Wednesday, September 2, 2026

रसुवा र नुवाकोटमा अचानक आएको बाढी र त्यसको प्रभाब

सेतो कपडाले बेरेको लाशलाई बाँसको घारोमा चारजना मान्छेहरुले बोकेर एकोहोरो संख बजाउदै खोलातिर लैजादै गर्दा डरले छाती जोड जोडले धड्किन्थ्यो। मान्छेहरु दाउरा बोकेर पछि पछि दौडिरहेका हुन्थे। हामी डरले बाटो छोडेर टाढा भाग्थ्यौ वा लुक्नालाई घरभित्र पस्थ्यौ। लाशलाई हेर्न हुदैन भन्थे। मृत्यु भन्ने चिज निकै भयाबह जस्तो लाग्थ्यो। कुनै मान्छे मोरेको समाचारले गाँउ नै स्तब्ध हुन्थ्यो। कहिलेकाँही त एकोहोरो संख बजेको सुन्नासाथ् हात खुट्टा थर्थरी काँप्थ्यो। जब माओंबादी ससस्त्र द्वन्द शुरु भयो,मृतुका समाचारहरु बढ्न थाले। शुरुशुरुमा दुइतिन जनाको मृतुको समाचारले घर घरमा सन्नाटा छाउथ्यो। त्यसपछि मृतु हुनेको संख्या बढ्दै जान थाल्यो। मान्छेहरु दोहोरो भिडन्तमा परि मर्ने दुइचार जनाको त वास्तै गर्न छाडे। अब कुनबेला धेरै हताहती भएको समाचार आउछ भन्दै मान्छेहरु पर्खाइमा बस्न थाले। संचारमाध्यमहरुले छाप्ने मृतकहरुको फोटो हेर्न समेत गाह्रो हुन्थ्यो। 

लमजुङस्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई माओवादी कार्यकर्ताहरूले १७ जनवरी २००२ मा निर्ममतापूर्वक हत्या गरे। उनको बर्बर तबरले हत्या गरिएको तस्बिर पत्रपत्रिका हेर्दा रौँ ठाडा हुन्थे। पछि त्यो भन्दा बिभत्स दृश्यहरु आउन थाले। चितवनको बाँदरमुडे घटनासम्म आइपुग्दा नेपाली समाजले दिनदिनैजसो हुने हत्याहिँसाका घटनाहरुलाई सामान्यरुपमा लिन थाले। सडकमा राज्य बिरुद्द आन्दोलन भयो। धेरै धनजनको क्षति भयो। तर मान्छेहरुले ससस्त्र द्वन्दमा मृतु हुने मान्छेहरुको संख्यासंग तुलना गरे। त्यो संख्या खासै ठुलो लागेन।  नेपाल सरकार र माओबादीबीच शान्ति सम्झैता भयो ।  जेन जी बिद्रोहसम्म आउदा हजारौको संख्यामा नेपालीहरुले एकआपसमा जुधेर मृतुबरण गर्न परेको छ। पहिले पहिले पत्रपत्रिकामा छापिने मृतकहरुको फोटो जेन जी आन्दोलन सम्म आउदा लाइभ छायांकन हुन थाल्यो। सामाजिक संजालको दुरपयोग गरेर एउटा मान्छेले अर्को मान्छेको मृतु नाटक छायांकन गरेजस्तै लाइभ गर्न थाल्यो। शुरु सुरुमा यस्ता श्रब्य दृश्य सामग्रीहरुले हामीहरुले असह्यै पिडा दिन्थ्यो। 

राजनीतिक अस्थिरताले गर्दा निम्तिएका बिपधहरु बाहेक नेपालले थुप्रै अन्य बिपदहरु पनि बारम्बार भोग्नु परेको छ। सन् २००८ मा कोशीमा बाढी आउदा लगभग ५५/६० जना मान्छेहरुको ज्यान गएको थियो भने हजारौ मान्छेहरु विस्तापित भएका थिए। २०२१२ मा कास्की जिल्लामा बाढी आउदा चालिस भन्दा बढी मान्छेहरुको मृत्यु भयो भने सयौ हराएको समाचार आयो। २०१४ मा सिन्धुपाल्चोकमा आएको बाढी पैरोमा परि सयौ मान्छेहरुलाइ ज्यान गुमाए। २०१५ मा आएको भूकम्पले दसौहजार मान्छेहरुको ज्यान गयो भने खर्बौको भौकिक सम्पति ध्वस्त भयो। त्यसको दुइवर्ष नबित्दै २०१७ मा तराइका ३५ जिल्लामा आएको मनसुन बाढी पहिरोले लगभग १३४ जना मान्छेहरुले ज्यान गुमाए भने राज्यले  खर्बौको  क्षति व्यहोर्नु पर्यो।

त्यसैगरी  २०१९ मा बारा पर्सा जिल्लामा आएको सक्तिशाली हावाहुरीले तिस /पैतिसजनाको ज्यान गयो भने हजारौ घाइते भए। कैयौ घरबार बिहिन हुन पुगे। त्यस्तै २०२१ मा कर्णाली र महाकाली नदीको तटीय क्षेत्रमा आएको बाढीले सयौ मान्छेहरुको ज्यान लियो भने अकल्पनीय भौतिक क्षति हुन पुग्यो। २०२३ मा जाजरकोटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पले एकसय पचास भन्दा बढी मान्छेहरुको ज्यान गयो भने असाध्यै धेरै भौतिक संरचनाहरु ध्वस्त भए। २०२४ सेप्टेम्बरमा आएको बाढी पहिरोले  काठमाण्डौ समेत गरि २४६ मान्छेहरुको ज्यान लियो भने लाखौ मान्छेहरु विस्तापित हुन पुगे। भर्खरै २०२६ अगस्टमा २६ मा हिमपहिरोले अचानक ल्याएको भिषण बाढीले गर्दा रसुवा, नुवाकोट, चितवन सम्म पुर्याएको अकल्पनीय क्षतिले देश पूर्ण रुपले घाइते छ। यो लेख तयार पार्दा सम्म ९०० भन्दा बढीको मृतु भैसकेको छ भने हजारौ हराइरहेका छन्। यो आकडा प्रतिघन्टा बढ्दो क्रममा छ। 

यसरि सरसर्ती हेर्दा के देखिन्छ भने बिगत केहि वर्षदेखि लगातार रुपमा बाढी पहिरो बढ्दै गैरहेको छ। ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ।  तर बिडम्बना के देखिन्छ भने झन् पछि झन् मान्छेहरुको संवेदना हराइरहेको छ। जो मान्छेहरु जलबायु परिबर्तनको उच्च जोखिममा छन् या भनौ बाढी पहिरोको जोखिममा छन्, ति मान्छेहरुमा अलिकति भएपनि सतर्कता देखिनु पर्ने हो। कतिपय मान्छेहरु यस विपतलाई उत्सब झैँ मानेर पुलमा लाइन लागेर फोटा र भिडियो खिच्न ब्यस्त छन्।  प्रहरी , आर्मी , ससस्त्रको टोलिले माइकिङ्ग गर्दै हिडिरहेको छ, तर मान्छेहरु भन्दैछन, "खाना अर्डर गरेको छ, खाएर भाग्ने।" त्यस्तो अवस्थामा सचेत सबल नागरिकहरुले आपाङ्ग, असक्त, बुढाबढी, न्युरोडाइभर्जेन्ट व्यक्तिहरुलाई कसरि सुरक्षित स्थानमा लैजान सकिन्छ भनेर प्रयास गर्नु पर्ने हुन्छ।  यदि कुनै घरमा यस्तो जनसंख्या छ भने कुनै संकेत राख्नु पर्छ जसले गर्दा सहयोग गर्न सजिलो होस्। 

हिन्दीमा एक भनाइ छ ," आगे होते चेते नही , पिछे चेते होते नही। " अर्थात् अगाडी काम गर्यो भने हुन्छ तर चेतना हुदैन र  गर्न सक्ने काम पनि गर्दैनौ, तर समय बितिसकेपछि चेतना आउछ तर काम गरेर हुदैन। " हरेक वर्ष नेपालमा बाढी पहिरोले सयौ मान्छेहरुको ज्यान लिइरहेको हुन्छ। हामि देश विदेशबाट राहत जुटाउछौ। पिडित परिवारलाई दुइचार बोरा चामल बाडेर आफ्नो जिम्मेवारीबाट पन्छिन्छौ। एक दुइ महिना नहुदै त्यो घटना बिर्सन्छौ ।  नदि किनारहरूमा  असुरक्षित बस्ति बसेको बस्यै छ । खोलाको किनारमा बसेका धानका हरिया फाँटहरु  कंक्रिट बस्तिमा परिणत भएका छन् । त्यसलाई रोक्न न स्थानीय निकायले सक्छ र केन्द्र सरकारले। राज्यले राजधानीको मुटुमै के भैरहेको छ भनेर, खोला किनारमा किन बस्ति बढिरहेको छ ? त्यसलाई रोक्न के गर्न सकिन्छ भनेर बेलैमा बुद्दि पुर्याउन नसक्दा बर्षेनी कैयौ मान्छेहरुले ज्यान गुमाइरहेका छन्। खोलामै पिलर राखेर घर बनाउन नक्शा कसले पास गर्यो ? ठिक छ नक्सा त नोटले पास गर्यो, तर घर बनाउदै गर्दा निरीक्षण गर्ने र अनाधिकृत रुपमा बन्दै गरेका संरचनाहरु रोक्ने  अन्य निकायहरु छैनन् ? 

