रुविना
मध्यरात। -३२ डिग्री सेल्सिअसको जाडो। सडकहरु हिउँले सेताम्मे मात्र हैन सिसाको सिंङ्गो चिप्लेटी बनेका छन्। सुनसान रातमा एक दुइवटा गाडीहरु बाहेक मान्छेको त कुरै छोडौ चरो मुसो पनि देखिदैन। घर घरका चिम्निहरुबाट धुवा जसरि बाफ उडिरहेको छ निरन्तर क्षितिज तिर।
एउटा हातमा खानाको सानो झोला र अर्को हातमा पर्स समातेर घरभित्र छिर्छे रुविना । यो उसको जागिर खाने घर हो। त्यो घरमा दुइजना अधबैसे केटाहरु बस्छन नोडिन र गेरोनिमो । उमेरले मात्र अधबैसे हुन् उनीहरु। बुद्धि र विवेकका हिसाबले केटाकेटी नै छन्। शरीरको ओजन क्विन्टल भन्दा बेसी छ । खाना जति खाए पनि नपुग्ने। उठेदेखि नसुतुन्जेल भोक लाग्यो, भोक लाग्यो भनिरहने। फ्रिजबाट काँचो मासु समेत झिकेर खाने भएकोले फ्रिजमा साँचो लगाएको छ। बेलाबेलामा होस पाउदैनन् केटाहरु। उस्तै परे चक्कु झिकेर हान्न आउने भएकोले किचन क्याबिनेटमा पनि ताल्चा लगाएको छ।
घरको एउटा कुनामा एउटा सानो कोठा छ। यो उसको अफिस हो । अघिल्लो सिफ्टमा काम गर्ने स्टाफसंग दिनभरिको गतिबिधिको बारेमा जानकारी लिन्छे। औषधिहरुको रुजु गर्छे। पैसा ,चुरोट गिन्छे र कागतमा हस्ताक्षर गर्छे। त्यसपछि कम्प्युटरमा हाँजिरी दर्ता गर्छे।
डकुमेन्टको काम सकेपछि ऊ सरासर किचनमा जान्छे र जुठा भाँडाहरु माझ्छे । झाडु लगाउछे। केटाहरुलाई औषधी खुवाउने बेला भएकोले कम्प्युटरबाट उनीहरुको औषधि रुजु गरेर पालै पालो खान दिन्छे। उनीहरुले औषधि निले ननिलेको कन्फर्म गर्नको लागि उनीहरुलाई आँ गर्न लगाउछे। जिब्रोको तल तर्कुलोसम्म हेर्छे। निलेको पक्का भएपछी कम्प्युटरमा पुन रुजु गर्छे। त्यसपछि केटाहरु आआफ्नो कोठातिर सुत्न जान्छन।
सबै काम सकेर रुविना सोफामा गएर आराम गर्छे। फोनमा फेसबुक खोल्छे र हेर्दै साथीहरुका फोटाहरु लाइक, कमेन्ट गर्दै जान्छे। कसैले पार्कमा गएर खिचेका फोटाहरु अपलोड गरेका थिए भने कसैले रेस्टुरेन्टमा खान खादै गरेका फोटाहरु टाँसेका थिए। उसको भुतपुर्ब लोग्नेले फोटो उपलोड गरेको थियो नयाँ गर्लफेरेन्डसंग। उतिखेरै हटाइ साथीको लिस्टबाट। मनभरि कुरा खेले उसका । बितेका दिनहरु आँखा अगाडी नाच्न थाले। रातिको सिफ्ट भएपनि, ऊ सुत्न पाउदिनथि ।रातभर जागाराम बस्नु पर्थ्यो। तर कहिलेकाँही भने सोफामै निदाइदिन्थि उ।

त्यो दिन सोफामा यसो के पल्टेकी मात्र के थिइ उ, नोडिन उठेर बाहिर निस्क्यो। उसले नोडिनलाई बाहिर जानबाट रोक्न खोज्दै भनी, 'नोडिन , तिमिलाई रातिमा बाहिर जान मनाइ छ। त्यसमा पनि तिमि एक्लै कतै निस्कन पाउदैनौ। '
