आमालाई चिठि
पुज्यनीय आमाको चरण छोई शाष्टाङ्ग डन्डवत् प्रणाम। दाजुहरुमा शादर ढोग। भौजुहरुलाई नमस्ते। भाई, बैनी र बुहारीहरूलाई माया तथा आशिर्बाद।छोरा छोरीहरुलाई असीम माया र आफ़न्तजनहरुमा दर्जा अनुसारको सम्मान दिन चाहन्छु।
यहाँ हामि सपरिवार आरामै छौ र हजुरहरु सबै आरामै हुनुहोला भन्ने श्री पशुपतिनाथ भगवान संग प्रार्थना गर्दछु।
१०,५५७ किलोमिटर टाडा उत्तरी अमेरिकाको क्यानाडा राज्यबाट आज यिनै अक्षरहरुको माध्यमबाट म हजुरहरुसंग जोडिदै छु।हुन त आजकल फोन, फेसबुक र अन्य माध्यमबाट जतिबेला भन्यो त्यतिबेला जोडिन सक्छ तर जुन शब्दहरु चिठीमा पोख्न सकिन्छ तिनै कथाहरु फोन र फेसबुकबाट सकिदो रैन छ।हुन त आजको विश्व एउटा गाँउ भन्दा फरक छैन। भूगोलका सिमा रेखाहरु प्रबिधिको बिकाशसैगै मेटिदै गैरहेका छन्। हिजो नेपालमा भएको मान्छे भोलि क्यानाडा पुग्न सक्छ। क्यानाडा भएको मान्छे केहि घन्टामा चाइना पुग्न सक्छ। मोटरले जसरि बाटाहरु जाम भैरहेका छन् त्यसरी हवाई जहाजले आकाश जाम भएको छ । समुन्द्रहरुमा सिंगो शहर जत्रा पानिजहाजहरु तैरिरहेका छन्। विश्व रंगिन इन्द्रेणी जस्तै छ। कालाको देशमा गोरेहरु र गोरेका देशमा कालाहरू मिसिएका छन्। संसारको जुन देशमा पुगेपनि साना साना नेपालि बस्तीहरु नेपाल नै बिर्साउने गरेर बसेका छन्। मन्दिर छन्। पुजारी छन्। नेपाली किराना पशल छन्। नेपाली डाक्टर छन् , वकिल छन्, घर किनबेच गर्ने दलालहरु छन्। नेपाली रेस्टुरेन्टहरु नेपालमा भन्दा बढी बिदेशमै होलान। विश्वका ठुला शहरहरुमा एउटा नेपालीले नेपालि बोलेरै काम गरि गुजारा चलाउन सक्छ। कतिपय देशका नगरपालिकाहरुमा नेपालीहरु पनि मेयर बनिसके। सिन्की मस्यौरा देखि लिएर कोदोको ढिडो खानलाई नेपाल नै जानु पर्दैन। यी सबै कुराहरुले के बताउछ भने नेपाल संसारभर फैलिसक्यो। हामि पूर्वमा मेची र पश्चिममा महाकाली लाई सिमा रेखा मानेर बस्नु पर्ने आबस्यकता छैन।
आज कोरोना भाइरस बनको डडेलो झैँ बिश्वाभर फैलिएको छ। यो रोगले एकमहिना भित्र विश्वका लगभग १५२ देशहरुमा लाखौको संख्यामा संक्रमण गर्यो भने हजारौको संख्यामा मान्छेहरु मारिरहेको छ। यसले कुनै पनि किसिमले विभेद नगरी सबै ठाउमा प्राय सबै स्तरका मान्छेहरुलाई आक्रमण गरेको छ। बेलायतको प्रिन्स चार्ल्स, क्यानाडाको मन्त्री जस्टिन टुडो को श्रीमती, बेलायतको अर्थमन्त्री सबैलाई यो रोगले संक्रमण गरेको छ। स्पेनमा राजसी खानदानकी एक महिलाको मृतु समेत भएको छ। युरोपका शक्तिशाली राष्ट्रहरु देखि विश्वमा सबभन्दा शक्तिशाली देश अमेरिकालाई तोरीको फुला देखाइसक्यो। यसरि संक्रमण फैलिदै जादा विश्वभर फैलियका नेपालीहरु पनि यसको शिकार बन्दै गैरहेका छन्।