नेपालभर यस्ता जोखिमपूर्ण हजारौ संरचनाहरु छन् ।  जोखिमपूर्ण हजारौ सडकहरु छन् । जोखिमपूर्ण  हजारौ स्कुलहरु छन् । अस्पताल, आर्मी ब्यारेक तथा सरकारी भवनहरु छन् । तर राज्यले नै यस्ता संरचनाहरु निर्माण गर्दा ध्यान दिदैन भने निजि जमिनमाथि आफ्नो मनलागी घरहरु बनाउनेलाइ  रोक्न झन् के सक्थ्यो ?  अहिले मान्छेहरु पहाड माथिको बस्ति देखाउदै भनिरहेका छन् हाम्रा पुर्खाहरुले बेशीमा खेतीपाती गर्थे , पहाडको माथि बसाइ गर्थे । हामीले बेसीमा घर बनाएर गल्ति गर्यौ । हुनपनि  कुरो सहि हो।  खोलाको किनारै किनार, मोटर बाटो गयो, यातायातको सुबिधा भयो, अस्पताल जानको लागि सहज हुने भयो भन्ने हिसाबले बेसीतिरै बस्ति बसाल्न थाले। एक, दुइ, तिन गर्दै खोलाको किनारहरुमा घना बस्ति बस्न थाले। स्कुल त्यतै बने। गाँउमा भएका सरकारी संरचनाहरु पनि त्यतै झर्न थाले । गाँउमा बस्ति पातलिदै गयो । गाइबस्तु चर्ने चौरहरु पनि सामुदायिक जंगलको परियोजनाले गर्दा घना जंगल बने।  बन्यजन्तु जस्तै बाँदर, चितुवाहरुको जनसंख्या बढ्दै जान थाल्यो।  फाट्टफुट्ट बसेको बस्तीपनि बादरको आतंकले गर्दा बाध्य भएर यिनै खोला किनारतिर झरेर बसोबास गर्न थाले। यसले गर्दा खोलाको किनारमा बस्ति बाक्लो हुदै गयो। तराइका खोला किनारमा चाहे त्यो बुटवलको तिनहु खोला किनारमा बढ्दै गरेको सुकुम्बासी बस्ति होस् वा नारायणी र बागमती नदि किनारमा सबै यसैको परिणाम हो। 

यसको मूल कारण बिगत् केहि दशकदेखि राज्य सत्ताकै चक्रबिउमा फंसेको छ।  त्यहाँबाट निस्कनै सकेको छैन । प्रधानमन्त्रीको सपथ खाएकै दिन प्रतिपक्षले अर्को सपथ खान्छ कि यो सरकारलाइ कसरि अप्ठेरोमा पारेर सत्ता आफ्नो हातमा पार्ने। त्यसपछि सदनमा शुरुहुन्छ ताण्डब नृत्य । जनताहरुले पनि जसरि मृत्युको भयलाई सामान्य मान्दै जान थाले,  त्यस्तै सदनको दृश्य सामान्य हुन थाल्यो। आजकल त यस्तो लाग्छ सांसद भवन भनेको कानुन बनाउने ठाँउ हैन,  जोकरहरुको सर्कस देखाउने ठाँउ हो । न जनतासंग लाज, न कुनै डर, न इज्जत। एकले अर्कालाई कुन हदसम्म गिराउन सकिन्छ, त्यसैमा छ प्रतिष्पर्धा । मनसुन शुरु हुदैछ, कसरि जोखिम न्यूनीकरण सकिन्छ भनेर कुनै दिन छलफल भयो ?  राज्यको पहिलो कर्तब्य जनताको ज्यान बचाउने हो । कहाँ कसरि जनताको ज्यान जोखिममा छ भन्ने कुराको पहिले अध्यन हुनुपर्छ र तत्काल त्यसमा ध्यान दिनुपर्छ। तर उनीहरुको ध्यान छ त केबल सत्ताको कुर्चीमा। २०१५ मा भूकम्पले तहस नहस पार्यो। पिडितहरुको नाममा राहत जम्मा भयो। विभिन्न ठाँउमा घर बनाएर सुन्दर तस्बिर सार्बजनिक गर्ने काम भयो, तर ति घरहरुमा बस्ने मान्छेहरु के बास्तबमै राहत महशुस गरिरहेका छन् ?  अर्कोपल्ट पनि ढिलो चाँडो भुकम्प अबस्य आउनेवाला छ। भूकम्पको जोखिम न्यूनीकरण गर्न राज्यले के के गर्दै छ ? यस्तो बेला बुढाबुढी, केटाकेटी, अपाङ्ग, सुस्त मनस्थिति भएका मान्छेहरुको पहिचान र उद्दार कसरि गर्ने, धेरै भन्दा धेरै मान्छेहरु तात्कालिन आवस्थामा कसरि र कहाँ सुरक्षित राख्न सकिन्छ ? जस्ता बिषयहरुमा कुनै नीति तथा कार्यक्रमहरु बनेका छन् कि छैनन्। यदि बनेका छन् भने आम मान्छेहरुलाई यसको बारेमा जानकारी छ कि छैन ? 

त्रिशुलीको एक स्कुलबाट नौ सय जति बिद्यार्थीहरु तत्कालै सुरक्षित स्थानमा लैजाने काम भयो र ति बिद्यार्थीहरुको ज्यान बच्यो। त्यो स्कुलमा यसको बारेमा पहिले नै रिहर्सल भएको थियो या थिएन त्यो त थाहा भएन।  तर जुन कार्य तत्काल गरियो त्यो निकै उदाहरणीय छ। आगलागी, भुकम्प , बाढी जस्ता बिपतहरुबाट कसरि बच्ने भन्ने बारे हरेक स्कुलहरु, अस्पतालहरु तथा घर घरमा जानकारी हुन आवश्यक छ। हरेक  स्कुल तथा अस्पतालहरुमा बेला बेलामा शिमुलेसन अर्थात् जोखिम नक्कल गरेर त्यहाँ कार्यरत सबैलाई चनाखो बनाइराख्नु पर्छ। जे आउछ, मज्जाले पचाउछ भन्दै बस्यो भने बिदेशीहरुले पनि राम राम भन्दै बस्छन, काँध थाप्न कोहि आउदैनन। 

यी त भए राज्यले नीतिनिर्माण तहदेखि नै गर्नुपर्ने काम।  तर हरेक व्यक्ति आफैमा  जिम्बेवार बन्ने कि नबन्ने ?  राज्यको तर्फबाट बाढी आउनुभन्दा आधा घण्टा अगाडी  अलर्ट जारि हुँदा हुँदै पनि किन धेरै मान्छेहरु पुलमा उभिएर सेल्फी खिच्ने, भिडियो बनाउने गर्न थाले ? यदि हरेक नागरिक सचेत भैदिएको भए आधा घण्टामा सुरक्षित ठाँउमा पुग्न सकिने थियो। जो मान्छेहरु तगडा थिए उनीहरुले बुढाबुढी, अपाङ्गता भएका मान्छेहरुलाई समेत सुरक्षित स्थानमा लैजान सक्थे। सुरक्षाकर्मीहरुले त जानकारी दिने हो, त्यसलाई पालना गर्ने या नगर्ने हाम्रो कुरा हो , अर्थात् आम नागरिक को कुरा हो।  कतिपयलाई फोनमा  आएको अलर्ट पढ्न पनि आउदैन, तर छरछ्मेक वरिपरि त कोहि न कोहि पक्कै हुन्छ। यस्तो आवस्थामा जनतानै सुरक्षाकर्मी हुनुपर्ने हैन र ? एकजना हेडसरको सहि समयमा गरेको सहि निर्णयले ९०० भन्दा धेरै बिधार्थीरुको जिबन जोगाउन सफल भयो भने हरेक सचेत नागरिकले यस्तै भूमिका खेलेको भए मानबिय क्षति पक्कै पनि कम हुन्थ्यो। 

सरकारले पक्कै पनि आफुले सकेको, जानेको र साधन र स्रोतले भ्याएसम्म काम गरिरहेकै छ। नेपाल आर्मी, ससस्त्र प्रहरी, नेपाल पुलिस, आपतकालीन सरकारी संयन्त्रहरु सबैले मिलेर काम गरिरहेका छन्। आर्मी पुलिसहरुले ज्यान जोखिममा राखेर उद्दारको काम गरिरहेका छन्। यस्तो अवस्थामा नचाइदो हल्ला, बिरोधको लागि बिरोध र राजनीतिक प्रतिशोधका आधारमा भ्रमपूर्ण समाचारहरु छाप्ने काम अत्यन्त घृणित काम हो। अहिले उद्दारमा खटिएका सबै निकायहरुलाई प्रोत्साहन र सहयोग चाहिएको छ। सामाजिक संजालमा नचाहिने सामाग्रीहरु पोस्टाएर उनीहरुको मनोबल गिराउने काम गर्नु हुदैन। हरेक व्यक्तिको हातमा स्मार्ट फोन छ। त्यसमा उनीहरु भन्दा स्मार्ट एआइ एपहरु छन्। त्यहाँ काम गर्ने अल्गोरिदमले तपाइले के हेर्न चाहनुहुन्छ, के सुन्न चाहनुहुन्छ वा के पढ्न चाहनुहुन्छ पहिले नै थहपाइसकेको छ। इन्टरनेटमा तपाइले सर्च गर्ने बिषयहरु, तपाइले ध्यान दिएर हेरेका सुनेका बिषयहरु डाटा उसंग सुरक्षित हुन्छ। तपाइभन्दा उ स्मार्ट भैसकेको हुन्छ। जसले गर्दा तपाइलाई उसले सजिलै ब्रेन वास गर्दिन्छ। अलि तपाइ हामीलाई  लाग्न सक्छ हामीले सुनेको, हेरेको र पढेको नै सत्य हो। बास्तबमा त्यो सत्य हुदैन। सत्य व्यक्ति र परिस्थिति अनुसार फरक हुन सक्छ। त्यसलाई तथ्यले बुझ्नु पर्छ। त्यहिभएर कुनैपनि समाचारलाई सिधै बिश्वास गर्नुको साटो त्यसलाई विश्लेषण गर्न सक्ने क्षमता हामीसंग हुनुपर्छ। 

