यो हाम्रो स्पेसल हो। मामुले दिनदिनै पुजा गर्नुहुन्छ। मामुले कहिलेकाँही साडी लाउनुहुन्छ। त्यो हाम्रो स्पेसल कल्चर हो। तिमीले टिका लाउदा साथीहरुले ब्लड भनेको उनीहरुलाई रातो टिका हो भन्ने थाहा नभएर हो। उनीहरुको डिफ्रेंन्ड कल्चर हुन्छ। तिमीले हिजो स्टोरी पढेको थियो नि "प्रउडेस्ट ब्लु " हो त्यसमा एउटा केटीले हिज्जब लगाएर स्कुल जादा केटाहरुले 'टेक अफ योर टेबल क्लथ ' भनेको छ हो। किन थाहा छ ? उनीहरुलाई हिज्जबको बारेमा केहि थाहा छैन। तर उनीहरुले जे जे भनेपनि ऊ स्याड भइन। सि नोज सि इज स्पेसल। हामीले टिका लाउदा, दशैँको जमरा लाउदा, टोपी लाउदा अरुले नराम्रो कुरा गरे भने त्यो कुरालाई गार्बेजमा फाल्नु पर्छ। घरमा ल्याउने हैन। "

"हि हि.…… कुरा पनि गार्बेजमा कसरि फाल्छन। फन्नी बाबा ", छोरीले हाँस्दै भनि। 

उनीहरु यस्तै यस्तै कुरा गरे धेरै बेरसम्म। आफ्नो भाषा, संकृति सिकाउनलाई हम्मे हम्मे परेको छ उनीहरुलाई। "छोरा छोरीको पनि के दोष बिचरा घरमा एउटा भाषा बोल्छन, स्कुलमा अर्को। घरमा एउटा चाड मनाउछन् ,स्कुलमा अर्को। किताबमा, टिभीमा क्रिस्मस, हलविन, थ्याङ्क्स गिभिङ्ग जस्ता चाडहरुको बारेमा पढ़छन् देख्छन। तर घरमा तिज, दशैँ, तिहार जस्ता चाडपर्ब मनाएको देख्छन। केटा केटीहरु  यी चाडपर्बमा फन छैन भन्छन। हुन पनि हो। बिदेशमा यस्ता चाडपर्बले नयाँ पुस्तालाई समेट्न सकेको देखिदैन। पहिलो कुरा त दशैँमा छुट्टी हुदैन। स्कुल खुलेकै हुन्छ। काम पनि  चलेकै हुन्छ। धेरै जसो मान्छेहरुलाई बाह्र देखि चौध घण्टा सम्म काम गर्नु पर्ने हुन्छ। दिनभरी काम गरेर घर फर्कदा मान्छे थाकेको हुन्छ। दशैँको टिका साइतमा लगाउन सम्म पाइदैन।  धेरैले शनिबार या आइतबार पारेर चाँड मनाउछन। न केटाकेटीहरुलाई मावलीको माहिमा थाहा हुन्छ। न ज्वाईलाई ससुराली जाने चटारो हुन्छ। दुई चार जना मन मिल्ने साथीभाईको परिवार भेला भएर रमाइलो गर्ने नै दशैँ मनाउनु हो। केटाकेटीलाई  टिका लगाइदिदैमा उनीहरुलाई कसरी दशैको महत्व सिकाउन सकिन्छ। बुवाले दुकानबाट नयाँ लुगा किनेर ल्याइदिनुहुन्थ्यो। दर्जीले दलानमा बसेर शरीरको नापजाँप गर्थे,  जाँय, कमिज सिलाईदिन्थे र दशैँको महत्व हुन्थ्यो। अघिपछि आँटो पिठोले छाक टर्थ्यो भने दशैमा एका बिहानै उठेर धान कुटीन्थ्यो। जडन धानको चामलको भात सारै मिठो हुन्थ्यो। त्यतिबेला बजारबाट लैजाने चामललाई मदिसे चामल भनिन्थ्यो। त्यो चामलको इज्जत थिएन गाँउमा। पछि पछि सबैले  मदिसे चामल खान थाले। केटाकेटिबेलामा परेको दशैँको यस्तै यस्तै छाँप सधैभरीलाई रहदो रहेछ। देउरालीमा रोटे पिङ्ग खेलेको, कालरात्रिमा नाटक हेरेको, नवमीको मेलामा पाडा काटेको, मालसरि जान गाउदा मन्दिरका पुजारी काम्दै हिडेको यो मानसपटलमा ताजै छ। यिनै साना साना घटनाहरुले ठुलो ठुलो खुशी दिएको थियो। टर्च लाइट बालेर पुर्णिमाको मेला हेर्न निस्कदा जिबनको कुनै पनि कुनामा अध्यारो देखिदैनथ्यो। न भोलि काम खोज्ने पिर हुन्थ्यो न जागिरमै जाने हतारो। पछि पछि पुर्णिमाको सराँय नाँच पनि दिनमै हुन थाल्यो। जो मज्जा रातको मेलामा हुन्थ्यो त्यो दिनको मेलामा कहिले पनि भएन। तर त्यसैमा बानि पर्दै गयो।" यस्तै यस्तै कुराहरु खेलीरहे उसको मनमा। 