अब रह्यो कुरो आफ्ना सन्तानहरुको चिन्ता।आफ्नो परिवारको चिन्ता। आमा हजुरले फोनमा भन्नुभएको थियो नि 'त्यति टाडा गयौ, बिदेशमा डरलाग्दो रोग आएको छ भन्छन। यहि बसेको भएपनि हुन्थ्यो। यहाँ बसेकाले पनि धेरै प्रगति गरेका छन्। " हो आमा हजुरले भनेको कुरा सतप्रतिशत ठिक हो। त्यहाँ भएको भए कमसेकम यस्तो बेला हजुरसंगै हुन्थे होला। आफ्नै भकारीको मकै, गहु र चामलले दुइ चार महिना हैन बर्षौ पनि बिताउने थिए होला। राम्रै प्रगति पनि गर्थे होला। प्रगति भनेकै कसले कति पैसो कमायो र कति ठुलो घर बनायो भन्ने त रैछ।तर आमा यो सबै हजुरले भन्ने गरेको "पा" जस्तै हो। यो गर्न "पा " हुन्थ्यो। त्यो गर्न 'पा' हुन्थ्यो। उतिबेला क्यानाडा जान पा' हुन्थ्यो भनियो। अहिले घर जान 'पा 'हुन्थ्यो कि भन्दा भन्दै जिबन सक्किने हो। भाग्यले जहाँ पुर्याउछ, जे गराउछ हामीले त त्यहि त्यहि गर्ने न हो। नेपालमा बसेको भए पनि हजुरको सेवा गर्ने मौका मिल्थ्यो कि मिल्थेन कुनै ग्यारेन्टी त थिएन। तर पनि दुख परेको बेला पक्कै पनि आमा भएको ठाउमा जान्थे होला जस्तो लाग्छ।
आमा "हुने हार दैब नटार" भनेर भन्नु हुन्थ्यो नि बेला बेला, हो त्यस्तै हो यो महामारी। यो बेलामा सन्तानहरुको मायाले मनलाई कमजोर पार्नु हुदैन। समस्या, रोग र मृतु नभएको न कुनै देश हुन्छ, न त कुनै घर। मृतु हामीसंगै आएको हुन्छ र जिबनको वास्तविक सत्य भनेको नै मृतु हो। बाकि सबै जिबन जिउने बहाना मात्र हुन्।
विदेशमा बस्नु र आफ्नै देशमा बस्नुमा धेरै कुराहरु फरक हुदो रैछ। आफु नमोरि स्वर्ग देखिदैन भनेको जस्तै हो विदेश पनि। तर देख्नेले स्वर्ग देख्छ कि नर्ग आफ्नो आफ्नो कर्ममा भर पर्दछ। सुख केलाई मान्ने? प्रगति केलाई मान्ने ? यदि सम्पति धन दौलत नै सुखका श्रोत हुन् भने करोडपति जर्मनिको विश्वको धनि मान्छे अडोल्फ मार्केले ले आत्महत्या किन गर्थ्यो? त्यस्ता कैयौ उदाहरणहरु छन् धेरै धन कमाउनेहरु पारिबारिक संबन्ध बिगारेका, आफ्नै दाजु भाइहरु हत्या गरेका, आफ्नै श्रीमती वा लोग्नेको हत्या गरेका । त्यसैले मलाई धेरै पैसा नकमाएकोमा पनि चिन्ता छैन। बुवाले सानै हुदा भन्नु हुन्थ्यो " धेरै छोरा एकैठाउँ गाड लाएर बस्नु हुदैन। कोइ जापान, कोहि जर्मन, कोहि अम्रिका पुग्न पर्छ। " सायद त्यसैले पनि होला ठुलो भएपछी एकपल्ट विदेश