आमा
एकमाना घिऊ
एक पोका गुन्द्रुक
एक पोका मुलाको चाना
एउटा पुन्तुरोमा मसुरो
झोलामा अटि नअटी
ठेली ठेली हालिदिएर
निधारभरी रातो टिका
गहभरि आशु लिएर
दिएको तिम्रो आशिर्बाद
बिश्वबिध्यालयका भित्ता भित्तामा
ठोक्किदै
सडक सडक भौतारिदै
सयौ कोष टाढासम्म पच्छाइरहेछ
त्यसैले त मैले खाने हरेक भान्सामा
अलिकति अमिलो
अलिकति चिल्लो
अलिकति पिरो मिसियको हुन्छ
म हिड्दै गरेका बाटाहरु
तिम्रै आशिर्बादले मार्गनिर्देश गरेको हुन्छ
दिनभरको थकान
तिम्रो सम्झनाले लाब्जित हुन्छ
मेरा हरेक सपनाहरुमा
मेरा हरेक उपलब्धिहरुमा
तिम्रो अंश लुकेको हुन्छ
त्यसैले त म शिर ठाडो गरेर हिड्न सकेको छु
छाती ठोकेर बोल्न सकेको छु
किनकि तिम्रो आशिर्बात मेरो शिरमा छ
आमा
तिम्रो रगत मेरो नसा नसामा छ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home