जलान्धरे (II)
४.
सन्ते बारीबाट घाँस ल्याएर फर्किदा पुलिसहरु गैसकेका थिए। झुम्री पिडिमा बसेर डाँको छोडेर रुदै थिई। उसले घाँसको भारि बिसायो। गोठमा एउटा थारो भैसी, एउटा बकेर्नो र दुइवटा गोरु थिए। थारो भैसी चिल्लो चिल्लो थियो भने बकेर्नोको पुच्छरमाथि सिङ्ग झैँ हड्डी उठेको देखिन्थ्यो। अघिल्लो महिना दाहेका दुइटा बाच्छा भने पुट्ट पेट उठेका फुर्तिला देखिन्थे। सन्तेले कमिजको बाहुला कुहिनो माथि पुर्याएर गोबर सोर्यो। भर्खर काटेर ल्याएको घाँसमा बाँसि घाँस थपेर दुई दुई मुठी भकारोतिर फाल्दियो। बस्तुभाउले पुच्छर हल्लाउदै घाँस मर्काउन थाले। घाँसको भारीबाट नाम्लो र रसी थुत्यो र सरासर घर भित्र पस्यो। अगेनामा आगो बोलेको थिएन आज। सबै सामानहरु छरपस्ट भुइभरि छरिएको थियो। माटाको घैटो फुटेर दुइटुक्रा भएको थियो। भाउन्न छुट्यो उसलाई।सरासर बाहिर गयो र रुदै बसेकी स्वानीलाई लात्ताले ड्याम्म ढाडमा हान्यो,' तलाई अलक्षिनी, बौलाइस कि के हो ? किन भाँडाकुडा जताततै छरेर यहाँ बसेर नाटक गरेकी?'
झुम्री झन् बेसरी डाँको छोडेर रोही। ऊ रोएको सुनेर जुठेल्नाको थाक्रोबाट एकजोडी जुरेली उडेर बारीतिर गए। कालो ढाँडे पुच्छर माथि उठाउदै कुलौसोतिर पस्यो। गोठबाट रुपा भैसी ड़वाआ गरेर कराएको आवाज पखेराहरुमा गुञ्जियो। तर ,गाँउ सुनसान थियो। सधै खरबारीमा लोक भाकामा गित घन्काउनी रुनमाया आज घाँस काट्न आएकी थिईन। जुम्रिको आवाज बिस्तारै सुक्क सुक्कमा परिणत भयो। सन्ते के गर्ने, के नगर्ने अलमलमा पर्यो। सन्तेको पारा अलि सेलाएपछि झुम्रिको नजिकै गयो।
'जे हुनु भयो, नरो अब। बरु भन यो सबै कसरि भयो। '
झुम्री बसेको ठाउबाट उठेर आगनको डिलमा गई र बारितिर भलाक्न थाली।एकछिन पछि सन्तेतिर फर्केर उसको मुखमा नहेरी भनि, 'तिमि बारीमा गएपछि पुलिस आथे घरमा। सबै सामान हुर्याएर गए। कुरै नबुझी मलाई कुट्छौ। बरु मार्देउ मलाई , हाइसन्चो हुन्तो । '
'भो भो जे हुनु भयो। हिन् भित्र। आगो फुकेर खाना बना। मैले सामानहरु मिलाउछु। '
झुम्रिले किटको कसौडीमा आटो बसाली। सिल्टिको दिउरिमा सिन्कीको झोल उमाली। सन्तेले छरपस्ट भएका सामानहरु एक एक गर्दै राख्यो। धेरैबेर सम्म बोलेनन दुबैजना। नबोली नबोली झुम्रिले आटो पस्केर दिई। सन्तेले स्वाद पायो कि पाएन, एक चैलो थपेरै खायो।
सन्ते हाँत चुठ्नलाई जुठेल्नोमा उभिएको मात्र थियो तिन जना पातला पातला, निचोरेको कागती जस्तो अनुहार भएका, टाटेपाटे कपडा लगायका, काँधमा बन्दुक भिरेका केटाहरु आँगनभित्र पसे। एउटा कुलेसोतिर पस्यो। अर्को आगनमै उभिएर तलमाथि हेर्न थाल्यो। तेस्रो चाही सन्तेको अगाडी आएर उभियो।
'पुलिसहरु आएको थियो कि नाइँ आज ?'
'हजुर उनीहरु आएको थियो रे। म घरमा थिन। सबै सामानहरु फालेर , फुटालेर गएछन। '
'के के सोध्यो उनीहरुले ?'
'मलाई थाहा छैन हजुर, म स्वास्नीलाई बोलाइदिन्चु । ' त्यहिबेला झुम्री जुठा भाडाहरू बोकेर भित्रबाट निस्की। आगनमा मान्छेहरु देखेर उसको फेरी छाती फुट्ला जस्तो भएर आयो। रिंगटा लागे जस्तो भयो। भाडाहरू भुइमा राखेर थ्याच बसी।
'डराउन पर्दैन, आमा । हामि माओबादि हौ। हामीहरु तपाइहरुजस्तै गरीबहरुको मुक्तिको लागि लड्छौ। आज बिहान यहाँ पुलिस आएको खबर हामीकहाँ पुगेको थियो। उनीहरुले के भनेर गए? किन आएका रहेछन? भनेर बुझ्न आएका हौ', चिम्सा आँखा गरेको केटोले भन्यो।
'तेरो छोरो खै ? जंगलतिर पठाइस भन्दै घरभित्र पसे। तलमाथि जताततै डुलेर सप्पै समान फालेर गए। '
'कुन छोरो खोजेका रहेछन तिनीहरुले ?' कुलेसातिर बाट निस्कदै गर्दा अर्कोले सोध्यो।
'जेठो छोरो तपाईहरुको पाटिमा लागेको पान साल भयो। कहाँ छ, के छ थाहा छैन। कान्छो छोरो पनि हिजो स्कुलबाटै कता गयो कता गयो ? कसैले माओबादीमा गयो भन्ने चुक्ली लएर आका होलान केरे । हाम्रो छोरो काँ होला हजुर ?'
"तपाइको जेठो छोरा काम्रेड चट्टान अहिले पर्बतको मोर्चा समालिरहनु भएको छ। उहाँले घरको हालचाल बुज्नु भनेर हामि पसेका हौ। तर हामि आएको कुरा कसैलाई नभन्नु। तपाइको छोरा जो हराएको छ, उ माओबादीमा गएको छैन। यो एरियाको इन्चार्ज उहाँ नै हो। बरु पुलिसहरुले उसलाई पक्डेर मारेको हुन सक्छ। उनीहरुले निर्दोस जनताहरुलाई बिनासितै गोलि ठोकेर दोहोरो भिडन्तमा मोर्यो भनेर समाचार बनाउछन। हामि त्यो कुराको खोजबिन गर्छौ। तपाइहरु एकदुई दिन बाहिर ननिस्कनु होला", बन्दुक एक काँधबाट अर्कोमा सार्दै एउटाले भन्यो।
त्यसपछि उनीहरु जंगलको बाटो हुदै उकालो लागे।
सन्ते र झुम्री घरबाट बाहिर निस्केनन् हप्तौ सम्म। गाउँमा माओबादि पसेको कुरा पधेर्निहरु खासखुस गर्थे। मेलापात गर्नेहरु मुख छोपेर, सास रोकेर गाइगुइ गरेको सुनिन्थ्यो। बाटमुनी कान्छोले 'गराङ्गको धुरीमा सय भन्दा बढी माओबादीहरुले बन्दुक समातेर उफ्रेको आफ्नै आखाँले देखेको रे। गाउबाट दिन दिनै केटा केटीहरु हराइरहेका थिए। स्कुलमा केटाकेटीहरु आउन छोडे।मास्टरहरुले पनि एक बजे नै स्कुल बन्द गर्न थाले। दिनभर पुलिस र रातभर माओबादीको गस्ती बढ्न थाल्यो गाँउमा। दुर्गे र कर्ने माओबादीमा गए भन्ने कुरा भुसको आगो झैँ गाँउभरि फैलियो। बाटोमा भेटेकाहरुलाई पुलिसले बिनासित्तै दुख दिन थाले।
एक दिन मध्यरातमा पटका पड्केजस्तो सुनियो सात गाउँभरि। मान्छेहरु डरले बाहिर निस्केनन।
अर्को दिन रेडियोले खबर फुक्यो "वामी टक्सार चौकीमा माओबादि आक्रमण। दुवै तर्फ गरि पचास भन्दा बढीको मृतु। सयौ माओबादी घाइतेहरुलाई माओबादीहरुले डोकोमा बोकेर लगेको प्रतक्ष्यदर्शीको भनाई।" गाऊभरि हल्ला चल्यो 'दुर्गे र कर्ने पनि त्यहि भिडन्तमा मोरे।' सन्ते र झुम्री गाँउलेहरु को खासखुस मात्र सुन्दथे, तर कसैले पनि मुखन्जेल केहि भन्दैनथे। उनीहरकोमा समाचार सुन्नलाई रेडियो थिएन। झुम्री छोरोको पिरले झन् झन् सुक्दै गई। सन्तेले होस् हुन्जेल रक्सि पिउन लाग्यो। होस् गुमेपछि कहिले बाटोमा लडेको हुन्थ्यो भने कहिले झाडीमा। 'काल नआउन्जेल मान्छे घोप्टे भीरबाट लडेपनी मोर्दो रैनछ' , गाउलेहरुले भन्थे।
भोलिपल्ट गाउलेहरुले बटुवाहरुबाट खबर सुन्थे, "हेलिकप्टरबाट घाइते पुलिसहरुलाई काठमान्डू पठाइयो रे । टक्सारमा चौकी छैन। बैंक पनि माओबादीले लुट्यो रे। हेल्थपोस्ट पनि बन्द भयो रे। घर घर बाट पुलिसहरुले मान्छेहरु पक्डेर लग्यो रे। गाई, बाख्रा चराउदै गरेका गोठाल्नीहरुलाई बलात्कार गर्यो रे। तम्घासबाट थुप्रै सेनाहरु माओबादीलाई खोज्न पठाएको छ रे।"