जाउ भन्ने लाग्यो। क्यानाडाको भिसा लाग्दा भाग्य मै लेखेको भनेर खुसि पनि भए । भाई खिमु पनि जापान गएको बर्षदिन पनि पुगेको थिएन होला। ठिक त्यति नै बेला हाम्रो परिवारको सबभन्दा ठुलो दुर्घटना घट्यो। बुवा अचानक मस्तिष्कघातबाट स्वर्गेबास हुनुभयो। बुवाको काजक्रिया गरेको लगतै हाम्रो क्यानाडाको फ्लाइट थियो। छातीमाथि ढुंगा राखेर जहाज चढे। त्यो दिन मन कति उदास थियो भन्ने कुरा यहि मनलाई मात्र थाहा छ।
क्यानाडा आइसकेपछि शुरु भयो जिबनको शंघर्ष। यो मेरो लागि कुनै ठुलो कुरो थिएन किनभने बुवा र आमाले हामीलाई सुख होइन दुख गर्न सिकाउनु भएको थियो। बिहान कहिले अबेरसम्म सुत्न दिनु भएन। कुनै न कुनै काम नगरी घरमा टिक्न सम्म दिनुहुन्थेन। त्यतिबेला बुवासँग रिस पनि उठ्यो। तर आज त्योबेलाको मेहनत गर्ने बानिले कुनै काम गर्नलाई गाह्रो भएको छैन। "जिबन नै कर्म हो र कर्म नै जिबन हो" भन्ने भगवान कृष्णको महाबाणीलाई चरितार्थ गरेको छु। कुनै पनि दिन कर्म नगरी बसेको छैन। कर्म जिबनको अपरिहार्य पाटो हो रैछ। यसको फल हामीले सोचेजस्तो हुन पनि सक्छ, नहुन पनि सक्छ। यदि फलको मात्र आशा गर्यो भने आत्मामा शान्ति मिल्दैन। दिनहरु यसै गरि बितिरहेका छन्। सोचेजस्तो हुन्न रैछ जिबन। ऐले विश्वमा मान्छेहरुलाई भयानक विपद आइपरेको छ। कसै कसैले भन्ने गर्छन यो कलियुगमा मान्छे आफैले गरेको पापको परिणाम हो। यदि हो भने तिनै पापीहरुलाई मात्र कोरोना लाग्नुपर्ने हो। तर यसले कुनै भेदभाब गरेको देखिदैन। बुढा बुढी, बयस्क, दिर्घ रोगि , निरोगी सबैलाई यसले संक्रमण गरेको छ। जिबनभर दुख गरेर रिटायर्ड जिबनमा पानीजहाजमा संसार सयल गर्न हिडेका हजारौ मान्छेहरु समुन्द्रमा अलपत्र परेका छन्। आफु बसेको जहाजमा दिनमा चार पाच जनाको मृतुको खबर सुन्दा उनीहरुको मन कति आत्तियको होला। उनीहरुको परिवारलाई कति पिर चिन्ता परेहोला।
आजको यो दुनिया बिचित्रको छ। मान्छेहरु एक देशबाट अर्को देशमा दैनिक जसो प्लेन चढेर काम अथवा बिजनेसको लागि जान्छन। अहिले हवाई मार्ग, स्थलमार्ग, जलमार्ग सबै बन्द भएका छन्। सबैजसो देशहरुले आफ्ना नागरिकहरुको सुरक्षाको लागी सिमानाहरु बन्द गरेका छन्। कामधन्दा बन्द छन्। ज्यान बाँचे अरुकुरा गर्दै गरम्ला भनी सबै मान्छेहरु घर घरमै बसेका छन्। तर आमा घरमा बस्न त्यति सजिलो छैन यहाँ। फ्रिजमा राखेको तरकारीले कतिदिन पुग्छ। तरकारी किन्न जान घन्टौ लाइन बस्नु पर्छ। त्यो पनि डर डरमा। किराना पशालेलाई कोरोना लाग्यो। कतिपयलाई