तोड्न, फोड्न र भुडी भोर्न
कुर्ची फोड, टेबल फोड, संसद भवनका भित्ताहरु फोड
यो गर्छौ र त्यो गर्छौ भन्दै घोक्रो फुलाउने यन्त्र फोड
कसले रोक्न सक्छ र?
तिमीहरु जस्तो बहादुर माननियहरुलाई
जसले रोक्न खोज्छ तिनीहरुको पनि टाउको फोड।
कम्युनिस्टहरुले फोड्दा कांग्रेसले रमिता हेर
कांग्रेसले फोड्दा कम्युनिस्टहरुले तालि ठोक
कर तिर्ने जनता छदैछन जसरि भएपनि
तिमीहरुले मिलेर पालै पालो तोड, फोड र भुडी भोर।
माइलीले चोकमा बसेर चिया बेच्छिन
धनेले बसपार्कमा मकै पोल्छन
कविलासले गाई पालेर घर घर दुध पुर्याउछ्न
र सबै मिलेर तिमीहरुलाई कर बुझाउछन।
त्यहि करको पैसोले चिल्ला गाडी चढ
आँसेपाँसे कार्यकर्ताहरुको मलजल गर
छोरालाई अपाचे र छोरीलाई स्कुटी किनिदेउ
घर बनाउ, तला थप र बैङ्कमा थुपार।
के थाहा मानानियहरुलाई,
माइली, धने र कविलासको परिवार कसरि चल्छ ?
के गर्छन , के खान्छन, कहाँ पढ्छन उनका छोराछोरीहरु ?
कसरि तिर्छन कर, कसरि धान्छन घर ?
केवल थाहा छ त राज्यको सम्पति तोड्न, फोड्न र भुडी भोर्न।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home