शहिदको नाममा
इतिहाँसको गर्भमा थुप्रेका आला लाशहरु
सुनाखरी, बुकी र पहेली फूलमा
मेटामोर्फोसिस हुदैगर्दा
महाराजको सवारीले हानेको कुकुर झैँ
डुंगडुंगी गनाइरहेछ
मेरो सरकार
देशै भरिका गल्लीहरुमा।
थाहा छ ?
सरकार अन्धो भएको
खुट्टा लंगडो भएको
हाँत लुला भएको
धोखा फट्याई र छलकपटले
दिमाग कुहिएर डंगडंगी गनाइरहेको
तर,
सिंहदरबार देखि धेरै टाडा टाडा सम्म
देख्न सक्ने
हिड्न सक्ने
फिल गर्न सक्ने
सोच्न र बोल्न सक्ने म र हामि
त्यो दुर्गन्धको दोष
बागमती र विष्णुमतिलाई दीराखेका छौ
चियाँ र व्हिस्कीको चुस्की संगै
देश बिदेशका भट्टीहरुबाट।
बिरशमशेरले बनाइदिएको
दिवारभित्र
अक्सिजनको अभाबमा
असि नाघेकी बुढीआमा
छट्पटाउदै गर्दा
टुडिखेलको बिजय सभामा
तिनै आँमाको हातबाट फूलमाला लगाएका
मेरा देशका नेताहरु
निरो बनेर
सिंहदरबारको आलिसान कुर्सीमा
निदाइरहेछ्न।
बलभद्र कुवर र भक्ति थापाको इतिहाँस
माछेकीराले धुल्याऊदै गर्दा
नालापानी, लिपुलेक र सुस्ताबाट
नेपाल आमाको चिरहरण हुदैछ
अनि ,
मेरो देशका भिष्म पितामहहरु
अर्जुन, भिम र कर्णहरु
थुप्रै म र हामीहरु
निर्लज्ज हेरेर बसिरहेका छौ
कलियुगमा कृष्णअबतारको प्रतिक्षा गरेर।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home