Thursday, August 6, 2020

सपना, परिबर्तन र यथार्थता - कथा



                                                                      



लेक ओन्टारियोको किनारमा लमतन्न पसारिएको थियो ब्लफर  पार्क। यहि पार्कको पश्चिमपट्टि थुप्रै मान्छेहरु लाइट हाउस तर्फ जादै थिए।मान्छेहरुको भिडमा प्रायजसो उमेर ढल्केका मान्छेहरु थिए। सबैले मुखमा मास्क लगाएका। लामो लामो सेतो पहिरन गरेका।  टाढाबाट हेर्दा लाग्थ्यो कि यो भिड कतै मुर्दा घरतिर जादै छ। सबैको हिडाइको चाल उस्तै। बीच बिचमा कोहि रोएको आवाज आउथ्यो। ढल्किदै गएको प्रहरसंगै रापिला घाँम पनि डुबुल्की मार्ने जमर्को गर्दै थियो।

लेकको अर्को पट्टि थुप्रै जोडीहरु सर्बाङ्ग नग्न अवस्थामा बालुवामा लमतन्न पसारिएका थिए। केहि मान्छेहरु पानीमा छ्यापा छ्यापा पनि गर्दै थिए। बालुवामा टावेल बिछ्याएर कैयौ जोडीहरु नग्न  शरिर घाममा सुकाइरहेक थिए। रसिला, कसिला र पोटिला अर्धनग्न केटाकेटीहरु स्वछन्द बाताबरणमा पुरै डुबिल्की मारेका थिए। 

म पोप्लरको रुखमुनी बसेर दुवै तिरको गतिबिधि हेर्दै थिए। सानो लोखर्केले मेरो  खुट्टामा पुच्छरले हानेर नजिकैको झाडीभित्र छिर्यो। मैले  निकै बेरसम्म झाडीतिर हेरिरहें  कतै त्यो लोखर्के निस्कन्छ कि भनेर। केहीबेरमा अर्को एकजोडी मानब लोखर्के पो निस्के। नजिकैको ढुङ्गामा बसेर चोचा जोडे। एक अर्कालाई सुम्सुमाए। न उनीहरुलाई मेरो  उपस्थितिले फरक पार्यो, न माथिपट्टीको मौन मानब लस्करले नै।  केहीबेरमै त्यो जोडी ढुङ्गाबाट तल ओर्लियो र बालुवाको थुप्रोमा लडिबुडी गर्न थाल्यो। 

आफ्नो  अस्थित्व त्यहाँ भएका ढुङ्गा, वृक्ष, बालुवा र माटो भन्दा केहि फरक नभएको मैले  महशुस गरे। त्यसैबेला एक ताँती कमिलाहरु रुख चड्दै थिए। माथिपट्टि रुखको हाँगामा ब्लु जे फुर्र फुर्र ओंल्लो हाँगा र पल्लो हाँगा गर्दै थियो। लेकबाट बेगमा आएको पानीको छाल किनाराका ठुला ठुला ढुङ्गाहरुमा ठोक्किएर एकनासको छप्लाङ्ग छप्लाङ्ग आवाज निकालिरहेको थियो।

म  साइकल डोहोर्याउदै लेकको नजिकै गएँ। पानीको  हल्का सतहमा खुट्टा डुबाएँ। टाडा टाडा तैरिदै गरेका डुंगातर्फ आफ्नो दृष्टि पुर्याएँ। आकाश नग्न थियो। नग्न आकाशको निलो रंग लेकको पानिमा पोतिएको थियो। यहि रंगिन पानीको मात चढेको थियो लेकको छेउछाउमा लुतपुतिएका युवा युबतीहरुमा। 

बालुवामा छाता गाडेर यसैको छहारीमा उत्तानो परेका थिए सेता जोडीहरु। बालुवामै  रंगी बिरंगी टाबेल बिछ्याएर आकासतर्फ नाइटो फर्काइ मस्त निन्द्रामा थिए कैयौ काला जोडीहरु। सुरेली खेल्दै आइरहेको पानिमा उभिएर चुम्बन गर्दै  कैयौ जोडीहरु कोरोनाको खिसीटिउरी गर्दै थिए। उनीहरुलाई मुर्दा मानब लस्करतर्फ कुनै ध्यान थिएन।

 म  बकुल्लाहरुको बिचमा काग जस्तै बनेको थिए। एक्लो मानब आकृति। बाटो बिराएर अनौठो बस्तिभित्र छिरेको अमानब जस्तै। कतैबाट उछिट्टिएर आएको ढुङ्गो झैँ नसुहाउदो ठिङ्ग उभिरहें धेरैबेरसम्म।त्यसपछि फरक्क फर्केर मौन मानब लस्कर तर्फ लागे।
नजिकै एउटा सानो झाडी थियो। साइकललाई त्यहि छोडेर लस्करको बिचमा घुसे। सबैको अनुहार भुइतर्फ़ घोप्टिएको थियो। मलिन र अत्यासलाग्दा देखिन्थे उनीहरु। काला, गोरा , सेता ,पहेला, कलेजी रंगका मानबहरु स्वेत बस्त्रमा एकतमासले हिडिरहेका थिए। कहाँबाट आए ति मान्छेहरु?  कहाँ जादैछन उनीहरु?  केहि अत्तोपत्तो थिएन मलाई।

त्यसैबेला कसैले मेरो  काँधमाथि हात राख्यो ।  म  पछि फर्के। अनौठो थियो त्यो आकृति। काला गहिरा खोपील्टा परेका आँखा। चाउरिको छाला अनुहारभरि मुज्जा मुज्जा परेको। कानमा काला कुन्डल झुन्डिएका। शिर देखि पाऊ सम्म सेतो कपडा बेरिएको।उसले मेरो हात समायो। चिसा हातमा हड्डीमात्र थिए। त्यहाँबाट तानेर मलाई  बाहिर निकाल्यो। हातले डोहोर्याउदै डाँडामाथि उकाल्यो।
डाँडाको टुप्पोमा कुहिरो जस्तै देखिने धुवाको बिचमा काँडैकाँडाले बारेको एउटा  घर थियो। घरभित्र खुल्ला ठाउमा चारैतिर सेता बस्त्रहरु झुण्डाइएका थिए। दाँयापट्टिको कोठाबाट एकोहोरो मानब चित्कार निस्किरहेको थियो।मान्छेहरु यता उता गरिरहेका  थिए। तर धुवाको तुवालोले गर्दा कसैको अनुहार पनि प्रस्ट चिन्न सकिने अवस्थामा थिएन। महिला हो या पुरुष छुट्याउन सकिदैनथ्यो। केहि मान्छेहरुको आकृति भीमकाय थियो भने कोहि मान्छे लिलिपुटे देखिन्थे।

