हेर, सोध र बुझ!
नौ नौ महिना कोखमा राख्दाको पिडालाई छोडिदेऊ
तिमिलाई यो धर्तिमा अस्तित्वदिलाऊदाको पिडा पनि भुलिदेऊ।
किनकि तिमिले त थाहै पायनौ, बुझ्न पनि त सक्दैनौ।
तिम्रो विध्याले न तिमिलाई सिकायो।
न तिम्रो आत्माले कहिले बुझ्ने कोशिस नै गर्यो।
तिमिले आफै खान कति बर्ष लगायौ?
आफै हिड्न कति कति दिन, महिना र बर्ष लगायौ?
कसले सिकायो होला ताते ताते र कोख्याई, कोख्याई
कसले हाल्यो तिमि ऊभियको जग?
छोडिदेउ यि वाइघात कुराहरू
तिमि त ढुन्गा र माटोको जग हाल्ने कुरो ठुलो ठान्दैछौ।
आफ्नो बर्तमान र भबिश्यको जोड घटाउ गर्दै छौ।
चिसो ढुन्गामाथि टुसुक्क बसेर दुध चुसायको
पिठ्यूमा घास र पेटमाथि तिमिलाई बोकेको
तिमिलाई सन्चो नहुदा झाक्रि, मसान र डाक्टरलाई बूझायको
छ त कतै तम्सुक हिसाब र किताबको?
कि च्यातिदियौ ऊसैदिन
जुनदिन देखि आफै खान र हिड्न सिक्यौ।
आफ्नो अस्तित्व आफैभित्र खोज्न सिक्यौ।
कति बर्षको हुदा कति रूपिया कमायौ
आफ्नो कमाईमा कति रमायौ।
कति दियौ आमालाई, कति दियौ बाबालाई
त्यो पनि ताजै होला सम्झना
किनकि त्यो तिम्रो कमाई हो।
त्यहि कमाईको हिसाब किताब गर्दा गर्दै
जिबनको हिसाब किताब टुन्गिने छ।
तर आफ्नो सन्तानमाथिको हिसाब किताब कहिले राख्ने छैनौ।
किनकि जिबन चर्खा न हो।
पान्डबहरु बनबास जादा कुन्ति कबच बनि साथै लागिन
दरबारको सुख संग जंगलको दुख बिनिमय गरिन
अर्जुन होस या कर्ण भएन कुनै भेद।
सयौ छोराहरुकी आमा गान्धारि कहिले थाकिनन्।
सन्तानकोलागि आफ्नो टाउको छिन्ने आने बोलेन,
आोलम्पियस, आमा लु का कथा भन्दा कुनै कम छैन
तिम्रि र मेरि आमाका कथाहरु।
अस्ताउदो सु्र्य किन मलिन हुन्छ सोथ्यौ कहिले
बचेरा हुर्काइसकेपछि जुरेलि नाच्छ किन बुझ्यौ कहिले
फल टिप्दै गर्दा आोइलियका पात हेरेउ कहिले
पानि पिउदै गर्दा मुल कहॉ हो सोध्यौ कहिले
सोध, बुझ र हेर अनि पाउनेछौ आमाको परिभाषा
भेट्टाउनेछौ आमाको सरल कथाभित्रको बेथा
हेर
सोध र
बुझ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home