रसुवा र नुवाकोटमा अचानक आएको बाढी र त्यसको प्रभाब
सेतो कपडाले बेरेको लाशलाई बाँसको घारोमा चारजना मान्छेहरुले बोकेर एकोहोरो संख बजाउदै खोलातिर लैजादै गर्दा डरले छाती जोड जोडले धड्किन्थ्यो। मान्छेहरु दाउरा बोकेर पछि पछि दौडिरहेका हुन्थे। हामी डरले बाटो छोडेर टाढा भाग्थ्यौ वा लुक्नालाई घरभित्र पस्थ्यौ। लाशलाई हेर्न हुदैन भन्थे। मृत्यु भन्ने चिज निकै भयाबह जस्तो लाग्थ्यो। कुनै मान्छे मोरेको समाचारले गाँउ नै स्तब्ध हुन्थ्यो। कहिलेकाँही त एकोहोरो संख बजेको सुन्नासाथ् हात खुट्टा थर्थरी काँप्थ्यो। जब माओंबादी ससस्त्र द्वन्द शुरु भयो,मृतुका समाचारहरु बढ्न थाले। शुरुशुरुमा दुइतिन जनाको मृतुको समाचारले घर घरमा सन्नाटा छाउथ्यो। त्यसपछि मृतु हुनेको संख्या बढ्दै जान थाल्यो। मान्छेहरु दोहोरो भिडन्तमा परि मर्ने दुइचार जनाको त वास्तै गर्न छाडे। अब कुनबेला धेरै हताहती भएको समाचार आउछ भन्दै मान्छेहरु पर्खाइमा बस्न थाले। संचारमाध्यमहरुले छाप्ने मृतकहरुको फोटो हेर्न समेत गाह्रो हुन्थ्यो।
लमजुङस्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई माओवादी कार्यकर्ताहरूले १७ जनवरी २००२ मा निर्ममतापूर्वक हत्या गरे। उनको बर्बर तबरले हत्या गरिएको तस्बिर पत्रपत्रिका हेर्दा रौँ ठाडा हुन्थे। पछि त्यो भन्दा बिभत्स दृश्यहरु आउन थाले। चितवनको बाँदरमुडे घटनासम्म आइपुग्दा नेपाली समाजले दिनदिनैजसो हुने हत्याहिँसाका घटनाहरुलाई सामान्यरुपमा लिन थाले। सडकमा राज्य बिरुद्द आन्दोलन भयो। धेरै धनजनको क्षति भयो। तर मान्छेहरुले ससस्त्र द्वन्दमा मृतु हुने मान्छेहरुको संख्यासंग तुलना गरे। त्यो संख्या खासै ठुलो लागेन। नेपाल सरकार र माओबादीबीच शान्ति सम्झैता भयो । जेन जी बिद्रोहसम्म आउदा हजारौको संख्यामा नेपालीहरुले एकआपसमा जुधेर मृतुबरण गर्न परेको छ। पहिले पहिले पत्रपत्रिकामा छापिने मृतकहरुको फोटो जेन जी आन्दोलन सम्म आउदा लाइभ छायांकन हुन थाल्यो। सामाजिक संजालको दुरपयोग गरेर एउटा मान्छेले अर्को मान्छेको मृतु नाटक छायांकन गरेजस्तै लाइभ गर्न थाल्यो। शुरु सुरुमा यस्ता श्रब्य दृश्य सामग्रीहरुले हामीहरुले असह्यै पिडा दिन्थ्यो।
राजनीतिक अस्थिरताले गर्दा निम्तिएका बिपधहरु बाहेक नेपालले थुप्रै अन्य बिपदहरु पनि बारम्बार भोग्नु परेको छ। सन् २००८ मा कोशीमा बाढी आउदा लगभग ५५/६० जना मान्छेहरुको ज्यान गएको थियो भने हजारौ मान्छेहरु विस्तापित भएका थिए। २०२१२ मा कास्की जिल्लामा बाढी आउदा चालिस भन्दा बढी मान्छेहरुको मृत्यु भयो भने सयौ हराएको समाचार आयो। २०१४ मा सिन्धुपाल्चोकमा आएको बाढी पैरोमा परि सयौ मान्छेहरुलाइ ज्यान गुमाए। २०१५ मा आएको भूकम्पले दसौहजार मान्छेहरुको ज्यान गयो भने खर्बौको भौकिक सम्पति ध्वस्त भयो। त्यसको दुइवर्ष नबित्दै २०१७ मा तराइका ३५ जिल्लामा आएको मनसुन बाढी पहिरोले लगभग १३४ जना मान्छेहरुले ज्यान गुमाए भने राज्यले खर्बौको क्षति व्यहोर्नु पर्यो।
