महामारी र मान्छे
आषारको महिना थियो। दुइ दिन सम्म लगातार झरी पर्यो। भकारोमा दुइहल गोरु थिए। तिनिहरु दाम्लोबाट निस्कन पाएनन्। भकारोमै पानि खुवाए र खरको मुठो खोलेर घाँस हाल्दिए। तेस्रो दिन अलिअलि घाम लाग्यो। दिउसो एघार बजेतिर म गोरु चराउन भनेर गोठमा पुगे।मलाई देख्न साथ चारवटै गोरु दाम्लो चुडाल्लान जस्तै गरेर तंग्रिए। मैले बल्ल बल्ल दाम्लो के खोलिदिएको थिए तिनीहरु ब्रुकुसी मार्दै लागे बाटो तिर। न मैले बोलेको हँ हँ काम लाग्यो, न लौरोको निर्देशन। जता मन लाग्यो उतै दौडिए। स्वतन्त्ररुपमा उफ्रिदै तल र माथि गर्दैरहे धेरै बेरसम्म |
अहिले लकडाउनले गर्दा मान्छेहरु महिनौ सम्म घरभित्र बधुवा भएका छन्। बस्तुभाउलाई दाम्लोमा बर्षौ बाधेर राख्ने मान्छे अहिले आफुलाई एक महिना घरभित्रै बस्नु पर्दा निसासिएको छ। कति स्वर्थी छ मान्छे भन्ने कुरा यसैबाट थाहा लाग्छ। क्यालिफोर्नियाको बीच होस् या टोरोन्टोको ट्रिनिटी बेलवुड पार्क मान्छेहरुको भिडले न सरकारको कुरा सुन्यो, न स्वास्थ्यकर्मीहरुको। मास्कको कुरा छोडौ शरीरमा भएको कपडा समेत खोलेर घाँमका किरणहरुसंग नुहाई रहे। बालुवा पल्टिरहे अँगालो मारेर। हरियो घास माडिरहे प्रेमको उत्सर्गमा भाइरस नामको जस्तुलाई धुलो चटाउदै। उनीहरुलाई स्वतन्त्रता आफ्नो जिबन भन्दा प्यारो भयो। दृश्यहरु हेर्दा यस्तो लाग्थ्यो कि कोभित -१९ को महामारी कुनै एकादेशको कथा भयो। सामाजिक दुरी भन्ने पनि थियो र कुनै जमानामा? त्यहाँ अल्लारे ठिटा ठिटीहरुमात्र थिएनन्। भर्खरै अण्डाबाट निस्केका भुराभुरी देखि सत्तरीको दशक काटेका बृदा जवानहरु थिए। नियम कानुन नै नजान्ने नपढ्ने देखि लिएर, नियम र कानुन बनाउनेहरु पनि त्यहाँ उपस्थित थिए। यस्तै दृश्यहरु आइरहेका थिए संसारभरीबाट, अमेरिका र क्यानाडाबाट मात्र होइन।
कोरोना भाईरसले मानबजगतलाई नयाँ पाठ शिकाइरहेको रहेको थियो। मान्छे जतिसुकै भब्य महलभित्र बसोस, उसलाई बास्तबिक आनन्द भनेको घर बाहिर अर्थात प्रकृतिको काखमा नै आउदो रहेछ। समुन्द्रको किनारमा गएर बालुवामा नाङ्गो शरीर सेकाउनमा जुन आनन्द आउथ्यो त्यो आनन्दमोहले महामारीको भयलाई धुलो चटाईदियो। युवा युबतिहरुले मृतुको भयलाई सामान्य रुपमा लिए। मास्क नलगाई सडकहरुमा निस्के। स्वतन्त्रताको अधिकारलाई सरकारको आदेशले छुन सकेन। मान्छे मोर्न तयार भए तर मुखमा मोलो लगाउन र घर भित्रै बस्न चाहेनन्। आफ्ना प्रेमी प्रेमिकासंग भेट नभई बस्नु पर्ने बाध्यताले मनाबअधिकारको हनन गर्यो।