नोडिन सुनेको नसुने झैँ गरेर जाकेट र स्नो बुट लगाउन थाल्यो।
" नोडिन , तिमीले सुनेनौ कि मैले भनेको ? तिमि जुत्ता खोल र कोठामा गैहाल। बाहिर तिमीलाई खतरा हुन्छ। चिसो र चिप्लो छ। पसलहरु बन्द छन् यतिबेला।"
" यु क्यान्ट टेक माइ लिबर्टी अफ । आइ एम अ फ्री म्यान ," केलेचीको मुखमै नहेरी भन्यो उसले र सरासर बाहिर लाग्यो ।
सडक सुनसान थियो। दुइ दिन देखि हिउँ परेकोले गर्दा सडकभरि हिउँ थुप्रिएको थियो। रुविनाले ऊ पर पुग्दासम्म झ्यालबाट हेरी। प्रोटोकल अनुसार उसले आफ्नो म्यानेजरलाई फोन गरेर रिपोर्ट गरि। कम्प्युटरमा पनि घटना विवरण टाइप गरि र पुन: सोफामा पल्टेर फोनमा गीतहरु सुन्न थाली।
करिब आधा घण्टा पछि नोडिन फर्कियो र सरासर कोठाभित्र गयो। म्यानेजरलाइ पुन: रिपोर्ट गरि उसले। नोडिन कोठाभित्र पसेपछि बाहिरको ढोका लगाइ र अफिसमा गइ। केस नोट बनाइ र इमेल गरी।
रात बित्दै जाँदा उसले आफ्ना छोराछोरीहरुलाई सम्झन्छे। दश बर्षकी छोरी आँठ बर्षको छोरा एक्लै छन् घरमा। साथीको छोरी आउछे उनीहरुसंग सुत्न। एक महिनाको लागि भनेर अनुरोध गरेकी थिई बिनासङ्ग रुविनाले ।
लोग्ने संग छुट्टिएको करिब दुइ बर्ष पुग्यो। यसरि छुट्टिनाको मुख्य कारण नयाँ बर्षको त्यो रात थियो जुन रात रुविनालाई उत्तमले साथि जफारीसंग आफ्नै कोठामा भेटेको थियो। बास्तबमा त्यो कर्ण र भानुमतीको जस्तै संयोग थियो। तर उत्तम दुर्योधन नभई राम बन्न पुग्यो। त्यो दिनदेखि उनीहरुको बीच एकले अर्कोलाई आरोप लगाउने र झगडा गर्ने क्रम चलिरह्यो। अन्तत: रुविनाले नै एक्लै बस्ने निर्णय गर्न बाध्य भई। उसलाई ओंन्टारियोमा बस्न सम्म मन लागेन र अन्तत ऊ एड्मन्टन मुभ गरी।
सोच्दा सोच्दै कुर्चीमा निदाउन लागेकी हुन्छे ऊ, बाहिर टिभीको ठुलो आवाज आउछ। ऊ बाहिर निस्कन्छे हतार हतार। गेरोनिमो उठेर टिभी खोलेको रहेछ। ऊ चरनाम नाग्गै थियो।
गेरोनिमो चालीस बर्षको छ। मानसिक बिकास राम्रोसंग नभएको बिरामी हो। उसलाई बोल्न प्रस्टसंग आउदैन। हात एकोहोरो चलाइरहन्छ अर्थात् दाइने हातले देब्रे हातको औलाहरु भाँचिरहन्छ। राम्रो संग हिड्न आउदैन। दिमागको विकास राम्रोसंग नभएकोले गर्दा दिशा पिसाब जहाँ लाग्यो त्यहिँ छोद्दिन्छ। त्यसैले गर्दा पनि रुविनाले उसको डाइपर बारम्बार फेर्दिनु पर्छ। कहिलेकाँही त उसले एक्कासी टाउको टेबल, भुइँ तथा भित्तोमा ठोक्छ। यस्तो बेला उसले नजिक भएको मान्छेलाइ पनि एकदुई मुक्का ठोक्न पनि भ्याउदछ। रुविना यस्तो अबस्थामा कतिपल्ट त पछाडिको ढोकाबाट बाहिर भागेर ज्यान बचाएकी छ। बेला बेलामा शरीरमा भएको सबै कपडा फुकालेर कम्मरमुनिको मांसपिण्ड खेलाउदै हिड्छ।
