Sunday, August 2, 2020

मृतु नै सत्य हो

बिहानको नित्य कर्म सकेर म बाहिर घर पछाडिको आगनमा घुम्दै थिए। प्रत्यक दिन बिहान म भ्यायसम्म  आगनको छेउछाउ रोपेका तरकारी बोटहरु नियाल्ने गर्छु।   फुलको सुगन्ध लिन्छु। भर्खरै लाग्दै गरेका बतिलाहरु लाई हेरेर मन प्रफुल्लित पार्दछु। तर कतिपय बतिलाहरु हुर्कन नपाउदै लोखर्केले टोकेर छोडेको हुन्छ। यस्तो देख्दा मन चसक्क हुन्छ। आज पनि कतिबेला लोखर्के छिरेर जुकुनीका बतिलामा दाँत गाडेछ। लोखार्केलाई राख्दिनु भन्दा आफैले तरकारी खान पर्यो भनि बतिलै भएपनि दुइ वटा जुकुनी र केहि सिमि टिपे। त्यहीबेला सालीले झ्यालबाट नमस्ते गर्दै भनिन " भिनाजु हेर्नुस तो कतिबेला र्याकुन (Racoon) मोरेछ त्यहाँ। " मैले यता उति हेर्दै भने " खै कहाँ ?"
"उता हेर्नुस त चेरीको छेउमा। जेमराज कसरि त्यहाँ आएर मोरेहोला। त्यो देखेर केटाहरुले बिहानको नास्ता नै खान मानेनन्। यसलाई कसरि फाल्ने होला ", उनले सरसर्ती भनिन्। मैले म उभिएको ठाउबाट पूर्वतिर चेरीको छेउछाउ नजर घुमाए। नासपाती र चेरीको बिचमा एउटा जन्तु भुइमा लडेको देखे। मरिच र नुन मिसियाको धुलो जस्तो रौ भएको, लामो पुच्छर अनि भालुको जस्तो थुतुनो भएको त्यो जन्तु र्याकुनको बयस्क सन्तान हो भन्ने मलाई पक्का पक्कि भयो। त्यो र्याकुन को जन्म केहि महिना पहिले यहि घरको कार पोर्टको सिलिङ्ग मा भएको थियो। त्यतिबेर सम्म बगैचामा टहल्दै गर्दा मैले नदेखेकोले मनमनै भने " धन्य मेरा आँखा। "
मृत अबस्थामा लडिरहेको त्यो जनावर प्रति मनमनै दया जाग्यो। उसको शरीर भरि झिंगा भन्किराहेका थिए। र्याकुनको ठाउमा लोखर्के भएको भए त्यति मनमा दुख पलाउथेन होला किनकि लोखर्केले दिनदिनै तरकारी टोकेर हैरान पारेको थियो। तर र्याकुनले तरकारीलाई केहि गरेको थिएन। केहि महिला पहिले र्याकुनले कार पोर्ट लाई आफ्नो बासस्थान बनाएको थियो। त्यहि ठाउमा उसले आफ्ना पाँच पाँच सन्तानहरुको जन्म दिएर हुर्काएको थियो। जेसुकै भएपनि र्याकुन हेर्नमा भालुजस्तो हुनेहुदा कुनै बेला झुक्केर उनीहरुलाई खतरा हुदा मान्छेहरुलाई आक्रमण गर्न सक्ने हुदा हामीले त्यहाबाट बल्ल तल्ल लखेटेका थियौ। हिड्न सक्ने भएकाहरु आमा बाउको पछि पछि गएका थिए। हिड्न नसक्नेलाई आमाले बोकेर लागेको थियो। केहिदिन पछि उनीहरु आगनको फेन्स माथिबाट यता उति हिडेको देखिन्थ्यो। सबै पाचै ओटा छाउराहरु लस्करै हिड्थे। तिनै मध्य एउटाको अन्तिम दिन भएछ आज।
