Friday, December 29, 2017

चिसो।

चिसो खाउ न हजुर
पप, बियर के ल्याऊ।
आइस हकि खेलौ
स्केट गरौ।
स्कीमा चिप्लेटि खेलौ।
जम्मा -३२ डिग्रि त हो।
-४१ डिग्री जस्तो लागेको मात्र हो।
टिमि र म्याक
डबल डबल ले त खै आोठै पोल्देन।
डाउन र ब्राउन फरले त विन्डचिल छेक्दैछेक्दैन।
नाकबाट पानि झर्दैन
थुक खस्दा खस्तै ठोस भैदिन्छ।
झ्यालको चरबाट बरफ
न्यानो खोज्दै भित्र चिहाउछ।
गाडिको इन्जिन चिइइइ चिइइइ मात्र गर्छ।
बुस्टर खोज्यो, दयारामको गाडि खोज्यो
पलस् र माइनस खोज्दा खोज्दै आफै
चिइइइ हैन चैट होइएला कि भन्ने पिर।
जनतन गाडिभित्र पस्यो
यतै आछ्छु उता आछ्छु।
स्टप साइन, झ्याप ब्रेक
पाग्रा सयमिटर पर सम्म गररर।
ए हजुर स्केट हो कि डा्इभिड.