Sunday, November 10, 2024

नेपाली उपन्यास

 

नोयो नेपाली उपन्यास प्रकाश कोबिदले लेखेका हुन्। यो किताब १९६८ मा छपिएको थियो। यो उपन्यासको प्रमुख पात्र नोयो हुन्। उनि तिब्बतमा चिनको आक्रमण हुदा भागेर इन्डिया जादै गर्दा आफ्नो प्रेमीसंग छुट्टिन पुग्छिन। त्यतिबेला उनि दोजिया पनि हुन्छे। बाटामा चाइनिज सिपाइहरुले ठाउँ ठाउमा आक्रमण गरेर तिब्बतियनहरुलाई निर्मम तरिकाले मारिरहेका थिए। उनि केहि तिब्बतियनहरुको साथमा भागेर विभिन्न समस्याहरुसंग जुध्धै इन्डिया पुग्छे। त्यहाँ पुगेपछि उनि आफ्नो अङ्कलसंग भेट्छिन। चिनिया सेनाहरुबाट आफ्नो प्रेमी मारिएको खबर पाएपछि उनि निकै दुखि हुन्छिन। त्यसपछि सम्पूर्ण कुरा त्यागेर दलाइ लामाको आश्रममा पुग्छिन र जीवनभर यानी बनेर बस्ने संकल्प गर्छिन। 

बिश्वध्वज थापाले लेखेको मन उपन्यास अर्को मन छुने कृति हो। मन र धन काजीका छोरीहरु हुन्। उनीहरु बिचको अन्तर दुइ बर्षको छ। काजीले मनको बिबाह कप्तानको छोरासंग गराउने पक्का पक्कि गर्छन। तर मन भने आफुलाई अंग्रेजी पढाउने शिक्षकबाट गर्भवती भएको कारण बिबाहको रात घरबाट भाग्छिन।  यस्तो अवस्थामा काजिले आफ्नी अर्की छोरी धनलाई कप्तानको छोरासंग बिबाह गर्दिन्छन। बिबाहको रात कप्तानको घरमा गोलमाल भएको हल्लाखल्ला भएता पनि पछी त्यो साम्य हुन्छ। 

उता मन आफन्ती बुढी बज्यैको घरमा लुकेर बस्छिन। बुढी बज्यैले गोदावरी भन्ने एउटी आइमाईको घरमा पुर्याउछे।  सुरुमा राम्रो व्यवहार गरेता पनि त्यो बुढीको भित्रि योजना अर्कै हुन्छ।  एकदिन उसले मनलाइ गर्भ फाल्न सल्लाह दिन्छे।  साथै उसलाई मेक अप गराएर बस्न भन्छे। त्यहि रात एकजना मान्छे उसको घरमा आउछ।  गोदावरीले मनलाई त्यो मान्छेसंग सुत्न भन्छे।  त्यसपछि मन त्यहाँबाट भागेर खेती खेत टाढा पुग्छे। उ बागमती खोलाको किनारै किनारा एउटा मन्दिरमा जान्छे। त्यहा उसको भेट भस्मेस्वर भन्ने बाबा संग हुन्छ। बाबा भनौदो संग भेट हुँदा उसले भर्खर बच्चा जन्माएकि हुन्छे। भास्मेस्वरले त्यो बच्चालाइ बालगृहयमा राख्न सल्लाह दिन्छ।  उसको सल्लाह अनुसार मनले आफ्नो बच्चालाइ बालगृहमा राख्छे।  उसले एकजना मस्तराम भन्ने सन्तसंग भेट गराउछ।  त्यो मस्तराम भन्ने आखिर त्यहि भास्मेस्वर हुदो रहेछ।  उसले मनलाइ जबर्जस्ति गर्न खोज्छ। उ त्यहाँबाट भाग्न सफल हुन्छे। त्यसपछि उ एउटी आइमाइको सरणमा पुग्छे। त्यो आइमाइले उसलाइ औषधि मुलो गरेर बिरामी निको पार्छे।  एकदिन उसले मनलाइ घरमा आएको छोरामान्छे संग सुत्न भन्छे।  मनले अस्विकार गर्दा उल्टै उपचारमा खर्च भएको पैसो उठाउनको लागि जसरि पनि उसले बोलाएका मान्छे संग सुत्न भनेपछि उ त्यहाँबाट पनि भग्छे।  उ को को संग बाट भाग्दिन।  प्रजातान्त्रिक पार्टी को नाममा भेला हुने नेता देखि महिला संघका कर्मचारीहरु सबैले उनको रुपको र जवानीको नाजायज फाइदा उठाउने भरपुर प्रयास गर्छन। अन्तत उ सबैतिरबाट भागेर एकजना सुचिकारको घरमा पुग्छिन।  सुचिकारलाइ कपडा सिलाएर उनले सहयोग गर्छिन। उनले सिलाएको कपडा धनको घरमा पुग्छ।  धनले सुचिकारलाइ कसले सिलाएको हो कपडा भनेर सोध्छिन। उनलाई संका लाग्छ कि त्यो कपडा सिलाउने पक्कै पनि उसको दिदि हो।  उनीहरु सबै सुचिकारको घरमा जान्छन। त्यहाँ धनलाई आफ्नो अगाडी देखेर मन जिल्ल पार्छिन।  बैनीको अनुरोधमा उनि बुवाआमाको घरमा फर्किन्छे। काजि बिरामी हुन्छन।  तरपनि मनलाई घरतिर आउदै गरेको देखेर काजि जुरुक्क उठेर तल झर्छन।  परिवारको सुखद मिलन हुन्छ।  त्यहि बेला धनको लोग्ने जो मोर्यो भनेर धनले सेतो कपडा लगाएकी हुन्छे फर्केर आउछन। मनको छोरीको नाम हुन्छ जिबन।  