सबैले रे का कुरा गर्थे। कसैकसैले आफ्नै आँखाले देखेको सम्म भन्दथे। "फालानो ठाउँको हेडमास्टरलाई रुखमा बानेर हातखुट्टा काटिदिए रे माओबादिले। फलानो ठाँउमा पुलिसले पुरै गाँउमा आगो लगायो रे। अब घर घरबाट एक एकजना माओबादीमा पठाउनु पर्छ रे नत्र घरको मुली मान्छेलाई मार्दिन्छ रे। माओबादीलाई खान दिएको पुलिसले थाहा पायो भने पक्डेर लैजान्छ रे। जंगलमा लगेर गोलि ठोकेर मार्दिन्छ रे।"
बिहान देखि बेलुकासम्म चोक चोकमा यिनै कुराहरु हुन्थे। जताततै डरको कालो बादलले गाउँ पुरै ढाकेको थियो। गाँउघरमा बिकाश निर्माणका कामहरु पुरै ठप्प थियो। गाबिस भवन माओबादिले बोम पढ़काएर धोस्त पारेका थिए। गाँउको सचिब सदरमुकाममा गएर बसेका थिए। एक एक गर्दै युबाहरु विदेशतिर लागे। कोहि कोहि माओबादीमा पसे। मान्छेहरु दिउसै ढोकाथुनेर बस्न थाले। 'साँझमा बत्ति बाल्न हुन्न रे' माओबादि भनेर पुलिसले गोलि हान्छ रे ' भनेर बत्ति पनि नबाली बस्थे मान्छेहरु। केटाकेटीहरु न घरमा पढ्न पाउथे राम्रोसंग न स्कुलमा नै। सिंगो गाँउ नै मुर्दा घर जस्तो बन्यो।
…. __ ……
एकदिन सयजनाजति माओबादि गाँउमा बास बस्न आइपुगे। उनीहरु दश दश जनाको समुहमा बाडिए र सबैको घर घर पुगे। "हामीहरुलाई आटो पिठो जे छ दिनुस। हामि आफै पकाउछौ। खान्छौ र यतै सुत्छौ। भोलि बिहानै भाँले नबास्दै हामि यो गाउँ छोडिसक्छौ। पुलिसले थाँहा पाउदैन ", भन्थे उनीहरु। सन्तेको घरमा पनि दश जना बसे। सन्तेकोमा चामल थिएन। आँटो पनि पिसेको थिएन। मकै भुटेर खाए। पालै पालो एकजना आगनमा उभिए भने अरुहरुले बन्दुक सिरानमा राखेर सुते। सन्तेका बुढाबुढी भोलि के हुने हो भन्ने डरले रातभर आँखा झिमिक्क सम्म गरेनन्। भोलिबिहान उज्यालो नहुदै गाउभरि छरिएका माओबादिहरु स्कुलको गिराउनमा जम्मा भए। बन्दुक टाउकोमाथि राखेर परेड खेले। त्यसपछि कता गए कसैले पत्तो पाएनन्। भोलिपल्टदेखि गाँउघरमा पहिलेको जस्तो रौनक रहेन। गोठाला गोठाल्नीहरु बनपाखामा गित गाउन छोडे। पथेर्निहरु पानी भर्नासाथ हिड्थे। गाँउमा कुनै नयाँ मान्छे देखे केटाकेटीहरु दौडदै घर घर पुग्थे । पाकाहरु अर्कै बाटो मोडीन्थे। रातमा बिबाह भोज हुन छोड्यो। साँस्कृतिक कार्यक्रमहरु रातमा हुन्थे पहिला पहिला। तर अहिले ति पनि हुन छोडे। जता गयो उतै मान्छेहरु मोरेको, अपहरणमा परेको, स्कुल स्कुलबाट बिद्यार्थीहरु लागेको , शिक्षकहरु अपहरणमा परेको खबर सुनाउथे। रने र सन्ते भने कुनै दिन छोराहरु फर्केर आउछन कि भनेर बाटो हेरी बस्थे। कुनै नयाँ मान्छे देख्नासाथ सन्ते भने बाटोमै गएर कुरेर बस्थ्यो र आफ्नो 'छोरा कतै छ, देख्नुभयो कि 'भनेर सोध्थ्यो। आइमाइहरुले भन्थे 'सन्ते बहुलाइसक्यो। ' झुम्री आगनको डिलमा बसेर दिन काट्थि। थारो भैसी टोलका माछेहरु काटेर माशु खाए। गोरुहरु हल्दारबाले आसामी उठाए। बचेखुचेका भारमा खर हुन्जेल एक एक मुठी खर खाएर बाँचे। खर सकिएपछि तिनीहरु पनि बेच्यो सन्तेले र त्यहि पैसोले रक्सि खायो।
एकदिन एकाबिहानै सन्तेको घरमा रने पुग्यो। झुम्री आगनमा कोदो सुकाउदै थिई। रने पिडीमा परालको गुन्द्रीमाथि पल्टेको थियो। मुखभरी झिंगा भुन्भुनाउदै थिए। रनेले, 'किन लडेको छ यतिबेलासम्म ' भनेपछि आँखा खोल्यो सन्तेले। खाटमुनीबाट गुन्द्री तानेर दियो रनेलाई।
'केहि खबर मिल्यो त छोराको ?' रनेले गुन्द्रीको धुलो टकटकाउदै भन्यो।
सन्ते उठेर बस्यो र दुवै हत्केला अनुहारमा लगेर गालामाथि रगेड्यो। केहि बोल्न खोज्दै थियो उसको घाँटी चिल्चिलायो। उठेर आगनको डीलमा गयो, घाँटीको लेघ्रो तान्यो र पहेलो कफ थुक्यो। झिंगाहरु भुर्र उडेर खकारमाथि बसे।
'के खबर पाउँ हजुर मैले । अब त मलाई आशा पनि मोर्यो। ' दाइने हातले कपाल कन्याउदै भन्यो सन्तेले।
'हेर कान्छा मैले अर्कै कुरो सुनेको छु। 'सास हुन्जेल आँश मार्न हुन्न' भन्थे बुढाबूढी, अहिले हरेश खानी कुरा नगर। 'अनि तेरो छोराले घरबाट केहि पैसा चोरी सोरी त गरेको छैन ?'
'किन गर्दैन, आमाको गहना भएको सबै चोरेर हिडेछ। '
'त्यसो भए सुन मेरो कुरा-तिनीहरु माओबादी साओबादि कतै होइन हेर , कसैसंग लाउरतिर सुइकेजस्तो लाग्छ है मलाई। कोहि केटाहरु आएजस्तो त लाछैन यो गाँउमा । तलाई थाहा छ कि भनेर आएको हुम म त। '
'खै यो कामिडाँडामा कोइ पनि आथेन। च्यानडाँडाको जुठे अघिल्लो मैना जान्च होला। अरु को गयो त अहिले ?' सन्तेले निधार कनाउदै भन्छ।
'माओबादिको डरले गर्दा वल्लो घरको मान्छे पल्लो घर जाने स्थिति छैन। वल्लो र पल्लो गाँउको त कुरै नगर। कसरि थाहा हुन्छ। बिरालोले मुसो को गन्द थाहापाए जस्तै हाम्रा केटाहरुले कतै कसै संग भेटेर संगै पो गए कि ? मर्दो जिम्दो त थाहा लाग्न पर्ने हो।
हेर भोलि म भेडिखा पुगेर बुझ्छु। त पनि बौलाएर नबस', गुन्द्रीबाट उठ्दै भन्छ रनले।
रने सरासर घरतिर उकालो लाग्छ। उसको कुराले सन्तेको दिमागमा नयाँ आशाको जन्म दिन्छ।
'अब भागेरै गएपनि देशा गएपछि हाम्लाई संझेर एउटा चिर्कटो त पठाउला नि। धेरै पिर नअर भो तैलेनि ,'म आजै जान्चु सुनार टोलतिर ' सन्ते जुरुक्क उठेर भन्छ।
दलिनमा घुसारेका एकजोडा चप्पल झिक्छ, फुस्केको तना दुईहाँतको बुढी औलाले घुसार्छ र सुनार टोलतिर लाग्छ। गेरुखोलाको उकालो चड्दै गर्दा माथितिरबाट तल झर्दै गरेको फुस्रो टाटेपाटे कपडा लगाएका पन्द्र बिस जनाजति मान्छेहरु देख्छ। अगुल्ठाले हानेको कुकुर बिजुली चम्कदा भाग्छ भनेझैँ उनीहरुलाई देख्नासाथ् उ छिटो छिटो तलतिर झर्छ। बर र पिपलको चौतारीमा नपुग्दै पछाडीबाट कसैले च्याप्प कठालो समाउछ। सन्तेको सातोपुत्लो उठ्छ। त्यतिबेलै अर्कोले ड्याम्म बुटले चाकमा दिन्छ। उनीहरुले 'त माओबादी होस्? भन अरु कहाँ लुकेका छन्" भन्दै मुक्का हान्छन। सन्ते पुक्लुक्क ढल्छ भुइमा। उसको मुखबाट रातो रगत चिउडोतिर बग्दै जान्छ। 'म माओबादी होइन ह.. . . 'भन्न नपाउदै " साला माओबादी झुट बोल्छस भन्दै अर्कोले छातीमा चुरोटको ठुटो मिचे जसरि कुल्चन्छ। सन्तेले फुर्सा आँखा पल्टाउछ।
ससस्त्र सेनाको टोलि उसलाई त्यतिकै छोडेर हिड्छन। सन्ते होशमा आउदा झमक्क साँझ परेको हुन्छ। रगतमा लत्पतिएको शरीर आफ्नो हो कि होइन जस्तो लाग्छ उसलाई। ऊ जुरुक्क उठ्छ र सरासर दुर्गाको मन्दिरमा जान्छ। दाँत किटेर, मुट्ठी कसेर, आँखा चिम्म गरेर 'देवी मलाइ शक्ति देउ, आसिर्बात देउ। मलाई बिनासित्त दुख दिनेहरुलाई बदला नलिई म घर फर्कन्न।'