एकछिन सम्म अल्लमल्ल परियो। के गर्ने के गर्ने। गार्बेजमा फाल्नु चार चार दिन सम्म कुहेर दुर्गन्ध फैलिने डर। नगरपालिकाको फोहोर फाल्ने ट्रक हप्ताको एकदिन मात्र आउथ्यो। आफैले लगेर कतै खोल्सा खाल्सी तिर फाल्ने कुरो पनि आउदैन यहाँ नेपालमा जस्तो। यदि र्यकुन कतै मोरेको अबस्थामा भेटियो भने 'जंगली जनावरहरुको ब्यबस्थापना गर्ने विभागमा फोन गरेर बोलाउनु पर्ने हुन्छ। उनीहरु आएर र्याकुन लाई हटाएको र सरसफाई गरेको महँगो फिस असुल्ने गर्दछन। यदि कसैले हानेर मारेको भएमा जरिवाना समेत तिर्नु पर्ने हुन्छ। यस्तो झन्झटमा फस्नु भन्दा अरु केहि उपाए गर्नुपर्ने लाग्यो मनमनै। एकछिन त सोचे आगनको अग्लो बार कटाएर पछाडी फाल्दिउ। त्यसपछि त्यो अर्कैको समस्या हुन जान्छ। तर यदि कसैले देख्यो भने के गर्ने ? त्यसको अरु कसैले ब्यबस्थापन नगरेर त्यहि रह्यो भने गनाएर दुर्गन्ध आफ्नै घरतिर आउने हो। यी सबै झन्झटको एउटा मात्रै उपाए देखियो त्यहि आगनकै छेउ छाउ कतै गहिरो खाडल खनेर पुर्दिने। यसो गर्यो भने सबै समस्याको हल हुने देखियो।
"म खाल्टो खन्छु भिनाजु ,त्यहि गाड्दिम", सालीले भनिन। योजना मुताबिक मैले गैटि लिएर नास्पातिको रुख मुन्तिर खाडल खन्न सुरु गरे। नास्पातिको जराहरुले गर्दा खाडल खन्न त्यति सजिलो पनि थिएन। कनि कुथुनी गरेर  करिब डेढ मिटर जति गहिरो खाडल खने।  अब गाह्रो काम थियो मोरेको र्याकुनलाई सतगत गर्ने। "मैले बेल्चाले हुत्याइदिन्छु भिनाजु " भन्दै थिइन सालीले। मैले 'भो पर्दैन मैले नै निम्ट्याउछु काम" भने। कोठाबाट नयाँ मास्क मगाए। गाडीबाट एकजोडा पन्जा झिके। "कतै कोरोनाले मोरेको हो कि ? भन्ने संका उब्जियो मनमनै। काम शुरु गरेपछि तमाम पनि गर्ने पर्यो। हिउ सोहोर्ने ठुलो बेल्चा र दाँते झिके। मुर्दा र्याकुनको नजिकै बेल्चा पुर्याए र दाँतेले तानेर बेल्चामा राखे। जनतन खाल्डो सम्म पुर्याई माथिबाट माटोले पुरिदिए। मन कस्तो कस्तो भयो। मान्छेको जिबन पनि आखिर र्याकुनको जस्तै त हो। बाचुन्जेल तेरो र मेरो भनेको छ। रातदिन पैसाको लागि भाग दौड गरेको छ।  आखिर मोर्दाको दिन सबै पानीको फोका सरि बिलिन भएर जाने हो। हिजो सम्म गास र बासको खोजीमा भौतारिरहेको र्याकुन आज यी सबै झन्झटहरुबाट मुक्ति पाएको थियो। मृतु नै सत्य हो। यो अकाट्य छ। समय बलबान छ। समय आएपछि हामि सबै यसरि सबै छोडेर जानै पर्छ।

सांसारिक जिबनमा अनेकल जन्जाल भित्र फसेको हुन्छ मान्छे। यो जन्जालबाट निस्कनु सामान्य मान्छेको लागि असम्भबप्राय छ। त्यो नै जिबनको बास्तबिकता पनि हो। म्र्तु नै मुक्ति हो। अन्य बाटाहरु सबै काल्पनिक हुन्। चाहे नशा होस् या तपस्या मान्छे एकदिन बास्तबिक संसारमा फर्किनु पर्छ। केहि समयको लागि जिबनबाट छुटकारा पाउन सक्ला तर जिन्दगि भरि छुटकारा पाउन सम्भब छैन बिना मृतु। र्याकुनको त्यो मृत शरीरमा न डर, न त्रास, न भोक न तिर्खा थियो। उ जिबनबाट पूर्ण बिश्राम लिइसकेको थियो।






0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home