त्यसैगरी २०१९ मा बारा पर्सा जिल्लामा आएको सक्तिशाली हावाहुरीले तिस /पैतिसजनाको ज्यान गयो भने हजारौ घाइते भए। कैयौ घरबार बिहिन हुन पुगे। त्यस्तै २०२१ मा कर्णाली र महाकाली नदीको तटीय क्षेत्रमा आएको बाढीले सयौ मान्छेहरुको ज्यान लियो भने अकल्पनीय भौतिक क्षति हुन पुग्यो। २०२३ मा जाजरकोटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पले एकसय पचास भन्दा बढी मान्छेहरुको ज्यान गयो भने असाध्यै धेरै भौतिक संरचनाहरु ध्वस्त भए। २०२४ सेप्टेम्बरमा आएको बाढी पहिरोले काठमाण्डौ समेत गरि २४६ मान्छेहरुको ज्यान लियो भने लाखौ मान्छेहरु विस्तापित हुन पुगे। भर्खरै २०२६ अगस्टमा २६ मा हिमपहिरोले अचानक ल्याएको भिषण बाढीले गर्दा रसुवा, नुवाकोट, चितवन सम्म पुर्याएको अकल्पनीय क्षतिले देश पूर्ण रुपले घाइते छ। यो लेख तयार पार्दा सम्म ९०० भन्दा बढीको मृतु भैसकेको छ भने हजारौ हराइरहेका छन्। यो आकडा प्रतिघन्टा बढ्दो क्रममा छ।
यसरि सरसर्ती हेर्दा के देखिन्छ भने बिगत केहि वर्षदेखि लगातार रुपमा बाढी पहिरो बढ्दै गैरहेको छ। ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ। तर बिडम्बना के देखिन्छ भने झन् पछि झन् मान्छेहरुको संवेदना हराइरहेको छ। जो मान्छेहरु जलबायु परिबर्तनको उच्च जोखिममा छन् या भनौ बाढी पहिरोको जोखिममा छन्, ति मान्छेहरुमा अलिकति भएपनि सतर्कता देखिनु पर्ने हो। कतिपय मान्छेहरु यस विपतलाई उत्सब झैँ मानेर पुलमा लाइन लागेर फोटा र भिडियो खिच्न ब्यस्त छन्। प्रहरी , आर्मी , ससस्त्रको टोलिले माइकिङ्ग गर्दै हिडिरहेको छ, तर मान्छेहरु भन्दैछन, "खाना अर्डर गरेको छ, खाएर भाग्ने।" त्यस्तो अवस्थामा सचेत सबल नागरिकहरुले आपाङ्ग, असक्त, बुढाबढी, न्युरोडाइभर्जेन्ट व्यक्तिहरुलाई कसरि सुरक्षित स्थानमा लैजान सकिन्छ भनेर प्रयास गर्नु पर्ने हुन्छ। यदि कुनै घरमा यस्तो जनसंख्या छ भने कुनै संकेत राख्नु पर्छ जसले गर्दा सहयोग गर्न सजिलो होस्।
हिन्दीमा एक भनाइ छ ," आगे होते चेते नही , पिछे चेते होते नही। " अर्थात् अगाडी काम गर्यो भने हुन्छ तर चेतना हुदैन र गर्न सक्ने काम पनि गर्दैनौ, तर समय बितिसकेपछि चेतना आउछ तर काम गरेर हुदैन। " हरेक वर्ष नेपालमा बाढी पहिरोले सयौ मान्छेहरुको ज्यान लिइरहेको हुन्छ। हामि देश विदेशबाट राहत जुटाउछौ। पिडित परिवारलाई दुइचार बोरा चामल बाडेर आफ्नो जिम्मेवारीबाट पन्छिन्छौ। एक दुइ महिना नहुदै त्यो घटना बिर्सन्छौ । नदि किनारहरूमा असुरक्षित बस्ति बसेको बस्यै छ । खोलाको किनारमा बसेका धानका हरिया फाँटहरु कंक्रिट बस्तिमा परिणत भएका छन् । त्यसलाई रोक्न न स्थानीय निकायले सक्छ र केन्द्र सरकारले। राज्यले राजधानीको मुटुमै के भैरहेको छ भनेर, खोला किनारमा किन बस्ति बढिरहेको छ ? त्यसलाई रोक्न के गर्न सकिन्छ भनेर बेलैमा बुद्दि पुर्याउन नसक्दा बर्षेनी कैयौ मान्छेहरुले ज्यान गुमाइरहेका छन्। खोलामै पिलर राखेर घर बनाउन नक्शा कसले पास गर्यो ? ठिक छ नक्सा त नोटले पास गर्यो, तर घर बनाउदै गर्दा निरीक्षण गर्ने र अनाधिकृत रुपमा बन्दै गरेका संरचनाहरु रोक्ने अन्य निकायहरु छैनन् ?
