जर्मन फिलोसोफर फेडरिक नेश्चेले भनेका छन् " लाइफ विथआउट म्युजिक इज अ मिस्टेक", अर्थात् संगीतबिनाको जिबन एक गल्ति हो। गित संगीतले नै हामीहरुलाई तनाबबाट मुक्ति दिलाउछ।खुशी हुँदा नि तिमि दुखि हुँदा नि तिमि भनेझै जस्तोसुकै अवस्थामा साथ दिने भनेको संगीत नै हो। चाहे त्यो बन पाखाहरुमा गाइबाख्रा चराउदै गर्दा होस् या शहरमा गाडीमा सवार गर्दै गर्दा हामि आफ्नै लोक भाकामा गुनगुनाई रहेका हुन्छौ।
हामि जहाँ जहाँ जान्छौ त्यहाँ त्यहाँ हाम्रो भाषा, संस्कृति संगसंगै गएको हुन्छ। परदेशमा हाम्रो आसल साथि भनेकै हाम्रो भाषा संकृति हो। हामि जति राम्रो अग्रेजी बोलेता पनि नेपालि नबोलि मनको बह कहन सकिदैन। अग्रेजी बोलेर मज्जा नै आउदैन। हामि कनिकुथनी भएपनि छोरा छोरीहरुलाई आफ्नो भाषा सिकाएका हुन्छौ। कलिला उमेरका नानिबाबुले बाटोमा भेट्दा समेत नमस्ते गर्छन। अनुहारु हेरेर यो नेपालि हो भन्ने चिन्छन, र मुसुक्क हाँस्छन्। यिनै साना साना कुराहरुमा फुलको रस झैँ खुशी लुकेको हुन्छ आप्राबाशी नेपालीहरुको।
टोरोन्टो घना बस्ति भएको क्यानेडियन शहरहरु मध्यकै सबैभन्दा ठुलो शहर हो। केहिबर्ष यता नेपालिहरुको संख्या ह्वात्तै बढेको छ। त्यमाथि नेपाली बिद्यार्थीहरु आउने क्रम तिब्र छ। यताउति हिड्दा मुस्किलले देखिने नेपाली अनुहार अहिले यहाँको सार्बजनिक यातायात तथा कलेज रेस्टुरेन्टमा बाक्लै देख्न सकिन्छ।" हेर यस्तो हुन्छ यहाँको बस, यहाँको ट्रेन, मेरो कलेज", भन्दै लाइभ बोलिरहेका हुन्छन। दर्जनौ बिद्यार्थीहरु सबवे कुर्दै गर्दा नेपालि गित गाएर नाच्दै गरेको फाट्ट फुट्ट सामाजिक संजालहरुमा देख्न सकिन्छ। यसरि दिनहु नेपालीहरुको संख्या बढेको देख्दा खुशी पनि लाग्छ। यहाँ सबै तह त तप्कामा नेपालीहरु पुग्दै छन्। यो हामि सबैको लागि गर्बको कुरा पनि हो।
नेपालबाट क्यानाडा आई स्थाई बसोबास गरिरहेका अधिकाँस नेपालिहरु यहाँ नेपालीहरुको हितको लागि खोलिएका कुनै न कुनै संथाहरुमा आबद्द छन्। नेपालिहरुको संख्या बढ्दै जाँदा भेगीय आधारमा संगठित हुदै सामाजिक तथा परोपकारी कार्यमा लाग्ने संस्थाहरु पनि थुप्रै छन्। कतिपय संस्थाहरुले स्पोन्सर गरेर बेलाबेलामा नेपालबाट कलाकारहरु बोलाइरहेका हुन्छन। यिनी कार्यक्रमहरु प्रायजसो दुइचार सय अट्ने क्षमता भएका पार्टी प्यालेसहरुमा हुन्छन। नेपालको अहिलेका निकै चर्चित गायक प्रकाश शपुत यतै छन्। जना गायक जिबन शर्माले टोरोन्टो र अल्बर्टाको केहि शहरहरुमा आफ्नो प्रश्तुति दिएर नेपाल फर्किसकेका छन्। कुनै बेला राजनीतिक पृष्ठभुमिका गायक जिबन शर्मालाई सबैतिर भब्य स्वागत गरियो। पशुपति शर्मा, सुगम पोख्रेल आदिले पनि यहाँ आएर प्रतुती दिइसकेका छन्।