'हाइ बिहेभियर' अर्थात् आक्रामक भएको बेला रुविनाले औषधि दिन्छे उसलाई। तरपनि आजकल औषधिले त्यति असर गर्दैन।
रुविनाले गेरोनिमोलाई कोठामा जान भन्छे। तर उसले टेर्दैन। उसको देब्रे आँखो काँनो छ भने दाईने खुट्टो छोटो छ। एउटा खुट्टो भुइमा लतार्दै बैठक कोठामा यता र उता डुलिरहन्छ। रुविना उसलाई पुन कोठामा जान अग्रह गर्दै टिभी बन्द गर्दिन्छे।
त्यसपछि ऊ खानाखाने टेबलमा गएर बस्छ। उसलाई बोल्न नआउने भएकोले उसको हाउभाउ बुझेर ब्यबाहार गर्नुपर्ने हुन्छ। रुविनाले फ्रिजबाट पुडिंङ्ग निकालेर दिन्छे। खादैन उसले। एकोहोरो भित्तोतिर हेरेर बस्छ। एकैछिन पछि एकोहोरो चिच्याएको आवाज निकाल्छ। रूविना अलि सतर्क भएर बाहिर निस्कने र ढोकानिर गएर उभिन्छे। गेरोंनिमोले एकैछिनमा डंग डंग टाउको ठोक्छ टेबलमा। हेर्दा हेर्दै उसको निधारबाट रगत बग्छ थाल्छ। रुविना डरले बाहिर भाग्छे। बाहिरबाटै म्यानेजरलाई फोन गर्छे र तुरुन्त इमर्जेन्सीमा पनि कल गर्छे।
केहीबेरमा एम्बुलेन्स पनि आइपुग्छ। त्यतिबेलासम्म गेरोनिमोको अनुहार रगतले लत्पतिएको थियो। बडो होसियारिकासाथ स्वाथ्यकर्मीहरुले उसलाई उठाएर एम्बुलेन्समा राक्छन। प्राथमिक उपचार पश्चात् उसलाई हस्पिटल लैजान्छन।केलेचीले सबै रिपोर्ट तयार गर्छे। यति गर्दा गर्दै उज्यालो हुन्छ।

नोडिन उठिसकेको हुन्छ त्यतिन्जेलसम्म। उसलाई ब्रेकफास्ट बनाएर खान दिन्छे। औषधि पनि दिन्छे। सात बजे बिहानको स्टाफ, वोसागी बिहानको सिफ्टकोलागि आउछ। सबै कुरहरुको डिब्रिफिंङ्ग गरेर उ घर फर्कंछे। छोरा छोरीलाइ लन्च तयार गरेर डिब्बामा हाल्छे। ब्रेकफास्ट खुवाएर स्कुल पठाउछे।
सबै काम सकेर दश बजेतिर सुत्छे तर रातको घटनाले गर्दा उसलाई निन्द्रा पर्दैन। दिनभर के के सोची के के। उठेर बेलुकाको खान तयार गरि र छोरा छोरीलाइ ल्याउन स्कुल गइ। स्कुल नपुग्दै उसलाई काम गर्ने हेडअफिसबाट फोन आउछ। केलेचीले चिट चिट पसिना काड्छे। उसलाई म्यानेजरले त्यो रात काममा नजान र भोलि अफिस आउनको लागि फोन गरेको थियो। त्यतिबेला रुबिनाले आफ्नो जागिर चट भैसकेको महशुस गरिसकेकी थिई।
भोलि बिहान उ केटाकेटी लाइ स्कुल पुर्याएर अफिस जान्छे। केहीबेरको कुराइ पश्यात उसलाई एउटा सानो कोठाभित्र बोलाइन्छ र म्यानेजरले सोध्छ," ह्वाट ह्यापेन्ड लास्ट नाइट? टेल मि एभ्रिथिंग इन डिटेल। "
उसको छातीमा धक धक बढ्न थाल्छ। चिट चिट पसिना छोड्दै भन्छे, " आइ ह्याव मेन्सन अलरेडी इन द रिपोर्ट। "
"डीड यु फलो द पर्सिजर?"