छाती खुल्लै राखेर सार्बजनिक ठाउमा हिड्न पाउनु पर्छ भन्ने पश्चिमी मुलुकका महिलाबादीहरु मुख छोपेर हिड भनेपछि के टेर्थे उनीहरुले। बसन्त ऋतुको सुरुवात संगै क्लब, बार, बीच, बिभिन्न सांगीतिक मेलाहरुमा जमघट गर्ने, विभिन्न पार्कहरुमा जम्मा भई बार्बेक्यु गर्ने, स्विमिङ्ग गर्ने बेलामा घरभित्र उकुसमुकुस भएर बस्नु पर्ने बाध्यताले मान्छेहरुमा निराशा पैदा गर्यो। एक महिना त चुप्प लागे। तर अर्को महिनामा दाम्लो चुडाली हाले। त्यसो त कतिपय मान्छेहरु वोर्कोहोलिक छन्। उनीहरु काम नगरी बस्न सक्दैनन्। कोहि काम नगरी माम पाउदैनन।
यो महामारीले मान्छेहरुको अशली रुप देखाइदिएको पनि छ। कतिपय मान्छेहरुले आफुले पाएको सरकारी राहत बास्तबिक खान नपाउनेहरुको लागि भनेर फिर्ता गरेका छन् भने कतिपयले कामबाट नगद तलब बुझेर सरकारसंग बाट पनि बेरोजगारी भत्ता बुझेका छन्। कुनै मान्छेले आफ्नो व्यक्तिगत सम्पति बेचेर खान नपाउनेको लागि सहयोग गरेका छन् भने कसै यहि मौका हो पैसो कमाउने भनेर कालो बजारी गरिरहेका छन्। मास्क र सानिटैजरको कालो बजारी गर्नेहरु नेपालदेखि लियर अमेरिकासम्म भेटिए। कतिपय देशका सरकारलाई लाश व्यवस्थापन गर्न गाह्रो भयो। इटाली, इराक, ब्राजिल जस्ता देशहरुमा कैयौ दिनसम्म मोरेको ठाउबाट लाश उठाउने मान्छे भएन। एउटै सिनियर होम अर्थात् बृदा आश्रममा एकै दिनमा चालिस पचास जनाको मृतु भएका घटनाहरु सुनिए। संक्रमणबाट मोर्नेहरुको संख्या बुढा बुढीहरुको ज्यादा भएपनि यो महामारीले भर्खरै जन्मेको दुधे बालक देखि लिएर सय वर्ष माथिका मान्छेहरुलाई लियर गयो। यति हुदा हुदै पनि मान्छेले आफ्नो स्वर्थलाई त्याग्न सकेन। लुटतन्त्र मचिरह्यो। शक्तिमा बसेकाहरु र बल, पैसा हुनेहरुले नहुनेहरूका लागि सोचेनन।चाहे त्यो राज्यको ढुकुटीबाट होस् या ग्रोसरी स्टोर बाट किन नहोस हुनेले नहुनेको लागि सोचेन।
मृतुले मानवता सिकाउछ भन्थे तर होइन रैछ। मान्छे रोगले मोरिरहेको बेलामा मानवता कतै पनि देखिएन। भारतमा मजदुरि गर्न गएका हजारौ नेपालीले घर फर्कनकोलागि सवारी साधन पाएनन्। हप्तौ सम्म बाटोमा हिड्दा कसैले दया गरेर पानी सम्म पनि दिएनन। गर्भवती महिला घिसृदै घिसृदै राज्यको सिमानासम्म आउदा समेत आफ्नो माटोमा टेक्न पाइनन। दुधे बालक कोखिलामा च्यापेर हिड्दै गरेकी महिलालाई पत्रकारले हेडलाइन बनाएर पैसा कमाए तर उनले आफ्नो बच्चाको लागि दुध होइन पानी समेत पाइनन। कतिपय हिड्दा हिड्दै बाटोमै मोरे। कोहि एकान्तबास बनाइएका स्कुलहरुमा थला परे। पैसा हुनेहरु घरमै बसेर टि भी मा दृश्यहरु हेरिरहे। आखिर के