दिनहरु घडीको सुई जस्तै एकोहोरो आफ्नै गतिमा चिप्लिदै गैरहेका थिए । जिबनको बेट्री नसकिउञ्जेल यस्तै गरि निरन्तर बगिरहन्छ जिबन भन्नेमा रमेशलाई कुनै संका थिएन। बिहान उठ। नित्यकर्म पुरा गर। नास्ता खाऊ। काम गर्न जाउ। काम सधै उस्तै। बेलुका घरमा आँउ। खाना बनाउ।  खाउ। सुत। फेरी उठ र सोहि काम दोहोर्याऊ। कुनै कुरामा नबिनता थिएन। साथीहरु पनि सबै अटोमेटिक मशिन जस्तै भैसकेका थिए। कामै पर्यो भने मात्र फोन हुन्थ्यो नत्र त्यो पनि महिनौ सम्म हुदैनथ्यो। रिताको नियमित उही थियो रुटिन। यो मिलाउ। त्यो मिलाउ।कोठा सफा गर।  भुइँ पुछ। सोफा कहिले यता सार कहिले उता सार। छोराछोरीलाई सधै एउतै अर्थि उपदेश देउ। बुढा संग प्रेम गर, झगडा गर। काममा जाउ।  घरमा आऊ। त्यो भन्दा फरक केहि हुदैनथ्यो। कहिले काँही उनीहरु सोच्थे खै के नै पो नयाँ रहेछ र विदेशमा आएर? "जाँऊ भो फर्केर आफ्नै देशाँ", रमेशले रिता संग भन्थ्यो। "हैन फेरी के शुर चढ्यो मेरो बुढोलाई। कति सजिलै जाँउ फर्केर।अलि अलि बन्दै गएको सबै भताभुङ्ग पारेर हिड्ने अनि अहिले के खान जाने हो?"

दशैको टिकाको साइत दिउसो एघार बजेर पैतिस मिनेट जाँदा रहेछ। नेपाल भन्दा क्यानाडाको समय आठ दश घण्टा पछाडी थियो। उनीहरुले पहिले नेपालमा घरमा टिका लागाइसकेपछि मात्र यहाँ टिका लगाउने निधो गरेका थिए। घरमा टिका लागाउदा उनीहरुले विडियोमा कुराकानी गरेर बसे रातिसम्म। उनीहरुलाई घरमै भएजस्तो भयो। "प्रविधिले यो विश्वलाई कति सागुरो बनाइदेको छ। अहिले त कोरोनाको महामारीले गर्दा नेपालमै हुनेहरुहरु पनि आफन्तहरुको टिका थाप्नलाई घरमा जान सकेका छैनन्। यस्तो अवस्थामा नेपालमा बस्ने र बिदेशमा बस्नेहरुबीच खासै फरक केहि छैन। भूगोलको दुरीले माया टाढा हुदो रैनछ। बास्तबमा भन्ने हो भने मनको दुरीले ठुलो महत्व राखेको हुन्छ। मनको दुरी टाडा राखेकाहरू आगन जोडिय पनि कोषौ टाडा छन्," रमेशले मनमनै भन्यो। राति अबेर सुते उनिहरु। 