त्यसै दिन देखि सन्ते हरायो गाँउबाट।
५
अरेबियन सागरको छेउमा मुम्बई शहर भारतीय युवापिडिको लागि रंगीचंगी रपनाहरुको पशल थापेर बसेको थियो। गगनचुम्बी घरहरु, फराकिला र चिल्ला सडकहरु जताततै लमतन्न फैलिएका। दुई पाङ्ग्रे , तिन पाङ्ग्रे , चार पाङ्ग्रे , आठ पाङ्ग्रे, एक तले, दुइ तले गाडीहरु रातदिन एकनासले कुदिरहेका थिए। मेट्रो स्टेसनमा मान्छेहरुको ठेलमठेल हुन्छ चौबिसै घण्टा। लाग्छ ईन्द्र भगवानले भएजतिको खजना तेही सुन्दर शहरमा खासालिदियका छन् र त यी मान्छेहरुको भिड त्यो खजाना टिप्नलाई तछाड मछाड गर्दैछन।
५
अरेबियन सागरको छेउमा मुम्बई शहर भारतीय युवापिडिको लागि रंगीचंगी रपनाहरुको पशल थापेर बसेको थियो। गगनचुम्बी घरहरु, फराकिला र चिल्ला सडकहरु जताततै लमतन्न फैलिएका। दुई पाङ्ग्रे , तिन पाङ्ग्रे , चार पाङ्ग्रे , आठ पाङ्ग्रे, एक तले, दुइ तले गाडीहरु रातदिन एकनासले कुदिरहेका थिए। मेट्रो स्टेसनमा मान्छेहरुको ठेलमठेल हुन्छ चौबिसै घण्टा। लाग्छ ईन्द्र भगवानले भएजतिको खजना तेही सुन्दर शहरमा खासालिदियका छन् र त यी मान्छेहरुको भिड त्यो खजाना टिप्नलाई तछाड मछाड गर्दैछन।
माथि हेर्दा टोपी नै खस्ने गगंचुम्मी घरहरु, रातदिन एकनासले बलिरहेका सडकका बत्तीहरु, तिब्र गतिमा कुदिरहेका रेलहरु, सुन्दर बगैचामा रंगी बिरंगी फूलहरु। सुन्दर जोडीहरु समुन्द्रको किनारमा निर्धक्कसंग प्रेमलिल संसारमा हराइरहेका। के छैन यो शहरमा? बलिउडका हिरो हिरोइन जति जम्मै यहि शहरमा भेटिन्छन। अरेबियन प्रयटकहरुको क्रिडा स्थल मुम्बई शहरमा आधाजस्तो होटेलहरु यिनीहरुले भरिएका हुन्छन। दैनिक हजारौको संख्यामा नेपालि तथा भारतीय महिलाहरुले आफ्नो अस्मिता बेच्छन यिनै संग। ठुला ठुला सपनाको पछि पछि दौडदै गर्दा को कहाँ कुन भड्खालोमा जाकिने हो कसैलाई थाहा हुदैन। सानो रेस्टुरेन्टको भाँडा माझ्ने भैया करोडौको लगानीमा स्टार होटेलको मालिक बन्न सक्छ , अरबौको शेयरको कारोबार गर्ने मान्छे राता रात रेल्वे स्टेशनमा भिख माग्दै गरेको हुन सक्छ। यसैलाई भन्छन मान्छेहरु किस्मतको खेल।
खार, डांडा। अरेबियन महासागरको किनारमा पालिहिल देखि जुहू सम्म तमतन्न फैलिएको भूभागमा आधा भन्दा बढी झोपडपट्टि मात्रै छ। जुटका बोरा, टिनको पाता, प्लास्टिकले बेरेका झुप्राहरु भित्र भित्र सम्म फैलिएको यो बस्तीमा भित्र पसेपछि बाहिर निस्कन ठुलै युद्ध जिते जस्तै हुन्छ। सबै घरहरु उस्तै उस्तै। सबैको घरको छानामा छाता आकारको एन्टेना, सबैको घरमा टिभी कतै हिन्दि सिनेमा हरु चल्दै गरेको त कतै सिरियल। ठुलाठुला भुडी बाहिरै उछट्टीएका मोटि आइमाइहरु नाइटो देखाउदै तिब्र गतिमा दौडिरहेको पंखा मुन्तिर सुतिरहेका। कुनै कुनै त उदाङ्गै पल्टिरहेका हुन्छन। मान्छेहरु आफ्नो घर ठानेर अर्कैको घरमा पस्न बेर पनि लाग्दैन कुनै कुनै बेला। जानी जानी वा जुक्केर जे पनि हुन सक्छ। बाटाभरि लुते कुकुरहरु सुतिरहेका हुन्छन। रातभरी यिनै कुकुरहरु भुकेर यो बस्तिलाइ संगीतमय बनाइदिन्छन।
यहि सुकुम्बासी बस्तिको दक्षिणतिर समुन्द्र पर्दछ। बिहान समुन्द्रको पानि टाडा टाडा पुगेको हुन्छ भने शाँझपख समुन्द्रको पानिले दरिया पुरै ढाकेको हुन्छ। बिहान उज्यालो हुनासाथ जारमा पानि बोकेर यो बस्तीका महिला तथा पुरुस ढुङ्गाको दायाँ बायाँ लहरै बसेर घोप्टो परेका हुन्छन। यिनीहरुको आफ्नो आफ्नो एरिया छ टट्टि बस्नलाई। बुढाबुढी संगै निस्कन्छन् घरबाट भने त्यहाँ पुगेपछि आफ्नो आफ्नो एरियामा गएर घोप्टो पर्दछन। टट्टि खलास भएपछी बुढाले भन्छ ," कित्ना देर लागेगा। " पल्लोपट्टी बाट बुढी ले भन्छे, "थोडा देर रुकोन, अबि थोडी बाँकी हें।" आफ्नो आफ्नो मान्छेको आवाज चिनेन भने चाँही फसादै पर्दो रहेछ।
बेलुका भएपछी समुन्द्रको पानिले सबै संगै लिएर जान्छ दिनभरिको टट्टि। येतिबेलै फर्किन्छन मछलिवालाहरु जो दिनभरी समुन्द्रमा आआफ्नो डुंगामा माछा मार्न गएका हुन्छन। त्यही दरियाको किनारमा मछली बजार छ। तिनै माझीका श्रीमतीहरु घैटो जत्रो पेट देखाउदै थरि थरिका माछाहरु बेचिरहेका हुन्छन। उनीहरुले ग्राहक तान्ने शैली भने पशुपतिका फुल ब्यापारीको भन्दा रत्तिभर कमि छैन। एकातिर भाजिवालीहरु तरकारी बेचिरहेका हुन्छन भने अर्कोतिर मछलिवालिहरु माछा। बिचमा हुन्छन मसला बेच्नेहरु। उनिहरुलाई जसले जे बेचेपनि फरक पर्दैन किनकि जसले जे किनेपनि मसला त पक्कै किन्छन।
त्यहि बस्तीको एउटा झुपडीमा जलन्धरेले आफ्नो पकड जमाएको छ। दुर्गे र कर्ने पनि उ संगै त्यहि कोठामा बस्छन।टट्टि गर्नको लागि हरेक दिन बिहान उनीहरु करिब पाँचसय मिटर टाडाको सार्बजनिक शौचालय पुग्छन। हातमा पानीको ग्यालिन बोकेर शौचालय पुगेका उनीहरुलाई झन्डै आधा घण्टा जति त लाइनमा बसेर कुर्नु पर्ने हुन्छ। प्रायजसो चर्पिहरु बुझिएर गु र पानीको लेदो भरिएर खुट्टा सम्म राख्ने ठाउँ हुन्थेन। तरपनि जाँयमा गर्नु भन्दा खुट्टा जोगाइ जोगाइ भएपनि त्यहि गर्नु उचित हुन्थ्यो।उनीहरुको लागि। कहिलेकाँही भने उनीहरु दरियातिर पनि जान्थे।
एकदिन दुर्गे र कर्ने महिलाको एरियामा गएर हग्न बसेछन। अघि र पछि महिलाहरु थपिदै जाँदा पो बल्ल होस् पाएछन् कि उनीहरु त महिलाहरुको एरियामा बसेका रहेछन। त्यहाँ ठुलो ढुंङ्गाको पुर्बतिर पुरुषहरु र पश्चिमतिर महिलाहरुको अड्डा पो हुदो रहेछ। जो गएपनि यता उति तल माथि नहेरी टुसुक्क बसेर घोप्टो मुन्टो लाउदा रहेछन। नजिकै बाटो तथा बस्ति नभएर पनि होला यो ठाउँ निकै एकान्त थियो। समुन्द्रको छाल हेर्दै भएभरको लादि खलास गरेर फर्कन्थे उनीहरु। ठिक बाह्र घण्टामा समुन्द्रको छाल आइपुग्थ्यो र सबै सफाचट बनाएर आफैसंग लिएर फर्किन्थ्यो। कहिले पनि त्यहाँ लादिको रास हुदैनथ्यो। दुर्गे र कर्ने पनि उतै जान थाले दिशा बस्न। सुकुम्बासी बस्तीको त्यो बुझिएको, डुंगडुंगी गनाउने चर्पी भन्दा यो ठाउँ सारै मज्जाको थियो। उनीहरुले बुट्यानतिर गएर हगेको सम्झे। स्कुलदेखि तलको रुखको टोड्को सम्झे। दुवै जना संगै जान्थे दरियातिर। टाढा टाढासम्म भलाक्थे।