बाढीले घर बस्ति र सिंगो गाँउ नै बगाएर लग्यो। हजारौ हजार मान्छेहरुले ज्यान गुमाए भने उतिकै संख्यामा मान्छेहरु हराइरहेका छन्। हाइड्रो पाउरको सुरुङ्ग भित्र पुरिएका मान्छेहरु पनि अब जिवितै उद्दार हुने सम्भावना कम हुदै गैरहेको छ। यत्रतत्र छरिएका लाशहरुको ब्यबस्थापनमा जटिलता देखिएको छ। लाश कुहिएर त्यसको दुर्घन्धले अर्को बिपद निम्त्याउन सक्ने देखेर राज्यले बेबारिसे लाशको DNA सुरक्षित गरि जमिनमुनि ब्यबस्थापन गरेको छ। त्यस्तै उद्दार गरिएकाहरुको तात्कालिन र दिर्घकालिन ब्यबस्थापन गनुपर्ने देखिन्छ। कैयौ बालबालिकाहरु अभिभाबकबिहिन बनेका छन्।  उनीहरुको अभिभाबक भनेकै राज्य हो। त्यसको लागि राज्यले तुरुन्त पहलकदमी चाल्नु पर्ने देखिन्छ। ति बालबालिकाहरुमा गम्भीर मानशिक असर परेको हुन्छ।  त्यसको सहि उपचार समयमै गरिएन भने डरलाग्दो असर पछि सम्म रहिरहने छ। यसको लागि मानशिक, सामाजिक, आध्यात्मिक तवरले काम गर्नु पर्ने देखिन्छ। हामि नेपालीहरु संसारको जुनसुकै कुनामा  बसेपनि एक छौ, परेको खण्डमा संगै उभिन तयार छौ। हरेक नेपालीहरुले आफुले जानेको, सकेको सहयोग गर्नुपर्ने बेला आएको छ। सबैभन्दा पहिले उद्दार भएका मान्छेहरुलाइ उचित ब्यबस्थापन हुनुपर्छ। त्यसपछि मात्र भौतिक क्षतिको पुनर्निर्माणतर्फ लाग्नु पर्छ। 

यसका साथै राज्यले आजै देखि अन्तरास्ट्रिय समुदायसंग जलबायु परिबर्तनले गर्दा नेपालले भोग्नु परेको समस्याका बारेमा प्रष्ट कुरा राख्नु पर्छ भने अहिले भएको जुन क्षति छ त्यसको जिम्मा अन्तरास्ट्रिय समुदायले लिनुपर्छ भन्ने माग जोडदारले उठाउन पर्छ। 









Monday, January 5, 2026

मादुरो प्रकरण, ब्रिक्स र नेपाल


मादुरो प्रकरण, ब्रिक्स र नेपाल 

हालै अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई चिलले कुखुरा टिपे झैँ पक्राउ गरी न्यूयोर्क ल्याएको घटनाले विश्व राजनीतिमा ठूलो तरंग पैदा गरेको छ। अमेरिकाले मादुरोमाथि ड्रग तस्करी, नार्को आतंकवाद र व्यापक भ्रष्टाचारका गम्भीर आरोप लगाउँदै यसलाई “कानूनी कारबाही” भनेको छ। तर यो कदम केवल एक कानूनी प्रक्रिया मात्र नभई अन्तर्राष्ट्रिय कानून, संप्रभुता र शक्तिराष्ट्रको दोहोरो मापदण्डसँग गहिरो रूपमा जोडिएको विषय बनेको छ। यसबाट नेपालले के सिक्न सक्छ त ?

अमेरिकाको दाबी अनुसार मादुरोको गिरफ्तारी अन्तर्राष्ट्रिय अपराध विरुद्धको वैध कदम हो। तर आलोचकहरू भन्छन् कि कुनै सार्वभौम राष्ट्रको राष्ट्रपतिलाई विदेशी भूमिमा सैन्य बल प्रयोग गरेर पक्राउ गर्नु अन्तर्राष्ट्रिय संप्रभुताको ठाडो उल्लंघन हो। अमेरिकाले आफ्ना हितअनुसार कहिले यस्ता कदमलाई “अपराध विरुद्धको संघर्ष” भन्यो, त कहिले अन्य देशले यस्तै गरे “हस्तक्षेप” भनेर विरोध गर्‍यो। यही दोहोरो मापदण्डले अमेरिकाको नैतिक र कानूनी विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

क्यारेबियन देशहरुलाई आफ्नो ब्याक यार्ड ठान्ने अमेरिकाले भेनेजुएलामा मादुरोको सत्ता पलट गरेर आफ्नो अनुकुलको व्यवस्था स्थापना गर्ने मुख्य उद्देश्य देखिन्छ।  त्यो बाहेक त्यहाँ रहेको विशाल तेल भण्डार, लिथियमजस्ता भविष्यका ऊर्जास्रोतहरूमा विश्व शक्तिहरूको चासो, र एलन मस्कजस्ता प्रभावशाली उद्योगपतिहरूको अप्रत्यक्ष स्वार्थ जस्ता  कारणहरुले यो देश अन्तर्राष्ट्रिय राजनीतिकाे केन्द्रमा परेको छ। यसै सन्दर्भमा, अमेरिकाविरोधी धारलाई मजबुत बनाउँदै भेनेजुएलाको रूस र चीनतर्फको झुकाव केवल वैचारिक होइन, रणनीतिक पनि हो। ऊर्जा, प्रविधि र सैन्य सहयोगको सन्तुलन खोज्दै भेनेजुएलाले पूर्वी शक्तिहरूसँग हात मिलाएको छ, जसले विश्व शक्ति राजनीतिमा नयाँ ध्रुवीकरण जन्माएको छ। 

यस घटनाप्रति अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र र विभाजित देखिन्छ। भेनेजुएलाले यसलाई अमेरिकी “सैन्य आक्रमण” र राजनीतिक षड्यन्त्र भनेको छ। रूस, चीन, इरान, क्युबा, ब्राजिल, मेक्सिको र कोलम्बियाजस्ता देशहरूले यसलाई गम्भीर संप्रभुता उल्लंघन र खतरनाक नजिरको रूपमा निन्दा गरेका छन्। संयुक्त राष्ट्रले पनि यसले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा जोखिम पैदा गर्ने चेतावनी दिएको छ। यद्यपि अल्बानिया, अर्जेन्टिना, इजरायल र कोसोभोले अमेरिकाको कदमलाई समर्थन गरेका छन्, जसले विश्व समुदाय कति गहिरो रूपमा विभाजित छ भन्ने देखाउँछ।

मादुरो प्रकरणलाई अघिल्ला अमेरिकी सैन्य हस्तक्षेपहरूसँग तुलना गर्दा समान ढाँचा देखिन्छ। इराक, अफगानिस्तान, लिबिया, सिरिया, यमन, पाकिस्तान, भियतनाम, पनामा र ग्रेनेडाजस्ता देशहरूमा अमेरिकाले आतंकवाद, सामूहिक विनाशका हतियार, मानवअधिकार वा लोकतन्त्रको नाममा हस्तक्षेप गर्‍यो। तर ती हस्तक्षेपका परिणाम प्रायः दीर्घकालीन अस्थिरता, गृहयुद्ध, चरमपन्थी समूहको उदय र मानवीय संकट बने। यसले “कानूनी र नैतिक उद्देश्य” को दाबी र वास्तविक परिणामबीच ठूलो अन्तर रहेको देखाउँछ, जुन मादुरो गिरफ्तारीमा पनि दोहोरिन सक्ने डर बिज्ञहरु बताउछन।
समग्रमा, मादुरोको गिरफ्तारी केवल एक व्यक्तिको कानूनी मुद्दा होइन, बरु विश्व राजनीतिमा शक्ति, कानून र नैतिकताको टकराव हो। शीतयुद्धकालमा विश्व व्यवस्था द्विध्रुवीय (bipolar) थियो, जहाँ अमेरिका र सोभियत संघ दुई प्रमुख शक्तिका रूपमा विश्व राजनीतिलाई निर्देशित गर्थे। सोभियत संघ पतनपछि अमेरिका एक्लै प्रभावशाली बनेर एकध्रुवीय (unipolar) विश्व व्यवस्था स्थापित भयो, जसमा सैन्य, आर्थिक र सांस्कृतिक शक्ति मुख्यतः एउटै राष्ट्रमा केन्द्रित रह्यो। तर पछिल्ला वर्षहरूमा चीन, रूस, भारत, ब्राजिल र दक्षिण अफ्रिका सम्मिलित BRICS समूहको उदयले यो एकध्रुवीय सन्तुलनलाई चुनौती दिँदै उदाउँदो बहुध्रुवीय (multipolar) विश्वको संकेत दिएको छ। BRICS देशहरू आर्थिक, राजनीतिक र कूटनीतिक रूपमा वैकल्पिक शक्ति केन्द्रका रूपमा अघि बढ्दै विश्व शासन, वित्तीय संस्था र अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा नयाँ सन्तुलन खोजिरहेका छन्। 

