लघु कथा "रमेश सर"
रमेश सर बिधार्थीहरुलाई बारम्बार भन्ने गर्थे ,"हेर केटाकेटी हो जाड रक्सिको सेबन कहिले नगर्नु। जवानीमा जोस हुन्छ। जोसमा होस् कहिले नगुमाउनु। चुरोट भन्ने चिज त छुदा नि नछुनु। " उनको यो मन्त्र दिनदिनै जसो सुन्थे बिधार्थीहरु। मदन पनि रमेश सरको चेला थियो। निकै सम्मान गर्थ्यो। रक्सि सेबन नगर्नु बह्नेर दिएको उपदेश उसको लागि गुरु मन्त्र नै बन्यो।
एकदिन मदन पनि प्लस टु पास गरेर अस्ट्रेलिया उड्यो। साथीहरुले कति कोशिष गर्दा पनि उसले रक्सि छोएन। उसलाई गुरुमन्त्र ले राम्रै काम गरेको थियो।
दुइ बर्षको अस्ट्रेलियाको बसाइपछि मदन घर फर्कने योजना बनायो। घर फर्कदा आफ्नो गुरुलाई केहि चिनो लैजाने विचार गर्यो। उसले रमेश सरलाई फोन गरेर सोध्यो,"सरलाई विदेशबाट केहि चिनो ल्याईदिउ कि भनेर फोन गरेको। केहि इच्छा भए भन्नुस है।"

रमेश सर निकै खुशी हुदै भने, "रेड, ब्ल्याक, ब्लु लेबल जे ल्याउदा नि हुन्छ। एक बोतल चै जसरी भएपनि ल्याइदेउ है बाबु। एक प्याकेट सिगार पनि हाल है। "
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home