Friday, September 27, 2024

नोयो नेपाली उपन्यास प्रकाश कोबिद/ मन उपन्यास बिश्वध्वज थापा

 


नोयो - प्रकाश कोबिद 

उपन्यास 

नोयो नेपाली उपन्यास प्रकाश कोबिदले लेखेका हुन्। यो किताब १९६८ मा छपिएको थियो। यो उपन्यासको प्रमुख पात्र नोयो हुन्। उनि तिब्बतमा चिनको आक्रमण हुदा भागेर इन्डिया जादै गर्दा आफ्नो प्रेमीसंग छुट्टिन पुग्छिन। त्यतिबेला उनि दोजिया पनि हुन्छे। बाटामा चाइनिज सिपाइहरुले ठाउँ ठाउमा आक्रमण गरेर तिब्बतियनहरुलाई निर्मम तरिकाले मारिरहेका थिए। उनि केहि तिब्बतियनहरुको साथमा भागेर विभिन्न समस्याहरुसंग जुध्धै इन्डिया पुग्छे। त्यहाँ पुगेपछि उनि आफ्नो अङ्कलसंग भेट्छिन। चिनिया सेनाहरुबाट आफ्नो प्रेमी मारिएको खबर पाएपछि उनि निकै दुखि हुन्छिन। त्यसपछि सम्पूर्ण कुरा त्यागेर दलाइ लामाको आश्रममा पुग्छिन र जीवनभर यानी बनेर बस्ने संकल्प गर्छिन। 

मन 

उपन्यास 

बिश्वध्वज थापा 


मन र धन काजीका छोरीहरु हुन्। उनीहरु बिचको अन्तर दुइ बर्षको छ। काजीले मनको बिबाह कप्तानको छोरासंग गराउने पक्का पक्कि गर्छन। तर मन भने आफुलाई अंग्रेजी पढाउने शिक्षकबाट गर्भवती भएको कारण बिबाहको रात घरबाट भाग्छिन।  यस्तो अवस्थामा काजिले आफ्नी अर्की छोरी धनलाई कप्तानको छोरासंग बिबाह गर्दिन्छन। बिबाहको रात कप्तानको घरमा गोलमाल भएको हल्लाखल्ला भएता पनि पछी त्यो साम्य हुन्छ। 