'यो कहाँ ल्याउनुभएको मलाई ? कुन ठाँउ हो यो ?'  मैले आत्तिदै सोधे।

"हामी लिन गएका हैनौ। तिमि आफै आएका हौ। तिमि सांसारिक जिबनको आवरणबाट आफै मुक्ति खोज्दैछौ। जीवनका रंगिन पर्दा आफै च्यातेर यो लाइनमा उभिन पुगेका छौ। तिमि थकित छौ जिबनबाट। आफ्नो लक्ष्यबाट  बिचलित भैसकेका छौ। तिम्रो जिबनको कुनै खास लक्ष्य छैन। तिम्रो मनमा आनन्द छैन। तिम्रो आत्मामा शान्ति छैन। तिमि सुखको खोजीमा भौतारिरहेका छौ। बास्तबमा भन्ने हो भने तिमीले आफैलाई नचिनेर हराइरहेका छौ।  तिम्रो सुख होस् या दुख अरुसंगको तुलनामा निर्भर छ स्वयम् आफुमा होइन। त्यो तिम्रो भुल हो। "

'सफलता होस् या असफलता दुवै कुनै न कुनै व्यक्तिसंग तुलना नगरिकनै मिल्ने कुरो होइन। यसमा मेरो के भुल भयो?  यो संसारमा सबै मान्छेहरु एकअर्काको देखासिकी गरेरै चलेका छन्। उनीहरुको सैली फरक होला। साधन फरक होला। तर मुलभूत रुपमा संसारभरिका मान्छेहरु एकअर्कोको देखासिकी मै चलेको छ। यसमा मेरो के गल्ति भयो?  यदि यो मेरो भुल नै हो भनेपनि के यहाँ मैले यी सबै कुराहरुबाट मुक्ति पाउन सक्छु?' 

'मुक्ती मिल्ने या नमिल्ने तिम्रो कर्ममा भरपर्छ। यदि तिमीले सत्कर्म गरेका रहेछौ भने मुक्ती अबस्य पाउछौ। यदि दुष्कर्म गरेका रहेछौ भने पुन तिमि मानब योनीमा जन्म लिनेछौ र यसैगरि भौतारिने छौ।' 

'म अहिले नै फर्किन चाहन्छु। म आफ्नै संसारमा रमाउन चाहन्छु। म यस्तो कहालीलाग्दो ठाँउमा एकैछिन पनि बस्न सक्दिन।  मलाई छोडीदेऊ।' 

"पानीको छेउछाउ थुप्रै मान्छेहरु स्वतन्त्रसंग जलक्रिडा गर्दैछन। तिमि पनि सांसारिक जिबनको रंगिन पर्दा भित्रै बस्नु पर्दथ्यो। उनीहरुजस्तै हाँस्नु पर्दथ्यो।सांसारिक जिबनको आनन्द लिनु पर्दथ्यो। जुनदिन यी भौतिक बस्तुहरुप्रतिको  मोह भंग हुन्छ। जीवनका रंगिन सपनाहरु श्यामस्वेत बन्न पुग्छन। त्यसै दिन तिमि यता आउनुपर्थ्यो। तर तिमि आफै आएका हौ।तोकिएको समय अघि नै। "

त्यसैबेला कसैले मेरो दाँया हातमा च्याप्प समात्यो र देब्रेपट्टिको कोठा भित्र लग्यो। त्यहाँ अनेक थरिका रंगी बिरंगी बत्तिहरु बलिरहेका थिए। बाहिर एकोहोरो दमाह बजेको आवाज प्रष्टै सुनिन्थ्यो। अगाडीपट्टी अलिकति अग्लो भागमा अजङ्गको शरीर भएको मानब आकृति थियो। हातमा रंगिन बत्तिहरु समातेकोले गर्दा उसको अनुहारको रंग पनि छिन छिनमै परिबर्तन हुन्थ्यो।

अनुहारभरि लामालामा सेता रौ थिए। बत्तिको उज्यालोमा उसका चिम्सा आँखा बेला बेला बिजुली चम्के झैँ चम्किन्थे। धुवाको मूस्लो कतैबाट निस्केको थियो जसले सम्पूर्ण कोठा धुमिल बनाएको थियो।

'म यो ब्रह्माण्डको सृष्टिकर्ता हु। मैले नै सम्पूर्ण जीवजन्तु, मान्छे, पशुपन्छी र बनस्पतिको निर्माण गरेको हुँ।सबैलाई बाच्नको लागि आयु पनि तोकेको थिए। खानको लागि सबैलाई व्यवस्था गरेको थिए। जल, जमिन सबै एकअर्कालाई परिपुरक बनाएको थिए। आखिर अन्त्यमा सबै आउने सृष्टिकर्तासंगै हो।निश्चित समय पश्चात हामीले सबैलाई बोलाउछौ। केहि मान्छेहरु आफै आउने गर्छन। हामीले बोलाएकाहरुलाई उनीहरुको कर्मको मुल्यांकन गरेर आबस्यक परे उसको स्वरुप र कर्मको भारि बोकाएर पुन पृथिवी मै फिर्ता पठाउछौ।कसैलाई स्वर्गको नगरीमा अप्सराहरुको सामिप्यमा छोडिदिन्छौ।आफै आउनेहरुलाई एक्काइसवटै नर्कमा पठाइन्छ।'

मनमनै सोचे, 'यो स्वर्ग र नर्कको कुरा किन सुनाइदै छ। म मोरिसकेको त छैन।  म अझै जीवित नै छु।' कतै यो सपना पो हो कि भन्दै आफ्नै गालामा एक चड्कन हाँने। अहँ, केहि परिबर्तन देखिएन। 

"मलाई पनि तुरुन्त फिर्ता पठाउनुहोस। मैले कुनै गल्ति गरेको छैन। म अहिल्यै यो ठाउँबाट निस्कन चाहन्छु", मैले भने।