२०२५ सम्म आइपुग्दा BRICS समूह विस्तार भइसकेको छ। सुरुका पाँच सदस्य ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका बाहेक थप देशहरू पनि पूर्ण सदस्य बनेका छन्। हाल पूर्ण सदस्यता लिएका  देशहरू हुन ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स (UAE), साउदी अरेबिया र इन्डोनेसिया।यसका साथै BRICS ले “साझेदार देशको अवधारणा पनि ल्याएको छ, जसमा बेलारुस, बोलिभिया, क्युबा, काजाखस्तान, मलेसिया, नाइजेरिया, थाइल्याण्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम जस्ता देशहरू सहभागी छन्। यस विस्तारसँगै BRICS अब केवल पाँच देशको समूह नभई विश्वको ठूलो जनसंख्या, अर्थतन्त्र र राजनीतिक प्रभाव प्रतिनिधित्व गर्ने उदाउँदो बहुध्रुवीय शक्ति केन्द्र बन्दै गएको देखिन्छ। यो विश्व घटनाक्रमले गर्दा ट्रम्प प्रशासन डराएको देखिन्छ। 

अमेरिकाले यो पछिल्लो  कदमलाई  कानून कार्यान्वयनको रूपमा प्रस्तुत गरे पनि अन्तर्राष्ट्रिय समुदायको ठूलो हिस्साले यसलाई संप्रभुता उल्लंघन र दोहोरो मापदण्डको उदाहरण मानेको छ। इतिहासले देखाएको छ कि यस्ता सैन्य आधारित समाधानहरूले प्रायः स्थिरता भन्दा अस्थिरता नै जन्माएका छन्। त्यसैले यो घटना विश्वका लागि एउटा गम्भीर प्रश्न बनेको छ।  के शक्तिराष्ट्रको बल प्रयोग अन्तर्राष्ट्रिय कानूनभन्दा माथि हुन सक्छ?  कि अब विश्वले समान नियम सबैका लागि लागू हुने व्यवस्था खोज्नैपर्छ?

मादुरो प्रकरण र विश्व शक्तिहरूको व्यवहारबाट नेपालले पनि महत्वपूर्ण राजनीतिक पाठ सिक्न सक्छ। सबैभन्दा पहिले, राष्ट्रिय संप्रभुता जोगाउन आन्तरिक राजनीतिक स्थिरता, वैधानिक शासन र बलिया संस्थाहरू अपरिहार्य हुन्छन्, किनकि कमजोर राज्य बाह्य हस्तक्षेपको सजिलो निशाना बन्छ। दोस्रो, कुनै एक महाशक्तिमाथि अत्यधिक निर्भर हुनु जोखिमपूर्ण भएकाले नेपालले सन्तुलित र असंलग्न विदेश नीति अपनाइरहनु आवश्यक छ। तेस्रो, भ्रष्टाचार, कमजोर सुशासन र लोकतान्त्रिक विश्वसनीयताको अभावले अन्तर्राष्ट्रिय दबाब बढाउन सक्छ भन्ने कुरा नेपालका लागि चेतावनी हो। अन्ततः, इतिहासले देखाएझैँ सैन्य बल र बाह्य हस्तक्षेपले दीर्घकालीन अस्थिरता मात्र निम्त्याउने भएकाले नेपालले संवाद, कूटनीति र बहुपक्षीय मञ्चमार्फत आफ्नो हित र संप्रभुता सुरक्षित गर्ने नीति दृढतापूर्वक अघि बढाउनुपर्छ।



Sunday, November 10, 2024

नेपाली उपन्यास

 

नोयो नेपाली उपन्यास प्रकाश कोबिदले लेखेका हुन्। यो किताब १९६८ मा छपिएको थियो। यो उपन्यासको प्रमुख पात्र नोयो हुन्। उनि तिब्बतमा चिनको आक्रमण हुदा भागेर इन्डिया जादै गर्दा आफ्नो प्रेमीसंग छुट्टिन पुग्छिन। त्यतिबेला उनि दोजिया पनि हुन्छे। बाटामा चाइनिज सिपाइहरुले ठाउँ ठाउमा आक्रमण गरेर तिब्बतियनहरुलाई निर्मम तरिकाले मारिरहेका थिए। उनि केहि तिब्बतियनहरुको साथमा भागेर विभिन्न समस्याहरुसंग जुध्धै इन्डिया पुग्छे। त्यहाँ पुगेपछि उनि आफ्नो अङ्कलसंग भेट्छिन। चिनिया सेनाहरुबाट आफ्नो प्रेमी मारिएको खबर पाएपछि उनि निकै दुखि हुन्छिन। त्यसपछि सम्पूर्ण कुरा त्यागेर दलाइ लामाको आश्रममा पुग्छिन र जीवनभर यानी बनेर बस्ने संकल्प गर्छिन। 

बिश्वध्वज थापाले लेखेको मन उपन्यास अर्को मन छुने कृति हो। मन र धन काजीका छोरीहरु हुन्। उनीहरु बिचको अन्तर दुइ बर्षको छ। काजीले मनको बिबाह कप्तानको छोरासंग गराउने पक्का पक्कि गर्छन। तर मन भने आफुलाई अंग्रेजी पढाउने शिक्षकबाट गर्भवती भएको कारण बिबाहको रात घरबाट भाग्छिन।  यस्तो अवस्थामा काजिले आफ्नी अर्की छोरी धनलाई कप्तानको छोरासंग बिबाह गर्दिन्छन। बिबाहको रात कप्तानको घरमा गोलमाल भएको हल्लाखल्ला भएता पनि पछी त्यो साम्य हुन्छ। 

उता मन आफन्ती बुढी बज्यैको घरमा लुकेर बस्छिन। बुढी बज्यैले गोदावरी भन्ने एउटी आइमाईको घरमा पुर्याउछे।  सुरुमा राम्रो व्यवहार गरेता पनि त्यो बुढीको भित्रि योजना अर्कै हुन्छ।  एकदिन उसले मनलाइ गर्भ फाल्न सल्लाह दिन्छे।  साथै उसलाई मेक अप गराएर बस्न भन्छे। त्यहि रात एकजना मान्छे उसको घरमा आउछ।  गोदावरीले मनलाई त्यो मान्छेसंग सुत्न भन्छे।  त्यसपछि मन त्यहाँबाट भागेर खेती खेत टाढा पुग्छे। उ बागमती खोलाको किनारै किनारा एउटा मन्दिरमा जान्छे। त्यहा उसको भेट भस्मेस्वर भन्ने बाबा संग हुन्छ। बाबा भनौदो संग भेट हुँदा उसले भर्खर बच्चा जन्माएकि हुन्छे। भास्मेस्वरले त्यो बच्चालाइ बालगृहयमा राख्न सल्लाह दिन्छ।  उसको सल्लाह अनुसार मनले आफ्नो बच्चालाइ बालगृहमा राख्छे।  उसले एकजना मस्तराम भन्ने सन्तसंग भेट गराउछ।  त्यो मस्तराम भन्ने आखिर त्यहि भास्मेस्वर हुदो रहेछ।  उसले मनलाइ जबर्जस्ति गर्न खोज्छ। उ त्यहाँबाट भाग्न सफल हुन्छे। त्यसपछि उ एउटी आइमाइको सरणमा पुग्छे। त्यो आइमाइले उसलाइ औषधि मुलो गरेर बिरामी निको पार्छे।  एकदिन उसले मनलाइ घरमा आएको छोरामान्छे संग सुत्न भन्छे।  मनले अस्विकार गर्दा उल्टै उपचारमा खर्च भएको पैसो उठाउनको लागि जसरि पनि उसले बोलाएका मान्छे संग सुत्न भनेपछि उ त्यहाँबाट पनि भग्छे।  उ को को संग बाट भाग्दिन।  प्रजातान्त्रिक पार्टी को नाममा भेला हुने नेता देखि महिला संघका कर्मचारीहरु सबैले उनको रुपको र जवानीको नाजायज फाइदा उठाउने भरपुर प्रयास गर्छन। अन्तत उ सबैतिरबाट भागेर एकजना सुचिकारको घरमा पुग्छिन।  सुचिकारलाइ कपडा सिलाएर उनले सहयोग गर्छिन। उनले सिलाएको कपडा धनको घरमा पुग्छ।  धनले सुचिकारलाइ कसले सिलाएको हो कपडा भनेर सोध्छिन। उनलाई संका लाग्छ कि त्यो कपडा सिलाउने पक्कै पनि उसको दिदि हो।  उनीहरु सबै सुचिकारको घरमा जान्छन। त्यहाँ धनलाई आफ्नो अगाडी देखेर मन जिल्ल पार्छिन।  बैनीको अनुरोधमा उनि बुवाआमाको घरमा फर्किन्छे। काजि बिरामी हुन्छन।  तरपनि मनलाई घरतिर आउदै गरेको देखेर काजि जुरुक्क उठेर तल झर्छन।  परिवारको सुखद मिलन हुन्छ।  त्यहि बेला धनको लोग्ने जो मोर्यो भनेर धनले सेतो कपडा लगाएकी हुन्छे फर्केर आउछन। मनको छोरीको नाम हुन्छ जिबन।  

यो उपन्यासले तत्कालिन समयमा काठमान्डूको सेरोफेरोको समाज, त्यो समाजमा हुने महिला प्रतिको हिँसा, विभिन्न राजनीति नेता देखि महिला सेवाको नाममा संस्था खोलेकाहरुले कसरी अपराध गरेका थिए भनेर छर्लंग देखाएको छ।  मनको एकबर्ष सम्मको दुख र संघर्षको घनचक्करले यो उपन्यासलाई जिबन्त बनाएको छ।  मन सर्बप्रथम मदन पुरस्कार प्राप्त नेपालि उपन्यास हो।  