रहेछ त जिन्दगि ? आपत परेको बेला न राज्यले हेर्छ र आफन्तले। मानवत सबै स्वार्थमा परिबर्तन हुन्छ। लक् डाउन गर्नु भन्दा पहिले के राज्यले सोच्नु पर्दैन? संक्रमण बढ्दै जादा आर्थिक संकट पर्दै गरेको राज्यलाई थाहा हुदो रहेछ तर लक्डाउन गर्दै गर्दा सर्बसाधरण जनतामा पर्ने अषर उसले महशुस गरेन। सडकको छेउमा चिया बेचेर परिवारको हातमुख जोड्ने दिलमायाको कथा उसले थाहा पाएन। बसमा खलासी गरेर बिहान बेलुका मुखमा माड हाल्ने हजारौ मजदुरहरुलाई कसैले देखेन। आफ्नै देशको सडक पेटीमा व्यापार गरेर गुजारा गर्ने जनताको मर्म नदेख्ने सरकारले भारत लगाएत अन्य मुलुकमा अलपत्र परेका आफ्ना नागरिकलाई कसरि देखोस। कलम चलाउन सक्नेले चलाए। सोसल मिडियामा पहुच हुनेहरुले कमसेकम आफ्नो आवाज सुनाए। तर आवाजविहीन लाखौ जनताहरु भोक भोकै मोर्दा कसले पो हेर्दो रैछ र?

महामारीले राजा र रैती, धनि र गरिब, काले र गोरे, बाहुन र कामि, हिन्दु र मुसलमान भनेर छुट्याएन।कतिपयले कोरोना भाइरसलाई "धनि मान्छेहरुको रोग"भनेर पनि भने। हुनपनि जो जो मान्छेहरु बिजनेसको सिलसिलामा चीनको उहाँन शहरमामा गए उनीहरुले नै संसारभर रोग फैलाएको आरोप लाग्यो। पानीजहाजमा यात्रा गर्नेहरु धनि मान्छे नै हुन्। हवाई जहाजमा उड्नेहरु पनि धनि मान्छे नै हुन् प्राय। गरिबहरुलाई आफ्नो ठाउँ छोड्ने न फुर्सद हुन्छ न उपाए। त्यसैले पनि होला अन्तराष्ट्रिय सभा सम्मेलनमा भाग लिन पुगेका कैयौ मन्त्रिहरु कोरोना भाइरसबाट संक्रमित हुन पुगे। त्यसैले पनि होला म्याक्सिकोको एकजना राज्य मन्त्रीले भनेका थिए," यदि तिमि धनि छौ भने कोभिद -१९ को उच्च जोखिममा छौ। यदि तिमि गरिब छौ भने तिमीलाई कुनै खतरा छैन। तिमीसंग रोग प्रतिरोधात्मक शक्ति छ।" तर रोगले भने धनि र गरिब भनेन। फरक के देखियो भने धनि मान्छेलाई भयो भने उसको चर्चा परिचर्चा हुन्थ्यो। गरिबलाई लाग्यो भने टेस्ट नै नभई या त चिलिम हुन्थ्यो या थाहै नपाइ निको हुन्थ्यो। गरिबलाई बेलायतको मन्त्रिलाई जस्तो सुबिधा कहाँ मिल्थ्यो र। न धनि मान्छेहरु जस्तै आफ्नो भब्य मलमा महिनौ सम्म एकान्तबास बस्न सक्थे। सार्बजनिक यातायात उनैलाई चढ्नु पर्थ्यो। कुम कुम जोडेर काम उनैले गर्नु पर्थ्यो। बेलामा टेस्ट गर्ने पहुच थिएन उनीहरुलाई। रोग लागिसकेपछि भेन्टिलेटर थिएनन उनीहरुको लागि। त्यसैले त लक्षण धनि मान्छेहरुमा बढी देखियो, मोर्नेहरु गरिब भए। अमेजनको गोदाममा कामगर्ने मजदुरको मृतु भयो तर यसको मालिक सुरक्षित भए।कैयौ माशु प्रशोधन गर्ने केन्द्रहरुमा मजदुरहरु कोविद -१९ को कारणले मोरे तर कुनै पानि कम्पनीको मालिक मोरेको छैन। यसले के देखाउछ भने यो धनीहरुले बोकेर गरिबहरुलाई सार्ने र मार्ने रोग हो।
