Sunday, August 16, 2020

स्मृतिको कुनाबाट-(त्यो रात- )

बि ए तेश्रो बर्षको परिक्षा सकेर घर फर्केको दुई हप्ता भएको थियो। गाउकै बोर्डिंङ्ग स्कुलबाट पढाउनको लागि अनुरोध गरिएको थियो। म भने बुटवल गएर उतै जागिर गर्ने कि, रिजल्ट नआउन्जेल गाँउमै बस्ने अलमलमै थिए। बुवा आमाले भने घरमै बसेर नजिकैको स्कुलमा पढाउन सल्लाह दिनु भएको थियो। मलाई किन किन बुटवल फर्किन मन थियो। गाँउघरमा भन्दा धेरै साथीहरु उतै थिए। अलि बढी स्वतन्त्रता थियो। कुनै स्कुलमा पढायो भने पनि त्यहाँको अनुभबले पछि काठमान्डुमा स्कुलमा जागिर पाउने मौका बढी हुन्थ्यो। अन्तत मेरो लक्ष भनेको त्रिभुवन विश्व बिद्यालयबाट मास्टर डिग्री गर्ने थियो। सायद त्यसैले पनि   म बुटवल जान चाहन्थे।

बिहान बेलुका घाँस दाउरो गर्दै दिन बितेको थियो। दिउसो गोरु चराउन बडीगाड खोलाको किनारतिर लैजान्थे। गाउघरका तरुनीहरु जिस्काउने मौका पनि यसै बेला मिल्दथ्यो। खोलाको पारि पट्टि कुनै युवती देख्यो भने सिठी बजाउने तथा हातको इशाराले बोलाउने काम सामान्य हुन्थ्यो। केटीहरु पनि के कम थिए र उल्टै उतै बोलाउथे। आफ्नै संसार थियो। शहरको जिबन र गाँउको जिबन बीच धेरै अन्तर थियो। दिनहरु बित्दै जादा  रिजल्ट नआउन्जेल मलाई गाँउमा नै बस्ने इक्षा जाग्यो।

गाउँमा कसैको बिबाह हुदा प्रायजसो रातमा दुलही भित्राउने र बाजा बजाएर नाच गान गर्ने चलन हुन्थ्यो। यस्तो ठाउमा राम हेर्न भनेर युबा युबतीहरु छिमेकी गाँउबाट पनि आउथे। नाचगानसंगै चल्थ्यो लाइन मार्ने काम। मन परेकी युवतीको छेउमा गएर उभिने, कुनै न कुनै बहानामा छुने, जिस्किने काम गर्थे युबाहरु। यस्तोमा जनजातिहरु अगाडी हुन्थे। राम्री र सोझी केटिको खास्टो खोसेर भाग्थे केटाहरु। केटीहरु खोसिएको खास्टो फिर्ता ल्याउनलाई केटाहरुको पछि पछि जान्थे। एकान्त ठाउमा केटाहरुले केटीहरुलाई अठ्याएर राख्थे। कतिपयको बिचमा यौन सम्बन्ध पनि हुन्थ्यो। तर यसलाई कसैले पनि जबर्जस्ति गर्यो भनेर रिपोर्ट गर्दैनथे।बिबाह, पुजाआजा, मेलापर्ब नै प्रेम गर्नेहरुको लागि अबसरहरु बन्दथे। गाँउमा कसैको बिहेको भोज भएको भोलिपल्ट "ए फलानी त पोइला गइछ। फलानोले फलानीलाई भगाएछ" जस्ता सम्बादहरु सुनिन्थे। आफुलाई इज्जतवाला ठान्नेहरुले 'फलानाकी छोरी त कस्ती छिल्लियकी, कसै नभएको बैस आएको छ। कसको भुडी बोक्छे र गाउकै इज्जत फाल्छे " जस्ता खासखुस गर्दथे। केटाहरुको भन्न्दा केटीहरुको कुरा काट्ने धेरै हुन्थे।

दशैँ आयो। मन्दिरहरुमा बाजा बज्न थाले। मान्छेहरुको चहल पहल बढ्न थाल्यो। शहर बस्नेहरु गाँउ फर्के। विदेश गएकाहरु पनि देश भित्रिए। गाउघरका बाटाघाटाहरुमा नयाँ नयाँ अनुहारहरु थपिदै जान थाले। गाँउका मान्छेहरु चौतारीमा बसेर भन्ने गर्थे "चन्द्रे त कस्तो मोटाएको रैछ। त्यसको जागिर पनि राम्रो छ रे। पैसो पनि धेरै कमाएछ क्यारे देउराली धनेको खरबारी किन्ने कुरा गर्थ्यो।बाटामुनि साइलो कस्तो दुब्लाएछ। कमाएको पैसो जति स्वास्नीले रत्ने साहुलाई पोसेकी छे। टिबीले खाएजस्तो देखिन्छ। स्वास्नीले बारी जम्मै बजाई। तोत हालेर गाँउ चाहर्छे। गतिलो स्वास्नी परिन भने घर ध्वस्तै हुदो रैछ। "