उता मन आफन्ती बुढी बज्यैको घरमा लुकेर बस्छिन। बुढी बज्यैले गोदावरी भन्ने एउटी आइमाईको घरमा पुर्याउछे।  सुरुमा राम्रो व्यवहार गरेता पनि त्यो बुढीको भित्रि योजना अर्कै हुन्छ।  एकदिन उसले मनलाइ गर्भ फाल्न सल्लाह दिन्छे।  साथै उसलाई मेक अप गराएर बस्न भन्छे। त्यहि रात एकजना मान्छे उसको घरमा आउछ।  गोदावरीले मनलाई त्यो मान्छेसंग सुत्न भन्छे।  त्यसपछि मन त्यहाँबाट भागेर खेती खेत टाढा पुग्छे। उ बागमती खोलाको किनारै किनारा एउटा मन्दिरमा जान्छे। त्यहा उसको भेट भस्मेस्वर भन्ने बाबा संग हुन्छ। बाबा भनौदो संग भेट हुँदा उसले भर्खर बच्चा जन्माएकि हुन्छे। भास्मेस्वरले त्यो बच्चालाइ बालगृहयमा राख्न सल्लाह दिन्छ।  उसको सल्लाह अनुसार मनले आफ्नो बच्चालाइ बालगृहमा राख्छे।  उसले एकजना मस्तराम भन्ने सन्तसंग भेट गराउछ।  त्यो मस्तराम भन्ने आखिर त्यहि भास्मेस्वर हुदो रहेछ।  उसले मनलाइ जबर्जस्ति गर्न खोज्छ। उ त्यहाँबाट भाग्न सफल हुन्छे। त्यसपछि उ एउटी आइमाइको सरणमा पुग्छे। त्यो आइमाइले उसलाइ औषधि मुलो गरेर बिरामी निको पार्छे।  एकदिन उसले मनलाइ घरमा आएको छोरामान्छे संग सुत्न भन्छे।  मनले अस्विकार गर्दा उल्टै उपचारमा खर्च भएको पैसो उठाउनको लागि जसरि पनि उसले बोलाएका मान्छे संग सुत्न भनेपछि उ त्यहाँबाट पनि भग्छे।  उ को को संग बाट भाग्दिन।  प्रजातान्त्रिक पार्टी को नाममा भेला हुने नेता देखि महिला संघका कर्मचारीहरु सबैले उनको रुपको र जवानीको नाजायज फाइदा उठाउने भरपुर प्रयास गर्छन। अन्तत उ सबैतिरबाट भागेर एकजना सुचिकारको घरमा पुग्छिन।  सुचिकारलाइ कपडा सिलाएर उनले सहयोग गर्छिन। उनले सिलाएको कपडा धनको घरमा पुग्छ।  धनले सुचिकारलाइ कसले सिलाएको हो कपडा भनेर सोध्छिन। उनलाई संका लाग्छ कि त्यो कपडा सिलाउने पक्कै पनि उसको दिदि हो।  उनीहरु सबै सुचिकारको घरमा जान्छन। त्यहाँ धनलाई आफ्नो अगाडी देखेर मन जिल्ल पार्छिन।  बैनीको अनुरोधमा उनि बुवाआमाको घरमा फर्किन्छे। काजि बिरामी हुन्छन।  तरपनि मनलाई घरतिर आउदै गरेको देखेर काजि जुरुक्क उठेर तल झर्छन।  परिवारको सुखद मिलन हुन्छ।  त्यहि बेला धनको लोग्ने जो मोर्यो भनेर धनले सेतो कपडा लगाएकी हुन्छे फर्केर आउछन। 

मनको छोरीको नाम हुन्छ जिबन।  

यो उपन्यासले तत्कालिन समयमा काठमान्डूको सेरोफेरोको समाज, त्यो समाजमा हुने महिला प्रतिको हिँसा, विभिन्न राजनीति नेता देखि महिला सेवाको नाममा संस्था खोलेकाहरुले कसरी अपराध गरेका थिए भनेर छर्लंग देखाएको छ।  मनको एकबर्ष सम्मको दुख र संघर्षको घनचक्करले यो उपन्यासलाई जिबन्त बनाएको छ।  मन सर्बप्रथम मदन पुरस्कार प्राप्त नेपालि उपन्यास हो।  


एक चिहान -     ह्रदय चन्द्रसिंह प्रधान 

 

अष्टनारायण -बाबु  ( बिरामी /मृतु )

शिवनारायण / छोरो हाक्कुमाया 

हर्षनारायण (शिबनारायणको  भाई )

लतमाया  - आमा 

नानि थक्कु - शिवनारायणको बैनी 

डा. गोदत्त प्रशाद - डाक्टर / रन्जनादेबी   -श्रीमती ( तिन छोराछोरी )

सुरमान सुब्बा - नानि थक्कुलाई दाउ हेरेर बसेको सुड्डो 

रामबहादुर - सुब्बाको मेसेन्जर /कारिन्दा - पहिलो दर्जाको निकै धुर्त मान्छे 

माइला तामांगकि छोरी पुतली हर्षनारायण बुढी 

(डोको नाम्लो र खर्पन दिएर छोरीको बिदाइ गरे माइला तामांङ्गले )