कोभिद -१९ शुरुमा एक डरलाग्दो बिम्ब बनेर आयो। एउटा भयानक मृतु। कम्प्युटरमा बसेर काम गर्नेहरुलाई घरमै बसेर काम गर्ने मौका मिल्यो। आफ्नै घरको सोफामा विभिन्न परिकारहरु खादै काम गर्दै गर्दा कामको उत्पादकत्व बढेर आयो। कम्पनीका मालिकहरुले नयाँ ढंगले सोच्न थाले। लाखौ भाडा तिरेर खोलेको अफिसबाट भन्दा घरबाटै राम्रोसंग काम हुन्छ भने किन व्यर्थमा पैसा खर्च गर्ने। यहि मौकामा उनीहरुले आफ्ना कर्मचारीहरुलाई कम्तिमा दुइ वर्ष सम्मलाई घरबाटै काम गर्ने अनुमति दिए। यो अवसर सबैले कहाँ पाउनु। स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको लागि यो भयानक गुरिल्ला युद्ध भैदियो। न उनीहरुको लागि घरमै बसेर काम गर्ने अवसर मिल्यो, न काम छोडेर घरमै बसी बसी सरकारी भत्ता खाने मौका। शारीरिक र मानशिक रुपमा नै उनीहरु मारमा परे। कैयौ स्वाथ्यकर्मीहरुले आत्महत्या गरे। कैयौ मानशिक रोगको शिकार हुन पुगे। कैयौ रोगीको सेवा गर्दा रोग आफुमा सरेर त्यहि रोगका कारणले मृतुको मुखमा पुगे। डाक्टर, नर्स, पी एस डब्लुमा काम गर्नेहरु आफ्नै घरको ग्यारेजमा क्याम्प बनाएर सुत्न बाध्य भए। आफ्नै छोरा छोरीको गालामा चुम्मा गर्न पाएनन्। अंगालोमा कस्न सकेनन। सडकमा गाडीको हर्न बजाएर त कतै बार्दलीबाट ताली बजाएर उनीहरुको स्वागत गरियो। तर यो स्वागतले उनीहरुमा बास्तबिक खुशी दिएन। किनभने अझै पनि कैयौ मान्छेहरु सामाजिक दुरी कायम गरिरहेका थिएनन्। संक्रमितहरु बढ्दै गए। अस्पतालहरु अस्तब्यस्त भए। शक्तिशाली रास्ट्रहरु अमेरिका, क्यानाडा, जर्मन जस्ता देशहरुमा सामान्य मास्कको आपूर्ति माग बराबर हुन सकेन। यसैमा राजनीति शुरु हुन लाग्यो। अर्कोथरि कर्मचारीहरु, मजदुरहरु जो ग्रोसरी स्टोरमा काम गर्थे उनिहरु यो माहामारीको चपेटामा परे।उनीहरुलाई पनि घरमा बस्ने सुबिधा मिलेन। हजारौ मान्छेहरुको भिडमा बिना प्रोटेक्सन काम गरे त्यो पनि मिनिमम ज्यालामा।कुनै कुनै कम्पनीहरुले दुइ चार प्रतिशतका दरले भत्ता थपे पनि बास्तबमा यसले खासै राहत दिएन उनीहरुलाई। एकाथरी मान्छेहरु घरमै बसेर उनीहरुले भन्दा धेरै पैसो राहतको रुपमा बुझिरहेका थिए जसले गर्दा उनीहरुको मानशिकता खस्किन पुग्यो।