लागिपनि सक्यो रे। सुन्दा मन सिरिङ्ग हुन्छ। घरबाट बाहिर निस्कन मन लाग्दैन। तर के गर्ने छोरा छोरीलाई दुध लिन बाहिर जानै पर्यो। तरकारी किन्न जानै पर्यो। मुखमा मास्क र हातमा ग्लाब्स लाएर निस्कन्छु। जे छुदा पनि भाइरस छोएजस्तो लाग्छ। सयौ पल्ट हात धुदा पनि मनले मान्दैन। एकदुई दिन त काममा पनि गए। तर को कहाँबाट आएको हुन्छ थाहा हुदैन। भाइरस सर्यो भने परदेशमा परिवारको बिजोग हुन्छ भन्ठानेर कामै छोडेर बसेको छु। काम पाउदा युद्ध जितेजस्तो हुन्थ्यो। अहिले ज्यान बाँचे सबथोक हुन्छ भन्ने लागेर घरमै बस्ने निर्णय गरेको छु। अहिले सबै जना घरमै बस्छौ। घरमा बस्दा सुरक्षित हुन्छौ भन्ठानेका छौ। बाँकी भगवानको कृपा र हजुरहरुको आशिर्बाद छ साथमा।
आमा हजुर भाग्यमानी हुनुहुदो रहेछ। धेरै भाई छोराहरु हुनाले एक न एक भाई छोरा हजुरको साथमा हुनुहुन्छ। हजुरको मनले त भन्छ होला सबै भाई एकैठाँउ बसे हुन्थ्यो भन्ने। हो नि। चाडबाडहरुमा सबैजना अगेनाको वोरिपरी बसेर खाना खादा, हजुरले सबैलाई डाडुले बराबरी दुध बाड्दा, दाईलाई धेरै मलाइ थोरै भन्दै झगडा गरेका दिनहरु झल्झली याद आउछन। बितेका क्षणहरु केवल सपनामा मात्र देखिदो रहेछ। यो प्रकृतिको नियम हो। सबै कुराहरु परिबर्तित छन् यो संसारमा। यहि परिबर्तनलाई स्विकार्न सक्नु नै मनमा शान्ति ल्याउने एक मात्र उपाय हो।समय र परिस्थितिले सबैलाई परिबर्तन गराउदो रैछ। सबैका सोच परिबर्तन भए। सबैका विचार फरक फरक छन्। सबैका आ-आफ्ना सोच छन्। मेरो कुनै कुराले हजुरको मन दुख्न सक्छ। छोराछोरीहरुको कुनै शब्दले हजुरको आखाँमा आशु झार्न सक्छ। तर मनमा शान्ति र अनुहारमा खुशी ल्याउने पनि धेरै बहानाहरु छन। आज सबै छोराछोरीहरु आ-आफ्नो खुट्टामा उभिने भैसकेका छन्। कसैको चरित्रमा अरुले औला उठाउन सक्दैन। नाति नातिना, पलातिना सम्म देख्न पाउनुभयो। यो दुर्लब अबसर धेरै कमले मात्र पाउछन। यो सबै हजुरको असल कर्मको फल हो। हजुरले भन्नुहुन्थ्यो नि "दिन दुखिहरुलाई सेवा गर्यो भने भगवानले देख्नुहुन्छ।" कतिको सेवा गर्नुभयो। कति दुखि गरिबहरुलाई खाना खुवानुभयो। आफ्नो भन्दा अरुको पिर चिन्ता गर्नु भयो। त्यो नै हो हजुरले आर्जन गरेको सम्पति। त्यो नै हो हजुरले आफुसंग लिएर जाने।