शिबनारायणको बुवा बिरामी भए। उनीहरुले डा गोदत्त प्रशादलाई बोलाएर उनको उपचार गराए। तर उनि रहेनन्। तर डा. गोदत्तप्रशाद अलि चतुरे थिए। उनले शिवनारायणको छोरी नानि थक्कुलाइ आँखा लगाएका थिए। बिरामीको मृतु भै सकेपछि विभिन्न बहाना बनाएर डाक्टर शिबनारायणको घर धाउन थाले। नानि थक्कुसंग ख्याल्ठट्टा गर्न थाले।दुबैजनाको प्रेमको बिजारोपण भयो।  शिब नारायणले छरछिमेकबाट  नानिथाक्कु र डाक्टरको लसपस भएको थाहा पाए। उनले नानि थक्कुलाइ चेतावनी दिदै डाक्टरसंग नबोल्न , घरमा नबोलाउन भने। आमालाई पनि छोरीको आनिबानिमा ख्याल गर्न भने। त्यसपछि नानि थक्कु आफै डाक्टरसंग गएर घरमा नआउन भनिन। 

गोदत्तकी श्रीमती रन्जनादेबीले बुढाको निको चाला नदेखेपछि खान खाने बेला बुढालाई सम्झाउने कोशिस गरिन। उनले नानि थक्कुलाइ घरमै बोलाएर सम्झाउने कोशिश गरिन। उनले आइमाइहरुले आफ्नो इज्जत आफै राख्नु पर्छ भन्ने निकै बिनम्रताकासाथ नानि थक्कु सम्झाइन। 

सुब्बालाई तिरो तिर्नु पर्थ्यो। त्यसको बहानामा सुब्बाले सोझा किसानहरुलाई निकै अन्याय गर्दथे। 

सुरमानले नानि थक्कुलाई आँखा गाडेकोले अष्टनारायणको मृतु पछि रामबहादुरलाइ शिबनारायणको घर पठाए। उनले लतमायासंग अष्टनारायणले नानि थक्कुको हात सुब्बालाई दिइसकेको कुरा गरे। 

यता नानि थक्कु दोधारमा परिन। प्रेम डा  गोदत्तसंग भएको छ। तर रंजनादेबिको कुरा उनलाई निकै गाडेको छ।  अर्कोतिर दाजु शिवनारायणको कुराले पनि उनलाई डा गोदत्तप्रशाद संग संगत गर्न मन छैन। 

हर्षनारायणले एक तामांङ्गकि छोरी संग प्रेम बिबाह गर्छ। 

शिबनारायण निकै प्रगतिशील विचारका मान्छे छन।  उनले नारीलाई तात्कालिन समाजले गरेको अन्याएको चर्को बिरोध गर्छन।  माइला तामाङ्गकि छोरिसंगा भाइको बिबाह गर्ने शिवनारायण अति उत्सुक थिए।  यसले जातिय सहिषुनुत बढ्ने बिश्वास गर्छन। 

शिबनारयणले नानी थक्कुलाइ सर्लाही जिल्लाका राम खेलावन राउत संग बिबाह गराउने उनले विचार गरे। उनले यसले पहाड मदेश र काठमाडौँलाइ जोड्न चाहन्थे। 

केटा केटि दुवैलाइ मन पर्यो। शिबनारायणले बिबाह गरेर पठाइदिए।

भाईबैनी को बिबाह गरिसकेपछि शिबनारायण निकै खुशी भए।  अन्यमा लागतारको पानीले ठुलो बाढी आयो। तिनदिन लगातार पानि पर्यो।  र त्यहि बिष्णुमतिको बढीले सबैलाई बगाएर लग्यो।  

अण्टनारायण ज्यापूको सम्पुर्ण परिवारलाई बाढीले बगाएर लग्यो। गरिब अष्टनारायणको एगार सालको बाढीले बगाएर लग्यो। 