यो उपन्यासले तत्कालिन समयमा काठमान्डूको सेरोफेरोको समाज, त्यो समाजमा हुने महिला प्रतिको हिँसा, विभिन्न राजनीति नेता देखि महिला सेवाको नाममा संस्था खोलेकाहरुले कसरी अपराध गरेका थिए भनेर छर्लंग देखाएको छ।  मनको एकबर्ष सम्मको दुख र संघर्षको घनचक्करले यो उपन्यासलाई जिबन्त बनाएको छ।  मन सर्बप्रथम मदन पुरस्कार प्राप्त नेपालि उपन्यास हो।  

एक चिहानमा ह्रदय चन्द्रसिंह प्रधानले तात्कालिन समाजमा महिलाहरुमाथि हुने भेदभाबलाइ देखाएको छ। शिबनारायणको बुवा बिरामी भए। उनीहरुले डा गोदत्त प्रशादलाई बोलाएर उनको उपचार गराए। तर उनि रहेनन्। तर डा. गोदत्तप्रशाद अलि चतुरे थिए। उनले शिवनारायणको छोरी नानि थक्कुलाइ आँखा लगाएका थिए। बिरामीको मृतु भै सकेपछि विभिन्न बहाना बनाएर डाक्टर शिबनारायणको घर धाउन थाले। नानि थक्कुसंग ख्याल्ठट्टा गर्न थाले।दुबैजनाको प्रेमको बिजारोपण भयो।  शिब नारायणले छरछिमेकबाट  नानिथाक्कु र डाक्टरको लसपस भएको थाहा पाए। उनले नानि थक्कुलाइ चेतावनी दिदै डाक्टरसंग नबोल्न , घरमा नबोलाउन भने। आमालाई पनि छोरीको आनिबानिमा ख्याल गर्न भने। त्यसपछि नानि थक्कु आफै डाक्टरसंग गएर घरमा नआउन भनिन। गोदत्तकी श्रीमती रन्जनादेबीले बुढाको निको चाला नदेखेपछि खान खाने बेला बुढालाई सम्झाउने कोशिस गरिन। उनले नानि थक्कुलाइ घरमै बोलाएर सम्झाउने कोशिश गरिन। उनले आइमाइहरुले आफ्नो इज्जत आफै राख्नु पर्छ भन्ने निकै बिनम्रताकासाथ नानि थक्कु सम्झाइन। सुब्बालाई तिरो तिर्नु पर्थ्यो। त्यसको बहानामा सुब्बाले सोझा किसानहरुलाई निकै अन्याय गर्दथे। 

सुरमानले नानि थक्कुलाई आँखा गाडेकोले अष्टनारायणको मृतु पछि रामबहादुरलाइ शिबनारायणको घर पठाए। उनले लतमायासंग अष्टनारायणले नानि थक्कुको हात सुब्बालाई दिइसकेको कुरा गरे। यता नानि थक्कु दोधारमा परिन। प्रेम डा  गोदत्तसंग भएको छ। तर रंजनादेबिको कुरा उनलाई निकै गाडेको छ।  अर्कोतिर दाजु शिवनारायणको कुराले पनि उनलाई डा गोदत्तप्रशाद संग संगत गर्न मन छैन। हर्षनारायणले एक तामांङ्गकि छोरी संग प्रेम बिबाह गर्छ। शिबनारायण निकै प्रगतिशील विचारका मान्छे छन।  उनले नारीलाई तात्कालिन समाजले गरेको अन्याएको चर्को बिरोध गर्छन।  माइला तामाङ्गकि छोरिसंगा भाइको बिबाह गर्ने शिवनारायण अति उत्सुक थिए।  यसले जातिय सहिषुनुत बढ्ने बिश्वास गर्छन। शिबनारयणले नानी थक्कुलाइ सर्लाही जिल्लाका राम खेलावन राउत संग बिबाह गराउने उनले विचार गरे। उनले यसले पहाड मदेश र काठमाडौँलाइ जोड्न चाहन्थे। केटा केटि दुवैलाइ मन पर्यो। शिबनारायणले बिबाह गरेर पठाइदिए।भाईबैनी को बिबाह गरिसकेपछि शिबनारायण निकै खुशी भए।  अन्यमा लागतारको पानीले ठुलो बाढी आयो। तिनदिन लगातार पानि पर्यो।  र त्यहि बिष्णुमतिको बढीले सबैलाई बगाएर लग्यो।  अण्टनारायण ज्यापूको सम्पुर्ण परिवारलाई बाढीले बगाएर लग्यो। गरिब अष्टनारायणको एगार सालको बाढीले बगाएर लग्यो। 

