Monday, August 17, 2020

समानता

लोरी एउटा प्रतिष्ठित कम्पनीमा मानब संसाधन बिभागको प्रमुख हो। प्रत्यक महिना हुने कर्मचारीहरुको प्रशिक्षणमा जातिभेद, लिङ्गभेद, रंगभेदको बिरुद्दमा खरो उत्रिन्छे। रंगको आधारमा कर्मचारीहरु छनोट गर्न हुदैन। भाषाको बिषयलाई आधार मानेर विभेद गर्न हुदैन। यदि कसैले भाषा, धर्म, लिङ्ग र रंगलाई लिएर कसैमाथि कटाक्ष गर्यो भने त्यसलाई कारबाही हुन्छ। यिनै बिषयहरुमाथि यदि कसैले मजाक गर्यो भने ऊ माथि कारबाही हुन्छ।
हामिले कर्मचारी भर्ना गर्ने बेला पनि विभेद गरेका छैनौ। सबै कर्मचारीहरु जुन जुन पदमा छन् त्यो सबै उनीहरुको योग्यता र क्षमताले गर्दा हो। करिब एक घन्टाको प्रशिक्षणमा लोरी, आलेक्स र  स्टेफनले पालै पालोसंग बोले। जेनीले उपस्थित सबैको हस्ताक्षर जम्मा गरि। राहुल र नितेशले मेसमा खाना लगाए। अब्राहम, जमल र रशिदले हल सफा गरे। प्रतिक सिंहले हलको ढोकामा उभिएर उनीहरुलाई अभिबादन गर्यो।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home