साथि
साथि त्यो हो जो मेरो प्रगति देखेर दुखि हुन्छ
एक गिलास बढी पिए खुशि हुन्छ
रेस्टुरेन्टमा टन्न खाको बिल पनि उसैले तिरोस भन्छ
साथीकै गर्ल फ्रेन्डसंग ठुला ठुला गफ जोत्छ
मन परेको बेला ज्यान दिन्छु भन्छ
रिस उठेको बेला ज्यान लिन्छु भन्छ
चिल्लो गाडी किनेको दिन अनुहार मलिन पार्छ
कसैले सोध्यो भने भेटेकै छैन रे
'तिमीहरु त मिल्ने साथि हौ' भन्दा हैन रे
एक्लै हुदा फोन गरिहाल्ने
पिर परेको दिन दुखेसो सुनाउने
तर पनि खै किन किन
म खुसि हुदा ऊ रिसाउने
म दुखि हुदा उ खुसाउने
तर पनि यो सबै कुरा भन्न नहुने
साथिको प्रगति हुदा 'कंग्राचुलेसन' त भन्ने पर्ने
दुख पर्दा सान्तोना पनि दिने पर्ने
खै किन किन साथि जाति नहुने
जतिसुकै मिलनसार भएपनि आफु भन्दा माथि नहुने।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home