Sunday, August 2, 2020

अन्तरास्ट्रिय बिद्यार्थीहरुको संघर्ष टोरोन्टोमा।

इन्द्रणी झैँ रंगिन सपनाहरु सुटकेसमा खाँदेर एक बिस पनि नकाटेको छोरो  त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलबाट उड्यो। ऊ उड्दै गर्दा उसले केवल आकास देख्यो, केहिथान पहाडहरु देख्यो र क्षितिजभित्र भासियो। 
तर उ छुट्टिदै  गर्दा आमाको छाती च्यातियो। आँखाका कोछ्हरुबाट ममता रसायो। दिमाग सुन्य भयो। 
बाबाको शरीरमा काँडा उम्रिए । छातीमा धड्कनको गति ह्वात्त बढ्यो। छोरो यसरि चिल झैँ उडेर बादलभित्र छिर्दै गर्दा न उनको आँखामा आमाको झैँ ममता छचल्कियो, न कतै खुसीको फिलिङ्गो नै  देखियो। के भयो के भयो ? 

नेपालबाट उडेको ४८ घन्टामा केटो ओर्लियो पियर्सन इन्टरनेसनल एर्पोर्ट क्यानाडामा। तिरिमिरी झ्याई पर्यो। हुन त दुवैको एयरपोर्टमै तिन छक परेको थियो उ।  सपनाहरु सकिनसकी लतार्यो। चिल्ला भुइमा बिसाल बजारमा किनेका जुत्ता घिसार्यो। कस्टम क्लियरेन्सको लाइनमा उभियो। सबैजना चुप्प लागेको देखेर तिन छक पर्यो। 



टोरोन्टो डाउन टाउन अत्यन्त ब्यस्त शहर हो। सिउरी खेल्दै आकाशतिर चुलिएका घरहरुको बिचमा प्राय बाटाहरु साँगुरा छन्सा। त्यसैमाथि बाक्लो ट्राफिक। रेलको लाइन जमिनमुनि भएता पनि सार्बजनिक बस,  पिज्जाको झोला बोकेर सागुरा र अत्यन्त भिडभाड हुने सडकहरुमा हुइकिरहेका हुन्छन कलिला उमेरका केटाकेटीहरु। उनीहरुले यो काम न कुनै रहरले गरेका हुन् न उनीहरुसंग कुनै बिकल्प नै छ। कोभिद -१९ को महामारी आउनु भन्दा पहिले धेरै जसो अन्तरास्ट्रिय बिद्यार्थीहरु विभिन्न खाले रेस्टुरेन्टहरुमा काम गरेर जनतन घरभाडा जोहो गरेका हुन्थे। तर महामारीको बाडीले त्यो पनि सबै बढारेर लग्यो। रेस्टुरेन्टहरुले खाली घर घरमा लैजानको लागि मात्र आफ्नो पशल खुल्ला राखे। ति बिद्यार्थीलाई सरकारले पनि समेट्न सकेन। उनीहरु बाध्य भएर जोखिम मोलेरै भएपनि स्किप र उबर गर्न थाले। त्यो पनि सबैको लागि सहज थिएन।  साइकल चलाउनेहरुको लागि मुख्य शहरमा दौड धुप गरेर सय पचास जोहो गरिपनी हाल्थे। तर साइकल चलाउन नजान्नेहरु र साइकल किन्न सक्ने सामर्थ्य नभएकाहरुलाई यो पनि आकासको फल आखा तरी मार भनेजस्तै थियो। कतिपयले गाडी मै पनि रेस्टुरेन्ट बाट घर घरमा खान पुर्याउने काम गर्दथे।  तर यो कहिलेकाही प्रतियुत्पादक पनि भैदिन्थ्यो। सबै ठाउमा पर्किङ्गको सुबिधा हुदैनथ्यो। सडकको छेउछाउ पार्क गरेर खान पुर्याउन बिसौतला माथिपुगेर फर्किदा महँगो टिकट बसिसकेको हुन्थ्यो।  कतिपयले पचास कमाउद सयको खति भएको पनि सुनाएका छन्।