मछली बजारको चोकमा आउथे र ओडापाँउ किनेर खान्थे। लस्सी खाएको दिन साच्चिकै लाउरे भएकोमा सास भित्र तानेर भएपनि छाती फ़ुलाउथे।अलि अलि हिन्दि बोल्न पनि सिके उनीहरु। 'मिठा लस्सी दो न भैया ' अरे तुम दे न आजका पैसा, मै कल दुन्गा' कर्नेले भन्थ्यो। 'मादर्चोद तुमने नदिया न कल, कवि भी तेरे साथ् नही आउङ्गा ', दुर्गेले मन अमिलो पार्दै भन्दथ्यो।पारि पट्टि पान मसला बेच्ने आइमाई असाध्य राम्री थि। उनीहरु पर पर बाट ओछेल परि परि हेर्दथे उसलाई। जाङ्गेभित्र कन्सुत्लो झैँ तुरी चल्मलाउन थालेपछि भने अप्ठारो मान्दै झर्थे दरियातिर। यता उति कोहि देखेनन् भने केहिबेरमा लामो साँस फेर्दै बाटो तिर निस्कन्थे। 'त भन्दा त म सुपर्फास्ट छु ' दुर्गेले कर्नेतिर हेर्दै भन्थ्यो।'बाजी थाप्छस, ल भोलि हेरम्ला' कर्नेले जबाफ फ़र्काउथ्यो तुरुन्तै। भोलि फेरी जान्थे दुबैजना दरियातिर।
६
'साला तिमीहरुको कामको लागि मेरो सेठ संग कुरा गरेको छु आज। भोलि बोलाएको छ। अलि सफा सुघ्घर बन के चल्ना। गन्दा आदमी उसको पसन्द नही हे', जलान्धरेले गुटकाको रस झ्यालबाट बाहिर थुक्दै भन्यो। ' काम कुछ भी करना परेगा लेकिन हिम्मत नही हारना। '
'के काम गर्न पर्च ? ' दुर्गेले सोध्यो तत्कालै।
'जो भी करना परेगा। वर्तन धोना, झाडुपोछा लगाना, सापका गाडी धोना, टोइलेट साफ करना , कपडा धोना।' सबकुछ करना परेंगे। '
दुवै जना चुपचाप संग जलन्धरेको मुख हेर्दै बसे। आएको पनि पन्द्र दिन भैसकेछ। कहिले पाउरोटी त कहिले ओडा पाउ खादै त कहिले भोकै पनि दिन बित्थ्यो उनीहरुको। काम खोज्ने उपाय पनि थिएन उनीहरुलाई। जलन्धरे बिहानै काममा निस्कन्थ्यो र राति आउथ्यो। उनीहरु भने दिनभर दरियातिर गएर बिताउथे। राम्री सेठानीको तिघ्रा मालिस गरेको कल्पना गर्थे। 'सेठानी कस्ती छ भनेर सोध्न मन थियो दुर्गेलाई तर सोधेन आज। कस्तो होला त्यो सेठ ? पक्कै पनि ठुलो ज्यान भएको, ठुलो ठुलो भुडी भएको, घाँटीमा ठुलो सुनको सिक्री लगाएको, सुनजस्तै टल्किने घडी लगाएको हुन पर्छ। कसरि बोल्ने होला? बोलेको बुझिन्छ कि बुझिन्न? गालि गर्छ कि माया गर्छ? सेठानी कस्ती होलि? गोरी, ठुला ठुला आँखा गरेकी, अग्ली, हिरोनी भन्दा राम्रा पो हुन्छन रे। जलान्धरे त हो उनीहरुलाई पोहोर साल सुनाएको। रातभरी निन्द्रा लागेन उनीहरुलाई। कल्पना गर्दा गर्दै रात बितेको थाहा पाएनन् उनीहरुले।
अर्को दिन उज्यालो हुनासाथ जलन्धरेले उनीहरुलाई तयार हुन लगायो। पाइन्ट भित्र सर्ट राख्न भन्यो। दुबैजनाले बजाजको तेल लगाएर कपाल कोरे। दुर्गेले आधा जुल्पी दाँया तर्फ लर्कायो भने कर्नेले सिधा तल निधारतिर झार्यो।मैला मैला भएपनि पुछपाछ पारेर जुत्ता कसे। दुबैको छातीमा धड्कन बढ्दै थियो। कर्ने तिन पल्ट पिसाप फेर्न कुनामा बस्यो बिहानदेखि । भाडा माज्ने सिंकमा मुतेर पानि हाल्थे उनीहरु। टोइलेट थिएन घरमा।पब्लिक टोइलेट जान र आउन पुरै आधा घण्टा लाग्दथ्यो।
चिया र पाउरोटी खाएर तीनैजना निस्के घरबाट। पालिहिलमा रहेछ उनीहरुको सेठ को घर। ओरिपरि झ्वाम्म रुखहरुले ढाकेको बंगालो थियो त्यो घर जो उनीहरुले कल्पना गरे भन्दा फरक। उनीहरुले त सोचेका थिए सेठको घर त गगनचुम्बि होला। तर यो उनीहरुको कल्पना भन्दा धेरै फरक थियो। बाहिर आगनको छेउछाउ फुलै फुल मात्रै थियो।
जलन्धरेले गेट बाहिरबाट बेल बजायो। भित्रबाट कालो कालो, अग्लो मान्छेले आएर गेट खोल्यो। जलन्धरेले शिर निउराएर प्रणाम गर्यो। कर्ने र दुर्गेले पनि निउरेर उसको सिको गरे। तर उनीहरुलाई त्यो मान्छे को होला? सेठ त पक्कै हैन जस्तो लागिरहेको थियो। 'यो मान्छेलाई किन नमस्ते गरेको होला। यो त सेठ पक्कै पनि होइन', मनमनै सोच्यो दुर्गेले। घरभित्र छिरेपछि सोफामा बसे। "बहादुर नेपालसे कब् आयाँ '? त्यो कालो कालो मान्छेले सोध्यो। मे नेपाल से दुर्गा बहादुर आया", दुर्गेले नाकका टोटा फ़ुर्याउदै भन्यो। जलन्धरेको मुख अध्यारो भयो। "पन्द्र दिन हुवा सेठ जी !"उसले मुख खोलिहाल्यो। दुर्गेले गल्ति गरेछु भन्ने थाहा पाएछ क्यारे अनुहार खिस्रिक्क पार्यो। "तुम लोगको बात भी समझ नही आता कैसे काम करोगे ?, उसले केटाहरुलाई हेर्दै भन्यो।
"बात तो सिकेंगे ये लोग , सेठ जी। गांउका लोग हें। बहुत इमान्दार हें। "
दुर्गे र कर्नेले थाहा पाएकी त्यो कालो, दुब्ले बिहारी जस्तो मान्छे पो सेठ रहेछ। उनीहरुको कल्पनाको सेठ भन्दा धेरै फरक। सोचे यस्तो खोरंडे कालेको श्रीमती पनि यस्तै काली त होलि। मन मनै काम गर्न मन भएन उनीहरुलाई त्यो ठाउमा।
"चलो मै चान्स देता हु ये लोगको एकबार। लेकिन काम ढंगसे करनही पाये तों बिना वार्निंग कामसे निकाल्दुंगा।"
उसको कुराले दुवैजनाको मन चस्स छोयो। हिन्दि धेरै नबुझ्ने यिनीहरुले उसले भनेको कुरा भने प्रस्ट बुझे।
जलन्धरेले उनीहरुलाई त्यहि छोडेर फर्कियो। सेठले उनीहरुलाई बाहिर कुनामा भएको सानो कुकुरको खोरजस्तो कोठामा लग्यो र भन्यो," य तुमलोगका रुम है। जो भी हें मिलजुल रहेना बाद मे क्या करना हें मै बताउंगा। "
कोठा निकै साँगुरो थियो। एकापट्टी कुनामा सानो पलंग थियो भने एउटा पुरानो बलान्केट र म्याट्रेस थियो। एउटा सानो टेबल बाहेक केहि थिएन कोठामा। त्यहि खाटमुनी फाले झोलाहरु। उनीहरु केहि बोलेनन् एकआपसमा धेरै बेरसम्म। उनीहरुको कोठासंगै एउटा सानो सानो घरजस्तो जोडिएको थियो। पछि बल्ल पो थाहा पाए त्यो त सेठको गाडी बस्ने घर रहेछ। त्यो गाडी बस्ने घर उनीहरु बस्ने कोठा भन्दा निकै ठुलो र सफा थियो। एकछिनमा सेठ गाडी चढेर बाहिर गयो। उसैबेला अर्को रातो गाडी भित्र छिर्यो। उनीहरुले झ्यालबाट हेरे बाहिर। अग्ली अग्ली, गोरी, छोटो र रातो कपाल काँध सम्म मात्र झरेको, कालो चश्मा लगाएकी, आधा साप्रा छर्लंगै देखिले स्कर्ट लगाएकी महिला गाडी बाट झरी। अग्लो अग्लो हिलमा उ टक्क टक्क गर्दै उनीहरुको कोठातिर बढ्दै गर्दा झन्डै बेहोस भएनन् उनीहरु। झ्यालबाट भित्र पुलुक्क हेरी र सरासर घरभित्र छिरी ऊ।
"सेठानी त च्वाक रैछ यार' दुर्गेले हास्दै भन्यो। ' तलाइ कसरी थाहा भयो कि त्यो नै सेठानी हो ? अरु पो हो कि। त्यस्तो कालो मान्छेको स्वास्नी कसरि हुन्छे यो ?' कर्नेले कुरा थप्यो। केहीबेरमा त्यो महिला उनीहरुको कोठामा छिरी। उनीहरुको नाम सोधी। मायालु रहेको उसको स्वभाब घरभित्र लगेर खान दिई।
"एक आदमी इदर रहेंगे मेरे साथ और दुसरा मेरे अम्माके पास। घरका काम करना परेगा सबकुछ," उसले भनि। खाना खाइसकेपछि उनीहरुले भाडा धोए। त्यो दिन बेलुका उसले गाडीमा राखेर कर्नेलाइ आफ्नी अम्मा को मा लगेर छोडी दादर। अब दुर्गे र कर्ने अलग अलग भए।