प्रदिप नेपालको क्रान्तिबिर रामप्रसाद राइको जिबनिमा आधारित उपन्यास क्रान्तिबिर एक जुजारु कृति हो। यहाँ प्रदिप नेपालले एक राइको छोरा ब्रिटिश गोर्खा आर्मीमा भर्ति भैसकेर पनि आर्मीबाट आफ्नो नाम कटाएर नेपाल फर्किन्छन। राणा सरकारको सेनामा सुबेदारको पदमा सिधै भर्ना हुन्छन। त्यहाँ बस्दा राणाहरुले कसरि अन्याय गरका छन् भन्ने बुझेर राणाहरुको सत्ता फाल्नको लागि जनमुक्ति सेनाको निर्माण गरेर पुर्बी नेपाल भोजपुर, संखुवासभा आदि हुदै पुर्बका जिल्लाहरु कब्जा गर्दै राणाहरुको अन्त्यको लागि अनबरत रुपमा लढछन्। उनलाई २००७ सालको क्रान्तिले मोहन समसेरलाइ प्रधानमन्त्री बनएको मन पर्दैन। २००८ को बिद्रोहमा नारयहिटी कब्जा गर्न पुग्छन। त्यो बेला देखि उनलाई बेपत्ता पारिएको हुन्छ। आज पनि उनलाई राणाहरुलाई फाल्ने २००७ सालको क्रान्तिको महानायकको रुपमा लिइन्छ।  रामप्रशाद राईले भोजपुरे हाट बजारमा रक्सि खाएर होहल्ला गर्नेहरुलाई सजाय स्वरुप सार्बजनिक खेतीमा काम गर्न लगाएका थिए। राइ हुदैमा रक्सि खानु पर्छ भनेर के मा लेखेको छ भन्दै उनि आफ्नो निर्णयमा अटुट रहे।

बिषेस्वरप्रशाद कोइरालाको हिटलर र यहुदी  नेपाली साहित्यको खम्बा नै हो। बम्बईमा उपचार गएकोबेला यहुदी संगको भेट साथै लेबनिज केटिसंग पनि भेट। लक्ष्मी /डेभिडमार्गरेट १९४४ को घटनामा यहुदीहरुको नरसंहार / आलु पोलेको 

जिउदा बालकहरुलाई आगोमा हुलेको थियो हिटलरको सेनाले /बोसो पग्लेर डोड बाट बग्थ्यो। जर्मन सेनाहरुले त्यो डाडुमा थापेर पुन: लासमाथि खन्याउथे। कति दर्दनाक भयानक बर्णन। यस्तो भयानक बर्णन गर्दा गर्दै योन रसलाई सुटुक्क घुसाउछन। 

संसारबाट लखेटिएका यहुदीहरुलाई साम्राज्यबादीहरुले दोश्रो विश्वयुद्दमा प्रयोग गरे। उनीहरुलाई छुट्टै देश दिने बचन दिएर। त्यो बचन पुरा गर्न उनीहरुले आफ्नो भूभाग हैन, हजारौ वर्षदेखि बस्दै आएका पेलेस्टाइनहरुलाई घर घरबाट लखेटेर इजराइल यहुदीहरुलाई दिइयो। लाखौ मान्छेहरु त्यहाबाट रातरात लखेटिए। कैयो घरमै मारिए। सम्पूर्ण राज्यका मान्छेहरु लेबनान, जोर्डन, सिरिया लगायतका अरेबियन मुलुकहरुमा सरणार्थी हुन पुगे। तिनै शरणार्थी क्याम्पबाट आफ्नो खोसिएको हक अधिकारको लागि जन्मे कैयौ ससस्त्र संगठनहरु। पश्चिम देशहरुले उनीहरुलाइ आतंकबादीको संज्ञा दिदै आइरहेको छ। यो डिस्कोर्स यति बलियो छ कि अहिले विश्वलाई हज्बुल्ला भनेको एक आतंकबादी संगठन हो। इजराइलले मिसाइल हान्नु प्रजातान्त्रिक हो। रेवा - सुन्दर आइमाई, बिबाहित तर स्वछन्द विचार भएकी, लेखकसँग निकै नजिक भएकी छ सामुन्द्रिक यात्रामालक्ष्मी -लेखककी श्रीमती नारायणनन - फ्रेन्चमा जन्मेको भारतीय नागरिक /लेखक /भारतीय संकृतिको प्रसंसक एकजोडी भर्खर बिहे भएका जोडी आमा छोरा खोरन्ड़े - सिपाही खुट्टा नभएको / हिटलर युद्दको अवशेष हिटलरले यहुदीहरूलाइ गरेको बर्बर सर्बनास 

दामिनी भिरमा राजन मुकारुङ्ग लच्छी दमिनी कान्छो , आम्दाङ्गे र अन्य पात्रहरु। चेतन उपल्लो जातको केटा हो। उसले लच्छी दमिनिलाई भुँडी बोकाएर पढ्न भनि सहर पस्यो। फर्केन सात सात वर्षसम्म पनि। बिहे गर्ने सपना देखाएर फसाएको थियो। बलात्कार झैँ गरि यौन सम्पर्क गरेको थियो।  रिता मेडमले उसलाई अबोर्सन गर्न लगाएकी थिइ। तर उसले मानिन। लच्छीले आफ्नो सन्तान जन्माउने निधो गरि। मनमा कता कता चेतन फर्केर आउछ कि भन्ने आशा पनि थियो। 

कान्छो उपल्लो जातको केटा हो। छोराको जन्म दिएर उसकी श्रीमतीको मृतु भएको हुन्छ। कान्छो क्षेत्रीको छोरा थियो।  उनीहरुको सम्बन्ध एक असल साथीको रुपमा चल्दै गयो।  एकदिन गाउमा चेतन आएको थाहा पाई लच्छीले। त्यो चेतन एक गायक चेतन बनेर आएको थियो। त्यसपछि लच्छीले कान्छो संग बिहे गर्ने निर्णय गरि। 

यो किताबमा पुर्बी पहाडको सामाजिक, आर्थिक, राजनीतिक बिम्बहरू छरपस्ट छन्।  पात्रहरु अनेक छन्।  जातीय भिन्नता, लैंगिक भिन्नता, महिलाहरु माथि उच्च जातका मान्छेहरुको शोषण जस्ता थुप्रै कुराहरु समेटिएका छन्।  कोहि पात्रहरु दोहोरीमा हराएका छन्, कोहि बम्बैमा बेचिएका छन्।  कोहि माओंबादिमा लागेका छन् , कोहि भिर कहरा फोरिरहेका छन्। राइ लिम्बुहरुको कथा छ। 