यसरि साना साना पार्टी हल हुदै अहिले नेपालि समाज यहाँको निकै चर्चित तथा ऐतिहाँसीक म्यासी हलमा प्रवेश गर्दै छ। आउदो अक्टोबर आठ तारिक नेपालकै चर्चित ब्याण्ड नेपथ्याले कार्यक्रम गर्ने पकापक्की भैसकेको छ भने अर्ली बर्ड भनेर खुलाइएको प्रथम चरणको टिकट खुलाएको केहि घन्टामै बिक्रि भैसकेको आयोजकले जानकारी गराएको छ। यो हामि सबैको लागि गर्बको कुरा हो। नेपालीहरुको महान चाड बडादशैँको अवसर पारेर गर्न लागिएको यो कार्यक्रमले नेपालिहरुलाई मात्र नभई नेपालि भाषी आप्राबासीहरुलाई भरपुर मनोरंजन दिने कुरामा त दुबिधा रहेन नै, यसले नेपालीहरुलाई क्यानेडियनहरुमाझ चिनाउने छ। यहाँका युनिभर्सिटीहरुमा संगीतबिदामा अध्यन गर्दै गरेका बिद्यार्थीहरुलाई हौसला समेत प्रदान गर्ने छ।
सन् १८९४ मा क्यानेडियन बिजनेसम्यान हार्ट म्यासिले संचालन गरेको म्यासीहल सन् १९८१ मा क्यानाडाको नेस्नल हिस्टोरिक साइट अर्थात् राष्ट्रिय ऐतिहाँसिक स्थलमा दर्ता गरिएको थियो। बिसौ सताप्दिमा धेरैजसो ठुला ठुला कन्सर्टहरु गरिएको यो हललाई टोरोन्टोबासीहरु हार्ट म्यासिले उनीहरुलाई दिएको अमुल्य गिफ्टको रुपमा लिने गर्दछन। यति ठुलो इतिहास बोकेको यो हलमा "तालको पानि माछीले खानि, पिरिम सित जानी कि नजानी" भन्दै नाँच्दा मोर्गेज र महँगीको तनाब केहि कम पक्कै हुनेछ। काम र कलेजको फिसले आत्तिएका बिद्यार्थीहरुले केहीक्षण भएपनि आनन्द लिने छन्। क्यानाडाका विभिन्न प्रोभिन्सहरुबाट नेपालीहरु यो कन्सर्ट हेर्नको लागि सयौ डलर खर्च गरेर आउने छन् अनि "जोगले भेट, मायाले हुन्छ सम्झना" भन्दै एकआपसमा अँगालो मार्ने छन्।रेशम, भेडाको ऊन जस्तो, स कर्णाली, तालको पानि, लाम्पाते सुरति जस्ता गीतहरुले सबैलाई नचाउने छ, हँसाउने छन्। त्यसै भनेका हैनन् राजनिश ओशोले "संगीत खुशीको मुहाँन हो" भनेर ।
अझै रमाइलो कुरा त सधैजसो गोरे अनुहार देखेको म्यासी हल कल्छौदा कल्छौदा, गहु गोरा, छोटा मोटा मान्छेहरु एकैसाथ देख्दा एकपल्ट पक्कै पनि मुसुक्क हाँस्ने छ। यहाँका मिडियाहरुले यो कन्सर्टको बारेमा पक्कै पनि केहि लेख्ने छन्, बोल्ने छन्, र सधैभरि अस्तित्वको लढाई लड्नुपर्ने आप्रबासी नेपालीहरुलाई चिनाउन यो कार्यक्रमले पक्कै पनि सहयोग गर्ने छ।
नेपथ्या ब्याण्डले 'शान्तिको लागि शिक्षा', 'शान्ति संगीत यात्रा', 'सबैको लागि नेपथ्या', र 'मानवताको लागि संगीत' भनेर विभिन्न समयमा देशब्यापी सांगीतिक अभियान गरिसकेको छ।"