संसारभर फैलिएको यो माहामारिले विभिन्न देशहरुको बीच कसले आफ्ना नागरिकहरु बढी भन्दा बढी शुरक्षा दिने भन्ने कुरामा पनि होड चल्यो। धनि मुलुकहरुले आफ्ना नागरिकहरुलाई कम्तिमा पनि खाने र बस्नेको शुबिधा दिए। साना ब्यापार बिजनेस गरेकाहरुको लागि पनि राहतको प्याकेजहरु ल्याए। बिना ब्याज ऋण सहुलियत प्रदान गरे। बृदाहरुको लागि पनि केहि राहत प्रदान गरे। निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरे। संक्रमित परिवारको लागि पनि राहतको व्यवस्था गरे। यसको अनुशरण गर्दै गरिब मुलुकहरुले पनि निम्न स्तरका मजदुरहरुको लागि भएपनि राहतको प्याकेज ल्याए। तर ति मुलुकहरुमा बास्तबिक पिडितहरुको पहिचान गर्ने बैज्ञानिक माध्यम नभएको कारणले गर्दा लोभी, पापी र स्वार्थीहरुको खल्ती भोरियो। कुनै देशहरुले एक महिना भन्दा बढी थाम्न सकेनन। अमेरिका जस्तो राज्यले त अर्थतन्त्र ध्वस्त हुने भन्दै दुइ महिना नहुदै ब्यापार बिजनेस खोल्न आदेश जारि गर्यो। कोभिद -१९ कै उपचारको क्रममा काला जातिहरुमाथि अन्याय भएको, रंगकै आधारमा पक्षपात भएको र काला जतिको मृतु अन्यको तुलनामा धेरै भएको भनेर बिरोधका स्वरहरु निस्किन थाले। एकजना काला जातिको ब्याक्तिलाई अमेरिकन पुलिशले आठ मिनेट सम्म घाटि थिचेर बेहोश पारेको र पछि त्यसैको कारणले उसको मृतु भएको घटनाले अमेरिकी शहरहरुमा आगो सल्कायो। यो आगो बिस्तारै संसारभर फैलिदै गयो।जर्मनको बर्लिन, बेलायतको लन्डन र क्यानाडाको अटवामा लाखौको संख्यामा मान्छेहरु सडकमा उत्रिय। सामाजिक दुरीको डिस्कोर्स फितलो हुदै गयो।
संक्रमण बढ्दै जाँदा नेपालले पनि लक्डाउनको घोषणा गर्यो। यहि बेलामा कालापानी र लिपुलेकमा भारतीय बिस्तारबादको संक्रमण बढ्यो। राज्यमाथि आफ्नो भूभाग शुरक्षित गर्नुपर्ने दबाब बढ्दै गयो। दुई देशहरुबीच आधिकारिक बार्ता हुने सम्भावना नदेखियपछि नेपाल सरकारले लिपूलेक समेतको नयाँ नक्सा सार्बजानिक गर्यो। यसले भारतीय पत्रकारहरुमा एकखालको तरङ्ग ल्यायो। पत्रकारहरु बिना आधार चाइनाले नेपाललाई उस्काएको भन्दै भुक्न थाले। भारतका बरिष्ट जानकार भानिएका प्रोफेसर एस डी मुनिले समेतले बिबादित भूभाग भारतकै हो भन्दै नेपाल चीनको प्रभाबमा परेर यसो गरेको हो भने। नेपालि राजनीतिज्ञहरुसंग गरेका भारतीय सम्बाद कार्यक्रमहरुमा पनि निकै तुच्छ शब्दहरु प्रयोग गरीए। तर दुई देशका राष्ट्र प्रमुखहरुको बीच संबाद हुन सकेन।