"तिमीलाई हामीले बोलाएको हैनौ। तिमि आफै यहाँ आएका हौ। धेरै मान्छेहरु यहाँ आफ्नो बिबेकले आएका छन् आजभोलि। उनीहरको लागि हामी संग कुनै प्लान छैन। सबैलाई  तल लाइट हाउस नजिकको तलाउमा गएर सांसारिक पाप पखाल्न लगाइएको छ। त्यसपछि लाइट हाउसको माथिपट्टी लामबद्ध भएर जहाजलाई कुर्नुपर्ने हुन्छ । जहाजले भोलि बिहानै सामुन्द्रिक यात्रा शुरु गर्ने छ।त्यो अन्त्यहिन यात्रा हुने छ।नर्कको सबै कुण्डहरु भ्रमण गराउने छ।"

उसको कुराले मलाई नराम्रोसंग झस्कायो। कतैबाट भाग्न सक्ने बाटो छ कि भनेर यता उति हेरे।  तर धुवाको तुवालोले गर्दा केहि देख्न सकिन।

 "म जसरि पनि यहाँबाट निस्कन्छु। मलाई यहाँ बस्नु छैन। गन्तव्यहीन सामुन्द्रिक यात्रा गर्नु पनि छैन। धर्ति कोरोनाले आक्रन्त पारेको बेला पानिजहाजहरु झन् मुर्दा घर बनेका छन्। म अझैसम्म मुर्दा त बनिसकेको छैन।  मेरो आत्माले मलाइ छोडेको छैन। यदि मैले यो बस्त्र फुकालेर सेतो बस्त्र लगाए भने म सरासर तलको लाइनमा गएर उभिनु पर्ने हुन्छ। आत्मालाई जबर्जस्ति त्याग्नु पर्ने हुन्छ।भोलि बिहानै गन्तव्यहीन यात्राको लागि तयार हुनुपर्नेछ। 

अहँ म यो धर्तिलाई कुनै हालतमा पनि छोद्दिन। कटक्क दाँत किटें। शरीरभरि काडा उम्रिए । सिधा अगाडी एउटा सिकुटे द्वारपाल बसेको थियो। यहाँबाट फुस्के भने त्यो सिकुटेलाई ढलाएर भाग्न सक्छु भन्ने आँट आयो मनमा। एक्कासी हात झड्काएँर त्यहाँबाट फुत्के। सिधा सिकुटेको हातको भाला खोसेर उसलाई भुइमा पछारे। ढोकाभन्दा  बाहिर निष्पट अन्धकार थियो। एक्कासी छप्ल्याँङ्ग  तलाउको पानीमा खसेँ म। उठ्दा पो थाहा भयो खाँटमुनिको चिसो भुइँ पो रहेछ। 


                                                                        …… 



यता कोल्टे फेरे ।  उता कोल्टे फेरे । मलाई  निन्द्रा पटक्कै लागेन। घडीले रातको बाह्र बजाइसकेको थियो। मनमनै हनुमान चालिसा बाचन गरे। यसो गर्दा मनमा अलि शान्ति मिल्यो।

कोठा अलि धेरै तातो थियो।  अलिकति झ्याल खोले। झ्यालको चरबाट छिरेको चिसो हावाले अलिकति भएपनि दिमागमा सितलता थप्यो। सिरकले घुप्लुक्क टाउको ढाकेर निदाउने कोशिस गरे। अहँ निन्द्रा पटक्कै लागेन। पहिले निन्द्रा नलाग्दा होस् या मनमा अनेकन बिचारहरु खेल्दा हनुमान चलिशा बाचन गरेपछि निन्द्रा लाग्थ्यो। तर आज हनुमान चालिशाले काम गरेन।अनुलोम विलोमले पनि काम गरेन।

फोन  हातमा लिएर स्क्रिन अन गरे । थुप्रै नोटिफिकेसनहरु थिए। धेरैजसो न्युजका हेडलाइनहरु थिए। 'अमेरिकामा कोरोना पोजिटिभ देखिएपछि जोडीले नै गरे आत्महत्या। लकडाउनले गर्दा युबापिडिमा डिप्रेसन बढ्दो। नेपालमा संक्रमितहरुको संख्या बढ्दो। उचित परिक्षणको अभाब। '

जुनसुकै न्युज हेरे पनि कोरोनाको त्रासदी बाहेक केहि थिएन। शरीरमा नभएपनि दिमागमा भाइरसले  डेरा जमाईसकेको थियो। मनमा डर हावी हुदैथियो। निन्द्रामा समेत डर डर लागिरहने। भुसको आँगो सल्केझै अनेकन बिचारहरु सल्किदै गए दिमागमा। यता र उता कोल्टे फेर्दा फेर्दै उज्यालो हुने बेला भैसकेछ।

"हैन आजपनि निन्द्रा लागेन हजुरलाई ? मनमा चाहिने नचाइने कुरा खेलाएपछि के को निद लागोस ?"  बुढीले आफुतिर ब्लाङ्केट  तान्दै भनिन्। ' दुनियाभरको समाचार हेर्यो। दिमागमा चाहिने नचाइने कुरा खेलायो।राम्रोसंग नसुते त्यसैले बिरामी बनाउछ।  सुत्नुस केहि नसोची ", दुधे बच्चालाई झैँ टाउको मुसार्दै निधारमा हात राखिन उनले।



                                                      
                                                                             …… 



सडकमा गाडीहरु एकाएक हराएका थिए। मान्छेहरु गाएब थिए। हात्ती, घोडा र उटमाथि बानरहरु सवार थिए। कसैले ताज लगाएका, कसैले पगरी गुथेका, कसैले फूलका माला लगाएका। केवल कट कट को एकोहोरो आवाज मात्र सुनिन्थ्यो। म  एक्लो थियो सडकको छेउमा।

'आज एकाएक मान्छेहरु कता हराए?  कमिलाको ताँती झैँ गुड्ने गाडीहरु कता गायब भए?, मनमनै सोच्दै अगाडी बढें। हिड्दै जादा दाहिने तर्फ सागुरो बाटो जोडियो। त्यो बाटो खाली थियो। म  त्यतै लाग्यो। अलि पर पुगेपछि एउटा बोर्ड राखिएको थियो सडकको छेवैमा," रित्तो बगैचा ।" नाम अनौठो थियो। म अघि बढे। बाटो दुइवटा हाँगामा बाडियो। एउटा बाटोमा लामा लामा सर्प जस्ता किराहरु सलबलाई रहेका थिए भने अर्को बाटोमा पानीले भरिएका खाल्टा र खुल्टीहरु थिए।