यो उपन्यासमा थुप्रै पात्रहरु मावोबादी आन्दोलनमा होमिएका छन् आफ्नो हक र अधिकारको लागी। उपल्लो बर्गका मान्छेहरुको सपना पुरा हुन्छन तर गरिब तथा दलित पिछडिएको बर्गको सपना केवल सपना मात्र हुन्छ भन्ने बताएको छ। आफ्नो हक र अधिकारको लागि पुर्बी पहाडका मान्छेहरु कसरि जनाअन्दोलनमा भाग लिन आइपुगे र आहिले उनीहरुको अवस्था कस्तो भनेर देखाइएको छन। 

नगेन्द्र  न्युपानेद्वार लिखित दरबार बाहिरकी महारानी  एक ऐतिहाँसिक उपन्यास हो।  यो उपन्यासमा इतिहाँसको पानामा लुकेको राज परिवारको एउटा कथा बोकेको छ।  लेखक काठमाण्डौमा कोठा खोज्ने क्रममा लक्ष्मी नामक एक महिलासंग भेट हुन्छन। लक्ष्मी दिदि कुनैबेला दरबारमा काम गरेकी महिला थिइन् र उनलाई छिमेकीहरु मैयारानी भनेर बोलाउछ्न। 

तिनै लक्ष्मिले एकदिन लेखकलाई गाडीमा बस्न भन्दै गर्दा गीता नामकी महिलासंग भेट हुन्छ। त्यसपछि लक्ष्मीले लेखकलाई गीताको बारेमा यो कथा सुनाउछिन। 

उनको कथा अनुसार गीता महेन्द्र युबराज हुदा दरबारकी सुसारे थिइन्। एकदिन युबराज महेन्द्र लढेर खुट्टामा चोट लाग्दा उनले उनको खुट्टा मालिस गरेकी थिइन्।  त्यसपछि महेन्द्र गीताको कोठामा सुटुक्क आउन थाले। गीताले उनलाई सम्झाउने कोशिस गर्दा गर्दै पनि उनले गीता संग यौन सम्पर्क गरे।  त्यतिबेला भनिन्छ महेन्द्र भर्खर तेह्र बर्षका मात्र थिए। त्यसपछि महेन्द्र र गीता बीच हिमचिम बढ्दै गयो।  गीता गर्भवती भईन। महेन्द्रले अबैधानिक भए स्वकारे। तर दरबारका अन्य आसेपासेहरुले उनको गर्भ तुहाउन निकै प्रयास गरे। गोरे अर्थात् गोरखबहादुर नामको दरबारमै काम गर्ने मान्छेलाइ उनीसंग बिहे गराउने षड्यन्त्र गरे। तर गीता अडिग रहिन र आफ्नो सन्तान रबिन्द्र शाहलाइ जन्म दीईन। 

महेन्द्रले मोहन शम्सेरकि छोरी इन्द्र लक्ष्मी संग बिहे गरे। इन्द्र लक्ष्मीले गीतालाइ माया नै गरिन। राजकुमार बिरेन्द्र लगायत सबैको रेखदेख गीताले गरिन।  अन्तत इन्द्रराज्य लक्ष्मीको मृतु भयो। उनले नै गीतालाई मोर्ने बेला भनेकी थीइन कि सम्पूर्ण राजकुमारहरु रक्षा गर्ने , पालन पोषण गर्ने जिम्मा उनको भयो। त्यसै अनुसार उनले यो सब गर्दै पनि गइन। महेन्द्र इन्द्रकी बहिनि रत्न संग पुन: बिबाह गरे। तर रत्न आइसकेपछि उनले गीतालाइ दरबारबाट बाहिर निकालिन।  उनिहरु बालुवाटारको दरबारमा बस्न थाले। त्यहि महेन्द्र बेला बेला आउने गर्थे।  तर महेन्द्रको चितवन स्थित दियालो दरबारमा मृतु भयो। 

बिरेन्द्र राजा भए।  उनको राज्य बिषेक हुदा गीताको परिबारलाइ रत्नले बिरेन्द्रलाइ थाह नदिई गीतालाई घरमै नजरबन्दमा राखिन। न्यायको लागि उनि बिशेव्स्वर प्रशाद कोइराला, गणेशमान सिङ्ग , गिरिजा सबै संग पुगिन।  तर सबैले उनलाई आफ्नो स्वार्थको लागिमात्र प्रयोग गर्न थाले न कि उनको हक र हित को लागि। तिनै गीताको कथा हो दरबार बहिरकी महारानी।  राजाहरुको भित्रि कथा।  राणाहरुको भित्रि कथा। राणा, प्रजातन्त्र र पन्चायत कालिन शासकहरुको कथा।  


पागल बस्ती  लेखक : सरुभक्त         ( भक्तराज श्रेष्ठ )

