Tuesday, January 30, 2024

The Girl on the Train by Paula Hawkins . द गर्ल अन द ट्रेन -

 द गर्ल अन द ट्रेन एउटा साइकोलोजिकल थ्रिलर हो। यो उपन्यास मा तिन मुख्य पात्रहरुले आफ्नो आफ्नो पक्षबाट घटनाको बर्णन गर्दछन।  ब्रिटिश लेखिका पाउला हकिन्सको यो किताब बिस मिलियन भन्दा धेरै बिक्रि बैसकेको छ भने यसको अंग्रेजी र हिन्दी दुवै भाषामा फिल्म पनि बनिसकेको छ। 

यो उपन्यासको सुरु रेचलको बर्णनबाट हुन्छ। रेचल नियमित ट्रेनको यात्रा गर्छे। त्यो यात्रा कुनै उद्देस्य भन्दा पनि उसको काल्पनिक अफिस यात्रा हुन्छ। उसले आफ्नो जागिरबाट छुट्कार पाइसकेकी छ भने भुतपुर्ब लोग्ने टोम संग डिभोर्स गरेकी छ। टोम र रेचल बिचको सम्बन्ध उनीहरुको सन्तान नहुनुले सिर्जना गरेको हुन्छ। 

टोमले अहिले आना भन्ने अर्को महिलासंग बिबाह गरेको छ भने उनीहरुको एउटा छोरी पनि छ। रेचल अत्यधिक मात्रमा रक्सि सेबन गर्न थालेकी छ। आफ्नो श्रीमान आनासंग बिबाह गरेर बसेपछि उ मानसिक रुपमा विक्षिप्त पनि देखिन्छे। 

रेचालले यात्राको क्रममा ट्रेनबाट एउटा जोडी घरको बार्दलीमा सधै रमाइरहेको देख्छे। उसले आफ्नो अवस्थासंग उनीहरुको अवस्थालाई तुलना गर्छे। आफ्नो पनि त्यस्तै जोडी भएको भए कति खुशी हुने थिए भन्ने कल्पना गर्छे। 

एकदिन उसले त्यो महिला अर्को कुनै मान्छेसंग किस गरेको देख्छे। उसले निकै धेरै रक्सि पिउछे र उनीहरु भएको ठाँउमा जान्छे। त्यसपछि आफु नंग्न अवस्था घरको कोठामा लढेको पाउछे। उसको टाउकोमा चोट लागेको हुन्छ। शरीरभरि चोट नै चोट हुन्छ। उसले रातिको घटनाबारे केहि सम्झन सक्दिन। 

त्यसैबेला मेघन हराएको भन्ने खबर आउछ। प्रहरीले रेचललाई मेघनको घर अगाडी देखेको हुनाले उसलाई सोध पुछ गर्छ। तर रेचललाइ भने केहि पनि थाहा हुदैन। आनाले रेचलले कुनै घटना घटाईकि भन्ने लाग्छ। तर रेचल कुनै कुरा सम्झिन सक्दिन। त्यसपछि एकदिन रेचलले मेघनको लोग्ने स्कटलाइ भटेर मेघनलाई अर्कै मान्छेसंग किस गर्दै गरेको देखेको कुरा गर्छे।  प्रहरीले पनि स्कटसंग बयान लिई राखेको हुन्छ। यता रेचलको हिमचिम स्कटसंग बढ्दै गएको थाहा पाएपछि टोमले उसलाई स्कटसंगबाट टाढा हुन् भन्छ। 

रेचलले इन्डियन मुलको जस्तो देखिने व्यक्तिसंग मेघनलाइ देखेको कुरा स्कटलाई भन्छे। त्यो व्यक्ति कमल अब्दुल्ला भन्ने उसैको थेरापिस्ट हुन्छ। प्रहरीले उसलाई पक्राउ गरेर सोधपुछ गर्छ। 

मेघनको बर्णन अनुसार आफु  डिप्रेसनमा गएको र कमलसंग उपचार लीइराखेको बताउछे। डिप्रेसनको कारण सिधा केहि नबताए पनि उसलाई आफ्नो बच्चा पानीमा डुबाएर मारेको आरोप लागेको हुन्छ।  बास्तबमा भने उसले जानीबुझी मारेकी हुदैन।घटना भुलबस भएको हुन्छ।  त्यसपछि उसलाइ रातमा निन्द्रा नपर्ने तथा तनाब भैरहने हुनाले कमल थेरापीको लागि गएकी हुन्छे।  तर जाने क्रममा उ कमलको प्रेममा पर्छे।  कमलले नचाहदा नचाहदै उसंग शारीरिक संबन्ध पनि राख्छे।  एकदिन कमललाइ आफु गर्भवती भएकोले बिबाह गर्न भन्छे।  कमलभने बिबाह गर्ने पक्षमा देखिदैन। 

यसले के संका उत्पन्न गर्छ भने उसैले मेघनको हत्या गर्यो कि भन्ने संका बढ्दै जान्छ। 

उता रेचलको स्मृतिमा सुधार हुदै जान्छ। आफुले मेघन हराएको राति टोमको गाडीमा मेघनलाई देखेको बताउछे। आनाले पनि घरमा मेघनको फोन भेटाउछे।  यसरि उनीहरुलाई मेघनको हत्या टोमले गरेको थाहा लाग्छ।  रेचलले घटनाको पोल खोल्ने देखेपछि उसले रेचललाई मार्न उसको पछाडी भाग्दै गर्दा आनाले एउटा धारिलो हतियार उसको घाँटीमा रोपिदिन्छे। रेचलले बाँकी काम तमाम गर्छे।  यसरी आफुहरुलाई धोका दिएको र मेघनको हत्या गरेको हुनाले उनीहरुले टोमको हत्या गरेर प्रतिशोध लिन्छन।  पछि प्रहरीलाई सत्य कुरा बताएर आफुहरुले प्रतिरक्षाको लागि टोमको हत्या गरेको बर्णन दिन्छन।  त्यसपछि उनीहरु मिलेर बस्छन। 

यो उपन्यासमा तिन जना महिलाहरुको  बर्णन छ। साथै कथाले बिचमा धेरै मोड लिएकोले कता कता हराउने स्थिति पनि देखिन्छ। मेघनको हत्याको सस्पेन्स राख्न कतिपय बर्णन सान्दर्भिक नहुदा नहुदै पनि कथालाई लम्बयाउन मात्रै राखे जस्तो देखिन्छ। 


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home