"एस, आइ डीड। "
" नो, यु डीड नट। "
रुविना चुप्प लाग्छे। एकमनले सोच्छे मुखभरिको जवाफ दिन्छु। यसै जागिर गयो, उसै गयो। फेरी अर्को मनले भन्छ, 'कुल डाउन'। 'अर्कोको देशमा भोलि पनि जागिर खोज्नु पर्छ।'
म्यानेजरले फाइलबाट एउटा कागत निकाल्छ र साइन गर्न भन्छ, "दिस इज योर फस्ट रिटन अप। इफ यु डोन्ट लर्न फ्रोम दिस, आइ हाभ टु टर्मिनेट योर इम्प्ल्योइमेन्ट। '
उसलाई रिंगटा लाग्छ। अध्यारो मुख बनाएर कागजमा साइन गर्छे।
" आइ ह्याभ यु स्केजुअल्ड टु द नेक्ट् हाउस फ्रम टूमोरो। यु क्यान रेफुज इफ यु डोन्ट लाइक", चिसा आँखाले रुविनालाई हेर्दै भन्छ।
रुविनालाई एकैछिन पनि त्यहाँ बस्न मन लागेन। बाइ पनि नभनी निस्की।
रुविना भोलिपल्ट काममा गइन। बरु बायोडाटा बोकेर लागि अर्कै काम खोज्न। वाल्मर्ट , होम डिपो , सबवे , म्याक्डोनाल्ड कता कता मात्र पुगिन ऊ। "जागिरमा कसैले बोलाएनन्। काम खोज्दा खोज्दै महिनौ बित्यो। सिफ्टको काम मात्र भेटिन्थ्यो , तर उसको समय मिल्दैनथ्यो । छोरीहरुलाई एक्लै घरमा छोडेर रातिमा काम नगर्ने निर्णय गरेकी थिई उसले। बिहान आफै स्कुल पुर्याउन पर्थ्यो अनि बेलुका लिनजानु पर्थ्यो।

एकल महिला भत्ता मिल्थ्यो सरकारबाट। त्यसैमा छोराछोरीकोलागि सरकारले दिने भत्तासमेत गरेर पनि जोडेर खान र बस्न मुस्किल पर्थ्यो उसलाई।
काम छोडेको करिब एकमहिना पछि 'हेनरी केयर सेन्टर' बाट इन्टरभिउको लागि फोन आयो। बाक्लो हिउ परेको र बाटो चिप्लो थियो। आधा बाटो नपुग्दै गाडी चिप्लियो र सडक छेउको पोलमा ठोक्कियो। तर उसलाई भने केहि भएन। पुलिसलाई कल गरि। केहीबेरमा पुलिस आइपुग्यो । पुलिसले उल्टै पोलमा क्षति पुगेको भन्दै दुइसय पचास डलरको टिकट हातमा थमाएर पठायो। इन्टरभिउ पनि छुट्यो। दशा लागे दश थोक हुन्छ भने झैँ भयो उसलाई ।
उसलाई रातमा निन्द्रा पर्न छोड्यो। भोक लाग्न छोड्यो। छोरीहरुको भबिश्यको चिन्ताले दिन दिनै गल्दै गई । डाक्टरले डिप्रेसनको औषधि खाने सुझाब दियो। एन्टीडीप्रेसान्ट खान थाली। उसका साथीहरुले 'काम गर्यो भने सबै ठिक ह्न्छ, हामि काम खोज्दिन्छौ भन्थे। तर उसले काम नपाएकी कहाँ हो र। तर आफ्नो समयमा काम काम खोजेकी थिई।
एकजना चिनेको नेपालिको रेस्टुरेन्ट थियो चर्चिलरोडमा। उनले रेस्टुरेन्टमा राति बाह्र बजेसम्मको सिफ्टमा काम गर्न बोलाए। काम सबै गर्न पर्थ्यो। भाँडा धुने , भुइँ पुछ्ने, कुकलाई काटकुट गर्न सहयोग गर्ने, खान सर्विस गर्ने सबै काम गर्न पर्दथ्यो। तर पनि ऊ खुसि नै थि। ट्याक्स कटाएर दुइहजार डलर हात पर्दथ्यो। त्यो पैसाले भाडा, ग्रोसरी र अन्य खर्च चलाउथि।