एक चिहानमा ह्रदय चन्द्रसिंह प्रधानले तात्कालिन समाजमा महिलाहरुमाथि हुने भेदभाबलाइ देखाएको छ। शिबनारायणको बुवा बिरामी भए। उनीहरुले डा गोदत्त प्रशादलाई बोलाएर उनको उपचार गराए। तर उनि रहेनन्। तर डा. गोदत्तप्रशाद अलि चतुरे थिए। उनले शिवनारायणको छोरी नानि थक्कुलाइ आँखा लगाएका थिए। बिरामीको मृतु भै सकेपछि विभिन्न बहाना बनाएर डाक्टर शिबनारायणको घर धाउन थाले। नानि थक्कुसंग ख्याल्ठट्टा गर्न थाले।दुबैजनाको प्रेमको बिजारोपण भयो।  शिब नारायणले छरछिमेकबाट  नानिथाक्कु र डाक्टरको लसपस भएको थाहा पाए। उनले नानि थक्कुलाइ चेतावनी दिदै डाक्टरसंग नबोल्न , घरमा नबोलाउन भने। आमालाई पनि छोरीको आनिबानिमा ख्याल गर्न भने। त्यसपछि नानि थक्कु आफै डाक्टरसंग गएर घरमा नआउन भनिन। गोदत्तकी श्रीमती रन्जनादेबीले बुढाको निको चाला नदेखेपछि खान खाने बेला बुढालाई सम्झाउने कोशिस गरिन। उनले नानि थक्कुलाइ घरमै बोलाएर सम्झाउने कोशिश गरिन। उनले आइमाइहरुले आफ्नो इज्जत आफै राख्नु पर्छ भन्ने निकै बिनम्रताकासाथ नानि थक्कु सम्झाइन। सुब्बालाई तिरो तिर्नु पर्थ्यो। त्यसको बहानामा सुब्बाले सोझा किसानहरुलाई निकै अन्याय गर्दथे। 

सुरमानले नानि थक्कुलाई आँखा गाडेकोले अष्टनारायणको मृतु पछि रामबहादुरलाइ शिबनारायणको घर पठाए। उनले लतमायासंग अष्टनारायणले नानि थक्कुको हात सुब्बालाई दिइसकेको कुरा गरे। यता नानि थक्कु दोधारमा परिन। प्रेम डा  गोदत्तसंग भएको छ। तर रंजनादेबिको कुरा उनलाई निकै गाडेको छ।  अर्कोतिर दाजु शिवनारायणको कुराले पनि उनलाई डा गोदत्तप्रशाद संग संगत गर्न मन छैन। हर्षनारायणले एक तामांङ्गकि छोरी संग प्रेम बिबाह गर्छ। शिबनारायण निकै प्रगतिशील विचारका मान्छे छन।  उनले नारीलाई तात्कालिन समाजले गरेको अन्याएको चर्को बिरोध गर्छन।  माइला तामाङ्गकि छोरिसंगा भाइको बिबाह गर्ने शिवनारायण अति उत्सुक थिए।  यसले जातिय सहिषुनुत बढ्ने बिश्वास गर्छन। शिबनारयणले नानी थक्कुलाइ सर्लाही जिल्लाका राम खेलावन राउत संग बिबाह गराउने उनले विचार गरे। उनले यसले पहाड मदेश र काठमाडौँलाइ जोड्न चाहन्थे। केटा केटि दुवैलाइ मन पर्यो। शिबनारायणले बिबाह गरेर पठाइदिए।भाईबैनी को बिबाह गरिसकेपछि शिबनारायण निकै खुशी भए।  अन्यमा लागतारको पानीले ठुलो बाढी आयो। तिनदिन लगातार पानि पर्यो।  र त्यहि बिष्णुमतिको बढीले सबैलाई बगाएर लग्यो।  अण्टनारायण ज्यापूको सम्पुर्ण परिवारलाई बाढीले बगाएर लग्यो। गरिब अष्टनारायणको एगार सालको बाढीले बगाएर लग्यो। 

प्रदिप नेपालको क्रान्तिबिर रामप्रसाद राइको जिबनिमा आधारित उपन्यास क्रान्तिबिर एक जुजारु कृति हो। यहाँ प्रदिप नेपालले एक राइको छोरा ब्रिटिश गोर्खा आर्मीमा भर्ति भैसकेर पनि आर्मीबाट आफ्नो नाम कटाएर नेपाल फर्किन्छन। राणा सरकारको सेनामा सुबेदारको पदमा सिधै भर्ना हुन्छन। त्यहाँ बस्दा राणाहरुले कसरि अन्याय गरका छन् भन्ने बुझेर राणाहरुको सत्ता फाल्नको लागि जनमुक्ति सेनाको निर्माण गरेर पुर्बी नेपाल भोजपुर, संखुवासभा आदि हुदै पुर्बका जिल्लाहरु कब्जा गर्दै राणाहरुको अन्त्यको लागि अनबरत रुपमा लढछन्। उनलाई २००७ सालको क्रान्तिले मोहन समसेरलाइ प्रधानमन्त्री बनएको मन पर्दैन। २००८ को बिद्रोहमा नारयहिटी कब्जा गर्न पुग्छन। त्यो बेला देखि उनलाई बेपत्ता पारिएको हुन्छ। आज पनि उनलाई राणाहरुलाई फाल्ने २००७ सालको क्रान्तिको महानायकको रुपमा लिइन्छ।  रामप्रशाद राईले भोजपुरे हाट बजारमा रक्सि खाएर होहल्ला गर्नेहरुलाई सजाय स्वरुप सार्बजनिक खेतीमा काम गर्न लगाएका थिए। राइ हुदैमा रक्सि खानु पर्छ भनेर के मा लेखेको छ भन्दै उनि आफ्नो निर्णयमा अटुट रहे।

बिषेस्वरप्रशाद कोइरालाको हिटलर र यहुदी  नेपाली साहित्यको खम्बा नै हो। बम्बईमा उपचार गएकोबेला यहुदी संगको भेट साथै लेबनिज केटिसंग पनि भेट। लक्ष्मी /डेभिडमार्गरेट १९४४ को घटनामा यहुदीहरुको नरसंहार / आलु पोलेको 

जिउदा बालकहरुलाई आगोमा हुलेको थियो हिटलरको सेनाले /बोसो पग्लेर डोड बाट बग्थ्यो। जर्मन सेनाहरुले त्यो डाडुमा थापेर पुन: लासमाथि खन्याउथे। कति दर्दनाक भयानक बर्णन। यस्तो भयानक बर्णन गर्दा गर्दै योन रसलाई सुटुक्क घुसाउछन। 

संसारबाट लखेटिएका यहुदीहरुलाई साम्राज्यबादीहरुले दोश्रो विश्वयुद्दमा प्रयोग गरे। उनीहरुलाई छुट्टै देश दिने बचन दिएर। त्यो बचन पुरा गर्न उनीहरुले आफ्नो भूभाग हैन, हजारौ वर्षदेखि बस्दै आएका पेलेस्टाइनहरुलाई घर घरबाट लखेटेर इजराइल यहुदीहरुलाई दिइयो। लाखौ मान्छेहरु त्यहाबाट रातरात लखेटिए। कैयो घरमै मारिए। सम्पूर्ण राज्यका मान्छेहरु लेबनान, जोर्डन, सिरिया लगायतका अरेबियन मुलुकहरुमा सरणार्थी हुन पुगे। तिनै शरणार्थी क्याम्पबाट आफ्नो खोसिएको हक अधिकारको लागि जन्मे कैयौ ससस्त्र संगठनहरु। पश्चिम देशहरुले उनीहरुलाइ आतंकबादीको संज्ञा दिदै आइरहेको छ। यो डिस्कोर्स यति बलियो छ कि अहिले विश्वलाई हज्बुल्ला भनेको एक आतंकबादी संगठन हो। इजराइलले मिसाइल हान्नु प्रजातान्त्रिक हो। रेवा - सुन्दर आइमाई, बिबाहित तर स्वछन्द विचार भएकी, लेखकसँग निकै नजिक भएकी छ सामुन्द्रिक यात्रामालक्ष्मी -लेखककी श्रीमती नारायणनन - फ्रेन्चमा जन्मेको भारतीय नागरिक /लेखक /भारतीय संकृतिको प्रसंसक एकजोडी भर्खर बिहे भएका जोडी आमा छोरा खोरन्ड़े - सिपाही खुट्टा नभएको / हिटलर युद्दको अवशेष हिटलरले यहुदीहरूलाइ गरेको बर्बर सर्बनास 

दामिनी भिरमा राजन मुकारुङ्ग लच्छी दमिनी कान्छो , आम्दाङ्गे र अन्य पात्रहरु। चेतन उपल्लो जातको केटा हो। उसले लच्छी दमिनिलाई भुँडी बोकाएर पढ्न भनि सहर पस्यो। फर्केन सात सात वर्षसम्म पनि। बिहे गर्ने सपना देखाएर फसाएको थियो। बलात्कार झैँ गरि यौन सम्पर्क गरेको थियो।  रिता मेडमले उसलाई अबोर्सन गर्न लगाएकी थिइ। तर उसले मानिन। लच्छीले आफ्नो सन्तान जन्माउने निधो गरि। मनमा कता कता चेतन फर्केर आउछ कि भन्ने आशा पनि थियो। 

