Wednesday, July 1, 2020

लघु कथा "रंजन "

रन्जन सधै खुशी देखिथ्यो। उसले अमेरिकाको न्यु ओर्लियन्स युनिभर्सिटीबाट सामाजिक मनोविज्ञान बिषयमा पी एच डी गरेको थियो। त्रिभुवन विश्वबिद्यालयमा अध्यापन गर्दथ्यो। अमेरिका पढेर पनि नेपालमै फर्केर काम सुरु गरेकाले पनि उसका प्रशंसक धेरै थिए। उसले सामाजिक संजालहरुमा थुप्रै  फलोअरहरु कमाएको थियो। 'जिबन अमुल्य छ। अमुल्य जिबन खुशीकोसाथ  जिउनको लागि जति शारीरिक स्वास्थ्यको महत्व हुन्छ त्यतिकै मानशिक र सामाजिक स्वास्थ्यको पनि आबस्यकता पर्दछ" भन्दथ्यो। 'स्ट्रेस, डिप्रेसनले गर्दा आधुनिक युवावर्ग  बिनासतिर लम्कदै छ। उनीहरुलाई बचाउनु हाम्रो जिम्मेवारी हो', उसले सभा समारोहरुमा भन्दथ्यो। 'आत्महत्या सामाजिक अपराध हो। त्यसको जिम्मा समाजले लिनु पर्दछ। राज्य यसमा जिम्मेबार बन्न पर्छ', भन्ने बिषयमा बहश चलायको थियो। 'विभिन्न युवा समुहको कार्यक्रममा ऊ निकै रुचाइएको बक्ता थियो। युबाहरु सृजनशील काममा ब्यस्त हुनु पर्छ। सामाजिक कामहरुमा सहभागी हुनपर्छ। समाजले युबाहरुलाई घुलमिल गर्ने बाताबरण बनाउनु पर्छ। त्यसले गर्दा उनीहरुको सामाजिक तथा मानशिक स्वास्थ्यमा सकारात्मक प्रभाब पर्छ। युवाहरुले नशा सेबन गर्ने मौका पाउदैनन।डिप्रेसनको शिकार हुन बाट जोगिन्छन।' उसको चर्चा देशभरि फैलिएको थियो।
अचानक धेरै दिनसम्म रंजन सोसल मेडियाहरुमा देखिएन। बिश्वबिद्यालयमा पनि बिदामा बसेको थियो रे ऊ। बोलाएका धेरै कार्यक्रममा पनि पुगेन। धेरै पछि एक दिन उसको घरमा मान्छेहरुको भिड जम्मा भयो। चारजना पुलिसहरु पनि आगनमा उभिएका थिए। रगुबिर सरले भने "यो उसले गरेको हुने सक्दैन। सधै त्यति खुशी देखिने मान्छेले यस्तो निर्णय कसरि गर्न सक्छ।" चबुकलालले भित्तोमा पिच्च पानको झोल थुक्दै भन्यो, "खुशी पो देखिन्थ्यो। खुशी नै थियो त ?

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home