नेपालभर यस्ता जोखिमपूर्ण हजारौ संरचनाहरु छन् । जोखिमपूर्ण हजारौ सडकहरु छन् । जोखिमपूर्ण हजारौ स्कुलहरु छन् । अस्पताल, आर्मी ब्यारेक तथा सरकारी भवनहरु छन् । तर राज्यले नै यस्ता संरचनाहरु निर्माण गर्दा ध्यान दिदैन भने निजि जमिनमाथि आफ्नो मनलागी घरहरु बनाउनेलाइ रोक्न झन् के सक्थ्यो ? अहिले मान्छेहरु पहाड माथिको बस्ति देखाउदै भनिरहेका छन् हाम्रा पुर्खाहरुले बेशीमा खेतीपाती गर्थे , पहाडको माथि बसाइ गर्थे । हामीले बेसीमा घर बनाएर गल्ति गर्यौ । हुनपनि कुरो सहि हो। खोलाको किनारै किनार, मोटर बाटो गयो, यातायातको सुबिधा भयो, अस्पताल जानको लागि सहज हुने भयो भन्ने हिसाबले बेसीतिरै बस्ति बसाल्न थाले। एक, दुइ, तिन गर्दै खोलाको किनारहरुमा घना बस्ति बस्न थाले। स्कुल त्यतै बने। गाँउमा भएका सरकारी संरचनाहरु पनि त्यतै झर्न थाले । गाँउमा बस्ति पातलिदै गयो । गाइबस्तु चर्ने चौरहरु पनि सामुदायिक जंगलको परियोजनाले गर्दा घना जंगल बने। बन्यजन्तु जस्तै बाँदर, चितुवाहरुको जनसंख्या बढ्दै जान थाल्यो। फाट्टफुट्ट बसेको बस्तीपनि बादरको आतंकले गर्दा बाध्य भएर यिनै खोला किनारतिर झरेर बसोबास गर्न थाले। यसले गर्दा खोलाको किनारमा बस्ति बाक्लो हुदै गयो। तराइका खोला किनारमा चाहे त्यो बुटवलको तिनहु खोला किनारमा बढ्दै गरेको सुकुम्बासी बस्ति होस् वा नारायणी र बागमती नदि किनारमा सबै यसैको परिणाम हो।
यसको मूल कारण बिगत् केहि दशकदेखि राज्य सत्ताकै चक्रबिउमा फंसेको छ। त्यहाँबाट निस्कनै सकेको छैन । प्रधानमन्त्रीको सपथ खाएकै दिन प्रतिपक्षले अर्को सपथ खान्छ कि यो सरकारलाइ कसरि अप्ठेरोमा पारेर सत्ता आफ्नो हातमा पार्ने। त्यसपछि सदनमा शुरुहुन्छ ताण्डब नृत्य । जनताहरुले पनि जसरि मृत्युको भयलाई सामान्य मान्दै जान थाले, त्यस्तै सदनको दृश्य सामान्य हुन थाल्यो। आजकल त यस्तो लाग्छ सांसद भवन भनेको कानुन बनाउने ठाँउ हैन, जोकरहरुको सर्कस देखाउने ठाँउ हो । न जनतासंग लाज, न कुनै डर, न इज्जत। एकले अर्कालाई कुन हदसम्म गिराउन सकिन्छ, त्यसैमा छ प्रतिष्पर्धा । मनसुन शुरु हुदैछ, कसरि जोखिम न्यूनीकरण सकिन्छ भनेर कुनै दिन छलफल भयो ? राज्यको पहिलो कर्तब्य जनताको ज्यान बचाउने हो । कहाँ कसरि जनताको ज्यान जोखिममा छ भन्ने कुराको पहिले अध्यन हुनुपर्छ र तत्काल त्यसमा ध्यान दिनुपर्छ। तर उनीहरुको ध्यान छ त केबल सत्ताको कुर्चीमा। २०१५ मा भूकम्पले तहस नहस पार्यो। पिडितहरुको नाममा राहत जम्मा भयो। विभिन्न ठाँउमा घर बनाएर सुन्दर तस्बिर सार्बजनिक गर्ने काम भयो, तर ति घरहरुमा बस्ने मान्छेहरु के बास्तबमै राहत महशुस गरिरहेका छन् ? अर्कोपल्ट पनि ढिलो चाँडो भुकम्प अबस्य आउनेवाला छ। भूकम्पको जोखिम न्यूनीकरण गर्न राज्यले के के गर्दै छ ? यस्तो बेला बुढाबुढी, केटाकेटी, अपाङ्ग, सुस्त मनस्थिति भएका मान्छेहरुको पहिचान र उद्दार कसरि गर्ने, धेरै भन्दा धेरै मान्छेहरु तात्कालिन आवस्थामा कसरि र कहाँ सुरक्षित राख्न सकिन्छ ? जस्ता बिषयहरुमा कुनै नीति तथा कार्यक्रमहरु बनेका छन् कि छैनन्। यदि बनेका छन् भने आम मान्छेहरुलाई यसको बारेमा जानकारी छ कि छैन ?
