Monday, October 2, 2023

फर्नान्डो

फर्नान्डो नन्भर्बल हो।  अर्थात् उ  बोल्दैन। ऊ चौध बर्ष जतिको भयो। कुराको आबश्यकता पर्यो भने उसले  हात समातेर जो नजिक छ उसलाई आफुले खोजेको बस्तुसंग लैजान्छ। जस्तो कि उसलाई पानि चाइयो भने हात समातेर पानिको धारासम्म लैजान्छ।गिलासबाट उसले पानि पिउछ र आफ्नो ठाउमा जान्छ। यदि उसले आफुले खोजेको कुरा पाएन भने दाहिने खुट्टो भुइमा बेस्सरी बजार्छ र सुंगुरको जस्तो आवाज निकाल्छ। यदि उसको कुरा बुझेन या उसले खोजेको कुरा दिएन भने उसले आफ्नो टाउको भित्तामा ठोक्छ। 

उसलाई आइप्याडको नसा लागेको छ अर्थात् उ डिजिटल एडीक्ट हो। उसको हातमा चौबिसै घण्टा आइफोन तथा आइप्याड हुनै  पर्छ। उठेदेखि नसुतुन्जेल उसले युट्युबमा पोर्चुगिज म्युजिक भिडियो तथा कार्टुन हेर्ने गर्छ। यदि उसको हातबाट कसैले  आइप्याडको खोसिदियो भने उसले आफ्नो दाइने खुट्टा बेसरी भुइमा बजार्छ र उफ्रिदै यता उता दौडिन थाल्छ। उसले आफ्नो आमा या केयरगिभरको हात समातेर आफ्नो टाउकोमा राख्छ र थप्थपाउछ। उसले कसैलाई हान्दैन। 

तर उसलाई सबै खाले केयर गर्नु पर्ने हुन्छ जस्तो कि डाइपर फेर्ने, दाँत माझिदिने, नुहाइदिने, कपडा लगाइदिने, खाना खुवाउने। ऊ एकैठाँउ ढुक्कले बस्दैन। कहिले किचनमा, कहिले लिभिङ्गमा त कहिले बाथरुममा डुलेको डुलै गर्छ। यदि निदाउने औषधि नखुवाउने हो भने उ रातभर सुत्दैन। आइप्याड हेरेर बस्छ। एक्लै हाँस्छ। उसलाई सुताउनको लागि डाक्टरले कडा खालको निदाउने औषधि क्लोनजेपाम चलाएको छ। सुत्नुभन्दा आगाडी निन्द्राको गोलि स्याउको खिरमा लुकाएर उसलाई खुलाउनु पर्छ। उसले घरि घरि आफ्नो लिङ्गमा हात लगीरहन्छ। त्यो काम नगरोस भन्नको लागि उसलाई तल देखि माथिसम्म ढाक्ने एउटै कपड जम्पर लगाइदिने गरेको छ। 

एकदिन बिहान उसको हजुरबा उसलाई छोड्नको लागि रेस्पाइट केयर अर्थात अठार बर्ष मुनिका अटिज्म स्पेक्ट्रम भएका बच्चाहरुलाई केहि समयको लागि रेखदेख गर्ने, ब्यबहारिक कुराहरु सिकाउने ठाँउमा आयो। उसको एडमिसन फर्म तयारी अवस्था मै थियो। मैले क्लिपबोर्डमा फर्म राखेर उसलाई साइन गर्न भने। त्यसपछि उसको डफल ब्यागमा भएका लत्ता कपाडा लगाएत औषधि रुजु गरेर  फर्नान्डो लाई भित्र लागे। भित्र जाँदै गर्दा फर्नान्डोका हजुरबाले मलाई एकैछिन् रोके   र भने,  "फर्नान्डो आजकल कोठामा एक्लै बस्न रुचाउछ। बानिब्योहरा पनि पहिले भन्दा जटिल बन्दै गएको छ। खासगरी उसले अरुलाई दुख दिन रुचाउछ र सोहो अनुरुपको बानीव्यहोरा देखाउछ। उसको नजीकबाट हेरदेख गर्नुहोला। उसलाई  डिप्रेसन भयो कि भन्ने संका छ मलाइ। "

"नो वरिज।  हामीले सक्दो ख्याल गर्छौ। सकेसम्म एक्लै कोठामा बस्न दिदैनौ। जिममा लगेर खेलहरु खेलाउछौ। पार्कमा लगेर हिडाउछौ", मैले भने।  मैले भनेका सबै कुराहरु सम्भब त थिएनन्। त्यहाँ अरु केटाकेटीहरु पनि थिए। कतिपय केटाकेटीहरु जे भेट्यो त्यो मुखमा हालेर सताउथे। कतिपय बधुवा गाई दाम्लोबाट उम्किदा उफ्रे झैँ बुर्कुसी मारेर यता उति गरिरहन्थे। कहिलेकाँही पाँच सात जना केटाकेटीको लागि दुइजना मात्र स्टाफ हुन्थ्यौ। त्यो दिन पाँच जना केटाकेटी त्यहाँ भर्ना भएका थिए। दुइजना वन टु वन अर्थात् एकजना बच्चाको लागि एकजना स्टाफ। हामि तीनजना थियो। दुइजना वन टु वन मा परे। मैले तिन जनालाई हेर्नुपर्ने भयो। 

एकैछिन उनीहरुलाई जिमहलमा उफारेर बाहिर बगैचामा डुलाउने योजना बनाए। तिन जना मध्य फर्नान्डो बढी एक्टिभ थियो। मैले बगैचाको गेट खोले र सबैलाई त्यहाँ जनालाई आग्रह गरे। तीनैजना खुशी हुदै बगैचामा छिरे। म उनीहरुको पछि पछि गए। त्यहाँ नपुग्दै फर्नान्डो फरक्क फर्कियो र गेट बाहिरतिर जान प्रयास गर्यो। मैले उसलाई रोक्ने कोशिस गरे। उसले मलाइ जोडले धकेलेर बाहिर गयो। गार्डेनमा भएका दुई जनालाई यतिकै छोडेर उसको पछि पछि दौडिए। उ भाग्दै मोटर बाटोमा पुग्यो र ट्राफिकको कुनै मतलब नगरी कुदिरह्यो। चालकहरुले गाडी रोके। उ हेर्दा हेर्दै सडकको अर्कोपट्टि पुग्यो र कुदेको कुदै गर्यो। 

मैले तुरुन्त प्रहरीलाई फोन गरेर घटनाको बारेमा रिपोर्ट गरे। 




 


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home