Wednesday, June 16, 2021

भर्खरकी छोरी टिपेर हिडे

रत्नबहादुर बिहानै उठेर घरमुनिको जंगलभित्र  छिरे। बाँसघारीको तलपट्टी  टुक्रुस्स बसे र शिखर चुरोट सल्काए। धेरैबेर सम्म चुरोटको धुवा बाँसघारीमा रुमलियो। करिब पन्द्र मिनेटजतिको  तनक्क तन्केर भुइबाट एकमुठी झार गोडे र देब्रेहात गोडामुनिबाट छिराएर सौचकर्म पुरा गरे।

लालमतीले स्टिलको गिलास भरेर चिया ल्याइदी बाहिरै। रत्नबहादुर पिडिको खाटमा बसेर सुरुप्प सुरुप्प पार्दै चिया पिउन थाल्यो। उसको बाबु जितबहादुर भैसी दुहेर भित्र छिर्दै थिए। छोरालाई खाटमा पलेटी कसेको देखेर झनक्क रिसाए।

 'हेर! तिनमानामा बढी दुध दिने भैसीले पन्द्र मुठी पनि दिन छोड्यो। हरियो घाँस खोजेर काटे हुने। अलि चरप्प खान पायो भने अलि दुध दिन्छ कि। यसरि लाठसाप पल्टेर हुन्छ। "

रत्नबहादुर बाबुसंग मुख लाग्दैनथे। नबोली उठेर हँसिया , नाम्लो बोके र खरबारितिर लागे।  

रत्नबहादुर हेडसर थिए। गाँउको स्कुलमा धेरै वर्षसम्म उनि नै हेडसर भैरहे। उनको इज्जत गाँउकै मुखिया हिरालालको भन्दा माथि थियो। उनलाई चिनेजती सबैले नमस्कार गर्थे। कामको खोजीमा लाहुरे बनेका छोराहरुलाई चिठी लेखाउन र बाचन गर्न पनि गाउँका सबै मान्छेहरु उनको घरमा जम्मा हुन्थे। बिहान दश बजे स्कुलमा पुगेर घन्टी ठोके पछि उनि सबभन्दा पहिले आफैले सबै विध्यार्थीहरुको हाँजिर गर्थे। हेडसर समयमै स्कुल पुग्ने भएकोले पनि होला अन्य शिक्षकहरु उनकै डरले राष्ट्रिय गानसम्म भेटाउन पुग्थे। 

गाँउमा सबैले उनको प्रशसा गर्थे। कुनै राजनीति पार्टीको सदस्यता पनि लिएका थिएनन्। कुनै शिक्षकले राजनीतिका कुरा निकाल्यो भने उनि सिधै भन्थे," स्कुलको जागिर छोड्नुस र भोलि देखि नेताको झोला बोकेर हिड्नुस।" कतिपय शिक्षकहरु राजनीति गर्न नपाएकोले नेताको बलबुतामा सरुवा मिलाएर अन्तै गए। उनलाई दलहरुका गुण्डाहरुले बेला बेला धम्कि नदिएका चै हैनन्। तर उनि आफ्नो काममा कटिबद्द भएकोले कसैले उनलाई छुन सकेन। 

तर समय सधै एकनास कहाँ रहन्छ र। केहि वर्षपछि रत्नबहादुरको दैनिकी परिबर्तन हुन थाल्यो। बिबाह, बर्तबन्द, चाडपर्बहरुमा सबै  गाउलेहरुले उनलाई बोलाउन थाले। उनलाई सबैले सम्मान गर्थे। बिश्वास गर्थे। अप्ठेरो मानि मानि भएपनि  संगै बसेर जाडरक्सी पिउथे। कसैले पनि उनि स्कुल गएको, नगएको, पढाएको, नपढाएको बारेमा चाँसो दिदैनथे। अर्थात् गाँउलेहरुले उनीमाथि पूर्ण भरोसा राखेका थिए।  

गाँउमा कोहि बिरामी भयो भने सबैभन्दा पहिला हेडसरलाई सोधेर मात्र अस्पताल लैजाने हो कि लामा झाक्री लाई देखाउने हो निधो गर्थे। रातभरी कुकुर बिरालो झैँ झगडा गर्ने लोग्ने स्वास्नीहरु एका बिहानै पालै पालो उजुरी गर्न उनैकोमा पुग्थे।  कसैको गाईबाख्रा फुकेर अन्नबालि नाँसिदियो भने दुवै पक्षका मान्छेहरु उनैको आँगनमा टुप्लुक्क आइपुग्थे। कसैको स्वास्नी पोइला गइ भने, कसैले सौता हाल्यो भने, कसैले भर्खर कोथाएको छोरी हिंडाल्यो भने पनि उनको घरमा पुग्थे सबैभन्दा पहिले। उनि नै यस्तो अदालत थिए कि जुनसुकै मुद्दाको पनि फैसला भैहाल्ने। खै के जादु थियो कुन्नि हेडसर नै सिङ्गो गाँउको समस्याको समाधान थिएँ। 

देशमा पन्च्याती ब्यबस्था फालेर बहुदल भित्रियो। परिबर्तन संगै मान्छेहरुको बिचारमा पनि परिबर्तन हुन थाल्यो। लोग्ने स्वास्नी बिचको झगडालाई गाँउका केहि महिलाहरुले महिलाहिंसा भएको भन्दै समस्या सुल्झाउन भन्दा उल्झाउन तर्फ बढी लागे। गाँउ गाँउमा एनजीओ, आइएनजिओ भित्रिए। महिला समूह गठन भए। हेडसरको काम यी संघसंस्थाहरुले गर्न थाले। 

एकदिन गाँउका केहि महिलाहरुको समूह  हेडसरको घरमा आए र उनलाई भने , " गाँउमा धेरै दिदीबैनीहरुले लोग्नेबाट दिनदिनैजसो पिटाइ खाएका छन्। मानशिक रुपमा उनीहरुलाई यातना दिइएको छ। आज तपाइकोमा आएर ' मैले स्वास्नी पिट्ने छैन' भनेर कसम खाएकाहरु फर्केर घरमा नपुग्दै भकुर्न सुरु गर्छन।  अब महिला हिँसाको बारेमा तपाइले मिलाउने होइन। यो काम हामीहरुलाई गर्न दिनुस।" 

हेड सर केहि बोलेनन्। बहुदल आइसकेपछि गाँउमा चल्ला देखि चाउरिएका बुढाबुढी सबैले राजनीति गर्न थालेका थिए। थरि थरिका बिद्यार्थी संगठन , महिला संगठन, दलित संगठन, मजदुर संगठन लागएत अन्य धेरै संगठनहरु च्याउ जतिकै उम्रेका थिए। 

"कुकुरलाई कलो दियो भने मालिकको भलो गर्छ मान्छेले गर्दैन। हिंजो पनि मास्टरले बाहुनको पक्षमा निर्णय गर्यो।  हामि दलितलाई हेप्यो भनेर मेलामा कुरा काट्दै थिए। अब त मान्छेहरु पनि के के जाति नाम गरेका पाटीमा लागेका छन् रे" , मास्टर्निले भनिन्। 

हेडसर केहिदिन देखि सोचमा परेका थिए। मनमा यिनै कुराहरु खेलाउदै उनले 













0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home