Saturday, January 20, 2024

 अकबर र बिरबलका कथाहरु 

१. अन्डाको कथा 

एकदिन अकबरलाई बिरबललाई  होच्याउन मन लग्यो। उसले आठजना अन्य भारदारहरु लाइ बोलाएर एक एकवटा अण्डा दिएर खल्तीमा लुकाउन भनेछ। अनि बिरबललाई बोलाउन पठाएछ। सबैलाई परालमा आठवटा अन्डा लुकाएको छ। जसले भेटाउछ उ दरबारको बफादार भारदार हुन्छ।  जसले भेटाउदैन ऊ बफादार हुदैन। त्यसपछि सबैजनाले एकैछिनमा एक एकवटा भेटाएछन्। बिरबल भने खोजेको खोजै गरेछन्। सबैले उनलाई होच्यौन तयार भएछन। त्यतिकैमा बिरबलले यताउतिबाट पराल जम्मा गरेछन र त्यैमाथि बसेर कुखुरी काँ गरेछन। त्यो सुनेर सबै दङ्ग परेछन।  अनि राजाले सोधेछन। तिमीले न अन्डा भेट्यौ , उल्टै यो के गरेको भनेछन।  उनले पु:न कुखुरी काँ गर्दै भनेछन।  यी आठजना सबै पोथी हुनाले अन्डा काडे हजुर। आफु त भाले परियो, अन्डा पार्ने कुरै भएन।  सबैजना उनको चलाखी देखेर छक्क परेछन। पछि राजालाई उनले भनेछन,' यदि यिनीहरु सबैसंग एकएक वटा पहिल्यै नभएको भए सबैले एक एकवटा मात्र भेट्याउन कसरि सम्भब भयो। कसैले न कसैले त दुइवटा भेट्नु पर्ने हैन ? राजा बिरबलको बुद्धिले झन् प्रसन्न भएछन। 

२. गोरुको दुधको कथा 

एकदिन राजा अकबरले बिरबलको अर्को परिक्षा लिने विचार गरेछन। उनले भनेछन 'बिरबल गाइको दुध त सबैले पिउछन। मैले पनि गाइकै दुध पिउने हो भने म कसरि अरुभन्दा फरक हुन सके ? त्यसले तिमि गएर गोरुको दुध लिएर आउ। " यो सुनेर बिरबल अक्क न बक्क भएछन।  अकबर जिद्दी स्वभाबका थिए।  उनले भनेको हुनै पर्थ्यो।  त्यसपछि अकबर चिन्तित भएर घरमा गएछन। उनि चिन्तित देखेर छोरीले सोधिछन् 'बाबा किन चिन्तित हुनुभएको?' बिरबलले पनि राजाले भनेको कुरा सुनाएछन।  'यति सानो कुरामा चिन्ता गर्नु भएको। भोलि सबै व्यवस्था मै मिलाउछु 'भन्दै खेल्न आग्रह गरिछन। त्यसपछि खेलेर उनीहरु सुतेछन।  

अर्को दिन राजा पधेरमा नुहाउन जादा बीरबलकि छोरीले भुल्ला धुदै रैछन। राजाले सोधेछन " के गरेकी ? मलाइ नुहाउनु छ।  खालि गर। "उनले भनिछन ,'घरमा बाबा सुत्केरी भएकोले कपडा धुन आएकी। ' यो सुनेर अकबर रिसाउदै भनेछन ,' बकबास कुरा नगर। छोरोमान्छे पनि कहिँ सुत्केरी हुन्छ। त्यसपछि बिरबलकि छोरीले भनिछन,' त्यसोभए भन्नुस छोरो मान्छे सुत्केरी नहुने भए गोरुले कसरि दुध दिन्छ ?' अकबर अक्क न बक्क भएछन।  उनि बिरबलकि बाठी छोरी देखेर प्रशन्न भएछन। 

राजा फर्केर दरबारमा पुग्दा 'बिरबलले सुत्केरी बिदा मागेर चिठी पठाएका थिए।  यो देखेर उनि अचम्म हुदै 'सकिदैन बाबै यो बिरबललाई हराउन ' भन्दै दरबारमा बोलाएर माफी मागेछन। 

३. बिरबल कसरि दरबारिया भए ?