प्रशान्त र मार्थको बीच प्रेम हुन्छ। मार्थले प्रेम अस्विकार गरेपछि प्रशान्त गाउ छोडेर जान्छ र आदि गुरु बन्न जान्छ। पछि आदिमाता ले प्रशान्तलाइ भेटेर पुन प्रेम प्रस्ताब राख्छिन। प्रशान्तले अस्विकार गर्छन। यो पुस्तकमा यी दुइ पात्रको मानशिक अवस्थामा आउने परिबर्तन बाट समस्त मानब समाजको चित्रण गरिएको छ।  प्रेम के हो ? प्रेमलाई कसरि बुझ्ने सिकाइएको छ।  घमण्डकै कारणले गर्दा ठुला ठुला महायुद्धरु भएको बताइएको छ।  समाजमा बास्तबिक पागलहरू भनेको प्रेमलाई नबुझेर घमण्डको बलमा लढाईलड्नेहरु हुन भन्न खोजिएको छ। मार्थाले प्रेमको महत्व प्रशान्तले छोडेर गैसकेपछि मात्र बुझ्छिन। पछि उनले प्रशान्तलाइ आदि गाँउमा भेट्छिन।  तर त्यतिबेला समय बदलिसकेको हुन्छ। अन्त्यमा उनि आदिमाता हुन्छिन।  प्रेम बाहेक उनले यो किताब समाजमा रहेका अनेक विसंगतिलाई एउटा काल्पनिक गाँउ पागल बस्तीमा देखाएका छन्।  त्यहाँ मान्छे हरु पागल होइनन कि तर पागल झैँ बानीव्यहोरा देखाइरहेका छन्। समाज पागल हुदैन।  तर त्यहाँ बस्ने मान्छेहरुको आनीबानी, सभ्यता, लुटतन्त्र आदिले समाजलाई बस्तीलाई पागल बनाइरहेको छ। त्यहाँ उनले पश्चिमी दर्शनहरुको समेत कुरा गरेका छन्।  विभिन्न बादहरुको कुरा गरेका छन्। पढ्दै गर्दा लब स्टोरी नभई एउटा दर्शनसस्त्र झैँ भान हुन्छ। 

शिरिसको फुल एक नेपालि सामाजिक उपन्यास हो। यसको प्रमुख पात्र ब्रिटिश आर्मिबाट नाम काटेर आएको सुयोगबिर र सकम्बरी हुन्। शिबराज र सुयोगबिर को भेट एउटा भट्टीमा हुन्छ। शिबराजले सुयोगबिरलाई आफ्नो घरमा निम्ता गर्छ। त्यहा सुयोगसंग तीनवटा महिला पत्रहरुसंग भेट हुन्छ। सकम्बरी अरु भन्दा बिन्न हुन्छे। सुयोग उसंग आकर्षित हुन्छ। सकम्बरी शारीरिक रुपमा त्यति राम्री पनि होइन। तर उ अनौठो स्वभाबकि छे। उ बिरामी छे। स्कुल पनि जादिन। शिबराज दुखि हुन्छ। सुयोगले आफु विश्व युद्दको बेला मान्छेहरु नकाटेको तर आइमाइहरुलाइ  बलात्कार गरेको सम्झन्छ। प्रेम र सेक्स फरक कुरा हुन् भन्नेमा बिश्वास गर्छ। एकदिन उसले सकम्बरिलाई बाहिर एक्लै देख्छ। सकम्बरी प्रतिको आशक्ति रोक्न नसकेर उसले पछाडीबाट उसको सहमति बिना किस गर्छ। सकम्बरीले प्रतिबाद नगरी भित्र जान्छे। त्यसदिन पछि उ बिरामी पर्छे र एकदिन उसको मृतु हुन्छ। सुयोगलाई आफुले गरेको कर्मको पश्यचाप हुन्छ र काठमान्डू छोड्ने निधो गर्छ।  