कान्छो उपल्लो जातको केटा हो। छोराको जन्म दिएर उसकी श्रीमतीको मृतु भएको हुन्छ। कान्छो क्षेत्रीको छोरा थियो।  उनीहरुको सम्बन्ध एक असल साथीको रुपमा चल्दै गयो।  एकदिन गाउमा चेतन आएको थाहा पाई लच्छीले। त्यो चेतन एक गायक चेतन बनेर आएको थियो। त्यसपछि लच्छीले कान्छो संग बिहे गर्ने निर्णय गरि। 

यो किताबमा पुर्बी पहाडको सामाजिक, आर्थिक, राजनीतिक बिम्बहरू छरपस्ट छन्।  पात्रहरु अनेक छन्।  जातीय भिन्नता, लैंगिक भिन्नता, महिलाहरु माथि उच्च जातका मान्छेहरुको शोषण जस्ता थुप्रै कुराहरु समेटिएका छन्।  कोहि पात्रहरु दोहोरीमा हराएका छन्, कोहि बम्बैमा बेचिएका छन्।  कोहि माओंबादिमा लागेका छन् , कोहि भिर कहरा फोरिरहेका छन्। राइ लिम्बुहरुको कथा छ। 

यो उपन्यासमा थुप्रै पात्रहरु मावोबादी आन्दोलनमा होमिएका छन् आफ्नो हक र अधिकारको लागी। उपल्लो बर्गका मान्छेहरुको सपना पुरा हुन्छन तर गरिब तथा दलित पिछडिएको बर्गको सपना केवल सपना मात्र हुन्छ भन्ने बताएको छ। आफ्नो हक र अधिकारको लागि पुर्बी पहाडका मान्छेहरु कसरि जनाअन्दोलनमा भाग लिन आइपुगे र आहिले उनीहरुको अवस्था कस्तो भनेर देखाइएको छन। 

नगेन्द्र  न्युपानेद्वार लिखित दरबार बाहिरकी महारानी  एक ऐतिहाँसिक उपन्यास हो।  यो उपन्यासमा इतिहाँसको पानामा लुकेको राज परिवारको एउटा कथा बोकेको छ।  लेखक काठमाण्डौमा कोठा खोज्ने क्रममा लक्ष्मी नामक एक महिलासंग भेट हुन्छन। लक्ष्मी दिदि कुनैबेला दरबारमा काम गरेकी महिला थिइन् र उनलाई छिमेकीहरु मैयारानी भनेर बोलाउछ्न। 

तिनै लक्ष्मिले एकदिन लेखकलाई गाडीमा बस्न भन्दै गर्दा गीता नामकी महिलासंग भेट हुन्छ। त्यसपछि लक्ष्मीले लेखकलाई गीताको बारेमा यो कथा सुनाउछिन। 

उनको कथा अनुसार गीता महेन्द्र युबराज हुदा दरबारकी सुसारे थिइन्। एकदिन युबराज महेन्द्र लढेर खुट्टामा चोट लाग्दा उनले उनको खुट्टा मालिस गरेकी थिइन्।  त्यसपछि महेन्द्र गीताको कोठामा सुटुक्क आउन थाले। गीताले उनलाई सम्झाउने कोशिस गर्दा गर्दै पनि उनले गीता संग यौन सम्पर्क गरे।  त्यतिबेला भनिन्छ महेन्द्र भर्खर तेह्र बर्षका मात्र थिए। त्यसपछि महेन्द्र र गीता बीच हिमचिम बढ्दै गयो।  गीता गर्भवती भईन। महेन्द्रले अबैधानिक भए स्वकारे। तर दरबारका अन्य आसेपासेहरुले उनको गर्भ तुहाउन निकै प्रयास गरे। गोरे अर्थात् गोरखबहादुर नामको दरबारमै काम गर्ने मान्छेलाइ उनीसंग बिहे गराउने षड्यन्त्र गरे। तर गीता अडिग रहिन र आफ्नो सन्तान रबिन्द्र शाहलाइ जन्म दीईन। 

महेन्द्रले मोहन शम्सेरकि छोरी इन्द्र लक्ष्मी संग बिहे गरे। इन्द्र लक्ष्मीले गीतालाइ माया नै गरिन। राजकुमार बिरेन्द्र लगायत सबैको रेखदेख गीताले गरिन।  अन्तत इन्द्रराज्य लक्ष्मीको मृतु भयो। उनले नै गीतालाई मोर्ने बेला भनेकी थीइन कि सम्पूर्ण राजकुमारहरु रक्षा गर्ने , पालन पोषण गर्ने जिम्मा उनको भयो। त्यसै अनुसार उनले यो सब गर्दै पनि गइन। महेन्द्र इन्द्रकी बहिनि रत्न संग पुन: बिबाह गरे। तर रत्न आइसकेपछि उनले गीतालाइ दरबारबाट बाहिर निकालिन।  उनिहरु बालुवाटारको दरबारमा बस्न थाले। त्यहि महेन्द्र बेला बेला आउने गर्थे।  तर महेन्द्रको चितवन स्थित दियालो दरबारमा मृतु भयो। 

बिरेन्द्र राजा भए।  उनको राज्य बिषेक हुदा गीताको परिबारलाइ रत्नले बिरेन्द्रलाइ थाह नदिई गीतालाई घरमै नजरबन्दमा राखिन। न्यायको लागि उनि बिशेव्स्वर प्रशाद कोइराला, गणेशमान सिङ्ग , गिरिजा सबै संग पुगिन।  तर सबैले उनलाई आफ्नो स्वार्थको लागिमात्र प्रयोग गर्न थाले न कि उनको हक र हित को लागि। तिनै गीताको कथा हो दरबार बहिरकी महारानी।  राजाहरुको भित्रि कथा।  राणाहरुको भित्रि कथा। राणा, प्रजातन्त्र र पन्चायत कालिन शासकहरुको कथा।  


पागल बस्ती  लेखक : सरुभक्त         ( भक्तराज श्रेष्ठ )

प्रशान्त र मार्थको बीच प्रेम हुन्छ। मार्थले प्रेम अस्विकार गरेपछि प्रशान्त गाउ छोडेर जान्छ र आदि गुरु बन्न जान्छ। पछि आदिमाता ले प्रशान्तलाइ भेटेर पुन प्रेम प्रस्ताब राख्छिन। प्रशान्तले अस्विकार गर्छन। यो पुस्तकमा यी दुइ पात्रको मानशिक अवस्थामा आउने परिबर्तन बाट समस्त मानब समाजको चित्रण गरिएको छ।  प्रेम के हो ? प्रेमलाई कसरि बुझ्ने सिकाइएको छ।  घमण्डकै कारणले गर्दा ठुला ठुला महायुद्धरु भएको बताइएको छ।  समाजमा बास्तबिक पागलहरू भनेको प्रेमलाई नबुझेर घमण्डको बलमा लढाईलड्नेहरु हुन भन्न खोजिएको छ। मार्थाले प्रेमको महत्व प्रशान्तले छोडेर गैसकेपछि मात्र बुझ्छिन। पछि उनले प्रशान्तलाइ आदि गाँउमा भेट्छिन।  तर त्यतिबेला समय बदलिसकेको हुन्छ। अन्त्यमा उनि आदिमाता हुन्छिन।  प्रेम बाहेक उनले यो किताब समाजमा रहेका अनेक विसंगतिलाई एउटा काल्पनिक गाँउ पागल बस्तीमा देखाएका छन्।  त्यहाँ मान्छे हरु पागल होइनन कि तर पागल झैँ बानीव्यहोरा देखाइरहेका छन्। समाज पागल हुदैन।  तर त्यहाँ बस्ने मान्छेहरुको आनीबानी, सभ्यता, लुटतन्त्र आदिले समाजलाई बस्तीलाई पागल बनाइरहेको छ। त्यहाँ उनले पश्चिमी दर्शनहरुको समेत कुरा गरेका छन्।  विभिन्न बादहरुको कुरा गरेका छन्। पढ्दै गर्दा लब स्टोरी नभई एउटा दर्शनसस्त्र झैँ भान हुन्छ। 

शिरिसको फुल एक नेपालि सामाजिक उपन्यास हो। यसको प्रमुख पात्र ब्रिटिश आर्मिबाट नाम काटेर आएको सुयोगबिर र सकम्बरी हुन्। शिबराज र सुयोगबिर को भेट एउटा भट्टीमा हुन्छ। शिबराजले सुयोगबिरलाई आफ्नो घरमा निम्ता गर्छ। त्यहा सुयोगसंग तीनवटा महिला पत्रहरुसंग भेट हुन्छ। सकम्बरी अरु भन्दा बिन्न हुन्छे। सुयोग उसंग आकर्षित हुन्छ। सकम्बरी शारीरिक रुपमा त्यति राम्री पनि होइन। तर उ अनौठो स्वभाबकि छे। उ बिरामी छे। स्कुल पनि जादिन। शिबराज दुखि हुन्छ। सुयोगले आफु विश्व युद्दको बेला मान्छेहरु नकाटेको तर आइमाइहरुलाइ  बलात्कार गरेको सम्झन्छ। प्रेम र सेक्स फरक कुरा हुन् भन्नेमा बिश्वास गर्छ। एकदिन उसले सकम्बरिलाई बाहिर एक्लै देख्छ। सकम्बरी प्रतिको आशक्ति रोक्न नसकेर उसले पछाडीबाट उसको सहमति बिना किस गर्छ। सकम्बरीले प्रतिबाद नगरी भित्र जान्छे। त्यसदिन पछि उ बिरामी पर्छे र एकदिन उसको मृतु हुन्छ। सुयोगलाई आफुले गरेको कर्मको पश्यचाप हुन्छ र काठमान्डू छोड्ने निधो गर्छ।  