आजको दुनिया धेरै स्वर्थी छ आमा। यी बिकशित भन्ने देशहरुमा सतप्रतिशत बुढाबुढीहरु एक्लै बस्छन। अहिले सबभन्दा ठुलो पिडा तिनै बुढाबुढीहरुलाई छ। बाहिर निस्के कोरोनाले संक्रमण गर्ने डर, ननिस्के कसले खाने कुरा किनेर ल्यादिने। रोग लागेपनि छोराछोरी जादैनन् भेट्नलाई।कहाली लाग्दो छ जिबन। संसारमा एकदिनमा २५००० मान्छेहरु खान नपाएर मोर्छन रे ! ३२८७ मान्छेहरु प्रतेक दिन सडक दुर्घटनामा मोर्ने गर्छन। हिजोआज दैनिक दुइ तिन हजार मान्छेहरु कोरोनाले मोरिरहेका छन्। यो विपद जसको घरमा परेपनि हामीजस्तै मान्छेको परिबारमा हो। हामि आफुसंग जे छ त्यसैमा खुशी हुन सिक्नुपर्ने रैछ। तर उल्टो आफुसंग जे छैन त्यहि चाहेर दुख पाइरहेका छौ। 'परेवाले सजिलो संग सुत्नलाई रातभर यताको पराल उता, उताको काठ यता गर्दै बिताउछ रे। अब सुत्छु भन्दा भन्दै उज्यालो हुन्छ रे सुत्न नपाउदै।" ठिक त्यस्तै रहेछ हाम्रो जिबन।
जिबन जिउने सबैभन्दा राम्रो कला भनेको "ध्यान " गर्नु हो रैछ । मनलाई स्थिर राख्न सक्नु रहेछ। हजुरको अनुहारमा जो चमक छ त्यो पनि ध्यान कै कमाल हो। अहिले पश्चिमा देशहरु मानशिक रोगका शिकार भएका छन्। सयौ थरिका औषधिको प्रयोग पछि अहिले आएर ध्यान नै यसको सहि उपचार हो भन्ने निष्कर्षमा पुगेका छन्। मैले पनि ध्यान गर्न शुरु गरेको छु। हजुर जस्तै घन्टौ मन स्थिर गरेर बस्न त सकिरहेको छैन तर कोशिष गर्दैछु। मनमा धेरै शान्ति ल्याउदो रैछ। हजुरले ध्यान गर्न नछोड्नुहोला। गुरु महाराज तथा धार्मिक प्रबचनहरु सुन्न नछोड्नु होला। हजुरमा जति ज्ञानको भण्डार छ, त्यसको एक बुद जति पनि हामीमा छैन जस्तो लाग्छ। अहिलेको विषम परिस्थिमा आत्तिनु भन्दा यिनै ज्ञानगुनका कुराहरु सुनेर, ध्यान, योग गरेर दिनहरु काट्दा सबैको कल्याण हुने देख्छु। र म पनि त्यहि गरिरहेको छु।
बुवाले पनि हाम्रो लागि धेरै कुराहरु सिकाएर जानु भएको छ। बुवाको आत्मविश्वास, हटी स्वभाब, काम प्रतिको लगाब, समाज प्रतिको नेतृत्वदाइ भूमिका सबै हाम्रो लागि प्रेरणादायक कुरा हुन्। बुवाको छातीभित्र मायाको सागर थियो तर त्यो सागरलाई उहाले फितलो तरिकाले कहिले देखाउनु भएन। उहाँ नरिवल जस्तै बाहिर कडा तर भित्र नरम हुनुहुन्थ्यो। रसिक र ठट्यौलो हुनुहुन्थ्यो। बाहिरबाट घर आउदा नाम्लो कता राक्ने, कोदालो कता राख्ने, कुन भैसीको दाम्लो चुडिन लागेको छ। कुन भैसीले पेटभरी खान पाएन। यी सबै कुराको निरीक्षण एकैछिनमा गर्नुहुन्थ्यो। हामीलाई हरहमेशा संकार सिकाउनु भयो। हरेक कुरालाई जिम्मेबारीपुर्बक हेर्न सिकाउनु भयो। उहाँ अहिलेका मल्टिनेसनल कम्पनीहरुको म्यानेजर भन्दा कुनै कुरामा कम हुनुहुन्थेन।