बिध्यार्थि पुस्तक पशलमा किताबहरू खोज्नेक्रममा संसार एक पाठशाला हातमा लिए। बिशाल सिटौला पहिले नामै नसुनेकोले गर्दा पनि होला मन सरर भएन। पछाडि कभरमा भएका टिप्पणीहरू पढे। कुनै बरिश्टहरूको टिप्पणी पनी थिएन। एकदुई पाना फर्काएर हेरे। चित्रहरू क्यापसनमा मोटा मोटा अक्षरमा सारकुरा दोहोर्याएको रहेछ।  खबरपाटि जस्तो लाग्यो। पुन सेल्फमा राखे। किताब पसलमा काम गर्ने भाइले भनेयो किताब खुब बिकेको ऐले। मुल्य पनि घटायको छ।
पुन किताब हातमा लिए पहिलो पन्ना फर्काए। लेखकको बुवा आमाको फोटो थियो। अर्को पेजमा रास्ट्रकबि माधब प्रशाद घिमिरेको टिप्पणि रहेछ। सरसर्ति पढे।यो पुस्तकबाट धेरैले आफ्नो जिबन परिबर्तन गर्न सक्नेछन भन्ने मैले आशा लिएको छु”, भनेका रहेछन् बुढाले। प्राध्यापक तिर्थराथ खनियाले राम्रो टिप्पणि गरेका थिए। किताब किने।
ताप्लेजुङको निघुरादिन गाऊमा जन्मेका बिशाल सिटौलाले संसार एक पाठशालामा आफ्नो बाल्यकालदेखि अहिलेसम्म गरेक संघर्ष, भोगेका दुख प्राप्त गरेको नुभबलाई चटामरि झै स्वादिलो बनाएर पस्केका छन्। तिस बर्ष नर्बेमा बसेर कामकै सिलसिलामा पचासभन्द बढि देशहरुको भर्मण गरेका सिटौलाले बिश्व जिबनदर्शनलाई आफ्नो आध्यात्मिक ज्ञानले ऐना जस्तै छर्लङग पारेका छन।
सातौ नम्बरमा जन्मेका सिटौला जन्मनासाथ आमाको दुध नआएर सार्कि थरकी महिलाको दुध चुसेर उठे। त्यतिमात्र होइन ऊनलाई बचाउन आमाले पाथिभरासंग भाकल गर्नु परेको थियो। सात बर्षमा परिबारसंगै मधेश झरेका ऊनि लामखुट्टे, ऊडुस उपियॉको असल मित्र बने। राजेस खन्नाको फिल्महरू हेरेर हिरो बन्ने भुत सवार भएका सौटौला पछि रामपुर क्याम्सबाट बि एस सि जी मा डिस्टिङसन पट्काए। ऊडिसा पढ्न जानको लागि काठमान्डौ जादै गर्दा गाडि त्रिशुलिमा पल्टेछ। धेरैको ज्यान गयो। ऊनी चाहि जस्ताको तस्तै। त्यो बेला ऊनि ध्यानमा पो मस्त रहेछन।
पछि नर्बे पुगे प्रतिस्ठित बिश्वबिध्यालयमा पढाउन शुरू गरे। उनि भन्छन,” ग्रिष्म रितुमा आठहप्तासम्म सुर्य नउदाऊने देश सामाजिक अनुशासन, कामप्रतिको जिम्मेवारी दायित्वबोधले गर्दा नै नर्बे संसारमा एक सबल देशको रूपमा चिनिन्छ।तर बिकाश मात्र ठुलो हैन। त्यहॉ प्राय मान्छेहरू एक्लो छन। घन्टौ संगै यात्रा गर्दा पनि कोहि कसैसंग बोल्दैन, सोध्दैन। आगन जोडियको छिमेकिसंग बर्षौसम्म पनि चिनजान हुदैन।
सबै देशहरूका राम्रा नराम्रा दुबै पाटाहरू छन्।
आफुलाई चिन्नेले मात्र संसरलाई चिन्न सक्छ। आफुलाई चिन्ने बाटो आध्यात्म हो भन्छन उनी।
जिबन दर्शन बारे लेखक भन्छन, “ आफुभित्र भएको अथाह सम्पतीलाई चिन्यो भने, जिन्दगी अत्यन्त महत्वपुर्ण आनन्दित हुन्छ। जानेन भने जिन्दगिमा दुख, कष्ट विषाद मात्रै बाकि रह्न्छ।आध्यत्मिक क्षेत्रमा रूचि भएका सिटौलाले रबिसंकर पाईलट बाबासंग भएको भेटको अनुभब पनि समेटेका छन्। सिटौला नयॉ पिडिलाई संदेश दिदै भन्छन,” जिबन एउटा उकालो बाटो हो। यसमा यात्रा गर्दा सबै खालका क्षणहरू आउछन्।मनलाई सकरात्मक मार्गमा हिडाउने प्रयास गर्नु पर्दछ। आफ्नो मन शान्त सरल नभयसम्म मानिसमा खुसी आउन सक्दैन।
धेरै मन छुने कुराहरू छन् यो किताबभित्र। फुर्सद मिले झ्याप्प बसेर पढौ है।

इतिहासको गर्बमा लुकेको व्यक्तित्वमाथि अनुसन्धान गरेर एउटा पुस्तक लेख्नु चानचुने कुरा हुदै होइन। त्यसमाथि पनि फरक भूगोल र बस्तुस्थितिलाई हुबहु उतार्नु  अनि सयौ बर्ष पहिलेको समाजलाइ चित्रण गर्नु कुनैपनि लेखकको लागि चुनौती पनि हो। त्यसको लागि थुप्रै खोज अनुसन्धान गर्नु पर्ने हुन्छ। 

योगमाया एक एइतिहासिक पात्र हुन् जसले बाल बिबाह, बाल बिधुवा, सति प्रथा, छुवाछुत, कमारा कमारी जस्ता थुप्रै कुप्रथाको विरुद्ध जिन्दगिभर  संघर्ष गरिन। राणा शाशनको बिरुद्धको आन्दोलनकै क्रममा  कैयौ पल्ट जेल जिबन पनि बिताइन। र अन्त्यमा अरुण नदीमा जलसमाधि गरिन। उनीसंगै सत्तरी भन्दा बढी उनका अनुयायीहरुले पनि अरुण नदीमा हाम फालेर मृतुबरण गरेका थिए। उनको बाल्य अबस्थादेखी बृदा अवस्था सम्मको सम्पूर्ण नालीबेली उतारेकी छन् लेखक निलम  कार्की निहारिकाले योगमायामा। 

'सानुमाया', 'ठुलीमाया' को नामले चिनिन्छिन योगमाया यो किताबमा। नाबालक अवस्थामा न्यौपाने थरको केटासंग बिबाह बन्धनमा बाधिएकी सानुमायाले एक रात घरबाट भाग्छिन। जंगलको बाटो माइतिघरतिर हिड्दै गर्दा बाटो बिराएर तिन दिनका दिन जन्मघरमा पुग्छे। समाजको डरले गर्दा उसको बाबाले उसलाई उल्टै गालि गरेर अर्को दिन घरमा पुर्याइदिने कुरा गर्छ। बिहे गरेर गैसकेको छोरीले घरवालाको अनुमतिबिना माइत आउन पाइदैन। यसरि भागेको खण्डमा घरवालाले पुन घरमा पस्न नदिने कुरो चलन हुन्छ समाजमा।  त्यसैको डर हुन्छ सानुमायाको बाबालाई। नभन्दै घरवालाले सानुमायालाई पुन नभित्र्याउने भन्दै नानाथरी आरोप लगाउछन। त्यसपछि सानुमाया गाउकै एक जनासंग आसाम जान्छे। उसैसंग बिहे गरेर एउटा सन्तानको जन्म पनि दिन्छे। तर उनको लोग्नेको अकालमै मृतु हुन्छ। पछी उनले तेस्रो बिबाह गर्छिन।  तेस्रो लोग्नेको मृतु भएपछी उनको भाइसँग नेपाल फर्किन्छे।  