यो काम सबभन्दा जोखिमपूर्ण र झन्झटिलो पनि छ। कोहि कोहि त हिडेरै पनि स्किप र उबर गर्ने गरेको पनि देखेको छु मैले।
धेरैजसो अर्डरहरु करिब दश किलोमिटर जतिको दुरीमा हुन्छन। जब उनीहरुको मुबाइल अप्लिकेसनमा टिङ्ग घन्टी बज्छ उनीहरुको ध्यान सबैभन्दा ज्यादा फोनमा हुन्छ जसले गर्दा दुर्घटना निम्तने डर पनि हुन्छ।
कतिपय खानाका अर्डरहरु तिसौ तलामथिका अपार्टमेन्टबाट हुन्छ।  उनीहरु घन्टौ लगाएर अर्डर छोड्छन। जसले गर्दा त्यो दुख अनि ज्यानकै खतरा मोलेर घन्टामा दश डलर पनि जम्मा हुदैन। त्यसैमा पनि उनीहरुले सुन्दर भबिष्यको कल्पना गर्दै गगनचुम्बी भवनहरुको फेदीका सागुरा सडकहरुमा साइकल कुदाइरहेका हुन्छन। डेलिभेरी रहर कि बाध्यता ?

धेरै जसोले किनेका नया साइकल सडकमै छोडेर खाना पुर्याउन माथि तालामा पुग्छन।  तल आउदा नआउदै साइकल गायब भैदिन्छ। सडकको छेउछाउ पार्क गर्नेहरुले महँगो टिकट तिर्छन। हतार हतारमा गाडी चलाउदा दुर्घटनाको सम्भावना पनि उतिनै हुन्छ। उनीहरु धयान जति सबै अर्डरमा जान्छ।  जब अर्डरको आवाज आउछ उनीहरु हतारियर अर्डर लिन खोज्छन।  जसले गर्दा उनीहरुको ध्यान सडकमा भन्दा पैसामा जान्छ।  जसले गर्दा दुर्घटनाको जोखिम उच्च रहन्छ। कतिपय साइकल चलाउदै गर्दा गाडीको खोल्दै गरेको ढोका संग ठोकिन पुग्छन।  शहरका सबै ठाउहरुमा साइकलको अलग्गै बाटो हुदैन।  उनीहरुले कारहरुसंग मिलेर हुड्न्नु पर्ने हुन्छ। तर कतिपय ठुला गाडीहरुले अगाडिको साइकल देख्न सक्दैनन् जसले गर्दा ठुलो दुर्घटना निम्तिन सक्छ।
कतिपय ठाउहरुमा दुइ दुइ जना मिलेर पनि डेलिभरी गरेका हुन्छन। यसो गर्दा एकजना गाडीमै हुन्छ भने अर्कोले खान ल्याउने र पुर्याउने काम गर्दछ। गाडी चलाउने गाडीमै भएको अवस्थामा टिकट पाउने सम्भावना हुदैन।
बुढा बुढीहरु पनि मिलेर यो काम गरेका हुन्छन। यसो गर्दा उनीहरु छिटो छिटो अर्डर लिन पनि सक्थे भने पैसा पनि राम्रै कमाउन सक्थे।  एकजनाको अर्डर कुर्दा अर्कोको आउन सक्थ्यो। जसले गर्दा उनीहरु खाली एउटा अर्डर कुरेर बस्न पर्दैनथ्यो। गाडीमा हिड्दा गफ गर्ने साथि पनि हुने, गाडी पार्क गर्दा टिकट खाने डर पनि नहुने, र दुवै जना संगै हुदा बाटो पत्ता लगाउन पनि गाह्रो नहुने हुदो रैछ। गाडीमा कुदिरहेको बेला अर्डर आयो भने अर्डर रुजु गर्नको लागि पनि सजिलो हुन्छ किनकि अर्डर रुजु गर्न जम्मा पचास सेकेण्ड मात्र हुन्छ।  यदि गाडी गुडिरहेको बेलामा पर्यो भने तुरुन्त गाडी रोक्न सम्भब पनि हुदैन।

कतिपयहरु लाई  कुकुरले पनि आतंकित परेको हुन्छ। मुख्य शहरका धेरे जसो अपार्टमेन्टहरुमा धनि मानिसहरु बस्छन र खानको अर्डर पनि उनिहारुले नै धेरै गर्दछन. प्रायजसोको घरमा कुकुर हुन्छ।  यस्ता कुकुरहरु ढोका खोल्ने बितिकै बाहिर निस्कने डर हुन्छ। कतिपय मान्छेहरु कुकुर खुल्ला राखेर बसिरहेका हुन्छन।  यस्तो बेलामा कतिपय कुकुरहरुले टोक्न सक्ने सम्भावना पनि रहन्छ। कुकुरलाई हप्काउन पाइदैन।  तिनीहरुको लागि कुकुर बिरालो भनेको सन्तान जतिकै प्रिय हुन्छ।