अर्को दिन बिहान उठेर सधै झैँ नित्य कर्म पुरा गरेर टिकाको तयारि गर्न थाले। "एकचोटी घरमा सोध्नुस न कतिबेला लगाउदा राम्रो हुन्छ।  साइत कति बजेको छ," रिताले बुढालाई भनि।  " मूल घरमा टिका लगाईसकेपछि के को साइत हो। हामीले जति बेला लगाए पनि हुन्छ किन सोध्नु पर्यो," रमेशले योगा गर्ने चकटीमा ज्यान तग्राउदै भन्यो। रिताले टिका थालीमा रातो अक्षता बनाई। जमरा काटेर थालीको एकातिर राखी। "उठ्नुस यहाँ कुचो लाउन पर्यो। पुछ पाछ पार्न पर्यो। यहाँ बसेर टिका लाउने होला नि", रिताले भनि। छोरा छोरीहरु अलि ढिलो सुतेकोले गर्दा होला अझै सम्म सुतेकै थिए। उसले गएर दुवै जनालाई उठाई। उनीहरुलाई नुहाइदी। छोराले खरानी रंगको दौरा सुरवाल र त्यो माथि इस्टकोट लगायो। छोरीले लेंगा जस्तै रातो फ्रक लगाई। सधै भन्दा फरक पोशाक लगाउदा अप्ठेरो मानेजस्तै देखियका थिए। रमेशले छोरा छोरीलाई सोफामा बस्न लगायो। उनीहरुको अगाडी टिकाको थाली र जमरा राख्यो। अर्को थालीमा केहि फलफूलहरु राख्यो। टिका लगाउन सुरु गर्नु अघि क्लिक क्लिक फोटाहरु खिच्यो। टिकाको थालीको फोटो, जमराको फोटो, छोरा छोरीको फोटो, अनि आफ्नो  सेल्फी खिचिसकेपछि टिका लगाउन सुरु गरे। त्यतिन्जेल सम्म छोरा छोरीको धैर्य टुटीसकेको थियो।  उनीहरुलाई टिका लगाउने कुरामा भन्दा टिभी तिर बढी ध्यान थियो। कराई कराई भएपनि बाबु आमाले छोरा छोरीलाई टिका लगाइदिए। टिका लगाएर सक्दा नसक्दै उनीहरुले इची भयो भन्दै अक्षता निकाल्न थाले।"दशैँको टिका पुछ्न हुदैन, गड रिसाउनुहुन्छ ", भन्दै थिई रिता। तर किन सुन्थे उनीहरु। एकैछिनमा भुइभरि राता अक्षता मात्रै भए। छोरा छोरी मात्र हैन रमेशले पनि एकैछिन टिका फालेर हिड्यो कामको लागि अन्तरबार्ता दिन । "निधारभरि टिका लगाएर दिनभरि घुमिन्थ्यो, खेलिन्थ्यो र बल्ल दशैँको महत्व हुन्थ्यो। अर्को दिन बिहान जसको निधारमा धेरै अक्षता अडिएको हुन्थ्यो ऊ बढी भाग्यमानि हुन्छ भन्ने भनाई थियो। यसरि औपचारिकता पुरा गर्नलाई टिका लगाएर कसरि संकृति जोगाउन सकिन्छ। हाम्रा छोराछोरीले के दशैँ मनाउलान पछि पछि ।"रमेशले यस्तै यस्तै सोच्दै गाडी चलायो। न उनीहरु कुनै मान्यजनको हातबाट टिका थाप्न गए। न कोहि उनीहरुको घरमा नै आए। अन्य दिनहरु भन्दा पनि खल्लो लाग्यो दशैँ उनीहरुलाई। 

