मैले सुनेका तिन पुस्तकहरु (२०२१ जनवरी महिनामा )
मैले सुनेका तिन पुस्तकहरु
मलाई नेपालि साहित्यको भोक जागेको धेरै नै भयो। हालसालै लेखेका केहि नेपालि साहित्यहरु मैले आफै आउदा वा कसैसंग मगाएर राखेको छु र तिनीहरु सबैजसो पढीसकेको छु। म संग उपलब्ध नभएका अधिकांस किताबहरु मैले अडियो किताब उत्कृष्ट पुस्तक बाचक खगेन्द्र नेपालि र अच्युत शर्माको अडियो किताब खोजि खोजि सुन्ने गरेको छु।
हालसालै मैले सुनेका किताबहरु रमेश विकलको 'अविरल बग्छ इन्द्रावती' गणेश राईको 'फोक्ल्यानको जर्नल' दौलत बिक्रमको 'च्यातियका अनुहारहरु' स्वामी आनन्द अरुणको 'सन्त गाथा ' आदि।
'अविरल बग्छ इन्द्रावातिले' एक युगको प्रतिबिम्ब झल्काएको छ। नेपालि समाजमा लामो समयसम्म सोझासाजा जनताहरुलाई जुकाले झैँ चुसेर मोटाएका सानाकाजी र बारम्बार आफुलाई चुसाउन बाध्य बनेका भुमा माझिहरुको जिबन्त कथा छ यो किताबमा। लेखक बिकलले समाज परिबर्तनको दिशातिर उन्मुख हुदै गरेको केहि परिबर्तनका झिल्काहरु लालगेडी र सोबिते जस्ता पात्रहरुमार्फत देखाउन खोजेका छन्। यो पुस्तकमा माझीहरुको पुरानो पुस्ता जसले काजिहरुलाई सर्बेसर्बा ठानेर सदियौदेखि निर्बिरोध सेवा गर्दै आए र नयाँ पस्ता जसले समाजको यो भंगालो पुर्नको लागी अपरिहार्य ठान्यो, को राम्रोसंग सामाजिक आर्थिक तथा मनोबैज्ञानिक तबरले चिरफार गरेका छन्।
दौलतविक्रमको चपाइयेका अनुहारहरुमा विश्वयुद्धको बेला जंगलमा हराएका सेनाहरुको मनोबैज्ञानिक तथ्यहरुलाई प्रष्ट्याएका छन्। जिबन के हो ? यो के चाहन्छ ? भन्ने खोजका साथ् युद्धको समस्टिगत रुपमा पर्ने नकारात्मक तथ्यहरुलाइ राम्रो संग उठाएका छन्।
'फोक्ल्यान्डको जर्नल' अर्को एउटा अत्यन्त सुन्दर साहित्य हो जसमा एक ब्रिटिश सिपाई तथा लेखक आफैले भोगेको अनुभवलाई निकै सरल र रमाइलो भाषामा पस्केका छन्। सन् १९८२ मा ब्रिटिश अधिनस्त भूभाग फोक्ल्यान्डको टापुमाथि अर्जेन्टिनाले आक्रमण गरेको थियो। त्यो युद्धमा लेखक गणेश राई आफै सम्मिलित थिए। त्यहाँ थुप्रै ब्रिटिश नेपालि सेनाहरुले ज्यान समेत गुमाउनु परेको थियो। लढाइको बेला एक निर्दोष सिपाइको मनोविज्ञान, डर र त्रासको राम्रो चित्रण गरेका छन्। त्यो बाहेक त्यँहाको बस्तुगत बर्णन अत्यन्त जिबन्त छ।
लेखकले यो पुस्तकमा युद्ध अघिको बेनिङ्गको रमाइलो बसाई, युद्धको बेला भोगेको सास्ती र बिजयी भए पश्चात त्यहाँका बासिन्दाहरुले देखाएको असिम मायाँ र सम्मान साथै बेलायत फर्किसकेपछि बेलायति जनताले गरेको बिजय जुलुस सम्मको जर्नल जिबन्त बर्णन गरेका छन्।
स्वामी अरुण आनन्दको 'सन्त गाथा' आध्यात्मिक चिन्तनका साथै, बिशिस्ट व्यक्तित्वहरु बारे चर्चा परिचर्चा गरेको एउटा अत्यन्त सुन्दर कृति हो। यो पुस्तकमा उनले स्वामी रामकृष्णको अदभुत क्षमताका साथै स्वामी बिबेकानन्द लगाएत ओशोको बारेमा बताएका छन्।
एकातिर आनन्द अरुणले विभिन्न सन्त महर्षिहरुको बारेमा विश्लेषण गरेका छन् भने अर्कोतिर संसारभर आफुले घुमेका ठाउँहरुको सुन्दर बर्णन गरेका छन्। कुनै च्याप्टर पढ्दा लाग्छ यो बिशिष्ट व्यक्तिहरुको जिबन वृतान्त हो भने कुनै पढ्दा लाग्छ यो स्वमिजिको यात्रा वृतान्त हो। यो पुस्तक ज्ञानको भण्डार हो भने साहित्यको पराग।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home