  उनीहरु चाहन्छन कि मान्छेहरु उनीहरुको कुकुरको बारेमा सोधुन।  आहा कति राम्रो नाम भनुन।  तर उनीहरुलाई के थाहा ति उबर र स्किप गर्नेहरुलाई समयको कति महत्व हुन्छा भनेर।  उनीहरुले खाना भनेको ठाउमा पुर्याए भनेर खबर गर्नासाथ् अर्को अर्डर आइहाल्छ।  त्यसपछि उनीहरु लाग्छन उतैतिर भाग्न।
सडकको यात्रा र ठेगाना पत्ता लगाउने काम पनि त्यति सजिलो कहा हुन्छ र। गुगल को भरमा हिद्नेहुदा कतिपय ठाउहरुमा घुमिरहनु पर्ने हुन्छ।  गुगलले सजिलो भन्दा पनि छिटो बाटोको रोजी गर्दछ जसले गर्दा दुर्घटना  हुने खतरा पनि उतिकै हुन्छ। कतिपय ठाउमा यु टर्न गर्दा एकै मिनेटमा पुग्ने ठाउमा पनि पाँच  दश मिनेट घुमाइरहन्छ।

 यो काम गर्नको लागी अत्यन्त धरै धैर्यता चाहिन्छ।  कस्टमर संगको भाषा मधुर हुनुपर्छ।  कुनै कस्टमरले राम्रै पनि टिप्स राखेका हुन्छन भने कतिपयले  टिप्स को त कुरै छोडौ कोठामै पुगेर ढोका ढकढकाउदा  सम्म छिट्टै ढोका खोल्दैनन। कतिपय ठाउमा भित्र पस्ने बेला सेक्युरिटीले ढोका खोल्दिदैनन र कस्टमरले पनि ढोका खोल्नको लागि  कोड दिएका हुदैनन्। यस्तो बेलामा उनीहरुको धेरै समय बर्बाद भैरहेको हुन्छ। उबर र स्किप जस्ता इन्टरनेटको माध्यमबाट आफ्नो ब्यापार गर्नेहरुले यिनीहरुलाई स्वतन्त्र ठेकेदारको रुपमा राखेको हुन्छ जसले गर्दा उनीहरुलाई कुनै सुबिधा दिएको हुदैन। रेस्टुरेन्टमा भने यदि दश मिनेट भन्दा धेरै कुर्न पर्यो भने ति कम्पनीहरुले रेस्तुरेंत्को मालिकहरुसंग उठाएर अलिकति भएपनि राहत दिन्छन।  तर कुनै पनि ग्राहकले धेरै समय बर्बाद गर्दा त्यसको कुनै सुनुवाई हुदैन। कतिपय बेलामा गलत अर्डर आइरहेको हुन्छ यस्तो अर्डर भने रेस्टुरेन्टमा फिर्ता हुदैन।  यदि पछाडी केहि जवाफ आएन भने उनीहरुले त्यो अर्डर आफै घरमा लिएर जान पाउछन।  उनीहरुलाई मन परे खान सक्छन परेन भने गार्बेज गर्छन।

अर्को दुखको पाटो हो पिसाब फेर्न नपाउनु। बाटोमा हिड्दै गर्दा न पिशाप फेर्ने ठाउँ हुन्छ न पानि पिउन। कसै कसैले   बिहानदेखि एक गिलास पनि पानि पिएको छैन पिसापको डरले। सडकको छेउछाउ लुकेर पिशाब फेर्ने ठाउँ हुदैन। यदि मुख्य शहर भन्दा बाहिरको ठाउहरुमा हो भने कतै न कतै खाली ठाउँ भेटिन सक्छ। खोला र खोल्सिहरु भेटिन सक्छ। तर घरै घरको थुप्रो भएको शहरमा बटुवाहरुको लागि शौचालय भनेकै रेस्टुरेन्टहरु हुन्।  तिनै रेस्टुरेन्टहरुले ग्राहकहरुलाई वासरुम प्रयोग गर्न दिएका हुदैनन्।  कतिपयले गाडीमै बोतलहरुमा शु शु गर्न बाध्य भएको गुनासो गर्छन। तर त्यो सुबिधा साइकलमा यात्रा गर्नेहरुको लागि हुदैन।        
 