"एकादशीको दिन पौदिको कोटमा सराय हेर्न गैइन्थ्यो। ताता ताता जेलेबी, सेलरोटी, दुनोट  खाइन्थ्यो। सुन्तला, केरा, बेलौती किनेर खाइन्थ्यो। खोर्खोरे, तास खेलिन्थ्यो र दशैँ आएजस्तो हुन्थ्यो। अगेनामा बसेर माशुका चोक्टा पोलेर खरानी संगै चपाइन्थ्यो र त दशैँ आएजस्तो हुन्थ्यो। यहाँ के मिठो के तितो, के राम्रो के नराम्रो सधै एकै हुन्छ। कसरि हुन्छ नयाँ कपडाको महत्व जब फाटेको कपडा लाउनै पर्दैन? कसरि हुन्छ मिठो मसिनोको महत्व जब भात र माशु  खानलाई दशैँ कुर्नु पर्दैन? जब कुनै पनि समाज आधुनिक बिकाश तर्फ लम्किदै जान्छ तब यस्ता खाले चाडपर्बहरु लोप हुदै जान्छन। नेपालमै पनि जति दशैंको महत्व गाँउघरमा मात्रै छ। शहर  बजारमा त्यति महत्व हुदैन। शहरहरु सुन्य प्राय हुन्छन दशैंमा। घरहरु रित्ता रित्ता हुन्छन। धनीलाई भन्दा गरिबहरुलाई चाडबाडको धेरै महत्व हुन्छ," यस्तै यस्तै सोच्दै गाडी हुकाइरहेको थियो रेडलाइटमा हालेछ गाडी। बिजुली चम्के झैँ रेड लाइट क्यामेराको फ्ल्यासले उसलाई झस्कायो। झन्डैले ठुलै दुर्घटना भएको। ज्यान त बच्यो अब दुइसय बिस डलरको टिकट घरमा आउने कुरामा कुनै संका रहेन। उसको दिमागमा सातसय भोल्टेजको झड्का लाग्यो।त्यसपछि उसले पहेलो बत्ति बोल्ना साथ् गाडी रोक्न थाल्यो। अन्तरबार्ता दिएर साँझ घर फर्क्यो। घरमा श्रीमतीसंग रेडलाइटमा गाडी दौडाएको र दुइसय बिस डलरको टिकट आउने कुरा गर्ना साथ् बुढीको लेक्चर सुरु भयो। यस्ता लेक्चर सुन्नमा पनि ऊ अभ्यस्त भैसकेको थियो।

"हाम्ले मात्र किन दशैँ मनाउन पर्छ बाबा ?" सानो छोराले सोध्यो। छोरछोरीहरु बाबा आमासंग मात्रै भएपनि नेपालीमा कुरा गर्छन।  आफुआफु भने उनीहरु अंग्रेजीमै कुरा गर्ने गर्दछन। "हामिहरुले मात्र हैन सबै नेपालीहरुले दशैं मनाउछन।"

" मेरो साथीहरु संजय, डेविड, जोसेफले मनाउदैनन। उनीहरुलाई थाहा पनि छैन। " छोराले भन्यो। 

"सबैको आआफ्नो फेस्टिवल हुन्छ। डेविड र जोसेफ क्रिस्चियन हुन्। उनीहरुको दशैं क्रिसमस हो। फस्ट नेसनका मान्छेहरुले 'पो -वो' मनाउछन। इश्लामहरुले इद मनाउछन। सबै मान्छेहरुको आफ्नो आफ्नो फेस्टिवल हुन्छ। "