एक दिन अकबरले जंगलको बिचमा एकजना केटोलाई भेटेछन। उनि त्यहाँ बाटो बिराएर पुगेका थिए। धेरै बाटोहरु जोडिएको त्यो ठाउमा उनि दर्बार फर्कने बाटो बिर्सेकोले त्यो केटोलाई सोधेछन ,' ए केटा भन त कुन बाटो दरबार जान्छ ?'  केटोले भनेछ, कुनै पनि बाटो दरबार जादैनन्। यिनीहरु त सधै यहि रहिरहन्छन। त्यो सुनेपछि राजाले केटालाई पुन प्रश्न गरेछन 'त्यसो भए भन कुन बाटोमा मान्छे हिड्दै गयो भने दरबार पुग्छ?' त्यसपछि केटाले हाँस्दै बाटो देखाएछ। राजा खुशी भएर सुनको सिक्का दिएछन। र भनेछन आवश्यक परेको बेला दरबारमा आउनु। 

धेरै वर्षपछि त्यहि केटोलाई जागिरको आवश्यकता परेछ।  राजालाई सम्झेछ।  राजाको सिक्का बोकेर दरबार पुगेछ। दरबार को गार्डले रोकेछ।  भित्र पस्न नदिएपछि उसले राजाले दिएको सिक्का देखाएछ र आग्रह गरेछ। गार्डले पनि यो पक्कै के माग्न आएको भन्दै 'राजाले दिएको जेसुकै भएपनि आधा आधा गर्नुपर्ने सर्त राखेछ। केटोले स्वीकार गरेर भित्र गएछ।

 भित्र राजाले केटालाई चिनेपछि 'के माग्नु छ माग भनेछन। केटाले भनेछ ' मलाइ सय कोर्रा दिनुस। ' राजा छक्क परेछन। सबैले धन दौलत, हिरा, असर्फी माग्थे।  यो केटो कोर्रा माग्दैछ। 'पुन : सोधेछन।  केटाले त्यही कुरा दोहोर्याएछ। उसले जिद्दी गरेको देखेर राजाले सिपाइलाइ बोलाएर उसलाई बिस्तारै कोर्रा हान्न लगाएछन। पचास कोर्रा पुगेपछि उसले भनेछ ' रोक्नुस।' बाँकी पचास कोर्रा बाहिरको गार्डलाइ दिनुस। राजाले सोधेछन, किन ? त्यो केटाले भनेछ,' उसले आधा दिने सर्तमा बल्ल मलाइ भित्र पस्न दिएको थियो। त्यसैले उसलाई आधा दिनुस। 

राजालाई गार्डप्रति निकै रिस उठेछ।  उनले सिपाहीलाइ गार्डलाइ बोलाएर जोडसंग कोर्रा हान्न लगाएछन।  खुशी भएर ' त्यो केटालाइ दरबारमा आफ्नो सल्लाहकार बनाएर राखेछन। त्यसैको नाम हो बिरबल। 

४. तिन सय खर्च गर्ने आदेश 

एक दिन बिरबलले दरबार छोडेछन्। उनको ठाँउमा थुप्रै मान्छेहरु आएछन। त्यसमध्य एकजना सेलेक्ट भएर अन्तिम परिक्षामा पुगेछ।  राजाले उसलाई तीनसय दिएर भनेछन ,'जाउ यो तिन सय यसरि खर्च गर कि , एक सयको तत्कालै फाइदा होस्।  एकसयले अर्को जुनीमा फाइदा होस् ,अर्को एकसय न यो जुनीमा फाइदा होस् न अर्को जुनीमा। '

त्यसपछि त्यो मान्छे कहाँ खर्च गर्ने भन्ने निर्णय नै गर्न सकेनछ।  त्यसैबेला उसले बिरबललाई त्यो कुरा सुनाएछ।  र उनलाई नै खर्च गर्न भनेछ।  बिरबलले हुन्छ भनेर ,' पैसा बोकेर शहरको बाटो हुदै हिडेछन। बाटोमा एक धनि मान्छेले छोरीको बिहे गर्दै रहेछ। 'राजाले गिफ्ट गरेका छन् भनेर बिरबलले सय डलर त्यो मान्छेलाइ दिएछन।  उसले खुसि हुदै राजालाई त्यो भन्दा महँगो उपाहार पठाएछ। अर्को सय डलर बाटोमा भेटेका गरिबहरुलाई भोज खुलाएछन।  उनीहरुले राजालाई अर्को जुनीमा स्वर्गमा बास होस् भनेर भनेछन। त्यसपछि सय डलर लियर उनि डान्स बार गएर मनोरंजनमा खर्च गरेछन र दरबार पुगेछन।  बिरबलले सबै कुरा अकबरलाइ सुनाएपछि 'उनि निकै खुशी भए, र पुन उनलाई नै मुख्य सल्लाहकारको रुपमा बस्न आग्रह गरे। 