मैले  सर्पहरुको बाटो छोडेर पोट्होल अर्थात् पानीले भरिएको खाल्टाखुल्टीहरु भएको बाटो रोजे। छेउछाउमा टेक्ने खाली ठाउँ नभएकोले गर्दा पानीमै पहिलो पाइला टेकें। टेक्नासाथ आगोको लप्का निस्केर क्षितिजतिर गयो। म  अघि बढ्दै गएँ। मेरो  पछि पछि आगोको कैयौ लप्काहरु निस्किरहेका थिए।

मेरो  अगाडी भिरालो बाटो  थियो। त्यो बाटो सिधा सानो खोलामा पुग्दथ्यो। खोला माथि काठको पुल थियो। साइकलको ट्रयाक पनि यसैसंग जोडिएको थियो। तर खोला वरिपरि एकदम सुनसान थियो। न कुनै चराचुरुंगीको  आवाज नै थियो न कुनै हावाको सुरेली । मैले पुलमा रोकिएर तलतिर हेरे। पानि जाँको तै  रोकिएको थियो। सबैकुरा टक्क रोकिएको थियो। प्रकृति मौन थियो।उसको मनमा अत्यास जाग्यो। छिटो छिटो अगाडी बढ्यो।

जादै गर्दा बाटोको तलपट्टि ठुलो पिपलको रुख भेटियो। रुखको फेदमा एउटा अनौठो आकृति देखियो। शरीर घोडाको र टाउको मान्छेको।  यो जीव अचल थियो। दुवै आँखा बन्द थिए। म झन् छिटो छिटो अघि बढें।

पछाडबाट आवाज आयो। म त्यहि रोकिएँ। एकछिन पछि पछाडी फर्केर हेरे। रुखको फेदमा भएको आकृति चलेजस्तो लाग्यो।  केहीबेरमा सोहि ठाउँबाट धुवा निस्कियो।

"डराउन पर्दैन। तिमि यहाँ आऊ। म तिमीलाई सहि बाटो देखाइदिनेछु", जंगलभरि उसको आवाज गुञ्जयमान भयो।

 अलिकति पछि फर्केर धुवा निस्केको ठाउमा हेंरे। पहिले देखेको घोडाको शरीर थिएन। खाली धुवामाथि टाउको मात्र देखियो । अलि नजिक पुग्दा त्यो सिंगो आकृति एक साधु जस्तो थियो। उसको आँखामा एक किसिमको ज्योति चम्किएको थियो। कालो लामो कपाल कुमसम्म झरेको थियो। सानो  गोलोगोलो मुख, सेता टम्म मिलेका दाँत। गेरु बस्त्र।

"तपाई को हो ?, मैले  नजिकै पुगेर सोधे।

"सुन्य?"

"हो सुन्य। "

"सुन्य जी तपाइले मलाई किन बोलाउनुभएको ?"

"तिमि आफै यहाँ आएका हौ। तिम्रो निराश अनुहार र गन्तब्यहिन यात्रा देखेर मैले रोकेको हुँ।"

"जिबनमा निराशा बाहेक के छ खुशी हुनलाई?"

"जिबन दु:ख हो। सुख खोज हो। खोज कहिले पुरा हुदैन। यो त निरन्तर चलिरहने प्रक्रिया मात्र हो। बगैचामा हामीले फुल रोप्छौ। काँडा होइन।  जन्म देखि मृतु पर्यन्त सम्म हरेक मान्छे हरहालतमा खुशी चाहन्छ। मान्छेले चाहे जे सुकै पेशा गरोस त्यो ऊ खुशी हुनको लागि गरेको हुन्छ। मान्छे खुशी प्राप्त गर्नको लागि स्वतन्त्र छ। संसारकै अग्लो हिमाल चढ्न होस् या समन्द्रको गहिराइ नाप्न मान्छे आफ्नो खुशिको लागि गर्छ। तर बिडम्बना के छ भने आज धेरै मान्छेहरु खुशी खोज्ने नाममा दुखको  मार्ग हिडिरहेको छ  चाहे त्यो जानाजान होस् या अन्जानमा।ड्रग्स, अल्कोहोलिजम, हत्या, युद्ध, बलात्कार, बताबरण बिनाश सबै खुशी हुनको लागि मान्छेले रोजेका गलत बाटाहरु हुन्।"

"त्यसो भए खुशी  कसरि प्राप्त गर्न सकिन्छ ? "

"त्याग, माया र ध्यान। यदि यी तिन तत्वलाई मुलमन्त्र मानेर जिबन जिउन सिक्यो भने जिबनमा खुसि नै खुशी छ।"जिबनमा खुशी हुनलाई नै खुशी हुनु पर्छ। सुन्दा यो शब्द विरोधाभाष  जस्तो देखिए पनि यथार्थ त्यहि हो।तिमीले आफूभित्र भएको सांसारिक बस्तु प्रतिको मोह भंग गर्न सक्नु नै जिबनमा प्रेम को बर्षात गराउनु हो। हामीले आफुसंग आउदा सिर्फ मृतु संगै लिएर आएका हौ। अरु सबै झुटा हुन्। झुटा बस्तु लाई त्याग गर्न सक्नु पर्छ। सत्यलाई आत्मासाथ गर्नु पर्छ। "

"त्याग भन्नाले परिबार र समाजलाई त्याग गरेर जंगलमा तपाई जस्तो तपस्या गरेर बस्ने हो ?"

"होइन। त्याग भनेको बलिदान पनि हो। सरल भाषामा भन्दा हामीले इर्श्या, लोभ र आलश्यलाई त्याग्न सक्नु पर्छ। मनमा उम्रेका नकारात्मक सोच लाई नहुर्किदै गोड्नु पर्छ। तिनै नकारात्मक विचारहरुले जरो फैलायो भने उखेल्न गाह्रो हुन्छ। सकारात्मक सोच हुर्कन पाउदैन। इर्श्याले मनमा बेचैनी पैदा गर्छ। लोभले मान्छेलाई जस्तोसुकै हर्कत गर्नलाई हौसला दिन्छ। जसले गर्दा मान्छे आफुसंग जे छ त्यसमा खुशी हुन सक्दैन।अरुको खुशीमा आफु दुखि हुन थाल्छ। आफुसंग जे छैन त्यसको पछि भाग्छ।" उसले हातबाट केहि बस्तु हावामा उडायजस्तै गर्यो। एकैछिनमा एकहुल परेवा धुवाबाट निस्केर आकासतिर उडे।

