Tuesday, March 3, 2020

नयॉ बर्ष आयो
बियर र रक्सिको बोतल बोकेर
आफ्नै उमेरको मलामि बोकेर
नयॉ सपना र संभाबनाको बोझ बोकेर
केहि थान पटकाहरु पड्किने छन
केहि थान बोतलहरू बढि बिक्नेछन
राजस्व अलि बढि उठ्नेछ
आम मजदुरहरु सदा झै पसिना पुछ्नेछन

मेरो तिन कक्षामा पढ्ने सानो छोरोले सोध्यो
“बाबा ह्वाट वि गोना डु इन न्यू ईएर ईभ?”
मैले भने, “ आई ह्याभ वर्क”
“हु ईन्भेन्ट द जब?”
“रिच एन्ड स्मार्ट पिपुल”
“आर दे रियली स्मार्ट बाबा?”
“ आई थिन्क सो”
“नो दे आर नट”!
“हाऊ कम?”
“ईफ दे आर स्मार्ट, दे लेट यु सेलिब्रेट विद अस,

मेरो सानो छोराको निर्दोस तर्कमा दम थियो
उसलाई पनि बाबा संग नयाबर्ष मनाउने मन थियो
सायद बाबाले कुनै मन पर्ने लेगो किन्दिनुहुन्छ भन्ने आशा थियो
घर भन्दा टाडा घुम्ने रहर थियो
आफ्ना तमाम रहरहरुलाई निमोठ्ने संग गुनासो थियो
नयाँ बर्षमा पनि एकदिन छुट्टी दिन नसक्ने बोस संग रोष थियो

छोराको मनको कुरा मेरो मुटुमै चसक्क लाग्यो
झोला बोकेर काममा जाने आँट गर्न सकिन
चोरजस्तो बोश संग सोधेर बिदा माग्न मनले मानेन
मन आटिलो बनाएर काममा नजाने निर्णय लिए मनमनै
तर महंगो घरभाडा, ग्रोसरी, गाडीको इन्सुरेन्स
सबै सबै आखाँ अगाडी नाच्न थाले
काम खोज्दा पाएको पिडाले छाती चस्कायो
लुते कुकुर झैँ निन्याउरो मुख लगाउदै निस्के घरबाट

दिनभर उभिएर, तन्ग्रिएर, घोप्टिएर नयाँ वर्ष मनाए
छोरा छोरी संगै शिर झुकाएर अबेर घर फर्किए
हेप्पी निउ ईयर बाबा भन्दै थिए छोरा छोरी
मेरो मन भरि भयो खै के पो भनु कसरि भनु
समबोडी क्रिएटेड द जब "दे आर फूल्स"
तिमीहरुकै भबिष्यको लागि हो यो 'फुल्स' हरुको काम मा जानु परेको
मन रुदा पनि ओठ लेप्राउदै हिडेको।





0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home