देशभित्र पनि राजनीतिक फोहोरी खेल चलिरह्यो। शहरबाट गाँउ फर्कनेहरूको हुल बढ्न थाल्यो। एक गाँउबाट अर्को गाँउ जाने बाटोमा मान्छेहरुले तगारो हालेर थुनछेक गरे। भोज, भतेर, जन्ति, पार्टीहरु एकाएक ठप्प भए। होटल र रेस्टुरेन्टहरु थला परे। यसै बिचमा एउटा भयाबह क्रुर घटना घट्यो जाजरकोटमा। नबराज बि क लगाएत छ जनाको जातिय विभेदका कारण जधन्य हत्या गरियो। एउटा कथित मल्ल थरकी छोरीसंग दलित थरको केटाको माया प्रेम भएपछी बाबुआमाको सहमति बिना भागि बिबाह गर्ने केटा र केटिले निधो गरेछन। सल्लाह बमोजिम नबराज आफ्ना साथीहरु सहित घरमा पुग्दा पुरै गाँउ मिलेर लिन गएका केटाहरुलाई कुटी कुटी भेरी नदीमा खसालेर हत्या गरेछन। यो घटना सामान्य थिएन। अमेरिकामा एक जना अश्वेत व्यक्तिको हत्या पुलिशले घाँटी थिचेर गरेको हुदा संसारभर रंगभेद बिरुद्द आन्दोलन चर्क्यो।

यता भने नेपालमा छ छ जना युवाहरुको बर्बर तरिकाले हत्या हुदा समेत राज्य लुतेकुकुर झैँ राजनीतिक भाषणमै कुई कुई गरिरह्यो। केहि मानाबधिकारबादीहरू र दलित संगठनहरुले महामारीको डरलाई घरमै थन्काएर सडक तताए।यस्तो घटनालाई अन्तरास्ट्रियकरण गर्ने पहुच पुगेन।एकातिर दिन दिनै जसो संक्रमिकहरुको संख्या बढिरह्यो भने अर्कोतिर हत्या, हिंसाका घटनामा तिब्रता आयो।समग्रमा भन्दा कोभिद-१९ ले आम मानब जातिमा एकखालको क्रमभंगता ल्यायो। स्कुल, अस्पताल, व्यापार, ब्यबसाय र मनोरन्जनको क्षेत्रमा ठुलो चुनौती ल्याइदियो। अन्तराष्ट्रिय हवाई उडान लंगडो भयो। काम गर्ने शैली सधैका लागि परिबर्तन हुने देखियो। मान्छेहरु भिडमा होइन एकान्तमा रमाउनु पर्ने स्थिति देखा पर्यो।विदेशबाट घर फर्केका मान्छेहरु होस् या एउटा प्रदेशबाट अर्को प्रदेश प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्ने काम भयो। सरकारी स्कुलहरुलाई क्वारेन्टाइन बनाइयो। आफु पढ्ने स्कुलमा संक्रमितहरुलाई राखेको सुन्दा बिध्यार्थीहरुलाई कस्तो मानशिक असर पर्छ होला त्यो सायद कसैले सोचेहोला। सोच्थे पनि किन? आफ्ना छोराछोरीहरुलाई निजि स्कुलमा पढाउछन निर्णायक मन्डलहरु। कति समयसम्म भाइरस जीवित वा सक्रिय रहन्छ भन्ने बैज्ञानिक आधारहरु नभैसकेको अवस्थामा बिद्यालयमा संक्रमितहरुलाई राख्नु उचित हुदैनथ्यो। उनीहरुलाई अस्थाई टहराहरु बनाई राख्न सकेको भए उत्तम हुन्थ्यो। काठमाण्डौमा पैसा हुनेहरु दिनको पन्द्र बिश हजार तिरेर तारे होटललाई क्वारेन्टाइन बनाए। पैसा नहुनेहरु कतै गाई गोठ त कतै छाना चुइने स्कुलहरुमा। उनीहरुलाई ब्यबस्थिक गर्न नसक्नु पनि स्थानीय निकाएको मात्रै नभई केन्द्रिय सरकारको पनि कमजोरी देखिन्छ। यसै मौकामा जहाज चार्टर गर्न पर्नेहरु पनि मारमा परेको सुनियो। कतिपयले डबल पैसामा प्लेन चार्टर गर्नु परेको गुनासो गरे।