रेस्टुरेन्टले बाथरुम बन्द गरेका छन्। मान्छेहरु वासरुमकै लागि छिर्ने म्याकडोनाल्ड , सबवे जस्ता फास्ट फुड कम्पनीहरुले टोइलेट  बन्न्द गरेका छन्।  इन्डियन रेस्टुरेन्टले त झन् दिने कुरै आउदैन। कुनै घरहरुमा सोध्यो कसैले पनि दिदैनन।  कतिपयले उनीहरुलाई संका र हेय को दृष्टिले पनि हेरेका हुन्छन। कलिलो उमेरैमै देश, आमाबाबु साथै आफन्त साथीभाईहरुलाई छोडेर सुखको खोजीमा होस् या शिक्षाको खोजीमा परदेशमा हाम फालेका उनीहरुको लागि यो कहिले पनि सहज हुदैन।  तर पनि उनीहरुका आफ्नै बाध्यताहरु छन्। विदेश जस्तो रंगिन देखिन्छ आफ्नो देशमा बसेर हेर्दा त्यस्तो चाही कतापी छैन।

धेरैजसो केटाकेटीहरु भोक भोकै दौडिरहेका हुन्छन। सबवेबाट स्यान्डविच खान्छन कतिपयले भने कतिपयले त्यो खाने उपाए पनि हुदैन।  केहि पैसा जाममा गर्यो भने भाडा तिरौला भनेर पैसा जोगाएका हुन्छन भोक भोकै बसेर।  यो कुरा सुन्दा अलि पत्यार नलाग्ला तर त्यो नै यहाको बास्तबिकता हो।  उनीहरुले प्रयोग गर्ने माक्सले कसरि शुरक्षित राख्न सक्छ।  उनीहरु धेरै ठाउहरुमा बिधुतिय भर्याङ्ग चढेर जानु पर्ने हुन्छ।  त्यस्तो ठाउँ भाइरसको लागि धेरै नै खतरायुक्त हुन्छ।  अग्ला अग्ला गगनचुम्बी भवनहरुमा सयौको संख्यामा मान्छेहरु बस्ने गर्दछन। त्यस्ता भवनहरुमा बिधुतिय भर्याङ्ग दुइवटा मात्रै हुन्छन।  सबैलाई तलमाथि गर्ने पर्छ। सबैले मास्क लगाएका पनि हुदैनन्।  जसले गर्दा यदि कोहि संक्रमित व्यक्तिले प्रयोग गरेको भर्याङ्ग छ भने त्यसैबाट अरुलाई पनि सर्ने खतरा हुन्छ। एकपल्टमा दुइ जनाले मात्र प्रयोग गर्नु भनेर सुचना टाँस गरे पनि सबै जसोले नियम पालना गर्दैनन्। त्यता खाले भवनहरुमा उबर, स्किप र अमेजनका सामानहरु पुर्याउने मान्छेहरुको भिडभाड नै हुन्छ।
 