"क्रिसमस हामीले नि मनाउछौ। हाम्ले प्रिजेन्ट पाउछौ", छोरीले भनि। 

रमेश कसरि छोराछोरीलाई आफ्नो संकृतिको बारेमा सिकाउने अलमलमा पर्यो। एक त आफै कन्फ्युजनमा छ। के गर्दा ठिक होला के गर्दा बेठिक। कहिले नेपालि भाषा किन बोल्नु पर्यो?  यिनीहरु फर्केर नेपाल जाने हैनन। यहाँ बस्ने भैसकेपछि यहाँकै भाषा संकृतिसंग अभ्यस्त भए भैगयो भन्ठान्छ । कहिले सोच्छ 'हैन यिनीहरुलाई नेपालि भाषा, संकृतिको बारेमा सिकाउनु पर्छ। होइन भने यिनीहरुको सम्बन्ध नेपालसंगबाट सधैको लागि हराएर जान्छ। 'यसै विषयमा सानोतिनो झगडा पनि हुन्छ बुढीसंग। दशैँ, तिहार केटाकेटीलाई हो रमाइलो हुनु पर्ने। उनीहरुलाई नै यसको महत्व थाहा भएन भने कसरि बच्न सक्छन यस्ता चाडबाडहरु विदेशमा। 

सुत्ने बेला सधै एउटा कथा सुनाउनु पर्छ उसले।  पहिले पहिले सुताउनको लागि कथा सुनाउथ्यो। अहिले दैनिकि जस्तै भएको छ। उसले  कनिकुथुनि गरेर भएपनि केहि न केहि सुनाउछ। आज भाषा संकृतिको महत्व बुझाउने कताको कल्पना गर्छ। "आज म तिमीहरुलाई क्यानाडाका सबभन्दा पुराना मान्छेहरुको बारेमा कथा सुनाउछु। उनीहरुलाई इन्डीजीनिअस पिपुल भनिन्छ। ल सुन ," भन्दै उसले कथा सुनाउन थाल्यो। 

मेकान्जी नदीको किनारमा सानो बस्ति थियो। त्यो बस्तीमा इनुइट र मोहक जातिका मान्छेहरु बस्थे। उनीहरुको आफ्नै भाषा थियो। आफ्नै पोशाक थियो। उनीहरु प्रकृतिको पुजा गर्दथे। केटाकेटीहरु दिनभर जंगलमै खेल्थे, नदीमा पौडी खेल्थे। बादल छुनलाई आकाशतिर उफ्रिंन्थे, खरायोको पछि पछि कुद्थे र सिल माछा झैँ पौडी खेल्थे। उनीहरुको आफ्नै संसार थियो। 

त्यो गाँउमा अतुअट  र अन्जिज नाम गरेका दिदि बैनी बस्थे। जंगल, पहाड, झाडी, झरना जताततै पुग्थे उनीहरु। माछा जस्तै पौडी खेल्थे। बगरमा अरु केटाकेटीहरुसंग जिस्किथे। उनीहरुलाई कसैको डर थिएन। 

एकदिनको घटना हो।  अतुअट र अन्जिज नदीको किनारमा अरु साथिहरुसंग खेल्दै थिए । उनीहरुले गुज चरा जस्तै आकार भएको तर गुज भन्दा ठुलो, टाउको माथि दुइवटा पखेटा घुम्ने बस्तु मेकान्जी खोलाको किनारमा बसेको देखे। यस्तो कहिले नदेखेको अनौठो बस्तु देखेपछि उनीहरु दौडदै उतैतिर गए। त्यो अनौठो बस्तुबाट एकजना मान्छे बाहिर निस्कियो। ऊ इनुइट भाषा बोल्न जान्दथ्यो। उसले सबै केटाकेटीहरुलाई चकलेट देखाउदै त्यो अनौठो बस्तु भित्र बस्न भन्यो। अतुअट बस्न नमानेपछि उसले आफैले  उठाएर त्यो बस्तुभित्र हाल्यो र ढोका लगायो। आफु अगाडी बसेर त्यो बस्तु उडायो। केटाकेटीहरु रुन चिच्याउन थाले। उसले खोलै खोला उडाएर  तिन चार घन्टामा एउटा ठुलो घरको अगाडी बसाल्यो। त्यो एउटा स्कुल थियो। 