कलियुग हो। कलियुगमा मान्छे महामारी, झैझगडा, काटमार गरेर सिधिन्छ भन्थे हो रैछ भन्नेहरु पनि धेरै देखिए। कतिपयले त कोरोनामाईको पुरा गरेको, स्तुति गान गाएको सम्म पनि सुनियो। बैज्ञानिकहरुले पत्ता लागाउन नसकेको, डाक्टरहरुले उपचार गर्न नसकेको रोग कतिपयले झारफुकले निको हुन्छ सम्म भन्न भ्याए। हाम्रा बहुप्रतिभाशाली प्रधानमन्त्रीले बेसार पानीले निको हुन्छ सम्म पनि भ्याए। कोरोनाको संका लाग्ना साथ बेसार पानि खानेहरु पनि धेरै भए चाहे ति अमेरिकाको न्युयोर्कमा बस्ने नेपालि हुन् या क्यानाडाको टोरोन्टोमा। गाँउका मान्छेहरु अन्धविश्वासी हुन्छन भन्नेहरु पनि कोरोनामाईको पुजा गरेको सुन्दा के शहर के गाँउ जताततै कोरोनाको सन्त्रास छायो। विश्वका शक्तिशालि राज्यहरुको समेत हावा टाइट गर्न सफल भयो कोरोना।
बर्षदिन पुग्न लागिसक्यो कोरोनाले साम्राज्य बिस्तार गर्न लागेको। लगभग १. १५ मिलियन मान्छेहरु कोभित -१९ को कारणले ज्यान गुमाइसके। अझै सम्म मान्छेहरुले उत्साहजनक जित हात पार्न सकेका छैनन। कहिले र कसरि जित हात पर्छ त्यो पनि भन्न सक्ने स्थिति छैन। अहिले सम्मको इतिहास हेर्दा ठुलो क्षति बेहोरेर पनि मान्छेले जितेको रेकर्ड छ। ४३० BS को प्लेग अफ एथेन्स पाँच बर्ष सम्म लगभग १००,००० मान्छेको ज्यान लिएको थियो। १६५-१८० AD मा एन्टोनिया प्लेगले रोमन साम्राज्यमा पचास लाख भन्दा बढी मान्छे मारेको थियो। १३४६ -१३५३ सम्म फैलिएको 'ब्ल्याक डेथ' नामक महामारीले २५ मिलियन (लगभग युरोपको एक तिहाई जनसंख्या) घटाएको थियो। १६औ सताप्दिमा फैलिएको 'द अमेरिकन प्लेग' नामक महाँमारिले झन्डै ९० प्रतिशत आदिबाशि समुदायका मान्छेहरु मारेको थियो। सन् १९१८-१९२० सम्म फैलिएको 'स्पेनिस फ्लु'ले ५०० मिलियन मान्छेको ज्यान लिएको थियो।सन् १९८१ मा शुरु भएको एच आई भी एड्सले अहिलेसम्म ३५ मिलियन मान्छेको ज्यान लिईसकेको छ। त्यस्तै अरु पनि थुप्रै महामारिहरु झेल्दै र परास्त गर्दै आएको छ मान्छेले। यसरि सरसर्ती इतिहाँस हेर्ने हो भने अझै पनि दुइचार वर्ष कोभित-१९ले संसारभरी उदण्ड मचाइरहने कुरामा दुईमत छैन।
यस्तो जटिल परिस्थितिमा राज्यको दाइत्व के? हामि सर्बसाधारण जनताको दाइत्व के? भन्ने बुझ्नु अतिआबश्यक छ। यस्तो अबस्थामा राज्यको दाईत्व भनेको महामारीलाई रोक्न र कम गर्नको लागि केन्द्रिय सरकार, प्रान्तीय सरकार र स्थानीय तहका निकाएहरुलाई एकताबध्द बनाएर रोगको रोकथाम तथा नियन्त्रणमा काम गर्नु हो। साथसाथै जनताको जिबन रक्षा गर्नु उसको प्रमुख कर्तब्य हो। यदि
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home