चितायो कि बितायो
'अल्छी तिघ्रो स्वादे जिब्रो' काम छैन यहाँ
'जाँगर न साँगर खानेबेलामा आँ गर' चल्दैन यहाँ
'जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन'
'नकचरोलाई लाज हुदैन, चराको धोति हुदैन।'
यहाँ काम प्यारो हुन्छ चाम् प्यारो हुदैन
झिंगाको सरापले डिङ्गो मोर्दैन
ठक्कर नखाई बुद्धि आउदैन
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन।
बाटाबाट हिडे काँडाले कोतर्दैन
बालुवा निचोरी तेल आउदैन
बिग्रेको मान्छेको भत्केको घर
ओखलमा हात हालेकोलाई मुसलको के को डर।
'धोबीको कुकुर घर न घाटका' कति छन् कति
'नपाउञ्जेल कस्तो पायपछी सस्तो' भन्ने कति कति
'पछि आउने माझमा सुत्ने'
'जुन थालमा खायो त्यहि थालमा चुठ्ने' कति।
'रुपिया गन्नु सय फेरा, मान्छे चिन्नु एक फेरा '
'ताक परे तिवारी नत्र गोतामे' छन् धेर
'छुचुन्द्रको टाउकोमा चमेलीको तेल'
'तित्राको मुखै बैरी' कसरि हुन्छ हाम्रो मेल।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home