काम गर्दा गर्दै त्यहिँ काम गर्ने सेफ अशोकसंग माया पिरिम बस्यो। अशोकको पनि आफ्नै कथा ब्याथा थियो। चार महिना अघिमात्र इन्डियाबाट क्यानाडा आएको थियो ऊ। नेपालमा एउटी छोरी थिइ। ऊ इन्डियामा हुदै उसकी श्रीमतीले छोडेर जिपको ड्राइभरसँग हिडेकी थिई। सबै कुरा न रुविनाले उसलाई सुनाइ न उसले रुविनालाई।
छोरा छोरी हुदैमा र उमेर ढल्कदैमा मायापिरिम गर्न नहुने त कहाँ पो थियो र। फेरी प्रेम भन्ने जातै अनौठो न उमेरले छेक्ने, न जातले। रुविनाले पनि डेटिङ्ग सुरु गरि अशोकसंग। बिस्तारै डिप्रेसनको गोलीहरुसंग डिभोर्स भयो उसको। छोरा छोरीहरु पनि हुर्कदै गए। काम गर्दा गर्दै पुराना दिनहरु बिर्सदै गई उसले।
रेस्टुरेन्ट प्रत्यक सोमबार बन्द हुन्थ्यो। रेस्टुरेन्ट बन्द भएको दिन उनीहरु कहिले सस्काचेवन नदीको किनारमा गएर कन्चन पानीसंग आफ्नो प्रेम मिसाउथे भने कहिले शहरका विभिन्न मलहरु घुम्न निस्कन्थे। तर छोराछोरीहरुको स्कुल छुट्ने बेला घर फर्की सक्थे उनीहरु। अशोक पनि उसका छोरीहरुलाई आफ्नै जस्तै गरेर माया गर्दथ्यो। त्यो माया स्वतस्फुर्त थियो। कुनै दिन पनि रुविनाले उसँग सर्त राखेर प्रेम गरेकी थिइन। छोरीहरुलाई स्विकार्छौ कि स्वीकार्दैनौ भनेर पनि सोधिन। सायद उसलाई राम्रोसंग थाहा थियो सच्चा प्रेममा कुनै सर्त हुदैन भनेर। छोरीहरुलाई लिएर ट्री हाउस घुम्न निस्कन्थे। उनिहरुसंगै आइसक्रिमको मज्जा पनि लिन्थे। ट्री हाउसमा लुकामारी गर्दै गर्दा लुकेर सुटुक्क चुप्पा चाप्पी गर्न पनि भ्याउथे।
एकदिन रुविनाले अशोकसंग आफ्नै रेस्टुरेन्ट खोल्ने प्रस्ताब राखी। उसको प्रस्ताबले अशोकलाई सोच्न बाध्य बनायो। काम गर्ने रेस्टुरेन्टको साहु पनि उसको आफन्त नै थियो। काम छोडिहाल्ना सजिलो थिएन। तर रुविनाले उसलाई " बिजनेसमा कोहि पनि आफन्त हुदैन। सधैभरि आफन्त भन्दै अर्कोको काम गरेर मात्र पनि हुदैन। यो दुनिया सबै स्वार्थी छ। हामि दुवै जना काम गर्न सक्षम छौ। आफ्नै रेस्टुरेन्ट खोलौ" भनेर सल्लाह दिई । अशोकलाई पनि रुविनाको कुरा सहि लाग्यो। सोच्यो 'आफ्नै अङ्कल भनेर के गर्ने काम गरेको तलब भन्दा कहिले नाफाको एक पैसो दिने हैन। " नो रिक्स, नो गेइन। " अलिकति पैसो लाइन अफ क्रेडिटबाट र अलि अलि दुबैजनाको सेभिङ्गबाट लगानी गर्ने सल्लाह गरे उनीहरुले।