त्रिशुलीको एक स्कुलबाट नौ सय जति बिद्यार्थीहरु तत्कालै सुरक्षित स्थानमा लैजाने काम भयो र ति बिद्यार्थीहरुको ज्यान बच्यो। त्यो स्कुलमा यसको बारेमा पहिले नै रिहर्सल भएको थियो या थिएन त्यो त थाहा भएन। तर जुन कार्य तत्काल गरियो त्यो निकै उदाहरणीय छ। आगलागी, भुकम्प , बाढी जस्ता बिपतहरुबाट कसरि बच्ने भन्ने बारे हरेक स्कुलहरु, अस्पतालहरु तथा घर घरमा जानकारी हुन आवश्यक छ। हरेक स्कुल तथा अस्पतालहरुमा बेला बेलामा शिमुलेसन अर्थात् जोखिम नक्कल गरेर त्यहाँ कार्यरत सबैलाई चनाखो बनाइराख्नु पर्छ। जे आउछ, मज्जाले पचाउछ भन्दै बस्यो भने बिदेशीहरुले पनि राम राम भन्दै बस्छन, काँध थाप्न कोहि आउदैनन।
यी त भए राज्यले नीतिनिर्माण तहदेखि नै गर्नुपर्ने काम। तर हरेक व्यक्ति आफैमा जिम्बेवार बन्ने कि नबन्ने ? राज्यको तर्फबाट बाढी आउनुभन्दा आधा घण्टा अगाडी अलर्ट जारि हुँदा हुँदै पनि किन धेरै मान्छेहरु पुलमा उभिएर सेल्फी खिच्ने, भिडियो बनाउने गर्न थाले ? यदि हरेक नागरिक सचेत भैदिएको भए आधा घण्टामा सुरक्षित ठाँउमा पुग्न सकिने थियो। जो मान्छेहरु तगडा थिए उनीहरुले बुढाबुढी, अपाङ्गता भएका मान्छेहरुलाई समेत सुरक्षित स्थानमा लैजान सक्थे। सुरक्षाकर्मीहरुले त जानकारी दिने हो, त्यसलाई पालना गर्ने या नगर्ने हाम्रो कुरा हो , अर्थात् आम नागरिक को कुरा हो। कतिपयलाई फोनमा आएको अलर्ट पढ्न पनि आउदैन, तर छरछ्मेक वरिपरि त कोहि न कोहि पक्कै हुन्छ। यस्तो आवस्थामा जनतानै सुरक्षाकर्मी हुनुपर्ने हैन र ? एकजना हेडसरको सहि समयमा गरेको सहि निर्णयले ९०० भन्दा धेरै बिधार्थीरुको जिबन जोगाउन सफल भयो भने हरेक सचेत नागरिकले यस्तै भूमिका खेलेको भए मानबिय क्षति पक्कै पनि कम हुन्थ्यो।
सरकारले पक्कै पनि आफुले सकेको, जानेको र साधन र स्रोतले भ्याएसम्म काम गरिरहेकै छ। नेपाल आर्मी, ससस्त्र प्रहरी, नेपाल पुलिस, आपतकालीन सरकारी संयन्त्रहरु सबैले मिलेर काम गरिरहेका छन्। आर्मी पुलिसहरुले ज्यान जोखिममा राखेर उद्दारको काम गरिरहेका छन्। यस्तो अवस्थामा नचाइदो हल्ला, बिरोधको लागि बिरोध र राजनीतिक प्रतिशोधका आधारमा भ्रमपूर्ण समाचारहरु छाप्ने काम अत्यन्त घृणित काम हो। अहिले उद्दारमा खटिएका सबै निकायहरुलाई प्रोत्साहन र सहयोग चाहिएको छ। सामाजिक संजालमा नचाहिने सामाग्रीहरु पोस्टाएर उनीहरुको मनोबल गिराउने काम गर्नु हुदैन। हरेक व्यक्तिको हातमा स्मार्ट फोन