जब हामीले ठाँउ ठाँउमा कन्सर्टहरु गर्छौ गाँउ गाँउबाट मान्छेहरु आएर संगीतको आनन्द लिने मौका पाउछन। माओबादी तथा राज्यको तर्फदेखि आतंकित पारिएका जनताहरुमा हाम्रो सांगीतिक कार्यक्रमले शान्ति र आशाको दियो जलाएको छ", बिबिसीको एकजना पत्रकारसंग कुरा गर्दै अमृत गुरुंङ्गले शान्तिको लागि संगीत यात्रा २००३ को देशै भरि गरिएको अन्तिम कन्सर्टको बेला भनेका थिए। लामो समयसम्मको मावोबादी र राज्यको आतंकले अत्तालिएका नेपालि जनताहरु निकै उत्साहका साथ् उनको कन्सर्ट हेर्न पुगेका थिए। त्यहाँ के केटाकेटी, के बुढाबुढी, के बयस्क सबै संगीतको लयमा झुमेका हुन्थे। अहिले जस्तो टिकटकको जमाना हुन्थ्यो भने सायद त्योबेला "छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले " भन्दै कति टिकटक बन्थ्यो होला गाँउ गाँउबाट, डाँडा र पाखाहरुबाट। लामो समयसम्म चलेको द्वन्दले गर्दा मानिसहरु बनपाखा घाँस दाउरा गर्दा होस् या बस्तुभाउ हेर्दै गर्दा गित गुनगुनाउन छोडिसकेको अवस्था थियो। माओबादी शान्ति प्रक्रियामा आइसकेपछि पनि मान्छेहरुले पहिले झैँ खुलेर गाउन सकेनन्।
हाम्रो घरदेखि माथिको डाँडालाई देउराली डाँडा भनिन्थ्यो। त्यो डाँडा धेरैजसो कुहिरोले ढाक्थ्यो। नेपथ्या ब्याण्डले "छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले" भन्ने गित निकाल्दा, मलाई लाग्थ्यो सायद यहि डाँडालाई हेरेर गित लेखेको हुन्। गाई बस्तु हेर्न जाँदा तरुनीहरु देख्यो भने 'छेक्यो छेक्यो देउराली डाँडा ...'भन्दै छड्के आँखा लाइन्थ्यो। कहिले मुखभरिको गालि पाइन्थ्यो त कहिले मुटुभरिको मायाँ। अहिले ति दिनहरु सम्झिने पानि छम्किने' भने जस्तो भएका छन्। यहाँ पनि हामिहरु गाडीमा यात्रा गर्दा प्राय: यिनै गीतहरु सुन्ने गर्छौ। अलि लामो यात्रा गर्दा होस् या साथिभाइहरु जम्मा हुँदा नेपालि गित नघङ्काइ मनले मान्दै मान्दैन। त्यसमा पनि आफ्नै देउराली भन्ज्यांङ्ग लेक बेशिका गीतहरुले हामीलाई तिनै बनपाखामा पुर्याउदछन। नयाँ नयाँ गितहरु बजारमा आएका छन्। यो गित भाइरल त्यो गित भाइरल भन्छन। तर आफुलाई भने तिनै अमृत गुरुङ, यम बराल, रामकृष्ण ढकाल, पुरुसोत्तम नेउपानेकै गित सधै भाइरल भए जस्तो लाग्छ।
सन् २०११ मा किंग्सटन ओंटरियोमा जन्मेका क्यानेडियन रक् स्टार ब्रायन अदाम्सले काठमान्डौमा लाइभ कन्सर्ट गरेका थिए। दशौ हजार मान्छेहरु त्यो भब्य कार्यक्रममा उनीसंगै गित गुन्गुनादै नाँचेका थिए। संगीतमा झुमेका थिए। जसले गर्दा अहिले पनि धेरैजसो नेपालीहरुले उनलाई चिन्छन, र उतिकै सम्मान पनि गर्छन। अबको पालो पोखरामा जन्मेका नेपाली पप् स्टार अमृत गुरुङ्गको हो। ब्रायन अदाम्सको देशमा आएर उनले पनि ऐतिहाँसिक कार्यक्रम गर्ने छन्। हजारौ मान्छेहरुलाई नचाउने छन्। क्यानाडामा बस्ने नेपालीहरु मात्र हैन क्यानेडियनहरुले पनि नेपथ्या ब्यान्डको भरपुर मज्जा लिनेछन। अमृत गुरुङलाई चिन्ने छन्, र सम्मान गर्ने छन्। त्यो सम्मान नै हामि सम्पूर्ण नेपालीहरुको सम्मान हुने छ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home