हेलिकप्टर  रोक्नासाथ घर भित्रबाट  सेता कपडा, टाउकामा कालो स्कार्फ लगाएका आइमाइहरु बाहिर निस्किए। उनीहरुको बिचमा एउटा आँखा कानो भएको, सेतो छाला भएको करिब छ फुट अग्लो मान्छे, कालो छाते टोपी लगाएको मान्छे पनि थियो। उनीहरुले सरासर गएर ति केटाकेटीहरुलाई हातमा समाते। उनीहरुलाई देख्ना साथ केटाकेटी सबै डराएका थिए। अतुअट हात झट्कारेर त्यहाँबाट भाग्न लागेकी मात्र के थिई त्यो कानो मान्छे गएर च्याप्प गर्दनमा समात्यो र एक लौरो सोठ्यायो। अतुअट चिच्याई। एकै छिनमा उनीहरुलाई घर भित्र लगियो। त्यहाँ पुर्याएको मान्छेले उनीहरुकै भाषामा  "अबदेखि तिमीहरुको घर यहि हो। यहि बस।  म आउदै गर्छु। तिमीहरुको बाबा आमालाई पनि भेट्नलाई ल्याइदिन्छु", भन्दै त्यहाँबाट फर्क्यो। 

त्यसपछि अतुअट र अन्जिजलाई एउटा कोठामा लगे उनीहरुले । दुईजना महिलाले उनीहरुको सबै कपडा फुकाले। उनीहरुको लामो कपाल काटेर केटाको जस्तै छोटो बनाइदिए। जबरजस्ती नुहाइदिए। उनीहरुले घाँटीमा लगाएको माला  चुडालेर फालिदिए। अतुअट र अन्जिज  रुदै चिच्याउदै थिए। तर उनीहरुलाई दयाँ गर्ने त्यहाँ कोहिपनि थिएन।  नुहाइसकेपछि उनीहरुलाई क्रस चिन्ह भएको एउटा कोठामा लगियो। सेतो कपडा लगाएको, सेतै रौ भएको मान्छेले उनीहरु नयाँ नाम राख्यो र  भन्यो " अबदेखि तिम्रो नाम अतुअट होइन 'होशना' भयो। अन्जिजको नाम 'रचेल 'भयो। तिमीहरु यहाँ अंग्रेजी भाषा बोल्नु पर्छ। तिमीहरुको भाषा असभ्य भाषा हो। तिमीहरुको नाम जंगली हो। अबदेखि तिमीहरुको भाषा, पोशाक र नाम सभ्य भयो। तिमीहरुका बा आमा असभ्य छन्। उनीहरुलाई पढ्न लेख्न आउदैन। तिमीहरुलाई यहाँ पढ्न लेख्न सिकाइन्छ। तिमीहरुलाई काम सिकाइन्छ। तिमीहरु आफ्नो बाआमा जस्तै जगली जिबन जिउन पर्दैन। सबैले 'अमेन' भन। केटीहरुले केहि पनि बुझेनन्। उनीहरुको मनमा  डर त्रास मात्र थियो।उनीहरुको भाषा बोल्ने एकजना आइमाईले उसले भनेका कुराहरु बुझाई। 

अर्को दिनदेखि उनीहरुलाई यशु ख्रिस्टको प्रार्थना गर्न लगाइयो। पढाउनु भन्दा धेरै घरको काम जस्तै भाँडा माझ्ने, भुइँ पुछ्ने, कपडा धुने, कोइलाहरु भर्ने काममा लगाइयो। केटाहरुलाई खेतमा काम गर्न लगिन्थ्यो। धेरै जसो केटाकेटीहरु बिरामी भएर उपचार नै नपाई ज्यान गुमाउथे। अतुअटले बिस्तारै अंग्रेजी भाषा  सिक्दै गई। अन्जिज पनि संगसगै त्याँहाको बताबरण संग घुलमिल हुन सिकी। तर पनि उनिहरुलाई घरको याद, बाबा आमाको सम्झनाले सताइरह्यो।उनीहरुको ठुलो फेस्टिवल पोवोमा नाचेको, मिठो मिठो खाएको, खोलामा माछा मार्न गएको सम्झे। 