बिध्यार्थि पुस्तक पशलमा किताबहरू खोज्नेक्रममा संसार एक पाठशाला हातमा लिए। बिशाल सिटौला पहिले नामै नसुनेकोले गर्दा पनि होला मन सरर भएन। पछाडि कभरमा भएका टिप्पणीहरू पढे। कुनै बरिश्टहरूको टिप्पणी पनी थिएन। एकदुई पाना फर्काएर हेरे। चित्रहरू क्यापसनमा मोटा मोटा अक्षरमा सारकुरा दोहोर्याएको रहेछ।  खबरपाटि जस्तो लाग्यो। पुन सेल्फमा राखे। किताब पसलमा काम गर्ने भाइले भनेयो किताब खुब बिकेको ऐले। मुल्य पनि घटायको छ।
पुन किताब हातमा लिए पहिलो पन्ना फर्काए। लेखकको बुवा आमाको फोटो थियो। अर्को पेजमा रास्ट्रकबि माधब प्रशाद घिमिरेको टिप्पणि रहेछ। सरसर्ति पढे।यो पुस्तकबाट धेरैले आफ्नो जिबन परिबर्तन गर्न सक्नेछन भन्ने मैले आशा लिएको छु”, भनेका रहेछन् बुढाले। प्राध्यापक तिर्थराथ खनियाले राम्रो टिप्पणि गरेका थिए। किताब किने।
ताप्लेजुङको निघुरादिन गाऊमा जन्मेका बिशाल सिटौलाले संसार एक पाठशालामा आफ्नो बाल्यकालदेखि अहिलेसम्म गरेक संघर्ष, भोगेका दुख प्राप्त गरेको नुभबलाई चटामरि झै स्वादिलो बनाएर पस्केका छन्। तिस बर्ष नर्बेमा बसेर कामकै सिलसिलामा पचासभन्द बढि देशहरुको भर्मण गरेका सिटौलाले बिश्व जिबनदर्शनलाई आफ्नो आध्यात्मिक ज्ञानले ऐना जस्तै छर्लङग पारेका छन।
सातौ नम्बरमा जन्मेका सिटौला जन्मनासाथ आमाको दुध नआएर सार्कि थरकी महिलाको दुध चुसेर उठे। त्यतिमात्र होइन ऊनलाई बचाउन आमाले पाथिभरासंग भाकल गर्नु परेको थियो। सात बर्षमा परिबारसंगै मधेश झरेका ऊनि लामखुट्टे, ऊडुस उपियॉको असल मित्र बने। राजेस खन्नाको फिल्महरू हेरेर हिरो बन्ने भुत सवार भएका सौटौला पछि रामपुर क्याम्सबाट बि एस सि जी मा डिस्टिङसन पट्काए। ऊडिसा पढ्न जानको लागि काठमान्डौ जादै गर्दा गाडि त्रिशुलिमा पल्टेछ। धेरैको ज्यान गयो। ऊनी चाहि जस्ताको तस्तै। त्यो बेला ऊनि ध्यानमा पो मस्त रहेछन।
पछि नर्बे पुगे प्रतिस्ठित बिश्वबिध्यालयमा पढाउन शुरू गरे। उनि भन्छन,” ग्रिष्म रितुमा आठहप्तासम्म सुर्य नउदाऊने देश सामाजिक अनुशासन, कामप्रतिको जिम्मेवारी दायित्वबोधले गर्दा नै नर्बे संसारमा एक सबल देशको रूपमा चिनिन्छ।तर बिकाश मात्र ठुलो हैन। त्यहॉ प्राय मान्छेहरू एक्लो छन। घन्टौ संगै यात्रा गर्दा पनि कोहि कसैसंग बोल्दैन, सोध्दैन। आगन जोडियको छिमेकिसंग बर्षौसम्म पनि चिनजान हुदैन।
सबै देशहरूका राम्रा नराम्रा दुबै पाटाहरू छन्।
आफुलाई चिन्नेले मात्र संसरलाई चिन्न सक्छ। आफुलाई चिन्ने बाटो आध्यात्म हो भन्छन उनी।
जिबन दर्शन बारे लेखक भन्छन, “ आफुभित्र भएको अथाह सम्पतीलाई चिन्यो भने, जिन्दगी अत्यन्त महत्वपुर्ण आनन्दित हुन्छ। जानेन भने जिन्दगिमा दुख, कष्ट विषाद मात्रै बाकि रह्न्छ।आध्यत्मिक क्षेत्रमा रूचि भएका सिटौलाले रबिसंकर पाईलट बाबासंग भएको भेटको अनुभब पनि समेटेका छन्। सिटौला नयॉ पिडिलाई संदेश दिदै भन्छन,” जिबन एउटा उकालो बाटो हो। यसमा यात्रा गर्दा सबै खालका क्षणहरू आउछन्।मनलाई सकरात्मक मार्गमा हिडाउने प्रयास गर्नु पर्दछ। आफ्नो मन शान्त सरल नभयसम्म मानिसमा खुसी आउन सक्दैन।
धेरै मन छुने कुराहरू छन् यो किताबभित्र। फुर्सद मिले झ्याप्प बसेर पढौ है।

इतिहासको गर्बमा लुकेको व्यक्तित्वमाथि अनुसन्धान गरेर एउटा पुस्तक लेख्नु चानचुने कुरा हुदै होइन। त्यसमाथि पनि फरक भूगोल र बस्तुस्थितिलाई हुबहु उतार्नु  अनि सयौ बर्ष पहिलेको समाजलाइ चित्रण गर्नु कुनैपनि लेखकको लागि चुनौती पनि हो। त्यसको लागि थुप्रै खोज अनुसन्धान गर्नु पर्ने हुन्छ। 

योगमाया एक एइतिहासिक पात्र हुन् जसले बाल बिबाह, बाल बिधुवा, सति प्रथा, छुवाछुत, कमारा कमारी जस्ता थुप्रै कुप्रथाको विरुद्ध जिन्दगिभर  संघर्ष गरिन। राणा शाशनको बिरुद्धको आन्दोलनकै क्रममा  कैयौ पल्ट जेल जिबन पनि बिताइन। र अन्त्यमा अरुण नदीमा जलसमाधि गरिन। उनीसंगै सत्तरी भन्दा बढी उनका अनुयायीहरुले पनि अरुण नदीमा हाम फालेर मृतुबरण गरेका थिए। उनको बाल्य अबस्थादेखी बृदा अवस्था सम्मको सम्पूर्ण नालीबेली उतारेकी छन् लेखक निलम  कार्की निहारिकाले योगमायामा। 

'सानुमाया', 'ठुलीमाया' को नामले चिनिन्छिन योगमाया यो किताबमा। नाबालक अवस्थामा न्यौपाने थरको केटासंग बिबाह बन्धनमा बाधिएकी सानुमायाले एक रात घरबाट भाग्छिन। जंगलको बाटो माइतिघरतिर हिड्दै गर्दा बाटो बिराएर तिन दिनका दिन जन्मघरमा पुग्छे। समाजको डरले गर्दा उसको बाबाले उसलाई उल्टै गालि गरेर अर्को दिन घरमा पुर्याइदिने कुरा गर्छ। बिहे गरेर गैसकेको छोरीले घरवालाको अनुमतिबिना माइत आउन पाइदैन। यसरि भागेको खण्डमा घरवालाले पुन घरमा पस्न नदिने कुरो चलन हुन्छ समाजमा।  त्यसैको डर हुन्छ सानुमायाको बाबालाई। नभन्दै घरवालाले सानुमायालाई पुन नभित्र्याउने भन्दै नानाथरी आरोप लगाउछन। त्यसपछि सानुमाया गाउकै एक जनासंग आसाम जान्छे। उसैसंग बिहे गरेर एउटा सन्तानको जन्म पनि दिन्छे। तर उनको लोग्नेको अकालमै मृतु हुन्छ। पछी उनले तेस्रो बिबाह गर्छिन।  तेस्रो लोग्नेको मृतु भएपछी उनको भाइसँग नेपाल फर्किन्छे।  

नेपाल फर्के पनि समाजमा कुरीति, कुसंस्कार  जिउ का तिउ हुन्छन।   धेरैले उनलाई नराम्रो दृष्टिकोणले हेर्छन। स्वर्गाद्वारीको तिर्थबाट फर्केपछि उनि पटक पटक निराहार महिनौ दिनसम्म पनि तपस्या गर्छिन। उनका अनुयाइहरु बढ्दै जान्छन। उनले समाजमा चल्दै आएको कुरितिहरुको बिरुद्ध आवाज उठाउछिन। बाल बिधुवाहरुले अर्को बिबाह  गर्न पाउनुपर्छ भनेर जनचेतना फैलाउने काम गर्छिन।  जातभातको नाममा चल्दै आएको छुवाछुत प्रथा, सति प्रथा, कमारा कमारी , महिलाको विरुद्ध हुने भेदभाबको बिरुद्धमा लगातार आन्दोलन गर्छिन। धर्म राज्यको माग गर्दै अग्नि दाह गर्न होम खाडीहरु तयार गर्दै गरेको अवस्थामा श्री ३ का सिपाइहरुले जेल हाल्छन। तरपनि सानुमाया कहिले पनि हार मान्दिनन र निरन्तर सरकारमा धर्म राज्यको माग गर्दै बिन्ति पत्र पठाऊछिन। तर सरकार भने झन् झन् निरङ्कुश हुदै जान्छ।  सुक्रराज सास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ लगाएतका मान्छेहरुको हत्या गर्छ।  