 "जन्मदै हरेक मान्छेले फरक फरक रुप र बनोट मात्र होइन, फरक खालको खुबी पनि लिएर आएको हुन्छ। जो ब्याक्ति आफ्नो शारीरिक बनोट देखि खुशी हुदैन, आफ्नो परिबार, सन्तानसंग खुशी हुदैन, आफ्नो काममा खुशी हुदैन, त्यो मान्छे जिबनमा कहिले पनि खुशी हुन सक्दैन। खुशी साना साना कुराहरुमा फुलको रस झैँ लुकेर बसेको हुन्छ। त्यलाई माहुरीले झैँ चिनेर चुस्न सिक्नु पर्छ। खुशी भण्डार बनाउन सक्नु पर्छ। जब मान्छे आफु खुशी हुन्छ तब उसले अरुलाई खुशी दिन सक्छ। माया गर्न सक्छ। करुणा र दयाभाब जगाउन सक्छ", उसले मधुर स्वरमा भन्दै गयो।

"जसरि तपाइले सरसर्ती लेक्चर दिनुभयो के यो बास्तबिक जिबनमा सम्भब छ त ?"

"यो कुनै मंगल ग्रहको यात्राको बर्णन गरेको होइन मैले। यो त सबै तिमिभित्र अन्तर्निहित तत्वलाई प्रकाश पार्न मात्र खोजेको। तिमि घर फर्क। सबभन्दा पहिले आफुलाई प्रेम गर। तिमि आफैमा एक बिजेता हौ यो धर्तिमा मान्छेको रुपमा जन्मिने। निस्वार्थ प्रेम गर आफ्नो परिवारलाई, समाजलाई र सम्पूर्ण जिब जगतलाई। दुखि गरिबहरु प्रति करुणाभाब राख। अरुबाट लिनमा भन्दा अरुलाई दिनुमा स्वर्गीय आनन्द मिल्छ। खुसि मिल्छ।तिमीभित्र पैदा भएको डर, अशुरक्षित भाबले तिमीलाई बेचैन बनाएको छ। यसको मुक्ति भनेको जिबनबाट भाग्नु हैन।  मनमा प्रेम जगाउनु हो। प्रेम र दयाभावले मनको डर भाग्छ।"

"आफुभित्र कसरि हेर्न सकिन्छ? कसरि चिन्ने आफुलाई ? यो त केवल भन्ने कुरा मात्र हैन र ?" उसले जिब्रोले माथिल्लो ओठ चाट्दै सोध्यो।

"हेरेक दिन समय निकालेर ध्यान गर्ने। मनलाई एकाग्र गरेर आत्माको धड्कनलाई सुन्ने। मनमा उत्पन्न हुने नकारात्मक बिचारहरुलाई बाहीर फाल्ने र प्रेमको सुगन्ध भित्र पठाउने। यसले आत्मबल बलियो बनाउछ। आत्मबल बलियो भयो भने डर भाग्छ। डर भाग्यो भने मान्छे बिजेता हुन्छ। आफ्नो जिबनको बिजेता नै संसारको बिजेता हुन सक्छ । तिमि घर फर्क," यति भनिसके पछि त्यो आकृति धुवामै बिलिन भयो।

                                                               

                                                                     ५


भित्तामा झुन्डिएको घडीमा रातको बाह्र बजेको थियो। मुख ओभानो थियो। पानि पिएँ। सपनाले रातको पहिलो प्रहरमै निन्द्रा खुल्यो। हुन त कहिले निन्द्रा नलागी रात बित्दथ्यो भने कहिले रातको चार पाँच पटक निन्द्रा खुल्थ्यो। आज शुरुमै यस्तो भयानक सपनाले निन्द्रा खलबलायो। सपना भर्खरै हेरेको सिनेमाको दृश्य झैँ दिमागमा घुमिरहेको थियो। हिजो र आजको सपना कता कता मिल्दो जुल्दो थियो। ऊ अचम्म पर्यो।

हिजोको सपनाले उसलाई नयाँ जिबन जिउनलाई संकेत गरेको थियो।आजको सपनाले जिउने कला सिकाए जस्तो लाग्यो उसलाई । 'ति घोडामा सवार बादरहरुको अर्थ के होला ? हुन त लकडाउनले गर्दा सडकहरु सुनसान छन्। पार्कहरु रित्ता रित्ता छन्। पानीबाट निस्केको भयानक आगोको लप्का । त्यसको अर्थ के होला? मनमा झन् डर पैदा भयो। धेरै बेर सम्म निन्द्रा लागेन। त्यो अद्भभुत मानब आकृतिले दिएको लेक्चर कुनै धर्म गुरुको प्रबचन भन्दा कम थिएन। तर उसको भनाईमा अद्भभुत शक्ति थियो र त्यो शक्ति उसको शरीरभित्र निरन्तर प्रबाह भैरहेको थियो। उसले भनेका कुराहरु पहिले कतै पढेको थियो उसले।  कतै सुनेको थियो।तर आज ऊ भित्र एक खालको हलचल मच्चाइदियो। नयाँ उर्जा दियो।

भोलिपल्ट सबै कुराहरु बुढीसंग बतायो। संकास्पद दृष्टिले अनुहारमा हेर्दै उसले भनि ," तपाइलाई के भैरहेको छ आजकल ? तुरुन्त मनोरोग बिशेषज्ञसंग सल्लाह गर्नुस। रोग पालेर बस्न हुदैन। यतिका दिन भैसक्यो राम्रो संग ननिदाएको। त्यसमाथि नराम्रा नराम्रा सपनाहरु। "

"सपनाहरुको संकेत नराम्रो छैन। सपनाको संकेत हेर्दा अब म भित्र केहि परिबर्तन पक्कै आउछ। म आजै देखि सपनामा बताएका कुराहरु पालन गर्छु। म परिबर्तन हुन्छु। म आफुलाई परिबर्तन गर्छु ", रमेशले भन्यो।

"के भन्या हो मैले केहि बुझ्दिन हजुरका ति ताइ त तुइका कुरा। जे गर्नु छ गर्नुस। मर्जी हजुरको, श्रीमतीले झर्किदै भनि।