एकदिन  त्यहाँ दुई जना सेतो छाला भएका, अग्ला अग्ला मान्छेहरु आए। उनिहरु बिरामी थिए अर्थात् उनीहरुलाई ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्ने हुन्थ्यो। त्यसैको केहिदिनमा त्यो घरमा बस्ने थुप्रै केटाकेटीहरु बिरामी परे। बिरामी परको केहि दिनमै आधा भन्दा धेरै केटाकेटीहरुले ज्यान गुमाए। अतुअटले आफ्नो बहिनि अन्जिजलाई गुमाउनु पर्यो। अज्जिजको मृतुले अतुअटललाई धेरै स्याड बनायो । त्यो दिनदेखि अतुअटलाई  त्यहाँ एकछिन पनि बस्न पनि मन भएन। 

एक रात त्यो घरका सबै  मान्छेहरु पार्टी गर्दै थिए। त्यसै मौका पारेर अतुअट आफ्नो कोठाबाट बाहिर निस्की। अध्यारोमा  मैदानको बाटो  हुदै भागी।उ भागेको केहि मिनेटमै त्यहि बाटो हिड्दै गरेको एउटा मान्छेले  भेट्यो। उसले अतुअटलाई फर्काएर स्कुलमै पुर्याइदियो। यसो गरे बापत उनीहरुले स्कुलको मान्छेसंगबाट धेरै पैसा पाउथ्यो।

अर्कोदिन एउटा आँखा कानो भएको शिक्षकले अतुअटलाई लठ्ठीले  हान्ने सजाय सुनायो। सबै केटाकेटीहरु भएको कोठाको अगाडिको बेन्चमा लगेर टाउको घोप्टो पारेर उभिन लगायो। एकहात लामो फलामको लट्ठीले उसको पुठोमा  एक लठ्ठी हान्यो। उसले प्यान्टमा पी गरी । कोठामा भएका अरु दुइ तिन जना केटाकेटीले पनि डराएर प्यान्टमै पी गरे ।

 त्यो कोठामा भएका मध्ये सबैभन्दा ठुलो थियो पिटर। रियल नेम  थियो 'अतिकुअलक। ' उसले मरक्क बंगारा टोक्यो र सरासर  अतुअटको अगाडी पुग्यो। उसलाई देखेर त्यो शिक्षक जोडले चिच्यायो। पिटरले उसको हातको लट्ठी च्याप्प समात्यो।  पिटर धेरै रिसाएको थियो। उसले त्यो शिक्षकलाई बारम्बार टाउकोमा हान्यो। केहीबेरमा त्यो शिक्षक बेहोस  भै भुइमा लड्यो।

केहिबेरमा दुइजना  बन्दुक भिरेका मान्छेहरु कोठाभित्र छिरे। उनीहरुले अतिकुअलकलाई हत्कड्डी लगाए। जब ति मान्छेहरुले अतिकुअलकलाई कोठाबाट बाहिर लैजादै थिए अतिकुट दौडदै उनीहरुको अगाडी गई र दुवै जनाको मुखमा थुकी। ति मान्छेहरुले उसलाई लात्तीले हाने। ऊ भुइमा लडी । तिनीहरुले अतिकुअलकलाई घचेट्दै गाडीमा हाले। त्यो दिन अतिकुअलकलाई कहाँ लगे , के गरे कसैलाई थाहा भएन। 

एकदिन  रातीअतुअट  आफ्नो कोठाबाट बाहिर निस्की। ऊ किचनमा गई र माशु काट्ने ठुलो चक्कु हातमा लिई। बाहिर हिऊ परिरहेको थियो। ढोकाको पुलिस कुर्चीमा बसेर झ्यालबाट बाहिर हेरिरहेको थियो। त्यहाँ अध्यारो थियो। अतुअटले पछाडीबाट उसको ढाडमा जोडले चक्कु रोपी। ऊ भुइमा ढल्यो। 