छ। त्यसमा उनीहरु भन्दा स्मार्ट एआइ एपहरु छन्। त्यहाँ काम गर्ने अल्गोरिदमले तपाइले के हेर्न चाहनुहुन्छ, के सुन्न चाहनुहुन्छ वा के पढ्न चाहनुहुन्छ पहिले नै थहपाइसकेको छ। इन्टरनेटमा तपाइले सर्च गर्ने बिषयहरु, तपाइले ध्यान दिएर हेरेका सुनेका बिषयहरु डाटा उसंग सुरक्षित हुन्छ। तपाइभन्दा उ स्मार्ट भैसकेको हुन्छ। जसले गर्दा तपाइलाई उसले सजिलै ब्रेन वास गर्दिन्छ। अलि तपाइ हामीलाई लाग्न सक्छ हामीले सुनेको, हेरेको र पढेको नै सत्य हो। बास्तबमा त्यो सत्य हुदैन। सत्य व्यक्ति र परिस्थिति अनुसार फरक हुन सक्छ। त्यसलाई तथ्यले बुझ्नु पर्छ। त्यहिभएर कुनैपनि समाचारलाई सिधै बिश्वास गर्नुको साटो त्यसलाई विश्लेषण गर्न सक्ने क्षमता हामीसंग हुनुपर्छ।
बाढीले घर बस्ति र सिंगो गाँउ नै बगाएर लग्यो। हजारौ हजार मान्छेहरुले ज्यान गुमाए भने उतिकै संख्यामा मान्छेहरु हराइरहेका छन्। हाइड्रो पाउरको सुरुङ्ग भित्र पुरिएका मान्छेहरु पनि अब जिवितै उद्दार हुने सम्भावना कम हुदै गैरहेको छ। यत्रतत्र छरिएका लाशहरुको ब्यबस्थापनमा जटिलता देखिएको छ। लाश कुहिएर त्यसको दुर्घन्धले अर्को बिपद निम्त्याउन सक्ने देखेर राज्यले बेबारिसे लाशको DNA सुरक्षित गरि जमिनमुनि ब्यबस्थापन गरेको छ। त्यस्तै उद्दार गरिएकाहरुको तात्कालिन र दिर्घकालिन ब्यबस्थापन गनुपर्ने देखिन्छ। कैयौ बालबालिकाहरु अभिभाबकबिहिन बनेका छन्। उनीहरुको अभिभाबक भनेकै राज्य हो। त्यसको लागि राज्यले तुरुन्त पहलकदमी चाल्नु पर्ने देखिन्छ। ति बालबालिकाहरुमा गम्भीर मानशिक असर परेको हुन्छ। त्यसको सहि उपचार समयमै गरिएन भने डरलाग्दो असर पछि सम्म रहिरहने छ। यसको लागि मानशिक, सामाजिक, आध्यात्मिक तवरले काम गर्नु पर्ने देखिन्छ। हामि नेपालीहरु संसारको जुनसुकै कुनामा बसेपनि एक छौ, परेको खण्डमा संगै उभिन तयार छौ। हरेक नेपालीहरुले आफुले जानेको, सकेको सहयोग गर्नुपर्ने बेला आएको छ। सबैभन्दा पहिले उद्दार भएका मान्छेहरुलाइ उचित ब्यबस्थापन हुनुपर्छ। त्यसपछि मात्र भौतिक क्षतिको पुनर्निर्माणतर्फ लाग्नु पर्छ।
यसका साथै राज्यले आजै देखि अन्तरास्ट्रिय समुदायसंग जलबायु परिबर्तनले गर्दा नेपालले भोग्नु परेको समस्याका बारेमा प्रष्ट कुरा राख्नु पर्छ भने अहिले भएको जुन क्षति छ त्यसको जिम्मा अन्तरास्ट्रिय समुदायले लिनुपर्छ भन्ने माग जोडदारले उठाउन पर्छ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home