त्यो दिनभर रमेशले आफुलाई राम्रो संग अध्यन गर्यो। बिगतका दिनहरु, घटनाक्रमहरु सम्झिने कोशिश गर्यो। दुख तथा स्ट्रेसको कारण खोतल्यो। सबै समस्याहरुको  जड आफ़ुभित्रै थियो। केवल उसले स्वीकार गर्न सकेको थिएन। ऊ डराएको थियो। सबै कुराको दोष अरुलाई लगाएको थियो।सपनाले उसलाई निन्द्राबाट बिउझायो।यथार्थतालाई स्वीकार गर्न नसक्नु नै उसको  दुखको कारण थियो। उसले स्वयम् आफुलाई चिन्न सकेको थिएन।

ति सपना उसको जिबनमा यथार्थ बनेर आएका थिए। उसले आफुलाई परिबर्तन गर्नु पर्छ। तर जति सजिलो संग सोच्न र भन्न सक्थ्यो,  त्यति सजिलो बास्तबिक जिबनमा हुन धेरै गाह्रो हुदो रैछ। एउटा त परदेशमा धेरै कुराहरु नचाहेर पनि गर्न पर्ने बाध्यताहरु हुन्छन। मन लागेन भनेर सजिलै काम छोड्न पनि सकिदैन। अर्को काम सजिलो मिल्छ भन्ने कुनै ग्यारेन्टी त हुदैन। मान्छेहरु मन परेन भनेर एक्लै हिड्न पनि सकिदैन। कुनै बेला "गुहु पुछेर फालेको काठ पनि काम आउन सक्छ।" भन्न सकिदैन समयले मान्छेलाई कहाँ देखि कहाँ पुर्याउछ।

ऊ एक प्रकारले पिंजडाभित्र फसेको पन्छी जस्तै भएको थिए। ऊ चाहन्थ्यो  स्वतन्त्र पुर्बक आकाशमा बेग मार्न। तर बाध्यताहरू  उसको पखेटामा क्लिप बनेर बसेका थिए। ऊ  एक्लो थिइन। उसको साथमा सिंगो परिवार थियो। उसको निर्णयले परिवारको भबिष्यमा आघात पुर्याउन हुदैनथ्यो। ऊ लोभ त्याग्न तयार थियो। प्रेमको वर्षा गराउन तयार थियो। घन्टौ बसेर तपस्या गर्न तयार थियो।  तर ऊ बसेको समाज फरक थियो। मान्छे मान्छे थिएन मशिन थियो। घरको भाडा, बिजुलीको बिल , फोनको बिल, पानीको बिल, क्रेडिट कार्डको पैसो तिर्नकै लागि मान्छे सोह्र सोह्र घण्टा मेशिनले झैँ काम गर्न बाध्य थियो। ऊ त्यहि समाजमा बसेको मान्छे कसरि अलग हुन सक्थ्यो? कसरि स्वतन्त्र हुन सक्थ्यो?

"प्रेमको वर्षा गर्न त्यति सजिलो छैन जति भन्न सजिलो छ। खाली आकाशमा पानीको सम्भावना हुदैन। बादल जम्मा हुनुपर्छ। प्रेम पनि त्यस्तै हो। प्रेमको महत्व बुझ्न घृणाको पनि उतिकै ठाउँ हुन्छ। जस्तो कि रात र दिनको संबन्ध। प्रेमको लागि पनि खाली दिलमात्र भएर पुग्दैन। भारि पकेट पनि चाहिन्छ", ऊ सोच्न थाल्यो।  बर्षभरिमा  छ वटा श्रीतुहरु हुन्छन; बसन्त श्रीतु, ग्रिष्म श्रीतु, वर्षा श्रीतु, शरद श्रीतु, हेमन्त श्रीतु र शिशिर श्रीतु। सबै श्रीतुहरुको आआफ्नै बिशेषता हुन्छन र एक अर्कोसंग परिपुरक हुन्छन। हिउ, वर्षा र घामको जति महत्व हुन्छ यो धर्तिको संबन्ध बनाइराक्न, त्यति नै महत्व हुन्छ सानासाना पारिबारिक झैँझगडा तथा बुढा बुढी बिचमा हुने मनमुटाब संबन्ध बलियो बनाउन, प्रेमको महत्व बुझ्न। आजभोलि धेरै जसो प्रेम व्यवहारमा भन्दा बढी देखाउनेमा हुन्छ।"

केहि बर्ष अघि, एउटा मिल्ने साथीले उसलाई फोन गरेर परिवारसंग खाना खान बोलाएको थियो। ऊ दुई बर्षे छोरालाई लिएर पार्टीमा गयो । त्यहाँ अरुपनि उसका मिल्ने साथीहरु थिए। ऊ जादा जादै हाई हेलो गर्दै उनिहरुसंगै गफिन थाल्यो। खान पनि उनिहरुसंगै बसेर खायो। उसको श्रीमती पुरा समय बाबुको रेखदेख गर्न, खान खुवाउन, डाइपर चेञ्ज गर्न ब्यस्त रहि। घर फर्केर सुत्ने बेला "आई लब यु स्विट हार्ट, गुड नाइट 'भनेर बेडमा पल्टिन लागेको थियो ऊ, त्यति बेला उसकी श्रीमतीले  आँखाभरि आँशु लिएर भनि" आई नो, यु डोन्ट लब मी' होनी। "

ऊ  तिन छक पर्यो ।"किन के भयो एक्कासी  तिमीलाई ?" उसले श्रीमतीको गालामा झर्दै गरेको आँशु पुछ्दै भन्यो।

"माया बोलेर हुदैन गरेर देखाउनु पर्छ। हजुरलाई थाहा छ साथीको घरमा छिरेपछि न एकपल्ट बाबु के गर्दै छ भनेर मसंग आउनुभयो न हाम्रो कुनै वास्ता। बाबुलाई खाना खुवाउने, डाइपर चेन्ज गर्ने सबै कुरा मैले गर्नु पर्ने। हजुरलाई हाम्रो केहि वास्ता भएन, खालि साथिहरुसंग गफिएर आउनु भयो। के त्यो माया हो ?" उसले सुक्क सुक्क गर्दै भनि

ऊ  अवाक भएको थियो। ऊ संग बोल्ने कुनै शब्द थिएन।  हुन त धेरै साथीहरुको अवस्था पनि उसको भन्दा फरक थिएन। तरपनि उसले आफ्नो परिवारलाई ध्यान दिनु पर्ने थियो। माया प्रेम यस्तै यस्तै कुरामा हो देखाउने, बोलीमा हैन भन्ने कुरा बुझेको थियो।

