कोरोनाको कहर
सम्पन्न, सुखी र भब्य शहरहरुका भकारी
एकबर्ष, छ महिना होइन
एकै दिनमा रित्तिए
रकेटले चन्द्रमा र मिसाइले बिश्व चुम्ने देशहरु
हावा खुस्केको बलुन झैँ
एकै छिनमा खुम्चिए
तेस्रो मुलुकमा यात्रा गर्दा
सुई लगाएर जाऊ
टयाब्लेट र भिटामिनका गोलि बोकेर जाउ
भन्ने देशहरु
आफैले सुई र गोलि नपाएर
एकै दिनमा अत्तालिए।
तिनै भब्य शहरहरु
क्षणभरमै शमशानघाट जस्तै
सुन्यमा बिलिन भएका छन्
छिचोल्न नसकिने किराना र होलसेल दुकानहरु
एकै दिनमा रित्तिएका छन्
चाक पुछ्ने कागजको लागि
मुक्का हानाहान छ
मुखमा लाउने पेन्टिको लागि
टाउको ठोका ठोक छ।
यिनै सम्पन्न, शुखि र भब्य शहरहरुको
रंगिन सपना बोकेर उछिट्टिएको म
बर्षभरी नरित्तिने
कोदो र धाँनका भकारिहरु
बाहैमाश पाईने
हरियो तरकारी र फलफूलहरु सम्झदै
रित्ता रित्ता पशलहरुमा
सिला खोजिरहेछु
र ,
तिनै लेक बेशीका उकाली ओरालीहरू
खेतबारीका काल्नाहरु
भीरपाखा र कन्दराहरु
खोलानाला र बगरहरुमा
सुनौलो भबिष्य देख्दैछु।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home