भोलि पल्टदेखि काम सुरु भयो दुबैजनाको।
७
दुर्गेलाई रातभरि घरको यादले सतायो। हिजोसम्म त कर्ने संगै थियो। गफ गर् ,ठट्टा गर्थ्यौ र मन भुलाउथ्यौ। आज बिहानै उठाई सेठानीले। सबभन्दा पहिले घर भित्र बाहिर पोचा लगाउन भनि। उसलाई केहिपनि थाहा थिएन। उसैले बाल्टीमा पानि हाली, पलास्टिकको बोतलबाट हरियो हरियो जोल मिसाई र गम्छा बाल्टिमा मा चोप्दै भुइँ पुछ्न लगाई । उसले जसो जसो भनि उसै उसै गर्यो । पोछा लगाइसकेपछि गाडी धुन लगाई। कहिले नदेखेको गाडी कसरि धुने ऊ अलमलमा पर्यो। उसैले आएर बताई कसरि गाडी धुने। बेला बेला भन्थी, म घरि घरि सिकाउन भ्यौदिन, भोलि देखि आफै गर्न पर्छ। गाडीमा के के हुन्छ भन्थी उसले आधा मात्रै बुज्दथ्यो।
सेठ हिजो घरबाट निस्केको अझै घर फर्केको थिएन। उ एक्लै थिई घरमा। 'एक्लै मान्छेलाई किन नोकर चहिएको होला'उ मनमनै सोच्थ्यो। गाडी धोइसकेपछि उसलाई किचनमा लगी। किचनमा सबै चिज नौला थिए उसको लागि। ग्यास चुलो, फ्रिज, मिक्चर सबै पहिलो पटक देक्यो उसले। पकाउने भाँडाहरु पनि सबै नयाँ थिए उसको लागि।एक एक गरेर बताई उसलाई कुन कुन भाडा कसरि प्रयोग गर्ने, कसरि धुने, कहाँ कहाँ राख्ने। फ्रिज खोलेर कुन कुन खाने कुरा कसरि मिलाएर राख्ने सिकाई। सफा कसरि गर्ने त्यो पनि भनि, तर उसले केहि मेसो पाएन। "बहादुर, अगर तुमको कुछ तकलिफ हो तों मुजसे पुछ्ना," उसले मायालु स्वरमा भनि।
सुरु सुरुमा उसलाई भाडा माझ्न , कपडा धुन, झाडु पोछा गर्न , गाडी धुन लगाई सेठानीले। प्रायजसो बाहिरबाट खानेकुरा ल्याएर आउथि। कहिले उसलाई मात्र केहि रोटिहरु र दाल ल्याएर आउथि। धेरै पल्ट त उसले बोलेको बुज्दैनथ्यो न ऊ बोलेको सेठनीले बुज्थी। तर पनि उसले कहिले गालि गरिन। उसले पनि काम गरिरह्यो।
दिनहरु बित्दै गयो। उसलाई घरको सम्झनाले थिच्दै गयो। उही स्कुल, उही कटुसको रुख , आफ्नै घर आगनले चिमोट्दै जान थाल्यो। चन्द्रिका, माने, लुते, पुर्ने, सुके, चाकफाटे, पुतली उसको ओरिपरि नाच्न थाले। आमाले खान दिएको तातो तातो आटो र गुन्द्रुकको यादले जिब्रो रसायो। बुवाको कोटको खल्तीबाट चोरेको पैसाले छाती पोल्यो। भर्खरै गएर 'बाबा त्यो पैसा मैले चोरेको हुँ। गल्ति गरे। अब कहिल्यै त्यसो गर्दिन " भन्न मन लाग्यो। तर उसंग सम्झना र कल्पनामा हराउनु सिबाए अरु कुनै उपाए थिएन।देउरालीको पोखरी ओरिपरि खेलेको, बुवाको फाटेको मोजामा कागत र टाला टुली कोचारेर बनाएको बल खेलेको सम्झना आयो। स्कुलबाट घरमा आउदा आमाले खान दिएको कोदोको रोटि र छमाने ठेकीको अमिलो मोहीको याद आयो। साहुनीले जति माया गरेपनि रातदिन आमाको मायाले सतायो। उसलाई अहिल्यै गएर "आँमा मलाई माफ गर्दिनुस। अब देखी मा कहिल्यै भाग्दिन भन्न मन लाग्यो। तर यी सबै उ एक्लै बस्दा झम्टी झम्टी आउने बिगत मात्र थियो।यथार्थमा उ नितान्त एक्लो थियो।
सुरुको दिन भन्दा पछाडी उसको मालिक उसंग एकदिन पनि राम्रो संग बोलेको थिएन। उ प्रायजसो बाहिरनै हुन्थ्यो। साहुनी एक्लै थिई घरमा। ऊ चाही दुर्गेलाई माया गर्थी। काम गर्न सिकाउथि।बाहिरबाट आउदा उसलाई खानेकुराहरु ल्याईदिन्थी। उसले काम बिगार्दा पनि कहिल्यै गालि गर्दिनथी। पार्क जादा संगै लेर जान्थी। सोपिंग गर्दा, पार्टी जादा पनि संगै लान्थी, तर जहाँ गएपनि ऊ एक्लो महशुस गर्दथ्यो। उसलाई कसैले बादुर भनेको मनै पर्दैनथ्यो। साहुनीले जति मायाँ गर्दापनि किन किन उसले आमाको माँयासंग एक छेउ पनि तुलना गर्न सकेन। जता गएपनि आँमालाई सम्झीरह्यो।
दिनहरु बित्दै जाँदा दुर्गेको शरीरले पनि काचुली फेर्न लाग्यो। गालाहरु पुट्ट उठे। मिठो मिठो खानेकुराले गर्दा छालाभित्र बोसो भरिना लाग्यो। सुकेको छाला तन्केर टलक्क टल्कन लाग्यो। बाथरुमको बसाई लम्बिन थाल्यो।
साहुनीले नयाँ कपडाहरु किनिदिई। आज आज भोलि भोलि गर्दै दुर्गे हेर्न लाएक हुदै गयो। साहुनीले पनि उसलाई आफ्नो नजिक नजिक राक्न थालि। लोग्ने धेरै जसो बाहिर काम पर्ने भएकोले महिनाको एकदुई पल्ट मात्र भेटघाट हुन्थ्यो। ऊ धेरैजसो कामको शिलशिलामा दिल्ली, कानपुर , बेंगलोर गैरहन्थ्यो। साहुनीको बांद्रामा अफिस थियो। दिनभर उ अफिसमा हुन्थी भने बिहान, बेलुका घरमा। दिनभर घर भएको बेला दुर्गेलाई संगै राखेर टिभीमा फिलिम हेरेर बस्थि। शुरु शुरुमा त दुर्गेले केहि पनि बुझ्दैनथ्यो। तर दिन दिनै हेर्दै जादा धेरै कुराहरु बुझ्ने भएको थियो।
साहुनी घरमा बस्दा प्रायजसो पातलो म्याक्सी जस्तो एकसरो कपडा लगाउथि। उसका पुस्ट छातीका डल्ला र कम्मर मुनिका थुम्काहरु बाहिरै निस्कंछन कि जस्तो गर्थे। दुर्गेका आखाँ तिनै थुम्का थुम्कीमा चियाँको कपमा झिंगा टासिएझैँ गरि टासिन्थे। उसले खासै चाँसो दिदैनथी। बर्रु दुइ साप्राबिच म्याक्सी सोहोरेर छिराउथि र दुवै खुट्टा उचालेर सोफामा राख्थी। दुर्गेको छातीको धड्कनको रफ्तार झन् झन् बढ्दै जान्थ्यो। "बाहादुर शर्माते हो क्यु। गर्ल फ्रेन्ड हें कि नाइँ ", उसले मुसुक्क हास्दै सोध्थी। दुर्गे भने लाजले रातो हुन्थ्यो। मुसुक्क हास्थ्यो मात्र केहि बोल्दैनथ्यो। बोल्न त मन लाग्थ्यो तर राम्रो संग बोल्न जान्दैनथ्यो। त्यसैले गर्दा चुप बस्दथ्यो। साहुनी संग संगै बसेर फिल्म हेरेको दिन उसको बाथरुमको बसाइ लम्बिन्थ्यो। उसलाई कर्नेसंग भेटेर खुब कुरा गर्नी मन थियो। तर उनीहरु दिल्लीबाट फर्केका थिएनन्। जलन्धरेसंग खासै धेरै कुरा गर्दैनथ्यो। भेट पनि कमै हुन्थ्यो।
एकदिन साहुनीले दुर्गेलाई लिएर साँझ पार्टी गई। ताजमहल होटेलमा पार्टी थियो। पार्टीमा धेरै जसो फिलिमका हिरो हिरोनीहरु उपस्थित थिए। उसले खासै चिन्दैनथ्यो कसैलाईपनि। पार्टी हल रंगी चंगी बत्ति हरुले झकिझकाउ थियो। स्पिकरमा गीतहरु घन्कीरहेको थियो। सबैले हातहातमा रक्सिका गिलास समाएका थिए। नाङ्गै जस्ता देखिने केटीहरु कम्मरमा हात राखेर संगीतमा झुमेका थिए सबैजना। साहुनी पनि कसैसंग गाला जोडी जोडी नाच्दै थिई। बेयराहरुले हात हातमा खानेकुराहरु बाडिरहेका थिए। एकजना नेपाली बेयरा दुर्गे बसेको टेबलमा आयो र हास्दै भन्यो ," भाइले चिनेका छौ यहाँ त हिरो हिरोनी हरु छन् धेरै जसो। तिमि को संग आएको हो नि ?" उ मेम्साब संग ", दुर्गेले आफ्नो साहुनीलाइ देखाउदै भन्यो। उसले हाँस्दै भन्यो ''उसको लोग्ने आछैन ?'
