Saturday, September 19, 2020

योगमाया

 योगमाया 

इतिहासको गर्बमा लुकेको व्यक्तित्वमाथि अनुसन्धान गरेर एउटा पुस्तक लेख्नु चानचुने कुरा हुदै होइन। त्यसमाथि पनि फरक भूगोल र बस्तुस्थितिलाई हुबहु उतार्नु  अनि सयौ बर्ष पहिलेको समाजलाइ चित्रण गर्नु कुनैपनि लेखकको लागि चुनौती पनि हो। त्यसको लागि थुप्रै खोज अनुसन्धान गर्नु पर्ने हुन्छ। 

योगमाया एक एइतिहासिक पात्र हुन् जसले बाल बिबाह, बाल बिधुवा, सति प्रथा, छुवाछुत, कमारा कमारी जस्ता थुप्रै कुप्रथाको विरुद्ध जिन्दगिभर  संघर्ष गरिन। राणा शाशनको बिरुद्धको आन्दोलनकै क्रममा  कैयौ पल्ट जेल जिबन पनि बिताइन। र अन्त्यमा अरुण नदीमा जलसमाधि गरिन। उनीसंगै सत्तरी भन्दा बढी उनका अनुयायीहरुले पनि अरुण नदीमा हाम फालेर मृतुबरण गरेका थिए। उनको बाल्य अबस्थादेखी बृदा अवस्था सम्मको सम्पूर्ण नालीबेली उतारेकी छन् लेखक निलम  कार्की निहारिकाले योगमायामा। 

'सानुमाया', 'ठुलीमाया' को नामले चिनिन्छिन योगमाया यो किताबमा। नाबालक अवस्थामा न्यौपाने थरको केटासंग बिबाह बन्धनमा बाधिएकी सानुमायाले एक रात घरबाट भाग्छिन। जंगलको बाटो माइतिघरतिर हिड्दै गर्दा बाटो बिराएर तिन दिनका दिन जन्मघरमा पुग्छे। समाजको डरले गर्दा उसको बाबाले उसलाई उल्टै गालि गरेर अर्को दिन घरमा पुर्याइदिने कुरा गर्छ। बिहे गरेर गैसकेको छोरीले घरवालाको अनुमतिबिना माइत आउन पाइदैन। यसरि भागेको खण्डमा घरवालाले पुन घरमा पस्न नदिने कुरो चलन हुन्छ समाजमा।  त्यसैको डर हुन्छ सानुमायाको बाबालाई। नभन्दै घरवालाले सानुमायालाई पुन नभित्र्याउने भन्दै नानाथरी आरोप लगाउछन। त्यसपछि सानुमाया गाउकै एक जनासंग आसाम जान्छे। उसैसंग बिहे गरेर एउटा सन्तानको जन्म पनि दिन्छे। तर उनको लोग्नेको अकालमै मृतु हुन्छ। पछी उनले तेस्रो बिबाह गर्छिन।  तेस्रो लोग्नेको मृतु भएपछी उनको भाइसँग नेपाल फर्किन्छे।  

नेपाल फर्के पनि समाजमा कुरीति, कुसंस्कार  जिउ का तिउ हुन्छन।   धेरैले उनलाई नराम्रो दृष्टिकोणले हेर्छन। स्वर्गाद्वारीको तिर्थबाट फर्केपछि उनि पटक पटक निराहार महिनौ दिनसम्म पनि तपस्या गर्छिन। उनका अनुयाइहरु बढ्दै जान्छन। उनले समाजमा चल्दै आएको कुरितिहरुको बिरुद्ध आवाज उठाउछिन। बाल बिधुवाहरुले अर्को बिबाह  गर्न पाउनुपर्छ भनेर जनचेतना फैलाउने काम गर्छिन।  जातभातको नाममा चल्दै आएको छुवाछुत प्रथा, सति प्रथा, कमारा कमारी , महिलाको विरुद्ध हुने भेदभाबको बिरुद्धमा लगातार आन्दोलन गर्छिन। धर्म राज्यको माग गर्दै अग्नि दाह गर्न होम खाडीहरु तयार गर्दै गरेको अवस्थामा श्री ३ का सिपाइहरुले जेल हाल्छन। तरपनि सानुमाया कहिले पनि हार मान्दिनन र निरन्तर सरकारमा धर्म राज्यको माग गर्दै बिन्ति पत्र पठाऊछिन। तर सरकार भने झन् झन् निरङ्कुश हुदै जान्छ।  सुक्रराज सास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ लगाएतका मान्छेहरुको हत्या गर्छ।  

जब राणा सरकारले जनताको कुरा नसुनेर हत्या हिँसा बढाउदै जान्छ सानुमायाले सरकारलाई नैतिक दबाब दिनको लागि धर्मराज्यको माग गर्दै जलसमाधि गर्ने निधो गर्छिन। उनले अरुण नदीमा जलसमाधि गर्ने भएपछी उनका अनुयाईहरु लगाएत सत्तरी भन्दा बढी व्यक्तिहरुले अरुण नदीमाथि हाम फालेर सामुहिक देह त्याग गर्छन।  

योगमाया राणाकालीन समाजको दर्पण हो, आवाजबिहिनहरुको आवाज हो, इतिहासको उत्खनन हो।  भाषाशिल्प, लेखनशैलीका हिसाबले पनि किताब पठनीय छ।  


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home