करिब दुई महिनाको निरन्तर खटाइ र खोजाई पछि रुविना र अशोक मिलेर "द हिमालय इटरी ' नामक रेस्टुरेन्ट खोले । रात दिन खटेर काम गरे। दुइ जना स्टाफ पनि राखे। रेस्टुरेन्ट रिभरसाइडमा भएकोले गर्दा स्प्रिंग देखि अटम सम्म बेसरी चल्थ्यो। रुबिनाले पनि सक्दो मेहनत गरि पाउनाहरु रिझाउन। रेस्टुरेन्टको इन्टेरियर डेकोरेसन पनि नबिन र मौलिक बनाए।

अशोकले किचनको सबै कुरा म्यानेज गर्दथ्यो भने रुविनाले बाहिरको सबै समाल्थी। तिस जनाको डाइनिंग, आइल्याण्ड बारको साथै उबर र स्किप द डीसेस राखेका थिए। एक दुइ महिनाको पापड बेलाई पछि रेस्टुरेन्टले राम्रो पिक अप लियो। टेक आउट पनि धेरै नै बिजी हुन थाल्यो। ब्यापार राम्रो भएकोले गर्दा उनीहरुले बैंकको ऋण पनि समयमै तिर्न सके। दुवैजना मिलेर रिभर भ्यालीमा एउटा घर पनि किने ।
सबै कुरो सोचेजस्तै हुदै गएपछि एकदिन आफ्नै रेस्टुरेन्टको पार्टीहलमा दुबैजनाले भब्यसंग बिबाह गरे। चिनेजानेकाहरू सबैलाई निम्तो पनि गरे। रुविनाका दुइ छोरा छोरीहरु पनि संगै थिए । एकातर्फ आफ्ना छोराछोरीहरु र अर्कोतर्फ अशोकलाई राखेर कशम खाई । उनीहरु चार पाँच महिनादेखि संगै बस्न थालेका थिए भने अशोकले पनि उनीहरुलाई आफ्नै छोराछोरी जस्तै मायाँ गर्थ्यो।

बिहे गरेको पाँच महिनामै रुविनाले घोर्ले छोरो पनि जन्माई।
सुत्केरी भए संगै उ घरमा बस्न थाली। अशोक एक्लै घर र रेस्टुरेन्ट खट्न थाल्यो। उ बिहान चार बजे उठ्थ्यो। श्रीमतीको लागि खाना तयार पार्थ्यो र काममा निस्कन्थ्यो। बिहान पाँच बजेदेखि राति बाह्र बजेसम्म लगातार खट्दथ्यो। रुविनाले ले धेरै कुरा थामेकी थिई किचनमा, तर उसको अनुस्पथिमा किचनमा काम गर्ने दुइजना मान्छेहरु पनि अलमल मात्र पर्दथे। उबर र स्किप द डिसेस बाट उसको धरै अर्डर आउथ्यो। बाहिर नयाँ स्टाफ राखेको थियो तरपनि बिजी भएको बेला रेस्टुरेन्ट कच्ची सडकको गाडी झैँ लर्खराउथ्यो।
घरमा पनि रुविनाले एक्लै सबै गर्न परेको थियो भने रेस्टुरेन्टमा भने जस्तो ब्यापार भएको थिएन। भएको ब्यापारबाट घरको मोर्ट्गेज तिर्न पनि धौ धौ पर्न थाल्यो। एक महिना नहुदै केलेचि रेस्टुरेन्टमा काम गर्न थाली। केलेची काममा फर्के लगतै ब्यापारले पिकअप लिन थाल्यो। घर र बिजनेस दुबैतिर मिलेर संघर्स गरे दुवै जनाले। यो उनीहरुलाई सजिलो पक्कै पनि थिएन, तर उनीहरुको दृढ इक्षासक्ति र अनुशासनले यो सबै सम्भब भएको थियो।