कामचोरहरु बुवासँग थुरुरुर काम्थे। यहाँ हामीहरुले काम गर्दा आधा घण्टा ब्रेकमा गयो भने त्यो आधा घन्टाको पैसो मिल्दैन। काम गरेको मात्र पैसो आउछ। बुवाले त्यो नियम त उतिबेलै बनाएजस्तो लाग्छ। ठिक टाइममा मेलामा जाने। धेरैबेर ब्रेक बस्न नदिने र कामचोरहरुलाई आफु छेउमै गएर भएपनि पुरा काम लिने। जस्तो सुकै परिस्थितिमा पनि छोराछोरीलाई आफु कमजोर बनेको महशुश गराउनु भएन। लेक देखि बेसी सम्म एक्लो मान्छेले व्यवस्था मिलाएर आठ आठ जना छोराछोरीलाई स्कुल पठाउनु चानेचुने कुरो हैन। त्यो मात्र हैन बुवा सिंगो गाँउको पनि अभिभाबक हुनुहुन्थ्यो। धाब, भेडीखाल्ट, कामिटोला सम्मका मान्छेहरु न्याय माग्न एकाबिहानै आगनमा टुप्लुक्क आइपुग्थे। लोग्ने स्वास्नीको झगडा परे, दुइजनै पालै पालो उजुरी गर्न आउथे। कसैले छोरालाई लाउर पठाउन बाटाखर्च चाइय हजुर भन्दै आउथे। बुवाको आस्कोट आहिलेको सहकारी भन्दा एकरत्ति पनि कमि थिएन। बुवाको पैसो सापटी लगेर कति मान्छेहरु अहिलेको अबस्थामा करोडपति बनिसके।
अहिले हामीलाई दुइजना छोराछोरीको ब्याबस्थापन गर्न महाभारत जस्तै लाग्दै छ। जाबो ग्रोसरी गएर तरकारी लिनलाई बुडाबुडी मानामान र ताकाताक हुन्छ। यसो सोचौ त लेकदेखि बेशी सम्मको खेतीपाती समयमा लाउन र समयमा भित्राउन कति मेहनत र पलानिंग चाहिन्थ्यो होला।
हो, बुवा आमासंग झनक्क रिसानुहुन्थ्यो। मैले पनि सोच्थे बुवाले आमालाई कति हेप्नुहुन्छ। तर हैन रैछ। त्यो त माया पो रैछ। के हामि बेला बेला आफ्नो बुढीसंग झगडा गर्दैनौ र? त्यो भन्दा बेसी गर्छौ होला, कम गर्दैनौ। कतिदिन बोल्दा पनि बोल्दैनौ। तर कारण हेर्यो भने केहि पनि हुदैन सिबाय आआफ्नो इगो अर्थात् घमण्ड। हेरौ त आमा हजुरले छोरा छोरी र घरमा काम गर्न बसेका सहयोगीहरुलाई पनि एकसमान ब्यबहार ब्याबहार गर्नु हुन्थ्यो। सबैको चित्त बुझाउनु हुन्थ्यो। मलाइ याद भएसम्म हजुर रिसाएको मलाइ एउटा पनि समय याद छैन। कसरि समाल्नु हुन्थ्यो घर। दुइ जनालाई खाना बनाउन हामि बुढाबुढीमा कहिले कसो मानामान र ताकाताक गर्छौ। कसरि सक्नुहुन्थ्यो सासु, ससुरा, छोरा,छोरी, आफन्त, छरछिमेक सबैलाई रिजाएर राख्न।अहिले यिनी कुराहरु दन्ते कथा जस्तै भैसके। हामि आफ्नो आफ्नो परिवारको झुण्ड समाल्दा ब्यस्त छौ। एक्ली, सेतै फुलेकी आमालाई एक कल फोन सम्म गर्न भुल्दछौ। यो हामीहरुले गर्ने सबभन्दा ठुलो भुल हो। जो जो भाइहरुले आमाको सेवा गर्न पाउनुभएको छ उहाँहरु पक्कै पनि भाग्यमानी हुनुहुन्छ। उहाँहरुलाई मेरो नमन छ। सम्मान छ।
(बाँकी अर्को चिठीमा लेख्नेछु )…

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home