" अह छैन। "
" ल मोज गर। काम पाइन्छ भने म पनि आउछु ", उसले हास्दै भन्यो र टेबलको प्लेटहरु उठाएर गयो।
दुर्गेले केहि भनेन। मौन बसेर सबैतिर आँखा डुलाईरह्यो। साहुनीले उसलाई बेला बेला आएर खाए नखाएको सोध्थी। तरपनि उ एक्लो भएको थियो। उनीहरु ओठमा ओठ जोडेर किस गर्दथे। के के जोक भनेर जोड जोडले हास्दथे। उ भने केहि बुझ्दैनथ्यो। लाटो भएर बस्थ्यो। उसलाई घरमै बसेको भए हुदो रहेछ जस्तो लाग्यो। रातिको बाह्र बजे बल्ल पार्टी सकियो। साहुनीलाई रक्सिको नसा लागेको थियो तरपनि आफैले गाडी चलाएर घरमा लगि। घर पुगेर दुर्गेलाई कागती पानि बनाउन भनि। दुर्गेले पानि बनायो र उसको कोठामा लगेर गयो। साहुनी शरीरको कपडा सबै फुकालेर नाङ्गै पो लडेकी थिई बेडमा। उसले नदेखे झैँ गर्दै जुसको गिलास टेबलमा राखेर फर्कन लागेको थियो मेम्साबले बोलाई ," बहादुर काँ जारहेहो ?" उसको होस् उड्यो। ढोकामै उभियो। केहि पनि बोलेन।
'इदर आओ , मेरा ब्याक पेन होंराहे। थोडा दबाओन। '
उ फर्कियो र ऊ लडेको खाटमा गयो। नसाले मस्त भएकी साहुनिको ढाड होइन अर्कै चिलाएको रैछ क्यार उसलाई च्याप्प हातमा समातेर आफूतिर तानी र अँगालोमा बाधी। मनमा त लड्डु नै फलेको थियो होला केटोको तरपनि मेमसाबसंग डराउदथ्यो। साहुनीले उसको हात छातीमा लगेर दल्न थालि। दुर्गेको होश् हवास उड्यो। बिस्तारै उसको पनि कपडा उतारी र कट्टुभित्र हात छिराई। दुर्गेको शरीर उसको बसमा थिएन। जवानीले फक्रदै गएको उसको शरीरलाइ फुलले भमरालाई रस चुस्न छोडे जसरि छोडिदियो। चुस्न त उसले पनि छातीका मुन्टा आपको खोया चुसे जसरि चुसेको थियो तर आफ्नै आँटले होइन मेमसाबले बच्चालाई दुध चुसाए जस्तै गरि चुसाएकि थिई। उसको माललाई मेमसाबले आफ्नै हातले च्याप्प समातेर ढोकाभित्र पसालिदेकी थिई। अरु काम सबै प्रकृतिकै देन हो जो हुनु थियो भयो। स्खलनको अन्तिम चरणमा एक्कासी जर्फ़राउदै उठ्यो ऊ। लगाएको कट्टु पुरै भिजेको थियो। तन्नामा ठुलै धब्बा बसेको थियो। ऊ मेमसाबसंग होइन एक्लै लडेको थियो आफ्नै कोठामा। आफैलाई लाज लाग्यो सपना सम्झेर। तन्नामा दाग लागेको कसरि धुने हो। मेमसाबले के भन्नि भन्ने डरले रातभरी निधाएन ऊ। कट्टु खोलेर प्लास्टिकमा पोको पारेर खाटमुनी लुकायो। नयाँ कट्टु खोजेर लगायो। अर्कोदिन मेमसाब अफिस गएपछि मात्र तन्ना र कट्टु धोयो। आफ्नै कोठामा लगेर सुकायो।
त्योदिन बेलुका जलान्धरे पनि टुप्लुक्क आइपुग्यो। उसले दुर्गेलाई आफुले बाटाखर्च बापतको पैसो लिएको बतायो। तर कति खर्च भयो, कति लियो केहि भनेन। दुर्गेलाई कति तलब आउछ भन्ने पनि थाह थिएन। त्योदिन साहुनीले भनेकी थिई उसको तलब खाई, लाई, बसाई गरेर महिनाको भारु ५००। उसले काम गरेको पुरै चार महिना भैसकेको थियो। के सबै पैसो जलन्धरेले लग्यो त ? उसलाई भित्रै देखि भाउन्न भएर आयो। तर केहि बोलेन सहुनिको अगाडी। तर साहुनीले 'पैसो मा बापको भेज्दिया कि नाही ' भनेर सोध्दा भने उ अलमलमा पर्यो। उसले जलन्धरेको मुखमा हेर्यो।तर केहि बोलेन। खोइ के के कुरा गर्यो साहुनीसंग र केहि नभनी हिड्यो जलान्धरे।
त्यो दिन बेलुका सेठ घर आयो। उ धेरै दिनपछि घरमा आएको थियो। त्यो दिन उनीहरुमात्रै बाहिर निस्के खाना खानलाई। "बादुर गाडी धोलेना, जरा ध्यानसे", आउदा आउदै काम लागाएको हियो सेठले। दुर्गेले गाडी धोयो। कपडा धोयो। घरको सरसफाई गर्यो। साहुनिको बेड बनायो। बेड बनाउदा हिजोको सपना सम्झेर मुसुक्क हास्यो आफैसंग। 'छ्या कसरि सुत्छे होलि मेमसाब त्यो काले बिरालो जस्तो मान्छे संग ", मनमनै सोच्यो। त्यो रात उनीहरु अबेर सम्म आएनन।दुर्गेले सुक्खा पाउरोटीले छाक टार्यो त्यो साँझ। अबेरसम्म उनीहरु आउछन कि भनेर बाटो हेर्दै थियो तर एघार बजेसम्म पनि उनीहरु नआउदा बल्ल सुत्न गएको थियो ऊ ।
मध्यरातमा एक्लै आई साहुनी बाहिरबाट र सरासर दुर्गेको कोठामा गई। ऊ रक्सीको नसामा थिइ। उसको छोटा कपडाले सप्रेका लौका जस्ता साप्रा काछसम्म मात्र छोप्न भ्याएको थियो। कपाल छरपस्ट थियो अनुहारभरि। सेठ संगै छ कि भनेर पछाडी हेर्यो , तर सेठ त्यहाँ थिएन। उसले लगाएको कलेजी रंगको टिशर्टको छातीको चेन खुल्ला थियो। भित्रबाट अठ्याएर राख्ने केहि थिएन क्यारे, भोगटेजस्ता दुइओटै फल एकैठाउँ ठोक्किएर बसेका थिए। उसको जिब्रो रसायो। "बादुर मै आज इदरै सोउङ्गि। मेरा पति आजसे पति नहिरहा। साला कमिना हे ऊ। उसने बार दुस्री रखौटी राखा है" उसले रुदै भनि। ऊ अलमलमा पर्यो। कतै सेठले आएर मार्ने पो हो कि भन्ने डर लाग्यो उसलाई। उसले दुर्गेलाई च्याप्प अँगालोमा बेरी। एकैछिनमा शरीरमा भएका दुइ टुक्रा कपडा पनि झिकिदियी। जाँयभित्र हात छिराएर केटोको माल पिरिल पिरिल खेलाउन लागि। दुर्गेको कपडा सबै उतारिदिई आफैले र बुदुनो माछो च्याप्प समातेर कुरभित्र छिराईदिई । माछो छटपटाई रह्यो धेरैबेर। त्यसैबेला कालो ढाडे बिरालो जस्तो साहु छिर्यो कोठाभित्र। हेर्दा हेर्दै काठको कुर्ची सम्मत्यो र ड्याम्म मेमसाबको टाउकोमा हान्यो। ऊ जर्फ़राउदै उठ्यो। कोठा सुनसान थियो। उसको सरिर लगलग कापिरहेको थियो। हैट! कस्तो डरलाग्दो सपना देखेछु फेरी। ऊ रातभर निदाएन। मनमा अनेकन कुरा खेलि रह्यो उसको। सोच्यो कतै भर्खर देखेको सपना बिपना हुने त होइन। यदि साहुनी मात्र एक्लै कोठामा आइ भने के गर्ने। हैट ! ऊ फेरी कोल्टे पर्यो। कम्मरदेखी तल अलि अप्ठेरो महशुस गर्यो। जायभित्र हात छिरायो र तुरी खेलाउन लाग्यो। उठेर बाथरुमतिर छिर्यो। मन शान्त पारेर फर्क्यो केहीबेरमा र पुन ओक्षानमा आएर पल्ट्यो। आँखा चिम्म गर्यो धेरै बेरसम्म।
८
कर्नेलाई भने दुर्गेलाई जस्तो सजिलो काम परेन। उसले घरको काम सबै एक्लै गर्न पर्थ्यो। भाडा धुने, गाडी धुने , गार्डेनको गोडमेल गर्ने र पानि हाल्ने। बेलुका बुडी आमाको खुट्टामा तेल लगाएर दबाउने। कपडा धुने सबै जनाको। उसंग मायालु स्वोरमा बोल्ने मान्छे सम्म थिएनन् घरमा। उसले सबै काम त सिक्दै थियो। भाषा सिक्दै थियो। तरपनि बेला बेला गालि मात्र हैन बुडीको छोरोले मुक्का सम्म हानेको थियो। तलब पनि दिएको थिएन सायद जलान्धरेले बुझीसकेको थियो कि पैसो, त्यो पनि थाहा थिएन उसलाई।
एकदिन बेलुका सबैजना उसलाई एक्लै छोडेर पार्टीमा गए। त्यहिबेलामा उस्ले बुडीको गहनाको बाकस खोलेर गहनाको पोको बोकेर घर बाहिर निस्कियो। केहि थाहा थिएन उसलाई त्यसपछि के गर्ने भन्ने। कुनै योजना थिएन। हिडेर अलिपर पुगेर एकजनालाई रेलको स्टेसन कता होला भनेर सोध्यो। उस्लेपनि रेलको स्टेसन जाने बाटो देखाइदियो। उ टिकट नलिई एउटा डिब्बा भित्र छिर्यो। टिकट लिनलाई उ संग पैसो पनि थिएन। कहाँ जाने भन्ने पनि थाहा थिएन। यतिकै छिर्यो। हातमा चोरेको गहनाको पोको थियो। त्यो पोको संग के गर्ने केहि थाहा थिएन उसलाई। तरपनि उसलाई डर कत्तिपनि थिएन। केहीबेरमा ट्रेन ठुलो स्वरको हर्न बजाएर चिप्लिन थाल्यो। केहीबेरमा मान्छेहरु खचाखच् भए ऊ छिरेको डिब्बाभित्र। एक एक गर्दै सिट छोड्यो उसले। आखिर उसलाई सिट पुगेन। एकैछिनमा एकहुल पुलिस देखापरे ट्रेनभित्र। कर्नेको छातीबाट मुटु फुत्त बाहिरै निस्कन लागेजस्तो भयो। चिट चिट पशिना आयो। मुख सुकेर आयो। त्यसैबेला एउटा छ फिट अग्लो, कालो पुलिसले उसको अगाडी उभिएर टिकट माग्यो। कर्ने कालो निलो भयो। उ संग टिकट थिएन र टिकटको लागि पैसा पनि थिएन।