यस्तै यस्तै धेरै कुराहरु खेले  उसको मनभित्र दिनभर।धेरै दिन भएको थियो साथिहरुसंग कुराकानी नभएको।  प्रविन, सुजल र रमेशसंग कुरा गर्यो। सधै जसो काम, पैसा र अरु साथीहरुको बारेमा कुराहरु भए। प्रविन संग कुरा हुदा सुजलको बारेमा बढी कुरा भयो, भने सुजलसंग प्रविनको बारेमा। जहिले पनि फोनमा कुरा हुदा उनीहरु कुनै तेस्रो साथीको बारेमा बढी कुरा गर्थे। तर सधैजसो गरिने  घण्टा र डलरको भन्दा अन्योल भबिष्यको बारेमा कुराकानी भए।

 "अब के हुन्छ कोरोनाको स्थिति ? कहिले सम्म लम्बिने हो लक् डाउन ? नेपाल पो शुरक्षित छ यार यहाँ भन्दा।", रमेशले भनेको थियो। घरका मूल्य घटे बढेका बारेमा कुरा भए। आपतकालीन राहतको बारेमा कुरा भए।  बेरोजगार भत्ताको बारेमा कुरा भए। तर सबै कुराहरुभित्र एकखालको अस्थिरता, अन्योल र फ्रस्टेसन थियो।

लगातार चार महिनासम्म लकडाउन चल्यो। मान्छे मोर्नेहरुको संख्या बृदी भैरहेको थियो।ब्यापार, बिजनेस सुन्य थियो। जागिर थिएन। सबैजसो मान्छेहरु सरकारले दिने राहतले घर चलाइरहेका थिए। हिजो देखेजस्तो भबिष्य थिएन यहाँ, सामाजिक सुरक्षा थिएन। खबरहरु कतै आगलागी त कतै टोर्नेडोले बिनास गरेको सुनिन्थ्यो। कोरोनाले मान्छे मारेका खबरहरु सामान्य जस्तो भैसकेको थियो। हत्या, हिंसा बढिरहेको थियो। मान्छेहरुले सुसाइड गरेका खबरहरु बाक्लै आउन थालेका थिए। किन किन आज सम्पूर्ण संसार अपोक्लिजमको अन्तिम दृश्य जस्तै लागिरहेको थियो।

कोरोनाको महामारीले सबै क्षेत्रमा असर पारेको थियो। आर्थिक मन्दीका कुराहरु चलेका थिए।  धेरै मान्छेहरु भन्दै थिए अब शक्तिशाली रास्ट्रहरु टाट पल्टिन्छन। शेयर बजार ध्वस्त हुन्छ।  चिन र अमेरिकाको बिचमा युद्द हुन्छ।  यस्तै यस्तै अनेकथरी अड्कलबाजी भैरहेका थिए जताततै।  तर सिंगो मानब जगत नै मानब निर्मित भाइरसहरुले दिनदिनै थला पर्दै गएको कसैलाई थाहा भएन।  डिजिटल दुनियाको रंगिन पर्दामा गरिने निकृष्ट खेलहरुले हजारो युबा पुस्तालाई आत्महत्या गर्न प्रेरित गरेको कसैले देखेन। स्कुलहरु बन्द हुदा कलिला उमेरका नानि बाबुहरुले स्कुलबाट सिक्ने शिक्षाबाट बन्चित हुन पुग्यो। युबाहरुमा नराम्रो मानसिक अशर पर्दै गयो।  जागिर जानाले सयौ मान्छेहरुलाई चिन्ता बढ्यो।  तर यहाँ मानशिक स्वास्थ्यलाई कसैले ध्यान दिएन।  यस्तै यस्तै कुराहरु मनमा खेल्न थाले उसको।

सधैजसो रमेशले नेटफ्लिक्स खोलेर विभिन्नखाले फिलिमहरु हेर्थ्यो। कहिले हिन्दि सिनेमा त कहिले अंग्रेजी। उसलाई आध्यात्मिक कुरामा त्यति बिश्वास थिएन। छदै थिएन भन्दा पनि फरक नपर्ला। तर आज धेरै दिन पछि उसले यु ट्युबमा आध्यात्मिक भिडियोहरु हेर्दै छ। जिबन र मृतुको अर्थ खोज्दैछ। मान्छे कसरि खुशी हुन सक्छ भन्ने बिषयमा गहिरो अध्यन गर्दै छ। तिब्बतियन धर्मगुरु दलाई लामा, नेपाली धर्मगुरु बिकासानन्द, भारतीय धर्मगुरुहरु स्वामी विवेकानन्द, ओशोका प्रबचनहरु सुन्दैछ। सबैको कुरा एकै जस्तो थियो कसरि जिबनमा खुसी प्राप्त गर्ने। दिपक चोप्रा, जग्गी बासुदेव, अब्राहम हिक्स जस्ता धर्मगुरुहरुको प्रबचनहरु सुन्यो। सांसारिक जीवनका भ्रमहरुको बारेमा उ प्रष्ट हुदैथियो। मान्छे किन दुखि छ र  रोगि छ जस्ता कुराहरुमा ऊ खोत्लिन थाल्यो। अधिकांस मान्छेहरु बर्तमानमा नरमाएर भुतकालको पश्च्याताप र भविष्यको त्रासमा बाचेको भेटायो। ऊ आफु पनि तिनै मध्यको एक थियो। जिबनका हरेक पाइलाहरुको समष्टिगत स्वरुप नै सिंगो जिबन हो। भोलिको खोजिमा बर्तमानको त्याग कतापी खुसिको मार्ग हुदैन भन्ने कुरा बुझ्यो। भबिष्य हाम्रो हातको कुरा होइन। यो त केवल कल्पना मात्र हो। बास्तबिकता भनेको बर्तमान हो। मानब जिबनको अकाट्य सत्य मृतु हो।  त्यसैले मृतुको भय लिएर बाच्नु भन्दा मृतुको भब्य तयारि गरेर बस्नु सान्दर्भिक हुन्छ।यदि मान्छेले मृतुको भयलाई जित्न सक्छ ऊ हरेक कुरामा खुशी हुन सिक्छ।
रमेशले मान्छेले अरुलाई गर्ने सेवा, सहयोग नै खुशीको उत्तम मार्ग हो भन्ने कुरा बुझ्यो। "भोकाएको मान्छेलाई एकछाक खाना खुलाउदा जुन खुसि प्राप्त हुन्छ त्यो खुसि कुनै स्रोतबाट पनि पाउन सकिदैन ", उसले अरुहरुसंग कुरा गर्दा पनि भन्न थालेको थियो।  बाटोमा कटौरा थापेर बसेको बसेको भोको ब्याक्तिलाई देख्यो भने एक डलर सम्म भएपनि दिन्थ्यो। राम्रो गाडी, ठुलो घर जस्ता महत्वाकांक्षी बिचारहरु हट्दै गएका थिए। नेपालमा पनि विभिन्न माध्यमबाट समाजसेवामा हात हालेको थियो। सहयोग रकम जुटाउन सकेको दिन उसलाई परम आनन्द मिल्थ्यो। रातमा मिठो निन्द्रा पर्दथ्यो। उसको भोजनमा परिबर्तन आयो। सधै थकित र निरास देखिने चेहरामा एक्कासी प्रकाश देखिन थाल्यो।