नेपाल फर्के पनि समाजमा कुरीति, कुसंस्कार  जिउ का तिउ हुन्छन।   धेरैले उनलाई नराम्रो दृष्टिकोणले हेर्छन। स्वर्गाद्वारीको तिर्थबाट फर्केपछि उनि पटक पटक निराहार महिनौ दिनसम्म पनि तपस्या गर्छिन। उनका अनुयाइहरु बढ्दै जान्छन। उनले समाजमा चल्दै आएको कुरितिहरुको बिरुद्ध आवाज उठाउछिन। बाल बिधुवाहरुले अर्को बिबाह  गर्न पाउनुपर्छ भनेर जनचेतना फैलाउने काम गर्छिन।  जातभातको नाममा चल्दै आएको छुवाछुत प्रथा, सति प्रथा, कमारा कमारी , महिलाको विरुद्ध हुने भेदभाबको बिरुद्धमा लगातार आन्दोलन गर्छिन। धर्म राज्यको माग गर्दै अग्नि दाह गर्न होम खाडीहरु तयार गर्दै गरेको अवस्थामा श्री ३ का सिपाइहरुले जेल हाल्छन। तरपनि सानुमाया कहिले पनि हार मान्दिनन र निरन्तर सरकारमा धर्म राज्यको माग गर्दै बिन्ति पत्र पठाऊछिन। तर सरकार भने झन् झन् निरङ्कुश हुदै जान्छ।  सुक्रराज सास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ लगाएतका मान्छेहरुको हत्या गर्छ।  

जब राणा सरकारले जनताको कुरा नसुनेर हत्या हिँसा बढाउदै जान्छ सानुमायाले सरकारलाई नैतिक दबाब दिनको लागि धर्मराज्यको माग गर्दै जलसमाधि गर्ने निधो गर्छिन। उनले अरुण नदीमा जलसमाधि गर्ने भएपछी उनका अनुयाईहरु लगाएत सत्तरी भन्दा बढी व्यक्तिहरुले अरुण नदीमाथि हाम फालेर सामुहिक देह त्याग गर्छन।  

योगमाया राणाकालीन समाजको दर्पण हो, आवाजबिहिनहरुको आवाज हो, इतिहासको उत्खनन हो।  भाषाशिल्प, लेखनशैलीका हिसाबले पनि किताब पठनीय छ।  

रामलाल  जोशीको सखी गरिब समुदायका विभिन्न कथा गरिबी, विभेद, पृथकतामा जन्मिएका हुर्केका पात्रहरू समेटिएको सामाजिक उपन्यास हो। यी पात्रहरूले समाजका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्छन्। पश्चिम नेपालको ग्रामीण गाउँ डोटीबाट धनगढीमा बसाई सरेका मानव कथाको केन्द्रीय पात्र हुन् बाल्यकालमा, उहाँ सखीको साथी हुनुहुन्थ्यो जो एक कमलहरी, आफ्नो घरको नोकर थियो। उसले उसलाई पढ्न सिकाउँछ, उनीसँग खेल्छ। तर, स्कुल जाँदा चन्द्रबहादुर भनिने स्थानीय राजाकी छोरी मालतीसँग भेट हुन्छ चन्द्रबहादुरको आदेशअनुसार मालती कक्षाकोठामा एक्लै बसिन् चन्द्रबहादुर कमैया शोषण गर्ने समाजको उच्च वर्गको प्रतिनिधित्व गर्छन्। कमैया एउटा यस्तो सामाजिक व्यवस्था हो जसमा गरिब मानिस धनी मानिसको घरमा खेतबारीमा काम गर्न, भान्सामा काम गर्न जान्छन् कमैयाका मालिकले महिलालाई बारम्बार बलात्कार गर्ने गरेका छन्। 

रामलाल जोशीको सखी गरिब समुदायका विभिन्न कथा गरिबी, विभेद, पृथकतामा जन्मिएका हुर्केका पात्रहरू समेटिएको सामाजिक उपन्यास हो। यी पात्रहरूले समाजका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्छन्। पश्चिम नेपालको ग्रामीण गाउँ डोटीबाट धनगढीमा बसाई सरेका मानव कथाको केन्द्रीय पात्र हुन् बाल्यकालमा, उहाँ सखीको साथी हुनुहुन्थ्यो जो एक कमलहरी, आफ्नो घरको नोकर थियो। उसले उसलाई पढ्न सिकाउँछ, उनीसँग खेल्छ। तर, स्कुल जाँदा चन्द्रबहादुर भनिने स्थानीय राजाकी छोरी मालतीसँग भेट हुन्छ चन्द्रबहादुरको आदेशअनुसार मालती कक्षाकोठामा एक्लै बसिन् चन्द्रबहादुर कमैया शोषण गर्ने समाजको उच्च वर्गको प्रतिनिधित्व गर्छन्। कमैया एउटा यस्तो सामाजिक व्यवस्था हो जसमा गरिब मानिस धनी मानिसको घरमा खेतबारीमा काम गर्न, भान्सामा काम गर्न जान्छन् कमैयाका मालिकले महिलालाई बारम्बार बलात्कार गर्ने गरेका छन्ती गर्भवती महिलाले केही पैसामा गरिब व्यक्तिसँग दोस्रो विवाह गर्ने व्यवस्था मिलाइन्छ।