त्यो दिन बेलुका सेठ घर आयो। उ धेरै दिनपछि घरमा आएको थियो। त्यो दिन उनीहरुमात्रै बाहिर निस्के खाना खानलाई। "बादुर गाडी धोलेना, जरा ध्यानसे", आउदा आउदै काम लागाएको हियो सेठले। दुर्गेले गाडी धोयो। कपडा धोयो। घरको सरसफाई गर्यो। साहुनिको बेड बनायो। बेड बनाउदा हिजोको सपना सम्झेर मुसुक्क हास्यो आफैसंग। 'छ्या कसरि सुत्छे होलि मेमसाब त्यो काले बिरालो जस्तो मान्छे संग ", मनमनै सोच्यो। त्यो रात उनीहरु अबेर सम्म आएनन।दुर्गेले सुक्खा पाउरोटीले छाक टार्यो त्यो साँझ। अबेरसम्म उनीहरु आउछन कि भनेर बाटो हेर्दै थियो तर एघार बजेसम्म पनि उनीहरु नआउदा बल्ल सुत्न गएको थियो ऊ ।
मध्यरातमा एक्लै आई साहुनी बाहिरबाट र सरासर दुर्गेको कोठामा गई। ऊ रक्सीको नसामा थिइ। उसको छोटा कपडाले सप्रेका लौका जस्ता साप्रा काछसम्म मात्र छोप्न भ्याएको थियो। कपाल छरपस्ट थियो अनुहारभरि। सेठ संगै छ कि भनेर पछाडी हेर्यो , तर सेठ त्यहाँ थिएन। उसले लगाएको कलेजी रंगको टिशर्टको छातीको चेन खुल्ला थियो। भित्रबाट अठ्याएर राख्ने केहि थिएन क्यारे, भोगटेजस्ता दुइओटै फल एकैठाउँ ठोक्किएर बसेका थिए। उसको जिब्रो रसायो। "बादुर मै आज इदरै सोउङ्गि। मेरा पति आजसे पति नहिरहा। साला कमिना हे ऊ। उसने बार दुस्री रखौटी राखा है" उसले रुदै भनि। ऊ अलमलमा पर्यो। कतै सेठले आएर मार्ने पो हो कि भन्ने डर लाग्यो उसलाई। उसले दुर्गेलाई च्याप्प अँगालोमा बेरी। एकैछिनमा शरीरमा भएका दुइ टुक्रा कपडा पनि झिकिदियी। जाँयभित्र हात छिराएर केटोको माल पिरिल पिरिल खेलाउन लागि। दुर्गेको कपडा सबै उतारिदिई आफैले र बुदुनो माछो च्याप्प समातेर कुरभित्र छिराईदिई । माछो छटपटाई रह्यो धेरैबेर। त्यसैबेला कालो ढाडे बिरालो जस्तो साहु छिर्यो कोठाभित्र। हेर्दा हेर्दै काठको कुर्ची सम्मत्यो र ड्याम्म मेमसाबको टाउकोमा हान्यो। ऊ जर्फ़राउदै उठ्यो। कोठा सुनसान थियो। उसको सरिर लगलग कापिरहेको थियो। हैट! कस्तो डरलाग्दो सपना देखेछु फेरी। ऊ रातभर निदाएन। मनमा अनेकन कुरा खेलि रह्यो उसको। सोच्यो कतै भर्खर देखेको सपना बिपना हुने त होइन। यदि साहुनी मात्र एक्लै कोठामा आइ भने के गर्ने। हैट ! ऊ फेरी कोल्टे पर्यो। कम्मरदेखी तल अलि अप्ठेरो महशुस गर्यो। जायभित्र हात छिरायो र तुरी खेलाउन लाग्यो। उठेर बाथरुमतिर छिर्यो। मन शान्त पारेर फर्क्यो केहीबेरमा र पुन ओक्षानमा आएर पल्ट्यो। आँखा चिम्म गर्यो धेरै बेरसम्म।
८
कर्नेलाई भने दुर्गेलाई जस्तो सजिलो काम परेन। उसले घरको काम सबै एक्लै गर्न पर्थ्यो। भाडा धुने, गाडी धुने , गार्डेनको गोडमेल गर्ने र पानि हाल्ने। बेलुका बुडी आमाको खुट्टामा तेल लगाएर दबाउने। कपडा धुने सबै जनाको। उसंग मायालु स्वोरमा बोल्ने मान्छे सम्म थिएनन् घरमा। उसले सबै काम त सिक्दै थियो। भाषा सिक्दै थियो। तरपनि बेला बेला गालि मात्र हैन बुडीको छोरोले मुक्का सम्म हानेको थियो। तलब पनि दिएको थिएन सायद जलान्धरेले बुझीसकेको थियो कि पैसो, त्यो पनि थाहा थिएन उसलाई।
एकदिन बेलुका सबैजना उसलाई एक्लै छोडेर पार्टीमा गए। त्यहिबेलामा उस्ले बुडीको गहनाको बाकस खोलेर गहनाको पोको बोकेर घर बाहिर निस्कियो। केहि थाहा थिएन उसलाई त्यसपछि के गर्ने भन्ने। कुनै योजना थिएन। हिडेर अलिपर पुगेर एकजनालाई रेलको स्टेसन कता होला भनेर सोध्यो। उस्लेपनि रेलको स्टेसन जाने बाटो देखाइदियो। उ टिकट नलिई एउटा डिब्बा भित्र छिर्यो। टिकट लिनलाई उ संग पैसो पनि थिएन। कहाँ जाने भन्ने पनि थाहा थिएन। यतिकै छिर्यो। हातमा चोरेको गहनाको पोको थियो। त्यो पोको संग के गर्ने केहि थाहा थिएन उसलाई। तरपनि उसलाई डर कत्तिपनि थिएन। केहीबेरमा ट्रेन ठुलो स्वरको हर्न बजाएर चिप्लिन थाल्यो। केहीबेरमा मान्छेहरु खचाखच् भए ऊ छिरेको डिब्बाभित्र। एक एक गर्दै सिट छोड्यो उसले। आखिर उसलाई सिट पुगेन। एकैछिनमा एकहुल पुलिस देखापरे ट्रेनभित्र। कर्नेको छातीबाट मुटु फुत्त बाहिरै निस्कन लागेजस्तो भयो। चिट चिट पशिना आयो। मुख सुकेर आयो। त्यसैबेला एउटा छ फिट अग्लो, कालो पुलिसले उसको अगाडी उभिएर टिकट माग्यो। कर्ने कालो निलो भयो। उ संग टिकट थिएन र टिकटको लागि पैसा पनि थिएन।
"मादर्चोद, ब्याग देखा ", पुलिसले आदेश दियो।
कर्नेले जोडले ब्याग समात्यो र भुइतिर हेरिबस्यो। तेहीबेला अरु दुइवटा पुलिसहरु पनि नजिकै आएर उभिएका थिए। "साले, ब्याग खोल", अर्कोले आदेश दियो। तेस्रोले ढाडमा डन्डी बर्सायो। कर्नेले हातबाट कुन चाहिले ब्याग खोस्यो उसले पत्तो पनि पाएन। एकै छिनमा उसको हातमा हत्कडी झुण्डियो। उसले केहिकुरा बोल्न पनि पाएन। कति लात्ती र लाठि खायो त्यो पनि याद भएन उसलाई। ऊ होसमा आउदा एउटा अध्यारो कोठामा लढेको थियो ऊ। हात, खुट्टा र शरीरमा रगतका टाटा थिए। मुख सुकेर पट्ट फुट्ला जस्तो भएको थियो। पानि छ कि कतै भनेर यता उति हेर्यो। अध्यारो कोठामा एउटा थोत्रो कपडाको टालो बाहेक अरु केहि थिएन। हातले यताउति छामछुम पार्यो। अहँ केहिपनि भेटेन उसले। कोठा बाहिर बुटको आवाज सुनिन्थ्यो बेला बेला। कतै मान्छेहरु चिच्याएको त कतै अस्लिल गालि गरेको। कर्नेले टाउको दाहिने घुँडामा आडेस लगायो र घुक्क घुक्क रुन थाल्यो। रुदा रुदा कतिबेला बेहोस भएर लड्यो आफैले थाहा पाएन। होसमा आउदा उ अर्कै ठाँउमा थियो, हातमा हात्कड़ी र खुट्टामा साङ्गो बाधेको अवस्थामा।
" साला नेपालि क्वु चोरी किया? मादर्चोद, बोल", खैटो जत्रो भुडी भएको छ्याके पुलिसले सोध्यो।
"ये हरामजादे यैसे नासूनेगा", अर्कोले तिघ्रोमा जोडले लाठि बज्राउदै भन्यो। ऊ बोल्ने अवस्थामा थिएन। अब त उसको शरीरले चोट खाएकोमा गुनासो गर्न पनि छोडी सकेको थियो।
कैदीहरुको लागि एउटा मात्र चर्पी थियो जुन प्रायजसो गुहुका लेडाले बुझिएको हुन्थ्यो। दुर्गंन्धले सबै कोठा कोठा चाहरेको थियो। दिनरात बिरालोका बच्चा जत्रा मुसा कोठा कोठा दौडन्थे। उडुस र उपियाँको साम्राज्य नै थियो त्यो कोठा। तर पनि कैदीहरुलाई आफ्नो कुकर्मको चुपचाप सजाय भोग्नु सिबाए अरु कुनै उपाए थिएन। दिनहरु कस्ता थिए उज्याला थिए कि अध्यारो केहि मेसो पाएन उस्ले। कसैलाई पनि सम्झन चाहेन। घरबाट भागेकोमा उसलाई पश्याताप बाहेक केहि मिलेन।
करिब दुइ महिना पछि उसलाई दिनमा बाहिर सानो खुल्ला चउरसम्म निस्कने अनुमति मिल्यो। बाहिर निस्कदा उज्यालोमा देखेका बस्तुहरु भ्रम हुन कि जस्तो लाग्यो उसलाई। उसलाई बाहिर भन्दा भित्रै बस्न मन लाग्यो।