सुबेदार बाजे पल्टनबाट पेन्सन आउदा ल्याएको स्टिलको टलक्क टल्किने, लामो र छोटो गर्न मिल्ने लठ्ठी टेकेर चौतारीमा निस्के। "यो बर्ष पल्टने लाउरेहरु त्यति आएनन कि क्याहो चाईनेजोकरलाई। लद्दाक र सिमलामा लडाई त चलेको छैन होला चाइनेभन्नफड्याङ्गलाई।" उनि जतिबेला पनि पल्टनका गफ बडो रोचक ढंगले सुनाउथे। गाउका मगर  केटाहरु उनैका कुरा सुनेर भर्ति हुनको लागि बिहानै बिहानै कुद्थे। घर घरमा फल्याक ठडाएर सिट अप  गर्थे। रुखको हाँगामा मोटो डोरी बानेर भुइबाट बाँदर झैँ माथितिर चद्थे।धुले बाटामै पुस अप गर्थे।"

लाउरेहरुको जिबनसैली गाउघरमा लोभ लाग्दो देखिन्थ्यो। राम्रो लाउने र मिठो खानेहरुमा गनिन्थे उनीहरु। बुवाले भन्नुहुन्थ्यो "मगरका छोराहरु पल्टनमा भर्ति हुन्छन। तलब पनि धेरै हुन्छ रे। अझै ब्रिटिशमा भर्ति भएकाहरुको कमाइको त के लेखा जोखा भयो र। "बुवाको भनाइले कता कता मन चसक्क हुन्थ्यो। मेरो जिउडाल सलक्क मिलेको, अग्लो कद र छोटो नाक भएकोले होला धेरैले भन्थे "यो त भर्ति हुन लायकको छ।" सायद त्यसैले होला मलाई पनि कता कता भर्ति हुने रहर जाग्यो। थर परिबर्तन गरेर भर्ति भइन्छ भन्थे केटाहरु। लहै लहैमा लागेर  म पनि कुद्न थाले। पुसअप त सिटअप गर्न थाले।

एकदिन केटाहरुले 'बाग्लुङ्गमा भर्ति खुलेको छ जाने भए जाम' भने। म पनि पनि घरसल्लाह नगरी उनिहरुसंगै  बाग्लुङ्गतिर हान्निए। हामि  बिहानको झिसमिसेमा घरबाट निस्कियौ। मनेवाको भिर बिहानको शितलमै काटियो। तर घोडाबाने पुग्दा पशिनाले शरिर निथ्रुक्क भिजेको थियो। भोकले पेटका आन्द्रा सुकेर पेटमा खोपिल्टो परेको थियो।  खुट्टाका औलाहरुमा फोका उठिसकेका थिए। तर भर्ति हुने जोश भने जिउ का तिउ थियो। घोडाबाने अलितल झरेर बाटो माथि खरले छाएको रेस्टुरेन्टमा खाना खायौ। थकालीको भट्टी थियो त्यो। करिब करिब अपरान्हको दुई बजे हामि बाग्लुङ्ग बजारमा पुग्यौ।

त्यहाँ पुगेर भर्ति केन्द्र बारे सोध पुछ गर्यौ। होटलहरुमा गएर सोध्यौ। सबैले भर्ति खुलेको जानकारी आफुलाई नभएको बताए। एकजना बुढो बुढो इन्डियन आर्मी रिटायर्ड मान्छे भेटिए। उनले भने " केहि दिन अघि भर्ति खुलेको थियो, तर त्यो भुतपूर्व आर्मीका छोराहरुको लागि मात्र। त्यो भन्दा बाहेक हामीलाई थाहा छैन। " हामि पनि हल्ला हल्लाको भरमा गएका थियौ। कहाँ जाने, को संग सम्पर्क राख्ने केहि थाहा थिएन। ठेगाना पनि थिएन। सबै निरास भयौ। मलाई त भर्ति भइन्छ भन्ने आशा नै थिएन। रहरै रहरमा हिडेको थिए।  तर अरु मगर केटाहरु भने निराश भए।
यता उति डुल्दा डुल्दै साँझ पर्न लाग्यो।  बाग्लुङ्ग बजारमा होटेल महँगो हुने भएकोले काठेखोला पुगेर बास बस्ने निर्णय गर्यौ। एउटा रेस्टुरेन्टमा छिरेर सेल रोटि र चना खायौ। केटाहरुले एक एक सिसि टर्रो जल चढाए। काठेखोला पुग्दा झमक्कै रात परेको थियो। बास बस्नको लागि प्राय सबै होटेलहरु बन्द थिए। यता उति खोज्यौ कतै बास बस्ने घर भेटिएन। पुल तरेर अलिकति माथि उक्लिए पछि एउटा घरमा सोध्यौ।  त्यो घरको सटरमा किराना र चिया पशल खुल्लै थियो। एकजना सलक्क मिलेको जिउडाल परेकी हँसिली महिला एकैछिन पर्खिनुस है  भन्दै भित्र पसिन। एकछिन पछि हातमा लाल्टिन लिएर आइन र सोधिन "कतिजना हुनुहुन्छ तपाइहरु? हामि तिन जना थियौ। त्यहि बतायौ।