क्रान्तिबिर 

प्रदिप नेपाल 


रामप्रसाद राइको जिबनिमा आधारित उपन्यास क्रान्तिबिर एक जुजारु कृति हो। यहाँ प्रदिप नेपालले एक राइको छोरा ब्रिटिश गोर्खा आर्मीमा भर्ति भैसकेर पनि आर्मीबाट आफ्नो नाम कटाएर नेपाल फर्किन्छन। राणा सरकारको सेनामा सुबेदारको पदमा सिधै भर्ना हुन्छन। त्यहाँ बस्दा राणाहरुले कसरि अन्याय गरका छन् भन्ने बुझेर राणाहरुको सत्ता फाल्नको लागि जनमुक्ति सेनाको निर्माण गरेर पुर्बी नेपाल भोजपुर, संखुवासभा आदि हुदै पुर्बका जिल्लाहरु कब्जा गर्दै राणाहरुको अन्त्यको लागि अनबरत रुपमा लढछन्। उनलाई २००७ सालको क्रान्तिले मोहन समसेरलाइ प्रधानमन्त्री बनएको मन पर्दैन। २००८ को बिद्रोहमा नारयहिटी कब्जा गर्न पुग्छन। त्यो बेला देखि उनलाई बेपत्ता पारिएको हुन्छ। आज पनि उनलाई राणाहरुलाई फाल्ने २००७ सालको क्रान्तिको महानायकको रुपमा लिइन्छ।  

रामप्रशाद राईले भोजपुरे हाट बजारमा रक्सि खाएर होहल्ला गर्नेहरुलाई सजाय स्वरुप सार्बजनिक खेतीमा काम गर्न लगाएका थिए। राइ हुदैमा रक्सि खानु पर्छ भनेर के मा लेखेको छ भन्दै उनि आफ्नो निर्णयमा अटुट रहे। 


हिटलर र यहुदी  

बिषेस्वरप्रशाद कोइराला 


बम्बईमा उपचार गएकोबेला यहुदी संगको भेट साथै लेबनिज केटिसंग पनि भेट। 

लक्ष्मी /

डेभिड

मार्गरेट 

१९४४ को घटनामा यहुदीहरुको नरसंहार / आलु पोलेको 

जिउदा बालकहरुलाई आगोमा हुलेको थियो हिटलरको सेनाले /बोसो पग्लेर डोड बाट बग्थ्यो। जर्मन सेनाहरुले त्यो डाडुमा थापेर पुन: लासमाथि खन्याउथे। कति दर्दनाक भयानक बर्णन। यस्तो भयानक बर्णन गर्दा गर्दै योन रसलाई सुटुक्क घुसाउछन। 

संसारबाट लखेटिएका यहुदीहरुलाई साम्राज्यबादीहरुले दोश्रो विश्वयुद्दमा प्रयोग गरे। उनीहरुलाई छुट्टै देश दिने बचन दिएर। त्यो बचन पुरा गर्न उनीहरुले आफ्नो भूभाग हैन, हजारौ वर्षदेखि बस्दै आएका पेलेस्टाइनहरुलाई घर घरबाट लखेटेर इजराइल यहुदीहरुलाई दिइयो। लाखौ मान्छेहरु त्यहाबाट रातरात लखेटिए। कैयो घरमै मारिए। सम्पूर्ण राज्यका मान्छेहरु लेबनान, जोर्डन, सिरिया लगायतका अरेबियन मुलुकहरुमा सरणार्थी हुन पुगे। तिनै शरणार्थी क्याम्पबाट आफ्नो खोसिएको हक अधिकारको लागि जन्मे कैयौ ससस्त्र संगठनहरु। पश्चिम देशहरुले उनीहरुलाइ आतंकबादीको संज्ञा दिदै आइरहेको छ। यो डिस्कोर्स यति बलियो छ कि अहिले विश्वलाई हज्बुल्ला भनेको एक आतंकबादी संगठन हो। इजराइलले मिसाइल हान्नु प्रजातान्त्रिक हो। 

रेवा - सुन्दर आइमाई, बिबाहित तर स्वछन्द विचार भएकी, लेखकसँग निकै नजिक भएकी छ सामुन्द्रिक यात्रामा

लक्ष्मी -लेखककी श्रीमती 

नारायणनन - फ्रेन्चमा जन्मेको भारतीय नागरिक /लेखक /भारतीय संकृतिको प्रसंसक 

एकजोडी भर्खर बिहे भएका जोडी 

आमा छोरा 











0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home