बहिर बस्दा उसको संगत भयो बंगाली कैदी आदित्य संग। भिमकाय शरीर गरेको त्यो न कालो न गोरो नेपालीहरुको रङ्ग संग मिल्दो जुल्दो व्यक्ति देख्दै डरलाग्दो थियो। लागुपदार्थ हिरोइनको अबैध कारोबार थियो उसको। जेलबाटै धन्दा चलाउथ्यो। उसले कर्नेलाई आफ्नो ग्यांगमा सामेल गरायो। उसलाई थाहा थियो कर्ने जेलबाट छिटै छुट्नेछ , र उसको सोझोपनको आफुले भरपुर फाइदा लिन सक्नेछ। जुनदिन कर्ने र आदित्यको कुराकानी भयो त्यो दिन देखि उनीहरु संगै समय काट्न थाले। संगै जिम गर्ने, संगै खाना खाने, र अन्य कैदीहरूमा आफ्नो रवाफ देखाउन थाले। आदित्यको संगतले डरपोक कर्ने पनि साहसी बन्दै थियो। उसले पनि आदित्यको हाउभाउ नक्कल गर्न थाल्यो।
उनीहरुको रातिको गार्ड थियो बिहारि मुलको सिखौटे पुलिस। सेन्ट्रीमा बसेर धेरैजसो बाटोमा हिड्ने केटीहरुमा आँखा गाड़दथ्यो। आदित्य उसँग घन्टौ सम्म पनि केटिहेरुका कुराहरु गरेर बस्दथ्यो। एक दिन आदित्यले कर्नेसंग एउटा प्रस्ताप ल्याएर आयो। "देख करन, अगर तुम यहांसे बाहर नीकलेगा तों मेरे आदमी के पास जाना। तुम मेरे आदमिके साथ काम करोगे तो मालामाल बनजावोगे। मै भी जल्दी निकल्नेको प्लान बनारहाहू। "कर्नेले उसको अनुहारमा हेरिमात्र रह्यो। केहि जवाफ दिएन। उसलाई धन्दा के हो, कस्तो हो , के गर्नु पर्ने हो केहिपनि थाहा थिएन। मात्र केहि थाहा थियो भने जे आदित्यले संगै हुदा सुनाएको थियो त्यति मात्र थाहा थियो। मनमा कता कता लाग्यो, ठिकै पनि हो आदित्यको कुरा किनकि उसंग बाहिर गएर बस्ने ठाँउ पनि थिएन। जाने आफन्त पनि थिएन। दुर्गेलाई बेला बेलामा सम्झन्थ्यो, उ संग सम्पर्क हुने कुनै माध्यम थिएन। उ एकोहोरो आदित्यको कुरालाई मनमा खेलाउन थाल्यो। सपनाहरु बुन्न थाल्यो। एकदिन बिहानै उसले आदित्यलाई आफु बाहिर निस्के पछि उसका मान्छेहरु संग मिलेर काम गर्न राजि भएको कुरा बतायो।
९
दुर्गा माताको आसिर्बात लिएर हिडेको सन्ते कैयौ दिनसम्म जंगलमा भौतारियो। भोक भोकै गरांग का धुरीहरू चढ्यो। उसलाई लागेको थियो जंगलमा गए माओबादि भेटिहाल्छन र माओबादीको सेनामा भर्ति भएर जनयुद्धमा जाने सोचेको थियो। तर कैयौ दिन जंगल जंगल हिड्दा समेत उसले एकजना पनि माओबादी भेटेन। खोलाको पानि र जंगलको तरुल भ्याकुर खादै कैयौ दिन हिड्यो। एकदिन हिड्दै गर्दा जंगलमा मान्छेको आवाज सुन्यो। आवाज आएको ठाउँतिर लम्क्यो। त्यहाँ खोल्सोमा मान्छेका लाशहरु यत्र तत्र छारियको अवस्थामा थिए। तिनै बिचमा एकजना केटि चलमलाएजस्तो देख्यो। रगतका आला टाटा देखिन्थे शरीरभरि। नजिकैको खोल्सो बाट पानि ल्याएर मुखमा रख्दियो। हेर्दा हेर्दै उसका आखाहरू ट्वाल्ल परे। उसलाई त्यो कुन ठाउँ हो भन्ने सम्म पनि थाहा थिएन। उसको मनबाट डर पहिलेनै भागीसकेको थियो। कतै आफ्नो छोरो त्यो लाशहरुको भिडमा छ कि भनेर चारैतिर आँखा डुलायो। लाशहरु सबै क्षत विक्षत अवस्थामा थिए। छातीमा भक्कानो फुटेर आयो। तल र माथिका बंगारा मरक्क मर्कायो, र आशुलाई बाटामै रोक्यो। भुइमा रगतले लत्पतिएको माटो निधारमा लगायो र उकालो लाग्यो।
ओरिपरी घना जंगल थियो। कताकति चौपाया हिड्ने गरेको डोरेटो बाहेक केहिपनि थिएन जंगलमा। कति ठाँउ काँडाले चिथोर्यो, लगाएको सर्ट च्यातियो, चप्पलको तुना चुडियो तर पनि ऊ निरन्तर हिडीरह्यो। हिड्दा हिड्दा झमक्क साँझ पर्न लागेको थियो पहाडको सिरानमा पुग्दा। त्यहाँबाट तलतिर भलाक्यो। कालिगण्डकी नदि एकतमासले बगिरहेको थियो। त्यहि नदीको किनारमा लहरै ढुंगा र कर्कटपाताले छाएका घरहरु थिए। बजारको बिचमा भत्केका भवनहरुको भग्नाबषेस देख्यो। अगाडी देखेको लाशहरुको थुप्रो र बजारमा देखिने खण्डहरले उसलाई माओबादिहरु त्यहि कतै छन् भन्ने कुरा बुझ्न बेर लागेन। अगिल्लो राति म्याग्दी जिल्लाको सदरमुकाम आक्रमण गरेको थियो माओबादिले। दर्जनौ पुलिसहरु मारिएका थिए भने उतिकै संख्यामा माओबादिहरु पनि हताहत भएका थिए। दर्जनौ कर्मचारीहरु माओबादिको कब्जामा थिए। पोखरा र बाग्लुङ्ग बाट थप सेनाहरु परिचालन भैसकेका थिए भने घाइते सुरक्षाकर्मीहरुलाई हेलिकप्टरमा काठमान्डौ र पोखरा लागिएको थियो। तर यो सबै कुरा कहाँ थाहा थियो र संतेलाई। उसलाई कुन ठाँउमा छु भन्ने पनि थाहा थिएन। तरपनि त्यहाँको दृश्य देखिसकेपछि माओबादीले आक्रमण गरेको बुझ्नलाई गारो भएन। त्यहाँबाट माओबादी त्यतै कतै हुनसक्ने आशा बोकेर कालिगण्डकी नदितिर ओरालो लाग्यो।
बाटोको दुबैतिर घना जंगल थियो। बीच बिचमा बाटो सकिन्थ्यो। फेरी जंगलको बीचबाट आफै बाटो बनाउदै हिड्थ्यो। खोलाको नजिकै पुग्दैगर्दा तलबाट पन्द्र बिशजना जति मान्छेहरु टाटेपाटे ड्रेसमा आउदै गरेको देख्यो। देख्ने बितिकै तिनीहरु माओबादी नै हुन् जस्तो लाग्यो उसलाई। उनीहरु आउदै गरेको बाटो तिर गयो ऊ। मनमनै सोच्यो 'कतै उसको जेठो छोरो पनि उनीहरु संग छ कि भनेर चनाखो हुदै हेर्यो। तर सबै उस्तै उस्तै देख्यो। उनीहरुसंग जम्का भेट हुना साथ सबभन्दा अगाडी भएकोले 'टक्क उभिएर दाइने हात अगाडी बढाउदै भन्यो , "लालसलाम काम्रेड।यता कतै पुलिशहरु देख्नु भयो त ?" ऊ आफुलाई काम्रेड बोलाएर हात मिलाएकोमा दङ्ग भयो।
"पुलिशहरु त देखिन तर हाम्रा साथीहरुको लाश खोल्सा वारिपारि फालिएको छ। म तपाइहरुको पाटीमा लाग्नलाई घरबाट हिडेको हप्ता दिन भन्दा बढी भयो। तपाइहरुलाई भेटेर खुशी लाग्यो। म अब. …. "
ऊ बोल्दै गर्दा ड्याम्म उसको छातीमा बुट बजार्यो कालो कालो होचो होचो गरेको सिपाहीले। उनीहरु माओबादि नभएर माओबादिको भेषमा हिडेका सिपाहीहरु थिए। ऊ पुक्लुक्क भुईमा उत्तानो पर्यो। अर्कोले बन्दुकको नाल उसको टाउकोमा टसायो। अर्कोले भोकले ओडार परेको पेट्माथि जोडसंग कुच्यो।
"साले माओबादि, भन कता छन् स्यालहरु। आज एक एक गर्दै सालेहरुको टाउको उडाउने हो। " त्यसपछि के भयो केहि थाहा पाएन उसले। सिपाहिहरु घिसार्दै घिसार्दै खोलाको किनारसम्म पुर्याए। उसलाई आर्मीको हेलिकप्टरमा राखेर पोखराको आर्मी हेडक्वाटरमा पुर्याइयो।
"माओबादिको प्लाटुन कमान्डर 'कमरेड 'टाइगर' प्रहरीको कब्जामा। दोहोरो भिडन्तमा दर्जनौ लडाकुहरुको हताहती। " सबैजसो पत्रिकाको हेडलाइन थियो यो अर्को दिन। उता सन्ते अझै सम्म बेहोश थियो। "आर्मीका सिनियर अफिसरहरुको मिटिंगले उसको उपचार गरेर माओबादिको बारेमा धेरै कुराहरु थाहा पाउन सकिने कुरो निर्णय गर्यो र उसलाई थप उपचार गर्न काठमान्डू लगियो।
तिनदिनपछि बल्ल होश आयो उसको। होश खुल्ना साथ् उसको आँखामा कालो पट्टि बाधेर अर्कै ठाउमा लगियो। त्यहाँ दुइजना पुलिश तैनाथ थिए।
- तेरो असली नाम के हो ?
-सन्ते
-सन्ते के ?
-सन्ते कामि
-कहिलेदेखि माओबादिमा लागिस ?
-आजदेखि
-'साला टेड़ो टेड़ो कुरा गर्छस। हात तल राख।
- कहाँ तल ?
अर्को पुलिसले मुखमा फोहोरो पानि झ्याप्प छ्याप्दियो। लट्ठीले हातमा स्वाट्ट स्वाट्ट हिर्कायो।
-'सिधा सिधा उत्तर दे नत्र तेरो लाश यहि गायब पारिदिन्छौ' अगाडी बसेको पुलिश रुखो स्वरमा बोल्
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home