आधुनिक कवि म
म कविता लेख्न खोज्छु
कबिताले कविको तिखो कलम खोज्छ
तिखो कलमले तिखारिएका शब्दहरु खोज्छ
शब्दहरुले ओजिला भावहरु खोज्छन्
म शब्दकोशभित्र परेवाले पराल ठुँगे झैँ शब्दहरु ठुँग्छु
र ,
म भेट्छु अक्षरहरुको गुजुल्टो
सुगन्धरहित फूलहरु झैँ
त्यसै झोक्राइरहेका
बगरका ढुङ्गाहरु झैँ
सदियौदेखि लम्पसार सुतिरहेका
म तिनै बास्नाहिन फूलहरुमा सुगन्ध भोर्न चाहन्छु
तिनै ढुङ्गाहरुमाथि छिनो चलाउन खोज्छु
तर म भेट्दिन,
फुल र सुगन्धबिचको मेल
त्यसैले,
मेरा कबिताहरु
तिनै सुगन्धहिन फुलहरु जस्तै तिरस्कृत छन्
बगरका ढुंगाहरु झैँ निस्प्राण छन्
तरपनि म,
तिनै सुगन्धहिन फूलहरु जोडेर
माला बनाउने कत्रो दुश्साहस गर्दैछु
र ,
मेरा प्रिय पाठकहरुलाइ जबर्जस्ति भिराइदिन तल्लिन छु
आकृतिबिनाका कठोर ति ढुङ्गाहरुले
उनीहरुको कोमल हृदयलाई ठोक्न उद्दत छु
किनकि,
म बिबश छु
आफ्नै रहरले गर्दा
त्यसैले त भावभङ्गुर मेरा शब्दहरुले
आफैलाई गिज्याए जस्तै लाग्छ
नाकमा नमिठो गन्ध ठोकिए जस्तै लाछ
दाँतमा ढुङ्गा घोटिएजस्तै लाग्छ
तरपनि म,
कनिकुथी गर्दै
शब्दहरुको ताँती लगाउछु
बाङ्गाटिङ्गा लाइनहरु कोरेर
मेरो संकुचित परिभाषाभित्र कविताको आकृति दिन्छु
र,
आफैले आफैलाई कबि सम्बोधन गर्दै
घिरौलाजत्रो नाक बनाउछु
नेताजीलाइ बोलाएर कविताको बिमोचन गराउछु
पत्रकारलाई बोलाएर प्रचार गर्न लागाउछु
उस्तै परे अर्को बर्ष
प्रज्ञा पुरुस्कार हात पारेरै छोड्छु ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home