जब राणा सरकारले जनताको कुरा नसुनेर हत्या हिँसा बढाउदै जान्छ सानुमायाले सरकारलाई नैतिक दबाब दिनको लागि धर्मराज्यको माग गर्दै जलसमाधि गर्ने निधो गर्छिन। उनले अरुण नदीमा जलसमाधि गर्ने भएपछी उनका अनुयाईहरु लगाएत सत्तरी भन्दा बढी व्यक्तिहरुले अरुण नदीमाथि हाम फालेर सामुहिक देह त्याग गर्छन।  

योगमाया राणाकालीन समाजको दर्पण हो, आवाजबिहिनहरुको आवाज हो, इतिहासको उत्खनन हो।  भाषाशिल्प, लेखनशैलीका हिसाबले पनि किताब पठनीय छ।  

रामलाल  जोशीको सखी गरिब समुदायका विभिन्न कथा गरिबी, विभेद, पृथकतामा जन्मिएका हुर्केका पात्रहरू समेटिएको सामाजिक उपन्यास हो। यी पात्रहरूले समाजका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्छन्। पश्चिम नेपालको ग्रामीण गाउँ डोटीबाट धनगढीमा बसाई सरेका मानव कथाको केन्द्रीय पात्र हुन् बाल्यकालमा, उहाँ सखीको साथी हुनुहुन्थ्यो जो एक कमलहरी, आफ्नो घरको नोकर थियो। उसले उसलाई पढ्न सिकाउँछ, उनीसँग खेल्छ। तर, स्कुल जाँदा चन्द्रबहादुर भनिने स्थानीय राजाकी छोरी मालतीसँग भेट हुन्छ चन्द्रबहादुरको आदेशअनुसार मालती कक्षाकोठामा एक्लै बसिन् चन्द्रबहादुर कमैया शोषण गर्ने समाजको उच्च वर्गको प्रतिनिधित्व गर्छन्। कमैया एउटा यस्तो सामाजिक व्यवस्था हो जसमा गरिब मानिस धनी मानिसको घरमा खेतबारीमा काम गर्न, भान्सामा काम गर्न जान्छन् कमैयाका मालिकले महिलालाई बारम्बार बलात्कार गर्ने गरेका छन्। 

रामलाल जोशीको सखी गरिब समुदायका विभिन्न कथा गरिबी, विभेद, पृथकतामा जन्मिएका हुर्केका पात्रहरू समेटिएको सामाजिक उपन्यास हो। यी पात्रहरूले समाजका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्छन्। पश्चिम नेपालको ग्रामीण गाउँ डोटीबाट धनगढीमा बसाई सरेका मानव कथाको केन्द्रीय पात्र हुन् बाल्यकालमा, उहाँ सखीको साथी हुनुहुन्थ्यो जो एक कमलहरी, आफ्नो घरको नोकर थियो। उसले उसलाई पढ्न सिकाउँछ, उनीसँग खेल्छ। तर, स्कुल जाँदा चन्द्रबहादुर भनिने स्थानीय राजाकी छोरी मालतीसँग भेट हुन्छ चन्द्रबहादुरको आदेशअनुसार मालती कक्षाकोठामा एक्लै बसिन् चन्द्रबहादुर कमैया शोषण गर्ने समाजको उच्च वर्गको प्रतिनिधित्व गर्छन्। कमैया एउटा यस्तो सामाजिक व्यवस्था हो जसमा गरिब मानिस धनी मानिसको घरमा खेतबारीमा काम गर्न, भान्सामा काम गर्न जान्छन् कमैयाका मालिकले महिलालाई बारम्बार बलात्कार गर्ने गरेका छन्ती गर्भवती महिलाले केही पैसामा गरिब व्यक्तिसँग दोस्रो विवाह गर्ने व्यवस्था मिलाइन्छ।

सखी कमैया परिवारमा हुर्केकी केटी हुन् जो नोकरको रूपमा काम गर्छन्। मानवसँग उनको मित्रता एक पटक शिक्षकले मालतीलाई लेखेको पत्र फेला पारेपछि मानव गाउँबाट भागे।  उनलाई मालतीका दाजुभाइको गिरोहले कुटपिट पनि गरेको थियो सखीलाई मालिकले बलात्कृत गरेको ।त्यसपछि मालिकबाट गर्भवती भएपछि गाउँकै गरिब मानिससँग बिहे गर्छिन् त्यसपछि उनले तीन फरक व्यक्तिसँग विवाह गरे, तीन सन्तान छन्। तर अन्तिममा उनी तीन सन्तानसहित एक्लै छाडिन् क्रान्तिकारी आन्दोलनमा सक्रिय रूपमा सहभागी भइन् दैनिक प्रदर्शनमा उनी अग्रपंक्तिमा थिइन् उनी समाचारको हेडलाइन बनिन् उनी फेरि एक पत्रकारको बलिको बोका बनिन् जसले उनलाई विवाह गर्ने उद्देश्य राखे। उनीसँगको विवाहले तिनका तीन सन्तानका लागि आश्रय बन्न सक्छ भन्ने सोचेर सखी उनीसँग अलमलिन्छिन्। तर पछि एक गोरा महिला पत्रकारले श्रीमान्सँग सम्बन्ध सुरु गरे उनको विवाह यहीँ टुङ्गियो त्यसपछि उनी एक शिक्षकको सहयोगमा होस्टेलमा भाँडा धुने काम गर्न थाल्छिन्। एक दिन एउटी महिलालाई भित्र ल्याउँछ जससँग खानेकुरा छैन, आश्रय लिन ठाउँ छैन। त्यसपछि एकपछि अर्को गर्दै उनले ती मानिसहरूलाई भित्र ल्याउँछिन् जससँग जानको लागि घर छैन, खानलाई खाना छैन काम गर्न असक्षम छ। उनले दाताहरूको सहयोगमा केही जग्गा किनेर ती मानिसहरूका लागि आश्रय बनाउँछिन्। उनी फेरि एक पत्रकारको बलिको बोका बनिन् जसले उनलाई विवाह गर्ने उद्देश्य राखे। उनीसँगको विवाहले तिनका तीन सन्तानका लागि आश्रय बन्न सक्छ भन्ने सोचेर सखी उनीसँग अलमलिन्छिन्। तर पछि एक गोरा महिला पत्रकारले श्रीमान्सँग सम्बन्ध सुरु गरे र उनको विवाह यहीँ टुङ्गियो ।त्यसपछि उनी एक शिक्षकको सहयोगमा होस्टेलमा भाँडा धुने काम गर्न थाल्छिन्। एक दिन एउटी महिलालाई भित्र ल्याउँछ जससँग खानेकुरा छैन, आश्रय लिन ठाउँ छैन। त्यसपछि एकपछि अर्को गर्दै उनले ती मानिसहरूलाई भित्र ल्याउँछिन् जससँग जानको लागि घर छैन, खानलाई खाना छैन र काम गर्न असक्षम छ। उनले दाताहरूको सहयोगमा केही जग्गा किनेर ती मानिसहरूका लागि आश्रय बनाउँछिन्।अर्कोतिर मानव एक ठाउँबाट अर्को ठाउँमा छक्क परिरहेको छ। उनी अनिश्चितताको पात्र हुन् । पहिलो पटक गाउँ छोडेर गुल्मीको दुर्गम गाउँ चारपाला पुग्छन् । उसले आफ्नो जीवन घरबाट टाढा गाई चराउने र घरमा काम गरेर सुरु गर्छ। उनी पनि केही दिन विद्यालय जान्छन् । तर उनी धेरै दिन बस्न सक्दैनन् । त्यसपछि उनी धनगढी फर्किन्छन्, पढाइ पूरा गर्छन्, शिक्षकको काम गर्छन्। तर उनी जहाँ जान्छन उनको बाल्यकालको सम्झनाले उनलाई सँधै सताउँछ। उनी कवि बनेर आफ्नो कविता वाचनका लागि भारत जान्छन्। यो उनको वाहकको शिखर हो। तर उनी आफ्नो उपलब्धिबाट कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । एक दिन उनको टाउकोमा तारले काम गर्न छोड्यो। उनी अस्पतालमा भर्ना छन् । मिडियामा प्रकाशित हुन्छ । एक दिन कैलाकाकाका दाजुभाइहरू उनलाई घर ल्याउन आउँछन् । लामो समयपछि घर फर्केपछि उसको बुवा आमा दुवैको मृत्यु भएको र साखी बेपत्ता भएको थाहा हुन्छ । बाल्यकालका सम्झनाले छायाँ झैँ उसलाई पछ्याउँछ । त्यसपछि उनी सखीको खोजीमा लागे । साखी ममफुली किन्न आउने आशामा उसले आफूलाई माम्फूली मानिसको भेषमा राख्छ।

तर अन्तमा, उनले उनलाई सखी प्रमुख अतिथि भएको कार्यक्रममा देख्छन्। साकी प्रसिद्ध र सबैभन्दा सफल भएको थाहा पाएर उनी उनको अगाडि जान हिचकिचाउँछन्। स्टेजबाट सडकमा पार्क गरिएको उनको कारतर्फ जाँदै गर्दा उसले उनलाई उनको नामले बोलाउँछ। सखीले उसलाई तुरुन्तै चिन्छन् र उसलाई आफ्नो ठाउँमा ल्याउँछिन् जहाँ उनले मानवसँग गरेको सबै संघर्ष साझा गर्छिन्।