यसरि साइकलमा घन्टौ सम्म खाना घर घरमा पुर्याउने यिनीहरु घरमा पुगेर पुरा पेटभरी खाने पैसा हुदैन। चार पाँच घण्टासम्म लगातार भाग दौड गरेर खल्तीमा पचास डलर पनि मुस्किलले पर्छ। न उनीहरुको जिबन बिमा हुन्छ न कुनै आम्दानीको ग्यारेन्टी। दुर्घटनामा परेर महिनौ सम्म घरमा बस्न परे पनि कतैबाट सहयोग हुदैन। साइकल चोरी भयो भने पनि त्यसको बिमा हुदैन। ज्यानलाई हत्केलामा राखेर घर घरमा खाना पुर्याउनेहरुको लागि न राज्यले सोचेको छ न कुनै संघसंथाहरुले।न उनीहरुले घरमा बाबा आमालाई आफु के गर्दैछु भनेर भन्न सक्छन। स्किप, उबर र डोर ड्यास जस्ता अनलाइन ब्यापार निकै नै फलिफाप भएका छन् अहिलेको बन्द अबस्थामा। लाखौ मान्छेहरु घरमै बन्धक बनेको यो अवस्थामा कोहि पनि भोकै बस्दैनन्। खान सबैले खाने पर्छ। घरमा धरै कमले पकाउछन।  एक त ग्रोसरी गर्न झन्झटिलो भएको छ भने अर्को तिर रेस्टुरेन्टको डाइन इन सेवा बन्द भएको छ।  जसले गर्दा पनि अनलाइन मगाएर खानेहरुको संख्या ह्वत बढेको छ।
मौसम राम्रो भएको बेला साइकल कुदाउनेहरुको लागि खासै समस्या हुदैन। कसैले रमाइलोको लागि साइकल चलाउछन भने कसैले बाध्यताले। रमाइलोको लागि चलाउनेहरु मौसम हेरेर मात्र सडकमा निस्कन्छन।  उनीहरुलाई भित्रि सडकहरुमा जानु पर्दैन।  उनीहरु तलाउको छेउ छाउ, जंगलको बीच बीच र पार्कहरुमा जान्छन।  तर स्किप र उबर गर्नेहरुलाई यो अवसर मिल्दैन।  उनीहरु मुख्य सडक छेउछाउ बाट यात्रा गर्नु पर्ने हुन्छ। यदि ठुलो पानि पर्यो भने उनीहरु निथ्रुक्क भिज्छन। उनीहरुलाई पानीबाट बच्ने छहारी मिल्दैन।  खानाको ठुलाठुला झोला भिरेका उनीहरु भिज्दै गन्तब्यतिर कुदिरहेका हुन्छन। खाना छोडेपछि त्यहा बस्ने ठाउँ हुदैन उनीहरुलाई।  निस्किहाल्नु पर्छ।  यदि उनीहरु केहीबेर बसेको देखेभने क्यामेराबाट हेरेर बसेका सेक्युरिटीले निकाल्दिन्छन। कतिले पुलिश बोलाएर दुख पनि दिन्छन। यस्तै यस्तैमा बित्छ दिन।  बेलुका घर फर्किदा आराम गर्ने ठाउँ पनि हामीले सोचेजस्तो हुदैन।  धेरै जस्तो बिध्यर्थिहरु संगोलमा बस्ने गर्छन।  संगोल भनेको चार पाँच जना ग्रुपमा बस्ने हो। सस्तो खालको अपार्टमेन्ट, उडुस र सान्ग्लाहरुले गुड बनाएका हुन्छन।  कतै उनीहरु राम्रो संग प्रकाश नपर्ने जमिन मुनिका कोठाहरुमा बस्ने गर्छन।  तर पनि उनिहरुसंग आशा हुन्छ कुनै दिन राम्रो गाडी र घर जोड्ने।  सपनाका चाङ्गहरु संगै सुत्ने गर्छन रातभर।सपना सबैका साकार हुदैनन्। सपना देख्नु सबैको नियति हो। घर, परिबार, भाषा, संस्कृति सबै छोडेर आएका यिनीहरुमा सपना बाहेक के नै पो हुन्छ र। पढाई सकेपछि धेरैजसो टोरोन्टो छोडेर अन्य प्रदेशतिर लाग्छन।  यसको कारण हो स्थाई बासिन्दा को कागज बनाउनु जसलाई भानिन्छ पी आर कार्ड। ओंनटारियोमा भन्दा अन्य प्रदेशहरुबाट अलि सजिलो हुने र काम पनि पाइने हुनाले गर्दा उनीहरु बाहिर बाहिर जान्छन। तर त्यतिमै उनीहरुको सपना पुरा हुदैन। पढाई अनुसारको जागिर पाउनु एकदमै न्युन हुन्छ। सबै क्वालिफिकेसन पुगेपनि उनीहरुको बोल्ने तरिका, भाषाको ज्ञान र छालाको रंग ले गर्दा दोश्रो तेस्रो पुस्तामा मान्छेहरुसंग प्रतिश्प्रधा गर्न गाह्रो हुन्छ।

अहिलेको स्थिति र पहिलेको स्थितिमा धेरै अन्तर छ।  पहिले पहिले विदेश भन्दा बितिकै पैसो, मनोरंजन र प्रबिधिले मन लोभ्याउथ्यो। अहिले यी तिनै चिजहरु नेपालमै होस् या अन्य तेस्रो मुलुकमा सजिलै उपलब्ध छ। बिदेशमा भन्दा आफ्नै देशमा शिक्षाको गुणस्तर राम्रो भन्ने धेरै भेटिन्छन। तर जब एकपल्ट यो दलदलभित्र मान्छे फस्छ, त्यहाँबाट निस्कन धेरै गाह्रो हुन्छ।  यी साइकलमा खानाका झोला बोकेर हिड्नेहरु पनि यहि दलदल भित्र फसेका हुन् जस्तो लाग्छ।  न समयमा खाना छ न समयमा सुत्न छ। पैसो नभई केहि चल्दैन। पैसो भन्ने चिज सजिलो ठाउमा छदै छैन भन्ने शिक्षा दिन्छ विदेशले।














0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home