सखी कमैया परिवारमा हुर्केकी केटी हुन् जो नोकरको रूपमा काम गर्छन्। मानवसँग उनको मित्रता एक पटक शिक्षकले मालतीलाई लेखेको पत्र फेला पारेपछि मानव गाउँबाट भागे।  उनलाई मालतीका दाजुभाइको गिरोहले कुटपिट पनि गरेको थियो सखीलाई मालिकले बलात्कृत गरेको ।त्यसपछि मालिकबाट गर्भवती भएपछि गाउँकै गरिब मानिससँग बिहे गर्छिन् त्यसपछि उनले तीन फरक व्यक्तिसँग विवाह गरे, तीन सन्तान छन्। तर अन्तिममा उनी तीन सन्तानसहित एक्लै छाडिन् क्रान्तिकारी आन्दोलनमा सक्रिय रूपमा सहभागी भइन् दैनिक प्रदर्शनमा उनी अग्रपंक्तिमा थिइन् उनी समाचारको हेडलाइन बनिन् उनी फेरि एक पत्रकारको बलिको बोका बनिन् जसले उनलाई विवाह गर्ने उद्देश्य राखे। उनीसँगको विवाहले तिनका तीन सन्तानका लागि आश्रय बन्न सक्छ भन्ने सोचेर सखी उनीसँग अलमलिन्छिन्। तर पछि एक गोरा महिला पत्रकारले श्रीमान्सँग सम्बन्ध सुरु गरे उनको विवाह यहीँ टुङ्गियो त्यसपछि उनी एक शिक्षकको सहयोगमा होस्टेलमा भाँडा धुने काम गर्न थाल्छिन्। एक दिन एउटी महिलालाई भित्र ल्याउँछ जससँग खानेकुरा छैन, आश्रय लिन ठाउँ छैन। त्यसपछि एकपछि अर्को गर्दै उनले ती मानिसहरूलाई भित्र ल्याउँछिन् जससँग जानको लागि घर छैन, खानलाई खाना छैन काम गर्न असक्षम छ। उनले दाताहरूको सहयोगमा केही जग्गा किनेर ती मानिसहरूका लागि आश्रय बनाउँछिन्। उनी फेरि एक पत्रकारको बलिको बोका बनिन् जसले उनलाई विवाह गर्ने उद्देश्य राखे। उनीसँगको विवाहले तिनका तीन सन्तानका लागि आश्रय बन्न सक्छ भन्ने सोचेर सखी उनीसँग अलमलिन्छिन्। तर पछि एक गोरा महिला पत्रकारले श्रीमान्सँग सम्बन्ध सुरु गरे र उनको विवाह यहीँ टुङ्गियो ।त्यसपछि उनी एक शिक्षकको सहयोगमा होस्टेलमा भाँडा धुने काम गर्न थाल्छिन्। एक दिन एउटी महिलालाई भित्र ल्याउँछ जससँग खानेकुरा छैन, आश्रय लिन ठाउँ छैन। त्यसपछि एकपछि अर्को गर्दै उनले ती मानिसहरूलाई भित्र ल्याउँछिन् जससँग जानको लागि घर छैन, खानलाई खाना छैन र काम गर्न असक्षम छ। उनले दाताहरूको सहयोगमा केही जग्गा किनेर ती मानिसहरूका लागि आश्रय बनाउँछिन्।अर्कोतिर मानव एक ठाउँबाट अर्को ठाउँमा छक्क परिरहेको छ। उनी अनिश्चितताको पात्र हुन् । पहिलो पटक गाउँ छोडेर गुल्मीको दुर्गम गाउँ चारपाला पुग्छन् । उसले आफ्नो जीवन घरबाट टाढा गाई चराउने र घरमा काम गरेर सुरु गर्छ। उनी पनि केही दिन विद्यालय जान्छन् । तर उनी धेरै दिन बस्न सक्दैनन् । त्यसपछि उनी धनगढी फर्किन्छन्, पढाइ पूरा गर्छन्, शिक्षकको काम गर्छन्। तर उनी जहाँ जान्छन उनको बाल्यकालको सम्झनाले उनलाई सँधै सताउँछ। उनी कवि बनेर आफ्नो कविता वाचनका लागि भारत जान्छन्। यो उनको वाहकको शिखर हो। तर उनी आफ्नो उपलब्धिबाट कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । एक दिन उनको टाउकोमा तारले काम गर्न छोड्यो। उनी अस्पतालमा भर्ना छन् । मिडियामा प्रकाशित हुन्छ । एक दिन कैलाकाकाका दाजुभाइहरू उनलाई घर ल्याउन आउँछन् । लामो समयपछि घर फर्केपछि उसको बुवा आमा दुवैको मृत्यु भएको र साखी बेपत्ता भएको थाहा हुन्छ । बाल्यकालका सम्झनाले छायाँ झैँ उसलाई पछ्याउँछ । त्यसपछि उनी सखीको खोजीमा लागे । साखी ममफुली किन्न आउने आशामा उसले आफूलाई माम्फूली मानिसको भेषमा राख्छ।

तर अन्तमा, उनले उनलाई सखी प्रमुख अतिथि भएको कार्यक्रममा देख्छन्। साकी प्रसिद्ध र सबैभन्दा सफल भएको थाहा पाएर उनी उनको अगाडि जान हिचकिचाउँछन्। स्टेजबाट सडकमा पार्क गरिएको उनको कारतर्फ जाँदै गर्दा उसले उनलाई उनको नामले बोलाउँछ। सखीले उसलाई तुरुन्तै चिन्छन् र उसलाई आफ्नो ठाउँमा ल्याउँछिन् जहाँ उनले मानवसँग गरेको सबै संघर्ष साझा गर्छिन्।