एकदिन अशोक साथीको निम्तोमा क्यालगरी गएको थियो। कार्यक्रम सकेर फर्कने क्रममा ठुलो हिमपात भयो। बाटो हिउले गर्दा चिप्लो र धुमिल थियो। बीचबाटो नपुग्दै भित्रि बाटो जोडिने ठाँउमा एक्कासी गाडी ट्रकसंग ठोक्किन पुग्यो बाटोदेखि केहितल खस्यो। र एकैछिनमा गाडीमा आगो लाग्यो।
केहीबेरमा एम्बुलेन्स र दमकल आइपुग्यो। तेतिन्जेल अशोकको शरीर धेरैजसो जलेको थियो। मेडिकल टोलीले उसलाई अस्पताल लग्यो। गाडी पूर्णतया जलेर ध्वस्त भैसकेकोले गर्दा पुलिसले उसको परिचय पनि पत्ता लगाउन सकेन।
उता रुबिनाले भने अशोकलाई दिनभर कुरिरही। फोन गर्ने कोसिस गरि तर फोन उठेन। उसले अशोकको साथीहरुलाइ समेत फोन गरि। अशोक क्यालगरीदेखि हिडिसकेको पत्ता लागता पनि उ कता गयो , कहाँ छ केहि पत्तो लागेन। सधै केहीबेर ढिलो हुदा बितिकै फोन गरेर जानकारी गराउथ्यो रुविनालाई। आज गरेन।
राति अबेर सम्म पनि अशोक नफर्केकोले उ पुलिसचौकीमा रिपोर्ट गर्न गइ। प्रहरीहरुले अनुसन्धान गरेर मात्र खबर गर्ने भनी घर पठाए। रातभर निन्द्रा लागेन उसलाई। उसका साथिभाइहरुलाइ फोन गरेर सोधी। अहँ कतैबाट पनि केहि पत्तो भएन। भोलि पल्ट पुन पुलिस चौकी पुगी रुविना ।
केहीबेरको पर्खाइपछि महिला पुलिस आएर उसलाई भित्र लगी। पुलिसको कुरा नसकिदै बसेको कुर्चीबाट भुइमा लडी रुविना। धेरैबेर सम्म पनि होस आएन उसलाई। तुरुन्त एम्बुल्लेंन्स बोलाएर अस्पताल पठायो पुलिसले । केहिदिन ट्रमा सेन्टरमा उसको उपचार भयो। तिनदिन पछि मात्र ऊ घर फर्की। रित्तो थियो घर। छोराछोरीहरु सबै साथीको घरमा थिए।
घरबाट निस्केर सस्काचेवन नदीतर्फ पाइला बढाई रुवीनाले । पुलको छेउमा धेरैबेर उभिई ऊ। कालो चिकाडी र सानो भागेरा हिउँमा चारा खोज्दै थिए। सेतो खरायो उसको खुट्टा छुदै खोलातिर झर्यो। उसले छोरा छोरीहरु सम्झी। नदीमा पानी सिसा झैँ जमेको थियो। पानीमा आफ्नो बिम्ब देखी। छोराछोरीले आँमा भनेको आवाज कानमा ठोक्कियो।
उसले पछि फर्केर हेरी। छोराछोरी आफैतिर आउदै थिए। उनीहरुको पछि पछि थियो उत्तम। सानो छोरो बोकेर उसकै साथि बिना पनि संगै आइरहेकी थिई।
उसलाई सपना हो कि बिपना छुट्याउन मुस्किल पर्यो। कतै सपनामै छु कि भन्ठानेर दाइने हाँतले बिस्तारै देब्रे गाला चिमोटी। त्यो सपना नभएर बिपना नै थियो। उसको एक्स लोग्ने उत्तम श्रेष्ठ । आफ्ना बाउआमाले रोजेर हात थमाइदियेको उत्तम पुरुष। बिगत सिनेमाको रिल जस्तै फनफनी घुम्दै उसको आँखा अगाडी नाचिरह्यो। उ किंकर्तव्यविमुढ बनेर उभिरही।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home