उसलाई जसरि पनि मार्नु पर्छ भन्ने सोंच आयो एक्कासी। यसरि आबेगमा आएर कसैको हत्या गर्नु एक त महापाप हो भन्छ धर्मशास्त्र। अर्कोतर्फ कानुनि रुपले पनि अपराध ठहरिन्छ। मार्नको लागि उचित हतियार पनि हुनुपर्यो आफुसंग। सोच्नुभएको कसैलाई मार्नको कारण पनि त होला।
तपाइको सबैभन्दा प्रिय बस्तुमाथि कसैले बिना अनुमानि आफ्नो अधिकार जमायो भने रिस उठ्छ कि उठ्दैन ? आफ्नो घरको झ्यालबाट कसैले चिम्सा आँखा लगाएर चियो चर्चो गरेको मन पर्छ त ? तपाइको मनपर्ने जतनसाथ पुस्तक कसैले लुकी लुकी पढेको मनपर्छ। मलाई त मनपर्छ भन्नुहोला तर च्यातेको त मनपर्दैन होला नि ? कत्रो मेहनेतले फलाएको फल अरुले लुकी लुकी जुठो पारेको मन पर्छ कि पर्दैन? मलाई भने मन पर्दैन।
उ कहिले देखि मेरो ब्याकयार्डमा बस्न थाल्यो। त्यसको एकिन डाटा भने मसंग छैन।जुनदिन सम्पूर्णरुपमा हिऊ पग्लियो, त्यो दिन म ब्याक्यार्डमा झरें। चारपाँच महिनादेखि पर्दै आएको हिंउले भिजेर माटो रसिलो, पोसिलो देखियो। हातले खोस्रे, मगमग बास्ना आयो। मकै गोड्दा, कोदो, धान रोप्दा सुँघेको माटोको सुगन्ध नाकले पनि कहाँ बिर्सेको रहेछ। सर्लक्क लगेर बिगतसंग जोडिदियो। बाल्यकालदेखि बयस्क आबस्थासम्म माटो हरेक पलको साथि थियो । बिहान उठेदेखि बेलुका सुत्नेबेलासम्म अधिकाँस समय माटोसंग बित्थ्यो। सुत्नेबेला समेत माटोको केहि अंस ओक्षानमै हुन्थ्यो।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home