"एउटा मात्र कोठा छ त्यसैमा मिलेर सुत्ने भए बस्नुस", उनले भनिन्। त्यसपछि ति महिलाले हामीलाई भित्र पस्ने बाटो देखाइन। भित्र छिर्दा बितिकै काठको लिस्नो भेटियो।  लिस्नो चढेर बरण्डा मा निस्कियौ। बरण्डाको एक कुनामा हाम्रो कोठा थियो। झोलाहरु भित्र राखेर एकछिन आराम गरयौ। घरमा ति महिला बाहेक अरु कोहि पनि देखेनौ। करिब आधा घण्टामा ति महिलाले भात खान तल बोलाइन। पशलको एक कुनामा राखेको टेबलमा बल्ल बल्ल छिरेर बस्यौ। उनले दाल भात तरकारी ल्याइदिइन र भनिन " नमिठो भएपनि मिठो मानेर खानुहोला। मैले खासै मान्छेहरु राख्ने गरेकी छैन। तपाइहरुलाई गाह्रो परेको भएर राखेकी हुँ।  म मात्रै छु एक्लै घरमा। "

हामीहरुले सपासप भात खान थाल्यौ। रमेशले सिसि मगायो। उनले एउटा खुकुरी रमको बोतल ल्याएर टेबलमा राखिदीइन। केटाहरुले सितनबिनै बोतल रित्याए। म  पनि बिटुलो भए।

खाना खाइसकेरपछि हामि कोठामा गयौ। एकछिन सम्म हामीहरु ति महिलाको बारेमा चर्चा गर्दै बस्यौ। एकछिन पछि उनि हातमा लाल्टिन बोकेर हाम्रो कोठा बाहिर आइन। "दिदि हाम्रो कति भयो हिसाब भन्नुस।  हामि अहिले नै पैसो दिन्छौ। भोलि बिहानै उठेर हामि जान्छौ।  तपाईलाई डिस्टर्ब गर्दैनौ। "

"केहि फरक पर्दैन " भन्दै उनि मुसुक्क हाँसिन। उनको हाँसोले हामीमा मादकता थपिदियो। हामि उनको कल्कलाउदो र भर्भराउदो जवानी देखेर होस् गुमाउने क्षणमा पुगिसकेका थियौ। मैले मेरो खानाको पैसो तिरे जम्मा चालिस रुपिया। केटाहरुले सिसिको पनि जोडेर तिरे। मलाई सिसिको पैसो तिर्न दिएनन्। पैसो समातेपछि उनले हाँस्दै भनिन," यदि राति तिर्खा लाग्यो भने मेरो कोठा ढकढकाउनुहोला है भाइहरु।  म त्यहि कोठामा सुत्छु", उनले बरन्डाको अर्को पट्टि भएको कोठा देखाउदै भनिन। हामीहरु अक्क न बक्क भयौ। एकप्रकारको माधकता जिउभरि सल्बलायो। उनि मुसुक्क हास्दै अर्कोतिर फर्किन। लालटिनको मधुर प्रकाशमा उनको नितम्ब फर्लक फर्लक हल्लिएको प्रष्टै देखिन्थ्यो। उनि आफ्नो कोठामा नछिर्दा सम्म सबैले ट्वाल्ल परेर हेर्यौ।

उनले ढोका आधा  खुल्ला राखेर लाल्टिनकै प्रकाशमा कलेजी रंगको कुर्ता खोलिन। सेता र कसिला तिघ्रा देखेर झन्डै केटाहरु उत्तेजनामा आए। म किन पो अपबाद हुन सक्थे र। उनि लाल्टिन निभाएर ढोका पुरै नढेपी बेडमा पल्टीइन। उनि एक्लै थिइन्। उनको कुराले प्रष्ट भनेको थियो कि तिर्खा हामीलाई भन्दा उनलाई बढी लागेको थियो। केटाहरुले यो मौका गुमाउन हुदैन भने। पानि पिउन को पहिला जाने भन्नेमा हानथाप पर्यो। म लजालु स्वभावको र यो मामलामा पहिले कहिले नपरेको हुदा डराएको थिए। थाकेर लखतरान परेकोले म  एकैछिनमा निदाएछु। बिहान तिन बजे केटाहरुले मलाई झक्झकाए। उनीहरु झोला कसेर हिड्न तयार भएका रहेछन। मैले पनि हतार हतार झोला कसे र त्यहाबाट सुटुक्क हिड्यौ। केटाहरु देउराली नपुग्दा सम्म केहि नबोली अघि अघि कुदे। देउराली पुगेर बल्ल रातभरिको इहलिला बर्णन गरे। सुनौलो मौका चुकेकोमा तन्नेरी मन अलि अलि निराश भयो। हतारमा मैले गम्छा बिर्सेछु। धनेले टर्च लाइट बिर्सेछ।

हामीले उनलाई ठेगाना सहि बताएका थियौ। एक हप्ता पछि एकजना अपरिचित बटुवाले राक्से थकालीको होटेलमा ल्याएर सामान छोडिदिएछ। ति महिलाको इमान्दारी देखेर मेरो मन पानि पानि भयो।
















0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home