सुनसान रातमा कहाँ जाने उसलाई बाटो थाहा  थिएन।अतुअट दुई दिन, दुइ रात निरन्तर हिडेर स्लेब नदीको किनारमा  पुगी।  त्यहाँ मोहक जातिका मान्छेहरु बस्थे। ऊ त्यहि उनीहरु संग बस्न थालि। उसलाई आफ्नो बाबा आमा भएको ठाँउको कुनै सम्झना थिएन। उसले त्यहाँका मान्छेहरुलाई आफु भागेको स्कुलको बारेमा सुनाई। त्यहाँका मान्छेहरुले आफ्ना छोरा छोरीहरु पनि स्कुल पठाएको र उनिहरु कहिले नफर्केको कुरा सुनाए। अतुअटले मोहक जातिका केटाहरुलाई आफुले देखेको र कतिपयको मृतु भैसकेको कुरा सुनाई। बस्तीको मुखियाँलाई राखेर छलफल गरे उनीहरुले।  अतुअट भागेको स्कुलमा गएर आफ्ना छोराछोरीलाई निकाल्ने योजना बनाए। 

अर्को दिन सबैले काठको तिखो भाला, तिखो ढुङ्गा, जनावरको हड्डी जस्ता घरेलु हतियार जम्मा गरेर  स्कुलतिर लागे। । करिब सयजना जतिको ग्रुपले रातीमा स्कुलमा आक्रमण गरे। मान्छेहरु  तुरुन्त घरभित्र पसे। सबैले आआफ्ना छोरा छोरीहरुलाई समाते। पुलिस थिएन त्यहाँ।

 केटाकेटिहरुलाई त्यहाँबाट निकालिसकेपछि  बाजा बजाउदै उनिहरु आफ्नो आफ्नो घरतिर लागे। उनीहरुको फेस्टिवल पोवो आएको थियो।  स्लेब नदीको किनारमा सबैजनाले "पो वो " भन्ने फेस्टिवल मनाए। यो फेस्टिवल हाम्रो दशैँ जस्तै हो।  त्यो दिन सबैले सालमन माछा र दुम्शी पोलेर खाए। आफ्नो आफ्नो कपडा लगाए। सबैजना धेरै खुशी भए। अतुअटको बाबा पनि पोवो मनाउन त्यहि आएको थियो। उसले आफ्नो छोरीलाई चिन्यो। अतुअटले आफ्नो बाबा मोरिसकेको ठानेकी थिई। बाबाले उसलाई समातेर सबै कुरा भनेपछि ऊ धेरै खुशी भई। उनीहरु अर्को दिन मेकाञ्जि नदीको आफ्नो बस्तीमा फर्के। 

सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुण्ठमा जाला भन्ने बेला तुरुन्त मुखमा आउला। 

कथा सुनाइसक्दा छोरा छोरी दुवैजना जागै थिए। "तिमिहरुले यसको मेसेज बुझ्यौ ?" उसले सोध्यो।  

"इम्पोर्टेंस अफ द फेमली", छोरीले भनि। " नो उनीहरुले ति केटाकेटीहरुलाई निकालेन " छोराले भन्यो। 

'हो उनीहरुलाई आफ्नो भाषा, आफ्नो चाड, आफ्नो परिवारबाट टाढा लगेको थियो। त्यसैले उनीहरु खुशी थिएनन्। आफ्नो घरमा पोवो' मनाउने बेला कति खुशी भए उनिहरु।  हाम्रो दशैँ पनि उनीहरुको पोवो  जस्तै हो," उसले भन्यो। उसलाई अझै धेरै कुरा भन्नु मन थियो।  तर उनीहरु धेरै बुझ्ने भैसकेका थिएनन्। "पिटरलाई उनीहरुले के गरे ? अतुअटको मम्मी कहाँ छ ? अब स्कुलमा के  हुन्छ ? अन्जिज कसरि मोरी ? " छोराले सोध्यो। 

"हामि किन आफ्नो देश छोडेर अरुको देशमा आएको हो ? हजुरबा, हजुरआमा संगै हुन्थेम। धेरै फन हुन्थ्यो। दशैँमा पनि धेरै फन हुन्थ्यो", छोरी भनि। 

बाहिर पानि परिरहेको थियो। पानीका थोपा झ्यालमा ठोक्किएर चिप्लिदै तलतिर खस्दै थियो।  बाहिर घरि घरि एम्बुलेन्सको एकोहोरो साइरन बजेको सुनिन्थ्यो। रमेशले एकोहोरो झ्यालमा हेरिरह्यो धेरैबेरसम्म।