"मानब सेवा नै ठुलो धर्म हो " भन्ने उसले सानै देखि पढ्दै र सुन्दै पनि आएको थियो।  तर आज उसले यो थाहा पायो कि मनब सेवा ठुलो धर्म मात्र होइन , यो त मानब जिबनको सबै भन्दा ठुलो खुशीको स्रोत थियो। धन सम्पतीले जिबनमा कहिले पनि खुसि ल्याउदैन भन्ने उदाहरण उ आफै थियो।  पैसो कमाएको थियो। राम्रो गाडी चढेको थियो। तर जति कमाएपनि उसका आबस्यकताहरु थपिदै गए। झन् पछि झन् बेचैनी बढ्दै गयो। नेपालमा हुदा राम्रै थियो जागिर।  कमाइ धमाई पनि राम्रै गर्थ्यो। खुसि हुन सकेन।  धेरै धन कमाउने उदेश्यले विदेश हानियो। लोभको भाडो कहिले भोरिएन। गाडी, घर अनि  नेपालमा घडेरी पनि  जोड्नु पर्यो।  त्यसपछि महँगो गाडी, ठुलो घर। चाहनाहरु थपिदै गए।   त्यसपछि छुट्टी मनाउन विभिन्न देशको भ्रमण, क्लब, बार, क्यासिनो। अनेकन हुन्छन मान्छेका चाहनाहरु। 'आखिर कतिसम्म र कहाँसम्म ? मान्छे अन्त्यमा थकित हुन्छ। सुखको खोजिमा यसको मूल नै बिर्सेर पानीसंग बगिरहन्छ र अन्त्यमा दुखै दुखको महासागरमा पुगेर बिलय हुन्छ।' उसले मनमनै सोच्यो।


                                                                  ६


एकदिन बिहानै रमेशले नेपालमा आफ्नो बाबा आमालाई फोन गरेर ऊ नेपाल फर्किन लागेको कुरा सुनायो। नेपालमा कुरा गर्नु भन्दा पहिले उसले आफ्नी श्रीमतिसंग सल्लाह गरेको थियो। अचानक छोराले नेपाल फर्किने कुरो गर्दा  उसको बुवा आमालाई 'हर्ष नलाग्ने त कुरै भएन तर पनि कता कता के के नमिले जस्तो लाग्यो।  हिजो सबैथोक साथमा हुदा बाआमालाई नसोधी विदेश हानिएको छोरो एक्कासी फर्किने कुरो सुन्दा कता कता पत्यार पनि लागेन उनीहरुलाई। कोरोना भाइरसले गर्दा युरोप अमेरिका जताततै हाहाकार थियो। सायद त्यसैले पो हो कि भन्ने लाग्यो उनीहरुलाई पनि। रमेशले चाही नेपाल फर्केर बाँकी जिबन समाजसेवा गरेर बिताउने निर्णय गरेको थियो।  उसले सोच्यो "पढ्नेलाई नेपालको शिक्षा विदेशको भन्दा कम छैन।  डाक्टर इन्जिनियर, पाइलट बनेका छन् नेपालमै पढेर पनि।" उसले छोराछोरीलाई पनि नेपालमै पढाउने विचार गर्यो।  तर आफ्नो त्यो निर्णय  साथीहरु कसैलाई पनि सुनाएको थिएन। कामबाट त ऊ कोविद १९ ले गर्दा छुट्टीमा बसेको थियो। सरकारले आपतकालीन भत्ता दिएको थियो।  त्यसैले घरखर्च चलेको थियो।  आफुसंग भएको बचत रकम नेपाल पठाउने चाजो पाँजो मिलायो। केहि महिनाको अन्तरालमा महामारी अलि कम भएकोले गर्दा सरकारले जहाजहरु उडाउने अनुमति दिएको थियो। रमेशले अनलाइन नेपालको टिकट काट्यो। अन्तत दश बर्षको लामो क्यानाडा बसाइलाई सधैको लागि त्यागेर ऊ परिवार सहित नेपाल फर्क्यो।

नेपाल फर्के लगतै उनीहरु एउटा होटलमा पन्द्र दिन क्वारेन्टाइनमा बसे। त्यसपश्चात मात्र उनीहरु घर गए। छोरा बुहारी र नाति नातिनाको आगमनले घर झलमल्ल भयो।  बुवा आमाको खुशीको त के कुरा भयो, दाजु भाई, इष्ट मित्र र छर छिमेकोहरु पनि खुशी थिए। उसले बाबाआमालाई आफ्नो भावि योजना सुनायो। बुवा मित्रलाल पनि समाजसेवी थिए। छोराको समाजसेवा प्रतिको रुचिले उनमा झन् उमङ्ग थप्यो।

 रमेशले सडक बालबालिकाहरुको लागि खाने बस्ने र उनीहरुको रेख देख गर्ने उद्देस्यले "हाम्रो घर " नामक संथा दर्ता गर्यो। सुरु सुरुमा उसले बुटवल बसपार्कमा माग्दै हिड्ने, फोहोरबाट खानेकुराहरु टिपेर खाने, प्लास्टिक तथा बोतलहरु जम्मा गर्दै गरेका बालबालिकाहरु संग भेट्ने र उनीहरुसंग केहि समय बिताउने, होटलमा लगेर खाना खुवाउने गर्न थाल्यो। कतिपय बालबालिकाहरु आफ्नो बाबाआमा संग बस्थे भने कतिपय सडकमै सुत्थे। राति सडकमा कुकुरहरु संगै सुतेका बालबालिकाहरुलाई उसले फ़काइहुरि होटेलमा कोठा लिएर सुताउन थाल्यो। यसो गर्दा पहिले त ति सडक बालबालिकाहरु










                                                               




























0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home