यसपका कथाहरु 

The Town Mouse and the Country Mouse

१ ‘Better beans and bacon in peace than cakes and ale in fear.’

शहरको मुसा गाँउको मुसा साथिको घर गयो।  खानेकुरा मकै, सिमि र भट्मास मात्रै देखेर शहरको साथीले गफ दियो।

 त्यसपछि दुवै शहर फर्के। एउटा घरमा पार्टी थियो। त्यहा उनीहरु केक, तथा मिठो मोठो भोजन गर्दा गर्दै कुकुरको आवाज आयो।  हेर्दा हेर्दै कुकुरहरु भित्र छिरे। उनीहरु त्यहाबाट भागे। त्यसपछि गाँउको मुसाले भनेछ ,' मित्र म त गांउ फर्के।  शहरकोले सोधेछ ' डरै डरमा मिठो खानु भन्दा, शान्तिसंग आँटो पिठो खान्छु गाँउमा गएर। 

The Fox and the Crow

२. ’Do not trust flatterers.

एकदिन धुर्त स्यालले कागलाइ आफ्नो ठुडमा चिज लियर उड्दै गरेको देखेर उसको पिछा गरेछ।  त्यसपछि काग बसेको रुखको फेदमा गएर भन्न थालेछ ," आहा तिमि कति राम्री। तिम्रा सुदर पखेटाहरु अझै कति राम्रा , तिम्रो त्यो जिउडाल झनै राम्रो।" यो सुनेर काग मक्ख परेछ। स्यालले भन्दै गएर ' अझै तिम्रो त्यो बोलि सुन्ने हो भने त यो सारा जंगल नै संगीतमय हुनेछ।  तिमि त यो जंगलकि रानी हुन्छौ।  तिमि गित मात्र गाउ, म अहिल्यै घोसणा गर्छु। 

यति सुन्नासाथ् कागले गित गाउन भनेर आफ्नो मुख खोल्यो र खुल्नासाथ् चीज भुइमा झर्यो र स्यालले च्याप्प समातेर खायो।  यो देखेर काग जिल्ल पर्यो। 

'त्यसपछि स्यालले भन्यो ,' हेर काली कर्कोसी।  बदलामा एउटा सुझाब दिन्छु भबिष्यमा काम लाग्छ ' चाप्लुसी गर्नेहरुको कहिल्यै विश्वास नगर्नु। '

३. The Sick Lion

Only cowards insult dying majesty

एकदिन जंगलको राजा सिंह एकदम थकित बनेर आफ्नो गुफामा पुगेछ।  उ निकै बिरामी परेको थियो।  त्यसपछि उसले जंगलका सबै जनावरलाइ बोलाएर भनेछ ," आऊ तिमीहरुले मलाइ जे मन लाग्छ। त्यहि गर। अहिले सम्म तिमीहरुले मलाइ केहि गर्न सकेनौ। मैले निकै दुख दिए। आब तिमीहरुको पालो। 

त्यसपछि सबै एक एक गर्दै आएर सिन्हलाइ कुटपिट गर्न थालेछन। जगली हात्तीले सुडले उचालेर पछारेछ, बाँदरले गाला झापड हानेछ। गदाले लात्तीले हानेछ।  एबं रितले सबैले सिंहलाइ कुटेछ्न। 

अन्त्यामा सिंहले भनेछ," तिमिहरुले ठिकै गर्यौ।  डरपोकहरुले मर्नलागेको बेला आक्रमण गर्छन।"

कायरहरु अप्ठेरोमा मात्रै आक्रमण गर्छन। 


The Lion and the Mouse

Little friends may prove great friends.

एकदिन सिंह 


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home