अविरल बग्छ इन्द्रावती
यो पुस्तक निकै सरल भाषामा लेखिएको एउटा सिङ्गो गाउँको कथा हो। इन्द्रावती नदि किनारमा रहेको माझि गाँउ र यहाँका आदिबासी माझिहरुमाथि सामन्ती काजिहरुको शोषण, दमन र अन्याएको कथा हो। यो कथाको मुख्य पात्रमा देखिएका भुमा माझि, उनकी छोरी लालगेडी, लालगेडीलाई माया गर्ने एक टुहुरो माझी केटो सोभितेहरुको कथा हो। लालगेडी र सोभिते परिबर्तनका हिमायती हुन्। त्यहि माझि गाउकै एउटा गरिब केटो बुदुने साना काजीको गोटी बनेको छ।
भुमा माझि सदियौदेखि काजिहरुको थिचोमिचो सहदै आएका माझीहरुको प्रतिनिधित्व गर्दछ। उसलाई युबा केटाहरुमा आएको परिबर्तन देखि डर लाग्छ। काजिहरुको हातमा बन्दुक छ र भुमा माझीलाई के थाहा छ भने यी काजिहरुले बन्दुकको नालले कतिसम्म अन्याय गर्न सक्छन।
सोभिते एकदम क्रान्तिकारी केटा हो। उ गरिब छ। भागेर शहर पस्छ। भाडा माझ्दै, मजदुरी गर्दै दुइतिन बर्षजति उतै बिताएर घर फर्किन्छ। उसले लालगेडीलाइ माया गर्छ। एकदिन सानाकाजिले लालगेडीलाई बीच बाटोमा रोकेर हातपात गर्न खोज्छ। तर लालगेडी उसको पन्जाबाट भाग्न सफल भई। पछि यो कुरा सोभितेलाइ थाहा हुन्छ। उसले सानाकाजीलाई यसको बदला ल्याउने कुरा लालगेडिलाइ सुनाउछ। तर लालगेडीले सानाकाजिसंग बन्दुक भएकोले उसले जे सुकै पनि गर्न सक्ने भएकोले संयमित हुन सम्झाउछे।
सानाकाजिको बढ्दो शोषण अब सबै माझीहरुलाई मन परिरहेको थिएन। उनले रात्रि कक्षा पनि बन्द गराएका थिए। त्यसैमाथि उसले काप्राको पाटामा हवेली बनाउने निर्णय गरेको थियो। यसै बिषयलाई लियर माझिगाँउमा विवाद सुरु भयो। बुढापाकाहरु भन्थे काजिहरुले गरेको निर्णयको बिरोध गर्न हुदैन। उनीहरु त्यो गाँउका राजा हुन्। तर सोभिते लगाएतका युबाहरु कुनै पनि हालतमा हबेली बनाउन सहायोग नगर्ने पक्षमा थिए।
एकदिन सानाकाजीले शहरबाट सिकर्मी र डकर्मीहरु लिएर आयो। बुदुनेलाई सबै माझीहरुलाई काममा आउनको लागि उर्दी जारि गर्न भन्यो। तर युवाहरुले यसको खुलेर बिरोध गरे। तर बुढापाकाहरु दोधारमा परे। त्यसैबेला सानाकाजीले बन्दुक नालले तर्साएर सोझा माझीहरुलाई काममा जान बाध्य पारे। एकजना आफैको घरमा बसेर पढेको बाहुनको छोरालाइ गोलि हानेर हत्या गर्छ।
त्यसैको केहि दिनमा पुलिसहरु गाँउ छिरेर सभिते, लालगेडी लगाएतका युबाहरुलाई पक्राउ गरेर लैजान्छन। तर कहाँ लागे के गरे कसैलाई पनि थाहा हुदैन।
लालगेडीको पुलिस हवल्दारबाट बलात्कार हुन्छ। पछि उसलाई सानाकाजिको नेपाल शहरमा भएको हवेलिमा पुर्याइन्छ उसकै सहेली सानाकाजिको रखौटीको सहयतामा।
उता भुमा माझीले ठुलाकाजिसंग छोरीको खोजि गर्नको लागी बिन्ति गर्छ। ठुलाकाजिले बचन दिएपनि आफ्नो बचन पुरा गर्न नपाउदै उनले यो धर्ति छोडेर जान्छन।
कथाको अन्त्यमा सोभिते घर फर्किन्छ। तर गाँउको हालत देखेर उसको मनका ठुलो चोट पर्छ।
रमेश विकलको लेखन सैली अत्यन्त सरल र बिस्तृत ब्याख्या कथालाई जिबन्त बनाएका छन्।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home