वाह ! मेरो सरकार, बाफरे बाफ !
गरिबीको कारणले कोही भोकै पर्दैन,
कोरोनाको कारणले कोही मर्दै मर्दैन
यो त सरकारको प्रतिबद्धता हो
त्यसैले त,
किसानको बारीमा बिऊ, मल पुगिसक्यो
सबैको घर घरमा
ग्यासको चुलो बोलिसक्यो
मेलम्चीको पानि आइसक्यो
पानिजहाज र रेल चलिसके
डाँडाकाँडाहरुमा केबुलकार झुन्डीसके
बेरोजगार पत्तासाफ
वाह ! मेरो सरकार
बाफरे बाफ !
मानब जिबन सबैभन्दा महत्वपूर्ण हो
जनताको जिबन रक्षा सरकारको दाईत्व हो
त्यसैले त बनिसके
गाँउ गाँउमा आइसोलेसन सेन्टरहरु
ठाँउठाँउमा अस्पतालहरु
कन्टयाक ट्रेसिंग,
मास भ्याक्सिनेसन भैसक्यो
अबदेखि कोरोनाले कोहि मर्दै मर्दैन
अक्सिजनको अभाबमा कोहि ढल्दै ढल्दैन
घाटहरूमा सामूहिक शव दहन हुने छैनन्
प्रियजनको मृतुमा कोहि रुने छैनन्।
वाह ! मेरो सरकार
बाफरे बाफ !
बस् अब एउटा मात्र पिर छ मलाई
महाराजको कुर्सि नढलोस
सक्षम प्रधानमन्त्रि गुमाउन नपरोस
दुरदर्शी रास्ट्रपति फेर्न नपरोस
नेताहरुबीच चोचोमोचो चलिरहोस
भ्रस्टचारी जेल नपरुन
कालाब्यापारी र तस्करहरुको
सदैब भलो भैरहोस्
वाह ! मेरो सरकार
बाफरे बाफ !
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home